श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - नवमोऽध्यायः
श्रीशुक उवाच ।
अंशुमांश्च तपस्तेपे गंगानयनकाम्यया ।
कालं महान्तं नाशक्नोत् ततः कालेन संस्थितः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! अंसुमानले पृथ्वीमा गंगा ल्याउनका लागि धेरै वर्ष तपस्या गरे तर उनी यस कार्यमा सफल हुन सकेनन् । पछि समय आएपछि उनको मृत्यु भयो ।।१।।
दिलीपस्तत्सुतस्तद्वदशक्तः कालमेयिवान् ।
भगीरथस्तस्य पुत्रः तेपे स सुमहत् तपः ॥ २ ॥
अंशुमानका छोरा दिलीपले पनि त्यसरी नै तपस्या गरे; तर उहाँ पनि असफल भए पछि उनको पनि मृत्यु भयो । दिलीपका छोरा भगिरथ थिए उनले ठूलो तपस्या गरे ।।२।।
दर्शयामास तं देवी प्रसन्ना वरदास्मि ते ।
इत्युक्तः स्वं अभिप्रायं शशंसावनतो नृपः ॥ ३ ॥
भगिरथको तपस्याबाट प्रसन्न भएर गंगा प्रकट भइन् र भनिन्– ’म तिमीलाई वरदान दिन आएको हुँ । गंगाले यसो भनेपछि राजा भगीरथाले अति नम्र भएर वहाँलाई पृथ्वीलोकमा जानको लागि आग्रह गरे ।।३।।
कोऽपि धारयिता वेगं पतन्त्या मे महीतले ।
अन्यथा भूतलं भित्त्वा नृप यास्ये रसातलम् ॥ ४ ॥
गंगाजीले भने– जब म स्वर्गबाट पृथ्वीमा ओर्लन्छु त्यतिबेला मेरो वेगलाई थाम्न सक्ने हुनुपर्छ नत्र भने म पृथ्वी छाडेर रसातालमा पुग्न सक्छु ।।४।।
किं चाहं न भुवं यास्ये नरा मय्यामृजन्त्यघम् ।
मृजामि तदघं कुत्र राजंस्तत्र विचिन्त्यताम् ॥ ५ ॥
यसो भएको हुँदा म पृथ्वीमा जान सक्तिन । फेरी मेरो त्यो पापलाई कसरी पखाल्न सक्छु । भगीरथ ! तिमी यस कुरामा विचार गर ।।५।।
श्रीभगीरथ उवाच ।
साधवो न्यासिनः शान्ता ब्रह्मिष्ठा लोकपावनाः ।
हरन्य्त्यघं तेङ्गसंगात् तेष्वास्ते ह्यघभिद्धरिः ॥ ६ ॥
भगीरथले भने– ’ माता ! जसले लोक परलोक, धन सम्पत्ति स्त्री पुत्रलाई त्यागेर सन्यास बनेका छन् । जो संसार देखि उपरत भएर आफैंमा शान्त छन् । जो ब्रम्हनिष्ठ परोपकारी र लोकलाई नै पवित्र पार्ने उनले आफ्नो अंगस्पर्शले तिम्रो पापलाई नष्ट गरिदिन्छन् किनकी उनको हृर्दयमा अघरुप अघासुरलाई मार्ने भगवान् सदा निवास गर्र्नुहुन्छ ।।६।।
धारयिष्यति ते वेगं रुद्रस्त्वात्मा शरीरिणाम् ।
यस्मिन्नोतं इदं प्रोतं विश्वं शाटीव तन्तुषु ॥ ७ ॥
सबै प्राणीको आत्मा रुद्रदेवले तिम्रो वेगलाई धारण गर्नुहुन्छ । किनकि जसरी साडी सूत धागोमा ब्याप्त हुन्छ त्यसरी नै यो सारा विश्व भगवान् रुद्रमा ब्याप्त भएको छ ।।७।।
