#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः द्विषष्टितमोऽध्यायः

 
 श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः द्विषष्टितमोऽध्यायः



राजोवाच–
(अनुष्टुप्)
बाणस्य तनयामूषामुपयेमे यदूत्तमः ।
तत्र युद्धमभूद् घोरं हरिशङ्‌करयोर्महत् ।
एतत्सर्वं महायोगिन् समाख्यातुं त्वमर्हसि ॥ १ ॥
राजा परीक्षितले सोधे– हे महान् योगेश्वर ! यदुश्रेष्ठ अनिरुद्धले बाणासुरकी छोरी उषासँग विवाह गरेका थिए भन्नेकुरा सुनेको छु यसै अवसरमा भगवान कृष्ण र शंकरजी बीच ठूलो भयंकर युद्ध पनि भएको थियो । कृपया अब मलाई यस कथाको बारेमा वर्णन गरी बताउनुहोस् ।।१।। 

श्रीशुक उवाच–
बाणः पुत्रशतज्येष्ठो बलेरासीन्महात्मनः ।
येन वामनरूपाय हरयेऽदायि मेदिनी ॥ २ ॥
श्रीशुकदेवजीले भन्नुभयो– हे परीक्षित ! बलिले सम्पूर्ण पृथ्वी वामन भगवानलाई दान गरेका थिए । उनका सय छोराहरू थिए । तीमध्ये जेठो बाणासुर थियो ।।२।। 

तस्यौरसः सुतो बाणः शिवभक्तिरतः सदा ।
मान्यो वदान्यो धीमांश्च सत्यसन्धो दृढव्रतः ॥ ३ ॥
बालिको छोरा बाणासुर आफ्नो बाबु समान सबै कुरामा योग्य र उदारचित्तको बुद्धिमान थियो । शिवको भक्तिमा तल्लिन थियो ।।३।।
 
शोणिताख्ये पुरे रम्ये स राज्यमकरोत् पुरा ।
तस्य शम्भोः प्रसादेन किङ्‌करा इव तेऽमराः ।
सहस्रबाहुर्वाद्येन ताण्डवेऽतोषयन्मृडम् ॥ ४ ॥
वाणले अत्यन्तै सुन्दर शोणितपुरमा शासन गर्दथ्यो । भगवान शंकरको कृपाले इन्द्रादी देवताहरु उसको सेवक जस्तै भएर उसकोे सेवा गर्थे । उसका हजार हात थिए । एक दिन जब भगवान शंकरले ताण्डव नृत्य गरिरहनुभएको बेलामा उसले अनेक प्रकारका बाजाहरु बजाएर भगवान शंकरलाई प्रसन्न पार्यो ।।४।। 

भगवान् सर्वभूतेशः शरण्यो भक्तवत्सलः ।
वरेण छन्दयामास स तं वव्रे पुराधिपम् ॥ ५ ॥
भगवान शंकर आफ्ना भक्तहरूका शरणगतका रक्षक हुनुहुन्छ । वहाँ सम्पूर्ण प्राणीका स्वामी हुनुहुन्छ । एकपटक भगवान शंकरले वाणासुरलाई तिमीेले मसंग वर माग भनेर भन्नुभएको बखतमा बाणासुरले हजुर मेरो रक्षक हुनुहोस भनि वर माग्यो ।।५।। 

स एकदाऽऽह गिरिशं पार्श्वस्थं वीर्यदुर्मदः ।
किरीटेनार्कवर्णेन संस्पृशंस्तत्पदाम्बुजम् ॥ ६ ॥
एक दिन आफ्नो शक्तिले उन्मुत्त भएको बाणासुरले सूर्य जस्तै चम्किलो मुकुट लगाएको आफ्नो छेउमा बस्नुभएका भगवान शंकरको पाउ छोएर भन्यो ।।६।। 

नमस्ये त्वां महादेव लोकानां गुरुमीश्वरम् ।
पुंसामपूर्णकामानां कामपूरामराङ्‌घ्रिपम् ॥ ७ ॥
हे देवताहरूका देव ! हजुर सम्पूण जीव र जगतका गुरु र शासक हुनुहुन्छ । हजुर मानिसका सबै मनोरथ पूरा गर्ने कल्पवृक्ष समान हुनुहुन्छ, म हजुरलाई नमस्कार गर्दछु ।।७ ।। 

