#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः – षोडशोऽध्यायः

 श्रीमद्भागवत महापुराण
 चतुर्थः स्कन्धः – षोडशोऽध्यायः



मैत्रेय उवाच –
(अनुष्टुप) 
इति ब्रुवाणं नृपतिं गायका मुनिचोदिताः ।
तुष्टुवुस्तुष्टमनसः तद् वाग् अमृतसेवया ॥ १ ॥

महाराज पृथुले यसप्रकार भनेपछि उनकोे अमृतरूपी वचन पान गर्नाले स्तुति गर्नेहरू धेरै खुसि भएर मुनिको प्रेरणाले यसप्रकार भन्नलागे ।।१।।

(इन्द्रवज्रा)
नालं वयं ते महिमानुवर्णने
     यो देववर्योऽवततार मायया ।
वेनाङ्गजातस्य च पौरुषाणि ते
     वाचस्पतीनामपि बभ्रमुर्धियः ॥ २ ॥

तपाई साक्षात देवश्रेष्ठ नारायण नै हुनुहुन्छ । तपाई आफ्नो मायाले अवतिर्ण हुनुभएको हो । हामीमा तपाईको महिमाको वर्णन गनै सामर्थ छैन । तपाईले राजा वेनको मृत शरीरबाट जन्म लिनुभएको हो  तर तपाईको पौरखको बारेमा वर्णन गर्न त साक्षात ब्रम्हाजीको बुध्दिपनि चक्कराउछ ।।२।।

अथाप्युदारश्रवसः पृथोर्हरेः
     कलावतारस्य कथामृतादृताः ।
यथोपदेशं मुनिभिः प्रचोदिताः
     श्लाघ्यानि कर्माणि वयं वितन्महि ॥ ३ ॥

तापनि तपाईको कथाको आस्वादमा आदर इच्छा राखेर मुनिहरूको उपदेश अनुसार उनैको प्रेरणाले हामी तपाईको परम प्रशंसनिय कामको केहि विस्तार गर्न चाहान्छौं । तपाई साक्षात श्रीहरिको कलावतार हुनुहुन्छ  र तपाईको कीर्ति धेरै उदार छ ।।३।।

(अनुष्टुप)
एष धर्मभृतां श्रेष्ठो लोकं धर्मेऽनुवर्तयन् ।
गोप्ता च धर्मसेतूनां शास्ता तत्परिपन्थिनाम् ॥ ४ ॥

धर्मधारीहरूमा यी महाराज पृथु दुनियालार्ई धर्ममा प्रबृत्त गरेर धर्म मर्यादाको रक्षा गर्दछन् र त्यसकोे  बिरोध गर्नेलार्ई दण्ड दिनु हुनेछ ।।४।।

एष वै लोकपालानां बिभर्त्येकस्तनौ तनूः ।
काले काले यथाभागं लोकयोः उभयोर्हितम् ॥ ५ ॥

यहाँले समय समयमा पृथ्वीको पालन पोषणका लागि कार्य अनुसार आफ्नो शरीरमा भिन्न भिन्न लोकपालको मुर्ति धरण गर्नुहुन्छ तथा यज्ञादिको प्रचारद्वारा स्वर्गलोक भुलोक दुवैको हित साधन गर्नेछन ।।५।।

वसु काल उपादत्ते काले चायं विमुञ्चति ।
समः सर्वेषु भूतेषु प्रतपन् सूर्यवद्विभुः ॥ ॥ ६ ॥

तितिक्षत्यक्रमं वैन्य उपर्याक्रमतामपि ।
भूतानां करुणः शश्वद् आर्तानां क्षितिवृत्तिमान् ॥ ७ ॥

यिनी सूर्य समान अलौकिक प्रतापवान र समदर्शी हुन्छन् । जसरी सूर्य देवता जलालार्ई खिच्दछन र वर्षा ऋतुमा त्यसलार्ई वर्षा गराउँदछन् त्यसैगरी यिनी कर आदिद्वारा कहिले धन जम्मा  गर्दछन् र कहिले प्रजाको हितकालागि खर्च गर्नुहुनेछ ।।७।।

