श्रीमद्भागवत महापुराण
पञ्चमः स्कन्धः – सप्तदशोऽध्यायः
श्रीशुक उवाच –
तत्र भगवतः साक्षाद्यज्ञलिङ्गस्य विष्णोर्विक्रमतो वामपादाङ्गुष्ठनखनिर्भिन्नोर्ध्वाण्डकटाहविवरेणान्तःप्रविष्टा या बाह्यजलधारा तच्चरण पङ्कजावनेजनारुणकिञ्जल्कोपरञ्जिताखिल जगदघमलापहोपस्पर्शनामला साक्षाद्भगवत्पदी त्यनुपलक्षितवचोऽभिधीयमानातिमहता कालेन युगसहस्रोपलक्षणेन दिवोमूर्धन्यवततारयत्तद्विष्णुपदमाहुः ॥ १ ॥
शुकदेवजीले भन्नुभयो–
राजन् ! जव राज बलिको यज्ञशालामा साक्षत् यज्ञमुर्ति भगवान् विष्णुले तीनैलोक नाप्नका लागि आफनो पैताला उठाउनुभयो त्यसबखत वहाँको दाया खुट्टाको औलाले ब्रम्हाण्डको माथिको भाग ढाक्यो र त्यहाँ प्वाल पर्यो । त्यस प्वालबाट ब्रम्हाण्ड बाहिर जलको धारा लाग्यो त्यो वहाँको चरणकमल धुँदा त्यहाँ परेको केशर मिसिनाले रातो भएको थियो । त्यस निर्मल धाराको स्पर्श हनाले नै संसारको सबै पाप नष्ट हुनेछ, तर वहाँ स्वयं भने सधै निर्मल नै रहनुहुन्छ । त्यो भन्दा पहिले कुनै अरु नाम थिएन त्यसलाई भगवत्पदि नै भन्दथे । त्यो जारा हजारौं युग वितेपछि स्वर्गको शिरमा रहेका ध्रुवलोकमा, जसलाई विष्णुपद पनि भन्दछन ।।१।।
यत्र ह वाव वीरव्रत औत्तानपादिः परमभागवतोऽस्मत्कुलदेवताचरणारविन्दोदकमिति यामनुसवनमुत्कृष्यमाणभगवद्भक्तियोगेन दृढं क्लिद्यमानान्तर्हृदय औत्कण्ड्यविवशामीलित लोचनयुगलकुड्मलविगलितामलबाष्पकलया भिव्यज्यमानरोमपुलककुलकोऽधुनापि परमादरेण शिरसा बिभर्ति ॥ २ ॥
वीरव्रत परीक्षित ! त्यस ध्रुर्वलोकमा उत्तानपादका छोरा परम भागवत ध्रुवजी रहन्छन । उनी नित्य बढेको भक्ति भावले यो हाम्रो कुलदेवताका चराणोदक हो भन्ने मानेर आज पनि त्यस जललाई धेरै आदरले सिरमा शेचन गरिन्छ । त्यस बखत भक्तिले भरिएका कारण उनका हृदय अत्यन्त गदगद हुन्छ । उत्कण्ठावश विवश भएर आँखाबाट निर्मल आँसुको धारा बग्न थाल्दछ । र शरीरमा रोमाञ्च हुन्छ ।।२।।
ततः सप्तऋषयस्तत्प्रभावाभिज्ञा यां ननु तपस आत्यन्तिकी सिद्धिरेतावती भगवति सर्वात्मनि वासुदेवेऽनुपरतभक्तियोगलाभेनैवोपेक्षितान्यार्थात्मगतयो मुक्तिमिवागतां मुमुक्षव इव सबहुमानमद्यापि जटाजूटैरुद्वहन्ति ॥ ३ ॥
यस पछि आत्मपरायण सप्तर्षिहरू उनको प्रभाव जानेका कारण यहि तपस्याको परम सिध्दि हो भन्ने यस्तो मानेर आजपनि आदरपूर्वक आफ्नो जटाजुटमा त्यसै गरि धारण गर्दछन । जसरी मोक्षको कामना गर्ने मुक्तिलाई ग्रहण गर्दछन । यहाँसम्म कि आत्मज्ञानलाई त्यो भन्दा ठुलो सम्झदैनन ।।३।।
