/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

पञ्चमः स्कन्धः – विंशोऽध्यायः

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – विंशोऽध्यायः



श्रीशुक उवाच
अतः परं प्लक्षादीनां प्रमाणलक्षणसंस्थानतो वर्षविभाग उपवर्ण्यते ॥ १ ॥
नेपाली भावानुवादः शुकदेवजी भन्नुहुन्छराजन्! अब म परिमाण, लक्षण र स्थितिका अनुसार प्लक्ष आदि द्वीपहरूको विभागका बारेमा वर्णन गर्दछु ।। १ ।।
 
जम्बूद्वीपोऽयं यावत्प्रमाणविस्तारस्तावता क्षारोदधिना परिवेष्टितो यथा मेरुर्जम्ब्वाख्येन लवणोदधिरपि ततो द्विगुणविशालेन प्लक्षाख्येन परिक्षिप्तो यथा परिखा बाह्योपवनेन । प्लक्षो जम्बूप्रमाणो द्वीपाख्याकरो हिरण्मय उत्थितो यत्राग्निरुपास्ते सप्तजिह्वस्तस्याधिपतिः प्रिय व्रतात्मज इध्मजिह्वः स्वं द्वीपं सप्तवर्षाणि विभज्य सप्तवर्षनामभ्य आत्मजे भ्य आकलय्य स्वयमात्मयोगेनोपरराम ॥ २ ॥
नेपाली भावानुवादः सुमेरु पर्वत जम्बूद्वीपले घेरिएझैँ यो जम्बूद्वीप पनि आफूसमान परिमाणमा विस्तार भएको नुनिलो समुद्रले घेरिएको छ। जसरी खाडललाई बाहिरको उपवनले घेरेको हुन्छ, त्यसैगरी नुनिलो समुद्रलाई पनि आफूभन्दा दोब्बर ठुलो प्लक्षद्वीपले घेरेको छ। जम्बूद्वीपमा जत्रो जामुनको रुख छ, यहाँ पनि त्यति नै ठुलो स्वर्णमय प्लक्ष (पाखुरी) को रुख छ; यसैका कारण यसको नाम प्लक्षद्वीप रहेको हो। यस द्वीपका अधिपति प्रियव्रतका पुत्र इध्मजिह्व थिए। उनले यसलाई सात खण्डमा विभाजन गरे र ती खण्डकै नाम भएका आफ्ना सात पुत्रहरूलाई राज्य सुम्पिएर स्वयं अध्यात्मयोगको आश्रय लिई संसारबाट विदा भए ।। २ ।।
 
शिवं यवसं सुभद्रं शान्तं क्षेमममृतमभयमिति वर्षाणि तेषु गिरयो नद्यश्च सप्तैवाभिज्ञाताः ॥ ३ ॥
नेपाली भावानुवादः ती सात खण्डहरूको नाम शिव, यवस, सुभद्र, शान्त, क्षेम, अमृत र अभय हो। यसमा सातै पर्वत र सातै नदीहरू प्रसिद्ध छन् ।। ३ ।।
 
मणिकूटो वज्रकूट इन्द्रसेनो ज्योतिष्मान् सुपर्णो हिरण्यष्ठीवो मेघमाल इति सेतुशैलाः । अरुणा नृम्णाऽऽङ्गिरसी सावित्री सुप्रभाता ऋतम्भरा सत्यम्भरा इति महानद्यः यासां जलोपस्पर्शनविधूतरजस्तमसो हंसपतङ्गोर्ध्वायन सत्याङ्गसंज्ञाश्चत्वारो वर्णाः सहस्रायुषो विबुधोपमसन्दर्शनप्रजनना वै स्वर्गद्वारं त्रय्या विद्यया भगवन्तं त्रयीमयं सूर्यमात्मानं यजन्ते ॥ ४ ॥
नेपाली भावानुवादः मणिकूट, वज्रकूट, इन्द्रसेन, ज्योतिष्मान्, सुपर्ण, हिरण्यष्ठीव र मेघमाल यहाँका सात सीमा-पर्वत हुन्। अरुणा, नृम्णा, आङ्गिरसी, सावित्री, सुप्रभाता, ऋतम्भरा र सत्यम्भरा सात महानदीहरू हुन्। त्यहाँ हंस, पतङ्ग, ऊर्ध्वायन र सत्याङ्ग नामका चार वर्णहरू छन्। यी नदीहरूमा स्नान गर्नाले उनीहरूको रजोगुण र तमोगुण नाश हुन्छ। उनीहरूको आयु एक हजार वर्षको हुन्छ। उनीहरूको शरीर देवताको जस्तै दिव्य हुन्छ र देवता समान नै सन्तान उत्पन्न हुन्छन्। उनीहरू तीन वेदद्वारा वर्णन गरिएको स्वर्गको द्वारस्वरूप आत्मस्वरूप भगवान् सूर्यको उपासना गर्दछन् ।। ४ ।।
 
