/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

एकादशस्कन्धः – अष्टमोऽध्यायः

श्रीमद्भागवत महापुराण 
एकादशस्कन्धः – अष्टमोऽध्यायः


ब्राह्मण उवाच
सुखमैन्द्रियकं राजन् स्वर्गे नरक एव च ।
देहिनां यद् यथा दुःखं तस्मान्नेच्छेत तद् बुधः ।। १ ।।

अवधुत ब्राह्मणले भने– हे राजा ! शरीरधारी प्राणीहरूले स्वर्गमा जस्तो सुख पाउछ त्यस्तो इन्द्रिय सम्बन्धी सुख नरकमा पनि प्राप्त हुन्छ त्यसैले बुद्धिमान् मानिसले सुखको इच्छा नगरोस् । दुःख जस्तै सुख पनि आफैं आउँछ ।।१।।

ग्रासं सुमृष्टं विरसं महान्तं स्तोकमेव वा ।
यदृच्छ्यैवापतितं ग्रसेदाजगरोऽक्रियः ।। २ ।।
आफुलाई प्राप्त भएको भोजन मिठो–नमिठो, रुखा–सुखा जो जस्तो प्राप्त हुन्छ, त्यो अजिंगरको जस्तो निष्क्रिय भएर खाओस् ।।२।।

शयीताहानि भूरीणि निराहारोऽनुपक्रमः ।
यदि नोपनमेद् ग्रासो महाहिरिव दिष्टभुक् ।। ३ ।।
यदि धेरै दिन देखि खानेकुरा नपाएमा दैवको भरमा परेर अजिंगरजस्तै केही प्रयास नगरी धेरै दिनसम्म पनि केही नखाई भोकै सुतेर बिताओस् ।।३।।

ओजः सहोबलयुतं बिभ्रद् देहमकर्मकम् ।
शयानो वीतनिद्रश्च नेहेतेन्द्रियवानपि ।। ४ ।।
हाम्रो शरीरमा मनोवल, इन्द्रियबल, मनोबल र शारीरिक बल भएपनि निष्क्रिय भएर निस्किृय रहोस् अर्थात् निद्रा रहित हुँदा पनि निदाएजस्तो रहोस्  र इन्द्रिय भएर पनि कुनै चेष्टा नगरोस्, यो शिक्षा अजिंगरबाट सिकेको छु ।।४।।

मुनिः प्रसन्नगम्भीरो दुर्विगाह्यौ दुरत्ययः ।
अनन्तपारो ह्यक्षोभ्यः स्तिमितोद इवार्णवः ।। ५ ।।
मुनिजनले सधैं प्रसन्न र गम्भिर रहनु पर्दछ । उनको भाव अपार र असीम, रागद्वेषले रहित हुनुपर्दछ । समुद्र जस्तै निश्चल हुनुपर्दछ ।।५।।

समृद्धकामो हीनो वा नारायणपरो मुनिः ।
नोत्सपेंत न शुष्येत सरिद्धिरिव सागरः ।। ६ ।।
त्यस्तै भगवद्भक्त भक्तिमा लागेको ब्यक्तिले समृद्धशाली भएमा खुसी नहुने र निर्धन हुँदामा पनि दुःखी नहुने हुनुपर्दछ । जस्तो पानी वर्षा भएमा नदी बढेर आउँदा पनि समुद्र बढ्दैनन् र नदी द्ध.घटेर जाँदा पनि घट्दैन । गर्मीमा सुक्तैनन् सधैं एकनाश भइरहन्छन्, योगीले पनि त्यस्तै हुनुपर्छ भन्ने शिक्षा समुद्रबाट पाएको छु ।। ६ ।।

दष्ट्वा स्त्रियं देवमायां तद्भावैरजितेन्द्रियः । 
प्रलोभितः पतत्यन्धे तमस्यग्नौ पतङ्गवत् ।। ७ ।।
इन्द्रियको वशमा परेको व्यक्ति देवमाया स्वरूप नारी जातिलाई देखेर नारीको हावभावमा मोहित भै लोभिएर आगामा पुतली जस्तै घोर अँध्यारामा पर्दछ ।।७।।

