#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

षष्ठः स्कन्धः – अष्टादशोऽध्यायः

 

श्रीमद्‌भागवत महापुराण
षष्ठः स्कन्धः – अष्टादशोऽध्यायः

 

श्रीशुक उवाच –
(अनुष्टुप्)
पृश्निस्तु पत्‍नी सवितुः सावित्रीं व्याहृतिं त्रयीम् ।
अग्निहोत्रं पशुं सोमं चातुर्मास्यं महामखान् ॥ १ ॥

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! सविताकी पत्नी पृश्नीको गर्भबाट – सावित्री, व्याहिति, त्रयी, अग्निहोत्र, पशु, सोम, चातुर्मास्य र पञ्चमहायज्ञ गरिएका आठ सन्तान भए ।।१।।

सिद्धिर्भगस्य भार्याङ्‌ग महिमानं विभुं प्रभुम् ।
आशिषं च वरारोहां कन्यां प्रासूत सुव्रताम् ॥ २ ॥

भगकी पत्नी सिद्धिले महिमा, विभु र प्रभु आदि तीन छोरा र आशीः नामकी कन्या उत्पन्न गरिन । यी कन्या धेरै सुन्दरी र सदाचारिणी थिइन ।।

धातुः कुहूः सिनीवाली राका चानुमतिस्तथा ।
सायं दर्शमथ प्रातः पूर्णमासमनुक्रमात् ॥ ३ ॥

धाताकी कुहु, सिनीवाली, राका, अनुमति नामकी चार पत्नी थिए । उनीहरूबाट क्रमशः सायं, दर्श, प्रातः र पूर्णमास नामका चार छोरा थिए ।।३।।


अग्नीन् पुरीष्यानाधत्त क्रियायां समनन्तरः ।
चर्षणी वरुणस्यासीद् यस्यां जातो भृगुः पुनः ॥ ४ ॥

धाताको अर्को भाइ विधाताको क्रिया नामकी पत्नी थिईन उनीबाट पुरीष्य नाम गरेका पाँच अग्निको उत्पत्ति भए । वरुणकी पत्नी चर्षणीबाट भृगुजीले पूनः जन्म लिए । यसभन्दा पहिले उनी ब्रम्हाजीका छोरा थिए ।।४।।

वाल्मीकिश्च महायोगी वल्मीकाद् अभवत्किल ।
अगस्त्यश्च वसिष्ठश्च मित्रावरुणयोः ऋषी ॥ ५ ॥

रेतः सिषिचतुः कुम्भे उर्वश्याः सन्निधौ द्रुतम् ।
रेवत्यां मित्र उत्सर्गं अरिष्टं पिप्पलं व्यधात् ॥ ६ ॥

वाल्मीकि पनि वरुणकै छोरा थिए । वाल्मीकबाट उत्पन्न भएका कारण उनको नाम वाल्मीकि भयो । उर्वशीलाई देखेर मित्र र वरुण दुवैको वीर्य स्खलित भएको थियो, त्यो वीर्यलाई उनीहरूले घडामा राखिदिए । त्यसैबाट मुनिवर अगस्त्य र वसिष्ठको जन्म भयो । मित्रकी पत्नी रेवतीबाट उत्सर्ग, अरिष्ट र पिप्पल नामका तीन छोरा भए ।।५।६।।

पौलोम्यामिन्द्र आधत्त त्रीन् पुत्रानिति नः श्रुतम् ।
जयन्तं ऋषभं तात तृतीयं मीढुषं प्रभुः ॥ ७ ॥

उरुक्रमस्य देवस्य मायावामनरूपिणः ।
कीर्तौ पत्‍न्यां बृहच्छ्लोकः तस्यासन् सौभगादयः ॥ ८ ॥

परीक्षित् ! देवराज इन्द्रकी पत्नी पुलोमी सची थिइन, उनका जयन्त, ऋषभ, मिढुस नामका तीन छोरा उत्पन्न भए । स्वयं भगवाने बलिलाई अनुग्रह गर्न र इन्द्रको राज्य फर्काउनका लागि आफ्नो मायाले वामन रूप धारण गरेर अवतिर्ण हुनु भएका थियो । उहाँले तीन पाउ पृथ्वी मागेर तीनै लोक नाप्नु भएको थियो । उहाँकी पत्नी कीर्तिबाट बृहच्छलोक नामको छोरा भयो र जसबाट सौभग आदि कैयौं सन्तान भए  ।।७।८।।

तत्कर्मगुणवीर्याणि काश्यपस्य महात्मनः ।
पश्चाद् वक्ष्यामहेऽदित्यां यथा वावततार ह ॥ ९ ॥

कस्यपनन्दन भगवान वामनले माता अदितिको गर्भबाट किन जन्म लिनुभयो र उहाँका अवतारका गुण, लीला र पराक्रमका बारेमा अष्टमस्कन्धमा वर्णन गर्नेछु ।।९।।

अथ कश्यपदायादान् दैतेयान् कीर्तयामि ते ।
यत्र भागवतः श्रीमान् प्रह्रादो बलिरेव च ॥ १० ॥

