#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्ध एकोननवतितमोऽध्यायः



श्रीमद्‌भागवत महापुराण
दशमस्कन्ध  एकोननवतितमोऽध्यायः



श्रीशुक उवाच–
(अनुष्टुप्)
सरस्वत्यास्तटे राजन्नृषयः सत्रमासत ।
वितर्कः समभूत्तेषां त्रिष्वधीशेषु को महान् ॥ १ ॥
एकपटक सरस्वती नदीको किनारमा यज्ञ गर्न भनि जम्मा भएका ऋषिहरूको मनमा तीन देवता ब्रह्मा, विष्णु र महेश्वर मध्ये को सर्वश्रेष्ठ हुनुहुन्छ भन्ने तर्क वितर्क चल्यो ।।१।।
तस्य जिज्ञासया ते वै भृगुं ब्रह्मसुतं नृप ।
तज्ज्ञप्त्यै प्रेषयामासुः सोऽभ्यगाद्‌ ब्रह्मणः सभाम् ॥ २ ॥
ऋषिहरूले यस विषयमा जान्नको लागि ब्रह्माजीका छोरा भृगुलाई अनुरोध गरे । महर्षी भृगु सबैभन्दा पहिला ब्रह्माजीको सभामा गए ।।२।। न तस्मै प्रह्वणं स्तोत्रं चक्रे सत्त्वपरीक्षया ।
तस्मै चुक्रोध भगवान् प्रज्वलन् स्वेन तेजसा ॥ ३ ॥

भृगुले धैर्यको परीक्षा लिनको लागि ब्रह्माजीलाई अभिवादन गरेनन् र कुनै स्तुति पनि गरेनन् । यो देखेर आफ्नो तेजले चम्कनु भएका ब्रह्माजी भृगुसँग रिसाउनुभयो ।।३।।
स आत्मन्युत्थितं मन्युमात्मजायात्मना प्रभुः ।
अशीशमद् यथा वह्निं स्वयोन्या वारिणाऽऽत्मभूः ॥ ४ ॥
सर्व सामर्थ हुनु भएका ब्रह्माजीले जसरी जलले अग्निलाई शान्त गर्दछ त्यसरी नै पुत्रभृगुलाई आफ्नो पुत्र संझेर उनीसंग आफ्नो उठेको रिस शान्त गर्नुभयो ।।४।।
ततः कैलासमगमत् स तं देवो महेश्वरः ।
परिरब्धुं समारेभे उत्थाय भ्रातरं मुदा ॥ ५ ॥
त्यसपछि भृगु ब्रह्मलोकबाट फर्केर कैलाश पर्वतमा जानुभयो । आफ्नो भाइ समान भृगु आएको देखेर शंकरजीले उठेर उनीसँग अंकमाल गर्न खोज्नुभयो ।।५।।
नैच्छत्त्वमस्युत्पथग इति देवश्चुकोप ह ।
शूलमुद्यम्य तं हन्तुमारेभे तिग्मलोचनः ॥ ६ ॥
भगवान शंकरले यसरी अङ्कमाल गर्न खोज्दा तपाईं स्वच्छाचारी हुनुहुन्छ । भनेर भृगूले अङ्कमाल गर्न चाहेनन् । यसबाट शंकरजी धेरै रिसाउनुभो र आफ्नो आँखा टेढा बनाउँदै उनलाई मार्न भनेर त्रिशल उठाउनुभयो ।।६।।
पतित्वा पादयोर्देवी सान्त्वयामास तं गिरा ।
अथो जगाम वैकुण्ठं यत्र देवो जनार्दनः ॥ ७ ॥
भगवती पार्वतीले शिवजीको पाउमा परेर मिठो बोलीले उहाँको रिस शान्त पार्नुभयो । त्यसपछि भृगु त्यहाँबाट बैकुण्ठ लोकतिर गए जहाँ विष्णु भगवान रहनुहुन्थ्यो ।।७।।
शयानं श्रिय उत्सङ्‌गे पदा वक्षस्यताडयत् ।