प्रत्नरूस्य विष्णो रूपं यत्सत्यस्यर्तस्य ब्रह्मणः । अमृतस्य च मृत्योश्च सूर्यमात्मानमीमहीति ॥ ५ ॥
नेपाली भावानुवादः उनीहरू भन्दछन्– "हामी ती पुराणपुरुष विष्णुरूप भगवान् सूर्यको शरण पर्दछौँ, जो सत्य (अनुष्ठान योग्य धर्म), ऋत (नैतिक धर्म), वेद र शुभ-अशुभ फलका अधिष्ठाता हुनुहुन्छ" ।। ५ ।।
 
प्लक्षादिषु पञ्चसु पुरुषाणामायुरिन्द्रियमोजः सहो बलं बुद्धिर्विक्रम इति च सर्वेषामौत्पत्तिकी सिद्धिरविशेषेण वर्तते ॥ ६ ॥
नेपाली भावानुवादः प्लक्षादि पाँचवटै द्वीपहरूमा मानिसहरूको आयु, इन्द्रियशक्ति, ओज, मनोबल, शारीरिक बल, बुद्धि र पराक्रम जन्मजात रूपमै समान सिद्धिका साथ रहन्छन् ।। ६ ।।
 
प्लक्षः स्वसमानेनेक्षुरसोदेनावृतो यथा तथा द्वीपोऽपि शाल्मलो द्विगुणविशालः समानेन सुरोदेनावृतः परिवृङ्क्ते ॥ ७ ॥
नेपाली भावानुवादः प्लक्षद्वीप आफूसमान विस्तार भएको उखुको रसको समुद्रले घेरिएको छ। त्यसभन्दा अगाडि त्योभन्दा दोब्बर ठुलो शाल्मली द्वीप छ, जुन आफूसमान विस्तार भएको मदिराको समुद्रले घेरिएको छ ।। ७ ।।
 
यत्र ह वै शाल्मली प्लक्षायामा यस्यां वाव किल निलयमाहुर्भगवतश्छन्दस्तुतः पतत्त्रिराजस्य सा द्वीपहूतये उपलक्ष्यते ॥ ८ ॥
नेपाली भावानुवादः शाल्मली द्वीपमा प्लक्षको रुख जत्रै ठुलो शाल्मली (सिमल) को रुख छ। भनिन्छ, यही रुखमा वेदमय पखेटाले भगवान्‌को स्तुति गर्ने पक्षिराज गरुडको निवासस्थान छ। यसै रुखको नामबाट यस द्वीपको नाम शाल्मली भएको हो ।। ८ ।।
 
तद्द्वीपाधिपतिः प्रियव्रतात्मजो यज्ञबाहुः स्वसुतेभ्यः सप्तभ्यस्तन्नामानि सप्तवर्षाणि व्यभजत्सुरोचनं सौमनस्यं रमणकं देववर्षं पारिभद्रे माप्यायनमविज्ञातमिति ॥ ९ ॥
नेपाली भावानुवादः यस द्वीपका अधिपति प्रियव्रतका पुत्र यज्ञबाहु थिए। उनले यसलाई सुरोचन, सौमनस्य, रमणक, देववर्ष, पारिभद्र, आप्यायन र अविज्ञात नामका सात खण्डमा विभाजन गरी सोही नामका आफ्ना पुत्रहरूलाई राज्य जिम्मा लगाए ।। ९ ।।
 
तेषु वर्षाद्रयो नद्यश्च सप्तैवाभिज्ञाताः स्वरसः शतशृङ्गो वामदेवः कुन्दो मुकुन्दः पुष्पवर्षंः सहस्रश्रुतिरिति । अनुमति सिनीवाली सरस्वती कुहू रजनी नन्दा राकेति ॥ १० ॥
नेपाली भावानुवादः यसमा पनि सात पर्वत र सात नदीहरू प्रसिद्ध छन्। पर्वतहरू स्वरस, शतशृङ्ग, वामदेव, कुन्द, मुकुन्द, पुष्पवर्ष र सहस्रश्रुति हुन् भने नदीहरू अनुमति, सिनीवाली, सरस्वती, कुहू, रजनी, नन्दा र राका हुन् ।। १० ।।
 
तद्वर्षपुरुषाः श्रुतधरवीर्यधरवसुन्धरेषन्धरसंज्ञा भगवन्तं वेदमयं सोममात्मानं वेदेन यजन्ते ॥ ११ ॥
नेपाली भावानुवादः यस वर्षमा रहने श्रुतधर, वीर्यधर, वसुन्धर र इषन्धर नामका चार वर्णले वेदमय आत्मस्वरूप भगवान् चन्द्रमाको वेदमन्त्रद्वारा उपासना गर्दै भन्दछन् ।। ११ ।।
 
