#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – विंशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – विंशोऽध्यायः



श्रीशुक उवाच –
अतः परं प्लक्षादीनां प्रमाणलक्षणसंस्थानतो वर्षविभाग उपवर्ण्यते ॥ १ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
राजन् ! अब परिमाण, लक्षण र स्थितिको अनुसार प्लक्षादि द्वीपका विभागको वर्णन गरिन्छ ।।१।। 

जम्बूद्वीपोऽयं यावत्प्रमाणविस्तारस्तावता क्षारोदधिना परिवेष्टितो यथा मेरुर्जम्ब्वाख्येन लवणोदधिरपि ततो द्विगुणविशालेन प्लक्षाख्येन परिक्षिप्तो यथा परिखा बाह्योपवनेन । प्लक्षो जम्बूप्रमाणो द्वीपाख्याकरो हिरण्मय उत्थितो यत्राग्निरुपास्ते सप्तजिह्वस्तस्याधिपतिः प्रिय व्रतात्मज इध्मजिह्वः स्वं द्वीपं सप्तवर्षाणि विभज्य सप्तवर्षनामभ्य आत्मजे भ्य आकलय्य स्वयमात्मयोगेनोपरराम ॥ २ ॥ 

सुमेरु पर्वत जम्बुद्वीपले बेरिएझै यो जम्बुद्वीप पनि आफु समान परिमाणले विस्तार भएको क्षार समुद्रले घेरिएको छ । यो खाल्डो जसरी बाहिरको उपवनले घेरिरहन्छ त्यसैगरी क्षारसमुद्र पनि आफ्नो भन्दा दोब्बर ठुलो प्लक्षद्ीवपले घेरिएको छ । जमुद्वीपमा जत्रो जामुनको रुख छ यहाँ पनि त्यति नै ठुलो यहाँ सुवर्णमय प्लक्षको रुख छ यसैबाट यसको नाम प्लक्षद्वीप भएको हो । यस द्वीपका अधिपति प्रियव्रतका छोरा  इध्मजिह्व थिए । उनले यसालई सातखण्डमा विभाग गरे र ती खण्ड अनुसारकै नाम भएका नै आफ्ना छोरालाई ती खण्डको राज्य सुम्पिएर आफु अध्यत्मयोगको आश्रय लिएर संसारबाट विदा भए ।।२।।

शिवं यवसं सुभद्रं शान्तं क्षेमममृतमभयमिति वर्षाणि तेषु गिरयो नद्यश्च सप्तैवाभिज्ञाताः ॥ ३ ॥ 

यस खण्डको नाम शिव, यवस, सुभद्र, शान्त, क्षेम, अमृत र अभय हो । यसमा सात पर्वत र सात नदीहरू प्रसिध्द छन ।।३।।

मणिकूटो वज्रकूट इन्द्रसेनो ज्योतिष्मान् सुपर्णो हिरण्यष्ठीवो मेघमाल इति सेतुशैलाः । अरुणा नृम्णाऽऽङ्गिरसी सावित्री सुप्रभाता ऋतम्भरा सत्यम्भरा इति महानद्यः यासां जलोपस्पर्शनविधूतरजस्तमसो हंसपतङ्गोर्ध्वायन  
सत्याङ्गसंज्ञाश्चत्वारो वर्णाः सहस्रायुषो विबुधोपमसन्दर्शनप्रजनना वै स्वर्गद्वारं त्रय्या विद्यया भगवन्तं त्रयीमयं सूर्यमात्मानं यजन्ते ॥ ४ ॥ 

यहाँ मणिकुट, वज्रकुट, इन्द्रसेन, ज्योष्मिान्, सुपर्ण, हिरण्यष्ठीव र मेघमाल यी सात सीमाका पर्वत हुन । तथा अरुण, नृम्णा, आङ्गिरसी, सावित्री, सुप्रभाता, ऋतम्भरा, र सत्यम्भरा यी सात महानदीहरू हुन । त्यहाँ हंस, पतङ्ग, उध्र्वायन, र सत्याङ्ग नामका चार वर्ण छन । उक्त नदीहरूमा स्नान गर्नाले रजोगुण, तमोगुण नाश हुन्छ । यसको आयु एक हजार वर्षको हुन्छ । यीनको शरीरमा देवताको जस्तो थकावट पसिना आदि हुदैन र उनीहरूको देवता समान सन्तानहरूको उत्पत्ति हुन्छ । यी त्रयीविद्या द्वारा तीन वेदमा वर्णन गरिएको स्वर्गको द्वारभूत आत्मस्वरूप भगवान् सूर्यको उपाशना गर्दछन ।।४।।