दोःसहस्रं त्वया दत्तं परं भाराय मेऽभवत् ।
त्रिलोक्यां प्रतियोद्धारं न लभे त्वदृते समम् ॥ ८ ॥
हे प्रभु ! हजुरले मलाई हजार हात दिनुभएको छ, तर मेरो लागि यो हात आफ्नै लागि बोझ  मात्र बनिरहेका छ  किनकि तीनै लोकमा म बराबरको प्रतिस्पर्धि हजुर बाहेक अरू कोही पनि भेटिन । त्यसैले मसंग युध्द गरेर मेरो इच्छा पुरा गरिदिनुहोस ।।८।। 

कण्डूत्या निभृतैर्दोर्भिर्युयुत्सुर्दिग्गजानहम् ।
आद्यायां चूर्णयन्नद्रीन् भीतास्तेऽपि प्रदुद्रुवुः ॥ ९ ॥
हे आदिदेव ! एक पटक युध्द गर्नका लागि मेरा हातहरू यति चिलाएका छन् कि म युध्द गर्ने इच्छाले पाहडलाई प्रहार गर्दै धुलो बनाउँदै दिग्गजहरु भएको ठाँउमा पुगे तर उनीहरु सबै मसंग डराएर भागे ।।९।। 

तच्छ्रुत्वा भगवान् क्रुद्धः केतुस्ते भज्यते यदा ।
त्वद्दर्पघ्नं भवेन्मूढ संयुगं मत्समेन ते ॥ १० ॥
बाणासुरको यस्तो घमण्डी कुरा सुनेर भगवान शंकरले केही रिसाउँदै भन्नुभयो– हे मूर्ख ! जब तेरो झण्डा खस्छ, त्यतिबेलो म बराबरको योद्धासँग तेरो युध्द हुनेछ र त्यो युध्दमा तेरो घमण्ड नष्ट हुनेछ ।।१०।। 

इत्युक्तः कुमतिर्हृष्टः स्वगृहं प्राविशन्नृप ।
प्रतीक्षन् गिरिशादेशं स्ववीर्यनशनं कुधीः ॥ ११ ॥
हे परिक्षित ! बाणासुरको मन यति भ्रष्ट भएको थियो कि भगवान शंकरको कुरा सुनेपछि उनी धेरै खुसी भएर आफ्नो घर फर्कियो र अब त्यो मूर्ख भगवान शंकरले भने अनुसार त्यो झण्डा कहिले खस्ला र युध्द गर्न पाइएला भनेर युद्धको प्रतीक्षा गर्न थाल्यो ।।११।।
 
तस्योषा नाम दुहिता स्वप्ने प्राद्युम्निना रतिम् ।
कन्यालभत कान्तेन प्रागदृष्टश्रुतेन सा ॥ १२ ॥
बाणासुरकी एक छोरी थिइन्, उनको नाम उषा थियो । उनी अझै कुमारी थिइन्, एक दिन उनले सपनामा सुन्दर अनिरुद्धजीसँग सहबास भएको देखिन् । अचम्मको कुरा के थियो भने उनले अनिरुद्ध जीलाई कहिल्यै देखेकी र सुनेकी पनि थिइनन् ।।१२।। 

सा तत्र तमपश्यन्ती क्वासि कान्तेति वादिनी ।
सखीनां मध्य उत्तस्थौ विह्वला व्रीडिता भृशम् ॥ १३ ॥
सपनामा पनि उनले अनिरुध्दलाई नदेखेर अत्यन्तै विह्वल भएर तपाई कहाँ हुनुहुन्छ भनेर उठेर बरबराउन थालिन । त्यतिबेला उनको साथीहरुको बिचमा भएकीले धेरै लजाइन् ।।१३।।

बाणस्य मंत्री कुम्भाण्डश्चित्रलेखा च तत्सुता ।
सख्यपृच्छत् सखीमूषां कौतूहलसमन्विता ॥ १४ ॥
बाणासुरको एक कुभाण्ड नाम गरेका मन्त्री थिए । उनको चित्रलेखा नामकी एक छोरी थिइन् । उषा र चित्रलेखा एकअर्काको साथी थिए । चित्रलेखाले जिज्ञासाले उषालाई सोधिन ।।१४।।