योषिद्धिरण्याभरणाम्बरादि–
        द्रव्येषु मायारचितेषु मूढः । 
प्रलोभितात्मा ग्रुपभोगबुद्ध्या
        पतङ्गवन्नश्यति नष्टदृष्टिः ।। ८ ।।
अज्ञानी मानिस ईश्वरीय मायाद्वारा बनिएका नारी, सुन, गहना, कपडा र धनसम्पत्ति आदिमा उपभोग गर्ने बुद्धिले लोभिएर अन्धो भएको हुन्छ, आशक्ति बढेको हुन्छ भने त्यो विवेकशून्य ब्यक्ति आगामा पुतली परेर मरेजस्तै नष्ट हुन्छ, यो शिक्षा पुतलीबाट सिकें ।। ८ ।। 

स्तोकं स्तोकं ग्रसेद् ग्रासं देहो वर्तेत यावता ।
गृहानहिंसन्नातिष्ठेद् वृत्तिं माधुकरीं मुनिः ।। ९ ।।
मुनिहरुले अथवा साधकले आफ्नो शरीर जति खाँदा बँच्न सकिन्छ, त्यति नै थोरै थोरै खाएर रहोस् गृहस्थिलाई दुःख नपर्ने गरी माहुरीले जस्तो वृत्तिले रहनुपर्दछ ।।९।।

अणुभ्यश्च महद्भ्यश्च शास्त्रेभ्यः कुशलो नरः। 
सर्वतः सारमादद्यात् पुष्पेभ्य इव षट्पदः ।। १० ।।
विवेकी मानिसले फूलहरूबाट भँवराले रस ग्रहण गरे झैं ठुला र साना सबैखाले शास्त्रहरूबाट सारभूत वस्तुलाई ग्रहण गरोस् ।। १० ।।

सायन्तनं श्वस्तनं वा न सङ्गृह्णीत भिक्षितम् ।
पाणिपात्रोदरामत्रो मक्षिकेव न सङ्ग्रही ।। ११ ।।
बेलुका र भोलिका लागि भनेर भिक्षा अन्नलाई सङ्ग्रह नगरोस् । हातलाई भोजन गर्ने भाँडो र पेटलाई अन्न राख्ने भाँडो बनाओस् तर माहुरी जस्तो सङ्ग्रह गर्ने नबनोस् ।

सायन्तनं श्वस्तनं वा न सङ्गृह्णीत भिक्षुकः ।
मक्षिका इव सङ्गृह्णन् सह तेन विनश्यति ।। १२ ।।
भिक्षुले बेलुकाको लागि वा भोलिको लागि भनेर संग्रह नगरोस् । यसरी संग्रह गर्यो भने माहुरी झैं संग्रह गर्दा गर्दै त्यो भिक्षु भिक्षासँगसँगै नष्ट हुन्छ ।। १२ ।।

पदापि युवतीं भिक्षुर्न स्पृशेद् दारवीमपि ।
स्पृशन् करीव बध्येत करिण्या अङ्गसङ्गतः।। १३।।
संन्यासीले कहिल्यै खुट्टाले पनि मानिसको त के कुरा, काठको युवतीलाई समेत स्पर्शसम्म पनि नगरोस् । यदि स्पर्श गर्दछ भने हत्तिनीको स्पर्शले लोभी हात्ती बन्धनमा परे झैं त्यो सन्यासी पनि बन्धनमा पर्दछ ।।१३।।

नाधिगच्छेत् स्त्रियं प्राज्ञः कर्हिचिन्मृत्युमात्मनः । 
बलाधिकैः स हन्येत गजैरन्यैर्गजो यथा ।। १४।।
विवेकी व्यक्तिले आफ्नो मृत्युसमानकी स्त्रीलाई कहिल्यै पनि भोग्यरूपले स्वीकार नगरोस् । यदि स्वीकार गर्यो भने बलशाली अरू हात्तीद्वारा कुनै हात्ती मारिए झैं त्यो व्यक्ति पनि बलबान अरू पुरुषद्वारा मारिनेछ ।। १४।।