इत्युक्त्वा स नृपो देवं तपसातोषयच्छिवम् ।
कालेनाल्पीयसा राजन् तस्येशः समतुष्यत ॥ ८ ॥
परीक्षित – भगीरथले गंगाजीलाई यसो भनेर भगवान् शंकरलाई प्रसन्न गराउँनको लागि तपस्या गर्नलागे । उनको तपस्याबाट चाँडै नै महादेव प्रसन्न हुनुभयो ।।८।।
तथेति राज्ञाभिहितं सर्वलोकहितः शिवः ।
दधारावहितो गंगां पादपूतजलां हरेः ॥ ९ ॥
भगवान शंकर सम्पूर्ण विश्वकै कल्याण गर्नुहुन्छ । राजाको यस्तो कुरालाई शिवजीले तथास्तु भन्नुभयो र धेरै साबधान भएर गंगालाई आफ्नो सिरमा धारण गर्नुभयो । भगवान् विष्णुको चरणोदक हुनाले गंगाजी सधैं पवित्र हुनुहुन्छ ।।९।।
भगीरथः स राजर्षिर्निन्ये भुवनपावनीम् ।
यत्र स्वपितॄणां देहा भस्मीभूताः स्म शेरते ॥ १० ॥
यसपछि राजर्षि भगीरथले त्रिभुवन पावनी गंगाजीलाई आफ्नो पुर्खाको शवको खरानीको थुप्रो भएको ठाँउमा लिएर गए ।। १०।।
रथेन वायुवेगेन प्रयान्तमनुधावती ।
देशान् पुनन्ती निर्दग्धानासिञ्चत् सगरात्मजान् ॥ ११ ॥
त्यतिबेलो उनी वायुको वेग जस्तै तीव्र गतिमा चल्ने रथमा सवार भएर अगाडि बढिरहेका थिए र उनको पछि पछि गंगा नदी बाटोमा रहेका देशहरूलाई शुद्ध गर्दै उनको पछाडि दौडिरहेको रहेकी थिइन । यसरी गंगासागरको संगममा पुगेर सागरका जलेका छोराहरूलाई आफ्नो जलमा डुबाइदिनुभयो ।।११।।
यज्जलस्पर्शमात्रेण ब्रह्मदण्डहता अपि ।
सगरात्मजा दिवं जग्मुः केवलं देहभस्मभिः ॥ १२ ॥
यद्यपि ब्राह्मणको तिरस्कारले सगरका छोराहरू जलेर खरानी भएका थिए उनीहरुको मुक्तिको उपाय अरु कुनै थिएन । तापनि गंगाजलको स्पर्शले तिनीहरू स्वर्ग गए ।।१२।।
भस्मीभूताङ्गसंगेन स्वर्याताः सगरात्मजाः ।
किं पुनः श्रद्धया देवीं सेवन्ते ये धृतव्रताः ॥ १३ ॥
परीक्षित ! जब गंगाजलको स्पर्शले सगरपुत्रहरूले स्वर्ग प्राप्त गरे भने, जसले नियम पालन गरेर भक्तिपूर्वक श्रीगंगाजीको सेवा गर्छ भने उसलाई के नै भन्नु छ र ।।१३।।
न ह्येतत् परमाश्चर्यं स्वर्धुन्या यदिहोदितम् ।
अनन्तचरणाम्भोजप्रसूताया भवच्छिदः ॥ १४ ॥
गंगाजीको महिमाको बारेमा मैले जे भनें त्यसमा अचम्मको कुरा छैन किनकि गंगा भगवानका ती चरणबाट निस्केकी हुन जसको भक्तिभावले चिन्तन गर्दै ठुला ठुला ऋषिमुनिहरु पवित्र हुन्द्धन र तीनै गुणका बन्धनलाई काटेर तुरुन्तै भगवत्स्वरुप बन्दछन् । भनेपछि गंगाजीले संसारको बन्धन काट्छिन् भन्नेमा भन्नेमा ठूलो कुरा के नै हो र ? ।।१४–१५।।
