श्रीमद्भागवत महापुराण
सप्तमः स्कंधः - सप्तमोऽध्यायः
नारद उवाच -
(अनुष्टुप्)
एवं दैत्यसुतैः पृष्टो महाभागवतोऽसुरः ।
उवाच स्मयमानस्तान् स्मरन् मदनुभाषितम् ॥ १ ॥
नारदले भन्नुभयो–
दैत्य बालकहरुको यस्तो प्रश्न सुनेर भगवान्का प्यारा प्रल्हादले आफ्नो पहिलाको कुरा संझेर केहि हाँस्दै उनीहरुलाई भने ।।१।।
प्रह्राद उवाच -
पितरि प्रस्थितेऽस्माकं तपसे मन्दराचलम् ।
युद्धोद्यमं परं चक्रुः विर्विबुधा दानवान्प्रति ॥ २ ॥
प्रल्हादले भने–
त्यतिबेलाको कुरा हो हाम्रा पिताजी तपस्या गर्न भनेर मन्दराचल पर्वतमा जानु भएका बखतमा इन्द्रादि देवताहरुले दैत्यहरु संग युद्ध गर्ने निधो गरे ।।२।।
पिपीलिकैरहिरिव दिष्ट्या लोकोपतापनः ।
पापेन पापोऽभक्षीति वदन्तो वासवादयः ॥ ३ ॥
देवताहरुले यस्तो भन्न लागे कि जसरी कमिलाहरुले सर्पलाई खइदिन्छन त्यसरी नै हिरण्यकशिपु आफनो पापले आफैं सकिने भयो ।।३।।
तेषामतिबलोद्योगं निशम्यासुरयूथपाः ।
वध्यमानाः सुरैर्भीता दुद्रुवुः सर्वतो दिशम् ॥ ४ ॥
कलत्रपुत्रवित्ताप्तान् गृहान् पशुपरिच्छदान् ।
नावेक्ष्यमाणास्त्वरिताः सर्वे प्राणपरीप्सवः ॥ ५ ॥
दैत्य सेनापतिहरुले देवताहरु ठुलो युद्ध गर्दैछन भन्ने कुरा थाहा पाए । उनीहरुले देवताहरु संग सामना गर्न नसकेर डराएर भाग्न थाले । उनीहरुले आफ्ना स्त्री, पुत्र, मित्र, गुरुजन, घर, पशु कसैको पनि मतलब नराखिकन आफ्नो ज्यान जोगाउनका लागि भाग्न लागे ।।४।।५।।
व्यलुम्पन् राजशिबिरं अमरा जयकाङ्क्षिणः ।
इन्द्रस्तु राजमहिषीं मातरं मम चाग्रहीत् ॥ ६ ॥
युद्धमा आफ्नो जीत चाहाने देवताहरुले राजधानीमा लुट पीट गर्न थाले । यहाँसम्म कि इन्द्रले मेरी आमा कधायुलाई पनि बन्दी बनाये ।।६।।
नीयमानां भयोद्विग्नां रुदतीं कुररीमिव ।
यदृच्छयागतस्तत्र देवर्षिर्ददृशे पथि ॥ ७ ॥
मेरी आँमा डराएर कुररी पक्षी जस्तै रुदैथिन । इन्द्रले उनलाई बलजफत पक्रेर लिएर जाँदै थिए । तर संयोगवश त्यहाँ देवर्षि नारद आईपुगे, उनले मेरी आमालाई देखे ।।७।।
प्राह नैनां सुरपते नेतुमर्हस्यनागसम् ।
मुञ्च मुञ्च महाभाग सतीं परपरिग्रहम् ॥ ८ ॥
नारदले भन्नुभयो–
देवराज ! यी त निरापराधी हुन । यीनलाई लिएर जानु उचित हुदैन । यी सती साध्वीलाई अनादर नगर । यीनलाई तुरुन्त छोडिदेउ ।।८।।
इन्द्र उवाच -
आस्तेऽस्या जठरे वीर्यं अविषह्यं सुरद्विषः ।
आस्यतां यावत्प्रसवं मोक्ष्येऽर्थपदवीं गतः ॥ ९ ॥
इन्द्रले भने–
यीनको पेटमा देव द्रोही हिरण्यकशिपुको अत्यन्त प्रभावशाली वीर्य रहेको छ । प्रवसकाल सम्म यीन मेरै नजिकमा रहन्छिन । बालक जन्मे पछि म उसलाई मारेर यीनलाई छोडिदिन्छु ।।९।।
