#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – षोडशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – षोडशोऽध्यायः



राजोवाच –
उक्तस्त्वया भूमण्डलायामविशेषो यावदादित्यस्तपति यत्र चासौ ज्योतिषां गणैश्चन्द्रमा वा सहदृश्यते ॥ १ ॥
 
राजा परीक्षितले भने–
मुनिवर ! जहाँसम्म सूर्यको प्रकास हुन्छ र जहाँसम्म तारागण सहित चन्ददेव देखिन्छन त्यहासम्म भूमण्डलको विस्तार भएको कुरा मलाई बताउनु भयो ।।१।।

तत्रापि प्रियव्रतरथचरणपरिखातैः सप्तभिः सप्त सिन्धव उपकॢप्ता यत एतस्याः सप्तद्वीप विशेषविकल्पस्त्वया भगवन् खलु सूचित एतदेवाखिलमहं मानतो लक्षणतश्च सर्वं विजिज्ञासामि ॥ २ ॥ 

तपाईले यो पनि बताउनुभयो कि राजा प्रियव्रतको रथको पांग्राबाट सातलोक र सात समुद्र बनेको थियो, जसको कारण यस भूमण्डलमा सात द्विपमा विभाग भयो । त्यसैले भगवन् ! अब म यी सबैको परिमाण लक्षण सहित पूरा विवरण जान्न चहान्छु ।।२।।

भगवतो गुणमये स्थूलरूप आवेशितं मनो ह्यगुणेऽपि सूक्ष्मतम आत्मज्योतिषि परे ब्रह्मणि भगवति वासुदेवाख्ये क्षममावेशितुं तदु हैतद् गुरोऽर्हस्यनुवर्णयितुमिति ॥ ३ ॥ 

किनकि जसको यस गुुणमय भगवान्को स्थूल विग्रहमा लागेको मन उहाँ वासुदेवसंज्ञक स्वयंप्रकाश निगूण ब्रम्हरूप सूक्षतम स्वरुपमा पनि लाग्न सक्छ । त्यसैले हे गुरु ! यस विभागको विस्तृतरुपले वर्णन गर्ने कृपा गनुएहोस ।।३।।

ऋषिरुवाच 
न वै महाराज भगवतो मायागुणविभूतेः काष्ठां मनसा वचसा वाधिगन्तुमलं विबुधायुषापि पुरुषस्तस्मात्प्राधान्येनैव भूगोलकविशेषं नामरूपमानलक्षणतो व्याख्यास्यामः ॥ ४ ॥
 
शुकदेवजीले भन्नुभयो–
महाराज ! भगवान्को मायाको गुणको यति विस्तार छ कि कुनै मानिसले देवताको समान आयु पायो भने पनि मन वा वाणीले यसको अन्त पाउँन र वर्णन गर्न सक्तैन । यसैले उहि नाम, रुप, परिमाण र लक्षण द्वारा मुख्य मुख्य कुरालाई लिएर यस भूमडलको विशेषताको वर्णन गर्दछु ।।४।।

यो वायं द्वीपः कुवलयकमलकोशाभ्यन्तरकोशो नियुतयोजनविशालः समवर्तुलो यथा पुष्करपत्रम् ॥ ५ ॥ 

यो कमलको फूल समान गोलाकार भएको पृथ्वीको यो जम्मुद्वीप जसमा हामी बसेका छौं यसै भूमण्डलरूप कमलको कोशरूप सात द्वीपको यो जबमुद्वीप हो, यो सबैभन्दा भित्रको कोष हो । यसको विस्तार एक लाख योजन छ ।।५।।

यस्मिन्नव वर्षाणि नवयोजनसहस्रायामान्यष्टभिर्मर्यादागिरिभिः सुविभक्तानि भवन्ति ॥ ६ ॥ 

यसमा नौ नौहजार योजन विस्तार भएको नौ वर्ष छ । यस्को सीमाहरूलाई छुट्याउन आठ पर्वतले बेग्लै बेग्लै गरि छुट्याएको छ  ।।६।।