तत उत्थाय भगवान् सह लक्ष्म्या सतां गतिः ॥ ८ ॥
स्वतल्पादवरुह्याथ ननाम शिरसा मुनिम् ।
आह ते स्वागतं ब्रह्मन् निषीदात्रासने क्षणम् ।
अजानतामागतान् चः क्षन्तुमर्हथ नः प्रभो ॥ ९ ॥
भृगु वैकुण्ठ पुग्दा भगवान लक्ष्मीको काखमा सुतिरहनु भएको थियो त्यस समयमा भृगूले आफ्नो खुट्टाले भगवानको छातीमा प्रहार गरे । त्यसपछि सत्पुरुषका आश्रय भगवान जनार्दन लक्ष्मीको काखबाट उठेर आफ्नो शेषशय्याबाट ओर्लिएर भृगूलाई प्रणाम गरेर भन्नुभयो हे मुनि तपाईलाई स्वागत छ ।ं यहाँ आसनमा बस्नुहेस । मैले हजुर आउनु भएको थाहा नपाएर नै हजुरको सेवा गर्न सकिन त्यसकारण मलाई क्षमा गर्नुहोस् भनेर ऋषिलाई भन्नुभयो ।।८–९।।
अतीव कोमलौ तात चरणौ ते महामुने ।
इत्युक्त्वा विप्रचरणौ मर्दयन् स्वेन पाणिना ॥ १० ॥
पुनीहि सहलोकं मां लोकपालांश्च मद्‌गतान् ।
पादोदकेन भवतस्तीर्थानां तीर्थकारिणा ॥ ११ ॥
भगवानले भन्नुभयो हे भृगु हजुरको चरण कमल अत्यन्त कोमल छ । हजुरको चरणको जलले तीर्थलाई पनि महातिर्थ बनाइदिन्छ । त्यसैले हजुरले मलाई साथै मेरो लोक र मेरो तल रहेका लोकपाल लाई पनि हजुरको चरणको जलले पवित्र बनाइदिनुस् ।।१०–११।।
अद्याहं भगवँल्लक्ष्म्या आसमेकान्तभाजनम् ।
वत्स्यत्युरसि मे भूतिर्भवत्पादहतांहसः ॥ १२ ॥
हे भृगू ! आज म लक्ष्मीको एकमात्र आश्रय थिएँ । तर हजुरको चरण कमलको स्पर्शले मेरो सबै पाप पखालिनगयो । मेरो बक्षस्थलमा सदा लक्ष्मीले निवास गर्नेछिन् ।।१२।।
शुक उवाच (
एवं ब्रुवाणे वैकुण्ठे भृगुस्तन्मन्द्रया गिरा ।
निर्वृतस्तर्पितस्तूष्णीं भक्त्युत्कण्ठोऽश्रुलोचनः ॥ १३ ॥
भगवान विष्णुले यसो भनेपछि महर्षी भृगु उहाँको वाणीबाट तृप्त र आनन्द भएर माग्न भए । उनको मनमा भगवान प्रति भक्ति बढ्यो र आँखाबाट आँसु झर्न थाल्यो ।।१३।।
पुनश्च सत्रमाव्रज्य मुनीनां ब्रह्मवादिनाम् ।
स्वानुभूतमशेषेण राजन् भृगुरवर्णयत् ॥ १४ ॥
हे महाराज परीक्षित महर्षी मृगु त्यहाँबाट फर्किएर ऋषिहरूको यज्ञस्थलमा आइपुगे र आफूले अनुभव गरेका कुराहरू सबैलाई सुनाए ।।१४।।
तन्निशम्याथ मुनयो विस्मिता मुक्तसंशयाः ।
भूयांसं श्रद्दधुर्विष्णुं यतः शान्तिर्यतोऽभयम् ॥ १५ ॥
भृगुले बताएको उनको अनुभव सुनेर त्यहाँ भएका सबै ऋषिहरू आश्चर्य चकित भए र उनीहरुले भगवान विष्णुमाथि धेरै श्रद्धा गरेर उहाँलाई सर्वश्रेष्ठ देवताका रुपमा माने ।।१५।।
