श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – विंशोऽध्यायः
मैत्रेय उवाच –
(अनुष्टुप)
भगवानपि वैकुण्ठः साकं मघवता विभुः ।
यज्ञैर्यज्ञपतिस्तुष्टो यज्ञभुक् तमभाषत ॥ १ ॥
मैत्रेयजीले भने –
विदुरजी ! महाराज पृथुको उनान्सयौं यज्ञले भगवान् विष्णु पनि सन्तुष्ट हुनुभायो । वहाँँ इन्द्र सहित त्यहाँ उपस्थित हुनुभयो र भन्नुभयो ।।१।।
श्रीभगवानुवाच –
एष तेऽकार्षीद्भङ्गं हयमेधशतस्य ह ।
क्षमापयत आत्मानं अमुष्य क्षन्तुमर्हसि ॥ २ ॥
भगवान्ले भन्नुभयो–
राजन ! इन्द्रले तिम्रो सयौं यज्ञमा वाधा पुर्याए त्यसैले यी तिमीसंगा क्षमा चाहान्छन्, तिमीले यिनयिनलाइ क्षमा देउ ।।२।।
सुधियः साधवो लोके नरदेव नरोत्तमाः ।
नाभिद्रुह्यन्ति भूतेभ्यो यर्हि नात्मा कलेवरम् ॥ ३ ॥
नरदेव ! जुन श्रेष्ठ मानिस साधु र सद्वुध्दि सम्पन्न हुन्छन् उनीहरू अर्को जीवसंग द्रोह गर्दैनन् किनकि यो शरीर आत्मा होइन ।।३।।
पुरुषा यदि मुह्यन्ति त्वादृशा देवमायया ।
श्रम एव परं जातो दीर्घया वृद्धसेवया ॥ ४ ॥
यादि तिमी जस्तो ब्यक्ति पनि फेरी मायाबाट मोहित भयौ भने त तिम्रो कैयौं देखि ज्ञानीहरू सेबा केवल श्रम र भ्रम मात्र थियो ।।४।।
अतः कायमिमं विद्वान् अविद्याकामकर्मभिः ।
आरब्ध इति नैवास्मिन् प्रतिबुद्धोऽनुषज्जते ॥ ५ ॥
ज्ञानी पुरुष यस शरीरलार्ई अविद्या वासना र कर्मको कारण सम्झन्छन् यसमा आशक्ति हुदैनन ।।५।।
असंसक्तः शरीरेऽस्मिन् अमुनोत्पादिते गृहे ।
अपत्ये द्रविणे वापि कः कुर्यान्ममतां बुधः ॥ ६ ॥
यसप्रकार जो यसरी शरीरमै आशक्त रहदैन त्यो विवेकी पुरुष यसबाट उत्मन्न हुने घर र धन आदिमा कुनै प्रकारको ममता राख्दैन ।।६।।
एकः शुद्धः स्वयंज्योतिः निर्गुणोऽसौ गुणाश्रयः ।
सर्वगोऽनावृतः साक्षी निरात्माऽऽत्माऽऽत्मनः परः ॥ ७ ॥
यो आत्मा एक शुध्द स्वयंप्रकाश निर्गुण, गुणको आश्रयस्थान सर्बब्यापक, आवरणसुन्य सबको साक्षी एवं अन्य आत्माबाट रहित छ । यसैले यो शरीरबाट भिन्न छ ।।७।।
य एवं सन्तमात्मानं आत्मस्थं वेद पूरुषः ।
नाज्यते प्रकृतिस्थोऽपि तद्गुणैः स मयि स्थितः ॥ ८ ॥
जो पुरुष यो देहमा स्थित भएको आत्मालार्ई यो शरीरबाट भिन्न मान्दछ त्यो प्रकृतिबाट सम्बन्ध राख्ने गुणमा लिप्त हुदैन किनकि उसकोे स्थिति म परमात्मा नै रहन्छ ।।८।।
यः स्वधर्मेण मां नित्यं निराशीः श्रद्धयान्वितः ।
भजते शनकैस्तस्य मनो राजन् प्रसीदति ॥ ९ ॥
जो पुरुष कुनैप्रकारको कामना नराखेर आफ्नो वर्णाश्रम धर्मद्वारा नित्य श्रध्दापूर्वक आराधना गर्दछ उसकोे चित्त विस्तारै विस्तारै सुध्द भएर जान्छ ।।९।।
परित्यक्तगुणः सम्यग् दर्शनो विशदाशयः ।