ततोऽनेकसहस्रकोटिविमानानीकसङ्कुल देवयानेनावतरन्तीन्दुमण्डलमावार्य ब्रह्मसदने निपतति ॥ ४ ॥
त्यबाट गंगाजी करोडौं विमानले पूर्ण भएको आकाशमा भएर ओर्लिन्छिन र चन्द्र मण्डल प्लावित गरेर मेरुको शिखरको ब्रम्हपुरीमा पुग्दछिन ।।४।।
तत्र चतुर्धा भिद्यमाना चतुर्भिर्नामभिश्चतुदिंशमभिस्पन्दन्ती नदनदीपतिमेवाभिनिविशति सीतालकनन्दा चक्षुर्भद्रेति ॥ ५ ॥
यहाँ सीता, अलकनन्दा, चक्षु र भद्राको नामले चार धारामा विभक्त भएर चारैतिर बग्दै अगाडि बढ्दछिन ।।५।।
सीता तु ब्रह्मसदनात्केसराचलादिगिरिशिखरेभ्योऽधोऽधः प्रस्रवन्ती गन्धमादनमूर्धसु पतित्वान्तरेण भद्राश्ववर्षं प्राच्यां दिशि क्षारसमुद्रमभिप्रविशति ॥ ६ ॥
यसमा सीता ब्रम्हपुरीबाट झरेर केसराचलको पर्वतको शिखर भएर तलतिर बगेकी गन्धमादन को शिखरमा झर्दछिन । र भद्राश्वखण्डको भित्रि भाग हुँदै पूर्वको क्षार समुद्रमा मिल्दछिन ।।६।।
एवं माल्यवच्छिखरान्निष्पतन्ती ततोऽनुपरतवेगा केतुमालमभिचक्षुः प्रतीच्यां दिशिसरित्पतिं प्रविशति ॥ ७ ॥
यस प्रकार चक्षु माल्यवान्को शिखरमा पुगेर त्यहाँबाट कुनै रोकतोक केतुमाल खण्डमा बगेको पश्चिमि क्षार समुद्रमा मिल्दछिन ।।७।।
भद्रा चोत्तरतो मेरुशिरसो निपतिता गिरिशिखराद्गिरिशिखरमतिहाय शृङ्गवतः शृङ्गादवस्यन्दमाना उत्तरांस्तु कुरूनभित उदीच्यां दिशि जलधिमभिप्रविशति ॥ ८ ॥
भद्रा सुमेरु पर्वतको उत्तरतिर झर्दछिन । तथा एक पर्वतबाट अर्को पर्वत हँुदै अन्तमा श्रृङ्गवान शिखरबाट झरेर उत्तर कुरुदेश भएर उत्तरतिरको समुद्रमा मिल्दछिन ।।८।।
तथैवालकनन्दा दक्षिणेन ब्रह्मसदनाद्बहूनि गिरिकूटान्यतिक्रम्य हेमकूटाद्धैमकूटान्यतिरभसतररंहसा लुठयन्ती भारतमभिवर्षं दक्षिणस्यां दिशि जलधिमभिप्रविशति यस्यां स्नानार्थं चागच्छतः पुंसः पदे पदेऽश्वमेधराजसूयादीनां फलं न दुर्लभमिति ॥ ९ ॥
अन्ये च नदा नद्यश्च वर्षे वर्षे सन्ति बहुशो मेर्वादिगिरिदुहितरः शतशः ॥ १० ॥
अलकनन्दा नामको धारा ब्रम्हपुरीबाट दक्षिणतिर झरेर अनेकौ पर्वत शिखर पार गरेर हेमकुट पर्वत पुग्दछिन, त्यहाँ तिव्रवेगका कारण हिमालको शिखरलाई चिरेर भरतवर्षमा आउदछिन र फेरी दक्षिणतिरको समुद्रमा मिल्दछिन । यसमा स्नान गर्न आउँने ब्यक्तिलाई पदपद अश्वमेध तथा राजसूय यज्ञको फल पनि दुर्लभ हुदैन । प्रत्तेक खण्डमा सुमेरु आदि पर्वतबाट निक्लेका अरुपनि सैकडौं नदीहरू बग्दछन ।।९,१०।।