कं त्वं मृगयसे सुभ्रु कीदृशस्ते मनोरथः ।
हस्तग्राहं न तेऽद्यापि राजपुत्र्युपलक्षये ॥ १५ ॥
हे राजकुमारी ! म देख्छु कि आजसम्म तिम्रो विवाह भएको छैन त्यसैले तिम्रो पाणि ग्रहण गर्ने कोहि छैन । तिम्रो इच्छा र चाहना के होला ? ।।१५।। 

ऊषोवाच
दृष्टः कश्चिन्नरः स्वप्ने श्यामः कमललोचनः ।
पीतवासा बृहद्‌बाहुः योषितां हृदयङ्‌गमः ॥ १६ ॥
उषाले भनिन् हे साथी ! मैले सपनामा एक कालो वर्ण भएको, कमलजस्तै आँखा भएको धेरै सुन्दर पुरुषलाई देखेको छु । जसले स्त्रीको मनलाई सजिलैसंग आकर्षित गर्न सक्थ्यो ।।१६।।

तमहं मृगये कान्तं पाययित्वाधरं मधु ।
क्वापि यातः स्पृहयतीं क्षिप्त्वा मां वृजिनार्णवे ॥ १७ ॥
आज उसले मलाई आफ्नो प्रेमको मिठो मधु पियायो तर मघु पिउन सक्नु अघि नै, उसले मलाई दुःखको सागरमा मलाई एक्लै छोडेर कतै गयो । म अहिले उही प्रिय सुन्दर युवकलाई खोजिरहेको छु ।।१७।। 

चित्रलेखोवाच
व्यसनं तेऽपकर्षामि त्रिलोक्यां यदि भाव्यते ।
तमानेष्ये नरं यस्ते मनोहर्ता तमादिश ॥ १८ ॥
चित्रलेखाले भनिन्– हे राजकुमारी ! यदि तिम्रो मनलाई हरण गर्ने तीन लोकमा कतै छ र तिमीले उसलाई चिन्न सक्छौ र बताउन सक्छ्यौ भने म तिम्रो बिछोडको पीडालाई अवश्य शान्त पार्नेछु । म उसलाई जहाँ भएपनि खोजेर ल्याउछ उसको बारेमा बताऊ ।।१८।। 

इत्युक्त्वा देवगन्धर्वसिद्धचारणपन्नगान् ।
दैत्यविद्याधरान् यक्षान् मनुजांश्च यथालिखत् ॥ १९ ॥
यसो भन्दै चित्रलेखाल देवता, गन्धर्व, सिद्ध, चरण, पन्नग, दानव, विद्याधर, यक्ष र मानिसहरुको तस्विर बनाएर देखाइन् ।।१९।।
 
मनुजेषु च सा वृष्णीन् शूरमानकदुन्दुभिम् ।
व्यलिखद् रामकृष्णौ च प्रद्युम्नं वीक्ष्य लज्जिता ॥ २० ॥
उनले मानिसमा वृष्णिवंशी वासुदेवजीका पिता शूर, स्वयम् वसुदेवजी, बलरामजी र भगवान श्रीकृष्ण आदिका तस्बिरहरू बनाइन् । ती चित्र मध्दे प्रद्युम्नको तस्विर देखेर उषा लज्जित भइन् ।।२०।। 

अनिरुद्धं विलिखितं वीक्ष्योषावाङ्‌मुखी ह्रिया ।
सोऽसावसाविति प्राह स्मयमाना महीपते ॥ २१ ॥
हे राजा परीक्षित ! अनिरुद्धको तस्बिर देखेपछि लाजले उषाले टाउको निहुर्याइन । त्यसपछि, मन्द मुस्कुराउँदै भनिन् मैले सपनामा देखेको पुरुष यहि हो ।।२१।।
 
चित्रलेखा तमाज्ञाय पौत्रं कृष्णस्य योगिनी ।
ययौ विहायसा राजन् द्वारकां कृष्णपालिताम् ॥ २२ ॥
हे राजा परीक्षित ! चित्रलेखा योगविद्या जान्दथिन् उनले उषाले सपनामा देखेको पुरुष श्रीकृष्णका नाति अनिरुध्द हुन भन्ने थाहापाइन् । त्यसपछि उनी रातको समयमा आकाशमार्ग हुँदै श्रीकृष्णले सुरक्षा गर्नुभएको द्वारकापुरीमा पुगिन् ।।२२।। 