शान्तिं मे समवस्थानं ब्रह्म कैवल्यमश्नुते ॥ १० ॥
चित्त सुध्द भएपछि विषयबाट अलग रहन्छ अनि उसलार्र्ई तत्वज्ञान प्राप्त हुन्छ त्यसपछि उ मेरो समतारूप स्थितिलार्ई प्राप्त गर्दछ । त्यहिनै परमशक्ति परम कैवल्य हो ।।१०।।
उदासीनमिवाध्यक्षं द्रव्यज्ञानक्रियात्मनाम् ।
कूटस्थं इममात्मानं यो वेदाप्नोति शोभनम् ॥ ११ ॥
जसले यसलार्ई जान्दछ कि शरीर, ज्ञान, कृया र मनको साक्षी हुनाले पनि कुटस्थ आत्मा साक्षी स्वरुपले रहन्छ भन्ने जान्दछ उसैले कल्याणमय मोक्षपद प्राप्त गर्दछ ।।११।।
(इन्द्रवज्रा)
भिन्नस्य लिङ्गस्य गुणप्रवाहो
द्रव्यक्रियाकारकचेतनात्मनः ।
दृष्टासु सम्पत्सु विपत्सु सूरयो
न विक्रियन्ते मयि बद्धसौहृदाः ॥ १२ ॥
राजन ! यो देह पञ्चमहाभूत, इद्रिय इन्द्रियाभिमानि देवता र चिदाभास यी सबैको समष्टिरूप परिच्छिन्न लिंग शरीरलार्ई नै हुनेगर्दछ यसमा सर्वसाक्षी आत्माको कुनै सम्बन्ध रहदैन ।।१२।।
समः समानोत्तममध्यमाधमः
सुखे च दुःखे च जितेन्द्रियाशयः ।
मयोपकॢप्ताखिललोकसंयुतो
विधत्स्व वीराखिललोकरक्षणम् ॥ १३ ॥
यसैले वीरवर ! तिमी उत्तम, मध्यम र अधम पुरुषमा समानभाव राखेर सुख दुःखलार्ई पनि एकै सम्झेर मन र इन्द्रियलार्ई जितेर मैले जुटाइदिएको मन्त्री आदि सबै राजकीय पौरषको सहायताले सबैलोकको रक्षा गर ।।१३।।
श्रेयः प्रजापालनमेव राज्ञो
यत्साम्पराये सुकृतात् षष्ठमंशम् ।
हर्तान्यथा हृतपुण्यः प्रजानां
अरक्षिता करहारोऽघमत्ति ॥ १४ ॥
प्रजाहरूको पालना गर्नाले नै राजाको कल्याण हुनेछ । उसलार्ई प्रजापालन गरेवापत परलोकमा पुण्यको छौटौं भाग मिल्दछ । यसको विपरित जुन राजाले प्रजाको रक्षा गर्दैनन भने कर मात्र असुल गर्दछ भने उसको सबै पुण्य प्रजाले हरण गर्दछन र उसले पापको भागि हुनुपर्दछ ।।१४।।
एवं द्विजाग्र्यानुमतानुवृत्त
धर्मप्रधानोऽन्यतमोऽवितास्याः ।
ह्रस्वेन कालेन गृहोपयातान्
द्रष्टासि सिद्धाननुरक्तलोकः ॥ १५ ॥
यस्तो विचार गरेर तिमी श्रेष्ठ ब्राम्हणहरूको सम्मति र पूर्व परम्पराले प्राप्त भएको धर्मलार्ई नै अपनाएर कुनै कुरामा आशक्ति नभइकन न्याय पूर्वक राज्य गर, तिमीलाई सबैले प्रेम गर्दछन र केहि समय पछि तिमीलार्ई सनकादिहरूको दर्शन मिल्नेछ ।।१५।।
वरं च मत् कञ्चन मानवेन्द्र
वृणीष्व तेऽहं गुणशीलयन्त्रितः ।
नाहं मखैर्वै सुलभस्तपोभिः
योगेन वा यत्समचित्तवर्ती ॥ १६ ॥
मैत्रेय उवाच –
(अनुष्टुप)
स इत्थं लोकगुरुणा विष्वक्सेनेन विश्वजित् ।
अनुशासित आदेशं शिरसा जगृहे हरेः ॥ १७ ॥
मैत्रेयजीले भने हे विदुर ! सर्वलोकगुरु भगवान् विष्णुले यसप्रकार भन्नुभएपछि जगद्विजयी महाराज पृथुले वहाँँको आज्ञा शिरोधार्य गरे ।।१७।।