नारद उवाच -
अयं निष्किल्बिषः साक्षात् महाभागवतो महान् ।
त्वया न प्राप्स्यते संस्थां अनन्तानुचरो बली ॥ १० ॥
नारदले भन्नुभयो–
यीनको गर्भमा भगवान्का साक्षात परम प्रेमीभक्त, सेवक निष्पाप महात्मा छ । तिमीमा उसलाई मार्ने शक्ति छैन ।।१०।।
इत्युक्तस्तां विहायेन्द्रो देवर्षेर्मानयन्वचः ।
अनन्तप्रियभक्त्यैनां परिक्रम्य दिवं ययौ ॥ ११ ॥
देवर्षि नारदको यस्तो कुरा सुनेर इन्द्रले उनलाई सम्मान गरेर मेरी आमालाई छोडिदिए । यीनको गर्भमा भगवद्भक्त छन् भन्ने भावले मेरी आमालाई प्रदक्षिणा गरेर इन्द्र आफ्नो लोकतिर गए ।।११।।
ततो नो मातरं ऋषिः समानीय निजाश्रमम् ।
आश्वास्येहोष्यतां वत्से यावत् ते भर्तुरागमः ॥ १२ ॥
त्यसपछि देवर्षि नारदले मेरी आमालाई आफ्नो आश्रममा लिएर गए उनले मेरी आमालाई सम्झाउँदै भने– नानी ! जब सम्म तिम्रा पति तपस्या गरेर फर्केर आउदैनन् तबसम्म तिमी यहिं बस ।।१२।।
तथेत्यवात्सीद् देवर्षेः अन्ति साप्यकुतोभया ।
यावद् दैत्यपतिर्घोरात् तपसो न न्यवर्तत ॥ १३ ॥
नारदको कुरा सुनेर मेरी आमाले जो आज्ञा भनेर निर्भय भएर नारदको आश्रममा रहन लागिन ।।१३।।
ऋषिं पर्यचरत् तत्र भक्त्या परमया सती ।
अन्तर्वत्नी स्वगर्भस्य क्षेमायेच्छाप्रसूतये ॥ १४ ॥
मेरी गर्भवती आमा म गर्भभा रहेको बालकलाई आफ्नो इच्छा अनुसारको समयमा सन्तान उत्पन्न गर्ने इच्छाले नारदको सेवा गरेर बस्दथिन ।।१४।।
ऋषिः कारुणिकस्तस्याः प्रादादुभयमीश्वरः ।
धर्मस्य तत्त्वं ज्ञानं च मामप्युद्दिश्य निर्मलम् ॥ १५ ॥
सर्व समर्थ र दयालु स्वभावका देवर्षि नारदले गर्भमा रहेको म माथि बिचार गरेर मेरी आमालाई भागवत धर्मको रहस्य विशुद्ध ज्ञानको उपदेश दिए ।।१५।।
तत्तु कालस्य दीर्घत्वात् स्त्रीत्वात् मातुस्तिरोदधे ।
ऋषिणानुगृहीतं मां नाधुनाप्यजहात् स्मृतिः ॥ १६ ॥
एक त धेरै समय वितेको र त्यसमा पनि मेरी आमा स्त्री भएकीले उनलाई त्यो ज्ञानको सम्झना छैन तर देवर्षिको विशेष कृपा भएका कारण मलाई त्यस ज्ञानको संझना हराएको छैन ।।१६।।
भवतामपि भूयान्मे यदि श्रद्दधते वचः ।
वैशारदी धीः श्रद्धातः स्त्रीबालानां च मे यथा ॥ १७ ॥
यदि तिमीहरु मेरो यस कुरामा श्रद्धा गर्दछौ भने तिमीहरुलाई पनि त्यो ज्ञान हुन सक्दछ । किनकि श्रद्धाले अरु स्त्री र बालकको बुद्धि पनि मेरै जस्तो सुद्ध हुन सक्तछ ।।१७।।
जन्माद्याः षडिमे भावा दृष्टा देहस्य नात्मनः ।
फलानामिव वृक्षस्य कालेनेश्वरमूर्तिना ॥ १८ ॥
