श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – पञ्चविंशोऽध्यायः
मैत्रेय उवाच –
(अनुष्टुप)
इति सन्दिश्य भगवान् बार्हिषदैरभिपूजितः ।
पश्यतां राजपुत्राणां तत्रैवान्तर्दधे हरः ॥ १ ॥
यसप्रकार भगवान् शंकारले प्रचेताहरूलार्ई उपदेश दिनु भएपछि प्रचेताहरूले पनि भक्तिभावले शंकरको पूजा गरे । भगवान् शंकर पनि त्यहाँबाट अन्तर्धान हुनुभयो ।।१।।
रुद्रगीतं भगवतः स्तोत्रं सर्वे प्रचेतसः ।
जपन्तस्ते तपस्तेपुः वर्षाणां अयुतं जले ॥ २ ॥
सबै प्रचेताहरू जलमा उभिएर भगवाद् रुद्र्रले बताए अनुसारको स्तोत्र जप गर्र्द दसहजार वर्ष सम्म तपस्या गरे ।। २।।
प्राचीनबर्हिषं क्षत्तः कर्मस्वासक्तमानसम् ।
नारदोऽध्यात्मतत्त्वज्ञः कृपालुः प्रत्यबोधयत् ॥ ३ ॥
त्यस बखत सम्म राजा प्राचिनवर्हिको दैनिक कर्मकाण्डमै रमाएको थियो । उनलार्र्ई अध्यात्मविद्याका ज्ञाता परम कृपालु नारदजीले उपदेश दिए ।।३।।
श्रेयस्त्वं कतमद्राजन् कर्मणात्मन ईहसे ।
दुःखहानिः सुखावाप्तिः श्रेयस्तन्नेह चेष्यते ॥ ४ ॥
नारदजीले भने राजन् ! यस्तो कार्यबाट तिमी आफ्नो कुन कल्याण चाहान्छौ ? दुःखनाशक एवं परमात्मा प्राप्तिको नाम कल्याण हो, त्यो त तिमीलार्ई कर्मबाट मिल्दैन ।।४।।
राजोवाच –
न जानामि महाभाग परं कर्मापविद्धधीः ।
ब्रूहि मे विमलं ज्ञानं येन मुच्येय कर्मभिः ॥ ५ ॥
राजाले भने–
महाभाग नारदजी ! मेरो बुध्दि कर्ममै फसेको छ त्यसैले मलार्ई परमकल्याणको बारेमा केहि थाहा छैन । तपाईले मलार्ई विशुध्द ज्ञानको बारेमा उपदेश दिनुहोस । जसबाट मेरो कर्मबन्धनबाट छुटकारा मिलोस ।।५।।
गृहेषु कूटधर्मेषु पुत्रदारधनार्थधीः ।
न परं विन्दते मूढो भ्राम्यन् संसारवर्त्मसु ॥ ॥ ६ ॥
जुनु पुरुष कपट धर्ममय गृहाश्रममा नै रहेर पुत्र, स्त्री र धनलार्ई नै परम पुरुषार्थ मान्दछ त्यो अज्ञानवश संसारण्यमा नै भट्कि रहने हुँदा उसलार्र्ई परमकल्याण प्राप्त हुदैन ।।६।।
नारद उवाच –
भो भोः प्रजापते राजन् पशून् पश्य त्वयाध्वरे ।
संज्ञापिताञ्जीवसङ्घान् निर्घृणेन सहस्रशः ॥ ७ ॥
नारदजीले भने हे राजन ! हेर तिमीले यज्ञमा निर्दयतापूर्वक जुन हजारौं पशुहरूलार्ई बलि दिएका छौ उनीहरूलार्ई आकाशमा हेर ।।७।।
एते त्वां सम्प्रतीक्षन्ते स्मरन्तो वैशसं तव ।