न देयं नोपभोग्यं च लुब्धैर्यद् दुःखसञ्चितम् । 
भुङ्क्ते तदपि तच्चान्यो मधुहेवार्थविन्मधु ।। १५ ।। 
लोभीले दुःखले बटुलेर राखेको धन अरुलाई पनि दिदैन र आफूले पनि भोग्दैन भने त्यो लोभी कंजुस मानिसले खान्छ, जस्तो मौरीले साँचेर राखेको मह अरु काढ्नेले खान्छ ।।१५।।

खोपार्जितैर्वित्तैराशासानां गृहाशिषः ।
मधुहेवाग्रतो भुङ्क्ते यतिर्वै गृहमेधिनाम् ।। १६ ।।
अनेक दुःखले कमाएको धनले सुखको आशा राख्ने गृहस्थको धन मौरीका अगाडि नै मह काढ्नेले खाए झैं योगीले गृहस्थको धन खाइदिन्छ, यो शिक्षा मैले मह काढ्नेबाट सिकें ।।१६।।

ग्राम्यगीतं न शृणुयाद् यतिर्वनचरः क्वचित् ।
शिक्षेत हरिणाद् बद्धान्मृगयोर्गीतमोहितात् ।। १७ ।।
वनवासी सन्यासीले कहिल्यै पनि विषय सम्बन्धि गीत नसुनून, यस कुराको शिकारीको गानाको मोहमा परेर जालमा परेको मिर्गबाट सिक्नु पर्दछ ।। १७ ।।

नृत्यवादित्रगीतानि जुषन् ग्राम्याणि योषिताम् ।
आसां क्रीडनको वश्य ऋष्यशृङ्गी मृगीसुतः ।। १८ ।।
स्त्रीहरूको गाउँले नाचगान सुनेर ज्ञानी मृगीका छोरा ऋष्यश्रृंगी मुनि ती नारीका खेलौना बनेर वशमा परे, यो शिक्षा हरिणबाट सिकें ।।१८।।

जिह्वयातिप्रमाथिन्या जनो रसविमोहितः ।
मृत्युमृच्छत्यसद्बुद्धिर्मीनस्तु बडिशैर्यथा ।। १९ ।।
जसरी फलामको जालमा लगाइएको मासुको लोभमा जालमा परी माछो मृत्युमा प्राप्त हुन्छ, त्यसरी नै दुर्बुद्धि मानिस पनि जिभ्राले रसका लोभमा परी मृत्युमा प्राप्त हुन्छ ।।१९।।

इन्द्रियाणि जयन्त्याशु निराहारा मनीषिणः ।
वर्जयित्वा त रसनं तन्निरन्नस्य वर्धते ।। २० ।।
निराहारमा रहने विवेकी पुरुषलेसबै इन्द्रियलाई चाँडै नै वशमा राख्न सक्त तर  जिभ्रोलाई वशमा राख्न सक्तैन किनभने आहारा रहित ब्यक्तिको रसनेन्द्रिय झन् बलियो हुन्छ ।।२०।।

तावज्जितेन्द्रियो न स्याद् विजितान्येन्द्रियः पुमान् ।
न जयेद् रसनं यावज्जितं सर्वं जिते रसे ।। २१ ।।
अरु सबै इन्द्रिय जित्ने व्यक्ति पनि रसनेन्द्रियलाई वशमा राख्न सकेको हुदैन भने उ जितेन्द्रिय हुन सक्तैन । जब उसले रस जितेपछि मात्र सबै विषय जितेको हुन्छ । यो शिक्षा माछाबाट लिएको छु ।। २१ ।।

