श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः – शप्तदशोऽध्यायः
श्रीशुक उवाच –
(अनुष्टुप्)
यतश्चान्तर्हितोऽनन्तः तस्यै कृत्वा दिशे नमः ।
विद्याधरश्चित्रकेतुः चचार गगने चरः ॥ १ ॥
श्रीशुकदेवजीले भन्नुभयो–
परीक्षित् ! भगवान् सङ्कर्षण जुन दिशामा अन्तर्धान हुनुभएको थियो त्यहि दिशामा वहाँलाई नमस्कार गरेर विद्याधर चित्रकेतु, आकाश मार्गमा इच्छा अनुसार डुल्न लागे ।।१।।
स लक्षं वर्षलक्षाणां अव्याहतबलेन्द्रियः ।
स्तूयमानो महायोगी मुनिभिः सिद्धचारणैः ॥ २ ॥
कुलाचलेन्द्रद्रोणीषु नानासङ्कल्पसिद्धिषु ।
रेमे विद्याधरस्त्रीभिः गापयन् हरिमीश्वरम् ॥ ३ ॥
महायोगी चित्रकेतु करोडौं वर्षसम्म सबै प्रकारको सिद्धि प्राप्त हुने सुमेरु पर्वको फेदिमा विहार गरे । उनको शरीरको बल र इन्द्रियको शक्ति अक्षुण्य भएको थियो । उनी ठुलाठुला मुनि, सिद्ध, चारणहरू उनको स्तुति गर्दथे । उनको प्रेरणाले विद्याधरका स्त्रीहरू उनको नजिक सर्वशक्तिमान भगवान्को गुण र लीलाहरूको गान गर्दथे ।।२।३।।
एकदा स विमानेन विष्णुदत्तेन भास्वता ।
गिरिशं ददृशे गच्छन् परीतं सिद्धचारणैः ॥ ४ ॥
आलिङ्ग्याङ्कीकृतां देवीं बाहुना मुनिसंसदि ।
उवाच देव्याः श्रृण्वन्त्या जहासोच्चैस्तदन्तिके ॥ ५ ॥
एकदिन चित्रकेतु भगवान्ले दिएको तेजोमय विमानमा सबार भएर कतै जाँदै थिए । त्यसै समयमा भगवान् शङ्कर ठुला ठुला मुनिहरूको सभामा सिद्ध चरणको विचमा बस्नु भएको थियो वहाले भगवती पार्वतीलाई काखमा राखेर हात अंगालोमा राख्नु भएको देखे । यो देखेर चित्रकेतु विमानबाटै उहाँको नजिक गए र भगवती पार्वतीलाई सुनाएर ठुलो स्वरले हाँस्तै भन्न लागे ।।४।५।।
चित्रकेतुरुवाच –
एष लोकगुरुः साक्षात् धर्मं वक्ता शरीरिणाम् ।
आस्ते मुख्यः सभायां वै मिथुनीभूय भार्यया ॥ ६ ॥
चित्रकेतुले भने अहो ! यिनी सारा जगतलाई धर्मको शिक्षा दिने र देहधारीहरूका गुरुदेव हुन । यिनी सबै प्राणीमा श्रेष्ठ हुन । यस्तो भएर पनि भारि सभाका विचमा यिनी आफ्नी स्त्रीलाई काखी च्यापेर बसेका छन ।।६।।
जटाधरस्तीव्रतपा ब्रह्मवादिसभापतिः ।
अङ्कीकृत्य स्त्रियं चास्ते गतह्रीः प्राकृतो यथा ॥ ७ ॥
यिनी जटाधारी, एवं धेरै ठुला तवस्वी एवं व्रम्हचारीहरूको सभापति भएर पनि साधारण पुरुषको समान निर्लज्जताले काखमा स्त्रीलाई राखेर बसेका छन ।।७।।
प्रायशः प्राकृताश्चापि स्त्रियं रहसि बिभ्रति ।
अयं महाव्रतधरो बिभर्ति सदसि स्त्रियम् ॥ ८ ॥
साधारण पुरुष पनि एकान्तमा नै स्त्रीका साथ उठबस गर्दछन, तर यी यति ठुला ब्रतधारी भएर पनि उनलाई भारी सभामा स्वास्नीलाई काखमा लिएर बसेका छन ।।८।।
श्रीशुक उवाच –
