श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - चतुर्दशोऽध्यायः
श्रीशुक उवाच ।
अथातः श्रूयतां राजन् वंशः सोमस्य पावनः ।
यस्मिन्नैलादयो भूपाः कीर्त्यन्ते पुण्यकीर्तयः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! अब म तिमीलाई चन्द्रमाको पवित्र वंशको को बारेमा सुनाउँदछु । यस वंशमा पुरुरवा आदि महान् र पवित्र राजाहरूको वर्णन गरिन्छ। ।।१।।
सहस्रशिरसः पुंसो नाभिह्रदसरोरुहात् ।
जातस्यासीत् सुतो धातुरत्रिः पितृसमो गुणैः ॥ २ ॥
ब्रह्माजीको उत्पत्ति सहस्रसिर भएका नारायणको नाभि–सरोवरको कमलबाट भएको थियो, ब्रह्माजीका पुत्र अत्रि भए । आफ्नो गुणका कारण उनी ब्रह्माजी समान थिए ।।२।।
तस्य दृग्भ्योऽभवत् पुत्रः सोमोऽमृतमयः किल ।
विप्रौषध्युडुगणानां ब्रह्मणा कल्पितः पतिः ॥ ३ ॥
यिनै अत्रि आँखाबाट अमृतमय चन्द्रमाको जन्म भयो । भगवान ब्रह्माले चन्द्रमालाई ब्राह्मण, औषधि र नक्षत्रको अधिपति बनाउनुभयो ।।३।।
सोऽयजद् राजसूयेन विजित्य भुवनत्रयम् ।
पत्नीं् बृहस्पतेर्दर्पात् तारां नामाहरद् बलात् ॥४॥
उनले तीनवटै लोकहरू जितेर राजसूय यज्ञ गरे । यसले उनको घमण्ड बढ्यो र बृहस्पतिकी पत्नी तारालाई जबरजस्ती लिएर गए ॥४॥
यदा स देवगुरुणा याचितोऽभीक्ष्णशो मदात् ।
नात्यजत् तत्कृते जज्ञे सुरदानवविग्रहः ॥ ५ ॥
देवगुरु बृहस्पतिले आफ्नी पत्नीलाई फिर्ता गर्न बारम्बार बिन्ती गरे, तर उनी यति नशामा परे कि उनले तारालाई पनि हालतमा फिर्ता गरेनन् । यस्तो अवस्थामा उनको लागि देवता र दानवबीच भीषण युद्ध भयो ।।५।।
शुक्रो बृहस्पतेर्द्वेषादग्रहीत् सासुरोडुपम् ।
हरो गुरुसुतं स्नेहात् सर्वभूतगणावृतः ॥ ६ ॥
बृहस्पतिसंगको द्वेषका कारण, शुक्राचार्यले दानवहरूको साथमा चन्द्रमाको पक्ष लिए । प्रेमका कारण महादेवजीले सबै भूतगण सहित भएर आफ्ना विद्यागुरु अंगिराका पुत्र बृहस्पतिको पक्षमा लाग्नुभयो ।।६।।
सर्वदेवगणोपेतो महेन्द्रो गुरुमन्वयात् ।
सुरासुरविनाशोऽभूत् समरस्तारकामयः ॥ ७ ॥
देवराज इन्द्रले सबै देवताहरूका साथ आफ्ना गुरु बृहस्पतिजीको पक्षमा साथ दिए । यसरी ताराका लागि देवता र दानव बिच भयंकर युद्ध भयो ।।७।।
निवेदितोऽथाङ्गिरसा सोमं निर्भर्त्स्य विश्वकृत् ।
तारां स्वभर्त्रे प्रायच्छदन्तर्वत्नीरमवैत् पतिः ॥ ८ ॥