परीक्षित ! अब म कस्यपकी अर्की पत्नी दितिबाट उत्पन्न भएका वंश परम्पराको बारेमा बताऊँदछु, जसबाट भगवान्का प्यारा भक्त प्रल्हाद र बलीको जन्म भयो ।।१०।।

दितेर्द्वावेव दायादौ दैत्यदानववन्दितौ ।
हिरण्यकशिपुर्नाम हिरण्याक्षश्च कीर्तितौ ॥ ११ ॥

दितिका दैत्य र दानवक दुई छोरा भए जुन हिरण्यकशिपु र हिरण्याक्ष हुनु । यसको संक्षिप्त वर्णन मैले तिमीलाई तश्रो अध्यायमा सुनाई सकें ।।११।।

हिरण्यकशिपोर्भार्या कयाधुर्नाम दानवी ।
जम्भस्य तनया दत्ता सुषुवे चतुरः सुतान् ॥ १२ ॥

संह्रादं प्रागनुह्रादं ह्रादं प्रह्रादमेव च ।
तत्स्वसा सिंहिका नाम राहुं विप्रचितोऽग्रहीत् ॥ १३ ॥

हिरण्यकशिपुकी पत्नी कदायु नामकी दानवी थिइन । उनका पिता जम्भले उनको विवाह हिरण्यकशिपुसंग गरिदिएका थिए । कदायुका–संह्लाद, अनुल्हाद, ह्लाद र प्रल्हाद नामका चार छोरा भए र सिंहिका नाम गरेकी एउटी छोरी पनि थिइन । उनको विवाह विप्रचित्ति नामको दानवसंग भएको थियो । उनीबाट राहु नामको पुत्र भयो ।।१२।१३।।

शिरोऽहरद्यस्य हरिः चक्रेण पिबतोऽमृतम् ।
संह्रादस्य कृतिर्भार्या सूत पञ्चजनं ततः ॥ १४ ॥

ह्रादस्य धमनिर्भार्या सूत वातापिमिल्वलम् ।
योऽगस्त्याय त्वतिथये पेचे वातापिमिल्वलः ॥ १५ ॥

त्यो उहि राहु हो, जसको टाउको अमृत पानको समयमा मोहिनीरूपधारी भगवान्को चक्रबाट काटिएको थियो । संल्हादकी पत्नी को नाम कृतिले पञ्चजन नामको छोरो उत्पन्न गरिन । ल्हादकी पत्नी धमनि थिइन, उनीबाट वातापि र इल्वल नामका छोरा भए । यिनै इल्वलले नै महर्षि अगस्त्य अतिथिको रूपमा आएका बेलामा छागरूपधारी वातापिलाई पकाएर उनलाई खान दिएका थिए ॥ १४।१५।।

अनुह्रादस्य सूर्यायां बाष्कलो महिषस्तथा ।
विरोचनस्तु प्राह्रादिः देव्याः तस्याभवद्‍बलिः ॥ १६ ॥

अनुलादकी स्त्री सुम्र्याको गर्भबाट–बाष्कल र महिषासुर नामका दुई छोरा जन्मिए । प्रल्हादका छोरा विरोचन थिए । उसकी पत्नी देवीको गर्भबाट दैत्यराज बलिको जन्मभयो ।।१६।।

बाणज्येष्ठं पुत्रशतं अशनायां ततोऽभवत् ।
तस्यानुभावं सुश्लोक्यः पश्चादेवाभिधास्यते ॥ १७ ॥

बलिकी स्त्रीको नाम असना थियो उनीबाट बाण आदि सय छोरा भए । दैत्यराज बलिको महिमाको गान गर्न योग्य छ । जसलाई म पछि आठौं स्कन्धमा बताऊँछु ।।१७।।

बाण आराध्य गिरिशं लेभे तद्‍गणमुख्यताम् ।
यत्पार्श्वे भगवानास्ते ह्यद्यापि पुरपालकः ॥ १८ ॥

बलिको छोरो बाणासुर भगवान् शंकरको आराधना गरेर उनको गणको मुखिया बने । अहिले पनि भगवान् शंकर उसको नगरको रक्षाका लागि संगै रहनुहुन्छ ।।१८।।

मरुतश्च दितेः पुत्राः चत्वारिंशत् नवाधिकाः ।
ते आसन् अप्रजाः सर्वे नीता इन्द्रेण सात्मताम् ॥ १९ ॥

दितिको हिरण्यकसिपु र हिराण्यक्ष बाहेक अरु उनान्चास छोरा थिए जसलाई मरुदगण भनिन्छ । उनीहरू सबै निःसन्तान भए । देवराज इन्द्रले उनीहरूलाई आफु समानै देवता बनाए ।।१९।।

श्रीराजोवाच –
कथं त आसुरं भावं अपोह्यौत्पत्तिकं गुरो ।
इन्द्रेण प्रापिताः सात्म्यं किं तत्साधु कृतं हि तैः ॥ २० ॥

राजा परीक्षितले सोधे–
भगवन् ! मरुद्गणले त्यस्तो के सत्कर्म गरेका थिए, जसका कारण आफ्नो जन्मजात असुरोचित भावलाई छोड्न सके जसालाई देवराज इन्द्रले देवता बनाए ? ।।२०।।

इमे श्रद्दधते ब्रह्मन् ऋषयो हि मया सह ।
परिज्ञानाय भगवन् तन्नो व्याख्यातुमर्हसि ॥ २१ ॥