यी धेरै दयालु हुन्छन् यदि कुनै पनि दीन दुःखीको सेवामा तत्पर हुनेछन । यिनले अनुचित ब्यबहारलार्ई पृथ्वी समान सहन गर्दछन् । ।७।।

देवेऽवर्षत्यसौ देवो नरदेववपुर्हरिः ।
कृच्छ्रप्राणाः प्रजा ह्येष रक्षिष्यति अञ्जसेन्द्रवत् ॥ ८ ॥

मैत्रेयजीले भने–
कु्ने समय वर्षा नभएर प्रजाको  प्राण शंकटमा पर्दछ त्यतिवेला यी राजभेषधारी इन्द्रले झै जल वर्षा गरेर रक्षा गर्दछन् ।।८।।

आप्याययत्यसौ लोकं वदनामृतमूर्तिना ।
सानुरागावलोकेन विशदस्मितचारुणा ॥ ९ ॥

यिनी आफ्नो अमृतमय मुखचन्द्रको मनोहर मुस्कान र प्रेमले भरिएको कृपाले सम्पूर्ण लोकलार्ई आनन्दित गर्दछन् ।।९।।
                                                                                                      
(इन्द्रवज्रा)
अव्यक्तवर्त्मैष निगूढकार्यो
     गम्भीरवेधा उपगुप्तवित्तः ।
अनन्तमाहात्म्यगुणैकधामा
     पृथुः प्रचेता इव संवृतात्मा ॥ १० ॥

यिनको गतिलार्ई कसैले पनि रोक्न गर्न सक्तैन । यिनको कामपनि गोप्य हुनेछ । काम सम्पन्न गर्ने तरिका पनि धेरै गम्भिर हुनेछ । यिनले धन सधै सुरक्षित राख्दछन । यी अनन्त महिमा एवं गुणको एकमात्र आश्रय हुनेछन् । यसप्रकार मनस्वी पृथु साक्षात वरुण समान हुनेछन् ।।१०।।

(अनुष्टुप)
दुरासदो दुर्विषह आसन्नोऽपि विदूरवत् ।
नैवाभिभवितुं शक्यो वेनारण्युत्थितोऽनलः ॥ ११ ॥

महाराज पृथु वेनरूपी अरुणीको मन्थनले प्रकट भएको अग्नि समान हुन् सत्रुको लागि अत्यन्त दुधर्ष र दुःसह हुनेछन् । सत्रुहरु उनकोे नजिक रहदा पनि सेनाहरूले सुरक्षित हुंदा उनको पहुचमा पुग्न सक्तैनन ११।।

अन्तर्बहिश्च भूतानां पश्यन् कर्माणि चारणैः ।
उदासीन इवाध्यक्षो वायुरात्मेव देहिनाम् ॥ १२ ॥

जसरी पृथ्वीको भित्र रहने प्राणरूप सुप्तात्मा शरीरको भित्र बाहिरको सबै ब्यबहारलार्ई देखेर पनि त्यसबाट उदासीन रहन्छ त्यसैगरी यिनी गुप्तचरहरूद्वार प्राणीहरूको गुप्त आदि सबै किसिमको ब्यापार देखेर पनि आफ्नो निन्दा र स्तुति प्रति उदाशीन हुन्छन ।।१२।।

नादण्ड्यं दण्डयत्येष सुतमात्मद्विषामपि ।
दण्डयत्यात्मजमपि दण्ड्यं धर्मपथे स्थितः ॥ १३ ॥

यिनी धर्ममा स्थित भएर आफ्नो सत्रुका छोरालाई पनि दण्डनीय नहुदा दण्ड दिदैनन भने दण्डनीय छ भने आफ्नो छोरा आफ्नो छोरालार्ई पनि दण्ड दिनेछन ।।१३।।