एषां मध्ये इलावृतं नामाभ्यन्तरवर्षं यस्य नाभ्यामवस्थितः सर्वतः सौवर्णः कुलगिरिराजो मेरुर्द्वीपायामसमुन्नाहः कर्णिकाभूतः कुवलयकमलस्य मूर्धनि द्वात्रिंशत्सहस्रयोजनविततो मूले षोडशसहस्रं तावतान्तर्भूम्यां प्रविष्टः ॥ ७ ॥ 

यसको विचमा इलावृत नामको खण्ड छ जसको माझमा कुलपर्वतका राजा भेरुपर्वत छ । त्यो पर्वत भूमण्डल कमलको कर्णिका समान छ । त्यो माथि देखि तलसम्म सबै सुवर्णमय छ र एकलाख योजन अग्लो छ । त्यसको विस्तार टुप्पामा बत्तीस हजार र फेदमा मा सोह्र हजार योजन छ । त्यो सोह्र हजार योजन पनि जमिनको भित्र घुसेको छ । त्यस्तै पृथ्वी बाहिर पनि यसको चौरासि हजार योजन छ ।।७।।

उत्तरोत्तरेणेलावृतं नीलः श्वेतः मृङ्गवानिति त्रयो रम्यकहिरण्मयकुरूणां वर्षाणां मर्यादागिरयः प्रागायता उभयतः क्षारोदावधयो द्विसहस्रपृथव एकैकशः पूर्वस्मात्पूर्वस्मादुत्तर उत्तरो दशांशाधिकांशेन दैर्घ्य एव ह्रसन्ति ॥ ८ ॥ 

इलावृत वर्षको उत्तरमा क्रमशः नील, श्वेत, र शृङ्गवान् नामको तीन पर्वत छन । जुन रम्यक, हिरण्मय र कुरु नामको खण्डको सीमालाई बाँध्दछ । त्यसको पूर्व देखि पश्चिम सम्म क्षार समुद्र सम्म फैलिएको छ । जसमा प्रत्येकको चौंडाई दुईहजार योजन छ तथा लाम्बाईमा पहिलाको भन्दा क्रमशः दशमांश भन्दा केहि कम छ र चौंडाइ र उचाइमा सबै बराबर छन ।।८।।

एवं दक्षिणेनेलावृतं निषधो हेमकूटो हिमालय इति प्रागायता यथा नीलादयोऽयुतयोजनोत्सेधा हरिवर्षकिम्पुरुषभारतानां यथासंख्यम् ॥ ९ ॥ 

यस प्रकार इलावृतको दक्षिणतिर एकको पछि अर्को गरि निषध, हेमकूट र हिमालय नामका तीन पर्वत छन । नीलादि पर्वतको झैं यो पनि पूर्व पश्चिमतीर फैलिएको छ । र दसहजार योजन अग्ला छन् । यसबाट क्रमशः हरिवर्ष, किम्पुरुष र भारतवर्षको सीमाको विभाग हुन्छ ।।९।।

तथैवेलावृतमपरेण पूर्वेण च माल्यवद्‌ गन्धमादनावानीलनिषधायतौ द्विसहस्रं पप्रथतुः केतुमालभद्राश्वयोः सीमानं विदधाते ॥ १० ॥ 

इलावृतको पूर्व र पश्चिमको र उत्तरमा नील पवर्त र दक्षिणमा निषध पर्वत सम्म फैलिएको गन्धमादन र माल्यवान् नामका दुई पर्वत छन् यीनको चौंडाई दुइ दुई हजार योजन छ । यसले भद्राश्व एवं केतुमाल नामको दुई खण्डको सीमा निश्चित गर्दछन ।।१०।।

मन्दरो मेरुमन्दरः सुपार्श्वः कुमुद इत्ययुतयोजनविस्तारोन्नाहा मेरोक्षतुर्दिशम्अवष्टम्भगिरय उपकॢप्ताः ॥ ११ ॥ 