यसपछि, अंगिराऋषि ब्रह्माजीकहाँ गएर युद्ध रोक्न प्रार्थना गरे । यस बिषयमा ब्रह्माजीले चन्द्रमालाई धेरै गाली गर्नुभयो र तारालाई उनको पति बृहस्पतिलाई सुम्पिदिनुभयो । जब बृहस्पतिजीले तारा गर्भवती भएको थाहा पाए तब उनले भने– ।।८।।
त्यज त्यजाशु दुष्प्रज्ञे मत्क्षेत्रादाहितं परैः ।
नाहं त्वां भस्मसात्कुर्यां स्त्रियं सान्तानिकः सति ॥ ९ ॥
दुष्ट ! मेरो क्षेत्रमा यो अर्कैको गर्भ हो । यसलाई तिमीले त्याग तुरुन्तै त्याग्नु पर्छ । नडराऊ, म तिमीलाई जलाउने छैन । किनकी पहिलो त तिमी नारी हौ र दोस्रो मलाई पनि सन्तानको चाहना छ । देवी हुनाका कारण तिमी निर्दोष पनि छ्यौ ।।९।।
तत्याज व्रीडिता तारा कुमारं कनकप्रभम् ।
स्पृहामाङ्गिरसश्चक्रे कुमारे सोम एव च ॥ १० ॥
आफ्ना पतिको कुरा सुनेर तारालाई निकै लाज लाग्यो । उनले आफ्नो गर्भबाट सुन जस्तै चम्किरहेको बच्चा अलग गरिन् । त्यो बालकलाई देखेर बृहस्पति र चन्द्रमा दुवै मोहित भए र दुवैजना उनलाई आफुलाई होस भन्ने चाहन्थे ।१०।।
ममायं न तवेत्युच्चैस्तस्मिन् विवदमानयोः ।
पप्रच्छुर्ऋषयो देवा नैवोचे व्रीडिता तु सा ॥ ११ ॥
अब उनीहरुले ‘यो तिम्रो होइन, मेरो हो’ भन्दै चर्को स्वरमा झगडा गर्न थाले । ऋषि–देवताहरूले तारालाई सोधे, ’यो कसको छोरा हो ? तर ताराले लाजले कुनै जवाफ दिइनन् ।।११।।
कुमारो मातरं प्राह कुपितोऽलीकलज्जया ।
किं न वोचस्यसद्वृत्ते आत्मावद्यं वदाशु मे ॥ १२ ॥
त्यो बालक आमाको झूटो लाजमा रिसाएर भन्यो– ‘तिमी दुष्ट ! किन बताउदिनौ ? जतिसक्दो चाँडो आफ्नो कुकर्मको बारेमा बताउ ।।१२।।
ब्रह्मा तां रह आहूय समप्राक्षीच्च सान्त्वयन् ।
सोमस्येत्याह शनकैः सोमस्तं तावदग्रहीत् ॥ १३ ॥
त्यही समयमा ब्रह्माले तारालाई एक्लै बोलाएर धेरै कुरा सम्झाएर सोधे । त्यसपछि ताराले नरम स्वरमा भनिन, बालक त चन्द्रमाकै हो । त्यसैले चन्द्रमाले त्यो बालकलाई लिएका थिए ।।१३।।
तस्यात्मयोनिरकृत बुध इत्यभिधां नृप ।
बुद्ध्या गम्भीरया येन पुत्रेणापोडुराण् मुदम् ।।१४।।
परीक्षित ! ब्रह्माजीले त्यो बालकको नाम ‘बुध’ राखे, किनभने उनको बुद्धि निकै तेजिलो थियो । यस्तो छोरो पाएपछि चन्द्रमालाई धेरै खुशी लाग्यो ।।१४।।
ततः पुरूरवा जज्ञे इलायां य उदाहृतः ।
तस्य रूपगुणौदार्यशीलद्रविणविक्रमान् ॥ १५ ॥