धर्मः साक्षाद् यतो ज्ञानं वैराग्यं च तदन्वितम् ।
ऐश्वर्यं चाष्टधा यस्माद् यद्यशश्चात्ममलापहम् ॥ १६ ॥
भगवान विष्णुबाट नै साक्षात ज्ञान, वैराग्य र त्यसबाट एक प्रकारको ऐश्वर्य र चित्तलाई शुद्ध गराउने यस पनि प्राप्त हुन्छ ।।१६।।
मुनीनां न्यस्तदण्डानां शान्तानां समचेतसाम् ।
अकिञ्चनानां साधूनां यमाहुः परमां गतिम् ॥ १७ ॥
वहाँ भगवान् समदर्शी, परम शान्त हुनुहुन्छ । मुनिहरु वहाँ भगवान् सबैलाई अभय दिने साधुहरुका पनि परम गति हुनुहुन्छ भनि बताउदछन् । 
सत्त्वं यस्य प्रिया मूर्तिर्ब्राह्मणास्त्विष्टदेवताः ।
भजन्त्यनाशिषः शान्ता यं वा निपुणबुद्धयः ॥ १८ ॥
उहाँ भगवानको स्वरुप सत्वमय छ ।  ब्राह्मण नै उहाँको आराध्य देव हुन् । त्यसैले शान्त एवं निष्काम व्यक्तिहरुले उहाँको नित्य भजन गर्दछन् ।।१८।।
त्रिविधाकृतयस्तस्य राक्षसा असुराः सुराः ।
गुणिन्या मायया सृष्टाः सत्त्वं तत्तीर्थसाधनम् ॥ १९ ॥
त्रिगुणात्मिका मायाले उहाँको तीन प्रकारको आकृतिको बनाएकी छिन्, जुन राक्षस असुर र देवता हुन् । त्यसमा सत्यप्रधान मूर्ति नै उहाँको प्राप्तिको साधन हो ।।१९।।
श्रीशुक उवाच–
इत्थं सारस्वता विप्रा नृणां संशयनुत्तये ।
पुरुषस्य पदाम्भोज सेवया तद्‌गतिं गताः ॥ २० ॥
यस प्रकार सरस्वती नदीका किनारमा रहेका ब्राह्मणहरूको शङ्का निवारण गर्नको लागि नै यो परीक्षा गरिएको हो । उनीहरूले भगवानको चरणको सेवा गरेर परमधाम प्राप्त गरे ।।२०।।
सूत उवाच–
(प्रहर्षिणि)
इत्येतन्मुनितनयास्यपद्मगन्ध(
     पीयूषं भवभयभित् परस्य पुंसः ।
सुश्लोकं श्रवणपुटैः पिबत्यभीक्ष्णं
     पान्थोऽध्वभ्रमणपरिश्रमं जहाति ॥ २१ ॥
सूतजीले भन्नुभयो– व्यास पुत्र शुकदेवको मुखबाट निक्लिएको पुरुष श्रेष्ठ पुरुषोत्तम भगवानको यो कथा सांसारिक भयलाई मेटाउने अमृतमय कथा हो । जो मानिस निरन्तर यस कथालाई आफ्नो कानरुपी दुनाबाट निरन्तर पान गर्दछ भने उसले जन्म मृत्यु रुपी संसार चक्र बन्धनबाट मुक्त भएर आफ्नो सबै थकाइलाई त्यागिन्छि ।।२१।।
श्रीशुक उवाच–
(अनुष्टुप्)
एकदा द्वारवत्यां तु विप्रपत्न्याः  कुमारकः ।
जातमात्रो भुवं स्पृष्ट्वाप ममार किल भारत ॥ २२ ॥
हे परीक्षित एकपटक द्वारकामा कुनै ब्राह्मण पत्नीको गर्भबाट एउटा पुत्र पैदाभयो । तर त्यो बालक पृथ्वीमा छुने बितिक्कै मरिहाल्यो ।।२२।।
विप्रो गृहीत्वा मृतकं राजद्वार्युपधाय सः ।
