#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

नवमः स्कंधः - चतुर्थोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
नवमः स्कंधः - चतुर्थोऽध्यायः



श्रीशुक उवाच ।
नाभागो नभगापत्यं यं ततं भ्रातरः कविम् ।
यविष्ठं व्यभजन् दायं ब्रह्मचारिणमागतम् ॥ १ ॥

श्रीशुकदेवजी भन्नुहुन्छ–परीक्षित ! मनुपुत्र नभागका नाभाग नाम गरेका कान्छा छोरा थिए । उनी धेरै विद्वान थिए । उनी ब्रह्मचर्यमा रहेको भनेर उनका दाजुभाईले पिताजीको सबै अंस बाँडेर लिइसकेका थिए ।।१।।

भ्रातरोऽभाङ्‌क्त किं मह्यं भजाम पितरं तव ।
त्वां ममार्यास्तताभाङ्‌क्षुर्मा पुत्रक तदादृथाः ॥ २ ॥

उनी ब्रह्मचर्यबाट फर्केर आएपछि दाजुभाईहरूलाई मेरो भागमा के दिनुभएको छ भनेर सोधेपछि दाजुहरूले भने हामीले तिम्रो भागमा पितालाई राखिदिएका छौं । पिता नभग नै तिम्रो भाग हो भनेर भने त्यसपछि नाभागले आफ्ना पितलाई भने– पिताजी ! दाजुहरूले मेरो अंशको भागमा तपाई मात्र दिए । यस्तो कुरा सुनेर उनका पिता नभगले भने– बाबु छोरा ! तिमीले उनीहरूको कुरालाई नमान ।।२।।

इमे अंगिरसः सत्रमासतेऽद्य सुमेधसः ।
षष्ठं षष्ठमुपेत्याहः कवे मुह्यन्ति कर्मणि ॥ ३ ॥

हेर, यस समयमा अंगिरस गोत्रका बुद्धिमान ब्राह्मणहरूले ठूलो यज्ञ गरिरहेका छन् । तर मेरो बिद्वान पुत्र ! प्रत्येक छैटौं दिन तिनीहरूले आफ्नो कर्मलाई भुल्दछन् ।।३।।

तांस्त्वं शंसय सूक्ते द्वे वैश्वदेवे महात्मनः ।
ते स्वर्यन्तो धनं सत्रपरिशेषितमात्मनः ॥ ४ ॥

दास्यन्ति तेऽथ तान् गच्छ तथा स कृतवान् यथा ।
तस्मै दत्त्वा ययुः स्वर्गं ते सत्रपरिशेषणम् ॥ ५ ॥

तिमी ती महात्मा नजिक गएर वैश्वदेव सम्बन्धि दुई सूक्त बताइदेउ । जब उनीहरू स्वर्ग जान लाग्छन् त्यतिबेला उनीहरूले यज्ञमा बचेको सबै धन तिमीलाई दिनेछन् । त्यसैले अब तिमी त्यहाँ जाऊ । उनले पिताको आज्ञा पालन गरेर त्यहाँ गएर पिताले बताए अनुसार काम गरे ।  ती अंगिरसगोत्री ब्राह्मणहरूले यज्ञमा बचेको सबै धन उनलाई दिएर स्वर्ग गए ।।४।५।।

तं कश्चित् स्वीकरिष्यन्तं पुरुषः कृष्णदर्शनः ।
उवाचोत्तरतोऽभ्येत्य ममेदं वास्तुकं वसु ॥ ६ ॥

जब नाभाग त्यो धन लिन लागिरहेका थिए त्यसै बखतमा उत्तर तिरबाट एउटा कालो मानिस आएर भन्यो त्यो यज्ञभूमीमा जति धन बचेको छ त्यो सबै मेरो हो ।।६।।

ममेदं ऋषिभिर्दत्तं इति तर्हि स्म मानवः ।
स्यान्नौ ते पितरि प्रश्नः पृष्टवान् पितरं यथा ॥ ७ ॥

नाभागले भने– मलाई यो धन ता ऋषिहरूले दिएका हुन्, त्यसैले यो सबै मेरो हो । त्यस मानिसले भन्यो– अब हाम्रो विवादको बारेमा तिम्रो पितालाई नै सोध्नुपर्छ ,  त्यसपछि नाभागले आफ्नो पिताजी समक्ष गएर सोधे ।।७।।

यज्ञवास्तुगतं सर्वमुच्छिष्टमृषयः क्वचित् ।
चक्रुर्विभागं रुद्राय स देवः सर्वमर्हति ॥ ८ ॥

पिताजीले भने– ’एकपटक दक्षप्रजापतिको यज्ञमा ऋषिहरूले यज्ञभूमिमा जे रहन्छ त्यो रुद्रदेवको भाग हुन्छ भनी निर्णय गरेका थिए । त्यसैले यो यज्ञको सबै भाग महादेवजीले पाउनुपर्छ ।।८।।

नाभागस्तं प्रणम्याह तवेश किल वास्तुकम् ।
इत्याह मे पिता ब्रह्मन्छिरसा त्वां प्रसादये ॥ ९ ॥