श्रुत्वोर्वशीन्द्रभवने गीयमानान् सुरर्षिणा ।
तदन्तिकमुपेयाय देवी स्मरशरार्दिता ॥ १६ ॥
परीक्षित ! पुरुरवाको जन्म बुधको गर्भबाट भएको थियो । मैले यो पहिले नै यस बारेमा वर्णन गरिसकेकोछु । एक दिन इन्द्रसंगको भेटमा देवर्षि नारदजी पुरुर्वाको सौन्दर्य, गुण, उदारता, विनय, धन र वीरताको गुणगान गाउँदै थिए । उनको कुरा सुनेर उर्वशीको हृदयमा कामुक भावना उत्पन्न भयो र त्यसबाट पीडा भोग्दै उनी देवांगना पुरुरवाको साथमा आइन् ।१५–१६।।
मित्रावरुणयोः शापादापन्ना नरलोकताम् ।
निशम्य पुरुषश्रेष्ठं कन्दर्पमिव रूपिणम् ।
धृतिं विष्टभ्य ललना उपतस्थे तदन्तिके ॥ १७ ॥
उर्वशीलाई मित्रावरुणको श्रापका कारण पृथ्वीलोकमा आउनु परे पनि पुरुषशिरोमणि पुरुरवा कामदेवजस्तै सुन्दर छन् भन्ने सुनेर सुन्दरी उर्वशीले धैर्य धारण गरी उनीकहाँ आइन् ।।१७।।
स तां विलोक्य नृपतिर्हर्षेणोत्फुल्ललोचनः ।
उवाच श्लक्ष्णया वाचा देवीं हृष्टतनूरुहः ॥ १८ ॥
देवी उर्वशीलाई देखेर राजा पुरुरवाको आँखा खुशीले उज्यालो भयो । उनीहरूको शरीरमा रोमाञ्चकता आयो । उनले अति मीठो स्वरमा भने ।।१८।।
श्रीराजोवाच ।
स्वागतं ते वरारोहे आस्यतां करवाम किम् ।
संरमस्व मया साकं रतिर्नौ शाश्वतीः समाः ॥ १९ ॥
राजा पुरुरले भने– सुन्दरी ! तिमीलाई स्वागत छ । बस, म तिम्रो लागि के सेवा गरौं ? तिमी मसँग विहार गर अनि हामी दुवैको यो विहार अनन्तसम्म चलिरहोस् ।।१९।।
उर्वश्युवाच ।
कस्यास्त्वयि न सज्जेत मनो दृष्टिश्च सुन्दर ।
यदङ्गान्तरमासाद्य च्यवते ह रिरंसया ॥ २० ॥
उर्वशीले भनिन् ’राजा ! तपाईको सौन्दर्य मुर्तिमान छ । तपाईको रुपमा मोहित नहुने कुन नारी होलीन् ? किनकी तपाईको नजिक आएपछि रमणको चाहनाले मेरो मनले धैर्यता गुमाएको छ ।।२०।।
एतावुरणकौ राजन् न्यासौ रक्षस्व मानद ।
संरंस्ये भवता साकं श्लाघ्यः स्त्रीणांवरः स्मृतः ॥ २१ ॥
रुपवान पुरुषमा नै स्त्रीहरुको प्रेम बस्दछ । म तपाईलाई सम्पदाको रूपमा दुईवटा थुमा –भेडाका पाठो) दिन्छु । तपाईंले तिनीहरूलाई रक्षा गर्नुहोस् ।।२१।।
घृतं मे वीर भक्ष्यं स्यान्नेक्षे त्वान्यत्र मैथुनात् ।
विवाससं तत् तथेति प्रतिपेदे महामनाः ॥ २२ ॥
हे वीरशिरोमणि ! म घिउ मात्र खानेछु र यौनसम्पर्क बाहेक अरु बेला लुगाबिना तिमीलाई देख्न सक्दिन । परम मनस्वी पुरुरवाले ठीक छ भन्दै उनको शर्त स्वीकार गरे ।।२२।।