इदं प्रोवाच विलपन्नातुरो दीनमानसः ॥ २३ ॥
ती ब्राह्मणले अति दुःखी भएर आफ्नो मरेको बालकको शरीर राजाको ढोकामा  राखेर विलाप गर्दै यसो भने ।।२३।।
ब्रह्मद्विषः शठधियो लुब्धस्य विषयात्मनः ।
क्षत्रबन्धोः कर्मदोषात् पंचत्वं मे गतोऽर्भकः ॥ २४ ॥
मेरो छोराको मृत्यु हुनुको कारणमा ब्राह्मण दोषी लोभी भएका र राजा विषयमा मग्न भएका कारणले हो ।।२४।।
हिंसाविहारं नृपतिं दुःशीलमजितेन्द्रियम् ।
प्रजा भजन्त्यः सीदन्ति दरिद्रा नित्यदुःखिताः ॥ २५ ॥
हिंसापरायण भएका, शिलरहित भएका एवं जितेन्द्रिय नभएका राजालाई राजा मानेर उसको सेवा गर्ने प्रजा सधैँ दरिद्र हुन्छन् जसले गर्दा अनेक किसिमको संकटमा फसिरहन्छन् ।।२५।।
एवं द्वितीयं विप्रर्षिस्तृतीयं त्वेवमेव च ।
विसृज्य स नृपद्वारि तां गाथां समगायत ॥ २६ ॥
यसरी नै ती ब्राह्मणको दोस्रो तेस्रो बालक जन्मेर त्यसरी नै मर्दा पनि उनले ती सबैलाई राजाको ढोकामा राखेर यसरी नै विलाप गर्दथे ।।२६।।
तामर्जुन उपश्रुत्य कर्हिचित् केशवान्तिके ।
परेते नवमे बाले ब्राह्मणं समभाषत ॥ २७ ॥
नवौ पुत्र पनि यसैगरी मरेकोले एकपटक भगवानको नजिकमा रहेका अर्जुनले ती ब्राह्मण नजिक गएर उनलाई यसो भने ।।२७।।
किं स्विद्‌ब्रह्मंस्त्वन्निवासे इह नास्ति धनुर्धरः ।
राजन्यबन्धुरेते वै ब्राह्मणाः सत्रमासते ॥ २८ ॥
हे ब्राह्मण के यस द्वारका नगरीमा कुनै धनुर्धारी वीर छैनन् ? के यी यदुवंशी राजाहरु प्रजाको काम छोडेर यज्ञमा मात्रै बस्ने ब्राह्मण जस्ता नाम मात्रका क्षत्रिय हुन् ? ।।२८।।
धनदारात्मजापृक्ता यत्र शोचन्ति ब्राह्मणाः ।
ते वै राजन्यवेषेण नटा जीवन्त्यसुम्भराः ॥ २९ ॥
जसको राज्यमा धनपत्नी पुत्र आदिले विमुख भएर ब्राह्मण दुःखी हुन्छन् त्यो क्षेत्री क्षेत्री होइन । त्यो त क्षेत्रीको रूप धारण गरेर आफ्नो पालनपोषण गर्ने नट मात्र हो ।।।२९।।
अहं प्रजाः वां भगवन् रक्षिष्ये दीनयोरिह ।
अनिस्तीर्णप्रतिज्ञोऽग्निं प्रवेक्ष्ये हतकल्मषः ॥ ३० ॥
हे भगवान ! आफ्ना पुत्र मृत्युका कारण हजुरहरु दुवै पतिपत्नी दुःखी हुनुभएको छ । म तपाईँहरूको सन्तानको रक्षा अवश्य गर्नेछु । यदि मैले रक्षा गर्न सकिन भने म अग्निमा प्रवेश गरेर मर्नेछु । यसो गर्दा मेरो पापको प्रायचित पनि हुनेछ ।।३०।।
ब्राह्मण उवाच–
सङ्‌कर्षणो वासुदेवः प्रद्युम्नो धन्विनां वरः ।