भगवन् ! म सहित यहाँका सबै ऋषिहरू यो कुरा जान्नकालागि अत्यन्तै उत्सुक भएका छन । त्यसैले तपाईले कृपा गरेर यस रहस्यका बारेमा विस्तार पूर्वक बताऊँनु होस ।।२१।।

(इंद्रवज्रा)
श्रीसूत उवाच –
तद्विष्णुरातस्य स बादरायणिः
         वचो निशम्यादृतमल्पमर्थवत् ।
सभाजयन् सन्निभृतेन चेतसा
         जगाद सत्रायण सर्वदर्शनः ॥ २२ ॥

सूतजी भन्दछन–

शौनकजी ! राजा  परीक्षितले यिनै विषयमा आदरपूर्वक सोधेका प्रश्न धेरै सारगर्भित थियो ।  यसैले सर्वज्ञ श्री शुकदेवजी महाराजले प्रसन्न मनले भन्नुभयो ।।२२।।

श्रीशुक उवाच – 
(अनुष्टुप्)  
हतपुत्रा दितिः शक्र पार्ष्णिग्राहेण विष्णुना ।
मन्युना शोकदीप्तेन ज्वलन्ती पर्यचिन्तयत् ॥ २३ ॥

परीक्षित् ! इन्द्रको पक्ष लिएर भगवान् विष्णुले दितिका दुवै छोरा हिरण्यकशिपु र हिरण्याक्षलाई मार्नुभयो । त्यसैले दिति शोकाग्निमा परेर यस्तो विचार गर्न लागिन ।।२३।।

कदा नु भ्रातृहन्तारं इन्द्रियाराममुल्बणम् ।
अक्लिन्नहृदयं पापं घातयित्वा शये सुखम् ॥ २४ ॥

शुकदेवजीले भन्नुभयो–
त्यो निर्दयी इद्र धेरै बिषयी र कठोर हृदय भएको छ । उसमा अलिकता पनि दया छैन । उसले आफ्नो भाइलाई पनि मार्न लगायो । अब यो पापीलाई मारेर मैले कहिले आनन्दले बाच्न सकुँला ।।२४।।

कृमिविड्भस्मसंज्ञाऽऽसीद् यस्येशाभिहितस्य च ।
भूतध्रुक् तत्कृते स्वार्थं किं वेद निरयो यतः ॥ २५ ॥

मानिसहरू राजा, देवताका शरीरलाई प्रभु भनेर पुकार्दछन, तर त्यो पनि मरेपछि एकदिन गाड्यो भने कीरा र पोलिएमा खरानी हुने त हो ।  यस्तै अरु प्राणिहरूलाई जसले सताउँछन उसलाई आफ्नो सत्य तथा परमार्थको बारेमा थाहा हुदैन त्यसैले त उसले एकदिन नरकमा जानु पर्दछ ।।२५।।

आशासानस्य तस्येदं ध्रुवं उन्नद्धचेतसः ।
मदशोषक इन्द्रस्य भूयाद्येन सुतो हि मे ॥ २६ ॥

मलाई लाग्छ, इन्द्र आफ्नो शरीरलाई नित्य मानेर मातिएको छ । उसलाई आफ्नो विनाशको बारेमा थाहा पनि छैन । अब म इन्द्रको घमण्डलाई  चुर चुर गराउँने उपायको बारेमा विचार गर्दछु ।।२६।।

इति भावेन सा भर्तुः आचचारासकृत्प्रियम् ।
शुश्रूषयानुरागेण प्रश्रयेण दमेन च ॥ २७ ॥

दितिले यस्तो विचार गरेर सेवा, शुश्रुषा, प्रेम र जितेन्द्रियता आदि द्वारा निरन्तर आफ्ना पति कस्यपलाई प्रसन्न राख्न लागिन् ।।२७।।

भक्त्या परमया राजन् मनोज्ञैर्वल्गुभाषितैः ।
मनो जग्राह भावज्ञा सस्मितापाङ्‌गवीक्षणैः ॥ २८ ॥

उनी आफ्ना पतिदेवका हृदयको भाव सबै जान्दथिन् । उनी परम प्रेमभाव, मिठो बोलि तथा हसिँलो अनुहारले पतिको मन आफुतिर आकर्षित गर्न थालिन ।।२८।।

एवं स्त्रिया जडीभूतो विद्वानपि विदग्धया ।
बाढमित्याह विवशो न तच्चित्रं हि योषिति ॥ २९ ॥

कस्यप धेरै विद्वान र विचारवान् हुँदा पनि चतुर दितिको सेवाबाट मोहित भैहाले । उनले विवश भएर म तिम्रो इच्छा पूरा गर्नेछु भने । स्त्रीको विषयमा आशक्त भएपछि यस्तो कुरा गर्नु कुनै आश्चर्य होइन ।।२९।।

विलोक्यैकान्तभूतानि भूतान्यादौ प्रजापतिः ।
स्त्रियं चक्रे स्वदेहार्धं यया पुंसां मतिर्हृता ॥ ३० ॥