सन्निवेश्य मनो यस्मिञ्छ्रद्धया मुनयोऽमलाः ।
त्रैगुण्यं दुस्त्यजं हित्वा सद्यो यातास्तदात्मताम् ॥ १५ ॥
श्रुतो भगीरथाज्जज्ञे तस्य नाभोऽपरोऽभवत् ।
सिन्धुद्वीपस्ततस्तस्मादयुतायुस्ततोऽभवत् ॥ १६ ॥
ऋतुपर्णो नलसखो योऽश्वविद्यामयान्नलात् ।
दत्त्वाक्षहृदयं चास्मै सर्वकामस्तु तत्सुतः ॥ १७ ॥
भगीरथका छोरा श्रुत थिए, श्रुतको नाभ माथि उल्लेखित नाभ भन्दा फरक छ । नाभका छोरा सिन्धुद्वीप र सिन्धुद्वीपका आयुतायु थिए । आयुतायुको छोराको नाम ऋतुपर्ण थियो, उनी नलका मित्र थिए । उनले नललाई पासा खेल्ने कलाको रहस्य सुनाएका थिए र बदलामा उनीबाट अश्वविद्या सिकेका थिए । ऋतुपर्णका छोराले सर्वकाम थिए ।।१६–१७।।
ततः सुदासस्तत्पुत्रो मदयन्तीपतिर्नृपः ।
आहुर्मित्रसहं यं वै कल्माषाङ्घ्रिमुत क्वचित् ।
वसिष्ठशापाद्रक्षोऽभूदनपत्यः स्वकर्मणा ॥ १८ ॥
परीक्षित ! सर्वकामका छोराको नाम सुदास, सुदासका छोराको नाम सौदास र सौदासकी पत्नीको नाम मदयन्ती थियो । कतिपयले सौदासालाई मित्रसह भनेका छन् भने कतिपय ठाउँमा कल्माषपाद पनि भनिएको छ । उनी वशिष्ठको श्रापका कारण दानव बने र आफ्नो कर्मका कारण निसन्तान भए ।।१८।।
श्रीराजोवाच ।
किं निमित्तो गुरोः शापः सौदासस्य महात्मनः ।
एतद् वेदितुमिच्छामः कथ्यतां न रहो यदि ॥ १९ ॥
राजा परीक्षितले सोधे– प्रभु ! म यो जान्न चाहन्छु कि किन गुरु वसिष्ठजीले महात्मा सौदासलाई किन श्राप दिए । यदि कुनै गोपनीय कुरा छैन भने, कृपया भन्नुहोस् ।।१९।।
श्रीशुक उवाच ।
सौदासो मृगयां किञ्चिच्चरन् रक्षो जघान ह ।
मुमोच भ्रातरं सोऽथ गतः प्रतिचिकीर्षया ॥ २० ॥
सञ्चिन्तयन्नघं राज्ञः सूदरूपधरो गृहे ।
गुरवे भोक्तुकामाय पक्त्वा निन्ये नरामिषम् ॥ २१ ॥
श्रीशुकदेवजीले भन्नुभयो– परीक्षित ! एक पटक राजा सौदास शिकार खेल्न गएका थिए । त्यहाँ उनले मृगरुप लिएर डुलिरहेका रहेका दुई राक्षस मध्दे जेठोलाई मारेर उसको भाइलाई चाहीं मुक्त गरे । तर त्यो राक्षसले राजाको यो कार्यलाई अन्याय मानेर भाईको मृत्युको बदला लिन उनी भान्छेको भेषमा उनको घर गए । एक दिन जब गुरु वशिष्ठजी राजाको घरमा खानाको लागि आउनुभयो, उहाँले मानिसको मासु पकाएर भोजनमा संगै राखिदियो।।२०–२१।।
परिवेक्ष्यमाणं भगवान् विलोक्याभक्ष्यमञ्जसा ।