जसरी इश्वर मुर्ति कालको प्रेरणाले रुखमा फल फल्दछ, बढ्दछ, पाक्दछ, खस्दछ र नष्ट हुन्छ, त्यसरी नै जन्म अस्तित्वको अनुभूति, वृद्धि, परिणाम, क्षय र विनाश यी छ विकार शरीरमा देखिन्छ तर आत्माको यसमा कुनै सम्बन्ध हुंदैन ।।१८।।
आत्मा नित्योऽव्ययः शुद्ध एकः क्षेत्रज्ञ आश्रयः ।
अविक्रियः स्वदृग् हेतुः व्यापकोऽसङ्गि अनावृतः ॥ १९ ॥
आत्मा, नित्य, अविनाशी, शुद्ध, एक, क्षेत्रज्ञ, आश्रय, निर्विकार, स्वयंप्रकाश, सबैको कारण, व्यापक, असंग तथा अनावृत्त छ ।।१९।।
एतैर्द्वादशभिर्विद्वान् आत्मनो लक्षणैः परैः ।
अहं ममेत्यसद्भावं देहादौ मोहजं त्यजेत् ॥ २० ॥
यी आत्माको उत्कृष्ट लक्षणको सहायताले आत्मतत्वलाई जान्ने पुरुषले शरीर आदिमा अज्ञानका कारण हुने म र मेरो भन्ने झुठा भावलाई त्यागिदिनु पर्दछ ।।२०।।
(इंद्रवज्रा)
स्वर्णं यथा ग्रावसु हेमकारः
क्षेत्रेषु योगैस्तदभिज्ञ आप्नुयात् ।
क्षेत्रेषु देहेषु तथात्मयोगैः
अध्यात्मविद् ब्रह्मगतिं लभेत ॥ २१ ॥
जसरी सुनको खानीमा पत्थरमा मिसिएको सुनलाई निकाल्ने बारेमा स्वर्णकारले उपाय जानेको हुन्छ, त्यसरी नै अध्यात्म तत्व जान्ने पुरुषले आत्माप्राप्तिको उपाय द्वारा आफ्नो शरीर मा नै ब्रह्म पदको साक्षात्कार गर्दछ ।।२१।।
(अनुष्टुप्)
अष्टौ प्रकृतयः प्रोक्ताः त्रय एव हि तद्गुणाः ।
विकाराः षोडशाचार्यैः पुमानेकः समन्वयात् ॥ २२ ॥
आचार्यहरुले मूल प्रकृति, महत्तत्व अहंकार र पञ्चतन्मात्रा यी आठ तत्वलाई प्रकृति भनि बताएका छन । यसको सत्व, रज र तम आदि तीन गुण छन् र यसका दस इन्द्रियहरु, एक मन र पञ्चमहाभूत सहितको सोह्र विकारहरु छन् । यी सबैबाट आत्मा पर छ तर उसको आश्रय पनि यहि हो ।।२२।।
देहस्तु सर्वसङ्घातो जगत् तस्थुरिति द्विधा ।
अत्रैव मृग्यः पुरुषो नेति नेतीत्यतत् त्यजन् ॥ २३ ॥
यी सबैको समुदाय नै देह हो । यो दुई प्रकारको छ । स्थावर र जंगम । यसैमा अन्तःकरण, इन्द्रिय आदि अनात्मवस्तु हुन्छन, त्यसलाई यो आत्मा होइन भन्ने बुझेर आत्मालाई खोज्नुपर्दछ ।।२३।।
अन्वयव्यतिरेकेण विवेकेनोशताऽऽत्मना ।
सर्गस्थान समाम्नायैः विमृशद्भिरसत्वरैः ॥ २४ ॥
आत्मा सबैमा अनुगत छ भएर पनि त्यो सबैबाट पृथक छ । यसरी विशुद्ध बुद्धिले संसारको उत्पत्ति, स्थति र प्रलयको कारण बारे विचार गर्नु पर्दछ ।।२४।।
बुद्धेर्जागरणं स्वप्नः सुषुप्तिरिति वृत्तयः ।
ता येनैवानुभूयन्ते सोऽध्यक्षः पुरुषः परः ॥ २५ ॥
जग्रत्, स्वप्न र सुषुप्ति यी तीनै बुद्धिको वृत्ति हुन । यो बृत्तिको जसद्वारा अनुभव हुन्छ, त्यहि सबै भन्दा अतीत र सर्वसाक्षी परमात्मा हुन ।।२५।।
एभिस्त्रिवर्णैः पर्यस्तैः बुद्धिभेदैः क्रियोद्भवैः ।
स्वरूपमात्मनो बुध्येद् गन्धैर्वायुमिवान्वयात् ॥ २६ ॥