यो बाहेक मन्दर, मेरुमन्दर, सुपाश्र्व र कुमुद यी चार दस दसहजार योजन माथि र त्यति नै चौंडा छन । यी चारैतिर ठुटो जस्ता छन ।।११।। 
                              
चतुर्ष्वेतेषु चूतजम्बूकदम्बन्यग्रोधाश्चत्वारः पादपप्रवराः पर्वतकेतव इवाधिसहस्रयोजनोन्नाहास्तावद्विटपविततयः शतयोजनपरिणाहाः ॥ १२ ॥ 

यसमा चारै पर्वतको माथि ध्वजाको समान क्रमशः आप, जामुन, कदम्ब र बरका रुख छन । यी प्रत्तेक रुख एघार सया योजन अग्ला छन र त्यति नै यसका हाँगाहरूको फैलिएका छन । यसको मोेटाई सय सय योजन छ ।।१२।। 
                
ह्रदाश्चत्वारः पयोमध्विक्षुरसमृष्टजला यदुपस्पर्शिन उपदेवगणा योगैश्वर्याणि स्वाभाविकानिभरतर्षभ धारयन्ति ॥ १३ ॥ 

भरतश्रेष्ठ ! यस पर्वतमा चार सरोवर पनि छ । जसमा क्रमशः दूध, मह, उखुको रस र शुद्ध जलले भरिएको छ । यसमा स्नान गर्ने यक्ष र किन्नरादि उपदेवहरू स्वभावले पनि योगसिद्धि प्राप्त गर्दछन ।।१३।।

देवोद्यानानि च भवन्ति चत्वारि नन्दनं चैत्ररथं वैभ्राजकं सर्वतोभद्रमिति ॥ १४ ॥ 

यस पर्वतमा क्रमशः नन्दन, चैत्ररथ, वैभ्राजक र सर्वतोभद्र नामका चार दिव्य उपवन पनि छन ।।१४।।

येष्वमरपरिवृढाः सह सुरललनाललामयूथपतय उपदेवगणैरुपगीयमानमहिमानः किल विहरन्ति ॥ १५ ॥ 

प्रधान प्रधान देवताहरू अनेक सुरासुन्दरीको नायक बनेर यी बगैचामा विहार गर्दछन । त्यससमय गन्धर्वादि उपदेवतााहरू यिनको महिमाको वखान गर्दछन ।।१५।।

मन्दरोत्सङ्ग एकादशशतयोजनोत्तुङ्गदेवचूतशिरसो गिरिशिखरस्थूलानि फलान्यमृतकल्पानि पतन्ति ॥ १६ ॥ 

मन्दराचलको शिखरमा एघार सय योजन माथि आँपको रुख छ  त्यसबाट पर्वतको शिखर समान ठुलाठुला र अमृत समान स्वादिष्ट फल खस्दछन ।।१६।।


तेषां विशीर्यमाणानामतिमधुरसुरभिसुगन्धिबहुलारुणरसोदेनारुणोदा नाम नदी मन्दरगिरि शिखरान्निपतन्ती पूर्वेणेलावृतमुपप्लावयति ॥ १७ ॥ 

ती फलहरू खसेपछि त्यसबाट सुगन्धित र मिठो राता राता रस बग्दछन र त्यहि रसनै अरुणोदा नदीमा परिणत हुन्छ । यो नदी मन्दराचलको शिखरबाट झरेको जल इलावृत भागको पूर्वी भाग सम्म बग्दछ ।।१७।।

यदुपजोषणाद्‌भवान्याअनुचरीणां पुण्यजनवधूनामवयवस्पर्शगन्धवातो दशयोजनं समन्तादनुवासयति ॥ १८ ॥ 

पार्वतीजका अनुचरी यक्षपत्नीहरू यस जलको सेवन गर्दछन । जसले गर्दा उनीहरूको शरीरबाट सुगन्धित वासना निक्लिन्छ । त्यस नदीबाट स्पर्श गरेर वग्ने हावाले चारैतिर सुगन्ध फैलाउँदछ ।।१८।।