राजानमशपत् क्रुद्धो रक्षो ह्येवं भविष्यसि ॥ २२ ॥
यता वसिष्ठजीले भोजन पूर्णतया अखाद्य छ, भएको थाहापाएर उहाँ रिसाउँदै राजालाई श्राप दिदैं भन्नुभयो कि यो कामका कारण तिमी राक्षस बन्नेछौ ।।२२।।
रक्षःकृतं तद्विदित्वा चक्रे द्वादशवार्षिकम् ।
सोऽप्यपोऽञ्जलिनाऽऽदाय गुरुं शप्तुं समुद्यतः ॥ २३ ॥
जब उनले यो काम राजाको नभई राक्षसको हो भन्ने थाहा पाए तब त्यो श्राप बाह्र वर्षसम्मको लागि गरिदिए । त्यसबेला राजा सौदास पनि हातमा पानी लिएर गुरु वशिष्ठलाई श्राप दिन तयार भए ।।२३।।
वारितो मदयन्त्यापो रुशतीः पादयोर्जहौ ।
दिशः खमवनीं सर्वं पश्यञ्जीवमयं नृपः ॥ २४ ॥
तव वशिष्ठकी पत्नी मदयन्तीले यस्तो काम गर्नबाट रोकिन । त्यतिबेला सौदासले बिचार गरे, यी दिशाहरु आकाश पृथ्वी सबै जीवमय छन् भने म यो जल कहाँ छोडौं । आखिर उनले त्यो जललाई आफ्नो खुट्टमा छोडे त्यसैले पत्नीको कुरा मानेकोले उनको नाम मित्र सह भयो ।।२४।।
राक्षसं भावमापन्नः पादे कल्माषतां गतः ।
व्यवायकाले ददृशे वनौकोदम्पती द्विजौ ॥ २५ ॥
त्यस जलले उनको खुट्टा कालो भएको थियो त्यसैले उनको नाम कल्माषपाद हुनगयो । अब ती कल्माषपाद राजा राक्षस भएका थिए एकदिन ती कल्माषपाद वनामा रहेका बखतमा एक ब्राह्मण दम्पत्तिलाई सहवास गर्न लागेको देखे ।।२५।।
क्षुधार्तो जगृहे विप्रं तत्पत्न्याौहाकृतार्थवत् ।
न भवान् राक्षसः साक्षादिक्ष्वाकूणां महारथः ॥ २६ ॥
मदयन्त्याः पतिर्वीर नाधर्मं कर्तुमर्हसि ।
देहि मेऽपत्यकामाया अकृतार्थं पतिं द्विजम् ॥ २७ ॥
त्यतिबेला कल्माषपादलाई भोक लागेकोले ती ब्राह्मणलाई समाते । ब्राह्मण पत्नीको कामना पनि पुरा हुन पाएको थिएन । त्यसैले उनले भनिन् हे राजन ! तपाई राक्षस होइन । तपाई मदयन्ति पति र इक्ष्वाकु वंशका वीर महारथी हुनुहुन्छ । तपाईले यस्तो अधर्ममय काम गर्नु हुदैन । मलाई सन्तानको इच्छा छ र यी ब्राह्मणको पनि कामना पुरा भएको छैन । त्यसैले मेरा पतिलाई फिर्ता दिनुहोस् ।।२६–२७।।
देहोऽयं मानुषो राजन् पुरुषस्याखिलार्थदः ।
तस्मादस्य वधो वीर सर्वार्थवध उच्यते ॥ २८ ॥
हे राजन ! यो मनुष्य शरीरले धर्म अर्थ काम र मोक्षलाई प्राप्त गराउँछ त्यसैले हे वीर यो शरीरलाई नष्ट गर्नु भनेको सबै पुरुषार्थलाई नष्ट गर्नु हो ।।२८।।
एष हि ब्राह्मणो विद्वांस्तपःशीलगुणान्वितः ।
आरिराधयिषुर्ब्रह्म महापुरुषसंज्ञितम् ।