प्रत्नरूस्य विष्णो रूपं यत्सत्यस्यर्तस्य ब्रह्मणः । अमृतस्य च मृत्योश्च सूर्यमात्मानमीमहीति ॥ ५ ॥ 

उनीहरू भन्दछन– पुराणपुरुष विष्णुरूप भगवान् सूर्यको हामी शरण पर्दछौं  जो सत्य (अनुष्ठान योज्ञ धर्म) ऋत (देखिने धर्म) वेद र शुभासुभ फलको अधिष्ठाता हो ।।५।।

प्लक्षादिषु पञ्चसु पुरुषाणामायुरिन्द्रियमोजः सहो बलं बुद्धिर्विक्रम इति च सर्वेषामौत्पत्तिकी सिद्धिरविशेषेण वर्तते ॥ ६ ॥ 

प्लक्ष आदि सबै द्वीपमा मानिसको जन्मदा नै आयु, इन्द्रिय, मनोबल, इन्द्रियबल, शारीरिक बल, बुद्धि र पराक्रम समानरुपले सिद्धि प्राप्त भईरहन्छन ।।६।।

प्लक्षः स्वसमानेनेक्षुरसोदेनावृतो यथा तथा द्वीपोऽपि शाल्मलो द्विगुणविशालः समानेन सुरोदेनावृतः परिवृङ्क्ते ॥ ७ ॥ 

प्लक्षद्वीप आफु सरहकै विस्तार भएको उखूकोरसको समुद्रले घेरिएको छ । त्यसभन्दा अडाडि त्यो भन्दापनि दुईगुणा ठुलो परिणाम भएको शाल्मली द्वीप छ जुन त्यस्तै विस्तारवाला मदिरा समुद्रले घेरिएको छ ।।७।।

यत्र ह वै शाल्मली प्लक्षायामा यस्यां वाव किल निलयमाहुर्भगवतश्छन्दस्तुतः पतत्त्रिराजस्य सा द्वीपहूतये उपलक्ष्यते ॥ ८ ॥ 

शाल्मली द्वीपमा पल्क्षको रुख बराबरको शाल्मली (सीमल)को रुख छ । भनिन्छ यही रुखमा आफ्नो वेदमय पंखाले भगवान्को स्तुति गर्नुहुने पक्षिराज गरुडको निवासस्थान छ ।  यहीं रुखको नामले नै यस द्वीपको नाम शाल्मली भएको हो ।।८।।

तद्द्वीपाधिपतिः प्रियव्रतात्मजो यज्ञबाहुः स्वसुतेभ्यः सप्तभ्यस्तन्नामानि सप्तवर्षाणि 
व्यभजत्सुरोचनं सौमनस्यं रमणकं देववर्षं पारिभद्रे माप्यायनमविज्ञातमिति ॥ ९ ॥ 

यस द्वीपका अधिपति प्रियव्रतका छोरा यज्ञबाहु थिए । उनले यसलाई सुरोचन, शौमनस्य, रमणक, देववर्ष, पारीभद,्र आप्यायन र अविज्ञात नामले सात खण्डमा विभाग गरेर सोहि नामका आफ्ना छोराहरूलाई त्यहाँको राज्य जिम्मा लगाए ।।९।।

तेषु वर्षाद्रयो नद्यश्च सप्तैवाभिज्ञाताः स्वरसः शतशृङ्गो वामदेवः कुन्दो मुकुन्दः पुष्पवर्षंः सहस्रश्रुतिरिति । अनुमति सिनीवाली सरस्वती कुहू रजनी नन्दा राकेति ॥ १० ॥ 

यसमा पनि सात वर्ष, पर्वत र सात नदीहरू प्रसिध्द छन । पर्वतको नाम स्वरस, सतशृङ्ग, वामदेव, कुन्द, मुकुन्द, पुष्पवर्ष र सहस्रश्रुति हुन तथा नदीहरूमा अनुमति, सिनीवाली, सरस्वती, कुहू, रजनी, नन्दा र राका हुन ।।१०।।

