श्रीमद्भागवत महापुराण
दशमः स्कंधः –चतुर्थोऽध्यायः
शुक उवाच –
(अनुष्टुप्)
बहिरन्तःपुरद्वारः सर्वाः पूर्ववदावृताः ।
ततो बालध्वनिं श्रुत्वा गृहपालाः समुत्थिताः ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! वसुदेवजी फर्केपछि सहरका सबै बाहिरी र भित्री ढोकाहरू पहिले जस्तै स्वतः बन्द भए । यसपछि नवजात शिशुको रोएको आवाज सुनेर द्वारपालहरू ब्युँझिए ।।१।।
ते तु तूर्णमुपव्रज्य देवक्या गर्भजन्म तत् ।
आचख्युर्भोजराजाय यदुद्विग्नः प्रतीक्षते ॥२॥
उनी तुरुन्तै भोजराज कंसकहाँ गए र देवकीको सन्तान जन्मिएको कुरा बताए । कंसले ठुलो चिन्ता र व्याकुलताका साथ यही कुराको प्रतिक्षा गरिरहेका थियो ।।२।।
स तल्पात् तूर्णमुत्थाय कालोऽयमिति विह्वलः ।
सूतीगृहमगात् तूर्णं प्रस्खलन् मुक्तमूर्धजः ॥३॥
द्वारपालको कुरा सुन्ने बित्तिकै कंस ओछ्यानबाट उठेर हतार–हतार प्रसूति गृहतिर लाग्यो । यसपाली मेरो काल जन्मिएको भन्ने सोचर उ विचलित भयो र त्यही कारणले उसको कपाल फुस्केर छरिएको थियो ।।३।।
तमाह भ्रातरं देवी कृपणा करुणं सती ।
स्नुषेयं तव कल्याण स्त्रियं मा हन्तुमर्हसि ॥४॥
कारागारमा पुगेपछि देवकीले आफ्ना दाजु कंसलाई अत्यन्त दुःखी हुदै करुणा पूर्वक भन्नुभयो– ’हे मेरो शुभचिन्तक दाजु ! यी बालिका तपाईकी बुहारी जस्तै छिन त्यसैले तपाईले यिनलाई मार्न हुदैन ।।४।।
बहवो हिंसिता भ्रातः शिशवः पावकोपमाः ।
त्वया दैवनिसृष्टेन पुत्रिकैका प्रदीयताम् ॥५॥
हे दाजु ! परमेश्वरको इच्छाले तपाईंले मेरा तेजस्वी धेरै बच्चाहरूलाई मार्नुभयो । अब बाँकी यी बालिका मलाई नै छाडिदिनुहोस् ।।५।।
नन्वहं ते ह्यवरजा दीना हतसुता प्रभो ।
दातुमर्हसि मन्दाया अङ्गेमां चरमां प्रजाम् ॥६॥
हे दाजु ! तपाईकी बहिनी हुँ । मेरा धेरै छोराहरु मारिएकाले म धेरै दुःखी छु त्यसैले यो अन्तिम सन्तान मलाई दिनुहोस् ।।६।।
शुक उवाच –
उपगुह्यात्मजामेवं रुदत्या दीनदीनवत् ।
याचितस्तां विनिर्भर्त्स्य हस्तादाचिच्छिदे खलः ॥७॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! देवकीजीले छोरीलाई आफ्नो काखमा लुकाएर धेरै दुःखी भएर रुदै विन्ती गरिन् । तर त्यस दुष्ट कंसले उल्टै देवकीलाई हप्काएर उनको हातबाट ती बालिकालाई खोस्यो ।।७।।
तां गृहीत्वा चरणयोर्जातमात्रां स्वसुः सुताम् ।
अपोथयच्छिलापृष्ठे स्वार्थोन्मूलितसौहृदः ॥८॥
आफ्नो स्वार्थका कारण त्यतिबेला कंसको सदभाव हराईसकेको थियो उसले नवजात बालिकाको खुट्टा समातेर उनलाई ठूलो बल लगाएर ढुंगामा पछार्यो ।।८।।
सा तद्हस्तात् समुत्पत्य सद्यो देव्यंबरं गता ।
अदृश्यतानुजा विष्णोः सायुधाष्टमहाभुजा ॥९॥
तर श्रीकृष्णकी बहिनी साधारण बालिका थिएनन् उनी साक्षात देवी थिइन् । उनी कंसको हातबाट फुत्केर तुरुन्तै आकाशमा पुगिन र आठवटा विशाल हातमा अस्त्र–शस्त्रहरु लिएर प्रकट भइन् ।।९।।
