श्रीमद्भागवत महापुराण
दशमस्कन्धः –अशीतितमोऽध्यायः
राजोवाच–
(अनुष्टुप्)
भगवन् यानि चान्यानि मुकुन्दस्य महात्मनः ।
वीर्याण्यनन्तवीर्यस्य श्रोतुमिच्छामि हे प्रभो ॥ १ ॥
राजा परीक्षितले सोधे– हे भगवान् शुकदेव ! परब्रह्म परमात्मा मुकुन्द भगवान श्रीकृष्णको शक्ति अनन्त छन् । अब म उहाँका अरु लीलाचरित्रहरू सुन्न चाहान्छु ।।१।।
को नु श्रुत्वासकृद् ब्रह्मन्नुत्तमःश्लोकसत्कथाः ।
विरमेत विशेषज्ञो विषण्णः काममार्गणैः ॥ २ ॥
हे ब्राह्मण ! सुखको खोजीमा अत्यन्तै दुखी भएर भगवानको लीलाकथाहरू सुनेर आनन्दित भएका ब्यक्तिहरुमा कसले भगवानको पवित्र लीला चरित्रलाई सुनेर पनि फेरी त्यसलाई छाड्ला र ? २
(मिश्र)
सा वाग् यया तस्य गुणान् गृणीते
करौ च तत्कर्मकरौ मनश्च ।
स्मरेद् वसन्तं स्थिरजङ्गमेषु
शृणोति तत्पुण्यकथाः स कर्णः ॥ ३ ॥
जुन वाणीले भगवान्को गुणगान गर्दछ त्यो नै सच्चा बाँणी हो । जुन हात भगवान्को सेवामा लागेका हुन्छन् ती हात नै सच्चा हात हुन् । जुन मनले चराचर प्राणीहरुमा निवास गर्ने भगवानलाई स्मरण गर्दछ त्यही मन नै पवित्र मन हो । अनि जुन कानले भगवान्का मंगलमय कथा सुनेको हुन्छ त्यो कान नै असल कान हो ।।३।।
शिरस्तु तस्योभयलिङ्गमानमे(
त्तदेव यत्पश्यति तद्धि चक्षुः ।
अङ्गानि विष्णोरथ तज्जनानां
पादोदकं यानि भजन्ति नित्यम् ॥ ४ ॥
त्यो शिर नै वास्तविक शिर हो जसले भगवानका चल र अचल प्रतिमालाई प्रणाम गरेको हुन्छ । अनि जुन आँखाले जसले सर्वत्र भगवानको रूप देख्छन् त्यही नै वास्तविक आँखा हुन् । अनि जुन अंगले भगवान र उहाँका भक्तहरूको चरणलाई ग्रहण गरेका हुन्छन् त्यही अंग नै वास्तविक अंगहरू हुन् ।।४।।
सूत उवाच–
(अनुष्टुप्)
विष्णुरातेन सम्पृष्टो भगवान् बादरायणिः ।
वासुदेवे भगवति निमग्नहृदयोऽब्रवीत् ॥ ५ ॥
सुतजीले भन्नुभयो– हे शौनक ! राजा परीक्षितले भगवानको सम्बन्धमा यस्तो प्रश्न सोधेपछि भगवानमा निमग्न भएर श्री शुकदेवजीको भन्नुभयो ।।५।।
शुक उवाच–
कृष्णस्यासीत् सखा कश्चिद् ब्राह्मणो ब्रह्मवित्तमः ।
विरक्त इन्द्रियार्थेषु प्रशान्तात्मा जितेन्द्रियः ॥ ६ ॥
श्रीशुकदेवजीले भन्नुभयो– हे परीक्षित ! भगवान् श्रीकृष्णका एक मित्र ब्रह्मज्ञानी ब्राह्मण मित्र थिए । उनी विषयबाट अलग, शान्त मनका र इन्द्रियलाई जितेका थिए ।।६।।
यदृच्छयोपपन्नेन वर्तमानो गृहाश्रमी ।
तस्य भार्या कुचैलस्य क्षुत्क्षामा च तथाविधा ॥ ७ ॥
