#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - द्वितीयोऽध्यायः

श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - द्वितीयोऽध्यायः



श्रीशुक उवाच ।
(अनुष्टुप)
इति भागवतः पृष्टः क्षत्त्रा वार्तां प्रियाश्रयाम् । 
प्रतिवक्तुं न चोत्सेह औत्कण्ठ्यात् स्मारितेश्वरः ॥ १ ॥

श्रीशुकदेवजीले भन्नुभयो—
विदुरजीले परम भक्त उध्दवजी संग यस प्रकार प्यारा श्रीकृष्ण सम्बन्धित कुराहरू सोधे तव उनलाई भगवानको याद आयो । उत्कण्ठाले हृदय भरिएका कारण कुनै उत्तर दिन सकेनन ।।१।।

यः पञ्चहायनो मात्रा प्रातराशाय याचितः ।
तन्नैच्छत् रचयन् यस्य सपर्यां बाललीलया ॥ २ ॥

उनी पाँच वर्षको छदा खेरी नै बालक कालमा खेल्दा खेरि पनि उनकै मुर्ति बनाएर उनकै सेवा पूजामा तल्लिन हुन्थे। आफ्नी आमाले खाना खान बोलाउदा पनि जान मान्दैनथे ।।२।।

स कथं सेवया तस्य कालेन जरसं गतः ।
पृष्टो वार्तां प्रतिब्रूयाद् भर्तुः पादौ अनुस्मरन् ॥ ३ ॥

लामो समय देखि नै वहाँको सेवा गर्दा गर्दा बुढा भएका थिए त्यसैले विदुरले प्रश्न गर्दा आफ्ना प्यारा श्रीकृष्णको चरणकमलको याद आयो चित्त विरहले व्याकुल भएको थियो त्यसैले उनले कसरी उत्तर दिन सकुन ।।२।।

स मुहूर्तं अभूत्तूष्णीं कृष्णाङ्घ्रिसुधया भृशम् ।
तीव्रेण भक्तियोगेन निमग्नः साधु निर्वृतः ॥ ४ ॥
                                                                                             
श्रीकृष्णको चरणरविन्द स्मरणले गर्दा दुई घडि सम्म केहि बोल्न सकेनन  उनी तिब्र भक्तियोगका कारण उनैमा डुवेर मग्न भए ।।४।।

पुलकोद् भिन्नसर्वाङ्गो मुञ्चन्मीलद्दृशा शुचः ।
पूर्णार्थो लक्षितस्तेन स्नेहप्रसरसम्प्लुतः ॥ ५ ॥                                                                                                     
उनको सबै शरीर रोमाञ्च भयो । चिम्लिएको आँखाबाट प्रेमाश्रुको धारा बग्न थाल्यो । उध्दवजी यसरी पे्रम प्रवाहमा डुवेको देखेर आनन्द भए । विदुरजीले उनलाई कृत्यकृत्य माने ॥ ५ ॥

शनकैः भगवल्लोकान् नृलोकं पुनरागतः ।
विमृज्य नेत्रे विदुरं प्रीत्याहोद्धव उत्स्मयन् ॥ ६ ॥

केहि समय पछि उध्दवजी भगवानको प्रेम सुधाबाट विस्तारै बाहिरी संसारमा आए ।अनि आफ्नो आँखा  पुछेर भगवानको लीलाको सम्झना गर्दै बिदुरलाई यस प्रकार भन्नलागे ।।६।।

उद्धव उवाच ।
कृष्णद्युमणि निम्लोचे गीर्णेष्वजगरेण ह ।
किं नु नः कुशलं ब्रूयां गतश्रीषु गृहेष्वहम् ॥ ७ ॥

उध्दवजीले भने—
विदुरजी! श्रीकृष्णरूप सूर्यले छाडेर गएपछि हाम्रो घरलाई कालरूप सर्पले खाईरहेको छ । घर श्रीहीन भएको छ । अब म तिमीलाई कुशलताको बारेमा के भनौ ।।७।।