दिव्यस्रगम्बरालेपरत्नााभरणभूषिता ।
धनुःशूलेषुचर्मासिशङ्खचक्रगदाधरा ॥१०॥
सिद्धचारणगन्धर्वैरप्सरःकिन्नरोरगैः ।
उपाहृतोरुबलिभिः स्तूयमानेदमब्रवीत् ॥११॥
धनुष, त्रिशूल, बाण, ढाल, तरवार, शंख, चक्र र गदा लिएकी थिइन् सिद्ध, चारण, गन्धर्व, अप्सरा, किन्नर र नाग गणले धेरै उपहार चढाएर स्तुति गरिरहेका थिए । त्यस समयमा देवीले कंसलाई यसो भनिन् ।।१०–११।।
किं मया हतया मन्द जातः खलु तवान्तकृत् ।
यत्र क्वं वा पूर्वशत्रुर्मा हिंसीः कृपणान्वृथा ॥१२॥
ए मुर्ख कंस ! तैल मलाई मारेर के पाउछस् ? तँलाई मार्न तेरो पूर्वजन्मको शत्रु कुनै ठाउँमा जन्मिसकेको छ । अब निर्दोष बालबालिकालाई अनावश्यक रूपमा नमार ।।१२।।
इति प्रभाष्य तं देवी माया भगवती भुवि ।
बहुनामनिकेतेषु बहुनामा बभूव ह ॥१३॥
कंसलाई यसो भन्दै भगवती योगमाया त्यहाँबाट अन्तर्धान हुनुभयो र पृथ्वीका तीर्थस्थलहरुमा प्रकट भइ धेरै नामले प्रसिद्ध हुनुभयो ।।१३।।
तया अभिहितमाकर्ण्य कंसः परमविस्मितः ।
देवकीं वसुदेवं च विमुच्य प्रश्रितोऽब्रवीत् ॥१४॥
देवीका यी वचन सुनेर कंस धेरै छक्क पर्यो । त्यतिकैमा उसले देवकी र वसुदेवलाई कारागारबाट छुटाएर निकै विनम्रतापूर्वक भन्यो– ।।१४।।
अहो भगिन्यहो भाम मया वां बत पाप्मना ।
पुरुषाद इवापत्यं बहवो हिंसिताः सुताः ॥१५॥
मेरी प्यारी बहिनी र ज्वाइँ ! म ठूलो पापी हुँ । जसरी दानवले आफ्नै सन्तानलाई मार्छ, त्यसरी नै मैले तिमीहरुका धेरै छोराहरूलाई मारें ।।१५।।
स त्वहं त्यक्तकारुण्यस्त्यक्तज्ञातिसुहृत् खलः ।
काँल्लोकान् वै गमिष्यामि ब्रह्महेव मृतः श्वसन् ॥१६॥
म यति दुष्ट छु कि ममा करुणाको अंश पनि भएन । मैले मेरा दाजुभाइ, साथीभाइ र इष्टमित्र समेत त्यागें । म ज्युदो मुर्दा समानको भैसकेको छु । यस्तो ब्रह्महत्या सरह पाप गर्ने अब म मरेपछि कुन नरकमा जानुपर्ने हो ? ।।१६।।
दैवमपि अनृतं वक्ति न मर्त्या एव केवलम् ।
यद्विश्रंभादहं पापः स्वसुर्निहतवाञ्छिशून् ॥१७॥
मानिसले मात्र होइन, दैवले पनि झूट बोल्दा रहेछन् जसको विश्वास गरेर मैले बहिनीका छोराछोरीलाई मारें । अहो ! म कस्तो पापी हुँ ।।१७।।
मा शोचतं महाभागावात्मजान् स्वकृतंभुजः ।
जन्तवो न सदैकत्र दैवाधीनास्तदाऽऽसते ॥१८॥
हे देवकी र वसुदेव ! तिमीहरु दुवैजना आफ्ना छोराहरूको लागि शोक नगर । सबैजना आफ्नो कर्मको भोग भोग्ने हुन् उनीहरुले पनि त्यही फल भोगे । सधैंभरी कोहि पनि बाँचिरदैन र बाँचे पनि एकै ठाउँमा नरहन सक्छन् ।।१८।।
भुवि भौमानि भूतानि यथा यान्त्यपयान्ति च ।
नायमात्मा तथैतेषु विपर्येति यथैव भूः ॥१९॥