सर्वभूतात्मभावेन भूतेष्वन्तर्हितं गुणैः ॥ २९ ॥
फेरी यी ब्राह्मण धेरै विद्वान, तपस्यावान् र धेरै गुणले सम्पन्न छन् । उनी उनै पुरुषोत्तम परब्रह्मको आराधना गर्न चाहान्छन् । जुन सबै पदार्थमा रहेर पनि फरकरुपमा रहेका हुन्छन् ।।२९।।
सोऽयं ब्रह्मर्षिवर्यस्ते राजर्षिप्रवराद् विभो ।
कथमर्हति धर्मज्ञ वधं पितुरिवात्मजः ॥ ३० ॥
राजन ! तपाई शक्तिशाली हुनुहुन्छ । तपाई धर्मको मर्मका बारेमा पनि धेरै जान्नुहुन्छ । जसरी पिताको हातबाट पुत्रको मृत्यु उचित हुदैन त्यसरी नै तपाई जस्तो सर्वश्रेष्ठ राजर्षिको हातबाट मेरा श्रेष्ठ ब्रह्मर्षि पतिको बध गर्नु कुनै प्रकारले पनि उचित हुदैन ।।३०।।
तस्य साधोरपापस्य भ्रूणस्य ब्रह्मवादिनः ।
कथं वधं यथा बभ्रोर्मन्यते सन्मतो भवान् ॥ ३१ ॥
सन्त समाजमा तपाईको ठुलो सम्मान छ । तपाईले मेरा निरापराध श्रोत्रिय र ब्रह्मवादि पतिको बधलाई कसरी ठिन मान्नुहुन्छ यी त गाई समान निरीह छन् ।।३१।।
यद्ययं क्रियते भक्षस्तर्हि मां खाद पूर्वतः ।
न जीविष्ये विना येन क्षणं च मृतकं यथा ॥ ३२ ॥
यदि तपाई यिनलाई खान नै चाहानुहुन्छ भने पहिले मलाई खानुहोस किनकि म पति बिना एकक्षण पनि बाँच्न सक्तिन ।।३२।।
एवं करुणभाषिण्या विलपन्त्या अनाथवत् ।
व्याघ्रः पशुमिवाखादत् सौदासः शापमोहितः ॥ ३३ ॥
यस्तो कुरा गरेर ती ब्राह्मणकी पत्नी अनाथ जस्तै भएर रुन लालिन् । तर श्रापले मोहित भएको त्यो सौदासले प्रार्थना तिर कुनै ध्यान दिएन र बाघले कुनै पशुलाई झम्टे जसरी झम्टेर खाइदियो ।।३३।।
ब्राह्मणी वीक्ष्य दिधिषुं पुरुषादेन भक्षितम् ।
शोचन्त्यात्मानमुर्वीशमशपत् कुपिता सती ॥ ३४ ॥
जब ब्राह्मणीले गर्भाधानका लागि उद्यत आफ्ना पतिलाई त्यस राक्षसले खाएको देखिन त्यसपछि उनलाई धेरै शोक भयो अनि ती सति ब्राह्मणीले राजालाई श्राप दिइन ।।३४।।
यस्मान्मे भक्षितः पाप कामार्तायाः पतिस्त्वया ।
तवापि मृत्युराधानादकृतप्रज्ञ दर्शितः ॥ ३५ ॥
हे पापी म अहिले कामले पिडीत भएको थिएं यस्तो अवस्थामा तैले मेरो पतिलाई खाइस त्यसैले तैंले पनि स्त्रीसंग सहवास गरिस भने तेरो मृत्यु हुनेछ यो कुरा मैले तलाई सुझाव दिएको हुँ ।।३५।।
एवं मित्रसहं शप्त्वा पतिलोकपरायणा ।
तदस्थीनि समिद्धेऽग्नौ प्रास्य भर्तुर्गतिं गता ॥ ३६ ॥