पिङ्गला नाम वेश्याऽऽसीद् विदेहनगरे पुरा ।
तस्या मे शिक्षितं किञ्चिन्निबोध नृपनन्दन ।। २२ ।।
हे नृपनन्दन ! पहिले विदेह (मिथिला) नगरमा पिङ्गला नामकी वेश्या थिई । उ वेश्या थिइ । उसबाट पनि मैले केही शिक्षा पाएको छु, सुन्नुहोस् ।।२२।।

सा स्वैरिण्येकदा कान्तं सङ्केत उपनेष्यती ।
अभूत् काले बहिद्र्वारि बिभ्रती रूपमुत्तमम् ।। २३ ।।
एकदिन त्यो वेश्याले आफ्नो इच्छा अनुसार कुनै पुरुषलाई क्रीडा गर्ने ठाउँमा लैजानको लागि श्रृंगारले राम्री भएर बाहिर ढोकामा केही समय उभिई ।।२३।।

मार्ग आगच्छतो वीक्ष्य पुरुषान् पुरुषर्षभ ।
ताञ्छुल्कदान् वित्तवतः कान्तान् मेनेऽर्थकामुका ।। २४ ।।
हे पुरुषमा श्रेष्ठ राजन् ! धनकी लोभी त्यो वेश्या बाटामा आइरहेका व्यक्तिहरूलाई देखेर तिनीहरू कामुक र धनी भएकाले मलाई धन दिनेछन् भन्ने ठान्दथी ।।२४।।

आगतेष्वपयातेषु सा सङ्केतोपजीविनी ।
अप्यन्यो वित्तवान् कोऽपि मामुपैष्यति भूरिदः ।। २५ ।।
पैसाको लोभमा परेकी त्यो पिंगलाले बाटामा आएर गएका मानिसलाई देखेर अर्को धेरै धन दिने कुनै धनी मान्छे मनेर आउनेछ भन्ने सोच्तथी ।।२५।।

एवं दुराशया ध्वस्तनिद्रा द्वार्यवलम्बती ।
निर्गच्छन्ती प्रविशती निशीथं समपद्यत ।। २६ 
यसरी कुनै आउला भन्ने आशै आशाले मानिस कुर्दा निद्रा हराएकी त्यो वेश्या ढोकामाबाट कहिले बाहिर निस्कने, कहिले भित्र पस्ने गर्दै आधा रात भयो ।।२६।। 

तस्या वित्ताशया शुष्यद्वक्त्राया दीनचेतसः ।
निर्वेदः परमो जज्ञे चिन्ताहेतुः सुखावहः ।। २७ ।।
धनको आशाले मुख सुकेकी, खिन्नचित्त भएकी, त्यो वेश्याको मनमा धनको चिन्ता नै अन्त्यमा सुख दिने ठूलो वैराग्य उत्पन्न भयो ।।२७।। 

तस्या निर्विण्णचित्ताया गीतं शृणु यथा मम ।
निर्वेद आशापाशानां पुरुषस्य यथा ह्यसिः ।। २८ ।।
यसरी खिन्नचित्त भएकी त्यो वेश्याले जस्तो भनी त्यो मवाट सुन्नुहोस् । यसको मतलब यो हो कि वैराग्यबाट मानिसको आशारूपी पाशो लाई काट्दछ ।।२८।।

न ह्यङ्गाजातनिर्वेदो देहबन्धं जिहासति ।
यथा विज्ञानरहितो मनुजो ममतां नृप ।। २९ ।
हे राजा, जसरी अज्ञानी वैराग्य उत्पन्न नभएको मानिसले देहबन्धनलाई छाड्न सक्तैन त्यसरी नै वैराग्यले हिन भएको मानिसले आशा रुपी मायालाई छाड्न सक्तैन ।। २९ ।।

पिङ्गलोवाच
अहो मे मोहविततिं पश्यताविजितात्मनः ।
या कान्तादसतः कामं कामये येन बालिशा ।। ३० ।।
पिङ्गलाले भनी– आश्चर्य छ, इन्द्रिय वश गर्न नसक्नाले मेरो मोह बढेको हेर म मूर्ख भएर यी तुच्छ कामुक पुरुषबाट आफ्नो विषयको इच्छा पूर्ण गर्न खोज्दछु ।।३१।।

