॥ भागवत दर्शन ॥
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
एकादशः स्कंधः – पञ्चदशोऽध्यायः
श्रीमद्भागवत महापुराण
एकादशः स्कंधः – पञ्चदशोऽध्यायः
श्रीभगवानुवाच
जितेन्द्रियस्य युक्तस्य जितश्वासस्य योगिनः ।
मयि धारयतश्चेत उपतिष्ठन्ति सिद्धयः ।। १।।
भगवान्ले भन्नुभयो– हे उद्धव ! जब साधकले इन्द्रिय प्राणलाई पनि जितेर मनलाई वशमा लिएर आफ्नो चित्त ममा लगाउँने योगिलाई सबै सिद्धि प्राप्त हुन्छ ।।१।।
उद्धव उवाच
कया धारणया कास्वित् कथंस्वित् सिद्धिरच्युत ।
कति वा सिद्धयो ब्रूहि योगिनां सिद्धिदो भवान् ।। २ ।।
उद्धवले सोधे– हे अच्युत ! कुन धारणाबाट कुन प्रकारको र कस्तो सिद्धि प्राप्त हुन्छ र ती सिद्धिहरू कति प्रकारका हुन्छन्, बताउनुहोस् ।।२।।
श्रीभगवानुवाच
सिद्धयोऽष्टादश प्रोक्ता धारणायोगपारगैः ।
तासामष्टौ मत्प्रधाना दशैव गुणहेतवः ।। ३ ।।
भगवान्ले भन्नुभयो– धारणा र योग जान्नेहरूले अठार प्रकारका सिद्धि हुन्छन् भनि बताएका छन्, तीमध्ये आठ प्रकारका सिद्धि म सम्बन्धी छन्, म बाटै प्राप्त हुन्छन् । अन्य दश प्रकारका सिद्धिहरू सत्वगुणको वृद्धिबाट मात्र प्राप्त हुन्छन् ।।३।।
अणिमा महिमा मूर्तेर्लघिमा प्राप्तिरिन्द्रियैः ।
प्राकाम्यं श्रुतदृष्टेषु शक्तिप्रेरणमीशिता ।। ४ ।।
अणिमा, महिमा, लघिमा यी तीन सिद्धि शरीरका सिद्धि हुन् । ’प्राप्ति नामको सिद्धि इन्द्रियहरूको हो । आफूले चाहेको पदार्थ भोग गर्ने सिद्धि हो । लौकि एवं परलौकिक पदार्थको इच्छा अनुसार अनुभव गर्ने सिध्दिलाई प्राकाम्य भन्दछन् । माया र उसको कार्यलाई संचालन गर्ने ईशिता निामको सद्धि हो ।।४।।
गुणेष्वसङ्गो वशिता यत्कामस्तदवस्यति।
एता मे सिद्धयः सौम्य अष्टावौत्पत्तिका मताः ।। ५ ।।
िविषयमा आसक्ति नदेखाउन नै वशिता सिद्धि हो । यी सिद्धिहरुबाट आफुलाई इच्छा लागेको वस्तु प्राप्त गर्न सकिन्छ । यसरी यी आठ सिद्धिहरू स्वाभाविक रूपले ममा प्राप्त हुन्छन् ।। ५ ।।
अनुर्मिमत्वं देहेऽस्मिन् दूरश्रवणदर्शनम् ।
मनोजवः कामरूपं परकायप्रवेशनम् ।। ६।।
स्वच्छन्दमृत्युर्देवानां सहक्रीडानुदर्शनम् ।
यथासङ्कल्पसंसिद्धिराज्ञाऽप्रतिहतागतिः ।। ७ ।।
यो शरीरमा भोक, तीर्खा आदिको अनुभव नहुनु, टाढाको कुरा देख्नु र आवाज सुन्न सक्नु, मनजस्तो छिटो हिंड्न सक्नु, जे जस्तो चिताएको रूप लिन सक्नु, अर्काको शरीरमा पस्न सक्नु, इच्छानुसार शरीर छाड्न सक्नु, देवताहरुको क्रिडा दर्शन हुन सक्नु, जे चितायो त्यो सिद्ध हुनु, विना रोकतोक सबैतिर गति पुग्नु र अरुले आज्ञा पालन गर्नु यी दश सिद्धिहरू चाहिं सत्वगुण वृद्धिले प्राप्त हुन्छन् ।।६–७।।