अस्याप्रतिहतं चक्रं पृथोरामानसाचलात् ।
वर्तते भगवानर्को यावत्तपति गोगणैः ॥ १४ ॥

भगवान् सूर्य मानस्पर्वत सम्म आफ्नो किरणले जति प्रदेशले प्रकाशित गर्दछन् ती सबै क्षेत्रमा यिनको निष्कण्टक राज्य हुनेछ ।।१४।।

रञ्जयिष्यति यल्लोकं अयं आत्मविचेष्टितैः ।
अथ अमुं आहू राजानं मनोरञ्जनकैः प्रजाः ॥ १५ ॥

आफ्नो कामले गर्दा धिनले सबैलार्ई सुख दिलाउँछन् यिन्का मनोरञ्जनात्मक कार्यले गर्दा प्रजाले यिनलाई राजा भन्दछन ।।१५।।

दृढव्रतः सत्यसन्धो ब्रह्मण्यो वृद्धसेवकः ।
शरण्यः सर्वभूतानां मानदो दीनवत्सलः ॥ १६ ॥

यी राजा दृढशंकल्प, सत्यप्रतिज्ञ, ब्राम्हणभक्त, बृध्दहरूको सेवा, शरणगतवत्सल र सबै प्राणीलार्ई तथा दीन दुखी माथि दया राख्दछन् ।।१६।।

मातृभक्तिः परस्त्रीषु पत्न्यामर्ध इवात्मनः ।
प्रजासु पितृवत् स्निग्धः किङ्करो ब्रह्मवादिनाम् ॥ १७ ॥

यी परस्त्रीलार्ई आमा समान पूजा गर्दछन् पत्नीलार्ई आफ्नो आधा अंगसमान मान्दछन्, प्रजाहरूलार्ई बाबु वरावर मान राख्दछन् र ब्रम्हवादिको सेवक हुनेछन् ।।१७।।

देहिनां आत्मवत्प्रेष्ठः सुहृदां नन्दिवर्धनः ।
मुक्तसङ्गप्रसङ्गोऽयं दण्डपाणिः असाधुषु ॥ १८ ॥

अरु प्राणीहरूलार्ई पनि यिनले आफ्नो शरीर जत्तिकै मानि दया राख्नेछन । दयाल्ु माथि कृपा राख्दछन्, वैराज्ञावादिको कृपा आदर प्राप्त गर्नेछन् । दुष्टलार्ई दण्डदिनमा दण्डपाणी यमराज समान हुनेछन ।।१८।।

(इन्द्रवज्रा)
अयं तु साक्षाद्भगवान् त्र्यधीशः
     कूटस्थ आत्मा कलयावतीर्णः ।
यस्मिन् अविद्यारचितं निरर्थकं
     पश्यन्ति नानात्वमपि प्रतीतम् ॥ १९ ॥

तीन गुणका अधिष्ठाता र निर्विकार साक्षत नारायणले नै यिनकोरूपमा आफ्नो अंशावतार लिनुभएको हो । जसमा पडितहरू अविद्यावश प्रतीत हुने यस नानात्वलार्ई मिथ्या मान्दछन ।।१९।।
                               
अयं भुवो मण्डलमोदयाद्रेः
     गोप्तैकवीरो नरदेवनाथः ।
आस्थाय जैत्रं रथमात्तचापः
     पर्यस्यते दक्षिणतो यथार्कः ॥ २० ॥

अद्वितीय वीर र एकछत्र सम्राट भएर यिनी एक्ले उदायचल पर्वतसम्मको सबै भूमण्डलको रक्षा गर्नेछन् तथा आफ्नो जयशील रथमा चढेर धनुष हातमा लिएर सूर्य झैं सबैतिर घुमिरहन्छन ।।२०।।

अस्मै नृपालाः किल तत्र तत्र
     बलिं हरिष्यन्ति सलोकपालाः ।
मंस्यन्त एषां स्त्रिय आदिराजं
     चक्रायुधं तद्यश उद्धरन्त्यः ॥ २१ ॥