तत्रापि भारतमेव वर्षं कर्मक्षेत्रमन्यान्यष्ट वर्षाणि स्वर्गिणां पुण्यशेषोपभोगस्थानानि भौमानि स्वर्गपदानि व्यपदिशन्ति ॥ ११ ॥
यी सबै खण्डमा भारत वर्ष नै कर्म भूमी हो । अरु आठ खण्ड ता स्वर्गवासी पुरुषहरूले स्वर्गभोग बाट बचेको पुण्य भोग्ने ठाँउ हो । यसैले यसलाई भूलोकको स्वर्ग पनि भनिन्छ ।।११।।
एषु पुरुषाणामयुतपुरुषायुर्वर्षाणां देवकल्पानां नागायुतप्राणानां वज्रसंहननबलवयोमोद प्रमुदितमहासौरतमिथुनव्यवायापवर्गवर्षधृतैकगर्भकलत्राणां तत्र तु त्रेतायुगसमः कालोवर्तते ॥ १२ ॥
त्यहाँको देवतुल्य मानिसको गणनाको अनुसार दस हजार वर्षको आयु हुन्छ तिनमा दसहजार हात्तिको बल हुन्छ । तथा उनीहरूको वज्रसदृश सुदृढ शरीरमा जुन शक्ति, यौवन र उल्लास हुन्छ, त्यसको कारण धेरै समय सम्म मैथुनादि विषय भोगि रहन्छन । अन्तमा जब भोगको समाप्ति भएपछि उनीहरूको आयु एकवर्षको हुनेछ । त्यसपछि उनीहरूको स्त्रीले गर्भ धारण गर्दछिन । यस प्रकार त्यहाँ सर्वदा त्रेतायुगको समान समय बनिरहन्छ ।।१२।।
यत्र ह देवपतयः स्वैः स्वैर्गणनायकैर्विहितमहार्हणाः सर्वर्तुकुसुमस्तबकफलकिसलयश्रियाऽऽनम्यमानविटपलताविटपिभिरुपशुम्भमानरुचिरकानना श्रमायतनवर्षगिरिद्रोणीषु तथा चामलजलाशयेषु विकचविविधनववनरुहामोदमुदितराजहंसजलकुक्कुटकारण्डवसारसचक्रवाकादिभिर्मधुकरनिकराकृतिभिरुपकूजितेषु जलक्रीडादिभिर्विचित्रविनोदैःसुललितसुरसुन्दरीणां कामकलिलविलासहासलीलावलोकाकृष्टमनोदृष्टयः स्वैरं विहरन्ति ॥ १३ ॥
त्यहाँ बिभिन्न प्रकारका रुखहरू लहराहरू, फूलहरूले सुशोभित देखिने बगैचा, आश्रम, भवन, र पर्वतका कन्दराहरू छन त्यहाँका सुन्दर वन उपवनमा ऋतु अनुसारका रुखहरू फलेका फलफुल, तथा नयाँ कोपिलाको भारले निहुरिएका हुन्छन । त्याहाँ स्वच्छ जलले भरिएको तलाउ पनि छ जहाँ विभिन्न किसिमको कमल फूलिरहन्छन । त्यो कमलको सुगन्धले मुग्ध भएर रसाजहंस, जल कुखुरा, कारण्डव, सारस र चखेवा आदि पक्षीहरू मिठो बोली बोल्दछन तथा भमराहरू भूँ भूँ स्वर निकालिरहेका हुन्छन । त्यहाँका देवताहरू हासो ठट्टा र मनै खिच्ने आँखा भएको आफ्ना कामोन्मत्त परमसुन्दरी देवाङ्गनाहरूका साथ जलकृडादि खेल गरेर आनन्दले रमाउँदछन र उनीहरूलाई आफ्ना प्रधान सेवकहरूले अनेक प्रकारको प्रजा सामग्रीहरूले उनका आदर सत्कार गर्दछन ।।१३।।