त्रिकालज्ञत्वमद्वन्द्वं परचित्ताद्यभिज्ञता ।
अग्न्यर्काम्बुविषादीनां प्रतिष्टम्भोऽपराजयः ।। ८ ।।
एताश्चोद्देशतः प्रोक्ता योगधारणसिद्धयः ।
यया धारणया या स्याद् यथा वा स्यान्निबोध मे ।। ९ ।।
भूत, भविष्य र वर्तमान तीनै कालको कुरा जान्नु अद्वन्दम् अर्थान तातो, चिसो, राग द्वेष सुख दुःख आदि द्वन्द्वको वशमा नपर्नु । अरुको मनको कुरा थाहा पाउनु, आगो, सूर्य, पानी, विष आदिको शक्तिलाई रोकिदिनु, कसैसँग पराजय नहुनु यी योग धारणाका विषयहरु हुन्, जुन मैले तिमीलाई संक्षेपमा बताएं । अब यी धारणहरु कसरी र के का लाग भन्ने कुरा बताउँछु सुन ।।८–९।।
भूतसूक्ष्मात्मनि मयि तन्मात्रं धारयेन्मनः ।
अणिमानमवाप्नोति तन्मात्रोपासको मम ।। १० ।।
पञ्चभूतको सूक्ष्म स्वरुप मेरो शरीर हो । जो सिद्धपुरुषले सूक्ष्म तन्मात्रात्मक मनलाई म मा लगाओस् म बाहेक अरु कुनै बस्तुमा पनि मन नलाओस् । यसो गर्दा उसलाई अणिमा नामको सिद्धि प्राप्त हुन्छ । युक्त म परमात्मामा धारणा गराउँछ, त्यस्तो भक्त तन्मात्रोपासक, ’भक्त, भनिन्छ र त्यसले ’अणिमा’ नामको सिद्धि प्राप्त गर्दछ ।।१०।।
महत्यात्मन्मयि परे यथासंस्थं मनो दधत् ।
महिमानमवाप्नोति भूतानां च पृथक् पृथक् ।। ११ ।।
महतत्वको रुपमा पनि म नै प्रकाशित भएको हुन्छु । जसले आफ्नो मनलाई महतत्वमा लगाउँछ, उसलाई महिमा नामको सिद्धि प्राप्त हुन्छ । जसले पञ्चभूतमा अलग अलग मन लगाउँछ भने उसलाई महत्ता प्राप्ति हुन्छ ।।११।।
परमाणुमये चित्तं भूतानां मयि रञ्जयन् ।
कालसूक्ष्मार्थतां योगी लघिमानमवाप्नुयात् ।। १२ ।।
जो योगी वायु आदि भूतको परमाणु स्वरूपमा मेरो रुप सभ्mेर आफ्नो चित्त लगाउँदछ भने उसलाई लघिमा नामको सिद्धि प्राप्त हुन्छ ।।१२।।
धारयन् मय्यहंतत्वे मनो वैकारिकेऽखिलम् ।
सर्वेन्द्रियाणामात्मत्वं प्राप्ति प्राप्नोति मन्मनाः ।। १३ ।।
सात्विक अहंकारको मेरो स्वरुपलाई संझेरे मेरो त्यही स्वरुपमा जुन योगीले आफ्नो सबै चित्त लगाउँछ, उसलाई सम्पूण इन्द्रियको अधिष्ठातृरूपिणी प्राप्ति नामको सिद्धि पाउँछ ।।१३।।
महत्यात्मनि यः सूत्रे धारयेन्मयि मानसम् ।
प्राकाम्यं पारमेष्ठ्यं मे विन्दतेऽव्यक्तजन्मनः ।। १४ ।।