जसरी पृथ्वीमा बिभिन्न वस्तुहरु चीजहरू बन्छन् र बिग्रिन्छन पनि, भौतिक शरीरहरु उत्पन्न हुन्छन् र नष्ट हुन्छन् तर पृथ्वीमा कुनै परिवर्तन हुँदैन, त्यसरी नै शरीर जन्मन्छ र मर्छ त्यसरी नै मर्ने जन्मने शरीरबाट आत्मामा कुनै असर पर्दैन ।।१९।।
यथानेवंविदो भेदो यत आत्मविपर्ययः ।
देहयोगवियोगौ च संसृतिर्न निवर्तते ॥२०॥
जसले यस्तो तत्वलाई जान्दैनन्, तिनीहरूले यो शरीरलाई नै आत्मा ठान्दछन् । यो नै अज्ञानता हो । जबसम्म यो अज्ञानता हट्दैन तबसम्म सुख–दुःख र जन्म–मृत्युको संसारबाट मुक्ति हुँदैन ।।२०।।
तस्माद्भयद्रे स्वतनयान् मया व्यापादितानपि ।
मानुशोच यतः सर्वः स्वकृतं विन्दतेऽवशः ॥२१॥
हे मेरी प्यारी बहिनी ! मैले तिम्रा छोराहरूलाई मारे तापनि छोराका लागि शोक नगर । किनकि सबै प्राणीहरू आफ्नो कर्मको फल भोग्न बाध्य छन् ।।२१।।
यावद्धतोऽस्मि हन्तास्मीत्यात्मानं मन्यतेऽस्वदृक् ।
तावत्तदभिमान्यज्ञो बाध्यबाधकतामियात् ॥२२॥
आफ्नो स्वरुपलाई नजानेको अज्ञानी जीवले जबसम्म ‘मार्ने वा मार्ने म नै हुँ’ भनी विश्वास गर्दछ, तबसम्म त्यो ब्यक्ति स्वयं अज्ञानी ब्यक्ति आफुपनि बन्धनमा हुन्छ र अरूलाई पीडा दिन्छ ।।२२।।
क्षमध्वं मम दौरात्म्यं साधवो दीनवत्सलाः ।
इत्युक्त्वाश्रुमुखः पादौ श्यालः स्वस्रोरथाग्रहीत् ॥२३॥
तपाईहरु साधु हुनुहुन्छ, शरणमा परेकालाई दया गर्ने धेरै दयालु हुनुहुन्छ, त्यसैले मेरो यो दुष्टतालाई माफ गरिदिनु होला । यसो भन्दै कंसले आँखाबाट आँसु झरेर आफ्नी बहिनी देवकी र वसुदेवजीको खुट्टा समात्यो ।।२३।।
मोचयामास निगडाद्विश्रब्धः कन्यकागिरा ।
देवकीं वसुदेवं च दर्शयन्नत्मसौहृदम् ॥२४॥
त्यसपछि योगमायाले भनेको कुरामा विश्वास गरेर बहिनी ज्वाइँ देवकी र वसुदेवलाई कारागारबाट छुटकारा गरिदियो ।।२४।।
भ्रातुः समनुतप्तस्य क्षान्त्वा रोषं च देवकी ।
व्यसृजद् वसुदेवश्च प्रहस्य तमुवाच ह ॥२५॥
दाजु कंसले यसरी पश्चाताप गरेपछि देवकीको मन पलायो उनले सबै रिसलाई त्यागेर उसलाई क्षमा दिनुभयो र वसुदेवजीले हाँस्दै कंसलाई भन्नुभयो– ।।२५।।
एवमेतन्महाभाग यथा वदसि देहिनाम् ।
अज्ञानप्रभवाहंधीः स्वपरेति भिदा यतः ॥२६॥
हे आदरणीय कंस ! तपाईले भनेको कुरा ठिकै हो । अज्ञानताका कारण जीवले शरीर आदिलाई ‘म’ मान्छ । अनि आफु र अरुमा फरक सम्झन्छ ।।२६।।
शोकहर्षभयद्वेषलोभमोहमदान्विताः ।
मिथो घ्नन्तं न पश्यन्ति भावैर्भावं पृथग्दृशः ॥२७॥
यो भेदभाव हुँदा शोक, हर्ष, भय, घृणा, लोभ, आसक्ति र अहंकारले अन्धो बन्छ तर उसलाई सबका कारक सबैलाई समाप्त पार्ने कालस्वरुप परमात्मा हुन् भन्ने देख्दैन ।।२७।।
शुक उवाच –
कंस एवं प्रसन्नाभ्यां विशुद्धं प्रतिभाषितः ।
देवकीवसुदेवाभ्यामनुज्ञातोऽऽविशद् गृहम् ॥२८॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! जब वसुदेव र देवकीले यसरी प्रसन्न भएर कंससँग खुलेर कुरा