सृष्टिको प्रभातमा बैम्हाजीले जीव असंङ्ग भएको देखेर वहाँले आफ्नो आधि शरीरबाट स्त्रीहरूको रचना गर्नुभयो ।।३०।।

एवं शुश्रूषितस्तात भगवान् कश्यपः स्त्रिया ।
प्रहस्य परमप्रीतो दितिमाहाभिनन्द्य च ॥ ३१ ॥

यसरी दितिले भगवान् कस्यपको धेरै सेवा गरिन् । त्यसैले उनी दितिसंग धेरै खुसि भए । उनले दितिको कुरालाई समर्थन गरेर हाँस्दै भने ।।३१।।

श्रीकश्यप उवाच –
वरं वरय वामोरु प्रीतस्तेऽहमनिन्दिते ।
स्त्रिया भर्तरि सुप्रीते कः काम इह चागमः ॥ ३२ ॥

कस्यपले भने–
सुन्दरी प्रिये ! म तिमी देखि प्रसन्न छु । तिम्रो जे इच्छा छ म संग माग । पति  प्रसन्न हुँदा पत्नीका लागि लोक अथबा परलोक कुनै कुराको कुन अभिष्ट वस्तु् दुर्लभ हुन्छ र ।।३२।।

पतिरेव हि नारीणां दैवतं परमं स्मृतम् ।
मानसः सर्वभूतानां वासुदेवः श्रियः पतिः ॥ ३३ ॥

पति स्त्रीहरूका लागि परम देव हुन भन्ने कुरा शास्त्रमा स्पष्ट बताइएको छ । लक्ष्मीका पति भगवानका भगवान् वासुदेव नै सबै प्राणीहरूको हृदयमा बस्नुहुन्छ ।।३३।।

स एव देवतालिङ्‌गैः नामरूपविकल्पितैः ।
इज्यते भगवान् पुम्भिः स्त्रीभिश्च पतिरूपधृक् ॥ ३४ ॥

विभिन्न देवताहरूको रूपमा नाम रूप धारण गरेर वहाँ हृदयमा बस्नु हुन्छ । जुन  देवताको उपासना गरेपनि वहाँकै उपासना हुन्छ । त्यसैगरि भगवान्ले स्त्रीका लागि पतिको रूप धारणा गर्नु भएको हो । त्यसैले वहाँलाई स्त्रीहरूद्वारा पतिदेवको रूपमा पूजा गर्दछिन ।।३४।।

तस्मात् पतिव्रता नार्यः श्रेयस्कामाः सुमध्यमे ।
यजन्तेऽनन्यभावेन पतिमात्मानमीश्वरम् ॥ ३५ ॥

प्रिये ! त्यसैले आफ्नो कल्याण चाहाने पतिव्रता स्त्रीले अनन्य भावले आफ्नो पतिदेवको पूजा गर्दछन ।।३५।।

सोऽहं त्वयार्चितो भद्रे ईदृग्भावेन भक्तितः ।
तं ते सम्पादये कामं असतीनां सुदुर्लभम् ॥ ३६ ॥

कल्याणी ! तिमीले धेरै प्रेमले भक्तिले आफ्ना पति मेरो पूजा गर्यो अब म तिम्रो सबै अभिलाषा पूरा गरिदिन्छु । असतीहरूको जीवनमा यस्तो अवसर मिल्दैन । ।।३६।।

दितिरुवाच –
वरदो यदि मे ब्रह्मन् पुत्रं इन्द्रहणं वृणे ।
अमृत्युं मृतपुत्राहं येन मे घातितौ सुतौ ॥ ३७ ॥

दितिले भनिन–

ब्रह्मन् ! मेरा दुवै छोरालाई इन्द्रले विष्णुको हातद्वारा मारेर मलाई पुत्रहीन बनायो । त्यसैले यदि तपाई मैले मागेको वर दिन चहानुहुन्छ भने कृपा गरेर इन्द्रलाई मार्न सक्ने एउटा अमर छोरा दिनुहोस, ।।३७।।

निशम्य तद्वचो विप्रो विमनाः पर्यतप्यत ।
अहो अधर्मः सुमहान् अद्य मे समुपस्थितः ॥ ३८ ॥

परीक्षित ! दितिको यस्तो कुरा सुनेर कश्यप खिन्न भएर पछुताउन लागे । उनी मनमनै भन्न लागे अहो ! आज मेरो अगाडि कस्तो अधर्म आई लाग्यो ? ।।३८।।

अहो अद्येन्द्रियारामो योषिन् मय्येह मायया ।
गृहीतचेताः कृपणः पतिष्ये नरके ध्रुवम् ॥ ३९ ॥

म इन्द्रियको विषय सुख मा पो लिप्त हुन लागेको छु । स्त्री रूपिणी मायाले मेरो चित्तलाई आफ्नो वशमा पारी, जसले गर्दा आज म कति दीन अवस्थाको भएं । अब मैले अवस्य पनि नरकमा पर्नु पर्दछ ।।३९।।

कोऽतिक्रमोऽनुवर्तन्त्याः स्वभावमिह योषितः ।
धिङ्‌मां बताबुधं स्वार्थे यदहं त्वजितेन्द्रियः ॥ ४० ॥