क्रियाशक्ति प्रधान भएको महत्तत्व रुप सुत्रात्मा मा आफ्नो मन स्थिर गराउछ उसले अव्यक्त जन्मा मेरो सर्वश्रेष्ठ प्राकाम्य नामको सिद्धि प्राप्त गर्दछ ।।१४।।
विष्णौ त्र्यधीश्वरे चित्तं धारयेत् कालविग्रहे ।
स ईशित्वमवाप्नोति क्षेत्रक्षेत्रज्ञचोदनाम् ।। १५ ।।
११
जसले तीन गुणले युक्त मायाका मालिक कालरूप म विष्णु रुपमा चित्त लगाउँदछ, त्यस्ता साधुले शरीर र जीवलाई प्रेरणा गर्न सक्ने ईशित्व..नामको सिद्धि प्राप्त गर्दछ ।।१५।।
नारायणे तुरीयाख्ये भगवच्छब्दशब्दिते ।
मनां मध्यादधद् योगी सद्धर्मा वशितामियात् ।। १६ ।।
जो योगी मेरो नाराण स्वरुपमा लगाउछन् उनले वशिता.. नामको सिद्धि प्राप्त गर्दछ । १६ ।।
निर्गुणे ब्रह्मणि मयि धारयन् विशदं मनः ।
परमानन्दमाप्नोति यत्र कामोऽवसीयते ।। १७ ।।
जो योगी म निर्गुण ब्रह्ममा आफ्नो निर्मल मनलाई स्थिर गराउँदछ, उसलाई परमानन्द प्राप्त हुन्छ । जहाँ सबै कामनाहरु पूर्ण हुन्छ । जसले गर्दा उसलाई ामवासयित्वसिद्धि मिल्दछ ।।१७।।
श्वेवतद्वीपपतौ चित्तं शुद्धे धर्ममये मयि ।
धारयञ्छ्वेततां याति षडूर्मिरहितो नरः ।। १८ ।।
जसले मेरो श्वेतद्वीपको मालिक भएको मेरो रुपमा चित्त लगाउछ उसलाई जन्म, मृत्यु भोक, तीर्खा, शोक, मोह आदि विकारले रहित हुन्छ । उसलाई विशुद्ध स्वरूप प्राप्त हुन्छ ।।१८।।
मय्याकाशात्मनि प्राणे मनसा घोषमुद्वहन् ।
तत्रोपलब्धा भूतानां हंसो वाचः शृणोत्यसौ ।। १९ ।।
आकाश जस्तो निर्मल र समष्टि प्राणरूप म परमात्मामा जसले मनद्वारा नाद अर्थात् शब्दको चिन्तन गर्दछ, त्यो जीवले ज्ञाता भएर आकाशमा उपलब्ध हुने बिभिन्न किसिमका प्राणीहरूको बोलिलाई सुन्न र सम्झन सक्तछ ।।१९।।
चक्षुस्त्वष्टरि संयोज्य त्वष्टारमपि चक्षुषि ।
मां तत्र मनसा ध्यायन् विश्वं पश्यति सूक्ष्मदृक् ।। २० ।।
जो योगीले सूर्यमा आँखा र आँखामा सूर्यलाई परस्पर संयोग गराएउदछ, ती दुवैको संयोगमा मनमनै मेरो ध्यान गर्दछ भने उसको सूक्ष्म दृष्टिले सबै विश्वलाई नै देख्न सक्तछ ।।२०।।
मनो मयि सुसंयोज्य देहं तदनु वायुना ।
मद्धारणानुभावेन तत्रात्मा यत्र वै मनः ।। २१ ।।
मन र शरीरलाई प्राणवायुले सहित म परमात्मामा राम्रोसँग जोडेर मेरो ध्यान गरेयो भने त्यसको प्रभावले त्यो योगी जहाँ पुग्ने इच्छा गर्दछ उसको शरीर त्यही पुग्दछ ।।२१।।
यदा मन उपादाय यद् यद् रूपं बुभूषति ।
तत्तद् भवेन्मनोरूपं मद्योगबलमाश्रयः ।। २२ ।।
जब मनलाई उपादान कारण बनाएर योगीले जस्तो जस्तो रुप धारण गर्न चाहन्छ । उसले आफ्नो मनको इच्छा अनुसार त्यस्तै रुप धारण गर्न सक्दछ ।द।।२२।।