दुर्भगो बत लोकोऽयं यदवो नितरामपि ।
ये संवसन्तो न विदुः हरिं मीना इवोडुपम् ॥ ८ ॥

अहो! यी मानिसहरू धेरै अभागी रहेछन, यसमा पनि यादवहरू झन भाग्यहिन भएका छन् । जसले सदा सर्वदा श्रीकृष्णको साथमा रहेर पनि वहाँलाई जान्न सकेनन् जसरी चन्द्रमा समुद्रमा रहदा खेरी माछोले चन्द्रमालाई नजाने जस्तै ।।८।।

इङ्गितज्ञाः पुरुप्रौढा एकारामाश्च सात्वताः ।
सात्वतां ऋषभं सर्वे भूतावासममंसत ॥ ९ ॥

यादवहरू मनको भावलाई बुझ्नमा चतुर थिए तर भगवान् सग एकैठाँउमा बसेर खेल्दथे तापनि उनीहरू सबैले विश्वका आश्रय सर्बान्तर्यामी श्रीकृष्णलाई एउटा श्रेष्ठ यादव नै संझे ।।९।।

देवस्य मायया स्पृष्टा ये चान्यद् असदाश्रिताः ।
भ्राम्यते धीर्न तद्वाक्यैः आत्मन्युप्तात्मनो हरौ ॥ १० ॥

तर भगवानको मायाले मोहित भएका यी यादवहरू र उनीहरूलाई वेकारमा सत्रु सम्झने शिशुपाल आदिको अवहेलना र निन्दा सुचक वाक्यले भगवत्प्राण महानुभावहरूको बुध्दि भ्रममा पर्दैन थियो ।।१०।।

प्रदर्श्या तप्ततपसां अवितृप्तदृशां नृणाम् ।
आदायान्तरधाद्यस्तु स्वबिम्बं लोकलोचनम् ॥ ११ ॥

जसले कहिल्यै पनि तपस्या गरेनन उनीहरूलाई पनि यतिका दिन सम्म दर्शन दिएर उनीहरूको दर्शनको लालसालाई तृप्त नगराइकन नै वहाँ भगवान् श्रीकृष्ण आफ्नो स्वरूपलाई लुकाएर अन्तर्धान हुनुभयो । यसरी कि मानौ वहाँले उनीहरूको आँखालाई नै खोस्नु भयो ।।११।।

(इंद्रवज्रा)
यन्मर्त्यलीलौपयिकं स्वयोग
        मायाबलं दर्शयता गृहीतम् ।
विस्मापनं स्वस्य च सौभगर्द्धेः
        परं पदं भूषणभूषणाङ्गम् ॥ १२ ॥

भगवानले आफ्नो योगमायाको प्रभाव देखाउनका लागि मानव लीलाहरूका लागि जुन योग्य शरीर धारणा गर्नु भएको थियो कि जस्को सुन्दरतालाई देखेर सारा लोक मोहित हुन्थे । वहाँ स्वय पनि विस्मित हुनुहुन्थ्यो । त्यो रूपमा सौभाग्य र सुन्दरताको पराकाष्ठा थियो । वहाँको अंग प्रत्यंगको गहनाको रूपमा विभुषित हुन्थ्यो ।।१२।।

यद्धर्मसूनोर्बत राजसूये
        निरीक्ष्य दृक्स्वस्त्ययनं त्रिलोकः ।
कार्त्स्न्येन चाद्येह गतं विधातुः
        अर्वाक्सृतौ कौशलमित्यमन्यत ॥ १३ ॥

धर्मराज युधिष्ठिरको राजसूय यज्ञमा जव भगवानको त्यो रूपमा दुनियाको आँखा प¥यो तव तीनैलोक वासीहरूले यो मान्दथे कि मानव सृष्टिको रचनामा विधाताको जति चतु¥याइमा छ त्यो सबै यसै रूपमा भएको छ भन्ने विचार गर्दथे ।।१३।।

यस्यानुरागप्लुतहासरास
        लीलावलोकप्रतिलब्धमानाः ।
व्रजस्त्रियो दृग्भिरनुप्रवृत्त
        धियोऽवतस्थुः किल कृत्यशेषाः ॥ १४ ॥

वहाँको प्रेमपूर्ण हाँसो ठट्टा लीलामय हेराइले सम्मानित भएर व्रजवालाहरूको आँखा वहाँतिर लाग्दथ्यो । उनीहरूको चित्त पनि यस्तो तल्लिन हुन्थ्यो कि उनीहरू घरको काम धन्दा त्यसै छोडेर पुतली झैं निश्चल भएर उभिरहन्थे १४।।