अहो रूपमहो भावो नरलोकविमोहनम् ।
को न सेवेत मनुजो देवीं त्वां स्वयमागताम् ॥ २३ ॥
अनि फेरी उर्वशीलाई भने– तिम्रो यो सुन्दरता अचम्मको छ । तिम्रो भाव अलौकिक । यसले त सम्पूर्ण मानव सृष्टिलाई मोहित बनाउँछ । अनि देवी ! तिमी त आफैं यहाँ आएकी छौ भने फेरी तिमीलाई उपभोग नगर्ने व्यक्ति को छ र ? ।।२३।।
तया स पुरुषश्रेष्ठो रमयन्त्या यथार्हतः ।
रेमे सुरविहारेषु कामं चैत्ररथादिषु ॥ २४ ॥
परीक्षित ! त्यसपछि उर्वशीले कामशास्त्रमा बताईएको विधि अनुसार पुरुषहरूमध्ये श्रेष्ठ पुरुरवासँग विहार गर्न थालिन् । उनीहरू देवताहरूको वासस्थान चैत्ररथ, नन्दनवन आदि बगैंचामा स्वतन्त्र रूपमा विहार थाले ।।२४।।
रममाणस्तया देव्या पद्मकिञ्जल्कगन्धया ।
तन्मुखामोदमुषितो मुमुदेऽहर्गणान् बहून् ॥ २५ ॥
देवी उर्वशीको शरीरबाट कमलको फूल जस्तै सुगन्ध निस्कन्थ्यो । राजा पुरुरवाले धेरै वर्षसम्म उनीसँग आनन्दसंग विहार गरे । उनको मुखको गन्धले मात्रै तिनीहरूले आफ्नो होश गुमाए ।।२५।।
अपश्यन्नुर्वशीमिन्द्रो गन्धर्वान् समचोदयत् ।
उर्वशीरहितं मह्यमास्थानं नातिशोभते ॥ २६ ॥
यता जब इन्द्रले उर्वशीलाई देखेनन्, उनले गन्धर्वहरूलाई उनलाई लेराउन भनि अराउँदै भने – उर्वशी बिना यो स्वर्ग मलाई अन्धकार लाग्छ ।।२६।।
ते उपेत्य महारात्रे तमसि प्रत्युपस्थिते ।
उर्वश्या उरणौ जह्रुर्न्यस्तौ राजनि जायया ॥ २७ ॥
त्यसपछि ती गन्धर्वहरू मध्यरातमा घोर अन्धकारमा त्यहाँ गए र उर्वशीका दुई भेडाहरू जुन उनले राजालाई दिएकी थिइन, त्यो चोरे र आफ्नो बाटो लागे ।।२७।।
निशम्याक्रन्दितं देवी पुत्रयोर्नीयमानयोः ।
हतास्म्यहं कुनाथेन नपुंसा वीरमानिना ॥ २८ ॥
जब उर्वशीले आफ्नो छोरोजस्तै प्यारो भेडाहरू गन्धर्वहरूले लैजाँदै गरेको सुनिन् तब उनले भनिन्, ’हेर यो कायरलाई मैले आफ्नो मालिक बनाएर म मरिहालें नि यो नपुंसक मानिसले आफूलाई ठूलो नायक सम्झन्छ । यसले मेरो भेडालाई पनि बचाउन सकेन ।।२८।।
यद् विश्रम्भादहं नष्टा हृतापत्या च दस्युभिः ।
यः शेते निशि संत्रस्तो यथा नारी दिवा पुमान् ॥ २९ ॥
यिनलाई विश्वास गर्नाले चोरहरूले मेरा बच्चालाई लुटेर लगे । म त मरें । हेर, यो साँचो हो, दिनमा पुरुष बन्दछ तर रातमा महिलाले जस्तै डराएर सुत्छ ।।२९।।