नवस्वपि वर्षेषु भगवान्नारायणो महापुरुषः पुरुषाणां तदनुग्रहायात्मतत्त्वव्यूहेनात्मनाद्यापि संनिधीयते ॥ १४ ॥
ती नौ वटै खण्डमा परम पुरुष भगवान् नारयण त्यहाँका पुरुषहरूमा अनुगह गर्नको लागि अहिले पनि आफ्नो विभिन्न मुर्तिहरूमा विराजमान हुनुहुन्छ ।।१४।।
इलावृते तु भगवान् भव एक एव पुमान्न ह्यन्यस्तत्रापरो निर्विशति भवान्याः शापनिमित्तज्ञो यत्प्रवेक्ष्यतः स्त्रीभावस्तत्पश्चाद्वक्ष्यामि ॥ १५ ॥
यस इलावृतखण्डमा एकमात्र भगवान् शंकर नै पुरुष हुनुहुन्छ । पार्वतीको श्रापले गर्दा अरुकुनै पुरुष त्यहाँ प्रवेश गर्दैनन किनकि त्यहाँ जानासाथ उ स्त्रीको रुपमा परिणत हुन्छ । यस प्रसंगलाई पछिको नवौंस्कन्धमा वर्णन गर्ने छु ।।१५।।
भवानीनाथैः स्त्रीगणार्बुदसहस्रैरवरुध्यमानो भगवतश्चतुर्मूर्तेर्महापुरुषस्य तुरीयां तामसीं मूर्तिं प्रकृतिमात्मनः सङ्कर्षणसंज्ञामात्मसमाधिरूपेण सनिधाप्यैतदभिगणन् भव उपधावति ॥ १६ ॥
त्यहाँ पार्वती एवं वहाँका अनेकौ सहयोगी स्त्रीहरूले सेवा गरिनुभएका भगवान् शंकर परमपुरुष परमात्माको वासुदेव, प्रद्युम्न, अनिरुद्ध र सङ्कर्षण यी चारमूर्तिहरूमा आफ्नो करणरुपा शंकर्षण नामको चौथो तामसी मुर्तिलाई मनोमय विग्रहको रुपमा चिन्तन गदै यस मन्त्रको जप गरेर स्तुति गर्दछन ।।१६।।
श्रीभगवानुवाच
ॐ नमो भगवते महापुरुषाय सर्वगुण सङ्ख्यानायानन्तायाव्यक्तायनम इति ॥ १७ ॥
भगवन शंकर भन्नुहुन्छ–
जसबाट सबै गुणको प्रकाश हुन्छ तर उहाँ अनन्त र अव्यक्त हुनुहुन्छ उनै ओङ्ककारस्वरूप परम पुरुष भगवान्लाई नमस्कार छ ।।१७।।
भजे भजन्यारणपादपङ्कजं
भगस्य कृत्स्नस्य परं परायणम् ।
भक्तेष्वलं भावितभूतभावनं
भवापहं त्वा भवभावमीश्वरम् ॥ १८ ॥
भजनीय प्रभो ! तपाईको चरणकमलले भक्तहरूको रक्षा गर्दछ तथा तपाई स्वयं सम्पूर्ण ऐश्वर्यको परम आश्रय हुनुहुन्छ । भक्तको अगाडि तपाई आफ्नो भूतभावन स्वरूप पूर्णरुपमा प्रकट गरिदिनुहुन्छ । तर अभक्तलाई संसार बन्धनमा हलिदिनु हुन्छ । तपाई सर्वेश्वर हुनुहुन्छ, म तपाईको भजन गर्दछु ।।१८।।
न यस्य मायागुणचित्तवृत्तिभि(
र्निरीक्षतो ह्यण्वपि दृष्टिरज्यते ।
ईशे यथा नोऽजितमन्युरंहसां
कस्तं न मन्येत जिगीषुरात्मनः ॥ १९ ॥
प्रभो ! हामीहरू क्रोधको अवेगलाई जित्न सक्दैनौं त्यसैले हाम्रो दृष्टि तत्कालै पापले लिप्त हुन्छ तर तपाई त संसारको नियमन गर्नको लागि निरन्तर साक्षीस्वरुपले त्यसका सबै व्यापारलाई हेर्नुहुन्छ । तापनि हामीमा झैं तपाईको दृष्टि त्यो मायिक विषय तथा चित्तवृत्तिमा कुनै पनि प्रभाव पर्दैन । यस्ता परमेश्वरलाई मनको वशमा पार्न कुनचाँहि पुरुषले आदर गर्दैन र ? ।।१९।।