त्यसपछि नाभाग ती कालो रङ्ग भएका भगवान रुद्रलाई प्रणाम गरेर भने, ’भगवान ! पिताजीले भन्नुभएको यज्ञभूमिका सबै कुरा तपाईकै हुन् । प्रभु! म बाट अपराध हुनगयो त्यसैले शिर झुकाएर माफी माग्छु ॥ ९ ॥

यत् ते पितावदद् धर्मं त्वं च सत्यं प्रभाषसे ।
ददामि ते मन्त्रदृशे ज्ञानं ब्रह्म सनातनम् ॥ १० ॥

त्यसपछि भगवान रुद्रले भन्नुभयो– तिम्रो पिताले धर्मको अनुकुल निर्णय दिनुभएको छ र तिमीले पनि मलाई सत्य बतायौं । वेदको अर्थ तिमीलाई थाहा छ । अब म तिमीलाई सनातन ब्रह्मतत्वको ज्ञान दिन्छु ।।१०।।

गृहाण द्रविणं दत्तं मत्सत्रे परिशेषितम् ।
इत्युक्त्वान्तर्हितो रुद्रो भगवान् सत्यवत्सलः ॥ ११ ॥

यहाँ म यज्ञमा बाँकी रहेको मेरो अंश छ त्यो तिमीलाई दिन्छु, स्वीकार गर । यसो भन्दै सत्यप्रेमी भगवान रुद्र अन्तर्धान हुनुभयो ।।११।। 

य एतत् संस्मरेत् प्रातः सायं च सुसमाहितः ।
कविर्भवति मंत्रज्ञो गतिं चैव तथाऽऽत्मनः ॥ १२ ॥

जो मानिस बिहान बेलुका एकाग्र चित्तले यस आख्यानलाई स्मरण गर्दछ भने त्यो व्यक्ति प्रतिभाशाली वेदज्ञ मात्र नभई आफ्नो स्वभाव पनि जान्दछ ।।१२।। 

नाभागादम्बरीषोऽभून्महाभागवतः कृती ।
नास्पृशद् ब्रह्मशापोऽपि यं न प्रतिहतः क्वचित् ॥ १३ ॥


नाभागका छोरा अम्बरीष थिए । उनी ईश्वरको महान भक्त र धार्मिक व्यक्ति थिए । कहिल्यै पनि निष्फल नहुने ब्रह्मशापले पनि अम्बरीषलाई केही गर्न सकेन ।।१३।।

श्रीराजोवाच ।
भगवन्छ्रोतुमिच्छामि राजर्षेः तस्य धीमतः ।
न प्राभूद् यत्र निर्मुक्तो ब्रह्मदण्डो दुरत्ययः ॥ १४ ॥

श्रीशुक उवाच ।
राजा परीक्षितले सोधे– प्रभु ! म ती परमज्ञानी राजर्षि अम्बरीषको चरित्र सुन्न चाहन्छु । ब्राह्मणले कुपित भएर उनलाई यस्तो दण्ड दिए, जुन कुनै प्रकरले पनि टार्न सकिदैनथ्यो । तर त्यसले पनि उनीहरूलाई कुनै नोक्सानी पुर्याउन सकेन ।।१४।।

अंबरीषो महाभागः सप्तद्वीपवतीं महीम् ।
अव्ययां च श्रियं लब्ध्वा विभवं चातुलं भुवि ॥ १५ ॥

मेनेऽतिदुर्लभं पुंसां सर्वं तत् स्वप्नसंस्तुतम् ।
विद्वान् विभवनिर्वाणं तमो विशति यत् पुमान् ॥ १६ ॥

श्रीशुकदेवजीले भन्नुभयो– परीक्षित ! अम्बरीष धेरै भाग्यमानी थिए ।  उनीसंग पृथ्वीका सातवटै द्वीप, चल अचल, अतुलनीय सम्पत्ति थियो । सामान्य मानिसका लागि यी सबै दुर्लभ कुरा थियो तापनि उनी यसलाई स्वप्नतुल्य ठान्दथे । किनभने उनलाई धनसम्पत्ति भनेको चार दिनको चाँदनी हो, धनको लोभमा परेर घोर नरकमा जान्छ भन्नेकुरा थाहा थियो ।।१५–१६।। 

वासुदेवे भगवति तद्भिक्तेषु च साधुषु ।
प्राप्तो भावं परं विश्वं येनेदं लोष्टवत् स्मृतम् ॥ १७ ॥

भगवान कृष्ण र उहाँका प्रिय भक्तहरूमा उनको प्रेम थियो । त्यो प्रेम प्राप्त गरिसकेपछि सारा संसार र सम्पत्तिहरू माटोको थुप्रो जस्तै लाग्छन् ।।१७।।

स वै मनः कृष्णपदारविन्दयो-
         र्वचांसि वैकुण्ठगुणानुवर्णने ।
करौ हरेर्मन्दिरमार्जनादिषु
         श्रुतिं चकाराच्युतसत्कथोदये ॥ १८ ॥

उनले आफ्नो मन भगवान श्रीकृष्णको चरणारविन्दमा वाणि भगवद्गुणानुवादमा, हात श्रीहरीको पूजा अर्चनमा र कान उनै भगवान्को मंगलमय कथामा लगाएका थिए ।।१८।।