भगवानपि तच्छ्रुत्वा प्रहस्यागाधधीर्नृप ।
तूष्णीं बभूव सदसि सभ्याश्च तदनुव्रताः ॥ ९ ॥
इत्यतद्वीर्यविदुषि ब्रुवाणे बह्वशोभनम् ।
रुषाऽऽह देवी धृष्टाय निर्जितात्माभिमानिने ॥ १० ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
हे परीक्षित् ! भगवान् शङ्करको बुद्धि अघाध छ । चित्रकेतुको यस्तो कटाक्ष सुनेर वहाँ हास्नु भयो, केहिपनि बोल्नु भएन । त्यस सभामा रहेका वहाँका अनुयायीहरू मौन बसे । भगवान् शङ्करको प्रभाव चुत्रकेतुलाई थाहा थिएन । त्यसैले उनले वहाँलाई केहि राम्रो नराम्रो धेरै कुरा भने । उनलाई म जितेन्द्रिय हुँ भन्ने घमण्ड भएको थियो । पार्वतीले उसको यस्तो धृष्टता देखेर रिसाउँदै भन्नुभयो ।।९।१०।।
श्रीपार्वति उवाच –
अयं किमधुना लोके शास्ता दण्डधरः प्रभुः ।
अस्मद्विधानां दुष्टानां निर्लज्जानां च विप्रकृत् ॥ ११ ॥
पर्वतीले भन्नुभयो–
अहो ! हामी जस्ता दुष्ट र निलज्जहरूको का शासन शासनमा सुधार गरेर दण्ड दिने प्रभु अचेल संसार के यिनै हुन ।।११।।
(इंद्रवज्रा)
न वेद धर्मं किल पद्मयोनिः
न ब्रह्मपुत्रा भृगुनारदाद्याः ।
न वै कुमारः कपिलो मनुश्च
ये नो निषेधन्त्यतिवर्तिनं हरम् ॥ १२ ॥
ब्रम्हाजी, भृगु, नारद आदि उहाँका छोरा सनकादि परमर्षि, कपिलदेव र मनु आदि ठुला ठुला महापुरुषले धर्मको रहस्य जानेका रहेनछन । त्यसैले उनीहरू धर्ममर्यादाको उलंघन गर्नेलाई यस्तो काम गर्नबाट रोक्दैनन ।।१२।।
एषामनुध्येयपदाब्जयुग्मं
जगद्गुरुं मङ्गलमङ्गलं स्वयम् ।
यः क्षत्रबन्धुः परिभूय सूरीन्
प्रशास्ति धृष्टस्तदयं हि दण्ड्यः ॥ १३ ॥
जसको चरणकमलको ब्रम्हा आदि समस्त महापुरुषहरू ध्यान गर्दछन उनै मङ्गल कर्ता साक्षत् जगद्गुरु भगवान्को र वहाँका अनुयायी महात्माहरूलाई यस अधम क्षत्रिले तिरस्कार गरेर शासन गर्ने चेष्टा गरेको गरिरहेछ, त्यसैले यो अधम सर्वथा दण्डनीय छ ।।१३।।
(अनुष्टुप्ं)
नायमर्हति वैकुण्ठ पादमूलोपसर्पणम् ।
सम्भावितमतिः स्तब्धः साधुभिः पर्युपासितम् ॥ १४ ॥
यसलाई आफ्नो वडपनको घमण्ड छ । यो मुर्ख बडा बडा सत्पुरुषहरूले उपासना गरिने भगवान् श्रीहरिको त्यो चरणकमलको नजिक रहन योग्य छैन ।।१४।।
अतः पापीयसीं योनिं आसुरीं याहि दुर्मते ।
यथेह भूयो महतां न कर्ता पुत्र किल्बिषम् ॥ १५ ॥
(चित्रकेतुलाई सम्बोधन गरेर) अतः ए दुर्वुद्धि ! तैले पापमय असुर योनिमा जानु परोस । यस्तो हुनाले तँ मा फेरी कहिले पनि कुनै महापुरुषको अपराध गर्ने बुद्धि आउँदैन ।।१५।।
श्रीशुक उवाच –
एवं शप्तश्चित्रकेतुः विमानाद् अवरुह्य सः ।
प्रसादयामास सतीं मूर्ध्ना नम्रेण भारत ॥ १६ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