स्वगोभिः पितृदेवेभ्यो विभजन् कृष्णशुक्लयोः । प्रजानां सर्वासां राजान्धः सोमो न आस्त्विति ॥ १२ ॥
नेपाली भावानुवादः "जुन चन्द्रमाले कृष्णपक्ष र शुक्लपक्षमा आफ्ना किरणद्वारा समय विभाजन गरी देवता, पितृ र सम्पूर्ण प्राणीहरूलाई अन्न (रस) प्रदान गर्नुहुन्छ, ती चन्द्रदेव हाम्रा राजा हुन्, उहाँले हाम्रो रक्षा गरून्" ।। १२ ।।
 
एवं सुरोदाद्‌बहिस्तद्‌द्विगुणः समानेनावृतो घृतोदेन यथापूर्वः कुशद्वीपो यस्मिन् कुशस्तम्बो देवकृतस्तद्‌द्वीपाख्याकरो ज्वलन इवापरःस्वशष्परोचिषा दिशो विराजयति ॥ १३ ॥
नेपाली भावानुवादः मदिराको समुद्रभन्दा बाहिर त्योभन्दा दोब्बर विस्तार भएको कुशद्वीप छ। यो पनि आफूसमान विस्तार भएको घिउको समुद्रले घेरिएको छ। यसमा भगवान्‌ले रचना गर्नुभएको कुशको एउटा ठुलो झाडी छ, जसका कारण यसको नाम कुशद्वीप रहेको हो। यो कुशको कान्तिले दोस्रो अग्निले झैँ सबै दिशालाई उज्यालो बनाउँछ ।। १३ ।।
 
तद्‌द्वीपपतिः प्रैयव्रतो राजन्हिरण्यरेता नाम स्वं द्वीपं सप्तभ्यः स्वपुत्रेभ्यो यथाभागं विभज्य स्वयं तपआतिष्ठत वसुवसुदानदृढरुचिनाभिगुप्तस्तुत्य व्रतविविक्तवामदेवनामभ्यः ॥ १४ ॥
नेपाली भावानुवादः राजन्! यस द्वीपका अधिपति प्रियव्रतका पुत्र हिरण्यरेता थिए। उनले यसलाई सात भागमा बाँडेर आफ्ना सात पुत्रहरूवसु, वसुदान, दृढरुचि, नाभिगुप्त, स्तुत्यव्रत, विविक्त र वामदेवलाई सुम्पिए र आफू तपस्याका लागि वनतर्फ लागे ।। १४ ।।
 
तेषां वर्षेषु सीमागिरयो नद्यश्चाभिज्ञाताः सप्त सप्तैव चक्रश्चतुशृङ्गः कपिलश्चित्रकूटो देवानीक ऊर्ध्वरोमा द्रविण इति रसकुल्या मधुकुल्या मित्रविन्दा श्रुतविन्दा देवगर्भा घृतच्युता मन्त्रमालेति ॥ १५ ॥
नेपाली भावानुवादः यहाँका सीमा निर्धारण गर्ने सात पर्वत र सात नदीहरू छन्। पर्वतहरू चक्र, चतुःशृङ्ग, कपिल, चित्रकूट, देवानीक, ऊर्ध्वरोमा र द्रविण हुन्। नदीहरू रसकुल्या, मधुकुल्या, मित्रविन्दा, श्रुतविन्दा, देवगर्भा, घृतच्युता र मन्त्रमाला हुन् ।। १५ ।।
 
यासां पयोभिः कुशद्वीपौकसः कुशल कोविदाभियुक्तकुलकसंज्ञा भगवन्तं जातवेदस रूपिणं कर्मकौशलेन यजन्ते ॥ १६ ॥
नेपाली भावानुवादः यी नदीहरूको जलमा स्नान गरी कुशद्वीपवासी कुशल, कोविद, अभियुक्त र कुलक वर्णका पुरुषहरूले कर्मकौशलद्वारा अग्निस्वरूप भगवान् हरिको पूजा र स्तुति गर्दछन् ।। १६ ।।
 
परस्य ब्रह्मणः साक्षाज्जातवेदोऽसि हव्यवाट् । देवानां पुरुषाङ्गानां यज्ञेन पुरुषं यजेति ॥ १७ ॥
नेपाली भावानुवादः "हे अग्ने! तपाईं साक्षात् परब्रह्मलाई हवि पुर्‍याउने हव्यवाह हुनुहुन्छ। भगवान्‌का अङ्गस्वरूप देवताहरूको निमित्त यज्ञमा गरिएको हवनलाई तपाईंले सम्बन्धित स्थानसम्म पुर्‍याई भगवान्‌कै आराधना गर्नुहुन्छ" ।। १७ ।।
 