जसरी गन्धद्वारा उसको आश्रय वायुको ज्ञान हुन्छ, त्यसरी नै बुद्धिको यो कर्मजन्य एवं बदलिने तीन अवस्थाद्वारा यसमा साक्षीरूपले आत्माको स्वरूपलाई जान्नु पर्दछ ।।२६।।
एतद्द्वारो हि संसारो गुणकर्मनिबन्धनः ।
अज्ञानमूलोऽपार्थोऽपि पुंसः स्वप्न इवेष्यते ॥ २७ ॥
गुण र कर्मका कारण हुने जन्म मृत्यु रूप संसार चक्र, आत्मा शरीर र प्रकृतिबाट भिन्न हो भन्ने नसम्झेर अज्ञानका कारण नै यो मिथ्या भएको हो तापनि सपनामा देखिएको दृष्य समान यसको प्रतीति भइरहन्छ ।।२७।।
तस्माद्भवद्भिः कर्तव्यं कर्मणां त्रिगुणात्मनाम् ।
बीजनिर्हरणं योगः प्रवाहोपरमो धियः ॥ २८ ॥
यसैले यस गुणद्वार हुने कर्मको बीजलाई तिमीहरु सबैले सबभन्दा पहिले भस्म गरिदिनु पर्दछ । जसले गर्दा बुद्धि वृत्तिको प्रभाव निवृत्त हन्छ । यस साधनलाई परमात्मामा मिल्नु पनि भन्दछन ।।२८।।
तत्रोपायसहस्राणां अयं भगवतोदितः ।
यदीश्वरे भगवति यथा यैरञ्जसा रतिः ॥ २९ ॥
यो त्रिगुणात्मक कर्मको जरोलाई उखलेर फ्याक्नका लागि अथवा बुद्धि बृत्तिको प्रवाहलाई बन्द गर्नाका लागि हजारौं साधन छन् तर जुन उपायले र जसरी सर्वशक्तिमान् भगवान्मा स्वाभाविक निष्काम प्रेम हुन्छ त्यहि उपाय सर्वश्रेष्ठ हो । यो कुरा स्वयं भगवान्ले नै भन्नु भएको हो ।।२९।।
गुरुशुश्रूषया भक्त्या सर्वलब्धार्पणेन च ।
सङ्गेन साधुभक्तानां ईश्वराराधनेन च ॥ ३० ॥
श्रद्धया तत्कथायां च कीर्तनैर्गुणकर्मणाम् ।
तत्पादाम्बुरुहध्यानात् तल्लि~ङ्गेक्षार्हणादिभिः ॥ ३१ ॥
गुरुको प्रेमपूर्वक सेवा गर्नु आफुलाई मिलेको वस्तु प्रेमपूर्वक भगवान्मा समर्पण गर्नु, भगवत्प्रेमी महात्माहरुको सत्संग, भगवान्को आराधना, वहाँको कथामा श्रद्धा, वहाँको गुण र लीलाहरुको कीर्तन, वहाँको चरणकमलको चिन्तन र वहाँको मन्दिरमूर्ति आदिको पूजा दर्शन आदि साधनले भगवान्मा प्रेम हुन्छ ।।३०।।३१।।
हरिः सर्वेषु भूतेषु भगवानास्त ईश्वरः ।
इति भूतानि मनसा कामैस्तैः साधु मानयेत् ॥ ३२ ॥
सर्वशक्तिमान भगवान् श्रीहरि सबै प्राणीमा विराजमान हुनुहुन्छ भन्ने यस्तो भावनाले सबै प्राणीहरुको इच्छालाई पुरा गर्नु पर्दछ र उनीहरुलाई सम्मान गर्नु पर्दछ ।।३२।।
एवं निर्जितषड्वर्गैः क्रियते भक्तिरीश्वरे ।
वासुदेवे भगवति यया संलभ्यते रतिः ॥ ३३ ॥
काम, क्रोध, लोभ, मोह, मद, र मत्सर यी छः सत्रु माथि विजय प्राप्त गरेर जसले यस प्रकार भगवान्को साधना भक्तिको अनुष्ठान गर्दछ, उसमा त्यस भक्तिद्वारा भगवान् श्रीकृष्णको चरणमा अनन्य प्रेम हुनजान्छ ।।३३।।
(इंद्रवज्रा)
निशम्य कर्माणि गुणानतुल्यान्