स्वशान्तरूपेष्वितरैः स्वरूपैः
        अभ्यर्द्यमानेष्वनुकम्पितात्मा ।
परावरेशो महदंशयुक्तो
        ह्यजोऽपि जातो भगवान् यथाग्निः ॥ १५ ॥ 

जव शान्तरूप महात्माहरूलाई घोररूप दानवहरूले सताएको देख्नुभयो तव चराचर जगत र प्रकृतिका स्वामी भगवानले करुणभावले द्रवित हुनुभयो र आजन्मा भएर पनि आफ्नो अंश बलरामजीलाई साथै लिएर काठमा अग्नि प्रकट भए झै प्रकट हुनुभयो ।।१५।।

मां खेदयत्येतदजस्य जन्म
        विडम्बनं यद्वसुदेवगेहे ।
व्रजे च वासोऽरिभयादिव स्वयं
        पुराद् व्यवात्सीद् यत् अनन्तवीर्यः ॥ १६ ॥

आजन्मा भएर पनि वासुदेवले यहाँ जन्म लिएर लीला गर्नु, सबैलाई अभय दिने भए पनि कंशको डरले व्रजमा गएर लुकेर बस्नु, अनन्त पराक्रमी भएर पनि कालयवनको डरले मथुरापुरीलाई छाडेर भाग्नु आदि भगवानको यस्तो लीलाहरूको याद आएर मलाई बचैन गराउदछ ।।१६।।

दुनोति चेतः स्मरतो ममैतद्
            यदाह पादावभिवन्द्य पित्रोः ।
ताताम्ब कंसाद् उरुशंकितानां
            प्रसीदतं नोऽकृतनिष्कृतीनाम् ॥ १७ ॥

वहाँले वसुदेव देवकीको पाउको वन्दना गर्दै भन्नुभएको थियो कि पिता माताजी! कंशको डरका कारण मैले तपाईहरूको सेवा गर्न सकिन, तपाईहरूले मेरो यो अपराधलाई क्षमा गरेर मसंग प्रसन्न हुनुहोस । जव श्रीकृष्णको यस्ता कुराहरूको याद आउछ अनि मेरो चित्त अत्यन्तै व्याकुल हुन्छ ।।१७।।

को वा अमुष्याङ्घ्रिसरोजरेणुं
        विस्मर्तुमीशीत पुमान् विजिघ्रन् ।
यो विस्फुरद्भ्रूविटपेन भूमेः
        भारं कृतान्तेन तिरश्चकार ॥ १८ ॥

जसले आफ्नो कालरुपि आँखीभुईको इसाराले नै पृथ्वीको सबै भार उतरगरिदिनु भयो त्यस्तो वहाँ श्रीकृष्णको चरणकमलको सेवा पाइसकेको को त्यस्तो होला छ र जसले वहाँलाई भुल्नसक्छ ।।१८।।

दृष्टा भवद्भिः ननु राजसूये
        चैद्यस्य कृष्णं द्विषतोऽपि सिद्धिः ।
यां योगिनः संस्पृहयन्ति सम्यग्
        योगेन कस्तद्विरहं सहेत ॥ १९ ॥

तपाईले राजसूय यज्ञमा त प्रत्यक्षै देख्नुभएको थियो कि श्रीकृष्णको द्वेष गर्ने शिशुपाललाई त्यस्तो सिध्दि मिल्यो जुन प्राप्त गर्न ठुला–ठुला योगीहरु निरन्तर योगसाधना गरिरहन्छन उनको विरहलाई कस्ले सहन सक्छ र ? ।।१९।।

तथैव चान्ये नरलोकवीरा
        य आहवे कृष्णमुखारविन्दम् ।
नेत्रैः पिबन्तो नयनाभिरामं
        पार्थास्त्रपूतः पदमापुरस्य ॥ २० ॥

शिशुपाल जत्तिकै महाभारत युध्दमा अर्जुनको वाणद्वारा सुध्द भएका जुन अरु योध्दाहरूले आफ्नो आँखालाई आनन्द दिलाउने भगवान् श्रीकृष्णको मुखकमलको पान गरेर प्राण त्याग गरे अनि उनीहरू सबै पवित्र भएर भगवानको धाम प्राप्त गरे ।।२०।।

