श्रीमद्भागवत महापुराण
पञ्चमः स्कन्धः – त्रयोविंशोऽध्यायः
श्रीशुक उवाच –
अथ तस्मात्परतस्त्रयोदशलक्षयोजनान्तरतो यत्तद्विष्णोः परमं पदमभिवदन्ति यत्र ह महाभागवतो धुव औत्तानपादिरग्निनेन्द्रेण प्रजापतिना कश्यपेन धर्मेण च समकालयुग्भिः सबहुमानं दक्षिणतः क्रियमाण इदानीमपि कल्पजीविनामाजीव्य उपास्ते तस्येहानुभाव उपवर्णितः ॥ १ ॥
शुकदेवजी भन्नुहुन्छ–
राजन् ! सप्तर्षिहरूको लोकभन्दा तेह्रलाख योजन माथि ध्रुवलोक छ । यसलाई भगवान् विष्णुको परम पद भनिन्छ । यहाँ उत्तानपादका छोरा परम भगवद्भक्त ध्रुवजी रहन्छन् । अग्नि, इन्द्र प्रजापति, कस्यप, र धर्म यी सबै एक साथ यिनको प्रदक्षिणा गर्दछन् । कालपर्यन्त सम्म भूर्लोकहरू यिनकै आधारमा स्थित छन । यस लोकको प्रभावका बारे मैले पहिलेनै चौथौं स्कन्धमा बताई सकें ।।१।।
स हि सर्वेषां ज्योतिर्गणानां ग्रहनक्षत्रादीना मनिमिषेणाव्यक्तरंहसा भगवता कालेन भ्राम्यमाणानां स्थाणुरिवावष्टम्भ ईश्वरेण विहितः शश्वदवभासते ॥ २ ॥
अव्यक्त गति भगवान् कालद्वारा जुन ग्रह, नक्षत्रादि ज्योर्तिगण निरन्तर घुमिरहन्छन् । यी सबैको आधारका लागि भगवान्ले ध्रुवलोकलाई स्तम्भरुपले नियुक्त गर्नु भएको छ त्यसैले यी एकै स्थानमा रहेर सधैं प्रकाशित हुन्छन ।।२।।
यथा मेढीस्तम्भ आक्रमणपशवः संयोजिता स्त्रिभिस्त्रिभिः सवनैर्यथास्थानं मण्डलानि चरन्त्येवं भगणा ग्रहादय एतस्मिन्नन्तर्बहिर्योगेन कालचक्र आयोजिता ब्रुवमेवावलम्ब्य वायुनोदीर्यमाणा आकल्पान्तं परिचङ्क्रमन्ति नभसि यथा मेघाः श्येनादयो वायुवशाः कर्मसारथयः परिवर्तन्ते एवं ज्योतिर्गणाः प्रकृतिपुरुषसंयोगानुगृहीताः
कर्मनिर्मितगतयो भुवि न पतन्ति ॥ ३ ॥
जसरी दाँई गर्दा अन्नलाई खुद्ने वस्तुलाई सानो ठुलो डोरीले बाँधेर क्रमशः नजिक, टाढा र विचमा रहेर खम्बाको चारैतिर मण्डल बाधेर घुम्दछन त्यसरी नै सबै नक्षत्र र ग्रहगण हरू बाहिर र भित्रको क्रमले यस काल चक्रमा नियुक्ति भएर ध्रुवलोकलाई आश्रय लिएर वायुको प्रेरणाले कल्प कल्प सम्म घुमि रहन्छ । जसरी बादल र बाज आदि चराहरू आफ्नो कर्मको सहायताले वायुको अधिनमा रहेर आाकाशमा उडिरहन्छ त्यसैगरि यो ज्योतिर्गण पनि प्रकृति र पुरुषको संयोगले आफ्नो आफ्नो कर्म अनुसार घुमिरहन्छन । यि पृथ्वीमा खस्दैनन ।।३।।
केचनैतज्योतिरनीकं शिशुमारसंस्थानेन भगवतो वासुदेवस्य योगधारणायामनुवर्णयन्ति ॥ ४ ॥
कोहि कोहि पुरुष भगवान्को योगमायाको आधारमा स्थित यस ज्योतिश्चक्रलाई शिशुमार (जल–जन्तु) को रुपमा बर्णन गर्दछन ।।४।।
यस्य पुच्छाग्रेऽवाक्शिरसः कुण्डलीभूतदेहस्य ध्रुव उपकल्पितस्तस्य लाङ्गूले प्रजापतिरग्निरिन्द्रो धर्म इति पुच्छमूले धाता विधाता च कट्यां सप्तर्षयः । तस्य दक्षिणावर्तकुण्डलीभूतशरीरस्य यान्युदगयनानि दक्षिणपार्श्वे तु नक्षत्राण्युपकल्पयन्ति दक्षिणायनानि तु सव्ये । यथा शिशुमारस्य कुण्डलाभोगसन्निवेशस्य पार्श्वयोरुभयोरप्यवयवाः समसंख्या भवन्ति । पृष्ठे त्वजवीथी आकाशगङ्गा चोदरतः ॥ ५ ॥
