#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – द्वाविंशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – द्वाविंशोऽध्यायः



यदेतद्‌भगवत आदित्यस्य मेरुं ध्रुवं च प्रदक्षिणेन परिक्रामतो राशीनामभिमुखं प्रचलितं चाप्रदक्षिणं भगवतोपवर्णितममुष्य वयं कथमनुमिमीमहीति ॥ १ ॥
 
राजा परीक्षितले सोधे–
भगवन् !  यद्यपि सूर्य भगवान अन्य राशि हुदै मेरु र धु्रवलाई दाहिने पारेर घुम्दा वहाँको गति दक्षिणतिर हुदैन भन्ने कुरामा म कसरी बुझौं ।।१।।

स होवाच 
यथा कुलालचक्रेण भ्रमता सह भ्रमतां तदाश्रयाणां पिपीलिकादीनां गतिरन्यैव प्रदेशान्तरेष्वप्युपलभ्यमानत्वादेवं नक्षत्रराशिभिरुपलक्षितेन कालचक्रेण ध्रुवं मेरुं च प्रदक्षिणेन परिधावता सह परिधावमानानां तदाश्रयाणां सूर्यादीनां गृहाणां गतिरन्यैव नक्षत्रान्तरे राश्यन्तरे चोपलभ्यमानत्वात् ॥ २ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
राजन् ! जसरी कुम्हालेको घुमेको चक्रमा त्यस संगै घुम्ने कमिला आदिको गति चक्रको गति अनुसार फरक उल्टो दिशामा देखिन्छ । त्यसै गरि नक्षत्र र राशिहरूमा उपलक्षित काल चक्रमा परेर ध्रुव र मेरुको दायाँ भएर घुम्ने सूर्य आदि ग्रहको गति चक्रको गति भन्द उल्टो हुन्छ ।।२।।

स एष भगवानादिपुरुष एव साक्षान्नारायणो लोकानां स्वस्तयआत्मानं त्रयीमयं कर्मविशुद्धिनिमित्तं कविभिरपि च वेदेन विजिज्ञास्यमानो द्वादशधा विभज्य षट्सु वसन्तादिष्वृतुषु थोपजोषमृतुगुणान् विदधाति ॥ ३ ॥ 

वेद र विद्वानहरू पनि जसको गति जान्नको लागि उत्सुक हुन्छन, उनै साक्षात आदि पुरुष नारायण नै लोकको कल्याण र कर्मको शुध्दिका लागि आफ्नो वेदमय विग्रह काललाई बाह्र महिनामा विभक्त गरेर बसन्तादि छ ऋतुहरूमा उनको यथायोग्य गुणको विधान गर्दछन ।।३।।

तमेतमिह पुरुषास्त्रय्या विद्यया वर्णाश्रमाचारानुपथा उक्षावचैः कर्मभिराम्नातैर्योगवितानैश्च श्रद्धया यजन्तोऽञ्जसाश्रेयः समधिगच्छन्ति ॥ ४ ॥ 

यस लोकमा वर्णाश्रम धर्मका अनुसरण गर्ने पुरुष तीनै वेदद्वारा प्रतिपादित साना ठुला कर्मले इन्द्रादि देवताहरूको रुपमा र योगको साधनले अन्तर्यामीरुपमा उहाँको श्रध्दपूर्वक आराधना गरेर सजिलैसंग परम पद प्राप्त गर्न सक्छन ।।४।।

अथ स एष आत्मा लोकानां द्यावापृथिव्योरन्तरेण नभोवलयस्य कालचक्रगतो द्वादशमासान् भुङ्क्ते राशिसंज्ञान् संवत्सरावयवान्मासः पक्षद्वयं दिवा नक्तं चेति सपादर्क्षद्वयमुपदिशन्ति यावता षष्ठमंशं भुञ्जीत स वै ऋतुरित्युपदिश्यते संवत्सरावयवः ॥ ५ ॥ 

भगवावन् सूर्य सम्पूर्ण लोकको आत्मा हुन । वहाँ पृथ्वी र स्वर्गको बिचमा (अन्तरिक्ष) स्थित कालचत्रमा रहेर बार महिनालाई भोग्नु हुन्छ । जुन सम्वत्सरका अंग हुन । मेष आदि राशिहरूको नामले प्रसिद्ध छन । यसमा पत्येक महिना चन्द्रमानले शुक्ल र कृष्ण दुई पक्ष र पितृमानले एक रात र एक दिनको तथा सौरमानले सवा दुइ नक्षत्र हुने बताइएको छ । जति कालमा सूर्यदेव यस सम्वत्सरको छैटौं भाग भोग्दछन । उनको त्यो अङ्गलाई ऋतु भन्दछन ।।५।।