गर्नुभयो तब कंश पनि उहाँहरूबाट अनुमति लिएर आफ्नो दरबारमा गयो ।।२८।।
तस्यां रात्र्यां व्यतीतायां कंस आहूय मंत्रिणः ।
तेभ्य आचष्ट तत् सर्वं यदुक्तं योगनिद्रया ॥२९॥
त्यो रात बितेपछि कंसले आफ्ना मन्त्रीहरूलाई बोलाएर योगमायाले भनेका सबै कुरा बतायो ।।२९।।
आकर्ण्य भर्तुर्गदितं तमूचुर्देवशत्रवः ।
देवान् प्रति कृतामर्षा दैतेया नातिकोविदाः ॥३०॥
मन्त्रीहरू नीति ज्ञानमा निपुण थिएनन् ? दानव भएकाले स्वभावैले उनीहरुको देवताप्रति शत्रुता थियो । आफ्ना स्वामी कंसको कुरा सुनेर उसलाई भने –।।३०।।
एवं चेत्तर्हि भोजेन्द्र पुरग्रामव्रजादिषु ।
अनिर्दशान् निर्दशांश्च हनिष्यामोऽद्य वै शिशून् ॥३१॥
हे भोजराज ! यदि त्यसो हो भने हामी सहर, साना गाउँ, अहिर बस्ती र अन्य ठाउँमा दस दिन अगाडि जन्मेका सबै साना ठुला बालकलाई मार्नेछौं ।।३१।।
किमुद्यमैः करिष्यन्ति देवाः समरभीरवः ।
नित्यमुद्विग्नमनसो ज्याघोषैर्धनुषस्तव ॥३२॥
हे वीर ! देवताहरूले युद्ध गरेर के नै गर्लान ? उनीहरु त तपाईको धनुषको आवाज सुनेर सधैं डराउँछन् ।।३२।।
अस्यतस्ते शरव्रातैर्हन्यमानाः समन्ततः ।
जिजीविषव उत्सृज्य पलायनपरा ययुः ॥३३॥
रणभूमिमा जव तपाई बाणले प्रहार गर्नुहुन्छ तब देवताहरु ज्यान जोगाउन युद्धक्षेत्र छोडेर यता उता भाग्दछन् ।।३३।।
केचित् प्राञ्जलयो दीना न्यस्तशस्त्रा दिवौकसः ।
मुक्तकच्छशिखाः केचिद् भीताः स्म इति वादिनः ॥३४॥
कतिपय देवताहरूले आफ्नो हतियार भुइँमा राखेर दुःखी भएर तपाईको अगाडि आउँछन भने कतिपय आफ्नो कपाल र कपडा खोलेर तपाईकहाँ हामी डराएका छौं, हाम्रो रक्षा गर भन्छन् ।।३४।।
न त्वं विस्मृतशस्त्रास्त्रान् विरथान् भयसंवृतान् ।
हंस्यन्यासक्तविमुखान् भग्नचापानयुध्यतः ॥३५॥
तर तपाई हतियार बिर्सेका, रथ भाँचिएका, भयभीत भएका, युद्ध छाडेर भागेका जसको धनु भाँचिएको र युध्द नगर्नेहरुलाई तपाई मार्नुहुन्न ।।३५।।
किं क्षेमशूरैर्विबुधैरसंयुगविकत्थनैः ।
रहोजुषा किं हरिणा शंभुना वा वनौकसा ।
किमिंद्रेणाल्पवीर्येण ब्रह्मणा वा तपस्यता ॥३६॥
लडाई नभएको ठाउँमा धेरै ठुलो हुँ भन्ने गरी कुरा गर्ने, निर्भय स्थानमा रहदा बहादुर सम्झने र एकान्तमा बस्ने हरि र शंकरबाट पनि हामीलाई कुनै डर छैन ।।३६।।
तथापि देवाः सापत्न्या्न्नोपेक्ष्या इति मन्महे ।
ततस्तन्मूलखनने नियुंक्ष्वास्माननुव्रतान् ॥३७॥
तैपनि, देवताहरू हाम्रा सत्रु भएकोले उनीहरुलाई बेवास्ता गर्नु हुँदैन – यो हाम्रो विचार हो । किनकी यिनीहरु आखिर शत्रु हुन् । त्यसैले यिनीहरूका जरा उखेल्न हामीजस्ता विश्वासयोग्य सेवकलाई खटाउनुहोस् ।।३७।।
(वंशस्थ )
यथामयोऽङ्गेस समुपेक्षितो नृभि(
र्न शक्यते रूढपदश्चिकित्सितुम् ।
यथेन्द्रियग्राम उपेक्षितस्तथा
रिपुर्महान् बद्धबलो न चाल्यते ॥३८॥