अनिरुद्धोऽप्रतिरथो न त्रातुं शक्नुवन्ति यत् ॥ ३१ ॥
तत्कथं नु भवान् कर्म दुष्करं जगदीश्वरैः ।
चिकीर्षसि त्वं बालिश्यात् तन्न श्रद्दध्महे वयम् ॥ ३२ ॥
ब्राह्मणले भने– मेरा पुत्रलाई बलरामजी भगवान श्री कृष्णले रक्षा गर्न सकेनन् भने यस्ता जगदिश्वरले समेत गर्न नसकेको काम तिमीले कसरी गर्न सक्छौ ? यो तिम्रो मूर्खता मात्र हो । तिम्रो यस कुरामा हामीलाई अलिकति पनि विश्वास लाग्दैन ।।३१–३२।।
अर्जुन उवाच–
नाहं सङ्‌कर्षणो ब्रह्मन् न कृष्णः कार्ष्णिरेव च ।
अहं वा अर्जुनो नाम गाण्डीवं यस्य वै धनुः ॥ ३३ ॥
अर्जुनले भने हे ब्राह्मण ! म न बलराम हो न कृष्ण नै हुँ । मेरो नाम अर्जुन हो । तर मसंग गाण्डिव नामको धनुष छ ।।३३।।
मावमंस्था मम ब्रह्मन् वीर्यं त्र्यम्बकतोषणम् ।
मृत्युं विजित्य प्रधने आनेष्ये ते प्रजाः प्रभो ॥ ३४ ॥
हे ब्राह्मण मैले आफ्नो पराक्रमले भगवान शंकरलाई प्रसन्न पारेको छु त्यसैले मेरो पराक्रमको तिरस्कार नगर्नुहोस् म युद्धमा मृत्युदेवलाई समेत जितेर तपाईको छोरालाई लिएर आउँछु ।।३४।।
एवं विश्रम्भितो विप्रः फाल्गुनेन परंतप ।
जगाम स्वगृहं प्रीतः पार्थवीर्यं निशामयन् ॥ ३५ ॥
हे परीक्षित ! अर्जुनले यसरी विश्वास दिलाएपछि ती ब्राह्मण देवता खुसी भएर अर्जुनको पराक्रमको बखान गरेर प्रसन्न हुँदै आफ्नो घरमा फर्के ।।३५।।
प्रसूतिकाल आसन्ने भार्याया द्विजसत्तमः ।
पाहि पाहि प्रजां मृत्योरित्याहार्जुनमातुरः ॥ ३६ ॥
ब्राह्मण पत्नीको प्रसव कालको समय आएपछि आतुर बनेका ती ब्राम्हणले अब तपाईंले मेरो सन्तानको रक्षा गर्नुहोस् भनेर अर्जुनलाई भने ।।३६।।
स उपस्पृश्य शुच्यम्भो नमस्कृत्य महेश्वरम् ।
दिव्यान्यस्त्राणि संस्मृत्य सज्यं गाण्डीवमाददे ॥ ३७ ॥
ब्राह्मणको कुरा सुनेर अर्जुनले पवित्र जलले आँचमन गरे र शंकर भगवानलाई नमस्कार गरे त्यसपछि आफ्नो दिव्यास्त्रको स्मरण गरेर ताँदो चढाएरको गाण्डिव धनु हातमा लिए ।।३७।।
न्यरुणत् सूतिकागारं शरैर्नानास्त्रयोजितैः ।
तिर्यगूर्ध्वमधः पार्थश्चकार शरपञ्जरम् ॥ ३८ ॥
अर्जुनले आफ्नो अस्त्रलाई मन्त्रहरुद्वारा अभिमन्त्रित गरेर चारैतिरबाट प्रसवगृहलाई बाणले पिन्जडा जस्तो बनाएर घेरा हाले ।।३८।।
ततः कुमारः सञ्जातो विप्रपत्न्याह रुदन् मुहुः ।
सद्योऽदर्शनमापेदे सशरीरो विहायसा ॥ ३९ ॥