तद्वर्षपुरुषाः श्रुतधरवीर्यधरवसुन्धरेषन्धरसंज्ञा भगवन्तं वेदमयं सोममात्मानं वेदेन यजन्ते ॥ ११ ॥ 

यस वर्षमा रहने भएका श्रुतधर, वीर्यधर, वसुन्धर, र इषन्धर नामका चार वर्ण वेदमय आत्मस्वरूप भगवान् चन्द्रमाको वेदमन्त्रले उपासन गदै भन्दछन ।।११।। 

स्वगोभिः पितृदेवेभ्यो विभजन् कृष्णशुक्लयोः । प्रजानां सर्वासां राजान्धः सोमोनआस्त्विति ॥ १२ ॥ 

जुन कृष्णपक्ष र शुक्लपक्षमा आफ्नो किरणले विभाग गरेर देवता पितृ र सम्पूर्ण प्राणीहरूलाई अन्न दिन्छन, ति चन्द्रदेव हाम्रा राजा हुन ।।१२।।

एवं सुरोदाद्‌बहिस्तद्‌द्विगुणः समानेनावृतो घृतोदेन यथापूर्वः कुशद्वीपो यस्मिन् कुशस्तम्बो देवकृतस्तद्‌द्वीपाख्याकरो ज्वलन इवापरःस्वशष्परोचिषा दिशो विराजयति ॥ १३ ॥ 

यसरी मदिराको समुद्रको अगाढि त्यो भन्दा दई गुणा परिणामको कुशद्वीप छ । पूर्वोक्त द्वीप झैं यो पनि आफैं समान परिणामको घीउको समुद्रले घेरिएको छ । यसमा भगवान्ले रच्नुभएको एउटा कुशको झाडी छ । त्यसैबाट यस द्वीपको नाम कुशद्वीप भएको हो । यो द्वीपले दोश्रो अग्नि समान आफ्नो कोमल शिखाहरूको कान्तिले सबै दिशाहरूलाई उज्यालो गर्दछ ।।१३।।

तद्‌द्वीपपतिः प्रैयव्रतोराजन्हिरण्यरेता नाम स्वं द्वीपं सप्तभ्यः स्वपुत्रेभ्यो यथाभागं विभज्य स्वयं तपआतिष्ठत वसुवसुदानदृढरुचिनाभिगुप्तस्तुत्य व्रतविविक्तवामदेवनामभ्यः ॥ १४ ॥ 

राजन् ! यस द्वीपका अधिपति प्रियव्रतका छोरा हिरण्यरेता थिए । उनले यसलाई सात भाग गरेर आफ्ना सात छोरा वसु, वसुदान, दृढरुचि, नाभिगुप्त, स्तुत्यव्रत, विविक्त र वामदेवलाई बाँडि दिएर आफु तप गर्नका लागि हिंडे ।।१४।।

तेषां वर्षेषु सीमागिरयो नद्यश्चाभिज्ञाताः सप्त सप्तैव चक्रश्चतुशृङ्गः कपिलश्चित्रकूटो देवानीक ऊर्ध्वरोमा द्रविण इति रसकुल्या मधुकुल्या मित्रविन्दा श्रुतविन्दा देवगर्भा घृतच्युता मन्त्रमालेति ॥ १५ ॥ 

यसको सीमाको निश्चय  गर्ने सात पर्वत छन र सात नदीहरू छन । पर्वतको नाम चक्र, चतुःश्रृङ्ग, कपिल, चित्रकूट देवानीक, उध्र्वरोमा र द्रविण हुन । त्यस्तै नदीहरूमा रसकुल्या, मधुकुल्या, मित्रवृन्दा, श्रुतवृन्दा, देवगर्भा, घृतच्युता र मन्त्रमाला हुन ।।१५।।

यासां पयोभिः कुशद्वीपौकसः कुशल कोविदाभियुक्तकुलकसंज्ञा भगवन्तं जातवेदस रूपिणं कर्मकौशलेन यजन्ते ।।१६।।

यी नदीको जलले स्नान गरेर कुशद्वीपवासी कुशल, कोविद, अभियुक्त र कुलक वर्णका पुरषले यज्ञादि कर्म कौशलद्वारा अग्निस्वरूप भगवान् हरिका पुजा गर्दछन र यस्तो स्तुति गर्दछन ।।१६।।