तत्र सुप्तं सुपर्यङ्‌के प्राद्युम्निं योगमास्थिता ।
गृहीत्वा शोणितपुरं सख्यै प्रियमदर्शयत् ॥ २३ ॥
आफ्नो योगशक्तिका प्रभागले द्वारका पुगेकी चित्रलेखाले त्यहाँ अनिरुद्ध एकदमै सुन्दर ओछ्यानमा सुतिरहेको देखिन र  योगबलले अनिरुध्दलाई उठाएर शोणितपुर ल्याइन् र आफ्नी साथी उषालाई आफ्नो प्रियतमको दर्शन गराइन् ।।२३।। 

सा च तं सुन्दरवरं विलोक्य मुदितानना ।
दुष्प्रेक्ष्ये स्वगृहे पुम्भी रेमे प्राद्युम्निना समम् ॥ २४ ॥
आफुले सपनामा देखेको सुन्दर पुरुषलाई पाएपछि उषा अपार खुशीले प्रसन्न भइन् र उनी अनिरुद्धसँग अन्तःपुरभित्र रमण गर्न थालिन् । जहाँ अरु पुरुषहरुले हेर्न पनि सक्दैनथे ।।२४।।

परार्ध्यवासःस्रग्गन्धधूपदीपासनादिभिः ।
पानभोजनभक्ष्यैश्च वाक्यैः शुश्रूषणार्चितः ॥ २५ ॥
गूढः कन्यापुरे शश्वत्प्रवृद्धस्नेहया तया ।
नाहर्गणान् स बुबुधे ऊषयापहृतेन्द्रियः ॥ २६ ॥
उषाको माया दिनप्रतिदिन बढ्दै गयो । उनले अनिरुद्धलाई बहुमुल्य वस्त्र, चन्दन, फूलका माला, अत्तर, धूपका, बत्ती, आसन आदि, गुलियो पेय पदार्थ भोज्य वस्तुहरू, र मीठो बोली र सेवाले सम्मान गर्न थालिन् । उषाले आफ्नो प्रेमले अनिरुध्दको मन जितिन् । त्यो अन्तःपुरको भित्री कोठामा जहाँ उषा बस्थिन त्यहाँ लुकेर अनिरुद्धले आफूलाई बिर्से । म यहाँ आएको कति दिन बित्यो भनेर भन्ने पनि उनलाई थाहा भएन ।।२५–२६।। 

तां तथा यदुवीरेण भुज्यमानां हतव्रताम् ।
हेतुभिर्लक्षयाञ्चक्रुराप्रीतां दुरवच्छदैः ॥ २७ ॥
यदुकुमार अनिरुद्ध संगको बसाइमा उषाको कुमारीत्व नष्ट भएको थियो । जसले गर्दा उनको शरीरमा यस्ता रतिचिन्हहरु देखा परेका थिए जुनकुरा अरुले थाहा पाए ।।२७।।

भटा आवेदयाञ्चक्रू राजंस्ते दुहितुर्वयम् ।
विचेष्टितं लक्षयाम कन्यायाः कुलदूषणम् ॥ २८ ॥
यो कुरा सैनिकहरुले थाहा पाएर  वाणासुर नजिक गएर निवेदन भने– हे महाराज हामी हजुरको अविवाहित राजकुमारीको अनौठो व्यवहार देखिरहेका छौं । जसले कुललाई नै कलंकित पार्लिन जस्तो लाग्छ ।।२८।।

अनपायिभिरस्माभिर्गुप्तायाश्च गृहे प्रभो ।
कन्याया दूषणं पुम्भिर्दुष्प्रेक्ष्याया न विद्महे ॥ २९ ॥
हे प्रभु ! हामी दिनरात दरबारको सुरक्षा गरिरहेका छौं भन्ने कुरामा कुनै शंका छैन । हामीले महल छाडेका पनि छैनौं र त्यहाँ उनलाई अरु बाहिरी पुरुषले देख्न पनि सक्दैनन् तैपनि यस अवस्थामा राजकुमारी कसरी कलंकित भइन्, हामी यसको कारण बुझ्न असमर्थ छौं ।।२९।। 