तथा घृतोदाद्बहिः क्रौञ्चद्वीपो द्विगुणः स्वमानेन क्षीरोदेन परित उपकॢप्तो वृतो यथा कुशद्वीपो घृतोदेन यस्मिन् क्रौञ्चो नाम पर्वतराजो द्वीपनामनिर्वर्तक आस्ते ॥ १८ ॥
नेपाली भावानुवादः राजन्! घिउको समुद्रभन्दा बाहिर त्योभन्दा दोब्बर विस्तार भएको क्रौञ्चद्वीप छ। यो दूधको समुद्रले घेरिएको छ। यहाँ क्रौञ्च नामको विशाल पर्वत छ, जसकै नामबाट यो द्वीपको नाम क्रौञ्चद्वीप रहन गएको हो ।। १८ ।।
 
योऽसौ गुहप्रहरणोन्मथितनितम्बकुञ्जोऽपि क्षीरोदेनासिच्यमानो भगवता वरुणेनाभिगुप्तो विभयो बभूव ॥ १९ ॥
नेपाली भावानुवादः कुनै समय स्वामी कार्तिकेयको शस्त्र प्रहारले यस पर्वतका कुञ्जहरू क्षत-विक्षत भएका थिए, तर दूधको समुद्रले सिञ्चित र वरुणदेवद्वारा सुरक्षित भएकाले यो पुनः निर्भय भयो ।। १९ ।।
 
तस्मिन्नपि प्रैयव्रतो घृतपृष्ठो नामाधिपतिः स्वे द्वीपे वर्षाणि सप्त विभज्य तेषु पुत्रनामसु सप्त रिक्थादान् वर्षपान्निवेश्य स्वयं भगवान् भगवतः परमकल्याणयशस आत्मभूतस्य हरेश्चरणारविन्दम् उपजगाम ॥ २० ॥
नेपाली भावानुवादः यस द्वीपका अधिपति महाराज प्रियव्रतका पुत्र घृतपृष्ठ थिए। उनले यसलाई सात खण्डमा विभाजन गरी आफ्ना सात पुत्रहरूलाई उत्तराधिकारी नियुक्त गरे र स्वयं परम मङ्गलमय श्रीहरिको चरणकमलको शरणमा लागे ।। २० ।।
 
आमो मधुरुहो मेघपृष्ठः सुधामा भ्राजिष्ठो लोहितार्णो वनस्पतिरिति घृतपृष्ठसुतास्तेषां वर्षगिरयः सप्त सप्तैव नद्यश्चाभिख्याताः शुक्लो वर्धमानो भोजन उपबर्हिणो नन्दो नन्दन वै सर्वतोभद्र इति अभया अमृतौघा आर्यका तीर्थवती वृत्तिरूपवती पवित्रवती शुक्लेति ॥ २१ ॥
नेपाली भावानुवादः घृतपृष्ठका पुत्रहरू आम, मधुरुह, मेघपृष्ठ, सुधामा, भ्राजिष्ठ, लोहितार्ण र वनस्पति थिए। यहाँका सात पर्वत शुक्ल, वर्धमान, भोजन, उपबर्हिण, नन्द, नन्दन र सर्वतोभद्र हुन् भने नदीहरू अभया, अमृतौघा, आर्यका, तीर्थवती, वृत्तिरूपवती, पवित्रवती र शुक्ला हुन् ।। २१ ।।
 
यासामम्भः पवित्रममलमुपयुञ्जानाः पुरुष ऋषभद्रविणदेवकसंज्ञा वर्षपुरुषा आपोमयं देवमपां पूर्णेनाञ्जलिना यजन्ते ॥ २२ ॥
आपः पुरुषवीर्याः स्थ पुनन्तीर्भूर्भुवः सुवः । ता नः पुनीतामीवघ्नीः स्पृशतामात्मना भुव इति ॥ २३ ॥
नेपाली भावानुवादः यस द्वीपका पुरुष, ऋषभ, द्रविण र देवक वर्णका निवासीहरू नदीको निर्मल जल सेवन गर्दछन् र जलका देवताको उपासना गर्दछन्— "हे जल! तपाईंहरू परमात्माको सामर्थ्यस्वरूप हुनुहुन्छ। तपाईंहरू भूः, भुवः र स्वः तीनै लोकलाई पवित्र गर्नुहुन्छ। तपाईंहरू पाप नाशक हुनुहुन्छ, हाम्रो शरीर र आत्मालाई पवित्र गरिदिनुहोस्" ।। २२, २३ ।।
 