यसमा स्त्रीको कुनै दोष छैन । किनकि यिनले आफ्नो जन्मजात स्त्रीस्वभावलाई अनुसरण गरिन । तर मैले आफ्नो इन्द्रियलाई आफ्नो वशमा राख्न सकिन, आफ्नो स्वार्थ र परमार्थलाई सम्झन सकिन त्यसैले दोष मेरै हो । म मुढलाई बारम्बार धिक्कार छ ।।४०।।

शरत्पद्मोत्सवं वक्त्रं वचश्च श्रवणामृतम् ।
हृदयं क्षुरधाराभं स्त्रीणां को वेद चेष्टितम् ॥ ४१ ॥

साच्चै हो स्त्रीको चरित्रको बारेमा कस्ले नै जान्न सक्छ र यिनिहरूको मुख यस्तो हुन्छ कि हेर्दामा सरद ऋतुमा फूलेको कमलको फूल जस्तो  । कुरा सुन्दा अमृत को वर्षा जस्तो मिठो हुन्छ । तर यिनीहरूको हृदय त छुराको धार जस्तै तीखो हुन्छ ।।४१।।

न हि कश्चित्प्रियः स्त्रीणां अञ्जसा स्वाशिषात्मनाम् ।
पतिं पुत्रं भ्रातरं वा घ्नन्त्यर्थे घातयन्ति च ॥ ४२ ॥

स्त्रीहरू आफ्नो स्वार्थ सिद्ध गर्नामा आत्मीय जस्तो देखिन्छन् तर सत्य कुरा भन्ने हो भने  यिनीहरूको कसैमा माया नै हुदैन । यिनीहरू आफ्नो मतलव पुरा गर्न आफ्ना पति पुत्र र भाईलाई समेत मार्दछन वा अरुद्वारा मार्न लगाउँछन ।।४२।।

प्रतिश्रुतं ददामीति वचस्तन्न मृषा भवेत् ।
वधं नार्हति चेन्द्रोऽपि तत्रेदमुपकल्पते ॥ ४३ ॥

मैले तिमीले जे माग्दछ्यौ दिन्छु भनिसकेको छु, त्यसैल आफ्नो वचन झुटो हुनुपनि हुदैन तर इन्द्रलाई पनि मार्न योग्य होइन । ठिक छ, अब यस विषयमा म उपाय निकाल्छु ।।४३।।

इति सञ्चिन्त्य भगवान् मारीचः कुरुनन्दन ।
उवाच किञ्चित् कुपित आत्मानं च विगर्हयन् ॥ ४४ ॥

प्रिय परीक्षित् ! सब कुराले समर्थ भएका कश्यपले यसप्रकार मन मनै सोचेर दुवै कुरा मिल्ने उपाय सोचेर दिक्क मान्दै दिति संग भने ।।४४।।

श्रीकश्यप उवाच –
पुत्रस्ते भविता भद्रे इन्द्रहा देवबान्धवः ।
संवत्सरं व्रतमिदं यद्यञ्जो धारयिष्यसि ॥ ४५ ॥

कल्याणी ! यदि तिमीले मैले बताएको  व्रतलाई एक वर्षसम्म विधिपूर्वक पालन गर्यौ भने तिमीलाई इन्द्रलाई मार्ने छोरा प्राप्त हुनेछ । तर यदि कुनै प्रकारले नियममा त्रुटि भयो भने देवताको मित्र बन्दछ ।।४५।।

दितिरुवाच –
धारयिष्ये व्रतं ब्रह्मन् ब्रूहि कार्याणि यानि मे ।
यानि चेह निषिद्धानि न व्रतं घ्नन्ति यानि तु ॥ ४६ ॥

दितिले भनिन्–

ब्रह्मन ! म तपाईले भन्नुभएको ब्रतको पालन गर्दछु । अब मैले के गर्नु पर्दछ ? ब्रत भंग नहुनका  लागि मैले कुन कुन काम त्याग्नु पर्दछ ? र कुनु कुन काम गर्नुपर्दछ ? त्यस बारेमा बताउँनुहोस ।।४६।।

श्रीकश्यप उवाच –
न हिंस्याद् भूतजातानि न शपेन्नानृतं वदेत् ।
न छिन्द्याद् नखरोमाणि न स्पृशेद् यदमङ्‌गलम् ॥ ४७ ॥

कश्यपले बताए–
प्रिये ! यस ब्रतका नियममा बसेका बखतमा कुनै पनि प्राणीलाई मन, वचन र कर्मले सताउँनु हुदैन । कसैलाई श्राप दिनु अथवा गाली गर्नु हुदैन । झुठ बोल्नु हदैन । शरीरका नङ रौं काट्न हुदैन र कुनै अशुभ वस्तुलाई छुन पनि हुदैन ।।४७।।

नाप्सु स्नायान्न कुप्येत न सम्भाषेत दुर्जनैः ।
न वसीताधौतवासः स्रजं च विधृतां क्वचित् ॥ ४८ ॥

जल भित्र पसेर स्नान गर्नु हुदैन । रिस राग     गर्न हुदैन, खराव आचरण भएका हरूसंग कुरा गर्न हुदैन । विटुलो लुगा लगाएर बस्न हुदैन । अरुले लगाएको माला लगाउँनु हुदैन । अञ्जलीले पानी पिउनु हुदैन ।।४८।।