इति वाक् सायकैर्विद्धः प्रतोत्त्रैरिव कुञ्जरः ।
निशि निस्त्रिंशमादाय विवस्त्रोऽभ्यद्रवद् रुषा ॥ ३० ॥
परीक्षित ! त्यसरी नै उर्वशीले राजालाई आफ्नो वचनरुपि बाणले छेडिन् । राजा पुरुरवा हात्ती जस्तै निकै क्रोधित भए र हातमा तरवार लिएर नग्न अवस्थामा नै गन्धर्व भएतिर दौडे ।।३०।।
ते विसृज्योरणौ तत्र व्यद्योतन्त स्म विद्युतः ।
आदाय मेषावायान्तं नग्नमैक्षत सा पतिम् ॥ ३१ ॥
यसरी आफु माथि आक्रमण आक्रमण गरेको देखेर गन्धर्वहरूले भेडाहरूलाई त्यहीँ छोडेर आफैं बिजुली जस्तै गरी चम्कन थाले । जब राजा पुरुरवा भेडा लिएर फर्के, उर्वशीले उनलाई त्यो उज्यालोमा नग्न अवस्थामा देखिन । बस अब उनले त्यही क्षणमा पुरुरवालाई छोडेर हिडिन् ।।३१।।
ऐलोऽपि शयने जायामपश्यन् विमना इव ।
तच्चित्तो विह्वलः शोचन् बभ्रामोन्मत्तवन्महीम् ॥ ३२ ॥
परीक्षित ! जब राजा पुरुरवाले आफ्नी प्रिय उर्वशीलाई आफ्नो शयनकक्षमा देखेनन् तब उनी दुःखी भए । उनको चित्त उर्वशीमै बसेको थियो । उनीका उर्वशीको शोकले विह्वल भएर पृथ्वीमा पागलझैँ यताउता यताउता घुम्न थाले ।।३२।।
स तां वीक्ष्य कुरुक्षेत्रे सरस्वत्यां च तत्सखीः ।
पञ्च प्रहृष्टवदनाः प्राह सूक्तं पुरूरवाः ॥ ३३ ॥
एक दिन कुरुक्षेत्रमा सरस्वती नदीको किनारमा उनले उर्वशी र हसिलो मुहारका उनका पाँच साथीहरूलाई देखे र धेरै मीठो स्वरमा भने– ।।३३।।
अहो जाये तिष्ठ तिष्ठ घोरे न त्यक्तुमर्हसि ।
मां त्वमद्याप्यनिर्वृत्य वचांसि कृणवावहै ॥ ३४ ॥
प्रिय ! एकछिन पर्ख एकपटक मेरो कुरा सुन । निर्दयी ! अब आज मलाई खुसी नगरी नजाउ । एकछिन पर्ख, हामी दुई बिच केहि कुरा गरौं ।।३४।।
सुदेहोऽयं पतत्यत्र देवि दूरं हृतस्त्वया ।
खादन्त्येनं वृका गृध्रास्त्वत्प्रसादस्य नास्पदम् ॥ ३५ ॥
देवी ! अब यो शरीरमा तिम्रो कृपा रहेन, त्यसैले यसलाई टाढा फालिदियौ । त्यसकारण, मेरो यो सुन्दर शरीर अब थुप्रिनेछ र तिमीले देख्दा देख्दै यसलाई ब्वाँसा र गिद्धहरूले खाइहाल्नेछन् ।।३५।।
उर्वश्युवाच ।
मा मृथाः पुरुषोऽसि त्वं मा स्म त्वाद्युर्वृका इमे ।
क्वापि सख्यं न वै स्त्रीणां वृकाणां हृदयं यथा ॥ ३६ ॥
