श्रीमद्भागवत महापुराण
दशमस्कधः –सप्तषष्टितमोऽध्यायः
राजोवाच–
(अनुष्टुप्)
भूयोऽहं श्रोतुमिच्छामि रामस्याद्भुतकर्मणः ।
अनन्तस्याप्रमेयस्य यदन्यत् कृतवान् प्रभुः ॥ १ ॥
राजा परीक्षितले भन्नुभयो– अब म फेरी अपार कर्म गर्ने अपार महिमा भएका सर्वव्यापक बलरामका चरित्रहरु सुन्न चाहान्छु वहाँका लीला सम्बन्धि सबै कथाहरु मलाई सुनाउनुहोस् ।।१।।
श्रीशुक उवाच (
नरकस्य सखा कश्चिद् द्विविदो नाम वानरः ।
सुग्रीवसचिवः सोऽथ भ्राता मैन्दस्य वीर्यवान् ॥ २ ॥
श्रीशुकदेवजीले भन्नुभयो– हे महाराज परीक्षित ! द्विविद नामको एउटा शक्तिशालि बाँदर थियो । त्यो बादर उनी सुग्रीवका मन्त्री भौमासुरको मित्र र मैन्दका भाइ थियो ।।२।।
सख्युः सोऽपचितिं कुर्वन् वानरो राष्ट्रविप्लवम् ।
पुरग्रामाकरान् घोषानदहद् वह्निमुत्सृजन् ॥ ३ ॥
श्रीकृष्णले भौमासुरलाइ पराजित गरेपछि त्यो बादरले आफ्नो साथीको हारको बदला लिन उसले शहर, गाउँ, खानी तथा गोठ बस्तीहरुमा ठूला–ठुला उत्पात मच्चाउदै आगो लगाएर डढाउन थाल्यो ।।३।।
क्वचित् स शैलानुत्पाट्य तैर्देशान् समचूर्णयत् ।
आनर्तान् सुतरामेव यत्रास्ते मित्रहा हरिः ॥ ४ ॥
कहिलेकाहीँ उसले ठुला–ठुला ढुंगाले प्रहार गरेर द्वारको बस्तिमा प्रहार थरेर ध्वस्त पार्दथ्यो । किनभने आफ्नो मित्रलाई मार्ने भगवान कृष्ण पनि त्यही द्वारकामा रहनुहुन्थ्यो ।।४।।
क्वचित् समुद्रमध्यस्थो दोर्भ्यां उत्क्षिप्य तज्जलम् ।
देशान् नागायुतप्राणो वेलाकूले न्यमज्जयत् ॥ ५ ॥
दश हजार हात्तीको बराबर बल भएको त्यो द्विविद बाँदर कहिले समुद्रमा बिचमा उभिएर हातले पानी फ्याकेर समुद्र किनारमा रहेका गाउँहरु डुबाइदिन्थ्यो ।।५।।
आश्रमानृषिमुख्यानां कृत्वा भग्नवनस्पतीन् ।
अदूषयच्छकृन्मूत्रैरग्नीन् वैतानिकान् खलः ॥ ६ ॥
त्यो दुष्ट द्विबिधले त्यहाँ रहने मुख्य ऋषि र सन्तहरूको आश्रममा रहेका सुन्दर लता लहराले युक्त बोटबिरुवाहरू भाँचेर नष्ट गरिदिन्थ्यो त्यसैगरी ऋषिहरुको यज्ञकुण्डमा मलमुत्र फ्याकेर दुषित गरिदिन्थ्यो ।।६।।
पुरुषान् योषितो दृप्तः क्ष्माभृद्द्रोणीगुहासु सः ।
निक्षिप्य चाप्यधाच्छैलैः पेशस्कारीव कीटकम् ॥ ७ ॥
जसरी कुमालकोटी कीराले अरु किराहरूलाई ल्याएर आफ्नो प्वालमा थुन्छ, त्यसरी नै त्यो मात्तिएको दष्ट बाँदरले पुरुष र महिलाहरूलाई पहाडको खोचमा रहेको गुफामा लगेर थुुनेर बाहिर ठुला–ठुला ढुङ्गाहरू राखेर गुफाको मुख बन्द गरिदिन्थ्यो ।।७।।
एवं देशान् विप्रकुर्वन् दूषयंश्च कुलस्त्रियः ।
श्रुत्वा सुललितं गीतं गिरिं रैवतकं ययौ ॥ ८ ॥
यसरी उसले त्यहाँको सहर बस्तिलाई विध्वस गर्दै स्त्रीहरूलाई पनि अपवित्र बनाउँदै हिडेको त्यो दुष्ट बादर एक दिन मधुर गीतको धुन सुनेर रैवतक नाम गरेको पहाडमा पुग्यो ।।८।।
तत्रापश्यद् यदुपतिं रामं पुष्करमालिनम् ।
सुदर्शनीयसर्वाङ्गं ललनायूथमध्यगम् ॥ ९ ॥