वीर्याणि लीलातनुभिः कृतानि ।
यदातिहर्षोत्पुलकाश्रुगद्गदं
प्रोत्कण्ठ उद्गायति रौति नृत्यति ॥ ३४ ॥
जब मानिस भगवान्को लीला शरीरद्वार गरिएको अद्भुत पराक्रम, वहाँको अनुपम गुण र चरित्रहरु सुनेर अत्यन्त आनन्दका कारण रोमाञ्चित भएर प्रेमको आँसुले गद्गद् हुन्छ अनि उ अलिकता पनि संकोच नमानिकन ठुलो आवाज निकालेर गाउन कराउन र नाच्न थाल्दछ ।।३४।।
यदा ग्रहग्रस्त इव क्वचिद्धसति
आक्रन्दते ध्यायति वन्दते जनम् ।
मुहुः श्वसन्वक्ति हरे जगत्पते
नारायणेत्यात्ममतिर्गतत्रपः ॥ ३५ ॥
त्यस समय उ ग्रहग्रस्त पागल झैं कहिले हाँसने कहिले बिलाप गर्ने र कहिले ध्यान गर्न लाग्दछ भने कहिले भगवद् भावले अरुको वन्दना गर्न लाग्दछ । जब उ भगवान्मा तन्मय हुन्छ अनि सबै विषय छोडेर लामो सास गरेर हे हरि ! हे नारयण ! भनेर भगवानलाई पुकार्न थाल्दछ ।।३५।।
तदा पुमान्मुक्तसमस्तबन्धनः
तद्भावभावानुकृताशयाकृतिः ।
निर्दग्धबीजानुशयो महीयसा
भक्तिप्रयोगेण समेत्यधोक्षजम् ॥ ३६ ॥
तब तिव्र भक्तियोगको प्रभावले उसको सबै बन्धनहरु काटिन्छन् । भगवद्भावमा रहेर उसको हृदय पनि भगवन्मय हुन्छ । त्यस समय उसको जन्म मृत्यु भन्ने कुरा हराउँदछ । तब उसले भगवान्लाई प्राप्त गर्दछ ।।३६।।
अधोक्षजालम्भमिहाशुभात्मनः
शरीरिणः संसृतिचक्रशातनम् ।
तद्ब्रह्मनिर्वाणसुखं विदुर्बुधाः
ततो भजध्वं हृदये हृदीश्वरम् ॥ ३७ ॥
यस अशुभ लोकमा फसेर अशुद्ध भएका जीवका लागि, भगवान् प्राप्तिद्वारा नै यो संसार चक्रलाई मेटाइदिन्छ । यस किसिमको प्राप्तिलाई कसैले निर्वाण, कोहिले ब्रह्म भनि भन्दछन् । यसैले साथीहरु ! तिमीहरु आफ्नो हृदयमा हृदयेश्वर भगवान्को भजन गर ।।३७।।
कोऽतिप्रयासोऽसुरबालका हरेः
उपासने स्वे हृदि छिद्रवत्सतः ।
स्वस्यात्मनः सख्युरशेषदेहिनां
सामान्यतः किं विषयोपपादनैः ॥ ३८ ॥
साथीहरु ! आफ्नो हृदयमा नै आकाश समान नित्य रहनुहुने भगवान्को भजन गर्नमा कुन ठुलो परिश्रम हुन्छ र ? । वहाँ समान भावले सबै प्राणीहरुको अत्यन्त प्रेमी मित्र हुनुहुन्छ, यस्ता परमेश्वरलाई छाडेर बिषय भोग सामग्री प्राप्ति मै तल्लिन भएर कुनै काम छैन । ।।३८।।
रायः कलत्रं पशवः सुतादयो
गृहा मही कुञ्जरकोशभूतयः ।
सर्वेऽर्थकामाः क्षणभङ्गुरायुषः
कुर्वन्ति मर्त्यस्य कियत्प्रियं चलाः ॥ ३९ ॥
हेर भाई ! धन, स्त्री, पशु, छोरा, छोरी, घर, पृथ्वी, हात्ती, खजाना र अनेक किसिमका सम्पत्तिहरु, संसारको सबै धन तथा भोग सामग्रीहरुले नाशवान शरीरलाई के सुख दिन सक्दछ ? आखिर ती सम्पत्ति नै आफैमा क्षणभंगुर छन ।।३९।।
एवं हि लोकाः क्रतुभिः कृता अमी
क्षयिष्णवः सातिशया न निर्मलाः ।