परस्यब्रह्मणःसाक्षाज्जातवेदोऽसि हव्यवाट् । देवानां पुरुषाङ्गानां यज्ञेन पुरुषं यजेति ।।१७ ।।

हे अग्ने ! तपाई साक्षात परब्रम्हलाई हवि पुर्याउनु हुन्छ  त्यसैले भगवान्को अङ्गभूत देवताहरूको यज्ञद्वारा गरिएको हवनलाई उहि अंग सम्म पुर्याइदिनु हुन्छ । ।।१७।।

तथा घृतोदाद्बहिःक्रौश्चद्वीपोद्विगुणः स्वमानेनक्षीरोदेन परित उपकॢप्तो वृतो यथा कुशद्वीपोघृतोदेन यस्मिन् क्रौञ्चो नाम पर्वतराजो द्वीपनामनिर्वर्तक आस्ते ।।१८।।

राजन् ! फेरी घृतसमुद्र भन्दा बाहिर त्यो भन्दा दोब्बर परिणामको व्रmौञ्चद्वीप छ । जसरी कुशद्वीप घिउकोसमुद्रले घेरिएको छ । त्यगैगरि यो क्रौञ्चद्वीप दूधको समुद्रले घेरिएको छ । यहाँ क्रौञ्च नामको एउट ठुलो पर्वत छ । यसैको नामले यो क्रौञ्चद्वीप भएको हो ।।१८।।

योऽसौ गुहप्रहरणोन्मथितनितम्बकुञ्जोऽपि क्षीरोदेनासिच्यमानो भगवता वरुणेनाभिगुप्तो विभयो बभूव ।।१९।।

पूर्वकालमा श्री स्वामी कार्तिकेयको शस्त्रप्रहारले यसको कटिप्रदेश  र लता निकुञ्जादि क्षत विक्षत भएको थियो तर क्षीर समुद्रले घेरिएको र वरुणदेवबाट शुरक्षित हुनाले फेरी निर्भय भयो ।।१९।।

तस्मिन्नपि प्रैयव्रतो घृतपृष्ठो नामाधिपतिः स्वे द्वीपे वर्षाणि सप्त विभज्य तेषु पुत्रनामसु सप्त 
रिक्थादान् वर्षपान्निवेश्य स्वयं भगवान् भगवतः परमकल्याणयशस आत्मभूतस्य हरेश्चरणारविन्दम् 
उपजगाम ॥ २० ॥ 

यस द्विपको अधिपति महाराज प्रियव्रतका छोरा घृतपृष्ठ थिए । उनी ज्ञानी थिए उनले यसलाई सात खण्डमा बिभाग गरेर ती खण्ड जस्तै नाम भएका आफ्ना सात छोराहरूलाई उत्तराधिकारी नियुक्त गरे र उनी सबै जीवका अन्तरात्मा, परम मङ्गलमय कीर्तिशाली भगवान् श्रीहरिको पावन चरणारविन्दको शरण लिए ।।२०।।

आमो मधुरुहो मेघपृष्ठः सुधामा भ्राजिष्ठो लोहितार्णो वनस्पतिरिति घृतपृष्ठसुतास्तेषां वर्षगिरयः सप्त सप्तैव नद्यश्चाभिख्याताः शुक्लो वर्धमानो भोजन उपबर्हिणो नन्दो नन्दन वै सर्वतोभद्र इति अभया अमृतौघा आर्यका तीर्थवती वृत्तिरूपवती पवित्रवती शुक्लेति ॥ २१ ॥ 

महाराज धृतपृष्ठका आम, मधुरुह, मेघपृष्ठ, सुधामा, भ्राजिष्ठ लोहितार्ण र वनस्पति नामका सात छोराहरू थिए । यी खण्डमा पनि सात पर्वत र सातै नदिहरू को नाम थियो । पर्वतको नाम शूक्ल, वर्धमान, भोजन, उपवर्हिण, नन्द, नन्दन र सर्वतोभद्र हुन तथा नदीहरूमा अभया, अमृतौधा, अर्यका, तीर्थवती, वृत्तिरुपवती, पवित्रवती र शुक्ला हुन । २१।।

यासामम्भः पवित्रममलमुपयुञ्जानाः पुरुष ऋषभद्रविणदेवकसंज्ञा वर्षपुरुषा आपोमयं देवमपां पूर्णेनाञ्जलिना यजन्ते ॥ २२ ॥ 