त्यहाँ उसले कमलको माला लगाउनु भएको युवतीहरुको बिचमा बस्नुभएका सर्वांग सुन्दर बलरामजीलाई देख्यो ।।९।।
गायन्तं वारुणीं पीत्वा मदविह्वललोचनम् ।
विभ्राजमानं वपुषा प्रभिन्नमिव वारणम् ॥ १० ॥
त्यस बखतमा बलराम मदिरा पान गरी मदले उन्मत्त भई मिठो स्वरमा गीत गाइरहनु भएकोथियो । मदले गर्दा वहाँको आँखा विह्वल भइराखेको थियो मानौंकि त्यसबेला वहाँ मदोन्मत्त हात्ती जस्तै शोभायमान देखिनुहुन्थ्यो ।।१०।।
दुष्टः शाखामृगः शाखामारूढः कंपयन् द्रुमान् ।
चक्रे किलकिलाशब्दमात्मानं संप्रदर्शयन् ॥ ११ ॥
त्यो दुष्ट बाँदरले रूखमा चढेर हाँगाहरु हल्लाउदै क्या–क्या, कु–कु आवाज निकालेर चिच्याउन थाल्यो ।।११।।
तस्य धार्ष्ट्यं कपेर्वीक्ष्य तरुण्यो जातिचापलाः ।
हास्यप्रिया विजहसुर्बलदेवपरिग्रहाः ॥ १२ ॥
युवतीहरू स्वभावैले चंचल हुन्छन् । उनीहरु बलरामजी नजिक बसेर ठट्टा गरिरहेका बखतमा त्यो बाँदरको उपद्रो देखेर ती तरुणीहरु हाँस्न थाले ।।१२।।
ता हेलयामास कपिर्भूक्षेपैः संमुखादिभिः ।
दर्शयन् स्वगुदं तासां रामस्य च निरीक्षितः ॥ १३ ॥
अब त्यो बाँदरले भगवान बलरामको अगाडि ती तरुणीहरुलाई अपमान गर्न थाल्यो । कहिले गुप्तांग देखाउने त कहिले आँखा नचाउने कहिले अनेक आवभाव गरेर जिस्क्याउने आदि गरेर हैरान गर्नथाल्यो ।।१३।।
तं ग्राव्णा प्राहरत् क्रुद्धो बलः प्रहरतां वरः ।
स वञ्चयित्वा ग्रावाणं मदिराकलशं कपिः ॥ १४ ॥
गृहीत्वा हेलयामास धूर्तस्तं कोपयन् हसन् ।
निर्भिद्य कलशं दुष्टो वासांस्यास्फालयद् बलम् ॥ १५ ॥
उसको त्यस्तो दुष्ट प्रयास देखेर बलरामजी रिसाउनुभयो । वहाँले त्यस बाँदरलाई ढुंगाले हिर्काउनुभयो तर द्विविदले बलरामजीलाई क्रोधित बनाउने हिसावले वहाँको मदिराको कलस खोसेर भाग्यो । त्यसपछि त्यसले त्यो मदिराको कलस फुटाएर तरुणीहरुको कपडा तान्ने आदि गरेर बलरामलाई अपहेलना गर्न थाल्यो ।।१४–१५।।
कदर्थीकृत्य बलवान् विप्रचक्रे मदोद्धतः ।
तं तस्याविनयं दृष्ट्वा् देशांश्च तदुपद्रुतान् ॥ १६ ॥
क्रुद्धो मुसलमादत्त हलं चारिजिघांसया ।
द्विविदोऽपि महावीर्यः शालमुद्यम्य पाणिना ॥ १७ ॥
अभ्येत्य तरसा तेन बलं मूर्धन्यताडयत् ।
तं तु सङ्कर्षणो मूर्ध्नि पतन्तमचलो यथा ॥ १८ ॥
प्रतिजग्राह बलवान् सुनन्देनाहनच्च तम् ।
मुसलाहतमस्तिष्को विरेजे रक्तधारया ॥ १९ ॥
गिरिर्यथा गैरिकया प्रहारं नानुचिन्तयन् ।
पुनरन्यं समुत्क्षिप्य कृत्वा निष्पत्रमोजसा ॥ २० ॥
तेनाहनत् सुसङ्क्रुद्धस्तं बलः शतधाच्छिनत् ।
ततोऽन्येन रुषा जघ्ने तं चापि शतधाच्छिनत् ॥ २१ ॥