तस्माद् अदृष्टश्रुतदूषणं परं
भक्त्योक्तयेशं भजतात्मलब्धये ॥ ४० ॥
जसरी यो लोकको सम्पत्ति सबै नाशवान छन् त्यसरी नै यज्ञादिबाट प्राप्त हुने स्वर्गादि लोक पनि नाशवान नै हुन केवल एक अर्कामा फलका हिसावले फरक छन । यसैले ती सबै निर्दोष छैनन । निर्दोष त केवल परमात्मा हुनुहुन्छ वहाँको दोषलाई न कसैले देखेका छन न ता सुनेका नै छन । त्यसैले परमात्मा प्राप्तिका लागि उनै परमेश्वरको अनन्य भक्तिले भजन गर्नु पर्दछ ।।४०।।
(अनुष्टुप्)
यदर्थ इह कर्माणि विद्वन्मान्यसकृन्नरः ।
करोत्यतो विपर्यासं अमोघं विन्दते फलम् ॥ ४१ ॥
यो बाहेक आफुलाई ठुलो विद्वान मान्ने पुरुषले यस लोकमा जुन उद्देश्यले बारम्बार कर्म गर्दछ त्यो उद्देश्यको प्राप्ति त धेरै टाढा छ । उल्टै उसलाई उसको विपरित फल मिल्दछ ।।४१।।
सुखाय दुःखमोक्षाय सङ्कल्प इह कर्मिणः ।
सदाऽऽप्नोतीहया दुःखं अनीहायाः सुखावृतः ॥ ४२ ॥
सुख प्राप्ति र दुःखबाट छुटकारा पाउनु, कर्ममा प्रवृत्ति हुनुमा यी दुई उद्देश्य हुन्छ । यसमा कुनै कमना नहुदा सुखमा निमग्न हुन्छ तर अनेक कामनाले गर्दा सधैं दुःख भोग्नु पर्दछ ।।४२।।
कामान्कामयते काम्यैः यदर्थमिह पूरुषः ।
स वै देहस्तु पारक्यो भङ्गुरो यात्युपैति च ॥ ४३ ॥
यसलोकमा मानिस शरीरका निम्ति जुन सकाम कर्मद्वारा भोग प्राप्त गर्न चाहान्छ, त्यो शरीर पनि स्याल कुकुरले भोजन हो र नाशवान हो । कहिले मिल्दछ, कहिले छुट्टिन्छ ।।४३।।
किमु व्यवहितापत्य दारागारधनादयः ।
राज्यकोशगजामात्य भृत्याप्ता ममतास्पदाः ॥ ४४ ॥
जब शरीरकै त यस्तो दशा छ भने त्यस भन्दा पर रहेका पुत्र, स्त्री, महल, धन, सम्पत्ति, राज्य, खजाना, हात्ती घोडा, मन्त्री, नोकर चाकरको के नै कुरा भयो । ।४४।।
किं एतैः आत्मनस्तुच्छैः सह देहेन नश्वरैः ।
अनर्थैः अर्थसङ्काशैः नित्यानन्दरसोदधेः ॥ ४५ ॥
यो तुच्छ विषय शरीरको साथ नष्ट हुन्छ । पुरुषार्थ समान देखिने यी सबै विषयहरु अनर्थरूप हुन । आत्मा नै अनन्त आनन्दको महान समुद्र हो । आत्माका लागि वस्तुहरुको के नै प्रयोजन छ र ?।।४५।।
निरूप्यतां इह स्वार्थः कियान् देहभृतोऽसुराः ।
निषेकादिषु अवस्थासु क्लिश्यमानस्य कर्मभिः ॥ ४६ ॥
भाईहरु ! अलिकति विचार गर त जीवले गार्भाधान देखि लिएर मृत्यु सम्म कर्मको अधिनमा रहेरे कतिको दुःख भोग्दछ । त्यसको यस संसारमा के नै स्वार्थ छ र ।।४६।।
कर्माण्यारभते देही देहेनात्मानुवर्तिना ।
कर्मभिस्तनुते देहं उभयं त्वविवेकतः ॥ ४७ ॥