एवं पुरस्तगक्षीरोदात्परित उपवेशित वै शाकद्वीपो द्वात्रिंशल्लक्षयोजनायामः समानेन च दधिमण्डोदेन परीतो यस्मिन् शाको नाम महीरुहः स्व क्षेत्रव्यपदेशको यस्य ह महासुरभिगन्धस्तं द्वीपमनुवासयति ॥ २४ ॥
तस्यापि प्रैयव्रत एवाधिपतिर्नाम्ना मेधातिथिः सोऽपि विभज्य सप्त वर्षाणि पुत्रनामानि तेषु स्वात्मजान् पुरोजवमनोजवपवमानधूम्रानीक चित्ररेफबहुरूपविश्वधारसंज्ञान्निधाप्याधिपतीन् स्वयं भगवत्यनन्त आवे शितमतिस्तपोवनं प्रविवेश ॥ २५ ॥
नेपाली भावानुवादः यसरी दूधको समुद्रभन्दा बाहिर ३२ लाख योजन विस्तार भएको शाकद्वीप छ, जुन मोहीको समुद्रले घेरिएको छ। यहाँ 'शाक' नामको विशाल वृक्ष छ, जसको सुगन्धले सारा द्वीप बासनादार हुन्छ। यसका अधिपति प्रियव्रतका पुत्र मेधातिथि थिए। उनले सात पुत्रहरूपुरोजव, मनोजव, पवमान, धूम्रानीक, चित्ररेफ, बहुरूप र विश्वधारलाई राज्य सुम्पिएर स्वयं अनन्त भगवान्‌को ध्यान गर्न तपोवनतिर लागे ।। २४, २५ ।।
 
एतेषां वर्षमर्यादागिरयो नद्यश्च सप्त सप्तैव ईशान उरुशृङ्गो बलभद्रः शतकेसरः सहस्रस्रोतो देवपालो महानस इति अनघाऽऽयुर्दा उभय स्पृष्टिरपराजिता पञ्चपदी सहस्रस्रुतिर्निजधृतिरिति ॥ २६ ॥
नेपाली भावानुवादः यहाँका पर्वतहरू ईशान, उरुशृङ्ग, बलभद्र, शतकेसर, सहस्रस्रोत, देवपाल र महानस हुन्। नदीहरू अनघा, आयुर्दा, उभयसृष्टि, अपराजिता, पञ्चपदी, सहस्रस्रुति र निजधृति हुन् ।। २६ ।।
 
तद्वर्षपुरुषा ऋतवतसत्यव्रतदानव्रतानुव्रतनामानो भगवन्तं वाय्वात्मकं प्राणायामविधूत रजस्तमसः परमसमाधिना यजन्ते ॥ २७ ॥
नेपाली भावानुवादः त्यहाँका ऋतव्रत, सत्यव्रत, दानव्रत र अनुव्रत नामका पुरुषहरू प्राणायामद्वारा रजोगुण र तमोगुण नाश गरी समाधिद्वारा वायुरूप भगवान्‌को आराधना गर्दछन् ।। २७ ।।
 
अन्तः प्रविश्य भूतानि यो बिभर्त्यात्मकेतुभिः । अन्तर्यामीश्वरः साक्षात्पातु नो यद्वशे स्फुटम् ॥ २८ ॥
नेपाली भावानुवादः "जो प्राणादि वृत्तिद्वारा प्राणीको भित्र प्रवेश गरी पालन गर्नुहुन्छ र सम्पूर्ण जगत् जसको अधीनमा छ, ती साक्षात् अन्तर्यामी वायुरूप भगवान्‌ले हाम्रो रक्षा गरून्" ।। २८ ।।
 
एवमेव दधिमण्डोदात्परतः पुष्करद्वीपस्ततो द्विगुणायामः समन्तत उपकल्पितः समानेन स्वादूदकेन समुद्रेण बहिरावृतो यस्मिन् बृहत्पुष्करं ज्वलनशिखामलकनकपत्रायुतायुतं भगवतः कमलासनस्याध्यासनं परिकल्पितम् ॥ २९ ॥
नेपाली भावानुवादः मोहीको समुद्रभन्दा बाहिर त्योभन्दा दोब्बर विस्तार भएको पुष्करद्वीप छ। यो गुलियो पानीको समुद्रले घेरिएको छ। यहाँ अग्निको शिखाझैँ चम्किलो र करोडौँ स्वर्णमय पत्र भएको एउटा विशाल कमल छ, जुन ब्रह्माजीको आसन मानिन्छ ।। २९ ।।
 