कुण्डलाकार भएको यो शिशुमार चक्रको यसको टाउको तलतिर र पुच्छरको टुप्पामा ध्रुव र माझमा प्रजापित, अग्नि, इन्द्र, र धर्म छन । पुच्छरको जरामा धाता र विधाता छन । यस्को कटि प्रदेशमा सप्तर्षि छन । यो शिशुमार दहिनी तिरको भागमा अभिजित् देखि लिएर पुनर्वसु सम्म उत्तरायणका नक्षत्रहरू छन, ती उसको दाहिने भागमा पनि छन । लोकमा शिशुमार कुण्डलाकार भएकोले यसका दुवैतिरका अंगहरूको शंख्या बराबर हुन्छ । त्यसैले त्यहाँ नक्षत्र संख्यामा पनि बराबर छन । यसको पीठ्युमा अजवीथी (मूल, पूर्वाषढा र उत्तराषाढ) नामका तीन नक्षत्र छन र पेटमा आकाश गंङ्गा छ ।।५।।
पुनर्वसुपुष्यौ दक्षिणवामयोः श्रोण्योरार्द्राश्लेषे च दक्षिणवामयोः पश्चिमयोः पादयोरभिजिदुत्तराषाढे दशि क्षणवामयोर्नासिकयोर्यथासंख्यं श्रवणपूर्वाषाढे दक्षिणवामयोर्लोचनयोर्धनिष्ठा मूलं च दक्षिणवामयोः कर्णयोर्मघादीन्यष्ट नक्षत्राणि दक्षिणायनानि वामपार्श्ववङ्क्रिषु युञ्जीत तथैव मृगशीर्षादीन्युदगयनानि दशि क्षणपार्श्ववङ्क्रिषु प्रातिलोम्येन प्रयुञ्जीत शतभिषाज्येष्ठे स्कन्धयोर्दक्षिणवामयोर्न्यसेत् ॥ ६ ॥
राजन् ! यसको दहिने र बायाँ कटिसम्म मा पुनर्वसु र पुष्य नक्षत्र छन । पछाडिको दाहिने र वायाँ चरणमा आद्रा र अश्लेषा नक्षत्र छन । तथा दाहिने र देब्रे नाकमा क्रमशः अभिजित र उत्तरषाढा नक्षत्र छन । त्यसरीनै दाहिने र वायाँ आँखामा श्रवण र पूर्वाषणा, दहिने र वायँ कानमा धनिष्ठा र मूल नक्षत्र छन । मघा आदि दक्षिणायनका आठ नक्षत्र देब्रे करङ्गमा र दाँहिने करंगमा यसको बिपरित क्रमले मृगशिरा आदि उत्तरायणका आठ नक्षत्र छन । शतभिषा र जेष्ठा यी दुई नक्षत्र क्रमशः दाहिने र बायाँ काधको भागमा रहेकाछन ।।६।।
उत्तराहनावगस्तिरधराहनौ यमो मुखेषु चाङ्गारकः शनैश्चर उपस्थे बृहस्पतिः ककुदि व क्षस्यादित्यो हृदये नारायणो मनसि चन्द्रो नाभ्यामुशना स्तनयोरश्विनौबुधः प्राणापानयो राहुर्गले केतवः सर्वाङ्गेषु रोमसु सर्वे तारागणाः ॥ ७ ॥
यसको माथिको चिउडोमा यम, मुखमा मंगल, गर्दनमा बृहस्पति, छातीमा,सूर्य, हृदयमा नारायण, मनमा चन्द्रमा, नाभिमा शुक्र, स्तनमा अश्विनीकुमार, प्राण र अपानमा बुध, घाँटीमा राहु, सबै अङ्गमा केतु र रौंमा सम्पूर्ण ताराहरू रहेकाछन ।।७।।
एतदु हैव भगवतो विष्णोः सर्वदेवतामयं रूपमहरहः सन्ध्यायां प्रयतो वाग्यतो निरीक्षमाण उपतिष्ठेत नमो ज्योतिर्लोकाय कालायनाया निमिषां पतये महापुरुषायाभिधीमहीति ॥ ८ ॥
राजन् ! यो भगवान् विष्णुको सर्वदेवमय स्वरूपहो, यसलाई नित्य सायङ्कालको समयमा पवित्र र मौन भएर दर्शन गर्दै चिन्तन गर्नु पर्दछ र यस मन्त्रको जप गरेर भगवान्को स्तुति गर्नु पर्दछ । सम्पूर्ण ज्योर्तिगणका आश्रय कालचक्रस्वरुप, सबै देबका अधपति परमपुरुष परमात्मालाई हामी नमस्कार गर्दछौं ।।८।।
ग्रहर्क्षतारामयमाधिदैविकं
पापापहं मन्त्रकृतां त्रिकालम् ।
नमस्यतः स्मरतो वा त्रिकालं
नश्येत तत्कालजमाशु पापम् ॥ ९ ॥
ग्रह, नक्षत्र र ताराहरूको रुपमा भगवान्को आदि दैविकरुपले वहाँ प्रकाशित हुनुभएको छ । प्रात, मध्यान्न र सायंकाल तीनै समय वहाँको यस आधिदैविक स्वरुपको नित्यरुपमा चिन्तन र वन्दना गर्दछ भने उसको सबै पाप तुरुन्त नष्ट हुन्छ ।।९।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
पञ्चमस्कन्धे शिशुमारसंस्थावर्णनं नाम त्रयोविंशोऽध्यायः ॥ २३ ॥