मुकुन्दलिंगालयदर्शने दृशौ
         तद्भृशत्यगात्रस्पर्शेङ्‌गसंगमम् ।
घ्राणं च तत्पादसरोजसौरभे
         श्रीमत्तुलस्या रसनां तदर्पिते ॥ १९ ॥

उनका आँखा भगवान्को संझना दिलाउने मुर्ति र मन्दिरको दर्शनमा लगाएको थिए । भगवान्को भक्तको शरीर स्पर्सलाइ नै आफ्नो सफलता ठान्दथे । नासिका भगवान्को चरण कमलमा अर्पण गरेको तुलसीको गन्ध सुघ्न नै आनन्द मान्दथ्यो र जिब्रो भगवान् लाई चढाएको नैवेदको स्वाद लिनमा संलग्न हुन्थ्यो ।।१९।। 

पादौ हरेः क्षेत्रपदानुसर्पणे
         शिरो हृषीकेशपदाभिवन्दने ।
कामं च दास्ये न तु कामकाम्यया
         यथोत्तमश्लोकजनाश्रया रतिः ॥ २० ॥

अम्बरिशको खुट्टा भगवान् को तीर्थ आदि पवित्र ठाँउमा जान्थे । मस्तकलाई भगवान्को चरणकमलको वन्दनामा लगाएका थिए । राजा अम्बरीषले माला, चन्दन आदि भोग सामग्रीहरू भगवानको सेवामा अर्पण गरेका थिए । यो कुनै भोगको चाहनाले होइन यसबाट भगवानको प्रेम प्राप्त गर्न सकियोस् भन्ने चाहनाले पहिला भगवान्लाई अर्पण गर्दथे अनिमात्र आफुले ग्रहण गर्दथे ।।२०।। 

एवं सदा कर्मकलापमात्मनः
         परेऽधियज्ञे भगवत्यधोक्षजे ।
सर्वात्मभावं विदधन्महीमिमां
         तन्निष्ठविप्राभिहितः शशास ह ॥ २१ ॥

यस प्रकार उनले आफ्ना सबै कर्म यज्ञपुरुष भगवानलाई सर्वात्मा एवं सर्वस्वरुप सम्झेर समर्पण गर्दथे र भक्त ब्राह्मणहरूको आज्ञा अनुसार यस पृथ्वीको शासन गर्दथे ।।२१।। 

ईजेऽश्वमेधैरधियज्ञमीश्वरं
         महाविभूत्योपचितांगदक्षिणैः ।
ततैर्वसिष्ठासितगौतमादिभि-
         र्धन्वन्यभिस्रोतमसौ सरस्वतीम् ॥ २२ ॥

उनले ‘धन्व’ नामको निर्जल देशमा  सरस्वती नदीको प्रबाहको अगाडि वशिष्ठ, असित, गौतम आदि आचार्यहरूद्वारा अनेकौं अश्वमेध र यज्ञहरू सम्पन्न गरे जुन परम ऐश्वर्यका कारण सर्वांग परिपूर्ण तथा धेरै दक्षिणाको यज्ञ गरेर यज्ञपति भगवानको पूजा गरेका थिए ।।२२।।

यस्य क्रतुषु गीर्वाणैः सदस्या ऋत्विजो जनाः ।
तुल्यरूपाश्चानिमिषा व्यदृश्यन्त सुवाससः ॥ २३ ॥

उनको यज्ञमा राम्रा लुगा र गहनाहरू पहिरिएर आएका देवताहरूका साथमा जब सदस्यहरू र ऋत्विजहरू बस्दथे त्यतिबेला उनी छक्क परेर आँखा नझिम्क्याइकन हेर्ने हुनाले देवताकै जस्तो रुप देखिन्थे ।।२३।। 

स्वर्गो न प्रार्थितो यस्य मनुजैरमरप्रियः ।
श्रृण्वद्भिरुपगायद्‌भिरुत्तमश्लोकचेष्टितम् ॥ २४ ॥

उनका प्रजाहरू माहात्माहरूबाट गरिएका भगवान्को उत्तम चरित्रको वर्णन सुन्दथे कीर्तन गर्दथे । त्यसो भएको हुँदा उनीहरू देवताहरूको सबैभन्दा प्यारो स्वर्गको पनि चाहना गर्दैनथे ।।२४।। 

समर्द्धयन्ति तान् कामाः स्वाराज्यपरिभाविताः ।
दुर्लभा नापि सिद्धानां मुकुन्दं हृदि पश्यतः ॥ २५ ॥

उनीहरू आफ्नो हृदयमा अनन्त प्रेम प्रदान गर्ने श्री हरिलाई नित्य निरन्तर रूपमा दर्शन गर्दथे । त्यसैले भौतिक सुख भोगका सामाग्रीले पनि कुनै प्रभाव पान सक्तैनथ्यो । जुन ठुला ठुला सिध्दहरूलाई पनि दुर्लभ थियो । ती वस्तुहरू परमानन्दका अगाडि सबै तुच्छ थिए ।।२५।।

स इत्थं भक्तियोगेन तपोयुक्तेन पार्थिवः ।
स्वधर्मेण हरिं प्रीणन् संगान् सर्वाञ्छनैर्जहौ ॥ २६ ॥

यसरी राजा अम्बरीषले तपस्या र स्वधर्मले प्रजाप्रति भक्तिभाव गरेर भगवानलाई प्रसन्न गर्न थाले र क्रमशः सबै प्रकारका आसक्ति त्यागे ।।२६।।

गृहेषु दारेषु सुतेषु बन्धुषु
         द्विपोत्तमस्यन्दनवाजिपत्तिषु ।
अक्षय्यरत्नादभरणायुधादि-
         ष्वनन्तकोशेष्वकरोदसन्मतिम् ॥ २७ ॥

घर, पत्नी, छोरा, दाजुभाइ, ठूला हात्ती, रथ, घोडा पैदल सेना, अतुलनीय रत्न, गहना र हतियार अनन्त खजाना आदि सबै कुरा अनित्य हुन भन्ने उनको दृढ निश्चय थियो ।।२७।। 

तस्मा अदाद्धारिश्चक्रं प्रत्यनीक-भयावहम् ।
एकान्तभक्तिभावेन प्रीतो भृत्याभिरक्षणम् ॥ २८ ॥

उनको प्रेममयी भक्तिबाट प्रसन्न भएर भगवानले उनको रक्षाको लागि सुदर्शन चक्र नियुक्त गर्नुभएको थियो, जसले विरोधीहरूलाई भयभीत गराउथ्यो भने भक्तहरूको रक्षा गर्दथ्यो । ॥ २८ ॥

आरिराधयिषुः कृष्णं महिष्या तुल्यशीलया ।
युक्तः सांवत्सरं वीरो दधार द्वादशीव्रतम् ॥ २९ ॥

राजा अम्बरीषकी पत्नी पनि उनी जस्तै धार्मिक, संसारबाट विरक्त थिइन् । एकपटक राजा अम्वरिशले आफ्नी आफ्नी पत्नीसँग मिलेर भगवान कृष्णको पूजा गर्न एक वर्षसम्म द्वादशी प्रधान एकादशी व्रत गर्ने नियम ग्रहण गरे ।।२९।। 

व्रतान्ते कार्तिके मासि त्रिरात्रं समुपोषितः ।
स्नातः कदाचित् कालिन्द्यां हरिं मधुवनेऽर्चयत् ॥ ३० ॥

व्रतको अन्त्यमा उनीहरूले कार्तिक महिनामा तीन रात व्रत बसे र एक दिन यमुनाजीमा स्नान गरी मधुवनमा भगवान कृष्णको पूजा गरे ।।३०।। 

महाभिषेकविधिना सर्वोपस्करसम्पदा ।
अभिषिच्याम्बराकल्पैर्गन्धमाल्यार्हणादिभिः ॥ ३१ ॥

तद्गितान्तरभावेन पूजयामास केशवम् ।
ब्राह्मणांश्च महाभागान् सिद्धार्थानपि भक्तितः ॥ ३२ ॥

गवां रुक्मविषाणीनां रूप्याङ्‌घ्रीणां सुवाससाम् ।
पयःशीलवयोरूपवत्सोपस्करसंपदाम् ॥ ३३ ॥

प्राहिणोत् साधुविप्रेभ्यो गृहेषु न्यर्बुदानि षट् ।
भोजयित्वा द्विजानग्रे स्वाद्वन्नं गुणवत्तमम् ॥ ३४ ॥

महाभिषेक विधिद्वारा सबै प्रकारका सामग्री र सम्पत्तिद्वारा हृदय देखिनै तन्मय भएर श्रध्दा पूर्वक भगवानलाई अभिषेक गरी वस्त्र, आभूषण, चन्दन, माला र अर्घ्यले पूजा गरे । यद्यपि धेरै भाग्यशाली ब्राह्मणहरूलाई यो पूजाको कुनै आवश्यकता थिएन उनीहरू आफैंमा सिध्द थिए तापनि राजा अम्बरीषले उनीहरूलाई भक्तिपूर्वक पूजा गरे । त्यसपछि पहिले ब्राह्मणहरूलाई स्वादिष्ट र अति लाभदायक भोजन गराएर उनीहरूका घरमा ६० करोड गाईहरू पठाए । ती गाईहरूका सीङहरू सुनले र खुरहरू चाँदील मोरिएका थिए । राम्रा लुगाहरू ओढाइएका थिए । ती गाईहरू भरखरका अवस्थाका थिए । बाछाहरू सुन्दर थिए र गाई धेरै दूध दिने खालका थिए । उनले ती गाईहरूको साथमा दुध दुहन चाहिने उपयुक्त सामग्रीहरू पनि पठाएका थिए ।।३१।३४।।

लब्धकामैरनुज्ञातः पारणायोपचक्रमे ।
तस्य तर्ह्यतिथिः साक्षात् दुर्वासा भगवानभूत् ॥ ३५ ॥

ब्राह्मणहरूले यथेष्ट सम्पत्ति प्राप्त गरेपछि राजा अम्बरीषले उनीहरूबाट अनुमति लिएर ब्रतको पारायण गर्ने तयारी गरे । त्यसै बखतमा श्राप र वरदान दिन सक्ने दुर्वासाजी पनि अतिथि बनेर त्यहाँ आइपुगे ।।३५।।

तं आनर्चातिथिं भूपः प्रत्युत्थानासनार्हणैः ।
ययाचेऽभ्यवहाराय पादमूलमुपागतः ॥ ३६ ॥

राजा अम्बरीषले उनलाई देख्ने बित्तिकै उठेर आसनमा बसाए त्यसपछि अतिथि बनेर आएका दुर्वासाजीलाई विभिन्न सामग्रीहरूले पूजा गरे । अम्बरीषले उनको चरणमा प्रणाम गरे र भोजनको लागि प्रार्थना गरे ।।३६।।

प्रतिनन्द्य स तद्याच्ञां कर्तुमावश्यकं गतः ।
निममज्ज बृहद् ध्यायन् कालिन्दीसलिले शुभे ॥ ३७ ॥

दुर्वासाजीले अम्बरीषको अनुरोध स्वीकार गरे त्यसपछि उनी आफ्नो नित्य स्नान सन्ध्याका लागि यमुनाको कीनारमा गए उनी त्यहाँ  परमात्माको ध्यान गर्दै यमुनाको पवित्र जलमा स्नान गर्न थाले ।।३७।।

मुहूर्तार्धावशिष्टायां द्वादश्यां पारणं प्रति ।
चिन्तयामास धर्मज्ञो द्विजैस्तद्धर्मसंकटे ॥ ३८ ॥

यता द्वादशी केबल एक घण्टा बाँकी थियो । ज्ञानी अम्बरीषले धर्म संकटमा परेर ब्राह्मणहरूसँग परामर्श गरे ।।३८।।

ब्राह्मणातिक्रमे दोषो द्वादश्यां यदपारणे ।
यत्कृत्वा साधु मे भूयादधर्मो वा न मां स्पृशेत् ॥ ३९ ॥

उनले भने– ब्राह्मण देवताहरू ! ब्राह्मणलाई खाना नखाई आफैं खानु र द्वादशीको समयमा पारायण नगर्नु यी दुवै दोष हुन् । तसर्थ, यस समयमा मैले जे गर्नाले मेरो कल्याण हुनेछ र मलाई दोष पनि लाग्दैन । यसबारेमा बताउँनुहोस् ।।३९।।

अम्भसा केवलेनाथ करिष्ये व्रतपारणम् ।
आहुरब्भक्षणं विप्रा ह्यशितं नाशितं च तत् ॥ ४० ॥

त्यसपछि ब्राह्मणहरूसँग छलफल गरेर उनले भने– ‘ब्राह्मणहरू ! शास्त्रमा भनिएको छ कि पानी पिउनु खाना खानु पनि हो र न खानु पनि हो । त्यसैले म केवल पानी मात्र पिएर पारण गर्छु ।।४०।।

इत्यपः प्राश्य राजर्षिश्चिन्तयन् मनसाच्युतम् ।
प्रत्यचष्ट कुरुश्रेष्ठ द्विजागमनमेव सः ॥ ४१ ॥

यस्तो निर्णय गरेर राजा अम्बरीषले मनमा भगवानको चिन्तन गर्दै पानी पिए त्यसपछि दुर्वासा ऋषिको आगमनको प्रतिक्षा गर्न लागे ।।४१।।

दुर्वासा यमुनाकूलात् कृतावश्यक आगतः ।
राज्ञाभिनन्दितस्तस्य बुबुधे चेष्टितं धिया ॥ ४२ ॥

दुर्वासाजी आफ्नो आवश्यक स्नान सन्ध्या पूरा गरेर यमुनाको किनारबाट फर्के । जब राजाले अगाडि आएर उनको अभिवादन गरे तब ऋषिले राजाले आफ्नो ब्रत पाराण गरे भन्ने थाहा पाईहाले ।।४२।।

मन्युना प्रचलद्गासत्रो भ्रुकुटीकुटिलाननः ।
बुभुक्षितश्च सुतरां कृताञ्जलिमभाषत ॥ ४३ ॥

त्यतिबेला दुर्वासाजीलाई धेरै भोकाएका थिए । त्यसैले राजाले परायण गरेको थाहा पाएपछि उनको शरीर रिसले काँम्न थाल्यो । आँखीभूई बांगिएकाले अनुहार पनि डरलाग्दो देखियो । हात जोडेर उभिएका  अम्बरीषलाई गाली गर्दै भन्नलागे– ।।४३।।

अहो अस्य नृशंसस्य श्रियोन्मत्तस्य पश्यत ।
धर्मव्यतिक्रमं विष्णोरभक्तस्येशमानिनः ॥ ४४ ॥

अहो हेर! धनको मदले आज यी राजा यति घमण्डी बनेकाछन् कि उनको भगवान प्रतिको कुनै भक्ति नै छैन, आफैंलाई ठुलो शक्तिशाली ठानेका छन् । आज यस अधमले धर्मको अनादर गरेको छ ।।४४।।

यो मामतिथिमायातमातिथ्येन निमंत्र्य च ।
अदत्त्वा भुक्तवांस्तस्य सद्यस्ते दर्शये फलम् ॥ ४५ ॥

आज म उसको अतिथि बनेर आएको हुँ । उनले मलाई भोजन गर्न निम्तो पनि दिएका हुन् तर मलाई भोजन नगराई पहिला आफैंले भोजन गरे अब म यसको नतिजा भोगाउँछु ।।४५।।

एवं ब्रुवाण उत्कृत्य जटां रोषविदीपितः ।
तया स निर्ममे तस्मै कृत्यां कालानलोपमाम् ॥ ४६ ॥

यति भनेर ऋषिले रिसाउँदै आफ्नो केशको एउटा जटा उखेले त्यसबाट अम्बरीषलाई मार्न भनि प्रलयकालको अग्नि समान कृत्या नामकी राक्षसी उत्पन्न गरे ।।४६।।

तामापतन्तीं ज्वलतीमसिहस्तां पदा भुवम् ।
वेपयन्तीं समुद्वीक्ष्य न चचाल पदान्नृपः ॥ ४७ ॥

त्यो कृत्याले आगो झैं बल्दो तरवार हातमा लिएर राजा अम्बरीष माथि आक्रमण गरी । त्यतिबेला उसको खुट्टाको आवाजले पृथ्वी कम्पन भएको थियो । तर उसलाई देखेर राजा अम्बरीषले कत्तिपनि डराएनन् आफु जुन ठाँउमा थिए त्यहीं उभिरहे ।।४७।।

प्राग्दिष्टं भृत्यरक्षायां पुरुषेण महात्मना ।
ददाह कृत्यां तां चक्रं क्रुद्धाहिमिव पावकः ॥ ४८ ॥

परम पुरुष भगवानले आफ्नो सेवकको रक्षाको लागि सुदर्शन चक्र पहिल्यै नियुक्त गरिसक्नु भएको थियो । जसरी रिषले चुर भएको सर्पलाई दावानलले भष्म पार्छ त्यसरी कृत्यालाई त्यस चक्रले जलाएर भष्म पारिदियो ।।४८।।

तदभिद्रवदुद्वीक्ष्य स्वप्रयासं च निष्फलम् ।
दुर्वासा दुद्रुवे भीतो दिक्षु प्राणपरीप्सया ॥ ४९ ॥

यता दुर्वाशा ऋषिले कृत्यालाई भष्म गरेर त्यो चक्र आफुतिर आउँन लागेको देखे तब उनी डराउँदै यताउता भाग्न लागे ।।४९।।

तमन्वधावद् ‍भगवद्रथांगं
         दावाग्निरुद्धूतशिखो यथाहिम् ।
तथानुषक्तं मुनिरीक्षमाणो
         गुहां विविक्षुः प्रससार मेरोः ॥ ५० ॥

जसरी माथी माथी उठेको अग्निको ज्वालाले सर्पलाई लखेट्छ त्यसरी नै भगवान्को त्यो चक्र पनि दुर्वाशा मुनिको पछि पछि दौडन थाल्यो । यसरी चक्र आफ्नो पछि आएको देखेरे ति मुनि सुमेरु पर्वतको गुफामा पस्न भनि दौडे ।।५०।।

दिशो नभः क्ष्मां विवरान् समुद्राँ-
         ल्लोकान् सपालांस्त्रिदिवं गतः सः ।
यतो यतो धावति तत्र तत्र
         सुदर्शनं दुष्प्रसहं ददर्श ॥ ५१ ॥

दुर्वासा मुनि आकाश, पृथ्वी, अतल–वितल आदि, तलका लोक समुद्र, लोकपाल र तिनीहरूद्वारा संरक्षित ठाउँ हुँदे स्वर्गसम्म गए । तर उनी जहाँ जहाँ जान्छन त्यहाँ त्यहाँ, उनले त्यो असह्य सुदर्शन चक्रको ज्योति आफुतिर आइरहेको देखे ।।५१।। 

अलब्धनाथः स सदा कुतश्चित्
         संत्रस्तचित्तोऽरणमेषमाणः ।
देवं विरिञ्चं समगाद् विधात-
         स्त्राह्यात्मयोनेऽजिततेजसो माम् ॥ ५२ ॥

जव ति मुनिले कतै आफ्नो सहारा भेटेनन् तब उनी झनै डराउँदै  आफ्नो आश्रय एवं संरक्षक खोज्दै देवशिरोमणि ब्रह्माजी कहाँ पुगेर भने– हे ब्रह्माजी ! तपाई स्वयम्भू हुनुहुन्छ । मलाई भगवानको यो तजोमय चक्रबाट बचाउनुहोस् ।।५२।।

श्रीब्रह्मोवाच ।
स्थानं मदीयं सहविश्वमेतत्
         क्रीडावसाने द्विपरार्धसंज्ञे ।
भ्रूभंगमात्रेण हि संदिधक्षोः
         कालात्मनो यस्य तिरोभविष्यति ॥ ५३ ॥

ब्रह्माजीले भन्नुभयो– जब मेरो दुई परार्धको आयु समाप्त हुनेछ त्यतिबेला कालरुप भगवान्ले आफ्नो यो सृष्टिलाई पनि जलाउनु हुनेछ वहाँले आँखीभूई बंग्याउँदैमा यो सारा सृष्टि र मेरो लोक पनि वहाँमै लीन हुन्छ ।।५३।। 

अहं भवो दक्षभृगुप्रधानाः
         प्रजेशभूतेशसुरेशमुख्याः ।
सर्वे वयं यन्नियमं प्रपन्ना
         मूर्ध्न्यर्पितं लोकहितं वहामः ॥ ५४ ॥

म, शंकरजी, दक्ष भृगु आदि प्रजापति, प्राणीहरूका स्वामी र देवताहरू पनि वहाँले बनाएको नियममा बाँधिएका छौं र हामी त वहाँको आज्ञा मानेर विश्वको कल्याण गर्छौं । यस्ता भगवान्का भक्तका द्रोह गर्नेलाई बचाउन क्षमता हामीसंग छैन ।।५४।।

प्रत्याख्यातो विरिञ्चेन विष्णुचक्रोपतापितः ।
दुर्वासाः शरणं यातः शर्वं कैलासवासिनम् ॥ ५५ ॥

जब ब्रह्माले यसरी दुर्वासालाई निराश गराइदिनु भयो त्यसपछि दुर्वाशा ऋषि चक्रको रापले संतप्त हुँदै कैलाशवासी भगवान शंकरको शरण लिन पुगे ।।५५।।

श्रीरुद्र उवाच ।
वयं न तात प्रभवाम भूम्नि
         यस्मिन् परेऽन्येऽप्यजजीवकोशाः ।
भवन्ति काले न भवन्ति हीदृशाः
         सहस्रशो यत्र वयं भ्रमामः ॥ ५६ ॥

श्रीमहादेवजीले भन्नुभयो– दुर्वासाजी ! यस अनन्त परमेश्वरमा ब्रह्मा हामी समानका हजारौं लोकपालहरू भट्किरहेका हुन्छौं । यो ब्रह्माण्ड जस्तै धेरै ब्रह्माण्डहरू समय आउँदा उत्पन्न हुन्छन् र फेरी बेला पुगेपछि कहाँ जाने हुन् थाहा हुँदैन । वहाँ प्रभुको सम्बन्धमा हामी केही पनि गर्न सक्तैनौं ।।५६।।

अहं सनत्कुमारश्च नारदो भगवानजः ।
कपिलो अपान्तरतमो देवलो धर्म आसुरिः ॥ ५७ ॥

मरीचिप्रमुखाश्चान्ये सिद्धेशाः पारदर्शनाः ।
विदाम न वयं सर्वे यन्मायां माययाऽऽवृताः ॥ ५८ ॥

म, सनत्कुमार, नारद, भगवान ब्रह्मा, कपिलदेव, अपन्तरतम्, देवल, धर्म, आसुरी र मरिची आदि, अन्य सर्वज्ञ सिद्धेश्वर– हामी सबैले भगवानको मायामा मोहित भएकोले वहाँको मायालाई जान्न सक्दैनौं ।।५७–५८।।

तस्य विश्वेश्वरस्येदं शस्त्रं दुर्विषहं हि नः ।
तमेवं शरणं याहि हरिस्ते शं विधास्यति ॥ ५९ ॥

यो चक्र वहाँ विश्वेश्वरको अस्त्र हो । यो हाम्रो लागि त्यो तेज असैह्य छ त्यसैले तिमी उनै भगवान्को शरणमा जाउँ । वहाँले तिम्रो कल्याण गर्नुहुनेछ ।।५९।।

ततो निराशो दुर्वासाः पदं भगवतो ययौ ।
वैकुण्ठाख्यं यदध्यास्ते श्रीनिवासः श्रिया सह ॥ ६० ॥

त्यहाँबाट पनि निराश भएर दुर्वासा ऋषि भगवानको परमधाम वैकुण्ठमा गए । त्यहाँ लक्ष्मीपति भगवान् लक्ष्मीजीका साथमा रहनुहुन्छ ।।६०।।

सन्दह्यमानोऽजितशस्त्रवह्निना
             तत्पादमूले पतितः सवेपथुः ।
आहाच्युतानन्त सदीप्सित प्रभो
             कृतागसं माऽव हि विश्वभावन ॥ ६१ ॥

दुर्वाशा ऋषि चक्रको रापले जलिरहेका थिए उनी वैकुण्ठ पुगेपछि भगवान्को अगाडि लम्पसार परेर भन्नलागे– ‘हे अच्युत ! हे अनन्त ! हे विश्वका जीवनदाता ! म अपराधी हुँ । मेरो रक्षा गर्नुहोस् ।।६१।।

अजानता ते परमानुभावं
         कृतं मयाघं भवतः प्रियाणाम् ।
विधेहि तस्यापचितिं विधात-
         र्मुच्येत यन्नाम्न्युदिते नारकोऽपि ॥ ६२ ॥

मैले तपाईको प्रभावलाई नजान्दा तपाईको प्यारो भक्त माथि अपराध गरेको छु । हे प्रभु ! त्यसबाट मलाई बचाउनु होस् । तपाईको नाम लिदापनि नरकमा परेका प्राणीहरू समेत मुक्त हुन्छन् ।।६२।।

श्रीभगवानुवाच ।
अहं भक्तपराधीनो ह्यस्वतंत्र इव द्विज ।
साधुभिर्ग्रस्तहृदयो भक्तैर्भक्तजनप्रियः ॥ ६३ ॥

श्रीभगवानले भन्नुभयो– दुर्वासाजी ! म सर्वथा भक्तहरूको अधीनमा छु । मलाई अलिकता पनि स्वतन्त्रता छैन । ती भक्तहरूले मेरो हृदयमा स्थान जमाएका छन् । भक्त मलाई प्रेम गर्दछन् म उनीहरूलाई प्रेम गर्दछु ।।६३।।

नाहमात्मानमाशासे मद्भनक्तैः साधुभिर्विना ।
श्रियं चात्यन्तिकीं ब्रह्मन् येषां गतिरहं परा ॥ ६४ ॥

हे ब्राह्मण ! मेरा भक्तका एकमात्र आश्रय म नै हुँ त्यसैले भक्तलाई छोडेर न म आफैंलाई न लक्ष्मीलाई नै चाहान्छु ।।६४।।

ये दारागारपुत्राप्तान् प्राणान् वित्तमिमं परम् ।
हित्वा मां शरणं याताः कथं तांस्त्यक्तुमुत्सहे ॥ ६५ ॥

जसले भक्त, स्त्री, पुत्र, घर,गुरुजन धन सम्पत्ति यसलोक र परलोकलाई समेत छोडेर मेरो शरणमा आएका हुन्छन् ती भक्तलाई छाड्ने संकल्प समेत मैले कसरी गर्न सक्छु ?।।६५।।

मयि निर्बद्धहृदयाः साधवः समदर्शनाः ।
वशीकुर्वन्ति मां भक्त्या सत्स्त्रियः सत्पतिं यथा ॥ ६६ ॥

जसरी पतिव्रता नारीले आफ्नो पातिव्रत्यले सदाचारी पतिलाई आफ्नो वशमा राख्छिन्, त्यसरी नै आफ्नो हृदयलाई प्रेमबन्धनले बाध्ने ज्ञानी ऋषिहरूले मलाई भक्तिद्वारा आफ्नो वशमा राख्छन् ।।६६।।

मत्सेवया प्रतीतं च सालोक्यादिचतुष्टयम् ।
नेच्छन्ति सेवया पूर्णाः कुतोऽन्यत् कालविद्रुतम् ॥ ६७ ॥

मेरा अनन्यप्रेमी भक्तहरू मेरो सेवामा नै आफूलाई कृतकृत्य मान्दछन् । मेरो सेवा बाहेक उनीहरू सालोक्य, सारूप्य आदि मोक्षको समेत इच्छा गर्दैनन् भने समयको फेरले नष्ट हुने बस्तु को बारेमा त के नै भन्नु ।।६७।।

साधवो हृदयं मह्यं साधूनां हृदयं त्वहम् ।
मदन्यत् ते न जानन्ति नाहं तेभ्यो मनागपि ॥ ६८ ॥

दुर्वासाजी ! म तपाईलाई यो भन्दा बढि के भनू, मेरा प्यारा भक्तहरू मेरो हृदय हुन् र म स्वयं ती प्रेमी भक्तहरूको हृदय हुँ । उनीहरू म बाहेक अरु कुनै कुरापनि जान्दैनन् ।।६८।।

उपायं कथयिष्यामि तव विप्र श्रृणुष्व तत् ।
अयं ह्यात्माभिचारस्ते यतस्तं यातु वै भवान् ।
साधुषु प्रहितं तेजः प्रहर्तुः कुरुतेऽशिवम् ॥ ६९ ॥

दुर्वासाजी ! म तपाईलाई एउटा उपाय बताउँदछु सुन्नुहोस्, जसको अनिष्ट गर्न खोज्दा तपाईलाई यो आपत्ति आइपरेको छ अब तपाई उनैकहाँ जानोस । निरापराध साधुलाई अनिष्ट गर्न खोज्दा त्यो अनिष्टको चेष्टाले अनिष्ट गर्नेलाई नै अमंगल हुन्छ ।।६९।।

तपो विद्या च विप्राणां निःश्रेयसकरे उभे ।
ते एव दुर्विनीतस्य कल्पेते कर्तुरन्यथा ॥ ७० ॥

ब्राह्मणको लागि तपस्या र शिक्षा नै परम कल्याणको साधन हो यदि ब्राह्मण नै अन्यायी र उदण्ड हुन्छन भने दुवैबाट उल्टो परिणाम निस्कन्छ ।।७०।।

ब्रह्मंस्तद् गच्छ भद्रं ते नाभागतनयं नृपम् ।
क्षमापय महाभागं ततः शान्तिर्भविष्यति ॥ ७१ ॥

दुर्वासाजी ! तपाईको कल्याण होस् अब तपाई नाभागका छोरा परम भाग्यमानी राजा अम्बरीष कहाँ गएर क्षमा माग्नुहोस जसलेगर्दा तपाईलाई शान्ति मिल्दछ ।।७१।।

इति श्रीमद्भामगवते महापुराणे पारमहंस्यां 
संहितायां नवमस्कन्धे चतुर्थोऽध्यायः ॥ ४ ॥