तद्‌द्वीपमध्ये मानसोत्तरनामैक एवार्वाचीन पराचीनवर्षयोर्मर्यादाचलोऽयुतयोजनोच्छ्रायायामो यत्र तु चतसृषु दिक्षु चत्वारि पुराणि लोकपालानामिन्द्रादीनां यदुपरिष्टात्सूर्यरथस्य मेरुं परिभ्रमतः संवत्सरात्मकं चक्रं देवानामहोरात्राभ्यां परिभ्रमति ॥ ३० ॥
नेपाली भावानुवादः यस द्वीपको बीचमा मानसोत्तर नामको एउटा पर्वत छ, जसले पूर्वीय र पश्चिमी खण्डको सीमा निर्धारण गर्दछ। यो दश हजार योजन अग्लो र चौडा छ। यसको चारै दिशामा इन्द्रादि लोकपालका चार नगरहरू छन्। यस पर्वतमाथि सूर्यको रथको पाङ्ग्रा देवताहरूको दिन र रात (उत्तरायण र दक्षिणायन) को क्रमले सधैँ घुमिरहन्छ ।। ३० ।।
 
तद्‌द्वीपस्याप्यधिपतिः प्रैयव्रतो वीतिहोत्रो नामैतस्यात्मजौ रमणकथातकिनामानौ वर्षपती नियुज्य स स्वयं पूर्वजवद्‌भगवत्कर्मशील एवास्ते ॥ ३१ ॥
नेपाली भावानुवादः यस द्वीपका अधिपति प्रियव्रतका पुत्र वीतिहोत्रले आफ्ना पुत्रहरू रमणक र घातकीलाई राज्य सुम्पिएर आफ्ना दाजुहरूझैँ भगवान्‌कै सेवामा लागे ।। ३१ ।।
 
तद्वर्षपुरुषा भगवन्तं ब्रह्मरूपिणं सकर्मकेण कर्मणाऽऽराधयन्तीदं चोदाहरन्ति ॥ ३२ ॥
नेपाली भावानुवादः त्यहाँका निवासीहरू ब्रह्मरूप भगवान् हरिको कर्मद्वारा आराधना गर्दै यसो भन्दछन् ।। ३२ ।।
 
यत्तत्कर्ममयं लिङ्गं ब्रह्मलिङ्गं जनोऽर्चयेत् । एकान्तमद्वयं शान्तं तस्मै भगवते नम इति ॥ ३३ ॥
नेपाली भावानुवादः "जो साक्षात् कर्मफल स्वरूप हुनुहुन्छ, जसलाई सबैले पूजा गर्दछन्, ती अद्वितीय र शान्तस्वरूप ब्रह्ममूर्ति भगवान्‌लाई हाम्रो नमस्कार छ" ।। ३३ ।।
 
ऋषिरुवाच ततः परस्ताल्लोकालोकनामाचलो लोकालोकयोरन्तराले परित उपक्षिप्तः ॥ ३४ ॥
नेपाली भावानुवादः शुकदेवजी भन्नुहुन्छराजन्! यसपछि लोकालोक नामको पर्वत छ। यसले सूर्यद्वारा प्रकाशित र अप्रकाशित दुई भूभागलाई विभाजित गर्दछ ।। ३४ ।।
 
यावन्मानसोत्तरमेर्वोरन्तरं तावती भूमिः काञ्चन्यन्याऽऽदर्शतलोपमा यस्यां प्रहितः पदार्थो न कथञ्चित्पुनः प्रत्युपलभ्यते तस्मात्सर्व सत्त्वपरिहृताऽऽसीत् ॥ ३५ ॥
नेपाली भावानुवादः सुमेरुदेखि मानसोत्तरसम्म जति दूरी छ, त्यति नै दूरीको सुवर्णमय भूमि छ, जुन ऐनाझैँ सफा छ। यहाँ खसेको वस्तु पुनः पाउन सकिँदैन, त्यसैले यहाँ प्राणीहरू रहन सक्दैनन् ।। ३५ ।।
 
लोकालोक इति समाख्या यदनेनाचलेन लोकालोकस्यान्तर्वर्तिनावस्थाप्यते ॥ ३६ ॥
नेपाली भावानुवादः यस पर्वतले प्रकाश र अन्धकारको बीचको भाग छुट्याउने हुनाले यसको नाम लोकालोक रहेको हो ।। ३६ ।।
 
स लोकत्रयान्ते परित ईश्वरेण विहितो यस्मात्सूर्यादीनां ध्रुवापवर्गाणां ज्योतिर्गणानां गभस्तयोऽर्वाचीनांस्त्रींल्लोकानावितन्वाना न कदाचित्पराचीना भवितुमुत्सहन्ते तावदुन्नहनायामः ॥ ३७ ॥
नेपाली भावानुवादः यसलाई परमात्माले तीनै लोकको बाहिरी सीमाको रूपमा स्थापना गर्नुभएको छ। यो यति अग्लो छ कि सूर्यदेखि ध्रुवसम्मका ज्योतिर्मण्डलको किरण योभन्दा पर जान सक्दैन ।। ३७ ।।
 