अथ च यावतार्धेन नभोवीथ्यां प्रचरति तं कालमयनमाचक्षते ॥ ६ ॥ 

भगवान् सूर्यको आकाशमा जति मार्ग छ, वहाँले त्यसको आधा भाग पार गर्नुलाई  अयन भन्दछन ।।६।।

अथ च यावन्नभोमण्डलं स ह द्यावापृथिव्यो र्मण्डलाभ्यां कार्त्स्न्येन सह भुञ्जीत तं कालं संवत्सरं परिवत्सरमिडावत्सरमनुवत्सरं वत्सरमिति भानोर्मान्द्यशैघ्र्यसमगतिभिः समामनन्ति ॥ ७ ॥ 

यसरी नै जति समय वहाँ आफ्नो मन्द, तीव्र र समान गतिले स्वर्ग र पृथ्वी सहित पूरै आकाश चक्कर लगाउनुहुन्छ त्यसलाई आवन्तर भेदले सम्वत्सर, परिवत्सर, इडावत्सर, अनुवत्सर, तथा वत्सर भनिन्छ ।।७।।

एवं चन्द्रमा अर्कगभस्तिभ्य उपरिष्टाल्लक्षयोजनत उपलभ्यमानोऽर्कस्य संवत्सरभुक्तिं पक्षाभ्यां मासभुक्तिं सपादर्क्षाभ्यां दिनेनैव पक्षभुक्तिमग्रचारी द्रुततरगमनो भुङ्क्ते ॥ ८ ॥ 

यसैगरी सूर्यको कीरणबाट एक लाख योजन माथि चन्द्रमा छन । उनको चाल धेरै छिटो र तेज छ । त्यसैले उनी सबै नक्षत्र भन्दा अगाडि रहन्छन । उनी सूर्यको एक वर्षको मार्गलाई एक महिनामा र एक मासको मार्ग सवा दुई दिनमा र एक पक्षको मार्ग एकै दिनमा पार गर्दछन ।।८।।

अथ चापूर्यमाणाभिश्च कलाभिरमराणां क्षीयमाणाभिश्च कलाभिः पितॄणामहोरात्राणि पूर्वपक्षापरपक्षाभ्यां वितन्वानः सर्वजीवनिवहप्राणो जीवश्चैकमेकं नक्षत्रं त्रिंशता मुहूर्तैर्भुङ्क्ते ॥ ९ ॥ 

यिनी कृष्णपक्षमा क्षिण भएको कलाले पितृगणलाई र शुक्लपक्षको बड्दो कलाले देवताहरूको दिन रातको विभाग गर्दछन तथा तीस तीस मुहुर्तमा एक एक नक्षत्रलाई पार गर्दछन । अन्नमय र अमृतमय हुनाको कारण उनी सबै जीवको प्राण र जीवन हुन ।।९।।

य एष षोडशकलः पुरुषो भगवान्मनोमयोऽन्नमयोऽमृतमयो देवपितृमनुष्यभूतपशुपक्षि( सरीसृपवीरुधां प्राणाप्यायनशीलत्वात्सर्वमय इतिवर्णयन्ति ॥ १० ॥ 

उनी सोह्र कलाहरूले युक्त भएको मनोमय, अन्नमय, अमृतमय, पुरमस्वरूप भगवान् चन्द्रमा हुनु । उनैले देवता, पितृ, मनुष्य, भूत, पशु, पक्षी, सरीसृप, र वृक्षादि सबै प्राणीहरूलाई प्राण पोषण गर्ने हुँदा, यिनलाई सर्वमय भन्दछन ।।१०।।

तत उपरिष्टात्त्रिलक्षयोजनतो नक्षत्राणि मेरुं दक्षिणेनैव कालायन ईश्वरयोजितानि सहाभिजिताष्टाविंशतिः ॥ ११ ॥ 

भगवान्ले  काल चक्रमा नियुक्ति गरेर राख्नु भएका अभिजित सहित अठ्ठाइस नक्षत्रहरू चन्द्रमा भन्दा तीन लाख योजन माथि छन । उनीहरू मेरुको दाया तिर भएर घुम्दछन ।। ११।। 