स्पृशन्तं पादयोः प्रेम्णा व्रीडितं स्वेन कर्मणा ।
शतक्रतुं परिष्वज्य विद्वेषं विससर्ज ह ॥ १८ ॥
देवराज इन्द्रले आफ्नो कार्यबाट लज्जित हुदै उनकोे चरणमा पर्न चाहेका थिए । राजाले उनलार्र्ई प्रेमपूर्वक हृदयमा लगाएर मनोमालिन्य हटाइदिए ।।१८।।
भगवानथ विश्वात्मा पृथुनोपहृतार्हणः ।
समुज्जिहानया भक्त्या गृहीतचरणाम्बुजः ॥ १९ ॥
फेरि महाराज पृथुले विश्वात्मा भगवानको पूजा गरे भक्तिभावमा निमग्न भएर भगवानको चरणमा परे ।।१९।।
प्रस्थानाभिमुखोऽप्येनं अनुग्रहविलम्बितः ।
पश्यन् पद्मपलाशाक्षो न प्रतस्थे सुहृत्सताम् ॥ २० ॥
भगवान् त्यहाँबाट जान चाहानुहुन्थ्यो तर पृथुप्रति वहाँँको वात्सल्यभावले गर्दा वहाँ रोकिनुभयो त्यसैले वहाले पृथुलाई रोके वहाँले कमल समानका नेत्रले पृथुलाई हेर्नुभयो ।।२०।।
(इन्द्रवज्रा)
स आदिराजो रचिताञ्जलिर्हरिं
विलोकितुं नाशकदश्रुलोचनः ।
न किञ्चनोवाच स बाष्पविक्लवो
हृदोपगुह्यामुमधादवस्थितः ॥ २१ ॥
आदिराज महाराज पृथु पनि आँखामा आँसु आउनाको कारण न भगवानको दर्शन गर्न सके न केहि बोल्न नै सके । उनले हृदयले आलिंगन गरेर पक्रिरहे अनि हात जोडेर जहाँको त्यहिं उभिरहे ।।२१।।
अथावमृज्याश्रुकला विलोकयन्
अतृप्तदृग्गोचरमाह पूरुषम् ।
पदा स्पृशन्तं क्षितिमंस उन्नते
विन्यस्तहस्ताग्रमुरङ्गविद्विषः ॥ २२ ॥
प्रभु आफ्नो चरणकमलले पृथ्वीमा खडा हुनुभएको थियो । वहाँँले हातको अगाडिको भाग गरुडजीको काँधमा राख्नु भएको थियो । महाराज पृथु आँखाको आँसु पुछेर अतृप्त दृष्टिले वहाँँलार्ई हेरेर भन्नलागे ।।२२।।
पृथुरुवाच–
वरान् विभो त्वद्वरदेश्वराद्बुधः
कथं वृणीते गुणविक्रियात्मनाम् ।
ये नारकाणामपि सन्ति देहिनां
तानीश कैवल्यपते वृणे न च ॥ २३ ॥
पृथुले भने–
मोक्षपति प्रभो ! तपाई बर दिने ब्रम्हाजीलार्ई बर दिन सामथ्र्य हुनुहुन्छ । कोहिपनि बुध्दिमान पुरुषले देहाभिमानीहरूले भोग्ने भोग्यवस्तु कसरी माग्न सक्छ र ? त्यो त नारकीय जीवमा पनि मिल्दछ । त्यसैले म हजुरसंग त्यस्तो तुच्छ विषय माग्दिन ।।२३।।
न कामये नाथ तदप्यहं क्वचित्
न यत्र युष्मत् चरणाम्बुजासवः ।
महत्तमान्तर्हृदयान्मुखच्युतो
विधत्स्व कर्णायुतमेष मे वरः ॥ २४ ॥
मलार्ई त मोक्ष पदको पनि इच्छा छैन त्यसमा महापुरुषको मुखबाट निस्कने तपाईको चरणकमलको मकरन्द छैन । जहाँ तपाईको कीर्ति आदि सुन्न पाँइदैन । त्यसैले मेरो त यस्तो प्रार्थना छ कि तपाईले मलार्ई दसहजार कान दिनुहोस् जसबाट म तपाईको लीला गान आदि सुनिरहन सकुं ।।२४।।
स उत्तमश्लोक महन्मुखच्युतो
भवत्पदाम्भोजसुधा कणानिलः ।
स्मृतिं पुनर्विस्मृततत्त्ववर्त्मनां