एतावाँल्लोकविन्यासो मानलक्षणसंस्थाभिर्विचिन्तितः कविभिः स तु पञ्चाशत्कोटिगणितस्य भूगोलस्य तुरीयभागोऽयं लोकालोकाचलः ॥ ३८ ॥
नेपाली भावानुवादः विद्वान्‌हरूले सम्पूर्ण भूगोल ५० करोड योजनको बताएका छन्। यसको चौथाइ भाग साढे १२ करोड योजन लोकालोक पर्वतको विस्तार छ ।। ३८ ।।
 
तदुपरिष्टाच्चतसृष्वाशास्वात्मयोनिनाखिल जगद्‌गुरुणाधिनिवेशिता ये द्विरदपतय ऋषभः पुष्करचूडो वामनोऽपराजित इति सकल लोकस्थितिहेतवः ॥ ३९ ॥
नेपाली भावानुवादः ब्रह्माजीले यस पर्वतका चारै दिशामा ऋषभ, पुष्करचूड, वामन र अपराजित नामका चार दिग्गजहरूलाई लोकको रक्षाका लागि राख्नुभएको छ ।। ३९ ।।
 
तेषां स्वविभूतीनां लोकपालानां च विविधवीर्योपबृंहणाय भगवान् परममहापुरुषो महाविभूतिपतिरन्तर्याम्यात्मनो विशुद्धसत्त्वं धर्मज्ञानवैराग्यैश्वर्याद्यष्टमहासिद्ध्युपलक्षणं विष्वक्सेनादिभिः स्वपार्षदप्रवरैः परिवारितो निजवरा युधोपशोभितैर्निजभुजदण्डैः सन्धारयमाणस्तस्मिन् गिरिवरे समन्तात्सकललोकस्वस्तय आस्ते ॥ ४० ॥
नेपाली भावानुवादः यी दिग्गज र लोकपालहरूको शक्ति बढाउन तथा लोकको कल्याणका लागि भगवान् श्रीहरि आफ्ना पार्षदहरूका साथ यस पर्वतमा रहनुहुन्छ। उहाँ आठ महासिद्धि, धर्म र ज्ञानले युक्त दिव्य स्वरूप धारण गरी त्यहाँ विराजमान हुनुहुन्छ ।। ४० ।।
 
आकल्पमेवं वेषं गत एष भगवानात्मयोगमायया विरचितविविधलोकयात्रागोपीथाय इत्यर्थः ॥ ४१ ॥
नेपाली भावानुवादः भगवान्‌ले आफ्नो योगमायाद्वारा रचित लोकहरूको सुरक्षाका लागि कल्पको अन्त्यसम्म यसरी नै रहनुहुन्छ ।। ४१ ।।
 
योऽन्तर्विस्तार एतेन ह्यलोकपरिमाणं च व्याख्यातं यद्बहिर्लोकालोकाचलात् । ततः परस्ताद्योगेश्वरगतिं विशुद्धामुदाहरन्ति ॥ ४२ ॥
नेपाली भावानुवादः यसबाट लोकालोक पर्वतभन्दा बाहिरको अलोक प्रदेशको विस्तार पनि बुझ्न सकिन्छ। त्यसभन्दा पर केवल योगेश्वरहरू मात्र पुग्न सक्ने अत्यन्त शुद्ध स्थान छ ।। ४२ ।।
 
अण्डमध्यगतः सूर्यो द्यावाभूम्योर्यदन्तरम् । सूर्याण्डगोलयोर्मध्ये कोट्यः स्युः पञ्चविंशतिः ॥ ४३ ॥
नेपाली भावानुवादः ब्रह्माण्डको केन्द्रमा सूर्य रहनुहुन्छ। सूर्य र ब्रह्माण्डको अन्तिम सीमाको बीचमा २५ करोड योजनको अन्तर छ ।। ४३ ।।
 
मृतेऽण्ड एष एतस्मिन् यदभूत्ततो मार्तण्ड इति व्यपदेशः । हिरण्यगर्भ इति यद्धिरण्याण्डसमुद्‌भवः ॥ ४४ ॥
नेपाली भावानुवादः मृत अण्ड (अचेतन अवस्था) मा चेतन रूपले प्रकट भएकाले सूर्यलाई 'मार्तण्ड' भनियो। स्वर्णमय अण्डबाट प्रकट भएकाले उहाँलाई 'हिरण्यगर्भ' पनि भनिन्छ ।। ४४ ।।
 