आपः पुरुषवीर्याः स्थ पुनन्तीर्भूर्भुवः सुवः । ता नः पुनीतामीवघ्नीः स्मृशतामात्मना भुव इति ॥ २३ 

यी नदीको निर्मल जल सेवन गर्ने पुरुषहरूमा, ऋषभ, द्रविण र देवक नमका चार वर्णका निवासीहरू हुन उनीहरू जलले भरिएको अञ्जली द्वारा आपोदेवता (जलकादेवता) को उपासना गर्दै भन्दछन हे जलका देवता ! तपाईलाई परमात्माबाट सामथ्र्य प्राप्त गर्नु भएको छ । तपाई भूः भुवः र स्वः तीनै लोकलाई पवित्र गनुर््हुन्छ । किनकि स्वभावले नै पापलाई नाश गराउने हुनुुह्ुन्छ । हामी आफ्नो शरीरले तपाईको स्पर्श गर्दछौं तपाईले हाम्रो शरीरलाई पवित्र गरिदिनुहोस ।।२२,२३।।

एवं पुरस्तगक्षीरोदात्परित उपवेशित वै शाकद्वीपो द्वात्रिंशल्लक्षयोजनायामः समानेन च दधिमण्डोदेन 
परीतो यस्मिन् शाको नाम महीरुहः स्व क्षेत्रव्यपदेशको यस्य ह महासुरभिगन्धस्तं द्वीपमनुवासयति ॥ २४ ॥ 

तस्यापि प्रैयव्रत एवाधिपतिर्नाम्ना मेधातिथिः सोऽपि विभज्य सप्त वर्षाणि पुत्रनामानि तेषु स्वात्मजान् पुरोजवमनोजवपवमानधूम्रानीक चित्ररेफबहुरूपविश्वधारसंज्ञान्निधाप्याधिपतीन् स्वयं भगवत्यनन्त आवे शितमतिस्तपोवनं प्रविवेश ॥ २५ ॥ 

यसप्रकार क्षीर समु्द्रको पछि त्यसको चारैतिर वत्तीस लाख योजन विस्तारको शाकद्वीप छ । जुन आफु बराबर परिणामको महीको समुद्रले घेरिएको छ । यसमा शाक नामको ठुलो रुख छ यसैको नामबाट यस द्वीपको नाम हुन गएको हो । यसको अत्यन्त मनोहर सुगन्धले सबै द्वीप सुगन्धित बनाउछ । यसका अधिपित प्रियव्रतका छोरा मेधातिथि नै थिए । उनले पनि आफ्नो द्वीपलाई सात खण्ड पारेर आफै समानका सात छोराहरू पुरोजव, मनोजव, पवमान, धूम्रानीक, चित्ररेफ, वहुरूपर विश्वधारलाई अिधिपतिरुपले नियुक्ति गरेर आफु आनन्द मनले अनन्त भगवान्मा चित्त लगाएर वहाँकै तपस्यामा लागे ।।२४,२५।।

एतेषां वर्षमर्यादागिरयो नद्यश्च सप्त सप्तैव ईशान उरुशृङ्गो बलभद्रः शतकेसरः सहस्रस्रोतो देवपालो महानस इति अनघाऽऽयुर्दा उभय स्पृष्टिरपराजिता पञ्चपदी सहस्रस्रुतिर्निजधृतिरिति ॥ २६ ॥ 

यी खण्डहरूमा पनि मर्यादा, पर्वत र नदीहरू सात नै छन् । पर्वतको नाम इशान, उरुश्रृङ्ग, बलभद्र, शतकेसर, सहस्रस्रोत, देवपाल र महानस हुन तथा नदीहरूका अनघा, आयुर्दा, उभयसृष्टि, अपराजिता, पञ्चपदी, सहस्रस्रुति र निजधृति नाम हुन ।।२६।। 

तद्वर्षपुरुषा ऋतवतसत्यव्रतदानव्रतानुव्रतनामानो भगवन्तं वाय्वात्मकं प्राणायामविधूत( रजस्तमसः परमसमाधिना यजन्ते ॥ २७ ॥ 