एवं जम्बूफलानामत्युच्चनिपातविशीर्णानाम् अनस्थिप्रायाणामिभकायनिभानां रसेन जम्बू नाम 
नदी मेरुमन्दरशिखरादयुतयोजनादवनितले निपतन्ती दक्षिणेनात्मानं यावदिलावृतमुपस्यन्दयति ॥ १९ ॥ 

यसै गरि जामुनको रुखबाट हाथी जत्रा ठुला कुनै गेडा नभएका फल खस्दछन । धेरै माथिबाट खस्नाले ती फुट्दछन । त्यसैको रस बाट जम्बु नदी प्रकट हुन्छिन । जुन मेरु पर्वतको दस हजार माथि शिखरबाट झरेर इलावृतको दक्षिण भू भाग सम्म बग्दछिन ।।१९।।

तावदुभयोरपि रोधसोर्या मृत्तिका तद्रसेनानुविध्यमाना वाय्वर्कसंयोगविपाकेन सदामरलोकाभरणं जाम्बूनदं नाम सुवर्णं भवति ॥ २० ॥ 

त्यस नदीको दुवै किनारको माटो त्यो रसमा भिजेर हावा र सूर्यको संयोगले सुक्तछ अनि त्यहि लोकलाई विभुषित गर्ने जाम्बुनद नामको सुन बन्दछ ।।२०।।

यदु ह वाव विबुधादयः सह युवतिभिर्मुकुटकटककटिसूत्राद्याभरणरूपेण खलु धारयन्ति ॥ २१ ॥ 

देवता र गन्धर्वादिहरू आफ्ना तरुणी स्त्रीहरू सहित यस सुनको मुकुट, कङ्कण, र करधनी आदि गहना बनाएर पहिरिन्छन ।।२१।।

यस्तु महाकदम्बः सुपार्श्वनिरूढो यास्तस्य कोटरेभ्यो विनिःसृताः पञ्चायामपरिणाहाः पञ्च मधुधाराः सुपार्श्वशिखरात्पतन्त्योऽपरेणात्मानमिलावृतमनुमोदयन्ति ॥ २२ ॥ 

सुपाश्र्व पर्वतमा जुन विशाल कदमको रुख छ  त्यसको टेड्काबाट महका पाँचवटा धाराहरू निस्कन्छन, यी धाराको मोटाई पाँच आयाम जति छ यो सुपाश्र्वको शिखरबाट झरेर इलावृत खण्डको पश्चिमी भागमा आफ्नो सुगन्धले सुवसित गर्दछ ।।२२।।

या ह्युपयुञ्जानानां मुखनिर्वासितो वायुः समन्ताच्छतयोजनमनुवासयति ॥ २३ ॥ 

जसले यसको मधुपान गर्दछ उसको मुखबाट निक्लेको हावाले चारैतिर सय सय योजन सम्म सुगन्ध फैलाउँदछ ।।२३।।

एवं कुमुदनिरूढो यः शतवल्शोनाम वटस्तस्य स्कन्धेभ्यो नीचीनाः पयोदधिमधुघृतगुडान्नाद्यम्बरशय्यासनाभरणादयः सर्व एव कामदुघा नदाः कुमुदाग्रात्पतन्तस्तमुत्तरेणेलावृतमुपयोजयन्ति ॥ २४ ॥ 

यस प्रकार कुमुद पर्वत जहाँ शतवल्श नामको वरको रुख छ । त्यसको हाँगाहरूबाट तलतिर बग्ने अनेक नदिहरू निस्कन्छन । ती सबैले इच्छा अनुसार भोग दिन्छन । जस हाँगा बाट तल दूध, दही, मह, घीउ, गुड, अन्न, वश्त्र, शैया, आशन र आभुषणादि सबै वस्तु मिल्द छ । यी सबै कुमुदको शिखरबाट झरेर इलावृतको उत्तरी भागमा बग्दछिन ।।२४।। 