सन्तं समीपे रमणं रतिप्रदं
        वित्तप्रदं नित्यमिमं विहाय ।
अकामदं दुःखभयाधिशोक–
        मोहप्रदं तुच्छमहं भजेऽज्ञा ।। ३१ ।।
म त मुर्ख रहिछु किनभने सधैं आफ्ना नजिकै रहेर रमण गर्ने र धन पनि दिने, परमात्मास्वरुप आफ्ना हृदयमा बास गर्ने यस्ता सद्पुरुषलाई छाडेर चिताएको कुरा पूरा नगरिदिने, दुःख, डर, रोग, शोक र मोह मात्र दिने यस्ता तुच्छ मानिसलाई म खुशि पार्न यिनीहरुको सेबा गर्दैछु । ।३१।।
 
अहो मयाऽऽत्मा परितापितो वृथा 
        साङ्केत्यवृत्यातिविगह्र्यवार्तया । 
स्त्रैणान्नराद् यार्थतृषोऽनुशोच्यात्
        क्रीतेन वित्तं रतिमात्मनेच्छती ।। ३२ ।।
धिक्कार छ, ज्यादै निन्दनीय, वेश्यावृत्तिद्वारा स्त्रीलम्पट र धनका लोभी भएर बिनाशी पुरुषद्वारा किनेको शरीरले धन र सम्भोगको इच्छा निन्दनीय काम गरेर व्यथैमा मैले मनलाई सन्तापमा पारें ।।३२।।

यदस्थिभिर्निर्मितवंशवंश्य–
        स्थूणं त्वचा रोमनखैः पिनद्धम् । 
क्षरन्नवद्वारमगारमेतद्
        विण्मूत्रपूर्णं मदुपैति कान्या ।। ३३ ।।
यो शरीर एउटा घर हो । यसमा हाडहरूले बनेका डाँडा, भाडा र खम्बाहरु भएको रौं नङहरूले लिपिएको छ । यसमा नवद्वार छ जसमा सधैं मलमूत्र निक्लिरहन्छ । यस्तो घरलाई म बाहेक अरु को स्त्रीले आफ्नो शरीर सम्झेर नपराउली ? ।।३३।।

विदेहानां पुरे ह्यस्मिन्नहमेकैव मूढधीः ।
यान्यमिच्छन्त्यसत्यस्मादात्मदात् काममच्युतात् ।। ३४ ।।
निश्चय नै यो जीवनमुक्त विदेह नगरमा निश्चय नै म मात्र यौटी मूर्खबुद्धि भएकी छु, किनकि म आफ्ना परम प्रियतम भगवानलाई छाडेर अरु पुरुषबाट भोग इच्छा पूरा गर्न चाहन्छु ।। ३४।।

सुहृत् प्रेष्ठतमो नाथ आत्मा चायं शरीरिणाम् । 
तं विक्रीयात्मनैवाहं रमेऽनेन यथा रमा ।। ३५ ।।
प्राणधारीहरुका लागि भगवान् नै मित्र, प्रियतम, मालिक र आत्मस्वरूप हुनुहुन्छ । त्यसले अब म वहाँलाई नै आफुलाई सुम्पेर  लक्ष्मी झैं भगवान्सँगै रमाउँछु ।।३५।।

कियत् प्रियं ते व्यभजन् कामा ये कामदा नराः । 
आद्यन्तवन्तो भार्याया देवा वा कालविद्रुताः ।। ३६ ।।
ती पिंगला आफ्नो मनसंग कुरा गर्दै भन्छिन्, जो विषय चाहने र भोग गर्ने जन्मने, मर्ने र कालद्वारा हरिने छन् , त्यस्तो विषयबाट तृप्त गराउने देवता अथवा मानिसले आफ्ना पत्नीलाई कति खुसी पारेका छन् र? ।।३६।।