त्यसखण्डका ऋतव्रत, सत्यव्रत, दानव्रत र अनुव्रत नामका पुरुष प्रणायम द्वारा आफ्नो रजोग्ुण र तमोगुणलाई नाश गरेर महान समाधियोग द्वारा वायुरूप भगवान्को आराधना गर्दछन ।।२७।।

अन्तः प्रविश्य भूतानि यो बिभर्त्यात्मकेतुभिः । 
अन्तर्यामीश्वरःसाक्षात्पातु नो यद्वशे स्फुटम् ॥ २८ ॥ 

प्राणादि वृत्तिरूपद्वारा आफ्नो प्राणीको भित्र प्रवेश गरेर उनलाई पालन गर्दछन तथा सम्पूर्ण दृश्य जगत जसको अधिनमा छ उनै साक्षत् अन्तर्यामी वायुरूप भगावन्लाई हाम्रो नमस्कार छ ।।२८।।

एवमेव दधिमण्डोदात्परतः पुष्करद्वीपस्ततो द्विगुणायामः समन्तत उपकल्पितः समानेन स्वादूदकेन समुद्रेण बहिरावृतो यस्मिन् बृहत्पुष्करं ज्वलनशिखामलकनकपत्रायुतायुतं भगवतः कमलासनस्याध्यासनं परिकल्पितम् ॥ २९ ॥ 

यसरी महीको समुद्र पछि उसको चारैतिर त्यो भन्दा दोब्बर ठु्लो विस्तार भएको पुष्करद्वीप छ । त्यसको चारैतिर महीको समुद्रले घेरिएको छ । त्यहाँ अग्निको शिखा समान देदिप्यमान  स्वर्णमय एउटा ठुलो पुष्कर (कमल) छ । जसलाई ब्रम्हाजीको आसन मानिन्छ ।।२९।।

तद्‌द्वीपमध्ये मानसोत्तरनामैक एवार्वाचीन पराचीनवर्षयोर्मर्यादाचलोऽयुतयोजनोच्छ्रायायामो यत्र तु चतसृषु दिक्षु चत्वारि पुराणि लोकपालानामिन्द्रादीनां यदुपरिष्टात्सूर्यरथस्य मेरुं परिभ्रमतः संवत्सरात्मकं चक्रं देवानामहोरात्राभ्यां परिभ्रमति ॥ ३० ॥ 

त्यस द्वीपको विचमा यसको पूर्वीय पश्चिमीय खण्डको भागलाई निश्चित गर्ने मानसोत्तर नामको एउटा पर्वत छ । यो दस हजार योजन अग्लो र त्यति नै चौडा पनि छ । त्यसको चारै दिशाहरूमा इन्द्रादि मुख्य लोकपालहरूको चार सहरहरू छन् । त्यसमा मेरु पर्वतको चारैतिर घुम्ने सूर्यको रथको सम्वतसररूप पांग्रा देवताहरूको दिन र रात अर्थात उत्तरायण र दक्षिणयनको क्रमले सधै घुमिरहन्छन ।।३०।।

तद्‌द्वीपस्याप्यधिपतिः प्रैयव्रतो वीतिहोत्रो नामैतस्यात्मजौ रमणकथातकिनामानौ वर्षपती नियुज्य स स्वयं पूर्वजवद्‌भगवत्कर्मशील एवास्ते ॥ ३१ ॥ 

यस द्वीपको अधिपति प्रियव्रतका छोरा वीतिहोत्र पनि आफ्ना छोरा रमणक र घातकीलाई दुवै खण्डको अधिपति बनाएर आफु् दाजुहरू जस्तै भगवान्को सेवामा लागे ।।२१।।

तद्वर्षपुरुषा भगवन्तं ब्रह्मरूपिणं सकर्मकेण कर्मणाऽऽराधयन्तीदं चोदाहरन्ति ॥ ३२ ॥ 

त्यहाँका निवासी ब्रम्हारूप भगवान् हरिलाई ब्रम्हसालोक्यादिको प्राप्ति गराउने कर्मले आराधना गरेर यस प्रकार स्तुति गर्दछन ।।३२।।

यत्तत्कर्ममयं लिङ्गं ब्रह्मलिङ्गं जनोऽर्चयेत् । 
एकान्तमद्वयं शान्तं तस्मै भगवते नम इति ॥ ३३ ॥ 