यानुपजुषाणानां न कदाचिदपि प्रजानां वलीपलितक्लमस्वेददौर्गन्ध्यजरामयमृत्युशीतोष्णवैवर्ण्योपसर्गादयस्तापविशेषा भवन्ति यावज्जीवं सुखं निरतिशयमेव ॥ २५ ॥ 

यी नदिले दिएको पदार्थको यपभोग गर्नाले त्यहाका प्रजाहरूको अनुहारमा चाउरी पनर्,े केश पाक्ने, थकाई लाग्ने, दुर्गन्ध, बुड्याई, रोग, मृत्यु, सर्दी गर्मी आदिले सताउदैन र उनीहरूलाई जीवनभर सुख मिल्दछ ।।२५।।

कुरङ्गकुररकुसुम्भवैकङ्कत्रिकूटशिशिरपतङ्गरुचकनिषधशिनीवासकपिलशङ्खवैदूर्यजारुधिहंसर्षभनागकालञ्जरनारदादयो विंशतिगिरयो मेरोः कर्णिकाया इव केसरभूता मूलदेशे परित उपकॢप्ताः ॥ २६ ॥
 
राजन् ! कमलको कर्णिकाको चारैतिर केसर जस्तै मेरुको फेदको चारैतिर कुरङ्ग, मुरर, कुसुम्भ, वैकङ्क, त्रिकुट, शिशिर, पतङ्ग, रुचक, निषध, शिनीवास, कपिल, शंख, वैदूर्य, जारुधि, हंस, ऋषभ, नाग, कालंजर र नारद आदि वीस पर्वत पनि छन ।।२६।।

जठरदेवकूटौ मेरुं पूर्वेणाष्टादशयोजनसहस्रमुदगायतौ द्विसहस्रं पृथुतुङ्गौ भवतः एवमपरेण पवनपारियात्रौ दक्षिणेन कैलासकरवीरौ प्रागायतावेवमुत्तरतस्त्रिशृङ्गमकरावष्टभिरेतैः परिस्तृतोऽग्निरिव परितक्षकास्ति काञ्चनगिरिः ॥ २७ ॥ 

यो बाहेक मेरुको पूर्वतिर जठर र देवकुट नामका दुई पर्वत छन । जुन अठार अठार हजार योजन लामो तथा दुई दुई हजार योजन चौडा र उचा छ । यस प्रकार पश्चिमपट्टि पवन र परियात्र, दक्षिणपट्टि कैलास र करवीर तथा उत्तरपट्टि त्रिशृङ्ग र मकर नामका दुई पर्वत छन । यी आठ पहाडले चारैतिर घेरिएको सुवर्णगिरि मेरु अग्निको समान प्रकासमान भएर देखिन्छिन ।।२७।।

मेरोर्मूर्धनि भगवत आत्मयोनेर्मध्यत उपकॢप्तां पुरीमयुतयोजनसाहस्रीं समचतुरस्रां शातकौम्भीं वदन्ति ॥ २८ ॥ 

मेरुको पर्वतको माझमा भगवान् ब्रम्हाजीको सुवर्णले बनेको पुरी छ जुन आकारमा कारोड योजन विस्तारकोे छ भनि भन्दछन ।।२८।।

तामनु परितो लोकपालानामष्टानां यथादिशं यथारूपं तुरीयमानेन पुरोऽष्टावुपवकॢप्ताः ॥ २९ ॥ 

त्यसको तल पूर्वादि आठ दिशा र उपदिशाहरूमा उनका अधिपति इन्द्रादि आठ लोकपालको आठ ओटा पुरी छ । त्यो आफ्ना मालिकलाई तोकिए बमोजिम तिनै तिनै दिशामा रहेको यो पुरी परिमाणमा ब्रम्हाजीको पुरीभन्दा चौथाई छ ।।२९।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे भुवनकोशवर्णनं नाम षोडशोऽध्यायः ॥ १६