तूनं मे भगवान् प्रीतो विष्णुः केनापि कर्मणा ।
निर्वेदोऽयं दुराशाया यन्मे जातः सुखावहः ।। ३७ ।।
निश्चय नै मेरो कुनै शुभ कर्मको फलले भगवान् विष्णु खुशि हुनुभएछ किनकि यस क्लेशका कारण मलाई वैराग्य उत्पन्न भयो । यो वैराग्य मेरा लागि सुखदायक हुनेछ ।।३७।।

मैवं स्युर्मन्दभाग्यायाः क्लेशा निर्वेदहेतवः ।
येनानुबन्धं निर्हृत्य पुरुषः शममृच्छति ।। ३८ ।।
म अभागिनीको यस्ता वैराग्य नआएको भए मलाई यो ज्ञान कसरी आउँथ्यो जुन वैराग्यद्वारा पारिवारिक बन्धन छिनाएर पुरुषले शान्ति प्राप्त गर्दछ ।।३८।।

तेनोपकृतमादाय शिरसा ग्राम्यसङ्गताः ।
त्यक्त्वा दुराशाः शरणं व्रजामि तमधीश्वरम् ।। ३९ ।।
उन भगवान्ले ममाथि गरेको उपकारलाई शिरोधार्य गरी विषययुक्त दुराशा छाडेर उनै जगदीश्वरको शरणमा जान्छु ।।३९।।

सन्तुष्टा श्रद्दधत्येतद्यथालाभेन जीवती । 
विहराम्यमुनैवाहमात्मना रमणेन वै ।। ४० ।।
अब म सन्तुष्ट र श्रद्धापूर्वक जे पाइन्छ त्यसैले जीवन धान्दै उनै आत्मस्वरूप भगवान्सँगै रमाउँदै घुम्दछु ।।४०।।

संसारकूपे पतितं विषयैर्मुषितेक्षणम् ।
ग्रस्तं कालाहिनाऽऽत्मानं कोऽन्यस्त्रातुमधीश्वरः ।। ४१ ।। 
यो जीव संसाररूप कुवामा परेको छ, विषयवासनाले अन्धो बनाएको छ, काल रूपी सर्पले मुखमा राखेको छ । यस्तो स्थितिमा मलाई भगवान बाहेक अर्को कसले बचाउँन सक्छ र ? ।।४१।।

आत्मैव ह्यात्मनो गोप्ता निर्विद्येत यदाखिलात् ।
अप्रमत्त इदं पश्येद् ग्रस्तं कालाहिना जगत् ।। ४२ ।।
जब मानिस सबै विषयबाट विरक्त भएर जान्छ तब उसले आफ्नो रक्षा आफैं गर्दछ । त्यसैले सम्यमी मानिसले धेरै सावधानी भएर यो संसारलाई कालरूप सर्पले डसेको देखोस् ।।४२।।

ब्राह्मण उवाच
एवं व्यवसितमतिर्दुराशां कान्ततर्षजाम् ।
छित्वोपशममास्थाय शय्यामुपविवेश सा ।। ४३ ।।
अवधूत ब्राह्मण दतात्रेयले भने– यसरी निश्चय बुद्धि गरेकी त्यो पिङ्गला कामुक पुरुषबाट उत्पन्न हुने दुराशालाई छाडेर शान्तमनले शय्यामा गएर सुती ।।४३।।

आशा हि परमं दुःखं नैराश्यं परमं सुखम् ।
यथा सञ्छिद्य कान्ताशां सुखं सुष्वाप पिङ्गला ।। ४४ ।।
निश्चय नै आशा नै ठूलो दुःख हो, निराशा हुनु नै ठूलो सुख हो । यसरी पिङ्गलाले कामुक भएर पुरुष संग मिल्ने आशा छाडेर सुखपूर्वक सुतिन् ।। ४४ ।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धेऽष्टमोऽध्यायः ।। ८ ।।




ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...