कुयोगिनां नो वितरत्यलं वरैः ॥ २५ ॥
पुण्यकीर्ति प्रभु ! तपाईको चरणकमल मकरन्दरूपी अमृतकण सित मिसिएको हावा जुन महापुरुषको मुखबाट वायु निक्लन्छ, यसमा यति शक्ति हुन्छकि त्यो तत्वलार्ई भुल्ने हामी कुयोगीका लागि पूनः तत्वज्ञान गराउँदछ । त्यसैले मलार्ई अर्को बरको कुनै इच्छा छैन ।।२५।।
यशः शिवं सुश्रव आर्यसङ्गमे
यदृच्छया चोपशृणोति ते सकृत् ।
कथं गुणज्ञो विरमेद्विना पशुं
श्रीर्यत्प्रवव्रे गुणसङ्ग्रहेच्छया ॥ २६ ॥
उत्तमकीर्ति भगवान् ! सत्संगमा एकपटक सुनेपछि पशुबुध्दि भएकाहरू पनि सजिलै तृप्ति हुन सक्लान तर गुणग्राहि उसलार्ई कसरी छोड्न सक्छ र ? सबै किसिमको पुरुषार्थ सिध्दिका लागि स्वयं लक्ष्मी पनि तपाईको शुयस सुन्न चाहान्छिन ।।२६।।
अथाभजे त्वाखिलपूरुषोत्तमं
गुणालयं पद्मकरेव लालसः ।
अप्यावयोरेकपतिस्पृधोः कलिः
न स्यात्कृतत्वच्चरणैकतानयोः ॥ २७ ॥
अब लक्ष्मी झैं म पनि सर्वगुणधाम तपाई पुरुषोत्तमको ने सेवा गर्न चाहान्छु तर पतिको सेवा गर्ने होडवाजीका कारण हामी दुईमा कुनै झगडा नहोस ।।२७।।
जगज्जनन्यां जगदीश वैशसं
स्यादेव यत्कर्मणि नः समीहितम् ।
करोषि फल्ग्वप्युरु दीनवत्सलः
स्व एव धिष्ण्येऽभिरतस्य किं तया ॥ २८ ॥
जगदिश्वर ! जगज्जननी लक्ष्मीको म प्रति बिरोध हुने सम्भावना त छैन किनकि जसकोे हजुरको कार्यमा अनुराग छ त्यसैले म पनि त्यसका लागि लालयित छु । तपाई दीनहरूलार्ई दया गर्नुहुन्छm उनीहरूको तुच्छ कार्यलार्ई पनि ठुलो सम्झनुहुन्छ । त्यसैले हाम्रो झगडामा पनि तपाई मेरो पक्ष लिनुहुनेछ । तपाई त आफ्नै स्वरूपमा रमाउनु हुन्छ । तपाईको लक्ष्मीसंग पनि के लिनु छ र ।।२८।।
भजन्त्यथ त्वामत एव साधवो
व्युदस्तमायागुणविभ्रमोदयम् ।
भवत्पदानुस्मरणादृते सतां
निमित्तमन्यद्भगवन्न विद्महे ॥ २९ ॥
त्यसैले निष्काम ज्ञान हुंदापनि महात्माहरू तपाईको भजन गर्दछन् तपाईमा मायाबाट हुने अहंकारादि कार्यबाट अभाव छ । भगवन् ! म ता तपाईको चरणकमलको भजन गर्नु भन्दा अरु सत्पुरुषको कुनै प्रयोजन जान्दिन ।।२९।।
मन्ये गिरं ते जगतां विमोहिनीं वरं
वृणीष्वेति भजन्तमात्थ यत् ।
वाचा नु तन्त्या यदि ते जनोऽसितः
कथं पुनः कर्म करोति मोहितः ॥ ३० ॥
म पनि कुनै इच्छा नराखिकन तपाईको भजन गर्दछु । मलार्ई जुन वर माग भन्नुभयो । यस्तो तपाईको वाणी ता सन्सारलार्ई मोहमा फसाउँने जस्तो छ । यहि तपाईको वेदरूपी वाणीले जगतलार्ई बाँधिराखेको छ । यदि त्यो वेदरूप डोरीले नबाध्ने हो भने मोहवश सकाम कर्म किन गर्दछन र ? ।।३०।।
त्वन्माययाद्धा जन ईश खण्डितो
यदन्यदाशास्त ऋतात्मनोऽबुधः ।
यथा चरेद्बालहितं पिता स्वयं