गृहस्थ भए पनि उनले कुनै पनि प्रकारको सम्पत्ति जगेर्ना गर्ने काम गर्दैनथे आफ्नो भाग्य अनुसार जे मिल्छ त्यसैमा सन्तुष्ट रहन्थे । उनी पुराना फाटेका लुगा लगाएर जीवन चलाउँदथे । उनकी पत्नी पनि उनको जसरी नै जीवन बिताउँन भएकोले भोकले दुब्लाउँदै गएकी गइन् ।।७।।
पतिव्रता पतिं प्राह म्लायता वदनेन सा ।
दरिद्रं सीदमाना वै वेपमानाभिगम्य च ॥ ८ ॥
उनकी पत्नी अत्यन्तै दुःखी र पतिव्रता स्त्री थिइन् । भोकले ज्यादै सताएकोले एकदिन उनले आफ्ना पति श्रीदामाको अगाडि गएर निन्याउरो अनुहार लगाएर भन्न लागिन् ।।८।।
ननु ब्रह्मन् भगवतः सखा साक्षाच्छ्रियः पतिः ।
ब्रह्मण्यश्च शरण्यश्च भगवान् सात्वतर्षभः ॥ ९ ॥
हे ब्राह्मणदेव ! सात्वत वंशका श्रेष्ठ लक्ष्मीपति भगवान श्रीकृष्ण हजुरका मित्र हुनुहुन्छ । उहाँ ब्राह्मणका भक्त र शरणागतवत्सल हुनुहुन्छ ।।९।।
तमुपैहि महाभाग साधूनां च परायणम् ।
दास्यति द्रविणं भूरि सीदते ते कुटुम्बिने ॥ १० ॥
हे महाभाग ! हजुर सत्पुरुषहरुका एक मात्र आश्रय हुनुहुन्छ । अब हजुर वहाँ वहाँको नजिकमा जानुहोस । हजुरको दुःखी गृहस्थ जीवनलाई देखेर वहाँले धेरै धनहरु दिनुहुनेछ ।।१०।।
आस्तेऽधुना द्वारवत्यां भोजवृष्ण्यन्धकेश्वरः ।
स्मरतः पादकमलमात्मानमपि यच्छति ।
किं न्वर्थकामान् भजतो नात्यभीष्टाञ्जगद्गुरुः ॥ ११ ॥
हाल उहाँ भोज, वृष्णी र अन्धकवंशी यादवहरूको स्वामीको रूपमा द्वारिकामा बस्नु भएको छ । उहाँ यति उदार हुनुहुन्छ कि उहाँ आफ्नो चरण कमलको प्रेम गर्ने भक्तहरूलाई आफूलाई पनि दान गर्नुहुन्छ र भक्तहरुले चाहना नै नगरेका धेरै योग्य बस्तुहरु पनि दिनुहनेछ यो कुनै नौलो कुरा होइन ।।११।।
स एवं भार्यया विप्रो बहुशः प्रार्थितो मृदु ।
अयं हि परमो लाभ उत्तमःश्लोकदर्शनम् ॥ १२ ॥
इति सञ्चिन्त्य मनसा गमनाय मतिं दधे ।
अप्यस्त्युपायनं किञ्चिद् गृहे कल्याणि दीयताम् ॥ १३ ॥
यसरी ती ब्राह्मण देवताकी पत्नीले आफ्नो पतिलाई धेरै पटक ठूलो नम्रताका साथ प्रार्थना गरिन्, तब ती ब्राह्मणले पवित्र किर्ति भगवान श्रीकृष्णको दर्शन पाउनु पनि जीवनको ठूलो लाभ हुनेछ भन्ने यस्तो विचार गरेर श्रीकृष्णलाई भेट्न जाने निश्चय गरेर पत्नीलाई भने– हे कल्याणी ! घरमा केही उपहार छ भने देउ ।।१२–१३।।
याचित्वा चतुरो मुष्टीन् विप्रान् पृथुकतण्डुलान् ।
चैलखण्डेन तान् बद्ध्वा भर्त्रे प्रादादुपायनम् ॥ १४ ॥
त्यसपछि ती ब्राह्मणीले भगवानलाई उपहार दिनका लागि छिमेकी एक ब्राह्मणको घरबाट चार मुठी चिउरा मागेर एउटा कपडामा बाँधेर आफ्ना पतिलाई दिइन् ।।१४।।