सबै राजाहरु लोकपालहरूले यिनलाई जहाँ भेट्दछन् उपहार समर्पण गर्नेछन । यिनको सुयशको गान गर्दै रानीहरु यिनलाई साक्षात श्रीहरि सम्झनेछन ।।२१।।

अयं महीं गां दुदुहेऽधिराजः
     प्रजापतिर्वृत्तिकरः प्रजानाम् ।
यो लीलयाद्रीन् स्वशरासकोट्या
     भिन्दन् समां गामकरोद्यथेन्द्रः ॥ २२ ॥

विस्फूर्जयन्नाजगवं धनुः स्वयं
     यदाचरत्क्ष्मामविषह्यमाजौ ।
तदा निलिल्युर्दिशि दिश्यसन्तो
     लाङ्गूलमुद्यम्य यथा मृगेन्द्रः ॥ २३ ॥

राजाधिराज भएर आफ्ना प्रजाहरुको जन निर्वाहका लागि गोरुपिणी पृथ्वीलाई दोहन गर्दछन् र इन्द्रले झैं आफ्नो धनुको टुप्पाले ख्यालख्यालमै पर्वतलार्ई पल्टाएर सम्म बनाउँछन् । यिनको वेगलार्ई रणभूमीमा कसैले पनि सहन सक्तैन । जंगलमा आफ्नो पुच्छर उठाएर हल्लाउँदै गरेको सिंह समान आफ्नो धन्ुषको टंकार भूमण्डलमा विचरण गर्दछन । त्यसैवेला दुष्टहरू भाग्दछन ।।२३।।

एषोऽश्वमेधान् शतमाजहार
     सरस्वती प्रादुरभावि यत्र ।
अहारषीद्यस्य हयं पुरन्दरः
     शतक्रतुश्चरमे वर्तमाने ॥ २४ ॥

यिनले सरस्वतीको उद्गमस्थलमा सयौं अश्वमेघ यज्ञ गर्दछन र अन्तिम पटकमा इन्द्रले यिनको घोडा हरेर लैजान्छन ।।२४।।

एष स्वसद्मोपवने समेत्य
     सनत्कुमारं भगवन्तमेकम् ।
आराध्य भक्त्यालभतामलं तद्
     ज्ञानं यतो ब्रह्म परं विदन्ति ॥ २५ ॥

आफ्नो दरवारको वगैचामा यिनको सनतकुमार संग भेट हुनेछ । त्यतिवेला  उनीहरूको भक्ति गरेर निर्मल ज्ञान प्राप्त गर्दछन् । जसबाट परब्रम्ह प्राप्त हुन्छ ।।२५।।

(अनुष्टुप)
तत्र तत्र गिरस्तास्ता इति विश्रुतविक्रमः ।
श्रोष्यत्यात्माश्रिता गाथाः पृथुः पृथुपराक्रमः ॥ २६ ॥

यसरी उनकोे पराक्रम जनताले थाहा पाउँनेछन् । तव यी पराक्रमी महाराजले सबैतिर पनि आफ्नो पराक्रमको बारेमा सुन्दछन् ।।२६।।

दिशो विजित्याप्रतिरुद्धचक्रः
        स्वतेजसोत्पाटितलोकशल्यः ।
सुरासुरेन्द्रैरुपगीयमान
        महानुभावो भविता पतिर्भुवः ॥ २७ ॥

यिनको आज्ञालार्ई कसैले विरोध गर्न सक्तैन । यिनले सबै दिशा जितेर आफ्नो तेजले प्रजाको क्लेशरूप काँढा निकालेर पूरै भूमण्डलको राज्य गर्नेछन् । त्यस समयमा देवता र असुर हरूले यिनको विपुल प्रभावको वर्णन गर्दछन ।।२७।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे षोडशोऽध्यायः ॥ १६ ॥