जो साक्षात् कर्म फलरूप हुन र एक परमेश्वरमा जस्को पूर्ण स्थिति छ तथा जसलाई सबैले पूजा गर्दछन, ब्रम्हाज्ञानको साधनरूप वहाँ अद्वितीय र शान्तस्वरूप ब्रम्हमूर्ति भगवान्लाई हाम्रो नमस्कार छ ।।३३।।

ऋषिरुवाच 
ततः परस्ताल्लोकालोकनामाचलो लोकालोकयोरन्तराले परित उपक्षिप्तः ॥ ३४ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
राजन् यस पछि लोकालोक नामको पर्वत छ । यसको सबैतिर सूर्य द्वारा प्रकाशित र प्रकाशहीन दुई खण्डलाई विभाग गर्न  विचमा रहेको छ ।।३४।।

यावन्मानसोत्तरमेर्वोरन्तरं तावती भूमिः काञ्चन्यन्याऽऽदर्शतलोपमा यस्यां प्रहितः पदार्थो 
न कथञ्चित्पुनः प्रत्युपलभ्यते तस्मात्सर्व सत्त्वपरिहृताऽऽसीत् ॥ ३५ ॥ 

सुमेरु देखि लिएर मानसोत्तर सम्म जति भूमी छ त्यति नै त्यति नै शुद्धजल समुद्रभन्दा पर सम्म छ । जस पछि ऐना जस्तै सुवर्णमय मूमी छ । यसमा खसेको वस्तु फेरी पाउँन सकिदैन यसैले त्यहाँ देवताहरू बाहेक अरु कोहि पनि रहन सक्तैनन ।।३५।।

लोकालोक इति समाख्या यदनेनाचलेन लोकालोकस्यान्तर्वर्तिनावस्थाप्यते ॥ ३६ ॥ 

यस  पर्वत सूर्य आदिले प्रकाशित र अप्रकाशित (प्रकाशहीन) भूभागको विचलाई छुट्याउन नै यसको नाम लोकालोक भएको हो ।।३६।।

स लोकत्रयान्ते परित ईश्वरेण विहितो यस्मात्सूर्यादीनां ध्रुवापवर्गाणां ज्योतिर्गणानां गभस्तयोऽर्वाचीनांस्त्रींल्लोकानावितन्वाना न कदाचित्पराचीना भवितुमुत्सहन्ते तावदुन्नहनायामः ॥ ३७ ॥ 

यसलाई परमात्माले तिनलोकको बाहिरी सीमाको रुपमा चारैतिर स्थापना गर्नु भएको छ । यो यति अग्लो र लामो छ कि यसको एकभागले तिनैलोकलाई प्रकाशित गर्ने सूर्यदेखि लिएर ध्रु्र्व सम्म सबै ज्योतिर्मण्डलको किरण अर्को तिर जान सक्तैन ।।३७।।

एतावाँल्लोकविन्यासो मानलक्षणसंस्थाभिर्विचिन्तितःकविभिः स तु पञ्चाशत्कोटिगणितस्य भूगोलस्य तुरीयभागोऽयं लोकालोकाचलः ॥ ३८ ॥ 

पण्डितहरूले प्रमाण लक्षण र स्थितिको अनुसार सबै लोकको यति नै परिणाम भएको बताएका छन् । यो सबै भूगोल पचास करोड योजनको छ । यसको चौथाई अर्थात साढे बाह्र करोड भाग लोकालोक पर्वत छ ।।३८।।

तदुपरिष्टाच्चतसृष्वाशास्वात्मयोनिनाखिल जगद्‌गुरुणाधिनिवेशिता ये द्विरदपतय ऋषभः पुष्करचूडो वामनोऽपराजित इति सकल लोकस्थितिहेतवः ॥ ३९ ॥ 

यसलोक माथि चारै दिशाहरूमा समस्त संसारका गुरु स्वयम्भू–ब्रम्हाजीले सम्पूर्ण लोकको स्थितिका लागि ऋषभ, पुष्करचुड, वामन र अपराजित नामका चार गजराज नियुक्ति गरेका छन ।।३९।।

तेषां स्वविभूतीनां लोकपालानां च 
विविधवीर्योपबृंहणाय भगवान् परममहापुरुषो महाविभूतिपतिरन्तर्याम्यात्मनो विशुद्धसत्त्वं धर्मज्ञानवैराग्यैश्वर्याद्यष्टमहासिद्ध्युपलक्षणं विष्वक्सेनादिभिः स्वपार्षदप्रवरैः परिवारितो निजवरा 
युधोपशोभितैर्निजभुजदण्डैः सन्धारयमाणस्तस्मिन् गिरिवरे समन्तात्सकललोकस्वस्तय आस्ते ॥ ४० ॥ 