तथा त्वमेवार्हसि नः समीहितुम् ॥ ३१ ॥
प्रभो ! तपाईको मोहले नै मानिस आफ्नो वास्तविक स्वरूप तपाईबाट विमुख भएर अज्ञानवश अन्य स्त्री पुत्रादिको इच्छा गर्दछन् । फेरी पनि जसरी बाबुले छोराको प्रार्थनालार्ई स्वीकार गर्दछन् त्यसरी नै तपाईले मेरो कल्याणको प्रयत्न गर्नुहुन्छ । त्यसरी नै तपाईले हाम्रो इच्छालार्ई अपेक्षा नगरीकन हाम्रो हितका लागि प्रयत्न गर्नुहोस ।।३१।।
मैत्रेय उवाच –
इत्यादिराजेन नुतः स विश्वदृक्
तमाह राजन् मयि भक्तिरस्तु ते ।
दिष्ट्येदृशी धीर्मयि ते कृता यया
मायां मदीयां तरति स्म दुस्त्यजाम् ॥ ३२ ॥
(अनुष्टुप)
तत्त्वं कुरु मयादिष्टं अप्रमत्तः प्रजापते ।
मदादेशकरो लोकः सर्वत्राप्नोति शोभनम् ॥ ३३ ॥
आदिराज पृथुले यसप्रकार स्तुति गरेपछि सर्वसाक्षी श्रीहरिले उनलार्र्ई भन्नुभयो राजन ! तिम्रो म प्रति भक्ति रहोस सौभाग्यको कुरा यो छ कि तिम्रो चित्त म मा लागेको छ त्यसो हुनाले मानिसले सजिलैसंग यो मायाबाट पार पाउँदछ । जसलार्ई छोड्न र जुन बन्धनबाट मुक्तहुन धेरै गारो छ । अब तिमी साबधानी पूर्वक मेरो आज्ञाको पालना गर्दै जाउ । प्रजापलाक नरेश ! जसले मेरो आज्ञालार्ई पालन गर्दछ उसकोे सबैतिर मङ्गल हुन्छ ।।३२।३३।।
मैत्रेय उवाच –
इति वैन्यस्य राजर्षेः प्रतिनन्द्यार्थवद्वचः ।
पूजितोऽनुगृहीत्वैनं गन्तुं चक्रेऽच्युतो मतिम् ॥ ३४ ॥
देवर्षिपितृगन्धर्व सिद्धचारणपन्नगाः ।
किन्नराप्सरसो मर्त्याः खगा भूतान्यनेकशः ॥ ३५ ॥
यज्ञेश्वरधिया राज्ञा वाग्वित्ताञ्जलिभक्तितः ।
सभाजिता ययुः सर्वे वैकुण्ठानुगतास्ततः ॥ ३६ ॥
मैत्रेयजी भन्दछन्–
विदुरजी यसरी भगवान्ले पृथुलार्ई सारगर्भित वचनले आदर गर्नुभयो । पुथुले वहाँको पूजा गरे अनि भगवान् त्यहाँ बाट हिड्न लाग्नुभयो । त्यहाँ देवता, ऋषि, पितृ, गन्दर्भ, सिध्द, चारण, नाग, किन्नर, अप्सरा, मानिस र पक्षी आदि जो जो भगवानका पार्षदहरू आएको थिए ती सबैले भगवद् बुध्दिद्वारा भक्तिपूर्ण वाणीले हात जोडेर प्रार्थना गरे । त्यसपछि सबैजना आ–आफ्ना आश्रम तिर लागे ।।३५।३६।।
भगवानपि राजर्षेः सोपाध्यायस्य चाच्युतः ।
हरन्निव मनोऽमुष्य स्वधाम प्रत्यपद्यत ॥ ३७ ॥
भगवान् अच्युत पनि राजा पृथु र उनकोे चित्त चोरेर आफ्नो धाम तिर लाग्नु भयो ।।३७।।
अदृष्टाय नमस्कृत्य नृपः सन्दर्शितात्मने ।
अव्यक्ताय च देवानां देवाय स्वपुरं ययौ ॥ ३८ ॥
त्यसपछि आफ्नो स्वरप देखाएर अन्तर्धान भएका अव्यक्त स्वरूप देवादिदेव भगवान लार्ई नमस्कार गरेर राज पृथु आफ्नो राजधानी फर्के ।।३८।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे पृथुचरिते विंशोऽध्यायः ॥ २० ॥