यसप्रकार मित्र सहलाई श्राप दिएर ब्राह्म्णी पनि आफ्ना पतिको खरानीलाई बल्दो चितामा हालेर सती भइन् र पतिदेवले पाएको अवस्था प्राप्त गरिन् । उनी आफ्नो पति छाडेर अरु कुनै लोकमा जान चाहान्नथिन् ।।३६।।
विशापो द्वादशाब्दान्ते मैथुनाय समुद्यतः ।
विज्ञाय ब्राह्मणीशापं महिष्या स निवारितः ॥ ३७ ॥
बाह्र वर्षपछि राजा सौदास श्रापबाट मुक्त भए । जब उनी सहवासका लागि आफ्नी पत्नीसंग गए, तव उनलाई रानीले रोकिन्, किनभने उसलाई ब्राह्मणीको श्रापको बारेमा थाहा थियो ।।३७।।
अत ऊर्ध्वं स तत्याज स्त्रीसुखं कर्मणाप्रजाः ।
वसिष्ठस्तदनुज्ञातो मदयन्त्यां प्रजामधात् ॥ ३८ ॥
त्यसपछि उनले स्त्री सुखलाई पूर्णरुपमा त्यागिदिए । यसरी उनको कर्मको फलस्वरूप, उनी सन्तान विहीन भए । त्यसपछि राजाको सहमतिमा वसिष्ठले मदयन्तीलाई गर्भधारण गराए ।।३८।।
सा वै सप्त समा गर्भमबिभ्रन्न व्यजायत ।
जघ्नेऽश्मनोदरं तस्याः सोऽश्मकस्तेन कथ्यते ॥ ३९ ॥
मदयन्ती सात वर्षसम्म गर्भवती भइन्, तर बच्चा जन्मिएन त्यसपछि वशिष्ठजीले पेटमा ढुङ्गाले हिर्काए यसबाट एक बालक जन्मियो बच्चालाई ’अश्मक’ भनिन्छ किनभने ऊ (अस्म) ढुङ्गाको चोटले जन्मिएको थियो ।।३९।।
अश्मकान्मूलको जज्ञे यः स्त्रीभिः परिरक्षितः ।
नारीकवच इत्युक्तो निःक्षत्रे मूलकोऽभवत् ॥ ४० ॥
अस्मकबाट मूलकको जन्मेका थिए परशुरामजीले पृथ्वीलाई क्षत्रियरहित बनाउँदै गर्दा नारीहरूले उनलाई लुकाएर राखेका थिए । यसै कारणले यसलाई ‘नारिकवच’ नाम पनि प्राप्त भएको थियो । उहाँलाई मूलक यसकारण भनिन्छ कि जब पृथ्वी क्षत्रियहरू रहित भयो, उनी त्यस वंशका मूल प्रवर्तक भए ।।४०।।
ततो दशरथस्तस्मात् पुत्र ऐडविडस्ततः ।
राजा विश्वसहो यस्य खट्वांगश्चक्रवर्त्यभूत् ॥ ४१ ॥
मूलकका छोराहरू दशरथ, दशरथका एडविड र एडविडका राजा विश्वसह भए । विशसहका छोरा चक्रवर्ती सम्राट खट्वांग भए ।।४१।।
यो देवैरर्थितो दैत्यान् अवधीद् युधि दुर्जयः ।
मुहूर्तमायुर्ज्ञात्वैत्य स्वपुरं सन्दधे मनः ॥ ४२ ॥
युद्धमा उनलाई कसैले जित्न सक्तैन थे । उनले देवताहरुको प्रार्थनाले दैत्यलाई मारेका थिए । जब उनले देवताहरुबाट आफ्नो आयु दुई घडि मात्र छ भन्ने थाहा, तब उनी आफ्नो राजधानी फर्किए र आफ्नो मन भगवानमा लगाए ।।४२।।
न मे ब्रह्मकुलात् प्राणाः कुलदैवान्न चात्मजाः ।
न श्रियो न मही राज्यं न दाराश्चातिवल्लभाः ॥ ४३ ॥