सम्परेतमयःकूटैः छिन्दति उत्थितमन्यवः ॥ ८ ॥
ती सबै तिमीद्वारा पाएको पीडालार्ई सम्झदै बदला लिनको लागि तिम्रो बाटो हेरिरहेका छन् । जब तिमी मरेपछि परलोकमा जान्छौ त्यतिबेला उनीहरूले अत्यन्त क्रोधी भएर तिमीलार्ई सजाय दिनेछन ।।८।।
अत्र ते कथयिष्येऽमुं इतिहासं पुरातनम् ।
पुरञ्जनस्य चरितं निबोध गदतो मम ॥ ९ ॥
तिमीलार्ई यस विषयमा प्राचीन उपाख्यान सुनाउँछु सुन, जुन राजा पुरञ्जनको चरित्र हो ।।९।।
आसीत्पुरञ्जनो नाम राजा राजन् बृहच्छ्रवाः ।
तस्याविज्ञातनामाऽऽसीत् सखाविज्ञातचेष्टितः ॥ १० ॥
राजन ! पूर्वकालमा पुरञ्जन नामका यशस्वी राजा थिए । उनकोे अविज्ञाता नामको एउटा मित्र थियो । उसकोे चेस्टाको बारेमा कसैले पनि बुझ्न सक्तैन थियो ।।१०
सोऽन्वेषमाणः शरणं बभ्राम पृथिवीं प्रभुः ।
नानुरूपं यदाविन्दद् अभूत्स विमना इव ॥ ११ ॥
राजा पुरञ्जन आफु बस्नका लागि योग्य स्थानको खोजि गर्दै सारा पृथ्वीमा घुमे तर उनलार्र्ई कुनै योग्य स्थान मिलेन त्यसपछि उनी उदाश भए ।।११।।
न साधु मेने ताः सर्वा भूतले यावतीः पुरः ।
कामान् कामयमानोऽसौ तस्य तस्योपपत्तये ॥ १२ ॥
उसलार्र्ई अनेकौं भोगको इच्छा थियो । भोगका लागि उसले जति सहरहरू देख्यो तर त्यसबाट उसलार्र्ई चित्त बुझेन ।।१२।।
स एकदा हिमवतो दक्षिणेष्वथ सानुषु ।
ददर्श नवभिर्द्वार्भिः पुरं लक्षितलक्षणाम् ॥ १३ ॥
मैत्रेयजीले भने– विदुरजी !
एक दिन उसले हिमालयको दक्षिणतिरको शिखरमा एउटा नौ द्वारको सहर देख्यो । त्यो सबैप्रकारको सुलक्षणबाट सम्पन्न थियो ।।१३।।
प्राकारोपवनाट्टाल परिखैरक्षतोरणैः ।
स्वर्णरौप्यायसैः शृङ्गैः सङ्कुलां सर्वतो गृहैः ॥ १४ ॥
यस्को चारैतिर अग्ला पर्खाल बगैंचा अटालीहरू झयल र फटकले सुशोभित थियो र सुन चाँदि तथा फलामको शिखर ठुला भवनहरुले भरिएको थियो ।।१४।।
नीलस्फटिकवैदूर्य मुक्तामरकतारुणैः ।
कॢप्तहर्म्यस्थलीं दीप्तां श्रिया भोगवतीमिव ॥ १५ ॥
महलका तलाउहरु नीलम स्फटिक, वैदुर्य, मोती पन्ना र लाल आदि रत्नले गर्दा शोभायमान देखिन्थे । आफ्नो कान्तिका कारण त्यो नागहरुको राजधानी भोगपुुरी जस्तै देखिन्थ्यो ।।१५।।
सभाचत्वर रथ्याभिः आक्रीडायतनापणैः ।
चैत्यध्वजपताकाभिः युक्तां विद्रुमवेदिभिः ॥ १६ ॥
त्यहाँ जहाँ तहिं अनेकौ सभा भवन, चौराह सडकहरू, कृडाभवन, बजार विश्रामास्थल, ध्वजा पताकाहरू मंगाको चौताराले सुशोभित थियो ।।१६।।
पुर्यास्तु बाह्योपवने दिव्यद्रुमलताकुले ।
नदद् विहङ्गालिकुल कोलाहलजलाशये ॥ १७ ॥
त्यस नगरको बाहिर दिव्य वृक्ष र लताहरूले भरिएको एउटा सुन्दर पोखरी थियो । त्यहाँ वरिपरि अनेकौं पक्षिहरूले मिठो बोलि बोलिरहेका थिए, म्रमराहरू गुनगुनाईरहेका थिए । ।।१७।।
हिमनिर्झरविप्रुष्मत् कुसुमाकरवायुना ।
चलत्प्रवालविटप नलिनीतटसम्पदि ॥ १८ ॥
तलाउका किनारमा रहेका रुखका थियो हाँगा र पातहरू शीतल झरनाको जलकणले बसन्त कालिन वायुको झंकारले हल्लिरहेको थियो ।।१८।।
नानारण्यमृगव्रातैः अनाबाधे मुनिव्रतैः ।
आहूतं मन्यते पान्थो यत्र कोकिलकूजितैः ॥ १९ ॥
त्यहाँका बन्य जन्तुहरू पनि मुनिजनहरूले झैं अहिंसादि ब्रतको पालन गर्ने खालका थिए । त्यसैले उनीहरूले कसैलार्ई कुनैपनि हानी पुर्याउदैन थिए । निरन्तर कोइली कुहुकुहु गरीरहेको हुन्थ्यो । त्यहा हिड्ने बटुवाहरूलार्ई यस्तो भ्रम हुन्थ्योकि मानौं त्यो बगैचा विश्राम गर्न बोलाईरहेको छ ।।१९।।
यदृच्छयागतां तत्र ददर्श प्रमदोत्तमाम् ।
भृत्यैर्दशभिरायान्तीं एकैकशतनायकैः ॥ २० ॥
राजा पुरञ्जन त्यस अद्भुतमा डुल्दै जाँदा एउटी सुन्दरीलार्ई आउँदै गरेको देखे जुन अकस्मात त्यहाँ आइपुगेकी थिइन । उनी संग दस जना सेवक थिए । जसमा सय सय नायिकाहरु पति थिए ।।२०।।
अञ्चशीर्षाहिना गुप्तां प्रतीहारेण सर्वतः ।
अन्वेषमाणां ऋषभं अप्रौढां कामरूपिणीम् ॥ २१ ॥
एउटा पाँच फणाँ भएको सर्पले द्वारपाल उनको रक्षा गरेको थियो । ती सुन्दरी सिदा सोझी खालकी किशोरी थिइन त्यसैले बिबाहको लागि श्रेष्ठ पुरुषको खोजमा थिइन ।।२१।।
सुनासां सुदतीं बालां सुकपोलां वराननाम् ।
समविन्यस्तकर्णाभ्यां बिभ्रतीं कुण्डलश्रियम् ॥ २२ ॥
उनकोे नाक, दाँतलहर, कपाल, गाला र मुख धेरै राम्रा थिये कानमा राम्रो कुण्डलले शोभा दिएको थियो ।।२२।।
पिशङ्गनीवीं सुश्रोणीं श्यामां कनकमेखलाम् ।
पद्भ्यां क्वणद्भ्यां चलन्तीं नूपुरैर्देवतामिव ॥ २३ ॥
स्तनौ व्यञ्जितकैशोरौ समवृत्तौ निरन्तरौ ।
वस्त्रान्तेन निगूहन्तीं व्रीडया गजगामिनीम् ॥ २४ ॥
उनकोे वर्ण सावलो थियो । कटिप्रदेश सुन्दर थियो । उनले पहेलो रंगको साडी र सुनको मेखला लगाएकी थिइन । हिड्दा नुपुरको झंकार आउँदथ्यो । उनी साक्षात देवी जस्ती देखिन्थिन ।। २४।।
तामाह ललितं वीरः सव्रीडस्मितशोभनाम् ।
स्निग्धेनापाङ्गपुङ्खेन स्पृष्टः प्रेमोद्भ्रमद्भ्रुवा ॥ २५ ॥
उनकोे धनुष जस्ता आँखी भौं प्रेमले गर्दा चंचल देखिन्थे । तिनको प्रणय कटाक्ष वाणले घाएल भएका पुरञ्जनले लज्जापूर्ण मुस्कानले झनै सुन्दर देखिने ती देवी संग भने ।।२५।।
का त्वं कञ्जपलाशाक्षि कस्यासीह कुतः सति ।
इमामुप पुरीं भीरु किं चिकीर्षसि शंस मे ॥ २६ ॥
कमललोचने ! तिमी को हौ ? कस्की छोरी हौ ? साध्वी ! यस समयमा तिमी कहाँबाट आएकी हौ ? । यस नगरको नजिक तिमी के गरीरहेकी छ्यौ ? मलार्ई बताउ ।।२६।।
क एतेऽनुपथा ये ते एकादश महाभटाः ।
एता वा ललनाः सुभ्रु कोऽयं तेऽहिः पुरःसरः ॥ २७ ॥
तिम्रो साथ रहेका यी दस जन सेवक को हुन ? यी एघारौं महान् शुरवीर को हुन? २७।।
(इन्द्रवज्रा)
त्वं ह्रीर्भवान्यस्यथ वाग्रमा पतिं
विचिन्वती किं मुनिवद्रहो वने ।
त्वदङ्घ्रिकामाप्तसमस्तकामं
क्व पद्मकोशः पतितः कराग्रात् ॥ २८ ॥
सुन्दरी तिमी साक्षात लज्जादेवी हौ । अथवा उमा, रमा र ब्रम्हाणीमा कोहि हौ । यहाँ वनमा एकान्त बसेर आफ्ना पतिलार्ई खोजिरहेकी हौ कि कसो ? ठिक छ तिमी यदि साक्षात कमला देवी हौं भने तिम्रो हातको कृडाकमल कहाँ खस्यो ? ।।२८।।
नासां वरोर्वन्यतमा भुविस्पृक्
पुरीं इमां वीरवरेण साकम् ।
अर्हस्यलङ्कर्तुमदभ्रकर्मणा
लोकं परं श्रीरिव यज्ञपुंसा ॥ २९ ॥
सुभगे! तिमी यिनमा त केहिपनि होइनौ किनकि तिम्रो चरण पृथ्वीको स्पर्श गरीरहेको छ । ठिक छ यदि तिमी कुनै मानवि नै हौ भने जसरी लक्ष्मीजी भगवानका साथ रहेर वैकुण्ठको शोभा बढाउदछिन् उसैगरी तिमी मेरो साथ यस श्रेष्ठ सहरको शोभा बढाउ । हे, म धेरै वीर र पराक्रमी हुं ।।२९।।
यदेष मापाङ्गविखण्डितेन्द्रियं
सव्रीडभावस्मितविभ्रमद्भ्रुवा ।
त्वयोपसृष्टो भगवान् मनोभवः
प्रबाधतेऽथानुगृहाण शोभने ॥ ३० ॥
तर आज तिम्रो कटाक्षले मेरो मनलार्ई वेकाब विह्वल बनाइदियो । तिम्रो लजिलो र रतिभावले भरिएको मुस्कानका साथ आँखिभौं को संकेतल पाएर यो शक्तिशाली कामदेव मलार्ई पीडित गराईरहेको छ । त्यसैले सुन्दरी अब तिमीले मलार्ई कृपा गर्नुपर्दछ ।।३०।।
त्वदाननं सुभ्रु सुतारलोचनं
व्यालम्बिनीलालकवृन्दसंवृतम् ।
उन्नीय मे दर्शय वल्गुवाचकं
यद्व्रीडया नाभिमुखं शुचिस्मिते ॥ ३१ ॥
हे शुचिस्मिते ! सुन्दर आँखिभौं र आँखा नानीले सुशोभित तिम्रो मुखारविन्द यो लामा लामा रौं को अलकाले घेरिएको छ । तिम्रो मुखबाट निक्लिएको वचन धेरै मिठो र मनलार्ई लट्ठ पार्ने खालको छ । तर त्यो मुख त लाजले गर्दा म तिर फर्काउँदिनौ । अलि ठाडो गरेरे मलार्ई त्यो सुन्दर मुखका दर्शन त गराउ ।।३१।।
नारद उवाच –
(अनुष्टुप)
इत्थं पुरञ्जनं नारी याचमानमधीरवत् ।
अभ्यनन्दत तं वीरं हसन्ती वीर मोहिता ॥ ३२ ॥
नरदजीले भन्नुभयो–
वीरवर ! जब राजा पुरञ्जनले अधीर भएर यसरी याचना गरे त्यसपछि ती कन्याले पनि हाँस्दै राजाका कुरालार्ई अनुमोदन गरीन् । उनी पनि राजालार्ई देखेर मोहित भैसकेकी थिइन ।।३२।।
न विदाम वयं सम्यक् कर्तारं पुरुषर्षभ ।
आत्मनश्च परस्यापि गोत्रं नाम च यत्कृतम् ॥ ३३ ॥
उनले भन्न लागिन् नरश्रेष्ठ ! मलार्ई पैदा गर्नेको बारेमा त राम्रो थाहा छैन । न म आफ्नो र अरुको नाम र गोत्र नै जान्दछु ।।३३।।
इहाद्य सन्तमात्मानं विदाम न ततः परम् ।
येनेयं निर्मिता वीर पुरी शरणमात्मनः ॥ ३४ ॥
वीरवर ! अहिले हामी सबै यस सहरमा छौं । यो भन्दा बढि म अरु केहि पनि जान्दिन । मलार्ई यो पनि थाहा छैन कि हाम्रा लागि यो सहर कसले बनायो ।।३४।।
एते सखायः सख्यो मे नरा नार्यश्च मानद ।
सुप्तायां मयि जागर्ति नागोऽयं पालयन् पुरीम् ॥ ३५ ॥
प्रियवर ! यी पुरुष मेरा सखा र स्त्रीहरू मेरी सहेली हुन । त्यसै गरी जुन बखतमा म सुत्छु त्यतिबेला यो सर्प जाग्दछ र सबै सहरको रक्षा गर्दछ ।।३५।।
दिष्ट्याऽऽगतोऽसि भद्रं ते ग्राम्यान् कामानभीप्ससे ।
उद्वहिष्यामि तांस्तेऽहं स्वबन्धुभिः अरिन्दम ॥ ३६ ॥
सत्रुमर्दन ! तपाई संग भेट हुनु मेरा लागि सौभाग्यको कुरो हो । तपाईको मङ्गल होस । तपाईलार्ई भोगको इच्छा छ यसकोे पुरा गर्न म सबै साथी सहित सबैप्रकारको भोगको प्रस्तुत गर्दछु ।।३६।।
इमां त्वं अधितिष्ठस्व पुरीं नवमुखीं विभो ।
मयोपनीतान् गृह्णानः कामभोगान् शतं समाः ॥ ३७ ॥
प्रभो ! यो नौ द्वार भएको सहरमा मैले प्रस्तुत गरेको इच्छा बमोजिमको भोगलार्ई भोग गर्दै तपाई सयौं वर्ष सम्म जीवित रहनुहोस ।।३७।।
कं नु त्वदन्यं रमये ह्यरतिज्ञमकोविदम् ।
असम्परायाभिमुखं अश्वस्तनविदं पशुम् ॥ ३८ ॥
नारद उवाच –
म तपाईलार्ई छोडेर अरु कोसंग रमण गरुं । अरुहरू त न रति सुखलार्ई जान्दछन् न ता शास्त्रले विहित भोगलार्ई नै भोग्दछन् न परलोकको विचार गर्दछन् न भोलीको बारेमा ध्यान दिन्छन्, त्यसैले पशु तुल्य छन ।।३८।।
धर्मो ह्यत्रार्थकामौ च प्रजानन्दोऽमृतं यशः ।
लोका विशोका विरजा यान्न केवलिनो विदुः ॥ ३९ ॥
अहो ! यसलोकमा गृहाश्रममा नै धर्म, अर्थ, काम, सन्तान सुख, मोक्ष, सुयस र स्वर्गादि दिव्यलोक प्राप्त हुन्छ । संसार त्यागि यतिजनहरू यी सबको कल्पना पनि गर्न सक्तैनन ।।३९।।
पितृदेवर्षिमर्त्यानां भूतानां आत्मनश्च ह ।
क्षेम्यं वदन्ति शरणं भवेऽस्मिन् यद्गृहाश्रमः ॥ ४० ॥
महापुरुषको भनाई छ कि यसलोकमा पितृदेव, ऋषि, मानिस तथा सबै प्राणीहरूको र आफ्नो पनि कल्याणको आश्रम गृहाश्रम नै हो ।।४०।।
का नाम वीर विख्यातं वदान्यं प्रियदर्शनम् ।
न वृणीत प्रियं प्राप्तं मादृशी त्वादृशं पतिम् ॥ ४१ ॥
वीरशिरोमणे ! म जस्ती को स्त्री छ र, जुन स्वयं प्राप्त भएको तपाई जस्तो सुप्रसिध्द उदारचित्त र सुन्दर पतिलार्ई नमान्ने ।।४१।।
(इन्द्रवज्रा)
कस्या मनस्ते भुवि भोगिभोगयोः
स्त्रिया न सज्जेद्भुजयोर्महाभुज ।
योऽनाथवर्गाधिमलं घृणोद्धत
स्मितावलोकेन चरत्यपोहितुम् ॥ ४२ ॥
महावाहो ! यस पृथ्वीमा तपाइको साँप जस्तो गोलाकार सुकोमल बाहुपाशको स्थान पाउँनका लागि कुन कामिनीको चित्त नलोभिएला तपाई त आफन्नो मधुर मुस्कानमयी करुणपूर्ण दृष्टिले हामी जस्ती अनाथहरूको मानसिक सन्तापलार्ई शान्त गर्नका लागि नै यस पृथ्वीमा विचरण गर्नुहुन्छ ।।४२।।
(अनुष्टुप)
इति तौ दम्पती तत्र समुद्य समयं मिथः ।
तां प्रविश्य पुरीं राजन् मुमुदाते शतं समाः ॥ ४३ ॥
नारदजी भन्दछन्–
राजन ती स्त्री पुरुषले यसप्रकारको दुवै कुरालार्ई समर्थन गरेर सय वर्ष सम्म आनन्द संग पुरीमा बसेर भोग गरे ।।४३।।
उपगीयमानो ललितं तत्र तत्र च गायकैः ।
क्रीडन् परिवृतः स्त्रीभिः ह्रदिनीं आविशत् शुचौ ॥ ४४ ॥
गाउँने हरूले सबैतिर पुरञ्जनको गीत गाउँथे । जब गृष्मऋतु आएपछि ती राजा त्यतिबेला अनेकौं स्त्रीहरूसंग बसेर भोग गर्दर्थे ।।४४।।
सप्तोपरि कृता द्वारः पुरस्तस्यास्तु द्वे अधः ।
पृथग् विषयगत्यर्थं तस्यां यः कश्चनेश्वरः ॥ ४५ ॥
त्यस सहरमा जुन नौ द्वार थियो त्यो सातवटा सहरको माथि र दुईवटा तल जानको लागि थियो । त्यस सहरमा जो राजा हुन्थ्यो उसलार्र्ई अरु अलग सहरमा जानका लागि यो द्वार बनाइएको थियो ।।४५।।
पञ्च द्वारस्तु पौरस्त्या दक्षिणैका तथोत्तरा ।
पश्चिमे द्वे अमूषां ते नामानि नृप वर्णये ॥ ४६ ॥
खद्योताऽऽविर्मुखी च प्राग् द्वारावेकत्र निर्मिते ।
विभ्राजितं जनपदं याति ताभ्यां द्युमत्सखः ॥ ४७ ॥
राजन ! यी नौ द्वार मद्धे पाँच ओटा पूर्व, एउटा दक्षिण, एउटा उत्तर र दुईटा पश्चिमतिर थियो त्यस नगरको नामको बारेमा बताउँछु । पूर्वको खद्योता र अर्विमुखी नामको दुई द्वार एकै ठाउँमा बनाइएको थियो । त्यबाट पुरञ्जन आफ्नो साथी द्युमान संग विभ्राजित नामको देशमा जान्थे ।।४६।४७।।
नलिनी नालिनी च प्राग् द्वारौ एकत्र निर्मिते ।
अवधूतसखस्ताभ्यां विषयं याति सौरभम् ॥ ४८ ॥
यसैगरी दुई नलिनी र नालिनी नामका दुई द्वार एकै ठाउँमा थियो । त्यसबाट उनी अद्भूतका साथीसंग सौरभ नाम गरेको देशमा जान्थे ।।४८।।
मुख्या नाम पुरस्ताद् द्वाः तयाऽऽपणबहूदनौ ।
विषयौ याति पुरराड् रसज्ञविपणान्वितः ॥ ४९ ॥
पूर्व दिशाको मुख्यामानको जुन पाँचवटा द्वार थियो त्यसबाट रसज्ञ र विपणकका साथ क्रमशः वहुदन र आप्रण नाम गरेको देशमा जान्थे ।।४९।।
पितृहूर्नृप पुर्या द्वाः दक्षिणेन पुरञ्जनः ।
राष्ट्रं दक्षिणपञ्चालं याति श्रुतधरान्वितः ॥ ५० ॥
सहरको दक्षिणतिर जुन पितृहु नामको द्वार थियो त्यसबाट श्रुतधरसंग दक्षिण पाञ्चाल देशमा जान्थे ।।५०।।
देवहूर्नाम पुर्या द्वा उत्तरेण पुरञ्जनः ।
राष्ट्रं उत्तरपञ्चालं याति श्रुतधरान्वितः ॥ ५१ ॥
आसुरी नाम पश्चाद् द्वाः तया याति पुरञ्जनः ।
ग्रामकं नाम विषयं दुर्मदेन समन्वितः ॥ ५२ ॥
पश्चिम दिशामा आशुरी नामको द्वार थियो त्यहाँबाट उनी दुर्मद संग ग्रामक नामको देशमा जान्थे ।।५२।।
निर्ऋतिर्नाम पश्चाद् द्वाः तया याति पुरञ्जनः ।
वैशसं नाम विषयं लुब्धकेन समन्वितः ॥ ५३ ॥
त्यस्तै निऋति नामको जुन दोश्रो द्वार थियो त्यसबाट लुव्धक संग वैशस नामको देशमा जान्थे ।।५३।।
अन्धावमीषां पौराणां निर्वाक् पेशस्कृतावुभौ ।
अक्षण्वतामधिपतिः ताभ्यां याति करोति च ॥ ५४ ॥
यस नगरका निवासिहरूमा निर्वाक र पेशस्कृत यी दुई नागरीक अन्धा थिए । राजा पुरञ्जन आँखा भएका हरूको अधिपति भएर पनि यिनीहरूकै सहायताबाट सब ठाउँमा सबैप्रकारको काम गर्दथे ।।५४।।
स यर्ह्यन्तःपुरगतो विषूचीनसमन्वितः ।
मोहं प्रसादं हर्षं वा याति जायात्मजोद्भवम् ॥ ५५ ॥
जब कहिलेकहि आफ्ना प्रधान सेवक विसूचीका साथ अन्तःपुरमा जान्थे तव उनलार्र्ई स्त्री र पुत्रको कारण हुने मोह, प्रसन्नता एवं हर्ष आदि विकारको अनुभव हुन्थ्यो ।।५५।।
एवं कर्मसु संसक्तः कामात्मा वञ्चितोऽबुधः ।
महिषी यद् यद् ईहेत तत्तद् एवान्ववर्तत ॥ ५६ ॥
उनकोे चित्त अनेकौ कर्ममा फसेको थियो र काममा आशक्त हुनाका कारण उनी मुढ रमणीयहरू द्वारा फसेको थिए । उसकी रानी जे काम गर्दथिन् उनी त्यहि काम गर्दथे ।।५६।।
क्वचित्पिबन्त्यां पिबति मदिरां मदविह्वलः ।
अश्नन्त्यां क्वचिदश्नाति जक्षत्यां सह जक्षिति ॥ ५७ ॥
क्वचिद्गायति गायन्त्यां रुदत्यां रुदति क्वचित् ।
क्वचिद् हसन्त्यां हसति जल्पन्त्यामनु जल्पति ॥ ५८ ॥
उनी मदिरा पनि पिउदथे र मदले उन्मत्त मदिरा पिउंदथे, जव उनी जव उनी भोजन गर्दथिन उनीपनि भोजन गर्दथे । यसरी कहिले उनले गाउँदा गाउँने, हास्दा हास्ने र बोल्दा बोल्न लागे ।।५८।।
क्वचिद् धावति धावन्त्यां तिष्ठन्त्यामनु तिष्ठति ।
अनु शेते शयानायां अन्वास्ते क्वचिदासतीम् ॥ ५९ ॥
जब उनी दौडन्थिन् उनी पनि दौडन्थे, उभिदा उभिने, सुत्दा सुत्ने, बसेका बेलामा आफुपनि बस्दथे ।।५९।।
क्वचित् श्रृणोति श्रृण्वन्त्यां पश्यन्त्यामनु पश्यति ।
क्वचित् जिघ्रति जिघ्रन्त्यां स्पृशन्त्यां स्पृशति क्वचित् । ॥ ६० ॥
सुन्न लाग्दा अफुपनि सुस्ने, हेर्दा हेर्ने, सुघ्दा सुघ्ने, कुनै वस्तु छुंदा आफुपनि छुने गर्नलागे ।।६०।।
क्वचिच्च शोचतीं जायां अनु शोचति दीनवत् ।
अनु हृष्यति हृष्यन्त्यां मुदितामनु मोदते । ॥ ६१ ॥
एसकी प्रिया शोकमा रहदा आफुपनि शोक गर्ने, खुसि हुँदा आफुपनि खुसि हुने गर्थे ।।६१।।
विप्रलब्धो महिष्यैवं सर्वप्रकृतिवञ्चितः ।
नेच्छन् अनुकरोत्यज्ञः क्लैब्यात् क्रीडामृगो यथा । ॥ ६२ ॥
यसरी राजा पुरञ्जन आफ्नी रानीको वशमा परेर ठगिए । उनी उनी मुर्ख विवश भएर पनि खेलका लागि घरमा राखिएको बाँदर झैं अनुकरण गर्नलागे ।।६२।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे पुरंजनोपाख्याने पञ्चविंशोऽध्यायः ॥ २५ ॥