परकायं विशन् सिद्ध आत्मानं तत्र भावयेत् ।
पिण्डं हित्वा विशेत् प्राणो वायुभूतः षडंघ्रिवत् ।। २३ ।।
जब योगीले अर्काको शरीरमा प्रवेश गर्न चाहन्छ, उसले म उसको शरीरमा छु भन्ने भावना गर्नु । यस्तो गर्नाले उसको प्राण वायुरुप हुन जान्छ र जसरी भवरा एउटा फूल हुँदै अर्को फूल भित्र छिर्दछ त्यसरी नै प्राण पनि आफ्नो शरीर छोडेर भ्रमरा जस्तै गरी अर्काको शरीरमा प्रवेश गर्दछ ।।२३।।
पाष्र्याऽऽपीड्य गुदं प्राणं हृदुरः कण्ठमूर्धसु ।
आरोप्य ब्रह्मरन्ध्रेण ब्रह्म नीत्वोत्सृजेत्तनुम् ।। २४ ।।
योगीले शरीर छाड्नु छ भने कुर्कुच्चाले गुदद्वार थिचेर प्राणवायुलाई क्रमशः हृदय, वक्षस्थल, घाँटी र मूर्धास्थान (मस्तक) मा क्रमैले पुरयाएर ब्रह्मरन्धद्वारा ब्रह्ममा लीन गराएर शरीर छोड्नु पर्छ ।।२४।।
विहरिष्यन् सुराक्रीडे मत्स्थं सत्वं विभावयेत् ।
विमानेनोपतिष्ठन्ति सत्ववृत्तीः सुरस्त्रियः ।। २५ ।।
यदि योगीलाई देवताको क्रीडास्थलमा विहार गर्ने चाहना भएमा मेरो शुध्द सत्वमय स्वरुपको भावना गरोस् । यस्तो गर्नाले सत्वगुणको अंश भएकी देवाङ्गनाहरू विमानद्वारा आफ्ना सामु उपस्थित हुन्छन् ।।२५।।
यथा सङ्कल्पयेद् बुद्धया यदा वा मत्परः पुमान् ।
मयि सत्ये मनो युञ्जंस्तथा तत् समुपाश्नुते ।। २६ ।।
ममा चित्त लगाएको ब्यक्तिलेसत्यस्वरूपमा मनलाई स्थिर गराएर मेरो चिन्तन गर्ने व्यक्तिले जहिले जस्तो चिताउँदछ, त्यतिबेलै त्यही वस्तु प्राप्त गर्दछ ।।२६।।
यो वै मद्भावमापन्न ईशितुर्वशितुः पुमान् ।
कुतश्चिन्न विहन्येत तस्य चाज्ञा यथा मम ।।। २७ ।।
जो व्यक्ति ईशित्व र वशित्वका स्वामी मेरो रुपको चिन्तन गरेर त्यही भावले युक्त हुन्छ । उसको आज्ञा पनि मेरो आज्ञा जस्तै हुन्छ कसै कतैबाट पनि उल्लङ्घन हुँदैन ।।२७।।
मद्भक्त्या शुद्धसत्वस्य योगिनो धारणाविदः ।
तस्य त्रैकालिकी बुद्धिर्जन्ममृत्यूपबृंहिता ।। २८ ।।
जुन योगीको मन मेरो भक्तिको प्रभावले चित्तशुद्ध, सत्वमय भएको हुन्छ, ती योगीले जन्म मृत्यु आदिलाई जान्दछने । उनीहरु भूत भविष्य र वर्तमान लाई जान्दछन् ।।२८।।
अग्न्यादिभिर्न हन्येत मुनेर्योगमयं वपुः ।
मद्योगश्रान्तचित्तस्य यादसामुदकं यथा ।। २९ ।।
जस्तो पानीबाट पानीमा रहने कुनै प्राणीको नाश हुँदैन, त्यस्तै जो योगी आफ्नो चित्त ममा लगाएका हुन्छन् उसको योगमय शरीरलाई अग्नि आदि कुनै पदार्थले पनि नाश गर्न सक्तैन ।।२९।।