ततः प्रव्यथितो बाणो दुहितुः श्रुतदूषणः ।
त्वरितः कन्यकागारं प्राप्तोऽद्राक्षीद् यदूद्वहम् ॥ ३० ॥
सैनिकहरुबाट छोरीको कलंक सम्बन्धि कुरा सुनेर बाणासुर धेरै दुःखी भयो र हतार हतार उषाको छोरी उषाको महलमा पुग्यो । उसले त्यहाँ अनिरुद्धजी बसिरहेको देख्यो ।।३०।। 

(मिश्र)
कामात्मजं तं भुवनैकसुन्दरं
     श्यामं पिशङ्‌गाम्बरमम्बुजेक्षणम् ।
बृहद्‌भुजं कुण्डलकुन्तलत्विषा
     स्मितावलोकेन च मण्डिताननम् ॥ ३१ ॥
दीव्यन्तमक्षैः प्रिययाभिनृम्णया
     तदङ्‌गसङ्‌गस्तनकुङ्‌कुमस्रजम् ।
बाह्वोर्दधानं मधुमल्लिकाश्रितां
     तस्याग्र आसीनमवेक्ष्य विस्मितः ॥ ३२ ॥
अनिरुद्ध स्वयं कामदेवका अवतार प्रद्युन्जीका पुत्र थिए । तीनै लोकमा उनी जत्तिको सुन्दर कोही थिएन । कालो रंगको सुन्दर शरीर, पीताम्वर धारण गरेका, कमलको फूलजस्ता ठूला कोमल आँखा, लामा लामा हात, घुम्रिएको कपाल र ओठमा मन्द मुस्कान र प्रेमले भरिएको नजरले उनको अनुहारको सौन्दर्य अद्वितीय देखिन्थ्यो, यो देखेर वाणसुर आश्चर्यमा पर्यो ।।३१।।
 
स तं प्रविष्टं वृतमाततायिभि
     र्भटैरनीकैरवलोक्य माधवः ।
उद्यम्य मौर्वं परिघं व्यवस्थितो
     यथान्तको दण्डधरो जिघांसया ॥ ३३ ॥
उषाका प्रिय अनिरुद्धले बाणासुर ठूलो संख्यामा सशस्त्र योद्धाहरूको साथमा दरबारमा प्रवेश गरेको देखेर उनले ठुलो फलामको मुंग्रो लिएर वाणासुरलाई मार्न भनि जाइलागे ।।३३।।
 
जिघृक्षया तान् परितः प्रसर्पतः
     शुनो यथा शूकरयूथपोऽहनत् ।
ते हन्यमाना भवनाद् विनिर्गता
     निर्भिन्नमूर्धोरुभुजाः प्रदुद्रुवुः ॥ ३४ ॥
बाणासुर सँगै आएका सिपाहीहरू अनिरुध्दलाई समात्न चारैतिरबाट घेरे तर जसरी सुँगुरहरूको गोठालाले कुकुरहरूलाई मार्छ त्यसरी नै अनिरुद्धको प्रहारबाट ती सिपाहीहरूको टाउको, हात, तिघ्रा आदि भाँचियो र तिनीहरू दरबारबाट भागे ।।३४।। 

तं नागपाशैर्बलिनन्दनो बली
     घ्नन्तं स्वसैन्यं कुपितो बबन्ध ह ।
ऊषा भृशं शोकविषादविह्वला
     बद्धं निशम्याश्रुकलाक्ष्यरौदिषीत् ॥ ३५ ॥
अनिरुध्दले आफ्ना सेनालाई मारिरहेको देखेर वाणसुर धेरै रिसायो र उसले नागपासले उनलाई बाँध्यो । अनिरुध्दलाई यसरी बाँधेको देखेर उषा धेरै दुःखी भएर शोक गर्न थालिन् र आँखाबाट आँसु बगाउँदै रुन थालिन  ।।३५।।

इति श्रीमद्भानगवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे
अनिरुद्धबन्धो नाम द्विषष्टितमोऽध्यायः ॥ ६२ ॥