यी दिग्गजहरू बाहेक अरु अंशरूप इन्द्रादि लोकपालक शक्तिहरू बढाउन तथा समस्त लोकको कल्याणका लागि परम ऐश्वर्यका अधिपति सर्वान्र्तयामी परम पुरुष श्रीहरि आफ्नो विश्क्सेन आदि पार्षदका सहित यस पर्वतका सबैतिर रहनुहुन्छ । वहाँले धर्म, ज्ञान, वैराग्य र ऐश्वर्यादि आठ महासिद्धिहरूले सम्पन्न भएको आफ्नो विश्द्ध सत्व श्रीविग्रह धारण गर्नुभएको छ । वहाँको करकमलमा शंख चक्रादि आयुध सुशोभित छन ।।४०।।

आकल्पमेवं वेषं गत एष भगवानात्मयोगमायया विरचितविविधलोकयात्रागोपीथाय इत्यर्थः ॥ ४१ ॥ 

यस प्रकार आफ्नो योगमायाले रचेको विभिन्न लोकको शुरक्षित व्यवस्था गर्नका लागि वहाँ यस्तो लीलामय रुपले कल्पको अन्त सम्म रहनुहुन्छ ।।४१।।

योऽन्तर्विस्तार एतेन ह्यलोकपरिमाणं च व्याख्यातं यद्बहिर्लोकालोकाचलात् । ततः परस्ताद्योगेश्वरगतिं विशुद्धामुदाहरन्ति ॥ ४२ ॥ 

लोक–अलोकको बिचको भूभागको जति विस्तार छ, यसबाट अरु लोकको प्रदेशको व्याख्या पनि बुझ्नु पर्दछ । त्यस अगाडि त केवल योगेश्वरहरु मात्र जान सक्तछन जुन पवित्र स्थान हो ।।४२।।

अण्डमध्यगतः सूर्यो द्यावाभूम्योर्यदन्तरम् । 
सूर्याण्डगोलयोर्मध्ये कोट्यः स्युः पञ्चविंशतिः ॥ ४३ ॥ 

राजन् स्वर्ग र पृथ्वीको बीचमा जुन व्रम्हाण्डको केन्द्र छ त्यहाँ सूर्य रहन्छन । सूर्य र ब्रम्हाण्ड गोलोकको बीचमा सबैतिर पच्चिस करोडको अन्तर छ ।।४३।।

मृतेऽण्ड एष एतस्मिन् यदभूत्ततो मार्तण्ड इति व्यपदेशः । हिरण्यगर्भ इति यद्धिरण्याण्डसमुद्‌भवः ॥ ४४ ॥ 

सूर्य यस  मृत अर्थात मरेको अचेतन अण्डमा वैराजरुपले विराजमान चेतन रुपले रहने भएकाले उनको नाम मार्तण्ड भयो । हिरण्मय ब्रम्हाण्डबाट प्रकट भएको हो ले यिनलाई हिरण्यगर्भ पनि भनिन्छ ।।४४।।

सूर्येण हि विभज्यन्ते दिशः खं द्यौर्मही भिदा । 
स्वर्गापवर्गौ नरका रसौकांसि च सर्वशः ॥ ४५ ॥
 
सूर्य द्वारा नै दिशा, आकाश, द्युलोक र भूर्लोक, स्वर्ग (अपवर्ग) मोक्षको प्रदेश, नरक र रसातल तथा सम्पूर्ण लोकको विभाग हुन्छ । ।।४५।।

देवतिर्यङ्मनुष्याणां सरीसृपसवीरुधाम् । 
सर्वजीवनिकायानां सूर्य आत्मा दृगीश्वरः ॥ ४६ ॥ 

सूर्य नै देवता तिर्याक्, मनुष्य, सरिसृप र लतावृक्षादि समस्त जीव समुहको आत्मा र नेत्रेन्द्रियको अधिष्ठाता हुन ।।४६।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे भुवनकोशवर्णने समुद्रवर्षसंनिवेशपरिमाणलक्षणो विंशोऽध्यायः ॥ २० ॥