त्यसपछि ब्राह्मण पत्नीको गर्भबाट एउटा बालक पैदा भएर रुन थाल्यो र त्यो बालक आफ्नो शरीरै सहित आकाशमा उडेर अदृस्य भयो (बिलायो) ।।३९।।
तदाऽऽह विप्रो विजयं विनिन्दन् कृष्णसन्निधौ ।
मौढ्यं पश्यत मे योऽहं श्रद्दधे क्लीबकत्थनम् ॥ ४० ॥
त्यसपछि ति ब्राह्मणले कृष्णको नजिकै अर्जुनको निन्दा गर्दै भन्न थाले– अहो ! म कति मूर्ख रहेछु आज मैले यस्तो नपुसकको फुर्तीलाई पनि पत्याए ।।४०।।
न प्रद्युम्नो नानिरुद्धो न रामो न च केशवः ।
यस्य शेकुः परित्रातुं कोऽन्यस्तदवितेश्वरः ॥ ४१ ॥
प्रद्युम्न, अनिरुद्ध, संकर्षण र श्रीकृष्णले समेत रक्षा गर्न नसकेको बालकलाई अब अरु कसले रक्षा गर्ला ? ।।४१।।
धिग् अर्जुनं मृषावादं धिगात्मश्लाघिनो धनुः ।
दैवोपसृष्टं यो मौढ्यादानिनीषति दुर्मतिः ॥ ४२ ॥
यो झुटो बोल्ने अर्जुनलाई धिक्कार छ । यो आत्मप्रशंसा गर्ने अर्जुनको धनुषलाई पनि धिक्कार छ । जसले प्रारब्धले नै हामीबाट खोसि लगेको बालकलाई मूर्खता बस फर्काउन खोजेको छ ।।४२।।
एवं शपति विप्रर्षौ विद्यामास्थाय फाल्गुनः ।
ययौ संयमनीमाशु यत्रास्ते भगवान् यमः ॥ ४३ ॥
यसरी ती ब्राह्मणले अर्जुनलाई भन्नु नभन्नु भने, त्यसपछि आफ्नो योग विद्याको बलले अर्जुन तत्काल संयमनी पुरीमापुगे जहाँ स्वामी यमराज रहनुहुन्छ  ।।४३।।
विप्रापत्यमचक्षाणस्तत ऐन्द्रीमगात् पुरीम् ।
आग्नेयीं नैर्ऋतीं सौम्यां वायव्यां वारुणीमथ ।
रसातलं नाकपृष्ठं धिष्ण्यान्यन्यान्युदायुधः ॥ ४४ ॥
त्यहाँ ब्राह्मणको बालकलाई नदेखेर उनी फेरी हातमा गाण्डिव धनुष लिएर इन्द्रपुरीमा गए । त्यहाँ पनि बालकलाई नदेखेपछि फेरी अग्नि, निऋति, सोम, वायु तथा वरुणदेवको लोकहरुमा पुगे ।।४४।।
ततोऽलब्धद्विजसुतो ह्यनिस्तीर्णप्रतिश्रुतः ।
अग्निं विविक्षुः कृष्णेन प्रत्युक्तः प्रतिषेधता ॥ ४५ ॥
यसरी सब लोकहरुमा खोज्दापनि ब्राह्मणका पुत्रलाई भेट्टाउन नसकेपछि आफ्नो प्रतिज्ञा पुरा गर्न नसकेका कारण अब अर्जुनले अग्निमा प्रवेश गर्ने विचार गरे । त्यतिबेला भगवान श्रीकृष्णले उनलाई रोक्नुभयो र भन्नुभयो–।।४५।।
दर्शये द्विजसूनूंस्ते मावज्ञात्मानमात्मना ।
ये ते नः कीर्तिं विमलां मनुष्याः स्थापयिष्यन्ति ॥ ४६ ॥
भगवानले भन्नुभयो– हे अर्जुन ! म तिमीलाई यी ब्राह्मणका सबै पुत्रलाई देखाइदिन्छु । तिमीले आफुलाई धिक्कार नगर । अहिले जसले तिम्रो निन्दा गरेका छन्, उनीहरुले नै हाम्रो निर्मल कीर्तिलाई गाउनेछन् ।।४६।।