नोच्छिष्टं चण्डिकान्नं च सामिषं वृषलाहृतम् ।
भुञ्जीतोदक्यया दृष्टं पिबेदञ्जलिना त्वपः ॥ ४९ ॥

नोच्छिष्टास्पृष्टसलिला सन्ध्यायां मुक्तमूर्धजा ।
अनर्चितासंयतवाङ् नासंवीता बहिश्चरेत् ॥ ५० ॥

जुठो मुख, दुषित अन्न एवं मांसको संसर्ग पनि गर्न हुदैन । आचमन नगरिकन, सन्ध्याको समय, कपाल खुला राखेर, श्रृङ्गार नगरिकन, वाणीलाई संयम नराखिकन, उढ्ने नओडिकन घर बाहिर निक्लन हुदैन ।।४९।५०।।

नाधौतपादाप्रयता नार्द्रपादा उदक्शिराः ।
शयीत नापराङ्‌नान्यैः न नग्ना न च सन्ध्ययोः ॥ ५१ ॥

हात खुट्टा नधोइकन, अपवित्र अवस्थामा, चिसो हातखुट्टाले, उत्तर वा पश्चिम सिर गरेर, अरुसंग, नग्नावस्थामा, विहान, बेलुकी सुत्न हुदैन ।।५१।।

धौतवासा शुचिर्नित्यं सर्वमङ्‌गलसंयुता ।
पूजयेत् प्रातराशात् प्राग् गोविप्रान् श्रियमच्युतम् ॥ ५२ ॥

यसरी निषिद्ध कर्मलाई त्यागेर सधैं पवित्र रहनु पर्दछ । चोखो लुगा लगाएर सधैं सौभाग्य चिन्हले सिंगारिएर बस्नु पर्दछ । विहान सबेरै गाई ब्राह्मण, लक्ष्मी र भगवान् नारायणको पूजा गर्नु पर्दछ ।।५२।।

स्त्रियो वीरवतीश्चार्चेत् स्रग्गन्धबलिमण्डनैः ।
पतिं चार्च्योपतिष्ठेत ध्यायेत्कोष्ठगतं च तम् ॥ ५३ ॥

त्यसपछि फूलको माला चन्दनादि सुगन्ध द्रव्य नैवेद्य, आभुषण आदिले सद्वा स्त्रीको पूजा गर्नु, उनको सेवामा संलग्न रहनु र पतिको तेज मेरो कोखमा रहेको छ भन्ने यस्तो भावना राख्नु पर्दछ ।।५३।।

सांवत्सरं पुंसवनं व्रतमेतदविप्लुतम् ।
धारयिष्यसि चेत्तुभ्यं शक्रहा भविता सुतः ॥ ५४ ॥

प्रिये ! यस व्रतको नाम ‘पुंसवन’ हो यदि एकवर्ष सम्म तिमीले कुनै पनि त्रुटि नगरिकन यस व्रतलाई पालना गर्न सक्यौ भने तिमीलाई इन्द्रलाई मार्ने छोरा प्राप्त हुने छ ।।५४।।

बाढमित्यभ्युपेत्याथ दिती राजन् महामनाः ।
कश्यपाद्‍गर्भमाधत्त व्रतं चाञ्जो दधार सा ॥ ५५ ॥

परीक्षित ! दिति र दृढ निश्चयवाली थिइन । उनले धेरे राम्रो भनेर उनको आज्ञालाई स्वीकार गरिन । अब दिति आफ्नो कोखमा कश्यपको वीर्य बोकेर उनले बताएको ब्रतका नियमहरूलाई पालन गर्न लागिन ।।५५।।

मातृषु असुरभिप्रायं इन्द्र आज्ञाय मानद ।
शुश्रूषणेनाश्रमस्थां दितिं पर्यचरत्कविः ॥ ५६ ॥

महाराज परीक्षित् ! देवराज इन्द पनि सानीआमा दितिको अभिप्राय जानेर आफ्नो भेष बदलेर धेरै बुद्धिमानीले दितिको आश्रममा गएर उनको सेवा गर्न लागे ।।५६।।

नित्यं वनात्सुमनसः फलमूलसमित्कुशान् ।
पत्राङ्‌कुरमृदोऽपश्च काले काल उपाहरत् ॥ ५७ ॥

उनी  सधै समय समयमा बनबाट फल–फूल, कन्दमूल, समिधा, कुश, पातहरू, माटो र पानी ल्याएर दितिलाई दिन्थे ।।५७।।

एवं तस्या व्रतस्थाया व्रतच्छिद्रं हरिर्नृप ।
प्रेप्सुः पर्यचरज्जिह्मो मृगहेव मृगाकृतिः ॥ ५८ ॥

राजन ! जसरी ब्याधाले मृगलाई मार्नको लागि मृगकै भेष बनाएर उ नजिक जान्छ । त्यसरी नै छदम भेष धारण गरेर इन्द्र पनि ब्रतमा लागेकी दितिको व्रत भंग गर्नाका लागि गल्ती खोज्नका लागि उनको सेवा गर्न लागे ।।५८।।

नाध्यगच्छद् व्रतच्छिद्रं तत्परोऽथ महीपते ।
चिन्तां तीव्रां गतः शक्रः केन मे स्याच्छिवं त्विह ॥ ५९ ॥

हे राजन ! तर यति गर्दा पनि इन्द्रले दितिको ब्रतमा भने कुनै कमजोरी पाउँन सकेनन् त्यसैले इन्द्रलाई चिन्ता भयो । उनी आफ्नो कल्याणको लागि के उपाय गर्ने भन्ने विषयमा सोच्न लागे ।।५९।।

एकदा सा तु सन्ध्यायां उच्छिष्टा व्रतकर्शिता ।
अस्पृष्टवार्यधौताङ्‌घ्रिः सुष्वाप विधिमोहिता ॥ ६० ॥

दितिको ब्रतको नियमादिको पालना गर्नाले दुब्ली र कमजोर भएकी थिइन । त्यसैले उनी एकदिन सन्ध्यामा आचमन नगरिकन, हात गोडा नधोइकन नै सुतिन ।।६०।।

लब्ध्वा तदन्तरं शक्रो निद्रापहृतचेतसः ।
दितेः प्रविष्ट उदरं योगेशो योगमायया ॥ ६१ ॥

इन्द्रले यसलाई राम्रो अवसर भन्ने सोचेर आफ्नो योगवलले दितिको गर्भमा प्रवेश गरे ।।६१।।

चकर्त सप्तधा गर्भं वज्रेण कनकप्रभम् ।
रुदन्तं सप्तधैकैकं मा रोदीरिति तान् पुनः ॥ ६२ ॥

इन्द्रले सुन समान चम्किएको दितिको गर्भलाई आफ्नो वज्रले सात टुक्रा पारिदिए । त्यो गर्भ रुन लागेको देखेर नरोऊ नरोऊ भन्दै फेरी सातै टुक्रा लाई अरु सात सात टुक्रा पारिदिए ।।६२।।

ते तमूचुः पाट्यमानाः सर्वे प्राञ्जलयो नृप ।
नो जिघांससि किमिन्द्र भ्रातरो मरुतस्तव ॥ ६३ ॥

यसरी टुक्रा टुक्रा पारि रहेको बेलामा ति सबैले हात जोडेर भन्न लागे– देवराज ! तिमी हामीलाई किन मार्दै छौ ? हामी ता तिमै्र भाई मरुद्गण हौं ।।६३।।

मा भैष्ट भ्रातरो मह्यं यूयमित्याह कौशिकः ।
अनन्यभावान्पार्षदान् आत्मनो मरुतां गणान् ॥ ६४ ॥

इन्द्रले आफ्ना भावी पार्षद मरुद्गणलाई भने—तिमीहरू नडराओ तिमीहरू भेरा भाई हौ ।।६४।।

न ममार दितेर्गर्भः श्रीनिवासानुकम्पया ।
बहुधा कुलिशक्षुण्णो द्रौण्यस्त्रेण यथा भवान् ॥ ६५ ॥

परीक्षित ! जसरी अश्वत्थामाको ब्रह्मास्त्रले तिम्रो कुनै अनिष्ट भएन त्यसरी नै भगवान्को कृपाले दितिको त्यो गर्भ वज्रले टुक्राटुक्रा पार्दा पनि मरेनन ।।६५।।

सकृदिष्ट्वाऽऽदिपुरुषं पुरुषो याति साम्यताम् ।
संवत्सरं किञ्चिदूनं दित्या यद् हरिरर्चितः ॥ ६६ ॥

यसमा आश्चर्य मान्नु पर्ने कुनै कुरा छैन । किनकि जुन मानिसले एक पटक मात्रै भएपनि भगवान्को आराधना गर्दछ भने उसले भगवान्लाई नै प्राप्त गर्दछ । फेरी दितिले त एक वर्ष सम्म भगवान्को आराधना गरेकी थिइन ।।६६।।

सजूरिन्द्रेण पञ्चाशद् देवास्ते मरुतोऽभवन् ।
व्यपोह्य मातृदोषं ते हरिणा सोमपाः कृताः ॥ ६७ ॥

अब ती उनान्चास मरुद्गण इन्द्र संग मिलेर पचास भए । इन्द्रले पनि सौतेनी आमासंग कुनै भेदभाव नराखिकन उनीहरूलाई सोम पान गर्ने देवता बनाए ।।६७।।

दितिरुत्थाय ददृशे कुमाराननलप्रभान् ।
इन्द्रेण सहितान् देवी पर्यतुष्यदनिन्दिता ॥ ६८ ॥

जब दिति ब्युझिएर हेर्दा  उनले इन्द्र सहित अग्नि समान तेजस्वी उनानचास बालकलाई देखिन तब ती सुन्दर स्वभाव भएकी दिति धेरै खुसि भइन ।।६८।।

अथेन्द्रमाह ताताहं आदित्यानां भयावहम् ।
अपत्यमिच्छन्त्यचरं व्रतमेतत् सुदुष्करम् ॥ ६९ ॥

उनले इन्द्रलाई सम्बोधन गर्दै भनिन– छोरा ! म ता तिमी अदितिका छोरालाई भयभीत गराउँने छोरा उत्पन्न होस भन्ने इच्छाले नै यो कठिन ब्रतको पालना गरेकी थिएं ।।६९।।