स तानादाय विप्राग्र्यः प्रययौ द्वारकां किल ।
कृष्णसन्दर्शनं मह्यं कथं स्यादिति चिन्तयन् ॥ १५ ॥
यसपछि ती ब्राह्मणले त्यो चारमुठी चिउरा लिएर कृष्णको दर्शन कहिले पाइएला भनेर सोच्दै द्वारकातिर लागे ।।१५।।
त्रीणि गुल्मान्यतीयाय तिस्रः कक्षाश्च सद्विजः ।
विप्रोऽगम्यान्धकवृष्णीनां गृहेष्वच्युतधर्मिणाम् ॥ १६ ॥
ती श्रीदामा द्वारका पुगेपछि अरु ब्राह्मणहरूसँग मिलेर तीन वटा छाउनी र अरु चौवाटाहरुलाई पार गरेर अन्धकवंशीहरूको दरबारमा पुगे ।।१६।।
गृहं द्व्यष्टसहस्राणां महिषीणां हरेर्द्विजः ।
विवेशैकतमं श्रीमद् ब्रह्मानन्दं गतो यथा ॥ १७ ॥
त्यहाँ भगवान् कृष्णका सोह्र हजार रानीका महलहरू थिए श्रीदामा ती मध्ये एउटा ऐश्वर्य सम्पन्न महलमा प्रवेश गरे । उनी त्यहाँ पुग्दा उनलाई ब्रह्मानन्द पाएजास्तो भयो ।।१७।।
तं विलोक्याच्युतो दूरात् प्रियापर्यङ्कमास्थितः ।
सहसोत्थाय चाभ्येत्य दोर्भ्यां पर्यग्रहीन्मुदा ॥ १८ ॥
त्यसबेला भगवान श्रीकृष्ण आफ्नो प्रिय रुक्मिणीजीको पलंगमा बसिरहनुभएको थियो । टाढैबाट श्रीदामा ब्राह्मणलाई आउदै गरेको देखेर भटपट उठेर नजिकै आएर खुसी हुँदै अँगालोमा हाल्नुभयो ।।१८।।
सख्युः प्रियस्य विप्रर्षेरङ्गसङ्गातिनिर्वृतः ।
प्रीतो व्यमुञ्चदब्बिन्दून् नेत्राभ्यां पुष्करेक्षणः ॥ १९ ॥
आफ्ना प्रिय मित्र ब्राह्मण देवतालाई अंकमाल गरेर भगवान् अत्यन्तै प्रसन्न हुनुभयो । त्यतिबेला कमलनयन भगवानको आँखाबाट आँखाबाट प्रेमका आँसु बग्न थाले ।।१९।।
अथोपवेश्य पर्यङ्के स्वयं सख्युः समर्हणम् ।
उपहृत्यावनिज्यास्य पादौ पादावनेजनीः ॥ २० ॥
अग्रहीच्छिरसा राजन् भगवाँल्लोकपावनः ।
व्यलिम्पद् दिव्यगन्धेन चन्दनागुरुकुङ्कुमैः ॥ २१ ॥
केही समयपछि भगवान कृष्णले उनलाई आफ्नो पलंगमा लगेर बसाउनु भयो र आफैंले पूजा सामग्री ल्याएर उनको दुवै पाउ पखाल्नुभयो । यसरी सबै लोकलाई पवित्र पार्ने भगवान श्रीकृष्णले आफ्नै हातले ब्राह्मणको पाउ पखाल्नुभयो अनि शरीरमा दिव्य गन्धले लेपन गर्नुभयो ।।२०–२१।।
धूपैः सुरभिभिर्मित्रं प्रदीपावलिभिर्मुदा ।
अर्चित्वाऽऽवेद्य ताम्बूलं गां च स्वागतमब्रवीत् ॥ २२ ॥
त्यसपछि उहाँले प्रसन्न भएर सुगन्धित धूप र दीप आदिले आफ्नो साथीको आरती गर्नुभयो । यसरी पूजा गरेपछि, उनलाई सुपारी चढाएर मीठो बोलीले स्वागत गर्नुभयो ।।२२।।
कुचैलं मलिनं क्षामं द्विजं धमनिसंततम् ।
देवी पर्यचरत् साक्षाच्चामरव्यजनेन वै ॥ २३ ॥
च्यातिएको र पुरानो लुगा लगाएका ती ब्राह्मणको शरीर अत्यन्तै कमजोर थियो । शरीरका सबै नसाहरू बाहिर निस्किएका थिए । देवी रुक्मिणी आफैंले चमर पंखा हल्लाएर उनको सेवा गरिन् ।।२३।।
अन्तःपुरजनो दृष्ट्वो कृष्णेनामलकीर्तिना ।
विस्मितोऽभूदतिप्रीत्या अवधूतं सभाजितम् ॥ २४ ॥
निर्मल कीर्ति भएका भगवान श्रीकृष्णले यसरी ती अवधूत ब्राह्मणलाई ठूलो प्रेमले सेवा गरेको देखेर अन्तः पुरमा बस्ने मानिसहरु अत्यन्तै छक्क परे ।।२४।।
किमनेन कृतं पुण्यमवधूतेन भिक्षुणा ।
श्रिया हीनेन लोकेऽस्मिन् गर्हितेनाधमेन च ॥ २५ ॥
योऽसौ त्रिलोकगुरुणा श्रीनिवासेन सम्भृतः ।
पर्यङ्कस्थां श्रियं हित्वा परिष्वक्तोऽग्रजो यथा ॥ २६ ॥
तिनीहरू आपसमा भन्न थाले– योे, गरिब, घृणित र दयनीय अबधुत मगन्तेले कस्तो पुण्य गरेको रहेछ, जसलाई तीनै लोकका स्वामी श्रीकृष्ण आफैंले उनको सेवा गर्नु भएको छ ? वहाँले पलंगमा रहेकी लक्ष्मी रुपी रुक्मिणीलाई छोडेर यो ब्राह्मणलाई आफ्नो जेठा दाजु बलरामलाई सम्मान गरे जस्तै गर्नु भएकोछ ।२५–२६।।
कथयाञ्चक्रतुर्गाथाः पूर्वा गुरुकुले सतोः ।
आत्मनो ललिता राजन् करौ गृह्य परस्परम् ॥ २७ ॥
हे महाराज परीक्षित ! एकअर्काको हात समातेर, भगवान कृष्ण र श्रीदामा ब्राह्मणले गुरुकुलमा रहँदा आफु बिच भएको आनन्ददायी घटनाहरू सम्झन र वर्णन गर्न थाले ।।२७।।
श्रीभगवानुवाच (
अपि ब्रह्मन्गुरुकुलाद् भवता लब्धदक्षिणात् ।
समावृत्तेन धर्मज्ञ भार्योढा सदृशी न वा ॥ २८ ॥
भगवान श्रीकृष्णले भन्नुभयो – हे धर्मका विज्ञ ब्राह्मणदेव ! गुरुदक्षिणा दिएर गुरुकुलबाट फर्किएपछि हजुरले आफु सुहाउँदो स्त्रीसँग विवाह गर्नुभयो कि गर्नुभएन ? ।।२८।।
प्रायो गृहेषु ते चित्तमकामविहितं तथा ।
नैवातिप्रीयसे विद्वन् धनेषु विदितं हि मे ॥ २९ ॥
घरायसी जीवन बिताउँदा पनि हजुरको मन विषय भोगमा लागेन जसले गर्दा धन आदिमा तपाईको कुनै रुचि छैन भन्ने कुरा मलाई थाहा छ ।।२९।।
केचित् कुर्वन्ति कर्माणि कामैरहतचेतसः ।
त्यजन्तः प्रकृतीर्दैवीर्यथाहं लोकसङ्ग्रहम् ॥ ३० ॥
संसारमा धेरै कम मानिसहरू छन् जसले परमात्माले सृजना गरेका मायालाई त्यागेर लोक संग्रहका लागि लागि म जस्तै भएर काम गरिरहन्छन् ।।३०।।
कच्चिद् गुरुकुले वासं ब्रह्मन् स्मरसि नौ यतः ।
द्विजो विज्ञाय विज्ञेयं तमसः पारमश्नुते ॥ ३१ ॥
हे ब्राह्मण ! हजुरलाई हामी दुवै जना गुरुकुलमा सँगै बसेको कुरा याद आउँछ ? वास्तवमा गुरुकुलबाट सबै ज्ञान जानेर ब्राह्मण अज्ञानरुपी अन्धकारबाट पार पाउँछन् ।।३१।।
स वै सत्कर्मणां साक्षाद् द्विजातेरिह सम्भवः ।
आद्योऽङ्ग यत्राश्रमिणां यथाहं ज्ञानदो गुरुः ॥ ३२ ॥
यस संसारमा जन्मदिने पिता नै पहिलो गुरु हुन् त्यसपछि यसपछि अर्को गुरु ब्राह्मण, क्षत्रिय र वैश्यलाई उपनयन आदि संस्कार गरेर वेद पढाउने गुरु दोश्रो वर्गका हुन् जुन म जस्तै पूज्य हुन्छन् । आश्रममा ज्ञान दिने गुरु चाँही मेरो तेश्रो हुन् जुन मेरै स्वरुप हुन् ।।३२।।
नन्वर्थकोविदा ब्रह्मन् वर्णाश्रमवतामिह ।
ये मया गुरुणा वाचा तरन्त्यञ्जो भवार्णवम् ॥ ३३ ॥
हे मेरो प्यारो साथी ! म आफैं गुरुको रूपमा छु । यस संसारमा, वर्णाश्रमीहरू मध्ये जो आफ्ना गुरुदेवको रुप मबाट शिक्षा उपदेश पाएको हुन्छ उसले सजिलै यस भवसागरबाट पार पाउदछ । तिनीहरूलाई नै आफ्नो पुरुषार्थको बारेमा जानकारी हुन्छ ।।३३।।
नाहमिज्याप्रजातिभ्यां तपसोपशमेन वा ।
तुष्येयं सर्वभूतात्मा गुरुशुश्रूषया यथा ॥ ३४ ॥
म सबैको आत्मा हुँ म गुरुदेवको सेवाबाट जति सन्तुष्ट हुन्छु, त्यति नै यज्ञ आदि जस्ता गृहस्थ धर्म, ब्रह्मचारी धर्म, उपनयन, वेदाध्ययन, वानप्रस्थी धर्म, तपस्या र सन्यास धर्मबाट प्रसन्न हुन्न ।।३४।।
अपि नः स्मर्यते ब्रह्मन् वृत्तं निवसतां गुरौ ।
गुरुदारैश्चोदितानामिन्धनानयने क्वचित् ॥ ३५ ॥
प्रविष्टानां महारण्यमपर्तौ सुमहद् द्विज ।
वातवर्षमभूत्तीव्रं निष्ठुराः स्तनयित्नजवः ॥ ३६ ॥
हे ब्राह्मण । के तपाईंलाई हामी गुरुकुलमा बस्दाको त्यो घटना याद छ ? एक दिन हाम्रा गुरुआमाले हामी दुवैलाई दाउरा ल्याउनको लागि लिन जंगल पठाउनु भएको थियो ? त्यसदिन हामी घना जंगलमा गएका बखतमा बिना मौसम नै आकाशमा बिजुली चम्केर भयानक आँधी र वर्षा भएको थियो यस्तो घटन तपाई सम्झनुहुन्छ ? ।।३६।।
सूर्यश्चास्तं गतस्तावत् तमसा चावृता दिशः ।
निम्नं कूलं जलमयं न प्राज्ञायत किञ्चन ॥ ३७ ॥
त्यतिबेला सूर्य आस्ताएका कारण जताततै अन्धकारले ढाकिएको थियो । जताततै पानी नै पानी भएकोले हामीले अग्लो होचो पनि छुट्याउन सकेका थिएनौं ।।३७।।
(वंशस्था)
वयं भृशं तत्र महानिलाम्बुभि(
र्निहन्यमाना महुरम्बुसम्प्लवे ।
दिशोऽविदन्तोऽथ परस्परं वने
गृहीतहस्ताः परिबभ्रिमातुराः ॥ ३८ ॥
त्यतिबेला हावाहुरी सहित ठुलो पानी पर्नाले हामीलाई धेरै रुझायो । पानी र हुरी बतासले गर्दा हामीले आफ्नो बाटो पहिल्याउन सकेनौ । जसले गर्दा आत्तिएर एकअर्काको हात समातेर जंगलमा यता उता घुमिरह्रयौं ।।३८।।
(अनुष्टुप्)
एतद् विदित्वा उदिते रवौ सान्दीपनिर्गुरुः ।
अन्वेषमाणो नः शिष्यानाचार्योऽपश्यदातुरान् ॥ ३९ ॥
यो कुरा हाम्रा गुरुदेव सन्दीपनी मुनिलाई थाहा भयो र वहाँ सूर्य उदाएपछि आफ्ना शिष्य खोज्दै आउँनु भयो । त्यतिबेला हाम्रा गुरुले आफ्ना शिष्यले धेरै दुःख पएको देख्नुभयो ।।३९।।
अहो हे पुत्रका यूयमस्मदर्थेऽतिदुःखिताः ।
आत्मा वै प्राणिनां प्रेष्ठस्तमनादृत्य मत्पराः ॥ ४० ॥
त्यतिबेला गुरुले भन्नुभयो, हे छोराहरू ! तिमीहरूले हाम्रो लागि धेरै दुःख पायौ । हरेक प्राणीकालागि आफ्नो शरीर पृय हुन्छ तापनि तिमीहरुले आफ्नो शरीरको कुनै ख्याल नगरी हाम्रो सेवा सेवामा लागिरह्यौ ।।४०।।
एतदेव हि सच्छिष्यैः कर्तव्यं गुरुनिष्कृतम् ।
यद् वै विशुद्धभावेन सर्वार्थात्मार्पणं गुरौ ॥ ४१ ॥
गुरुको ऋणबाट मुक्त हुनको लागि सच्चा शिष्यले आफ्नो सबै वस्तु र शरीरलाई पनि शुद्ध भावनाका साथ गुरुको सेवामा समर्पित गर्नुपर्छ । यसोगर्दा गुरुको ऋणबाट मुक्त होइन्छ ।।४१।।
तुष्टोऽहं भो द्विजश्रेष्ठाः सत्याः सन्तु मनोरथाः ।
छन्दांस्ययातयामानि भवन्त्विह परत्र च ॥ ४२ ॥
हे ब्राह्मणहरु ! म तिमीहरुको सेबाबाट अत्यन्तै खुसी छु । तिमीहरुका सबै इच्छा र आकांक्षाहरू पूरा होऊन् । तिमीहरुले मबाट सिकेका वेदहरू सधैंभरि सम्झना भइरहोस् । लोक वा परलोक सबैतिर सफल होउन् ।।४२।।
इत्थंविधान्यनेकानि वसतां गुरुवेश्मसु ।
गुरोरनुग्रहेणैव पुमान् पूर्णः प्रशान्तये ॥ ४३ ॥
यसरी हामी गुरुकुलमा बस्दा हाम्रो जीवनमा यस्ता धेरै घटनाहरू घटे । गुरुदेवको कृपाले मात्र मानिस परम शान्तिका लागि योग्य हुन्छ भन्ने कुरामा कुनै शंका छैन ।।४३।।
ब्राह्मण उवाच–
किमस्माभिरनिर्वृत्तं देवदेव जगद्गुरो ।
भवता सत्यकामेन येषां वासो गुरावभूत् ॥ ४४ ॥
श्रीदामा ब्राह्मणले भने – हे देवताहरूका पनि पूजनीय देवता जगद्गुरु श्रीकृष्ण ! हामीलाई हजुरसँग गुरुकुलमा बस्ने जुन सौभाग्य मिल्यो त्यसमा हामीले गर्नु पर्ने कुरा नै के बाँकी रह्यो र ? ।।४४।।
यस्य च्छन्दोमयं ब्रह्म देह आवपनं विभो ।
श्रेयसां तस्य गुरुषु वासोऽत्यन्तविडम्बनम् ॥ ४५ ॥
हे भगवान् ! छन्दोमय वेद, धर्म, अर्थ, काम, मोक्ष – यी चार पुरुषार्थ हजुरको शरीर हुन् । वेद अध्ययन गर्न गुरुकुलमा बस्नु भनेको मात्र विडम्बना हो । त्यो केवल लोकलाई शिक्षा दिनका लागि हो ।।४५।।
इति श्रीमद्भाशगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
श्रीदामचरिते अशीतितमोऽध्यायः ॥ ८० ॥
