#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

सप्तमः स्कंधः - दशमोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
सप्तमः स्कंधः - दशमोऽध्यायः

 
नारद उवाच -
(अनुष्टुप्)
भक्तियोगस्य तत् सर्वं अन्तरायतयार्भकः ।
मन्यमानो हृषीकेशं स्मयमान उवाच ह ॥ १ ॥

नारदले भन्नुभयो–
प्रल्हाद बालकै थिए तर पनि उनलाई भगवानको भक्तिको बारेमा पुरै ज्ञान थियो त्यसैले अरु बरले  भक्तिलार्ई बिघ्न पुर्याउछ भन्ने सोचेर हाँस्दै भगवान् संग भने ।।१।।

प्रह्राद उवाच -
मा मां प्रलोभयोत्पत्त्या ऽऽसक्तंकामेषु तैर्वरैः ।
तत्सङ्‌गभीतो निर्विण्णो मुमुक्षुस्त्वामुपाश्रितः ॥ २ ॥

प्रल्हादले भने–
प्रभो ! म जन्मे देखि नै यी नाना विषय भोग भोग्दै आएको हुँ त्यसैले कुनै वरले मलार्ई लोभ नदेखाउनु होस । म त सबै भोगबाट डराएर त्यसबाट पार पाउनका लागि नै हजुरको शरणमा परेको छु । ।।२।।

भृत्यलक्षणजिज्ञासुः भक्तं कामेष्वचोदयत् ।
भवान् संसारबीजेषु हृदयग्रन्थिषु प्रभो ॥ ३ ॥

भगवन् ! म मा भक्तमा हुनुपर्ने गुण छ छैन भन्ने बुझ्न नै तपाईले बर माग्नको लागि भन्नु भएको हो । यो विषय  भोगले ता मानिसलाई बारम्वार जन्म मृत्युको चक्करमा पार्दछ ।।३।।

नान्यथा तेऽखिलगुरो घटेत करुणात्मनः ।
यस्त आशिष आशास्ते न स भृत्यः स वै वणिक् ॥ ४ ॥

जगद्का गुरु ! तपाई परम दयालु हुनुहुन्छ त्यसैले आफ्ना भक्तलाई यस्तो विषयमा फसाउँने भोग दिनु हुने त कुरै भएन  । यो त तपाईले म माथि परीक्षा लिनुभएको हो जस्तो लाग्छ । जसले आफ्नो इच्छा पुरा गर्न खोज्दछ हजुरको सेवक हुन सक्तैन त्यो ता एउटा नाफामा लागेको ब्यापारी हो ।।४।।

आशासानो न वै भृत्यः स्वामिन्याशिष आत्मनः ।
न स्वामी भृत्यतः स्वाम्यं इच्छन् यो राति चाशिषः ॥ ५ ॥

आफ्ना स्वामीबाट यदि कसैले आफ्ना इच्छा तथा कामनाको अभिलाषा राख्द छ भने त्यो सेवक होइन र जसले आफ्ना सेवक संग सेवा लिन खोज्दछ भने त्यो स्वामी पनि होइन ।।५।।

अहं तु अकामः त्वद्‍भक्तः त्वं च स्वाम्यनपाश्रयः ।
नान्यथेहावयोरर्थो राजसेवकयोरिव ॥ ६ ॥

म त हजुरको निष्काम सेवक हुँ । हजुर मेरो निरपेक्ष स्वामी हुनुहुन्छ । जसरी राजा र सेवक विच प्रयोजनका लागि स्वामी र सेवकको सम्बन्ध हुन्छ तर तपाई र मेरो बिचमा त्यस्तो कुनै सम्बन्ध छैन ।।६।।

यदि रासीश मे कामान् वरांस्त्वं वरदर्षभ ।
कामानां हृद्यसंरोहं भवतस्तु वृणे वरम् ॥ ७ ॥

वरदान दिनमा सामथ्र्य हुनभएका प्रभु ! यदि बर दिनु नै छ भने मलार्ई यस्तो वर दिनु होस कि जुन वरले मेरो हृदयमा कुनैपनि कामनाका उत्पन्न नहोस । बिभिन्न कामनाको उदय हुँदा नै इन्द्रिय, मन, प्राण, देह, धर्म, धैर्य, बुद्धि, लज्जा, श्री, तेज, स्मृति र सत्य यी सबै नष्ट हुन्छन ।।८।।

इन्द्रियाणि मनः प्राण आत्मा धर्मो धृतिर्मतिः ।
ह्रीः श्रीस्तेजः स्मृतिः सत्यं यस्य नश्यन्ति जन्मना ॥ ८ ॥

कमलनयन ! मानिसले आफु भित्र रहेको कामनालार्ई जति बेला त्याग्दछ त्यसैबेला उसलार्ई भगवत्स्वरूप प्राप्त हुन्छ ।।९।।

विमुञ्चति यदा कामान् मानवो मनसि स्थितान् ।
तर्ह्येव पुण्डरीकाक्ष भगवत्त्वाय कल्पते ॥ ९ ॥

भगवन् ! तपाईलार्ई नमस्कार छ । सबको ह्दयमा विराजमान हुनुहने परब्रह्म परमात्मा अद्भुत नृसिंह रूप धारण गर्नु हुने श्रीहरिको चरणमा म बारम्बार नमस्कार गर्दछु ॥ ९ ॥

ओं नमो भगवते तुभ्यं पुरुषाय महात्मने ।
हरयेऽद्‍भुतसिंहाय ब्रह्मणे परमात्मने ॥१० ॥

नृसिंह उवाच -
(इंद्रवज्रा)
नैकान्तिनो मे मयि जात्विहाशिष
     आशासतेऽमुत्र च ये भवद्विधाः ।
तथापि मन्वन्तरमेतदत्र
     दैत्येश्वराणामनुभुङ्‌क्ष्व भोगान् ॥ ११ ॥

नृसिंह भगवान्ले भन्नुभयो ! प्रल्हाद ! तिमी जस्तै मेरा एकान्त प्रेमी भक्तहरु यसलोक र परलोकमा कुनै पनि वस्तुको कामना गर्दैनन । तापनि तिमी मेरो प्रसन्नताका लागि एक मन्वन्तर यहिं रहेर यो दैत्यधिपति हरुले गर्ने  भोग गर ।।११।।

कथा मदीया जुषमाणः प्रियास्त्वं
     आवेश्य मामात्मनि सन्तमेकम् ।
सर्वेषु भूतेष्वधियज्ञमीशं
     यजस्व योगेन च कर्म हिन्वन् ॥ १२ ॥

म सबै प्राणीको हृदयमा यज्ञको भोक्ता इश्वरको रूपमा रहन्छु । तिमीले पनि आफ्नो हृदयमा मलार्ई धारण गर्नु तिमीलाई प्रिय लाग्ने मेरा लीला कथा सुनिरहनु । कर्म गर्दा मेरो आराधना गरेर फलको इच्छा नराखिकन प्रारब्ध कर्मलार्ई नष्ट गरिदिनु ।।१२।।

भोगेन पुण्यं कुशलेन पापं
     कलेवरं कालजवेन हित्वा ।
कीर्तिं विशुद्धां सुरलोकगीतां
     विताय मामेष्यसि मुक्तबन्धः ॥ १३ ॥

पुण्यकर्म द्वारा सबै सुख भोग भोगेर त्यसको पुण्यकर्मको फल र निष्काम कर्मले आफ्ना सबै पाप नाश गरेर समय आएपछि सबै बन्धनबाट मुक्त भएर यो शरीर त्यागेर म मा नै मिल्ने छौ । देवलोकमा पनि तिम्रो कीर्ति फैलने छ ।।१३।।

(अनुष्टुप्)
य एतत् कीर्तयेन्मह्यं त्वया गीतमिदं नरः ।
त्वां च मां च स्मरन्काले कर्मबन्धात् प्रमुच्यते ॥ १४ ॥

जुन मानिसले तिमीले गरेको यस स्तुतिलार्ई संझेर मेरो कीर्तन गर्दछ भने उसले सबै कर्म बन्धनबाट मुक्त भएर अन्त्यमा म मा नै मिल्ने छ ।।१४।।

प्रह्राद उवाच -
वरं वरय एतत् ते वरदेशान् महेश्वर ।
यद् अनिन्दत् पिता मे त्वां अविद्वांस्तेज ऐश्वरम् ॥ १५ ॥

प्रल्हादले भने–
महेश्वर ! म तपाईसंग एउटा वर माग्दछु किनकि तपाई वर दिनु् हुन्छ । मेरा पिताले तपाईको ईश्वरीय तेज र तपाईको सर्वशक्तिमानलार्ई नबुझेर  तपाईको धेरै निन्दा गर्नु भयो, यो विष्णुले मेरो भाईलार्ई मार्यो भन्ने यस्तो मिथ्या भ्रम मा परेर आफ्नो रिसलार्ई सहन सक्नु भएन त्यसैले तपाईको भक्त भएका कारण मलार्ई पनि द्रोह गर्नु भयो ।।१५।१६।।

विद्धामर्षाशयः साक्षात् सर्वलोकगुरुं प्रभुम् ।
भ्रातृहेति मृषादृष्टिः त्वद्‍भक्ते मयि चाघवान् ॥ १६ ॥

दिनबन्धो ! हुन ता तपाईको दृष्टि पर्ना साथै वहाँ पवित्र भैसक्नु भयो तापनि ति सबै दोषहरुबाट मेरा पिता पवित्र होउन मेरो तपाई संग यहि प्रार्थना छ ।।१७।।

तस्मात् पिता मे पूयेत दुरन्ताद् दुस्तरादघात् ।
पूतस्तेऽपाङ्‌गसंदृष्टः तदा कृपणवत्सल ॥ १७ ॥

श्रीभगवानुवाच -
त्रिःसप्तभिः पिता पूतः पितृभिः सह तेऽनघ ।
यत्साधोऽस्य गृहे जातो भवान् वै कुलपावनः ॥ १८ ॥

नृसिंहले भन्नुभयो–
बाबु प्रल्हाद ! जुन कुलमा तिमी जस्तो छोराले जन्म लियौ त्यसका कारण पनि  तिम्रा पिता पवित्र भएर तरिसके त्यतिमात्र होइन उनका एक्काइस कुल पितृ पनि पवित्र भइसके ।  किनकि जहाँ सदाचारलार्ई पालना गर्ने, शान्त, समदर्शि, मेरा भक्त बस्दछन, त्यहाँ निज जाति नै किन नहोस, त्यो पवित्र हन्छ ।।१९।।

यत्र यत्र च मद्‍भक्ताः प्रशान्ताः समदर्शिनः ।
साधवः समुदाचाराः ते पूयन्तेऽपि कीकटाः ॥ १९ ॥

सर्वात्मना न हिंसन्ति भूतग्रामेषु किञ्चन ।
उच्चावचेषु दैत्येन्द्र मद्‍भावविगतस्पृहाः ॥ २० ॥

दैत्यराज मेरो भक्ति भावले जसका कमनाहरु  हुदैनन, ती भक्तहरुमा सबैतिर आत्मभाव हुनाले साना ठुला कुनै पनि प्राणीलार्ई कष्ट दिदैनन ।।२०।।

भवन्ति पुरुषा लोके मद्‍भक्तास्त्वां अनुव्रताः ।
भवान्मे खलु भक्तानां सर्वेषां प्रतिरूपधृक् ॥ २१ ॥

संसारमा जो तिम्रा अनुयायी हुन्छन ती पनि मेरै भक्त हुनेछन् । तिमी मेरा सबै भक्तहरु मद्धेका श्रेष्ठ आदर्श हौ ।।२१।।

कुरु त्वं प्रेतकार्याणि पितुः पूतस्य सर्वशः ।
मदङ्‌गस्पर्शनेनाङ्‌ग लोकान्यास्यति सुप्रजाः ॥ २२ ॥

मेरो शरीरले स्पर्श गरेका कारण तिम्रा पिता पहिल्यै पवित्र भै सकेका छन् तापनि लोक कीर्तिका लागि तिमीले उनको अन्तेष्टि गर तिमी जस्तो सुपुत्रका कारण उनलार्ई उत्तम गति मिल्नेछ ।।२२।।

पित्र्यं च स्थानमातिष्ठ यथोक्तं ब्रह्मवादिभिः ।
मय्यावेश्य मनस्तात कुरु कर्माणि मत्परः ॥ २३ ॥

बाबु ! तिमी आफ्ना पिताको स्थानमा बस र वेद जान्ने मुनिको आज्ञा मानेर मै मा मन लगाएर मेरै शरण परेर आफ्ना सवै कर्म गर ।।२३।।

नारद उवाच -
प्रह्रादोऽपि तथा चक्रे पितुर्यत्साम्परायिकम् ।
यथाह भगवान् राजन् अभिषिक्तो द्विजोत्तमैः ॥ २४ ॥

नारदले भन्नुभयो–
युधिष्टिर भगवान्को आज्ञा पाएपछि प्रल्हादले आफ्ना पिताको अन्तेष्टि कार्य गरे त्यसपछि ब्राम्हणले उनलार्ई राज्याभिषेक गरे ।।२४।।

प्रसादसुमुखं दृष्ट्वा ब्रह्मा नरहरिं हरिम् ।
स्तुत्वा वाग्भिः पवित्राभिः प्राह देवादिभिर्वृतः ॥ २५ ॥

त्यस समय ऋषिहरुलाई साथमा लिएर ब्रह्माजी पनि ऋषिहरुका आउनु भयो । वहाँले मुद्रामा रहनु भएका नृसिंह भगवानको स्तुति गर्नु भयो ।।२५।।

ब्रह्मोवाच -
देवदेवाखिलाध्यक्ष भूतभावन पूर्वज ।
दिष्ट्या ते निहतः पापो लोकसन्तापनोऽसुरः ॥ २६ ॥

ब्रह्माले भन्नुभयो–
देवताहरुका आराध्यदेव ! तपाई प्राणीहरुका जीवन दाता सर्वान्तर्यामी र मेरा पनि पिता हुनुहुन्छ । त्यस पापी दैत्यले लोकलाई नै धेरै दुःख दिएको थियो जसलार्ई तपाईले मार्नु भयो हाम्रा लागि धेरै खुसिको कुरा हो ।।२६।।

योऽसौ लब्धवरो मत्तो न वध्यो मम सृष्टिभिः ।
तपोयोगबलोन्नद्धः समस्तनिगमानहन् ॥ २७ ॥

मेरो सृष्टिमा कसैले पनि तेरो वध गर्न नसकुन भन्ने वर उसलाई दिएको थिए । त्यहिकारण तपस्या, योग, बल, आदिले घमण्ड भएर यसले वेदको विधानलार्ई पनि त्यागेको थियो ।।२७।।

दिष्ट्यास्य तनयः साधुः महाभागवतोऽर्भकः ।
त्वया विमोचितो मृत्योः दिष्ट्या त्वां समितोऽधुना ॥ २८ ॥

उसको छोरो सुद्ध हृदय भएका परम भागवत  प्रल्हादलार्ई तपाईले बचाउनु भयो जो तपाइका शरणमा परेको छ ।।२८।।

एतद् वपुस्ते भगवन् ध्यायतः प्रयतात्मनः ।
सर्वतो गोप्तृ सन्त्रासान् मृत्योरपि जिघांसतः ॥ २९ ॥

भगवान् ! जसले तपाईको यो नृसिंह रूपको ध्यान गर्दछ उसले सबै प्रकारको भयबाट बच्दछ । यहाँ सम्मकि मुखमा आएको मृत्युले पनि उसलार्ई केहि बिगार्न सक्तैन ।।२९।।

नृसिंह उवाच -
मैवं विभोऽसुराणां ते प्रदेयः पद्मसम्भव ।
वरः क्रूरनिसर्गाणां अहीनां अमृतं यथा ॥ ३० ॥

नृसिंह भगवान्ले भन्नुभयो–
ब्रम्हाजी ! दुष्ट स्वभाव भएका असुरहरुलाई यस्तो वर दिनु दिनु ता सर्पलार्ई दूध पियाएको जस्तै हुन्छ त्यसैले अब दैत्यलार्ई यस्तो बर नदिनु ।।३०।।

नारद उवाच -
इत्युक्त्वा भगवान् राजन् ततश्चान्तर्दधे हरिः ।
अदृश्यः सर्वभूतानां पूजितः परमेष्ठिना ॥ ३१ ॥

युधिष्ठिर ! भगवान् नृसिंहले यति भनेर ब्रह्माजीले गरेको स्तुतिलार्ई स्वीकार गर्नु भयो अनि त्यहाँबाट अन्तर्धान हुनुभयो ।।३१।।

ततः सम्पूज्य शिरसा ववन्दे परमेष्ठिनम् ।
भवं प्रजापतीन् देवान् प्रह्रादो भगवत्कलाः ॥ ३२ ॥

नारदले भन्नुभयो–
त्यसपछि प्रल्हादले ब्रह्मा, शंकर, प्रजापति पूजा अनि गरेर दण्डवत प्रणाम गरे ।।३२ ।।

ततः काव्यादिभिः सार्धं मुनिभिः कमलासनः ।
दैत्यानां दानवानां च प्रह्रादं अकरोत् पतिम् ॥ ३३ ॥

त्यसपछि सुक्राचार्य सहित भएर ब्रम्हाले प्रल्हादलार्ई सबै दानव दैत्यको अधिपति बनाइदिनु भयो ।।३३।।

प्रतिनन्द्य ततो देवाः प्रयुज्य परमाशिषः ।
स्वधामानि ययू राजन् ब्रह्माद्याः प्रतिपूजिताः ॥ ३४ ॥

त्यसपछि ब्रम्हादि देवताहरुले प्रल्हादले गरेको सत्कारलाई स्वीकार गरेर उनलाई  आशिर्वाद दिए अनि सबै आआफ्नो लोक तिर लागे ।।३४।।

एवं च पार्षदौ विष्णोः पुत्रत्वं प्रापितौ दितेः ।
हृदि स्थितेन हरिणा वैरभावेन तौ हतौ ॥ ३५ ॥

युधिष्ठिर ! यसरी जय र विजय नाम गरेका भगवान्का दुवै पार्षद दितिका छोराको रूपमा जन्मेका थिए । उनीहरु दुवैले भगवान् संग द्रोह गर्दथे तापनि उनीहरुको उद्धार गर्नाका लागि भगवान्ले मार्नु भएको हो ।।३५।।

पुनश्च विप्रशापेन राक्षसौ तौ बभूवतुः ।
कुम्भकर्णदशग्रीवौ हतौ तौ रामविक्रमैः ॥ ३६ ॥

सनकादि ऋषिहरुको श्रापका कारण भगवान्ले वध गर्दा पनि उनीहरु मुक्त भएन त्यसैले उनीहरु फेरी रावण र कुम्भकर्ण रूप राक्षस भएर जन्म लिएका बखत भगवान् श्रीरामले उनीहरुको अन्त्य गरिदिनु भयो ।।३६।।

शयानौ युधि निर्भिन्न हृदयौ रामसायकैः ।
तच्चित्तौ जहतुर्देहं यथा प्राक्तनजन्मनि ॥ ३७ ॥

भगवान् रामको वाणको प्रहारले उनीहरुको कलेजो छियाछिया भएको थियो उनीहरु पनि पूर्व जन्मको जस्तै भगवान्को स्मरण गरेर आफ्नो शरीर छाडे ।।३७।।

तौ इहाथ पुनर्जातौ शिशुपालकरूषजौ ।
हरौ वैरानुबन्धेन पश्यतस्ते समीयतुः ॥ ३८ ॥

उनीहरु नै यस समयमा शिशुपाल र दन्तवक्त्रको रूपमा जन्मेका थिए । भगवान्मा वैरभाव राख्दथे तर नित्य भगवान्को नाम लिइराख्दथे सोहि कारण उनीहरुले पनि मुक्ति पाए ।।३८।।

एनः पूर्वकृतं यत् तद् राजानः कृष्णवैरिणः ।
जहुस्त्वन्ते तदात्मानः कीटः पेशस्कृतो यथा ॥ ३९ ॥

युधिष्टिर ! भगवान् श्रीकृष्ण संग दुस्मनि राख्ने सबै राजाहरु अन्त्यमा भगवान् श्रीकृष्णको स्मरण गदै सबै मुक्त भएर भगवानलाई नै प्राप्त गरेका थिए । जसरी भ्रमराले पक्रेको एक किसिमको कीरा डरले उसकै स्वरूप लिन्छ त्यसरी नै निरन्तर भगवान्को नाम लिएका कारण उनीहरुले पनि भगवान्लाई प्राप्त गरेका हु्न ।।

यथा यथा भगवतो भक्त्या परमयाभिदा ।
नृपाश्चैद्यादयः सात्म्यं हरेस्तच्चिन्तया ययुः ॥ ४० ॥

जसरी भगवान्का प्यारा भक्तहरु अरुमा कुनै भेदभाव नराखिकन भगवान्को भक्तिले प्रभावले भगवान्को स्वरूप प्राप्त गर्दछन् त्यसरी नै शिशुपाल आदि राजाहरुले पनि अन्त्यमा भगावनको स्वरूप प्राप्त गरे ।।४०।।

आख्यातं सर्वमेतत् ते यन्मां त्वं परिपृष्टवान् ।
दमघोषसुतादीनां हरेः सात्म्यमपि द्विषाम् ॥ ४१ ॥

युधिष्टिर ! तिमीले भगवान् संग द्वेषभाव राख्ने शिशूपाल आदि राजाले कसरी मुक्ति पाए भन्ने विषयमा तिमीले जनु कुरा सोधेका थियौ त्यसको जवाफ दिएं ।।४१।।

एषा ब्रह्मण्यदेवस्य कृष्णस्य च महात्मनः ।
अवतारकथा पुण्या वधो यत्रादिदैत्ययोः ॥ ४२ ॥

भगवान् श्रीकृष्णको यो अवतार कथा पवित्र छ किनकि जसमा हिरण्याक्ष र हिरण्यकशिपुको वधका वरेमा वर्णन छ ।।४२।।

प्रह्रादस्यानुचरितं महाभागवतस्य च ।
भक्तिर्ज्ञानं विरक्तिश्च याथात्म्यं चास्य वै हरेः ॥ ४३ ॥

सर्गस्थित्यप्ययेशस्य गुणकर्मानुवर्णनम् ।
परावरेषां स्थानानां कालेन व्यत्ययो महान् ॥ ४४ ॥

धर्मो भागवतानां च भगवान्येन गम्यते ।
आख्यानेऽस्मिन् समाम्नातं आध्यात्मिकं अशेषतः ॥ ४५ ॥

यस कथामा भक्त प्रल्हादको चरित्र, भक्ति, ज्ञान, वैराग्य र संसारको सृष्टि, स्थति र प्रलयका स्वामी श्रीहरिको यथार्थ स्वरूप र वहाँका दिव्य लीलाहरुको वर्णन छ । यहाँ देवता र दैत्यको पदको कालक्रम बाट हुने परिवर्तन आदिको वर्णन र भगवान्लाई प्राप्त गराउने भागवत धर्मको बारेमा यथार्थ वर्णन गरिएको छ ।।४३।४४।४५।।

य एतत् पुण्यमाख्यानं विष्णोर्वीर्योपबृंहितम् ।
कीर्तयेत् श्रद्धया श्रुत्वा कर्मपाशैर्विमुच्यते ॥ ४६ ॥

भगवान्को लीला पराक्रम आदिले पूर्ण भएको यस पवित्र आख्यानका बारेमा जसले श्रद्धा पूर्वक कीर्तन गर्दछ सुन्दछ भने उसलाइ सबै कर्मवन्धनबाट मुक्ति मिल्दछ ।।४६।।

(वसंततिलका)
एतद्य आदिपुरुषस्य मृगेन्द्रलीलां
             दैत्येन्द्रयूथपवधं प्रयतः पठेत ।
दैत्यात्मजस्य च सतां प्रवरस्य पुण्यं
             श्रुत्वानुभावमकुतोभयमेति लोकम् ॥ ४७ ॥

जसले यो परमपुरुष परमात्मा नृसिंहभगवान्को लीला हिरण्कशिपु वध र सन्त शिरोमणि प्रल्हादको प्रभावलार्ई एकाग्र मनले पढ्ने सुन्ने आदि गर्दछ, उसले वैकुण्ठ प्राप्त गर्दछ ।।४७।।

(इंद्रवज्रा)
यूयं नृलोके बत भूरिभागा
             लोकं पुनाना मुनयोऽभियन्ति ।
येषां गृहानावसतीति साक्षाद्
             गूढं परं ब्रह्म मनुष्यलिङ्‌गम् ॥ ४८ ॥

युधिष्ठिर ! यस मनुस्यलोकमा तिम्रो भाग्य अति प्रशंसनिय छ । साक्षत परब्रह्म परमात्मा मनुष्य रूपले गुप्त रूपमा तिम्रो घरमा रहनुहुन्छ । त्यसैले सबै ऋषिमुनिहरु पनि वहाँको दर्शन गर्नाका लागि तिम्रो घरमा आउने छन ।।४८।।

स वा अयं ब्रह्म महद्विमृग्य
             कैवल्यनिर्वाणसुखानुभूतिः ।
प्रियः सुहृद् वः खलु मातुलेय
             आत्मार्हणीयो विधिकृद् गुरुश्च ॥ ४९ ॥

जसलार्ई ठुला ठुला महापुरुषले खोजिरहन्छन , जो कुनै मायाको उपाधि नभएका परब्रह्मस्वरूप परमात्मा हुनुहुन्छ वहाँ नै तिम्रा हितैषि  गुरु र स्वयं आत्मा श्रीकृष्ण हुनुहुन्छ ।।४९।।

न यस्य साक्षाद्‍भवपद्मजादिभी
             रूपं धिया वस्तुतयोपवर्णितम् ।
मौनेन भक्त्योपशमेन पूजितः
             प्रसीदतामेष स सात्वतां पतिः ॥ ५० ॥

शंकर, ब्रह्मादि देवताहरुले पनि वहाँको बारेमा यसै हो भनेर वर्णन गर्न सक्तैनन र वहाँको दर्शन पनि पाउँन सक्तैनन । भने हामीहरुले ता कसरी सक्छौ र । हामी दृढ भक्तिमा रेहेर वहाँको पूजा गर्दछौं कृपया हाम्रो पूजालार्ई स्वीकार गरेर भक्तवत्सल भगावन् हामी संग खुसि हुनुहोस ।।५०।।

 (अनुष्टुप्)
स एष भगवान् राजन् व्यतनोद् विहतं यशः ।
पुरा रुद्रस्य देवस्य मयेनानन्तमायिना ॥ ५१ ॥

युधिष्ठिर ! पहिला मायावि दानवहरुले रुद्रदेवतालार्ई वहाँको कीर्तीमा कलंक लगाउन खोज्दा भगवान् श्रीकृष्णले नै वहाँको यशको रक्षा गर्नुभएको थियो त्यसैले वहाँ श्रीकृष्ण नै सबैका आराध्यदेव हुनुहुन्छ ।।५१।।

राजोवाच -
कस्मिन् कर्मणि देवस्य मयोऽहन् जगदीशितुः ।
यथा चोपचिता कीर्तिः कृष्णेनानेन कथ्यताम् ॥ ५२ ॥

युधिष्ठिरले सोधे–
नारदजी ! कुन कारणले मय दानवले रुद्र देवताको यश नष्ट गर्न खोजेको थियो फेरी भगवान् श्रीकृष्णले वहाँको यशको रक्षा गर्नु भएको थियो सो बारेमा मलार्ई बताउनु होस ? ।।५२।।

नारद उवाच -
निर्जिता असुरा देवैः युध्यनेनोपबृंहितैः ।
मायिनां परमाचार्यं मयं शरणमाययुः ॥ ५३ ॥

नारदले भन्नुभयो–
एक पटक श्रीकृष्णको शक्ति प्राप्त गरेकाले देवताहरुले युद्धमा असुरहरुलार्ई परास्त गरे, त्यसपछि सबै असुरहरु मय दानवको शरणमा गए ।।५३।।

स निर्माय पुरस्तिस्रो हैमीरौप्यायसीर्विभुः ।
दुर्लक्ष्यापायसंयोगा दुर्वितर्क्यपरिच्छदाः ॥ ५४ ॥

त्यो मय दानव धेरै शक्तिशाली थियो त्यसैले उसले सुन, चादी, र फलामको तीनवटा विमान बनायो त्यो बिमान यस्तो थियो कि त्यसमा सहर पुर थिए । विमान धेरै सामानहरु थियो ।।५४।।

ताभिस्तेऽसुरसेनान्यो लोकान् त्रीन् सेश्वरान् नृप ।
स्मरन्तो नाशयां चक्रुः पूर्ववैरमलक्षिताः ॥ ५५ ॥

त्यो मय दैत्यसेनापतिको तीनैलोक प्रति वैरभाव थियो त्यसैले त्यो आफुले बनाएको विमानमा लुकेर सबै लोकपालको विनाश गर्नलाग्यो ।।५५।।

ततस्ते सेश्वरा लोका उपासाद्येश्वरं विभो ।
त्राहि नस्तावकान्देव विनष्टान् त्रिपुरालयैः ॥ ५६ ॥

आफुलाई यस्तो विपत्ति पर्न आएकोले लोकपालहरु देवताहरुलाई साथै लिएर भगवान् शंकरको शरणमा गए । उनीहरुले भगवान् शंकरको प्रार्थना गर्दै भने प्रभु ! त्रिपुरासुरका असुरहरुले हाम्रो नाश गरिरहेका छन त्यसैल हाम्रो रक्षा गर्नुहोस, हामी तपाईको शरणमा छौं ।।५६।।

अथानुगृह्य भगवान् मा भैष्टेति सुरान्विभुः ।
शरं धनुषि सन्धाय पुरेष्वस्त्रं व्यमुञ्चत ॥ ५७ ॥

उनीहरुको प्रार्थना सुनेर भगवान् शंकरले भन्नु भयो तिमीहरु डराउनु पदैन भनेर आफ्नो धनुष वाण चडाएर तीनै सहरमा छोडिदिनु भयो ।।५७।।

ततोऽग्निवर्णा इषव उत्पेतुः सूर्यमण्डलात् ।
यथा मयूखसन्दोहा नादृश्यन्त पुरो यतः ॥ ५८ ॥

तैः स्पृष्टा व्यसवः सर्वे निपेतुः स्म पुरौकसः ।
तान् आनीय महायोगी मयः कूपरसेऽक्षिपत् ॥ ५९ ॥

भगवान् शंकरले चलाएको बाण बाट सूर्यको किरण जस्ता आगोका ज्वालाहरु निक्लिए । जसले गर्दा चारैतिर अन्धकार भयो, वाणको चोटले बिमानमा रहेका सबै तल खसेर मरे । त्यो उपायहरु जान्ने मायाविले सबै दत्यलार्ई उठाएर आफुले बनाएको अमृतको कुण्डमा लगेर हालिदियो ।।५९।।

सिद्धामृतरसस्पृष्टा वज्रसारा महौजसः ।
उत्तस्थुर्मेघदलना वैद्युता इव वह्नयः ॥ ६० ॥

अमृतको स्पर्श हुनासाथ असुरहरुको शरीर पहिलाको भन्दा झनै बलियो र तेजिलो भयो । उनीहरु बिजुली चंके झैं गरि उठ्न थाले ।।६०।।

विलोक्य भग्नसङ्‌कल्पं विमनस्कं वृषध्वजम् ।
तदायं भगवान् विष्णुः तत्रोपायमकल्पयत् ॥ ६१ ॥

यता महादेवले आफ्नो संकल्प पुरा नभएकोमा खिन्न हुनु भएको थाहा पएर भगवान् श्रीकृष्णले वहाँले असुर माथि विजय गर्ने उपाय निकाल्नु भयो ।।६१।।

वत्स आसीत् तदा ब्रह्मा स्वयं विष्णुरयं हि गौः ।
प्रविश्य त्रिपुरं काले रसकूपामृतं पपौ ॥ ६२ ॥

त्यस समय भगवान विष्णु गाई बन्नु भयो ब्रह्मा बाच्छो बन्नु भयो वहाँहरुले त्यस पुरीमा गएर त्यस अमृत कुवाको सबै अमृत पिइदिनु भयो ।।६२।।

तेऽसुरा ह्यपि पश्यन्तो न न्यषेधन्विमोहिताः ।
तद्विज्ञाय महायोगी रसपालानिदं जगौ ॥ ६३ ॥

स्वयं विशोकः शोकार्तान् स्मरन् दैवगतिं च ताम् ।
देवोऽसुरो नरोऽन्यो वा नेश्वरोऽस्तीह कश्चन ॥ ६४ ॥

आत्मनोऽन्यस्य वा दिष्टं दैवेनापोहितुं द्वयोः ।
अथासौ शक्तिभिः स्वाभिः शम्भोः प्राधानिकं व्यधात् ॥ ६५ ॥

 त्यहाँ रहेका दैत्य रक्षकहरुले वहाँहरु दुवैलार्ई देखेका थिए तर भगवान्का मायाले मोहित भएकाले वहाँहरुलार्ई रोकेनन् । यता मायासुरले यो कुरा थाहा पायो अनि उसले यो भगवान्को लीला हो भनेर कुनै शोक गरेन । उसले ती अमृतको रक्षाका लागि बसेका असुरलाई भन्यो हेर प्रारव्ध र विधानलार्ई देवता असुर, मानिस, वा अरु कुनैपनि प्राणीले मेटाउन सक्तैन । जे हुनुथ्यो भयो अब शोक नगर ।।६३।६५।।

धर्मज्ञानविरक्ति ऋद्धि तपोविद्याक्रियादिभिः ।
रथं सूतं ध्वजं वाहान् धन्धनुर्वर्मशरादि यत् ॥ ६६ ॥

त्यसपछि श्रीकृष्णले आाफ्नो शक्तिद्वारा भगवान् शंकरका लागि युद्ध सामग्रीहरु तयार गर्न लाग्नु भयो । वहाँले धर्मले रथ, ज्ञानले सारथी, विद्याले कवच, क्रियाले बाण र अन्य शक्तिहरुले सबै सामाग्रीको तयार गर्नु भयो ।।६६।।

सन्नद्धो रथमास्थाय शरं धनुरुपाददे ।
शरं धनुषि सन्धाय मुहूर्तेऽभिजितीश्वरः ॥ ६७ ॥

ददाह तेन दुर्भेद्या हरोऽथ त्रिपुरो नृप ।
दिवि दुन्दुभयो नेदुः विमानशतसङ्‌कुलाः ॥ ६८ ॥

भगवान् शंकर ती सबै सामग्रीले सजिएर रथमा चढ्नु भयो र धनुष वाण धारण गरेर अभिजित मुहुर्तमा वाण चढाएर ती तिनै विमानलार्ई भस्म गरिदिनु भयो । त्यसबेला स्वर्गमा दुन्दभीहरु बज्न लागे । तहाँ धेरै विमानहरु आए ।।६७।६८।।

देवर्षिपितृसिद्धेशा जयेति कुसुमोत्करैः ।
अवाकिरन् जगुर्हृष्टा ननृतुश्चाप्सरोगणाः ॥ ६९ ॥

देवाता, ऋषि, पितगणृ, सिद्धेश्वरहरु धेरै खुसि हुदै जय जयकार गर्न लागे । अप्सराहरु नाच्न लागे ।।६९।।

एवं दग्ध्वा पुरस्तिस्रो भगवान् पुरहा नृप ।
ब्रह्मादिभिः स्तूयमानः स्वं धाम प्रत्यपद्यत ॥ ७० ॥

युधिष्ठिर ! यस प्रकार तीनैलोकलार्ई भस्म परेर शंकरले पुरारी पद प्राप्त गर्नु भयो र ब्रह्माहरुले गरेको स्तुति सुनेर आफ्नो धाम तिर लाग्नु भयो ।।७०।।

(इंद्रवज्रा)
एवं विधान्यस्य हरेः स्वमायया
         विडम्बमानस्य नृलोकमात्मनः ।
वीर्याणि गीतानि ऋषिभिर्जगद्‍गुरोः
         लोकं पुनानान्यपरं वदामि किम् ॥ ७१ ॥

भगवान् श्रीकृष्णले यसरी आफ्नो मायाले जुन मानिसको लीला गर्नुभयो, यस्तो पवित्र लीलाहरुको बारेमा ऋषिहरु, लोकपालहरु गाना गाउँदछन् ।।७१।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे युधिष्ठिरनारदसंवादे त्रिपुरविजयो नाम दशमोऽध्यायः ॥ १० ॥