उनी मनमा सोच्न थाले कि मेरो कुलका इष्ट देवता ब्राह्मण हुन ! उनलाई भन्दा ठुलो प्रेम म मेरो प्राणलाई पनि गर्दिन । मेरो पत्नी, पुत्र, लक्ष्मी, राज्य र पृथ्वीलाई पनि म त्यतिबिधि प्रेम गर्दिन ।।४३।।
न बाल्येऽपि मतिर्मह्यमधर्मे रमते क्वचित् ।
नापश्यमुत्तमश्लोकादन्यत् किञ्चन वस्त्वहम् ॥ ४४ ॥
बाल्यकालमा पनि मेरो मन अधर्मतिर लागेन । मैले पवित्र कीर्ति भगवान बाहेक अरुमा मन लगाएको छैन ।।४४।।
देवैः कामवरो दत्तो मह्यं त्रिभुवनेश्वरैः ।
न वृणे तमहं कामं भूतभावनभावनः ॥ ४५ ॥
तीन लोकका स्वामीहरू देवताहरूले मलाई इच्छा अनुसारको वरदान लिन आग्रह गरे । तर मलाई ती सुखको चाहना थिएन किनकि म सबै प्राणीहरूका जीवनदाता श्रीहरिमा मग्न थिएँ ।।४५।।
ये विक्षिप्तेन्द्रियधियो देवास्ते स्वहृदि स्थितम् ।
न विन्दन्ति प्रियं शश्वदात्मानं किमुतापरे ॥ ४६ ॥
जुन देवताको इन्द्रिहरु मन र विषयमा भटकिरहेको हुन्छ उनीहरु सत्वगण प्रधान भएर पनि सदासर्वदा प्रियतमको रुपमा आफ्नो हृदयमा विराजमान हुने आत्मस्वरुप भगवान्लाई जान्दैनन् भने रजोगुणि र तमोगुणिले त झन कसरी थाहा पाउन सक्छन् ।।४६।।
अथेशमायारचितेषु संगं
गुणेषु गन्धर्वपुरोपमेषु ।
रूढं प्रकृत्यात्मनि विश्वकर्तु-
र्भावेन हित्वा तमहं प्रपद्ये ॥ ४७ ॥
त्यसैले अब म यस विषयमा रुचि राख्दिन यी त मायाका खेल हुन् । तिनीहरूको शक्ति आकाशमा मिथ्या देखिने गन्धर्व नगरहरू भन्दा बढेर अन्त छैन । यो त अज्ञानताले मनमा बढेको हो । जगतको सृष्टिकर्ता ईश्वरको भावनामा लीन भएर म सबै विषयलाई छोडेर केवल वहाँकै शरण लिइरहेको छु ।।४७।।
इति व्यवसितो बुद्ध्या नारायणगृहीतया ।
हित्वान्यभावमज्ञानं ततः स्वं भावमास्थितः ॥ ४८ ॥
परीक्षित ! राजा खटवांगको बुद्धिलाई भगवानले पहिले नै आफूतर्फ आकर्षित गराउनु भएको थियो । यही कारणले उनीहरूले अन्तमा यस्तो निर्णय लिन सकुन । अब उनले देहादि अनात्म पदार्थमा अज्ञान मुलकरुपमा रहेको आत्मभावलाई त्यागिदिए र आफ्नो वास्तविक आत्मस्वरुपमा स्थीर भए ।।४८।।
यत् तद् ब्रह्म परं सूक्ष्ममशून्यं शून्यकल्पितम् ।
भगवान् वासुदेवेति यं गृणन्ति हि सात्वताः ॥ ४९ ॥
त्यो स्वरुप साक्षत परब्रह्म हो, त्यो सूक्ष्म भन्दा पनि सूक्ष्म सून्य बराबर छ तर पनि त्यो सून्य होइन परम सत्य हो भक्तहरु त्यही वस्तुको नाम वासुदेव हो भनेर वर्णन गर्दछन् ।।४९।।
इति श्रीमद्भाकगवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे नवमोऽध्यायः ॥ ९ ॥