असद्दृशो यः प्रतिभाति मायया
क्षीबेव मध्वासवताम्रलोचनः ।
न नागवध्वोऽर्हण ईशिरे ह्रिया
यत्पादयोः स्पर्शनधर्षितेन्द्रियाः ॥ २० ॥
तपाई असत पुरुषको दृष्टिमा अरुणनयन र मतवाला जस्तो देखिनु हुन्छ । तर मायामा वशिभूत भएका कारण त्यो मिथ्या मात्र हो । तपाईको चरण स्पर्शले चित्त चञ्चल हुनाले नागपत्नीहरू लाजले गर्दा तपाईको पूजा गर्नमा असमर्थ हुन्छन ।।२०।।
यमाहुरस्य स्थितिजन्मसंयमं
त्रिभिर्विहीनं यमनन्तमॄषयः ।
न वेद सिद्धार्थमिव क्वचित्स्थितं
भूमण्डलं मूर्धसहस्रधामसु ॥ २१ ॥
वेदमन्त्र जगतको उत्पत्ति, स्थति र लयको कारण तपाई नै हो भनि बताउँदछन तर तपाई स्वयं यी तीन विकारले रहित हुनुहुन्छ यसैले तपाईलाई अनन्त भन्दछन । तपाईले आफ्नो सहस्र मस्तकमा यो मूमण्डललाई सस्र्युको गेडा सामान गरेर राख्नु भएको छ तर त्यो कहाँ राखिएको छ भन्ने पनि तपाईलाई थाहा छैन ।।२१।।
यस्याद्य आसीद् गुणविग्रहो महान्
विज्ञानधिष्ण्यो भगवानजः किल ।
यत्सम्भवोऽहं त्रिवृता स्वतेजसा
वैकारिकं तामसमैन्द्रियं सृजे ॥ २२ ॥
जसबाट उत्पन्न भएको म अहंकाररूप आफ्नो त्रिगुणमय तेजले देवता, इन्द्रिय र भूतगणको रचना गर्दछु, वहाँ सत्यगुणका आश्रय भगवान् ब्रम्हाजी पनि तपाईकै महतत्व नामको प्रथम गुणमय स्वरूप हुन यस्ता तपाईलाई नमस्कार छ ।।२२।।
एते वयं यस्य वशे महात्मनः
स्थिताः शकुन्ता इव सूत्रयन्त्रिताः ।
महानहं वैकृततामसेन्द्रियाः
सृजाम सर्वे यदनुगहादिदम् ॥ २३ ॥
महात्मन् ! महतत्व, अहङ्गकार इन्द्रियाभिमानी देवता, इन्द्रिय र पञ्चभूत आदि सबै डोरीमा बाँधिएका पक्षीका समान तपाईको व्रिmयाशक्तिमा नियन्त्रित रहेर तपाईकै कृपाले यस जगतको रचना गर्दछौं ।।२३।।
यन्निर्मितां कर्ह्यपि कर्मपर्वणीं
मायां जनोऽयं गुणसर्गमोहितः ।
न वेद निस्तारणयोगमञ्जसा
तस्मै नमस्ते विलयोदयात्मने ॥ २४ ॥
सत्वादि गुणको सृष्टिले मोहित भएको म समानका जीवले तपाइले नै रच्नुभएको तथा कर्म बन्धनमा बाध्ने मायालाई जान्न पनि सक्ला तर त्यसबाट मुक्त हुने उपाय त्यति सजिलो हुदैन । यस जगतको उत्पत्ति र प्रलय पनि तपाईकै रूपहो । यस्ता तपाईलाई बारम्बार नमस्कार गर्दछु ।।२४।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां पञ्चमस्कन्धे सप्तदशोऽध्यायः ॥ १७ ॥