सूर्येण हि विभज्यन्ते दिशः खं द्यौर्मही भिदा । स्वर्गापवर्गौ नरका रसौकांसि च सर्वशः ॥ ४५ ॥
नेपाली भावानुवादः सूर्यद्वारा नै दिशा, आकाश, द्युलोक, भूर्लोक, स्वर्ग, नरक, रसातल र मोक्षका प्रदेशहरूको विभाग हुन्छ ।। ४५ ।।
देवतिर्यङ्मनुष्याणां सरीसृपसवीरुधाम् । सर्वजीवनिकायानां सूर्य आत्मा दृगीश्वरः ॥ ४६ ॥
नेपाली भावानुवादः सूर्य नै देवता, मनुष्य, पशु-पक्षी र वनस्पति आदि सम्पूर्ण जीवहरूको आत्मा र नेत्रका अधिष्ठाता हुनुहुन्छ ।। ४६ ।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायांपञ्चमस्कन्धे भुवनकोशवर्णने 
समुद्रवर्षसंनिवेशपरिमाणलक्षणो विंशोऽध्यायः ॥ २० ॥
🌸 •••••••••• 🌸

यस अध्यायको सारांश :

श्रीमद्भागवतको पञ्चम स्कन्धको २०औँ अध्यायमा जम्बूद्वीपभन्दा बाहिरका अन्य सात द्वीप र समुद्रहरूको विस्तारपूर्वक वर्णन गरिएको छ। शुकदेवजीले राजा परीक्षितलाई प्लक्षशाल्मलीकुशक्रौञ्चशाक र पुष्कर द्वीपहरूको भौगोलिक र आध्यात्मिक स्वरूप बुझाउनुहुन्छ। प्रत्येक द्वीप अघिल्लोभन्दा दोब्बर ठुलो छ र प्रत्येकलाई नुनिलो पानीउखुको रसमदिराघिउदूधमोही र गुलियो पानीको समुद्रले घेरेको छ। यी द्वीपहरूका अधिपति प्रियव्रतका पुत्रहरू हुन्जसले आफ्ना छोराहरूलाई राज्य बाँडेर स्वयं ईश्वरको ध्यानमा लागेका थिए। प्रत्येक द्वीपमा सात पर्वत र सात नदीहरू छन् र त्यहाँका बासिन्दाहरूले सूर्यचन्द्रमाअग्निजलवायु र ब्रह्माको रूपमा साक्षात् श्रीहरिको उपासना गर्छन्। ती ठाउँका मानिसहरू जन्मजात रूपमै बलियोबुद्धिमान् र दीर्घायु हुन्छन्।

अध्यायको उत्तरार्धमा मानसोत्तर पर्वत र सूर्यको रथको गतिको वर्णन छ। पुष्करद्वीपको बीचमा रहेको मानसोत्तर पर्वतमा सूर्यको रथ घुम्छजसले दिन र रातको विभाजन गर्छ। यसपछि सुवर्णमय भूमि र लोकालोक पर्वतको चर्चा आउँछजसले ब्रह्माण्डको प्रकाश र अन्धकारको सीमा छुट्याउँछ। लोकालोक पर्वतमा ब्रह्माजीले राखेका चार दिग्गज हात्तीहरू छन्जसले ब्रह्माण्डको सन्तुलन कायम राख्छन्। अन्त्यमा ब्रह्माण्डको केन्द्रमा रहेका सूर्य (मार्तण्ड वा हिरण्यगर्भ) को महिमा गाइएको छ। सूर्य नै सम्पूर्ण जगतका आत्माआँखा र समयका आधार हुन्। यसरी यो अध्यायले ब्रह्माण्डको विशालता र यसको सञ्चालनमा रहेको ईश्वरीय व्यवस्थालाई स्पष्ट पार्छ।

यस अध्यायको दार्शनिक पक्ष :

यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहन छ। यसले 'विश्वरूपदर्शनको एउटा पाटो प्रस्तुत गर्छजहाँ यो ब्रह्माण्ड केवल भौतिक संरचना मात्र नभई परमात्माको एउटा विराट शरीर हो। द्वीप र समुद्रहरूको क्रमिक विस्तारले मानिसको चेतनाको विस्तारलाई सङ्केत गर्छ। यहाँ वर्णित प्रत्येक प्राकृतिक तत्व (सूर्यवायुजल) लाई ईश्वरको प्रतीक मानेर उपासना गरिनुले 'सर्वं खल्विदं ब्रह्म' (सबै चिज ब्रह्म हो) भन्ने अद्वैत सिद्धान्तलाई पुष्टि गर्छ। राजा प्रियव्रतका छोराहरूले राज्य त्यागेर तपस्यामा लाग्नुले संसारको भोग क्षणिक छ र अन्तिम लक्ष्य ईश्वर प्राप्ति नै हो भन्ने वैराग्यको सन्देश दिन्छ। 'मार्तण्डको अवधारणाले जड प्रकृति (मृत अण्ड) मा परमात्माले चैतन्य भरेपछि मात्र जीवन सम्भव हुन्छ भन्ने सिकाउँछ। सूर्यलाई जगतको आत्मा र आँखा मान्नुले ज्ञानको प्रकाशविना जीवन अन्धकारमय हुन्छ भन्ने दार्शनिक सत्यलाई उजागर गर्छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...