उर्वशीले भनिन्– राजन ! तिमी पुरुष हौ । यसरी मर्नहुदैन । यी ब्वाँसाहरूले नखाउँन् ! महिलाको कसैसँग मित्रता हुँदैन । स्त्रीको हृदय र ब्वासोको हृदय ठ्याक्कै उस्तै हुन्छ ।।३६।।
स्त्रियो ह्यकरुणाः क्रूरा दुर्मर्षाः प्रियसाहसाः ।
घ्नन्त्यल्पार्थेऽपि विश्रब्धं पतिं भ्रातरमप्युत ॥ ३७ ॥
स्त्रीहरु निर्दयी हुन्छन् । रिसाउनु उनीहरुको स्वभाविकता हो । सानातिना कुरामा रिस उठ्छ र अलिकति स्वार्थका लागि ठूला–ठूला कर्म गर्छिन्, बिश्वास दिलाएर आफ्ना पति र भाइलाई पनि मार्छिन् ।।३७।।
विधायालीकविश्रम्भमज्ञेषु त्यक्तसौहृदाः ।
नवं नवमभीप्सन्त्यः पुंश्चल्यः स्वैरवृत्तयः ॥ ३८ ॥
उनीहरुको हृदयमा सद्भाव हुदैन । उनीहरूले निर्दोष मानिसहरूलाई झूटो विश्वास दिलाएर फसाउँछन् र नयाँ पुरुषहरू चाट्दै तिनीहरू वेश्या र व्यभिचारी महिला बन्छन् ।।३८।।
संवत्सरान्ते हि भवानेकरात्रं मयेश्वरः ।
वस्यत्यपत्यानि च ते भविष्यन्त्यपराणि भोः ॥ ३९ ॥
तिमी धैर्य गर । तिमी राजराजेश्वर हौ तिमी नहडवडाउ । हरेक वर्ष एक रात तिम्रो साथमा हुन्छु । तब तिम्रा सन्तान पनि हुनेछन् ।।३९।।
अन्तर्वत्नीामुपालक्ष्य देवीं स प्रययौ पुरम् ।
पुनस्तत्र गतोऽब्दान्ते उर्वशीं वीरमातरम् ॥ ४० ॥
राजा पुरुरले उर्वशी गर्भवती भएको थाहापाए, त्यसैले उनी आफ्नो राजधानी फर्के। एक वर्षपछि फेरि त्यहाँ गएँ । त्यतिन्जेल उर्वशी बीर छोराकी आमा बनिसकेकी थिइन् ।।४०।।
उपलभ्य मुदा युक्तः समुवास तया निशाम् ।
अथैनमुर्वशी प्राह कृपणं विरहातुरम् ॥ ४१ ॥
उर्वशीलाई भेटेर पुरुरवा निकै खुसी भए र उनी एक रात उनीसँगै बसे । बिहान निस्कन निस्कने बेलामा उनीसंग विछोडको पीडाले उनी निकै दुःखी भए । उर्वशीले भनिन् ।।४१।।
गन्धर्वानुपधावेमांस्तुभ्यं दास्यन्ति मामिति ।
तस्य संस्तुवतस्तुष्टा अग्निस्थालीं ददुर्नृप ।
उर्वशीं मन्यमानस्तां सोऽबुध्यत चरन् वने ॥ ४२ ॥
तिमीले यी गन्धर्वहरूको स्तुति गर, यदि उनीहरूले चाहे भने मलाई तिमीलाई दिन सक्छन्। त्यसपछि राजा पुरुरवानले गन्धवहरूको स्तुति गरे । परीक्षित ! राजा पुरुरवाको स्तुतिले प्रसन्न भएर गन्धर्वले उनलाई अग्निस्थाली (आगो बाल्ने भाँडो) दिए। राजाले सोचे कि यो उर्वशी हो, त्यसैले उसलाई आफ्नो हृदयमा लगाएर एक जंगलबाट अर्को जंगलमा घुमिरहे ।।४२।।
स्थालीं न्यस्य वने गत्वा गृहानाध्यायतो निशि ।