स्वयं त्वसाम्यातिशयस्त्र्यधीशः
        स्वाराज्यलक्ष्म्याप्तसमस्तकामः ।
बलिं हरद्भिश्चिरलोकपालैः
        किरीटकोट्येडितपादपीठः ॥ २१ ॥

स्वयं भगवान् श्रीकृष्ण तीनैलोकका इश्वर हुनुहुन्छ । वहाँ बराबर अरुकोहि छैनन भने बढ्ता त को नै हुन सक्छ र । वहाँ आफ्नै स्वत सिध्द ऐश्वर्यले नै सधैं पूर्णकाम हुनुहुन्थ्यो इन्द्रादि सबै लोकपालहरू अनेक किसिमको भेटि लिएर आ–आफ्नो मुकुटको अग्रभागले वहाँको पाउ राख्ने चौकीमा बन्दना गर्दथे ।।२१।।

तत्तस्य कैङ्कर्यमलं भृतान्नो
        विग्लापयत्यङ्ग यदुग्रसेनम् ।
तिष्ठन्निषण्णं परमेष्ठिधिष्ण्ये
        न्यबोधयद्देव निधारयेति ॥ २२ ॥

विदुरजी उनै भगवान् श्रीकृष्ण राजसिंहासनमा बसेका उग्रसेनको अगाडि निवेदन गर्दथिए कि देव हाम्रो प्रार्थना सुन्नुहोस, उनको यस्तो सेवाभावको याद आउदा हामीजस्तो सेवकको चित्त अत्यन्त खिन्न पार्दछ ।।२२।।

अहो बकी यं स्तनकालकूटं
        जिघांसयापाययदप्यसाध्वी ।
लेभे गतिं धात्र्युचितां ततोऽन्यं
        कं वा दयालुं शरणं व्रजेम ॥ २३ ॥

पापिनी पुतनाले आफ्नो स्तनमा हलाहल विष लगाएर श्रीकृष्णलाई मार्ने नियतले दूध पिलाएकी थिइ, उसलाई पनि भगवानले आमाले पाउने जुन परम पद थियो त्यहि परम गति दिनुभयो । त्यस्ता भगवान् श्रीकृष्ण भन्दा दयालु अर्को को छ र म शरण परुं ।।२३।।

मन्येऽसुरान् भागवतांस्त्र्यधीशे
        संरम्भमार्गाभिनिविष्टचित्तान् ।
ये संयुगेऽचक्षत ताऱ्यपुत्र
        मंसे सुनाभायुधमापतन्तम् ॥ २४ ॥

म असुरहरूलाई पनि भगवानको भक्त सम्झन्छु किनकि वैरभ जनित दोषका कारण उनीहरूको चित्त सधैं श्रीकृष्णमा लागिरहन्थ्यो । उनीहरूले रणभूमीमा सुदर्शन चक्रधारी भगवान् लाई काँधमा राखेर झंटिरहेका गरुडजीको दर्शन भइरहन्थ्यो ।।२४।।

(अनुष्टुप)
वसुदेवस्य देवक्यां जातो भोजेन्द्रबन्धने ।
चिकीर्षुर्भगवानस्याः शमजेनाभियाचितः ॥ २५ ॥

ब्रह्माजीको प्रार्थनाले पृथ्वीको भार उतारेर वहाँलाई सुखि गराउनका लागि कंशको कारागारमा भगवानले अवतार लिनुभयो ।।२५।।

ततो नन्दव्रजमितः पित्रा कंसाद् विबिभ्यता ।
एकादश समास्तत्र गूढार्चिः सबलोऽवसत् ॥ २६ ॥

त्यस समयमा कंशको डरले वसुदेवजीले वहाँलाई नन्दवावाको व्रजमा लगेर राख्नुभयो । त्यहाँ वहाँ बलरामजी संग एघार वर्षसम्म यसरी गुप्त रहनुभयो कि वहाँको प्रभाव व्रजभन्दा बाहिर कहि प्रकट भएन ।।२६।।