जब मानिसको शरीरमा लागेको पुरानो रोग लाई समय मै उपचार भएन भने पछि उपचार लाग्दैन जसरी पहिला छाडा छाडिएका इन्द्रियहरूलाई नियन्त्रण गर्न सकिदैन, त्यसैगरी बलबान शत्रुलाई उपेक्षा गरियो भने हराउन गर्न कठिन हुन्छ ।।३८।।
(अनुष्टुप)
मूलं हि विष्णुर्देवानां यत्र धर्मः सनातनः ।
तस्य च ब्रह्म गोविप्रास्तपो यज्ञाः सदक्षिणाः ॥३९॥
देवताहरूको मूल विष्णु हुन् र उनी जहाँ हुन्छन् त्यहाँ सनातन धर्म हुन्छ । सनातन धर्मको मूल जरा भनेको वेद, गाई, ब्राह्मण, तपस्या र दक्षिणा दिइने यज्ञ हुन् ।।३९।।
तस्मात् सर्वात्मना राजन् ब्राह्मणान् ब्रह्मवादिनः ।
तपस्विनो यज्ञशीलान् गाश्च हन्मो हविर्दुघाः ॥४०॥
त्यसैले हे भोजराज ! हामी वेदवादी ब्राह्मण, तपस्वी, यज्ञिक र यज्ञको लागि घ्यू आदि बलि प्रदान गर्ने गाईहरूलाई पूर्ण रूपमा नष्ट गर्नेछौं ।।४०।।
विप्रा गावश्च वेदाश्च तपः सत्यं दमः शमः ।
श्रद्धा दया तितिक्षा च क्रतवश्च हरेस्तनूः ॥४१॥
ब्राह्मण, गाई, वेद, तपस्या, सत्य, इन्द्रिय संयम, मन नियन्त्रण, भक्ति, दया, तितिक्षा र यज्ञ नै विष्णुका शरीर हुन् ।।४१।।
स हि सर्वसुराध्यक्षो ह्यसुरद्विड् गुहाशयः ।
तन्मूला देवताः सर्वाः सेश्वराः सचतुर्मुखाः ।
अयं वै तद्वधोपायो यद्ऋषीणां विहिंसनम् ॥४२॥
गुप्तरुपले लुकेर बस्ने विष्णु सबै देवताहरूका स्वामी र दानवहरूको प्रमुख शत्रु हुन । ब्रह्मा शंकर लगायत सबै देवताहरूको मूल पनि उनै हुन् । ऋषिहरूलाई मार्नु नै हरिलाई मार्ने उपाय हो ।।४२।।
शुक उवाच –
एवं दुर्मंत्रिभिः कंसः सह सम्मन्त्र्य दुर्मतिः ।
ब्रह्महिंसां हितं मेने कालपाशावृतोऽसुरः ॥४३॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! पहिलो, जसको बुद्धि आफै बिग्रियो; त्यसपछि उनले आफूभन्दा पनि दुष्ट मन्त्रीहरूसँग परामर्श गरेर, कालको फन्दामा फसेको राक्षसले ब्राह्मणहरूलाई मात्र मार्नु उचित ठान्यो ।।४३।।
सन्दिश्य साधुलोकस्य कदने कदनप्रियान् ।
कामरूपधरान् दिक्षु दानवान् गृहमाविशत् ॥४४॥
हिंसामा उद्यत दानवहरुलाई खटनपटन गरी सज्जनहरू विरुद्ध दमन गर्न आदेश दिएर कंस आफ्नो दरबारमा गयो ।।४४।।
ते वै रजःप्रकृतयस्तमसा मूढचेतसः ।
सतां विद्वेषमाचेरुरारादागतमृत्यवः ॥४५॥
ती राक्षसहरूको स्वभाव रजोगुणी थियो । तमोगुणका कारण टाउकोमा मृत्यु नाचिरहेका कारण सन्तहरूलाई द्वेष गर्न थाले ।।४५।।
आयुः श्रियं यशो धर्मं लोकानाशिष एव च ।
हन्ति श्रेयांसि सर्वाणि पुंसो महदतिक्रमः ॥४६॥
हे परीक्षित ! जसले महापुरुषहरूको अनादर गर्दछन् उनीहरुको आयु, धन, कीर्ति, धर्म, लोक र परलोक, विषयभोग र कल्याणका सबै साधनहरू सबै नष्ट भएर जान्छ ।।४६।।
इति श्रीमद्भासगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे चतुर्थोऽध्यायः ॥ ४ ॥