तत उपरिष्टादुशना द्विलक्षयोजनत उपलभ्यते पुरतः पश्चात्सहैव वार्कस्य शैघ्र्यमान्द्यसाम्याभिर्गतिभिरर्कवच्चरति लोकानां नित्यदानुकूल एव प्रायेण वर्षयंश्चारेणानुमीयते स वृष्टिविष्टम्भग्रहोपशमनः ॥ १२ ॥ 

यसभन्दा दुइलाख योजन माथि शुक्र देखिन्छन । शुक्र ग्रह सूर्य झैं शीघ्र, मन्द र समान गतिका अनुसार उनैको समान कहिले अगाडि कहिले पछाडि र कहिले साथ साथै भएर भ्रमण गर्दछन । यी वर्षा गराउने ग्रह भएकाले सबै लोकको प्राय सधैं अनुकुल हुन्छन । यसको गतिले यस्तो अनुमान हुन्छ कि यिनी वर्षा रोक्ने ग्रहलाई शान्त गरिदिन्छन ।।१२।।

उशनसा बुधो व्याख्यातस्तत उपरिष्टाद् द्विलक्षयोजनतो बुधः सोमसुत उपलभ्यमानः प्रायेण शुभकृद्यदार्काद् व्यतिरिच्येत तदातिवाताभ्रप्रायानावृष्ट्यादिभयमाशंसते ॥ १३ ॥ 

अत ऊर्ध्वमङ्गारकोऽपि योजनलक्षद्वितय उपलभ्यमानस्त्रिभिस्त्रिभिः पक्षैरेकैकशो राशीन्द्वादशानुभुङ्क्ते यदि नवक्रेणाभिवर्तते प्रायेणा शुभग्रहोऽघशंसः ॥ १४ ॥ 

शुक्रको गतिको साथ साथै बुधको पनि व्याख्या हुन्छ  शुक्रको अनुसार नै बुधको गति पनि सम्झनु पर्दछ यी चन्द्रमाका छोरा बुध शुक्रभन्दा दुई लाख योजन माथि छन । यो प्राय मङ्गलकारी नै हो तर जब सूर्यको गतिलाई उलंघन गरेर चल्दछ त्यतिबेला भने धेरै आँधि, मेघ र खडेरी आदि भयको सूचना दिन्छ । यी भन्दा दुईलाख योजन माथि मङ्गल छन । यो यदि वक्रगतिले चलेन भने तीन तिन महिनामा एक एक रासिलाई  भोग गरेर बाह्र राशिमा भ्रमण गर्दछन । यो अशुभ ग्रह हो यसले  अमङ्गलको सूचना पनि गर्दछ ।।१३,१४।।

तत उपरिष्टाद् द्विलक्षयोजनान्तरगतो भगवान् बृहस्पतिरेकैकस्मिन् राशौ परिवत्सरं परिवत्सरं चरति यदि न वक्रः स्यात्प्रायेणानुकूलो ब्राह्मण कुलस्य ॥ १५ ॥ 

यो भन्दा दुई लाख योजन माथि भगवान् बृहस्पति छन् । यदि वक्रगतिले नचलेमा उनले एक एक राशिमा एक एक बर्ष भोग्दछन । यिनी प्रायः ब्राम्हण कुलका लगि अनुकूल  रहन्छन ।।१५।।

तत उपरिष्टाद्योजनलक्षद्वयात्प्रतीयमानः शनै श्चर एकैकस्मिन् राशौ त्रिंशन्मासान् विलम्बमानः सर्वानेवानुपर्येति तावद्‌भिरनुवत्सरैः प्रायेण हि सर्वेषामशान्तिकरः ॥ १६ ॥ 

बृहस्पति भन्दा दुईलाख योजन माथि शनिश्चर देखिन्छन । यी तीस तीस महिना सम्म एक राशिमा रहन्छन । त्यसैले यीनलाई सबै राशि पार गर्नका लागि तीस वर्ष लाग्दछ । यी प्राय सबैका लागि अशान्ति कारक हुन ।।१६।।

तत उत्तरस्मादृषय एकादशलक्षयोजनान्तर उपलभ्यन्ते य एव लोकानां शमनुभावयन्तो भगवतो विष्णोर्यत्परमं पदं प्रदक्षिणं प्रक्रमन्ति ॥ १७ ॥ 

यी भन्दा माथि एघार लाख योजनको दुरीमा कश्यपादि सप्तर्षिहरू देखिन्छन, यी सबै लोकको मंगलको कामना गरेर भगवान् विष्णुको परम पद ध्र्रुवलोकको प्रदिक्षण गरिरहन्छन ।।१७।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे ज्योतिश्चक्रवर्णने द्वाविंशोऽध्यायः ॥ २२ ॥