हे परीक्षित ! जब पार्वतीले यस प्रकार चित्रकेतुलाई श्राप दिनु भएपछि उ विमानबाट ओर्लेर नम्रता पूर्वक सिर झुकाएर वहाँलाई प्रसन्न गर्न लाग्यो ।।१६।।
चित्रकेतुरुवाच –
प्रतिगृह्णामि ते शापं आत्मनोऽञ्जलिनाम्बिके ।
देवैर्मर्त्याय यत्प्रोक्तं पूर्वदिष्टं हि तस्य तत् ॥ १७ ॥
चित्रकेतुले भने–
माता पार्वती ! म धेरै प्रसन्नताका साथ आफ्नो दुवै हाथ जोडेर तपाईको श्रापलाई स्वीकार गर्दछु । किनकि देवताहरू मानिसका लागि जुन कुरा दिन्छन वा भन्दछन त्यो उसको प्रारब्धानुसार मिल्ने फलको पूर्व सूचना मात्र हुन्छ ।।१७।।
संसारचक्र एतस्मिन् जन्तुरज्ञानमोहितः ।
भ्राम्यन् सुखं च दुःखं च भुङ्क्ते सर्वत्र सर्वदा ॥ १८ ॥
देवि ! जीव अज्ञानले मोहित भएर यस संसार चक्रमा भड्किरहन्छ तथा सधैं भरि सुख दुःखको भोगि रहन्छ ।।१८।।
नैवात्मा न परश्चापि कर्ता स्यात् सुखदुःखयोः ।
कर्तारं मन्यतेऽप्राज्ञ आत्मानं परमेव च ॥ १९ ॥
सुख र दुःख दिने ता आफ्नै आत्मा हो, अरु कोहि होइनन् । जो अज्ञानी छ, उसले मात्र आफुलाई अथवा अरुलाई सुख र दुःखको कारण मान्दछ ।।१९।।
गुणप्रवाह एतस्मिन्कः शापः को न्वनुग्रहः ।
कः स्वर्गो नरकः को वा किं सुखं दुःखमेव वा ॥ २० ॥
यो जगत् सत्व, रज आदि गुणको स्वाभाविक प्रभाव हो । यसमा श्राप अनुग्रह, के हो र स्वर्ग, नर्क, सुख, दुःख भन्ने पनि के नै हो र ।।२०।।
एकः सृजति भूतानि भगवान् आत्ममायया ।
एषां बन्धं च मोक्षं च सुखं दुःखं च निष्कलः ॥ २१ ॥
एकमात्र परिपूर्ण भगवान् नै आफ्नो आत्मस्वरुपिणी मायाद्वारा कसैको सहायता नलिइकन समस्त प्राणिहरूको, तथा उनीहरूको बन्धन, मोक्ष र सुख दुःखको रचना गर्दछन ।।२१।।
(इंद्रवज्रा)
न तस्य कश्चिद् दयितः प्रतीपो
न ज्ञातिबन्धुर्न परो न च स्वः ।
समस्य सर्वत्र निरञ्जनस्य
सुखे न रागः कुत एव रोषः ॥ २२ ॥
माता ! भगवान् श्रीहरिको कुनै प्रिय, कुनै अप्रिय, कुनै जाति, बन्धु, आफ्नो अर्को हुदैन । वहाँ समस्त माया आदि मलले रहित हुनुहुन्छ । जब उहाको सुखमा राग हुँदैन भने रागजन्य क्रोध त कसरी हुन्छ र ।।२१।।
तथापि तच्छक्तिविसर्ग एषां
सुखाय दुःखाय हिताहिताय ।
बन्धाय मोक्षाय च मृत्युजन्मनोः
शरीरिणां संसृतयेऽवकल्पते ॥ २३ ॥
तथापि उहाँको मायाशक्ति द्वारा उत्पन्न हुने पाप र पुण्य नै प्राणीको सुख दुख, हित अहित, बन्धन मोक्ष, मृत्यु जन्म र संसार आवागमनको कारण बन्दछ ।।२३।।
(अनुष्टुप्)
अथ प्रसादये न त्वां शापमोक्षाय भामिनि ।
यन्मन्यसे ह्यसाधूक्तं मम तत्क्षम्यतां सति ॥ २४ ॥
देवि ! मैले श्रापबाट म्ुक्त हुनका लागि तपाईलाई प्रसन्न गराउन खोजेको होइन । म त यो चहान्छु तपाईलाई मेरो कुरा अनुचित लाग्दछ भने त्यसका लागि क्षमा चाहान्छु ।।२४।।
श्रीशुक उवाच –
इति प्रसाद्य गिरिशौ चित्रकेतुररिन्दम ।
जगाम स्वविमानेन पश्यतोः स्मयतोस्तयोः ॥ २५ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित् ! यस प्रकार भगवान् शंकर र पार्वतीलाई प्रसन्न गराएर विद्याधर चित्रकेतु विमानमा चढेर त्यहाँबाट गए । यो देखेर त्यहाँ भएका सबैलाई धेरै विस्मय भयो । ।।२५।।
ततस्तु भगवान्रुद्रो रुद्राणीं इदमब्रवीत् ।
देवर्षिदैत्यसिद्धानां पार्षदानां च श्रृण्वताम् ॥ २६ ॥
त्यसपछि शङ्गर भगवान्ले देवता, ऋषि, दैत्य, सिद्ध र पार्षदका अगाडि नै भगवती पार्वतीलाई यसो भन्नुभयो ।।२६।।
श्रीरुद्र उवाच –
दृष्टवत्यसि सुश्रोणि हरेरद्भुतकर्मणः ।
माहात्म्यं भृत्यभृत्यानां निःस्पृहाणां महात्मनाम् ॥ २७ ॥
भगवान् शङ्गरले भन्नुभयो–
सुन्दरि ! दिव्यलीलाहरू गर्ने भगवान्का निःस्पृह र उदार हृदय दासानुदासको महात्म्य तिमीले आफ्नो आँखाले देख्यौ ।।२७।।
नारायणपराः सर्वे न कुतश्चन बिभ्यति ।
स्वर्गापवर्गनरकेषु अपि तुल्यार्थदर्शिनः ॥ २८ ॥
भगवान्को शरणागत भएका मानिस कुनै कुराले डर डराउँदैन । किनकि उसलाई स्वर्ग, मोक्ष र नरकमा पनि एकै नाशले भगवान्को दर्शन हुन्छ ।।२८।।
देहिनां देहसंयोगाद् द्वन्द्वान् ईश्वरलीलया ।
सुखं दुःखं मृतिर्जन्म शापोऽनुग्रह एव च ॥ २९ ॥
जीवलाई भगवान्को लीलाले नै देह प्राप्ति हुने भएका कारण उसमा सुख दुःख, जन्म मरण र श्राप अनुग्रह आदि द्वन्द प्राप्त हुन्छ ।।२९।।
अविवेककृतः पुंसो ह्यर्थभेद इवात्मनि ।
गुणदोषविकल्पश्च भिदेव स्रजिवत्कृतः ॥ ३० ॥
जसरी सपनामा भेद र भ्रमले सुख दुःख आदिको अनुभव हुन्छ त्यस्तै जाग्रत अवस्थामा भ्रमले गर्दा मालामा नै सर्पको भान हुन्छ त्यसरी नै मानिस अज्ञानवश देवता, मनुष्य आदिको भेद तथा गुण दोश आदिको कल्पना गर्दछ ।।३०।।
वासुदेवे भगवति भक्तिं उद्वहतां नृणाम् ।
ज्ञानवैराग्यवीर्याणां न हि कश्चिद्व्यपाश्रयः ॥ ३१ ॥
जोसंग ज्ञान वैराग्यको बल हुन्छ र भगवान् वासुदेवको चरणमा भक्तिभाव राख्दछ उसका लागि यस जगतमा राग द्वेश आदि गर्ने त्यस्तो कुनै वस्तु हुदैन ।।३१।।
(इंद्रवज्रा)
नाहं विरिञ्चो न कुमारनारदौ
न ब्रह्मपुत्रा मुनयः सुरेशाः ।
विदाम यस्येहितमंशकांशका
न तत्स्वरूपं पृथगीशमानिनः ॥ ३२ ॥
म, ब्रम्हा, सनकादि, नारद, ब्रम्हाजीका छोरा भृगु आदि मुनि र ठुला ठुला देवता, कसैले पनि भगवान्को लीलाको रहस्य जान्न सक्तैनन भने वहाँको सानो भन्दा सानो अंश पाएकोले आफुलाई इश्वरबाट अलग मानेर बस्दछ भने उसले भगवान्को स्वरूपलाई कसरी जान्न सक्तछ र ? ।।३२।।
(अनुष्टुप्)
न ह्यस्यास्ति प्रियः कश्चित् नाप्रियः स्वः परोऽपि वा ।
आत्मत्वात् सर्वभूतानां सर्वभूतप्रियो हरिः ॥ ३३ ॥
भगवान्को न कुनै प्रियर न अप्रिय, न आफ्नो न कुनै पराई नै छन । वहाँ सबै प्राणिको आत्मा हुनुहुन्छ ।।३३।।
तस्य चायं महाभागः चित्रकेतुः प्रियोऽनुगः ।
सर्वत्र समदृक् शान्तो ह्यहं चैवाच्युतप्रियः ॥ ३४ ॥
प्रिये ! यो परम भाग्यवान चित्रकेतु वहा कै प्यारो अनुचार शान्त एवं समदर्शी हो र म पनि श्रीहरि कै प्यारो हुँ ।।३४।।
तस्मान्न विस्मयः कार्यः पुरुषेषु महात्मसु ।
महापुरुषभक्तेषु शान्तेषु समदर्शिषु ॥ ३५ ॥
यसैले तिमीले भगवान्का प्यारा भक्त, शान्त, समदर्शी, महात्मा भक्तहरूको सम्बन्धमा कुनै आश्चर्य मान्नु पर्दैन ।।३५।।
श्रीशुक उवाच –
इति श्रुत्वा भगवतः शिवस्योमाभिभाषितम् ।
बभूव शान्तधी राजन् देवी विगतविस्मया ॥ ३६ ॥
शुकदेवजी भन्नुहुन्छ–
राजन ! भागवान् शङ्गरको यस्तो भाषण सुनेर भगवती पार्वतीको चित्तवृत्ति शान्त भयो र उनको सबै भ्रम हटेर गयो ।।३६।।
इति भागवतो देव्याः प्रतिशप्तुमलन्तमः ।
मूर्ध्ना स जगृहे शापं एतावत् साधुलक्षणम् ॥ ३७ ॥
भगवान्का परमप्रेमी भक्त चित्रकेतु पनि भगवती पार्वतीलाई बदलामा श्राप दिन सक्दथे, तर उनले वहाँलाई श्राप नदिएर वहाँले दिनुभएको श्रापलाई शिरोधारण गरे । यहि नै साधु पुरुषको लक्षण हो ।।३७।।
जज्ञे त्वष्टुर्दक्षिणाग्नौ दानवीं योनिमाश्रितः ।
वृत्र इत्यभिविख्यातो ज्ञानविज्ञानसंयुतः ॥ ३८ ॥
उनै विद्यधर चित्रकेतु दानव योनिको आश्रय लिएर त्वष्टाको यज्ञमा दक्षिणाग्निबाट पैदा भए । त्यहाँ उसको नाम वृत्रासुर भयो र त्यहाँ पनि उनले भगवद् ज्ञान एवं भक्तिले परिपूर्ण भएर रहे ।।३८।।
एतत्ते सर्वमाख्यातं यन्मां त्वं परिपृच्छसि ।
वृत्रस्यासुरजातेश्च कारणं भगवन्मतेः ॥ ३९ ॥
तिमीले मलाई सो(धेको वृत्रासुरको दैत्य योनिमा जन्म किन भयो र उसले भगवान्को यस्तो भक्ति कसरी प्राप्त गर्यो भन्ने कुराको पुरा विवरण मैले तिमीलाई सुनाएं ।।३९।।
इतिहासं इमं पुण्यं चित्रकेतोर्महात्मनः ।
माहात्म्यं विष्णुभक्तानां श्रुत्वा बन्धाद् विमुच्यते ॥ ४० ॥
महात्मा चित्रकेतुको यो पवित्र इतिहास केवल उनको मात्र होइन, सबै विष्णुभक्तको महात्म्य हो । जसले यसलाई सुन्दछ त्यो सबै बन्धनबाट मुक्त भएर जान्छ ।।४०।।
य एतत् प्रातरुत्थाय श्रद्धया वाग्यतः पठेत् ।
इतिहासं हरिं स्मृत्वा स याति परमां गतिम् ॥ ४१ ॥
जसले विहान सबैरै उठेर मौन भएर श्रद्धापूर्वक भगवानलाई स्मरण गरेर यस इतिहासलाई पाठ गर्दछ भने उसले परमगति प्राप्ति गर्दछ ।।४१।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे चित्रकेतुशापो नाम सप्तदशोऽध्यायः ॥ १७ ॥