त्रेतायां सम्प्रवृत्तायां मनसि त्रय्यवर्तत ॥ ४३ ॥
जब उनको होश आयो, उनले स्थलीलाई जंगलमा छाडेर आफ्नो दरबारमा फर्किए र रातभर उर्वशीको ध्यान गरिरहे। यसरी, जब त्रेतायुग सुरु भयो, तीनै वेद उनको हृदयमा प्रकट भए ।।४३।।
स्थालीस्थानं गतोऽश्वत्थं शमीगर्भं विलक्ष्य सः ।
तेन द्वे अरणी कृत्वा उर्वशीलोककाम्यया ॥ ४४ ॥
उर्वशीं मन्त्रतो ध्यायन्नधरारणिमुत्तराम् ।
आत्मानमुभयोर्मध्ये यत् तत् प्रजननं प्रभुः ॥ ४५ ॥
त्यसपछि ऊ अग्निस्थाली ठाउँ छोडेको ठाउँमा गए । अहिले त्यही ठाउँमा शमिको गर्भमा एउटा पीपलको रुख उम्रेको थियो यो देखेर उनले त्यसबाट दुईवटा अरणी बनाए । त्यसपछि, उनले उर्वशिलोकाको इच्छाले, उनले तलको अरणि उर्वशी र माथिल्लो अरणि पुरुरवा र बीचको काठलाई पुत्रको रूपमा चिन्तन गरी अग्नि प्रज्वलित गर्ने मन्त्रहरूद्वारा मन्थन गरे ।।४४–४५।।
तस्य निर्मन्थनाज्जातो जातवेदा विभावसुः ।
त्रय्या स विद्यया राज्ञा पुत्रत्वे कल्पितस्त्रिवृत् ॥ ४६ ॥
तेनायजत यज्ञेशं भगवन्तमधोक्षजम् ।
उर्वशीलोकमन्विच्छन् सर्वदेवमयं हरिम् ॥ ४७ ॥
उनले गरेको मन्थनबाट ‘जातवेद’ नामको अग्नि प्रकट भयो । राजा पुरुरवाले त्रयविद्याको विद्यद्वारा अग्नि देवतालाई तीन भागमा विभाजन गरे – जुन आहवनीय, गार्हपत्य र दक्षिणाग्नि हुन र उसलाई आफ्नो पुत्रको रूपमा स्वीकार गरे ।। ४६।।
त्यसपछि, उर्वशीलोकको इच्छाले, पुरुरवाले ती तीन अग्निद्वारा सर्वदेव स्वरूपमा परम यज्ञपति भगवान श्री हरिकाको यज्ञ गरे ।।४७।।
एक एव पुरा वेदः प्रणवः सर्ववाङ्मयः ।
देवो नारायणो नान्य एकोऽग्निर्वर्ण एव च ॥ ४८ ॥
परीक्षित ! त्रेता भन्दा पहिले, सत्ययुगमा, एकमात्र प्रणव (ओम्कार) वेद थियो । सबै वेद र शास्त्रहरू उसैमा निहित थिए । एकमात्र देवता नारायण थिये; अरु कोही थिएन । आगो एकमात्र थियो, तीन होइन, र वर्ण पनि एक मात्र थियो ।।४८।।
पुरूरवस एवासीत् त्वयी त्रेतामुखे नृप ।
अग्निना प्रजया राजा लोकं गान्धर्वमेयिवान् ॥ ४९ ॥
परीक्षित ! त्रेताको प्रारम्भमा पुरुरवाबाट वेदत्रयी र अग्नित्रयीको उत्पत्ति भयो । राजा पुरुरवाले अग्निलाई आफ्नो सन्तानको रूपमा स्वीकार गरे र गन्धर्वलोक प्राप्त गरे ।४९।।
इति श्रीमद्भानगवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे चतुर्दशोऽध्यायः ॥ १४ ॥