यो जीव सूक्ष्म शरीरलाई नै आफ्नो आत्मा मानेर शरीरद्वारा अनेक प्रकारको कर्म गर्दछ र कर्मका कारण नै फेरी शरीर ग्रहण गर्दछ । यसबाट कर्मबाट शरीर र शरीरबाट कर्म को परम्परा चलेको छ । यस्तो हुनु अविवेकको कारणले गर्दा हो ।।४७।।
तस्मादर्थाश्च कामाश्च धर्माश्च यदपाश्रयाः ।
भजतानीहयाऽऽत्मानं अनीहं हरिमीश्वरम् ॥ ४८ ॥
यसैले निष्काम भावले निष्किृय आत्मस्वरूप भगवान् श्रीहरिको भजन गर्नु पर्दछ । अर्थ, धर्म र काम सबै वहाँ कै अधिनमा छ । कुनै पनि कुरा उहाँको इच्छा विना मिल्न सक्तैन ।।५८।।
सर्वेषामपि भूतानां हरिरात्मेश्वरः प्रियः ।
भूतैर्महद्भिः स्वकृतैः कृतानां जीवसंज्ञितः ॥ ४९ ॥
भगवान् श्रीहरि सबै प्राणीहरुका इश्वर, आत्मा र परम प्रियत्तम हुन । वहाँ आफैंले बनाएको पंचभूत र सूक्ष्मभूत बाट निर्मित शरीरमा जीवको नामले कहिन्छन ।।४९।।
देवोऽसुरो मनुष्यो वा यक्षो गन्धर्व एव वा ।
भजन्मुकुन्दचरणं स्वस्तिमान् स्याद् यथा वयम् ॥ ५० ॥
देवता, दैत्य, मानिस, यक्ष, अथवा गन्धर्व किन नहुन यदि भगवान्को सेवा गरे भने उनीहरुलाई पनि हामीलाई जस्तै कल्याण मिल्दछ ।।५०।।
नालं द्विजत्वं देवत्वं ऋषित्वं वासुरात्मजाः ।
प्रीणनाय मुकुन्दस्य न वृत्तं न बहुज्ञता ॥ ५१ ॥
न दानं न तपो नेज्या न शौचं न व्रतानि च ।
प्रीयतेऽमलया भक्त्या हरिरन्यद् विडम्बनम् ॥ ५२ ॥
दैत्यबालक ! भगवान्लाई प्रसन्न गराउनुका लागि ब्राम्हण, देवता वा ऋषि भएर, सदाचारले सधैं सम्पन्न भएर अथवा दान, तप, यज्ञ, शारीरिक र मानसिश शौच र ठुला ठुला ब्रतको अनुष्ठानले मात्र खुसि हुनुहुन्छ भन्ने होइन । भगवान् केवल निष्काम भक्तिले प्रसन्न हुनुहुन्छ । अरु सबै विडम्बना मात्र हो ।।५१।५२।।
ततो हरौ भगवति भक्तिं कुरुत दानवाः ।
आत्मौपम्येन सर्वत्र सर्वभूतात्मनीश्वरे ॥ ५३ ॥
यसैले दैत्य बन्धुहरु ! सबै प्राणीहरुलाई आफु समान नै सम्झेर सबैतिर विराजमान हुनुहुने सर्वात्मा, सर्वशक्तिमान भगवान्को भक्ति गर ।।५३।।
दैतेया यक्षरक्षांसि स्त्रियः शूद्रा व्रजौकसः ।
खगा मृगाः पापजीवाः सन्ति ह्यच्युततां गताः ॥ ५४ ॥
भगवान्को भक्तिको प्रभावले दैत्य, यक्ष, राक्षस, स्त्री, सूद्र गोपाल, अहिर, पक्षी, मृग,र धेरै पापी जीवले पनि भगवद्भावको प्राप्त गरेका छन ।।५४।।
एतावानेव लोकेऽस्मिन् पुंसः स्वार्थः परः स्मृतः ।
एकान्तभक्तिर्गोविन्दे यत्सर्वत्र तदीक्षणम् ॥ ५५ ॥
संसारमा यो मनुस्य जीवनको सबैभन्दा ठुलो स्वार्थ अर्थात एकमात्र परमार्थ भनेको भगवान् श्रीकृष्णको अनन्य भक्ति गर्नु र सर्वत्र वस्तुमा भगवान्को दर्शन पाउनु हो ।।५५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे प्रह्रादचरिते दैत्यपुत्रानुशासनं नाम सप्तमोऽध्यायः ॥ ७ ॥