मद्विभूतीरभिध्यायन् श्रीवत्सास्त्रविभूषिताः ।
ध्वजातपत्रव्यजनैः स भवेदपराजितः ।। ३० ।।
जुन योगीले श्रीवत्स चिह्न, शङ्ख, चक्र, गदा, पद्म अस्त्रले शोभायमान, ध्वजा, छाता र पङ्खाले युक्त मेरा अवतारहरूको ध्यान गर्दछ, त्यो योगीलाई कसैले जित्न सक्तैन, अर्थात् अजेय बन्दछ ।।३०।।
उपासकस्य मामेवं योगधारणया मुनेः ।
सिद्धयः पूर्वकथिता उपतिष्ठन्त्यशेषतः ।। ३१ ।
यसरी विचारवान व्यक्तिले मेरो उपासना गर्दछ र योगको धारणाद्वारा मेरो चिन्तन गर्दछ भने उसलाई सबै सिद्धिहरु प्राप्त हुन्छ –जुन सिद्धिहरुको बारेमा पहिला बताइसकिएको छ ।।३१।।
जितेन्द्रियस्य दान्तस्य जितश्वासात्मनो मुनेः ।
मद्धारणां धारयतः का सा सिद्धिः सुदुर्लभा ।। ३२ ।।
हे उद्धव जसले आफ्नो प्राण, मन र इन्द्रियलाई अधीनमा राख्न सक्ने हुन्छन्, संयमी हुन्छन्, मेरो स्वरुपलाई धारण गर्दछन, उनका लागि कुन सिद्धि दुर्लभ होला ? अर्थात् उनले सबै सिद्धि प्राप्त गर्दछन् ।।३२।।
अन्तरायान् वदन्त्येता युञ्जतो योगमुत्तमम् ।
मया सम्पद्यमानस्य कालक्षपणहेतवः ।। ३३ ।।
उत्तम योगको अभ्यासद्वारा इन्द्रियलाई जितेको प्राण र अन्तकरणलाई वशमा राखेको चित्तलाई ममा स्थिर गरेको यस्तो योगीका निम्ति कुन चाही सिद्धि दुर्लभ हुन्छ र ? ।।३२।।
जन्मौषधितपोमन्त्रैर्यावतीरिह सिद्धयः ।
योगेनाप्नोति ताः सर्वा नान्यैर्योगगतिं व्रजेत् ।। ३४ ।।
यो लोकमा जन्मबाट, औषधिबाट, तपस्याबाट, मन्त्रबाट जति सिद्धि प्राप्त गर्न सकिन्छ, ती सबै सिद्धि योगद्वारा पाउन सकिन्छ । अन्य साधनद्वारा योगको माध्यम बाट पाईनेसालोक्यादि गति प्राप्त हुन सक्दैन ।।३४।।
सर्वासामपि सिद्धीनां हेतुः पतिरहं प्रभुः ।
अहं योगस्य सांख्यस्य धर्मस्य ब्रह्मवादिनाम् ।। ३५ ।।
ब्रह्म जान्नेहरूले योग, साङ्ख्य र धर्मलाई साधनको रुपमा बताएका छन् । म ती सबै सिद्धिहरुका कारण र मालिक हुँ । समर्थवान् पनि मै हुँ ।।३५।।
अहमात्माऽऽन्तरो बाह्योऽनावृतः सर्वदेहिनाम् ।
यथा भूतानि भूतेषु बहिरन्तः स्वयं तथा ।। ३६ ।।
जसरी सबै प्राणीहरुमा सूक्ष्म पञ्चमहाभूत बाहिर भित्र रहेको हुन्छ त्यसैगरी सबै प्राणीहरुको भित्र द्रष्टा रुपले र बाहिर दृष्य रुपले म नै अपरिच्छिन्न रुपमा रहेका हुन्छु ।।३६।।
इति श्रीमह्यागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे
पञ्चादशाऽध्यायः ।। १५ ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment