श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः– सप्दशोऽध्यायः
मैत्रेय उवाच –
(अनुष्टुप)
एवं स भगवान् वैन्यः ख्यापितो गुणकर्मभिः ।
छन्दयामास तान् कामैः प्रतिपूज्याभिनन्द्य च ॥ १ ॥
यसप्रकार सूतहरूले महाराज पृथुको गुण र कर्मको बारेमा बखान गरेपछि राजाले उनीहरूलार्ई मागेको कुरा दिएर सन्तुष्ट पारे ।।१।।
ब्राह्मणप्रमुखान् वर्णान् भृत्यामात्यपुरोधसः ।
पौरान् जानपदान् श्रेणीः प्रकृतीः समपूजयत् ॥ २ ॥
उनले ब्राम्हणादि चार वर्ण, सेवक, मन्त्रीहरू, पुरोहित, पुरवासी, देशवासी, र उद्योगी ब्यवसायीहरू सबैको सत्कार गरे ।।२।।
विदुर उवाच –
कस्माद्दधार गोरूपं धरित्री बहुरूपिणी ।
यां दुदोह पृथुस्तत्र को वत्सो दोहनं च किम् ॥ ३ ॥
विदुरजीले सोधे–
ब्रम्हन ! पृथ्वीले त अनेक रूप धारण गर्न सक्छिन तर उनले गाइको रूप किन धारण गरीन ? जव महाराज पृथुले पृथ्वीलार्ई दोहन गरे त्यतिबेला बाच्छो को बन्यो ? ।।३।।
प्रकृत्या विषमा देवी कृता तेन समा कथम् ।
तस्य मेध्यं हयं देवः कस्य हेतोरपाहरत् ॥ ४ ॥
पृथ्वी स्वभावैले अग्लो होचो छिन् तर उनले समतल कसरी गरे । फेरी इन्द्रले उनकोे घोडा किन हरण गरे ।।४।।
सनत्कुमाराद्भगवतो ब्रह्मन् ब्रह्मविदुत्तमात् ।
लब्ध्वा ज्ञानं सविज्ञानं राजर्षिः कां गतिं गतः ॥ ५ ॥
ब्रम्हज्ञानीहरू मध्देका श्रेष्ठ सनतकुमार बाट ज्ञान प्राप्त गरेर राजालार्ई कुन गति प्राप्त भयो ।।५।।
यच्चान्यदपि कृष्णस्य भवान् भगवतः प्रभोः ।
श्रवः सुश्रवसः पुण्यं पूर्वदेहकथाश्रयम् ॥ ६ ॥
भक्ताय मेऽनुरक्ताय तव चाधोक्षजस्य च ।
वक्तुमर्हसि योऽदुह्यद् वैन्यरूपेण गामिमाम् ॥ ७ ॥
पृथुरूप भगवान् सर्वेश्वर श्रीकृष्णले नै अवतार लिनुभएको हो त्यसैले पुण्यकीर्ति श्रीहरिको पृथुवतार सम्बधि पबित्र चरित्रको बारेमा मलार्ई बताउनुहोस् मेरो तपाई र भगवान् श्रीकृष्णमा भक्ति छ ।।६।७।।
सूत उवाच –
चोदितो विदुरेणैवं वासुदेवकथां प्रति ।
प्रशस्य तं प्रीतमना मैत्रेयः प्रत्यभाषत ॥ ८ ॥
सूतजी भन्दछन्–
जब विदुरजीले भगवान् वासुदेवको कथा सुन्न यसप्रकार अनुरोध गरे अनि मैत्रेयजीले प्रसन्न चित्तले उनकोे प्रशंसा गर्दै भन्न लागे ।।८।।
मैत्रेय उवाच –
(इन्द्रवज्रा)
यदाभिषिक्तः पृथुरङ्ग विप्रैः
आमंत्रितो जनतायाश्च पालः ।
प्रजा निरन्ने क्षितिपृष्ठ एत्य
क्षुत्क्षामदेहाः पतिमभ्यवोचन् ॥ ९ ॥
मैत्रेयजीले भने–
विदुरजी ! ब्राम्हणहरूले महाराज पृथुलाई राज्याभिषेक गरेर उनलार्र्ई प्रजाको रक्षाको रूपमा घोषणा गरे । त्यतिबेला पृथ्वी अन्नहीन थिइनी । भोकले दुर्वल भएका प्रजाहरु आएर आफ्ना स्वामी भन्नलागे ।।९।।
वयं राजञ्जाठरेणाभितप्ता
यथाग्निना कोटरस्थेन वृक्षाः ।
त्वामद्य याताः शरणं शरण्यं
यः साधितो वृत्तिकरः पतिर्नः ॥ १० ॥
राजन ! जसरी टेड्कामा लागेको आगोले रुखलाई जलाउँदछ त्यसैप्रकार हाम्रो पेटपनि भोकले जलिरहेको छ । तपाई शरणागतलार्ई रक्षा गर्नुहुन्छ । हाम्रो अन्नदाता तपाई बन्नुभएको छ । त्यसैले हामी तपाईको शरणमा आएकाछौं ।।१०।।
तन्नो भवानीहतु रातवेऽन्नं
क्षुधार्दितानां नरदेवदेव ।
यावन्न नङ्क्ष्यामह उज्झितोर्जा
वार्तापतिस्त्वं किल लोकपालः ॥ ११ ॥
तपाई सबैलोकको रक्षा गर्नुहुन्छ । तपाई हाम्रो जीविकाको स्वामी पनि हुनुहुन्छ त्यसैले राजेश्वर ! हामी भोकपीडितले सताइरहेकालार्ई अन्नको ब्यवस्था मिलाईदिनुहोस । नत्र भने अन्न पाउँनु भन्दा पहिले नै हाम्रो अन्त हुनेछ ।।११।।
मैत्रेय उवाच –
(अनुष्टुप)
पृथुः प्रजानां करुणं निशम्य परिदेवितम् ।
दीर्घं दध्यौ कुरुश्रेष्ठ निमित्तं सोऽन्वपद्यत ॥ १२ ॥
श्री मैत्रेयजीले भने–
हे कुरुवर ! प्रजाको यस्तो करुणा पूकार सुनेर महाराज पृथुले धेरै विचार गर्नलागे । उनलार्र्ई अन्नको अभाव भएको कुरा थाहा भयो ।।१२।।
इति व्यवसितो बुद्ध्या प्रगृहीतशरासनः ।
सन्दधे विशिखं भूमेः क्रुद्धस्त्रिपुरहा यथा ॥ १३ ॥
पृथ्वीले अन्न औषधीहरू आफैं भित्र राखेकी थिइन् । त्यसैले उनले यस्तो कुरा निश्चय गरेर उनले आफ्नो धनष उठाएर त्रिपुरविनाशक भगवान् शंकर झैं रिसाउँदै पृथ्वीलार्ई लक्ष बनाएर वाण चलाए ।।१३।।
प्रवेपमाना धरणी निशाम्योदायुधं च तम् ।
गौः सत्यपाद्रवद्भीता मृगीव मृगयुद्रुता ॥ १४ ॥
उनले सस्त्र उठाएको देखेर पृथ्वी काम्न लागिन् अनि बाघले लखेट्दा हरिण भागेझैं गरी पृथ्वी गाईको रूप गरेर भाग्न लागिन् ।।१४।।
तामन्वधावत्तद्वैन्यः कुपितोऽत्यरुणेक्षणः ।
शरं धनुषि सन्धाय यत्र यत्र पलायते ॥ १५ ॥
यस्तो देखेर महाराज पृथुको आँखा रिसले राताराता भयो । उनले पनि पृथ्वी जता जान्छिन् त्यतैतिर वाण चलाउँदै लखेट्न लागे ।।१५।।
सा दिशो विदिशो देवी रोदसी चान्तरं तयोः ।
धावन्ती तत्र तत्रैनं ददर्शानूद्यतायुधम् ॥ १६ ॥
दिशा, विदिशा, स्वर्ग र अन्तरिक्षमा जहाँ जहाँ भाग्दथिन् महाराज पृथु उतैतिर आफ्नो धनु लिएर पछि लाग्दथे ।।१६।।
लोके नाविन्दत त्राणं वैन्यान्मृत्योरिव प्रजाः ।
त्रस्ता तदा निववृते हृदयेन विदूयता ॥ १७ ॥
जसप्रकार मानिसको मृत्युलार्ई कसैले बचाउँन सक्तैन त्यसैगरी तीनैलोकमा वेन पुत्र पृथुबाट बच्नसक्ने कोहिपनि थिएन त्यसैले डराउँदै र दुःखी हुँदै पृथ्वी पछाडि फर्किन ।।१७।।
उवाच च महाभागं धर्मज्ञापन्नवत्सल ।
त्राहि मामपि भूतानां पालनेऽवस्थितो भवान् ॥ १८ ॥
अनि भहाभाग पृथुसंग भन्नलागिन–
हे धर्मतत्वलार्ई जान्नेभएका सराणागतवत्सल राजन ! तपाई सबै प्राणीहरूको रक्षा गनमा लागि पर्नुहुन्छ । त्यसैले मेरोपनि रक्षा गर्नुहोस ।।१८।।
स त्वं जिघांससे कस्माद् दीनामकृतकिल्बिषाम् ।
अहनिष्यत्कथं योषां धर्मज्ञ इति यो मतः ॥ १९ ॥
म अत्यन्त दीन र निरापराधिनी हुं त्यसैले तपाई मलार्ई किन मार्न चहानुहुन्छ र तपाई धर्मज्ञ मानिनुहुन्छ त्यसैले म जस्ती स्त्रीलार्ई तपाई कसरी मार्नुहुन्छ ।।१९।।
प्रहरन्ति न वै स्त्रीषु कृतागःस्वपि जन्तवः ।
किमुत त्वद्विधा राजन् करुणा दीनवत्सलाः ॥ २० ॥
स्त्रीले कुनै अपराध गर्दा पनि साधारण जीव उनलार्र्ई हात उठाउँदैनन् भने तपाई जस्तो करुणामय र दीनवत्सलले त यस्तो कसरी गर्न सक्नुहुन्छ ।।२०।।
मां विपाट्याजरां नावं यत्र विश्वं प्रतिष्ठितम् ।
आत्मानं च प्रजाश्चेमाः कथं अम्भसि धास्यसि ॥ २१ ॥
म त एक सुदृढ नौका समान हुं । सबै जगत मेरो आधारमा रहेकाछन् मलार्ई तोडेर तपाई आफु र आफ्ना प्रजालार्ई जलमाथि कसरी राख्न सक्नुहुन्छ ।।२१।।
पृथुरुवाच –
वसुधे त्वां वधिष्यामि मच्छासनपराङ्मुखीम् ।
भागं बर्हिषि या वृङ्क्ते न तनोति च नो वसु ॥ २२ ॥
महाराज पृथुले भने–
पृथ्वी ! तिमी मेरो आज्ञालार्ई उलंघन गर्दछ्यौ तिमी यज्ञमा देवताको रूपमा भाग त लिन्छ्यौ तर त्यसकोे बदलामा हामीलार्ई अन्न दिन्नौं त्यसैले म तिमीलार्ई मार्दछु ।।२२।।
यवसं जग्ध्यनुदिनं नैव दोग्ध्यौधसं पयः ।
तस्यामेवं हि दुष्टायां दण्डो नात्र न शस्यते ॥ २३ ॥
तिमी धेरै हरियो घाँस खान्छ्यौ तर आफ्ना थुनबाट दूध दिन्नौ । यस्तो दुष्ट भएकीले तिमीलार्ई दण्ड दिनु अनुचित हुदैन ।।२३।।
त्वं खल्वोषधिबीजानि प्राक्सृष्टानि स्वयम्भुवा ।
न मुञ्चस्यात्मरुद्धानि मामवज्ञाय मन्दधीः ॥ २४ ॥
तिम्रो बुध्दि खोटो छ । तिमीले पूर्वकालमा ब्रह्माजीले उत्पन्न गर्नुभएको अन्नलार्ई आफुमा लीन गर्यौ अब मेरो पनि मतलव नराखेर आफ्नो पेटबाट अन्न निकाल्दिनौ ।।२४।।
अमूषां क्षुत्परीतानां आर्तानां परिदेवितम् ।
शमयिष्यामि मद्बाणैः भिन्नायास्तव मेदसा ॥ २५ ॥
अब म आफ्नो वाणले तिमीलार्ई छिन्नभिन्न गरेर यी भोकप्यासले पीडित भएका प्रजाहरूको विलापलार्ई शान्त गराउदछु ।।२५।।
पुमान्योषिदुत क्लीब आत्मसम्भावनोऽधमः ।
भूतेषु निरनुक्रोशो नृपाणां तद्वधोऽवधः ॥ २६ ॥
दुष्ट प्रवृत्तिका ब्यक्ति आफुलार्ई पोषण गर्नेसंग तथा अरु प्राणीहरूसंग निर्दय हुन्छ भने त्यो पुरुष, स्त्री अथवा नपुषक वा जोकोहि भएपनि उसलार्र्ई मार्नु, राजाका लागि नमार्नु सरह हुन्छ ।।२६।।
त्वां स्तब्धां दुर्मदां नीत्वा मायागां तिलशः शरैः ।
आत्मयोगबलेनेमा धारयिष्याम्यहं प्रजाः ॥ २७ ॥
तिमी धेरै गर्विली र मदोन्मत्त भएकी छ्यौ । मायाले गाईरूप तिमी घमण्डीलाई वाणले टुक्रा पारिदिन्छ । म आफ्नो योगवलले प्रजालार्ई जलमा बसाउँदछु ।।२७।।
एवं मन्युमयीं मूर्तिं कृतान्तमिव बिभ्रतम् ।
प्रणता प्राञ्जलिः प्राह मही सञ्जातवेपथुः ॥ २८ ॥
धरोवाच –
यस प्रकार महाराज पृथु कालको झैं क्रोधमय मुर्ति धारण गरेका थिए । उनकोे यस्तो कुरा सुनेर पृथ्वी काम्न लागिन र हात जोडेर नम्रभावले भन्नलागिन ।।२८।।
(इन्द्रवज्रा)
नमः परस्मै पुरुषाय मायया
विन्यस्तनानातनवे गुणात्मने ।
नमः स्वरूपानुभवेन निर्धुत
द्रव्यक्रियाकारकविभ्रमोर्मये ॥ २९ ॥
पृथ्वीले भनिन्–
तपाई साक्षात परमपुरुष हुनुहुन्छ । आफ्नो मायाले अनेकप्रकारको शरीर धारण गरेर सगुण रुपमा देखा पर्नुहुन्छ । वास्तवमा आत्मानुभावद्वारा तपाई अधिभूत, अध्यात्म र अधिदेव सम्बन्धि अभिमान र त्यसबाट उत्पन्न हुने द्वेषबाट रहित हुनुहुन्छ, म तपाईलार्ई बारंबार नमस्कार गर्दछु ।।२९।।
येनाहमात्मायतनं विनिर्मिता
धात्रा यतोऽयं गुणसर्गसङ्ग्रहः ।
स एव मां हन्तुमुदायुधः स्वराड्
उपस्थितोऽन्यं शरणं कमाश्रये ॥ ३० ॥
तपाई सबलोकका विधाता हुनुहुन्छ । तपाईले नै यो त्रिगुणात्मक सृष्टिको रचना गर्नुभएको हो र मलार्ई सबै जीवका आश्रय पनि बनाउनु भयो । तपाई सधै स्वतन्त्र हुनुहुन्छ । प्रभो ! तपाई सस्त्र अस्त्र लिएर मलार्ई मार्न तयार हुनुहुन्छ भने म कसकोे शरणमा जाउँ ।।३०।।
य एतदादावसृजच्चराचरं
स्वमाययात्माश्रययावितर्क्यया ।
तयैव सोऽयं किल गोप्तुमुद्यतः
कथं नु मां धर्मपरो जिघांसति ॥ ३१ ॥
कल्पको आरम्भमा तपाईले आफुमा आश्रित भएको अवर्चनीय मायाले नै यस चराचर जगतको रचना गर्नुभयो र त्यहि मायाद्वारा यसलार्ई पालना गर्नुहुन्छ । तपाई धर्मपरायण हुनुहुन्छ । फेरी म गोरूप धारिणीलार्ई केका लागि मार्नुहुन्छ ।।३१।।
नूनं बतेशस्य समीहितं जनैः
तन्मायया दुर्जययाकृतात्मभिः ।
न लक्ष्यते यस्त्वकरोदकारयद्
योऽनेक एकः परतश्च ईश्वरः ॥ ३२ ॥
तपाई एक भएर पनि मायाले अनेक देखिनुहुन्छ । तपाईले स्वयं ब्रम्हाजीलार्ई उत्पन्न गरेर उनैद्वारा विश्वको रचना गर्नुभयो । तपाई साक्षात परमेश्वर हुनुहुन्छ तपाईको लीलाको बारेमा अजितेन्द्रियहरू कसरी जान्न सक्दछन् ? ।।३२।।
सर्गादि योऽस्यानुरुणद्धि शक्तिभिः
द्रव्यक्रियाकारक चेतनात्मभिः ।
तस्मै समुन्नद्धनिरुद्धशक्तये
नमः परस्मै पुरुषाय वेधसे ॥ ३३ ॥
तपाई नै पञ्चभूत इन्द्रिय र उसकोे अधिष्ठातृ देवता, बुध्दि र अहंकार रूप आफ्नो शक्तिद्वारा क्रमशः जगतको उत्पत्ति, स्थिति र संहार गर्नुहुन्छ । तपाई उत्पत्ति, एवं संहार आदि विरुद्ध शक्तिले युक्त हुनुहुन्छ । तपाई साक्षत परमपुरुष र जगतको विधाता हुनुहुन्छ , म तपाईलार्ई नमस्कार गर्दछु ।।३३।।
स वै भवानात्मविनिर्मितं जगद्
भूतेन्द्रियान्तःकरणात्मकं विभो ।
संस्थापयिष्यन्नज मां रसातलाद्
अभ्युज्जहाराम्भस आदिसूकरः ॥ ३४ ॥
आजन्मा प्रभो तपाईले नै आफुले रचेको भूत, इन्द्रिय र अन्तःकरणरूप जगतको स्थितिका लागि आदि वराहरूप भएर मलार्ई रसातालको जलबाट बाहिर ल्याउनुभएको थियो ।।३४।।
अपामुपस्थे मयि नाव्यवस्थिताः
प्रजा भवानद्य रिरक्षिषुः किल ।
स वीरमूर्तिः समभूद् धराधरो
यो मां पयस्युग्रशरो जिघांससि ॥ ३५ ॥
यसरी एकपटक उध्दार गरेर तपाईले धराधर नाम पाउनुभएको थियो । आज उही तपाई वीरमुर्ति धारण गरेर जल माथि रहेको डुंगा समान मेरो आश्रयमा रहेका प्रजाको रक्षाको लागि दूध नदिएको आधारमा तीखा वाण चलाएर मलार्ई मार्न खोजिरहनु भएको छ । ।।३५।।
नूनं जनैरीहितमीश्वराणां
अस्मद्विधैस्तद्गुणसर्गमायया ।
न ज्ञायते मोहितचित्तवर्त्मभिः
तेभ्यो नमो वीरयशस्करेभ्यः ॥ ३६ ॥
यो त्रिगुणात्मक सृष्टिको रचना गर्ने तपाईको मायाले म जस्ता साधारणको जीवहरूको चित्त मोह ग्रसित भईरहेको छ । हामी जस्ताले तपाईको भक्तिको र लीलाहरूको आशय सम्झन पनि सक्तैनौं त्यसैले इन्द्रिय संयमादिद्वारा वीरोचित यशको विस्तार गर्ने तपाईका भक्तलार्ई पनि नमस्कार छ ।।३६।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे पृथुविजये धरित्रीनिग्रहो नाम सप्तदशोऽध्यायः ॥ १७ ॥