एकः सङ्‌कल्पितः पुत्रः सप्त सप्ताभवन् कथम् ।
यदि ते विदितं पुत्र सत्यं कथय मा मृषा ॥ ७० ॥

छोरा ! मैले त एउटा मात्र छोराको संकल्प गरेको थिएं फेरी यी उनान्चास छोरा कसरी भयो । यदि तिमिलाई यसको रहस्यका बारेमा थाहा छ भने यसको बारेमा मलाई सत्य कुरा बताउ, तर झुठ नबोल ।।७०।।

इन्द्र उवाच –
अम्ब तेऽहं व्यवसितं उपधार्यागतोऽन्तिकम् ।
लब्धान्तरोऽच्छिदं गर्भं अर्थबुद्धिर्न धर्मवित् ॥ ७१ ॥

इन्द्रले भने–
माता ! तपाईले कुन उद्देश्यले व्रत गरिरहनु भएको छ भन्ने कुरा मलाई थाहा थियो । त्यसैले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि म स्वर्ग छाडेर यहाँ तपाईको नजिकमा आएको हुं । मेरो मनमा अलिकति पनि धर्मको भावना थिएन । त्यसैले तपाईको व्रत भंग हुनासाथ मैले गर्भलाई टुक्रा टुक्रा पारिदिएं ।।७१।।

कृत्तो मे सप्तधा गर्भ आसन् सप्त कुमारकाः ।
तेऽपि चैकैकशो वृक्णाः सप्तधा नापि मम्रिरे ॥ ७२ ॥

पहिला मैले त्यसलाई सात टुक्रा पारेको थिएं त्यो सात टुक्राबाट सात वटा बालक बन्यो, त्यसपछि मैले फेरी त्यो सातै वटालाई फेरी सात सात टुक्रा गरिदिएं तब पनि ती मरेनन, उनानचास भए ।।७२।।

ततस्तत् परमाश्चर्यं वीक्ष्य व्यवसितं मया ।
महापुरुषपूजायाः सिद्धिः काप्यानुषङ्‌गिणी ॥ ७३ ॥

यस्तो आश्चर्य देखेर यो भगवान्को उपासना को स्वाभाविक सिद्धि हो भन्ने लाग्यो ।।७३।।

आराधनं भगवत ईहमाना निराशिषः ।
ये तु नेच्छन्त्यपि परं ते स्वार्थकुशलाः स्मृताः ॥ ७४ ॥

जसले निष्काम भावनाले भगवान्को आराधना गर्दछन भने उनीहरूले अरु ता के कुरा मोक्षको पनि आश गर्दैनन, त्यो नै आफ्नो स्वार्थ र परमार्थको निपुण हो भन्नु पर्दछ ।।७४।।

आराध्यात्मप्रदं देवं स्वात्मानं जगदीश्वरम् ।
को वृणीत गुणस्पर्शं बुधः स्यान्नरकेऽपि यत् ॥ ७५ ॥

भगवान् जगदीश्वर सबैको आराध्यदेव र आफ्नो आत्मा नै हुन । वहाँ प्रसन्न भएमा आफुलाई समेत दान दिनुहुन्छ । यस्तो कुनचाँहि बुद्धिमान छ र जसले वहाँको आराधना गरेर विषय भोगको वरदान माग्दछ । माताजी ! यो विषयभोग ता नरकमा पनि मिल्न सक्छ ।।७५।।

तदिदं मम दौर्जन्यं बालिशस्य महीयसि ।
क्षन्तुमर्हसि मातस्त्वं दिष्ट्या गर्भो मृतोत्थितः ॥ ७६ ॥

प्यारी आमा ! तपाई सबै प्रकारले पूजनीय हुनुहुन्छ । मैले मुर्ख भएर धेरै खराव काम गरें तपाईले मेरो अपराधलाई क्षमा गरिदिनहोस । यो धेरै सौभाग्यको कुरा हो कि तपाईको गर्भ टुक्रा टुक्रा हँुदा पनि जीवितै भए ।।७६।।

श्रीशुक उवाच –
इन्द्रस्तयाभ्यनुज्ञातः शुद्धभावेन तुष्टया ।
मरुद्‌भिः सह तां नत्वा जगाम त्रिदिवं प्रभुः ॥ ७७ ॥

शुकदेवजी भन्नुहुन्छ–
इन्द्रको शुद्ध स्वभावले दिति सन्तुष्ट भइन । उनको आज्ञा लिएर मरुदगण सहित भएर देवराज इन्द्रले उनलाई नमस्कार गरे अनि स्वर्ग तिर लागे ।।७७।।

एवं ते सर्वमाख्यातं यन्मां त्वं परिपृच्छसि ।
मङ्‌गलं मरुतां जन्म किं भूयः कथयामि ते ॥ ७८ ॥
 
राजन् ! यो मरुद्गणको जन्म धेरै मंगलमय छ । यस विषयमा तिमीले मसंग जुन प्रश्न सोधेका थियौं त्यसको उत्तर मैले बताएं अब तिमीलार्इृ के सुन्ने इच्छा छ ? ।।७८।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे मरुत् उत्पत्तिकथनं नाम अष्टादशोऽध्या‍यः ॥ १८ ॥