परीतो वत्सपैर्वत्सान् चारयन् व्यहरद्विभुः ।
यमुनोपवने कूजद् द्विजसङ्कुलिताङ्घ्रिपे ॥ २७ ॥

भगवान् श्रीकृष्णले वाच्छा चराउदै यमुनाको उपवन जहाँ पंक्षीहरूको मिठो शव्द निकालिरहेका हराभरा वृक्षहरुले युक्त भएको थियो जहाँ ग्वालाहरूकोहरू संग वच्छा चराउदै विहार गर्नुभयो ।।२७।।

कौमारीं दर्शयन् चेष्टां प्रेक्षणीयां व्रजौकसाम् ।
 रुदन्निव हसन्मुग्ध बालसिंहावलोकनः ॥ २८ ॥

सिंहका बच्चाहरुको जस्तो हेराई भएका श्रीकृष्ण कहिले हास्ने कहिले रुने आदि गरेर ब्रजवासीहरूलाई अनेक लीला देखाउनु हुन्थ्यो ।।२८।।

स एव गोधनं लक्ष्म्या निकेतं सितगोवृषम् ।
चारयन् ननुगान् गोपान् रणद् वेणुररीरमत् ॥ २९ ॥

फेरी अलिठुलो भएपछि सफेद तथा विभिन्न रंगका शोभामुर्ति गाई चराउदै आफ्ना साथि गोपहरूलाई बाँसुरी बजाएर आनन्द दिलाउन लागे ।।२९।।

प्रयुक्तान् भोजराजेन मायिनः कामरूपिणः ।
 लीलया व्यनुदत्तान् तान् बालः क्रीडनकानिव ॥ ३० ॥

यसैसमयमा कंशले वहाँलाई मार्नका लागि आफ्नो माया र मायावी रूपधारण गर्ने राक्षसलाई पठायो । भगवानले उनीहरूलाई खेलौना झैं मार्नुभयो, जसरी बालकले खेलौनालाई तोडफोड गर्दछन् ।।३०।।

विपन्नान् विषपानेन निगृह्य भुजगाधिपम् ।
उत्थाप्यापाययद् गावः तत्तोयं प्रकृतिस्थितम् ॥ ३१ ॥
                                                                                      
कालिया नागलाई दमन गरेर विष मिसिएको पानी पिउनाले मरेका बालक र गाईहरूलाई जीवित गरेर वहाँले कालीय दहको निर्मल पानी पिउने सुविधा मिलाईदिनुभयो ।।३१।।

अयाजयद् गोसवेन गोपराजं द्विजोत्तमैः ।
वित्तस्य चोरुभारस्य चिकीर्षन् सद्व्ययं विभुः ॥ ३२ ॥                                                                                         
नन्दवावाले इन्द्रको यज्ञ गराउन खोज्दा भगवान् श्रीकृष्णले त्यसलाई रोकेर श्रेष्ठ ब्राह्मणहरू द्वारा गोवर्धन पूजा गोयज्ञ गराए ।।३२।।

वर्षतीन्द्रे व्रजः कोपाद् भग्नमानेऽतिविह्वलः ।
गोत्रलीलातपत्रेण त्रातो भद्रानुगृह्णता ॥ ३३ ॥

भद्र! यसबाट आफ्नो मान भंग भएका कारण इन्द्रले रिसाएर ब्रज विनाश गराउनका लागि मुसलधारे पानी वर्षा गरे  त्यस समयमा भगवानले अनुग्रह गरी ख्यालख्याल मै छाता समाएझै गरी गोवर्धन पहाडलाई उठाउनुभयो र धेरै डराएका व्रजवाशी तथा उनका पशुहरूको रक्षा गर्नुभयो ।।३३।।

शरच्छशिकरैर्मृष्टं मानयन् रजनीमुखम् ।
गायन् कलपदं रेमे स्त्रीणां मण्डलमण्डनः ॥ ३४ ॥

शरद ऋतुको समयमा चन्द्रमाको कान्तिले वृन्दावन झपक्क भएको बखतमा श्रीकृष्ण वंशी वजाएर गोपिनीहरूको मण्डलीलाई शोभा बढाउदै ह्रास लीला गर्नु हुन्थ्यो ।।३४।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे विदुरोद्धवसंवादे द्वितीयोऽध्यायः ॥ २ ॥