त्यो मदले उन्मत्त भएको द्विविध वादरले बलरामलाई अपमान गरेर चिढ्याउने काम गर्नथाल्यो । उसले गरेको उपद्रवलाई देखेर बलराम रिसाउनु भयो र त्यस बाँदरलाई मार्ने इच्छाले आफ्नो मुसल र हलो उचाल्नुभयो । यो देखेर त्यस वलबान द्विविद बाँदरले एउटा ठुलो सालको रुख उखलेर बलरामको शिरमा ताकेर प्रहार गर्यो । पर्वत झैं शान्तसंग बस्नु भएका बलरामजीले त्यो रुखलाई आफ्नो शिरमा नआइपुग्दै च्याप्प समात्नुभयो र त्यो बाँदरलाई आफ्नो सुनन्दन नाम गरेको मुसलले प्रहार गर्नुभयो । मुसलको प्रहारले त्यो बाँदरको टाउको फुटेर रगतको धारा बग्न थाल्यो । यसरी रगतको धारा बग्दा त्यो बाँदर गैरिक आदि धातुले पर्वत शोभायमान भए जस्तै शोभायमान देखियो । त्यो बादरले आफ्नो चोटको वास्ता नगरि अर्को रुख उखलेर बलपूर्वक बलरामलाई प्रहार गर्यो । बलरामले रिसाउदै त्यो रुखलाई सयौं टुक्रा पारेर छिन्नभिन्न पारिदिनुभयो । त्यसपछि त्यो बाँदर रिसाउदै फेरी अर्को रुख उखलेर प्रहार गर्यो त्यसलाई पनि बलरामले टुक्रा–टुक्रा पारेर भाँचिदिनुभयो ।।१६–२१।।
एवं युध्यन् भगवता भग्ने भग्ने पुनः पुनः ।
आकृष्य सर्वतो वृक्षान् निर्वृक्षमकरोद् वनम् ॥ २२ ॥
यसरी त्यो द्विविधले यति रुख उखलेर प्रहार गर्यो कि जसले गर्दा सम्पूर्ण वन नै रुख विहिन हुनपुग्यो ।।२२।।
ततोऽमुञ्चच्छिलावर्षं बलस्योपर्यमर्षितः ।
तत्सर्वं चूर्णयामास लीलया मुसलायुधः ॥ २३ ॥
जब वनमा रूखहरु भएनन् त्यसपछि त्यो बाँदरले ठूला ढुङ्गाहरू उठाएर बलराममाथि बर्साउन थाल्यो, तर भगवान बलरामले आफ्नो मुसलले ती सबै ढुङ्गाहरूलाई त्यसरी नै टुक्रा–टुक्रा पारिदिनुभयो ।।२३।।.
स बाहू तालसङ्काशौ मुष्टीकृत्य कपीश्वरः ।
आसाद्य रोहिणीपुत्रं ताभ्यां वक्षस्यरूरुजत् ॥ २४ ॥
अन्ततः त्यस द्विविद बाँदरले आफ्नो ताडको वृक्ष समान लामा लामा दुबै हातको मुट्ठी बाँधेर बलरामको छातिमा प्रहार गर्यो ।।२४।।
यादवेन्द्रोऽपि तं दोर्भ्यां त्यक्त्वा मुसललाङ्गले ।
जत्रावभ्यर्दयत्क्रुद्धः सोऽपतद् रुधिरं वमन् ॥ २५ ॥
उसको यस्तो प्रयास देखेर बलरामजी धेरै रिसाउनु भयो र आफ्नो हलो र मुसललाई छाडेर आफनो दुवै हातले त्यस बाँदरको घाँटीमा प्रहार गर्नुभयो । जसका कारण त्यो बाँदर रगत छादेर भुइँमा लड्न पुग्यो ।।२५।।.
चकम्पे तेन पतता सटङ्कः सवनस्पतिः ।
पर्वतः कुरुशार्दूल वायुना नौरिवाम्भसि ॥ २६ ॥
हे कुरुश्रेष्ठ परीक्षित ! आँधी आउँदा पानीमा रहेको डुङ्गा हल्लिएझैं त्यो द्विविध वाँदर भुईमा खसेर पछारिदा रैवतक पहाड नै हल्लियो ।।२६।।
जयशब्दो नमःशब्दः साधु साध्विति चाम्बरे ।
सुरसिद्धमुनीन्द्राणामासीत् कुसुमवर्षिणाम् ॥ २७ ॥
त्यतिबेला आकाशमा रहेका देवताहरू, ऋषि र सिध्दहरुले बलराममाथि पुष्पवृष्टि गरेर आकाश नै गुन्जने गरी जयजयकार गर्दै साधु साधु भन्नथाले ।।२७।।
एवं निहत्य द्विविदं जगद्व्यतिकरावहम् ।
संस्तूयमानो भगवाञ्जनैः स्वपुरमाविशत् ॥ २८ ॥
यस प्रकार संसारमा ठूलो अशान्ति मच्चाएको द्विविद नामको बाँदरलाई मारेर लोकबासीबाट स्तुति गरिनुभएका बलरामजी द्वारका पुरीमा फर्कनुभयो ।।२८।।
इति श्रीमद्भातगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
द्विविदवधो नाम सप्तषष्टितमोऽध्यायः ॥ ६७ ॥