इति संभाष्य भगवानर्जुनेन सहेश्वरः ।
दिव्यं स्वरथमास्थाय प्रतीचीं दिशमाविशत् ॥ ४७ ॥
अर्जुनलाई यसो भनेर भगवानले अर्जुनलाई आफ्नो दिव्य रथमा राखेर पश्चिम दिशातिर लाग्नुभयो ।।४८।।
सप्त द्वीपान् ससिन्धून् सप्तसप्तगिरीनथ ।
लोकालोकं तथातीत्य विवेश सुमहत्तमः ॥ ४८ ॥
भगवान श्रीकृष्ण सात पर्वत सात समुद्र एवं लोकालोक पर्वतलाई पार गरेर अन्धकारमा प्रवेश गर्नुभयो ।।४८।।
तत्राश्वाः शैब्यसुग्रीव मेघपुष्पबलाहकाः ।
तमसि भ्रष्टगतयो बभूवुर्भरतर्षभ ॥ ४९ ॥
हे परीक्षित ! त्यस घोर अन्धकारमा भगवान्का सैव्य, सुग्रीव, मेघपुष्प र बलाहक नामका घोडाहरु पनि आफ्नो बाटो भुलेर यताउति भड्किन थाले ।।४९।।
तान् दृष्ट्वाब भगवान् कृष्णो महायोगेश्वरेश्वरः ।
सहस्रादित्यसङ्‌काशं स्वचक्रं प्राहिणोत्पुरः ॥ ५० ॥
देवादिदेव भगवान श्रीकृष्णले घोडा यसरी भड्किर अलमलिएको देखेर हजारौं सूर्य समान तेजिलो आफ्नो चक्रलाई घोडा भन्दा अगाडि जानको लागि आज्ञादिनुभयो ।।५०।।
(मिश्र)
तमः सुघोरं गहनं कृतं महद्
     विदारयद्‌ भूरितरेण रोचिषा ।
मनोजवं निर्विविशे सुदर्शनं
     गुणच्युतो रामशरो यथा चमूः ॥ ५१ ॥
भगवान द्वारा नै उत्पन्न भएको त्यो अन्धकार अत्यन्त भयानक थियो । अब सुदर्शन चक्रको त्यो प्रकाशमान तेजद्वारा त्यस अन्धकारलाई छिचोल्दै मनको बेग्ले झैँ दौडेर अघिअघि बढ्यो, जसरी रामको धनुबाट छुटेको बाण राक्षसको सेनामा प्रवेश गर्दछ ।।५२।।
द्वारेण चक्रानुपथेन तत्तमः
     परं परं ज्योतिरनन्तपारम् ।
समश्नुवानं प्रसमीक्ष्य फाल्गुनः
     प्रताडिताक्षोऽपिदधेऽक्षिणी उभे ॥ ५२ ॥
यसरी सुदर्शन चक्रको तेजले बाटोलाई पहिल्याउँदै त्यो अन्धकारको अन्तिम सीमा मा पुग्नुभयो । अन्धकार पार गर्नासाथ त्यसभन्दा पर पार नै पाउन नसक्ने सर्वश्रेष्ठ ज्योतिले व्याप्त भएको दृष्य देखेर अर्जुनले त्यसलाई हेर्न नसकेर आफ्नो आँखा बन्द गरे ।।५२।।
ततः प्रविष्टः सलिलं नभस्वता
     बलीयसैजद्‌‌बृहदूर्मिभूषणम् ।
तत्राद्‌भुतं वै भवनं द्युमत्तमं
     भ्राजन्मणिस्तम्भसहस्रशोभितम् ॥ ५३ ॥
त्यसपछि त्यहाँ आँधी चलेका कारण जलको ठूलो लहर उठेको थियो । त्यहीँ दिव्य जलमा भगवानको रथ प्रवेश गर्यो । त्यहाँ जल भित्र हजारौं मणिका खम्बाहरुले सुशोभित भएको अत्यन्त उज्वलमय र आश्चर्यमय भवन थियो ।।५३।।
तस्मिन् महाभीममनन्तमद्‌भुतं
     सहस्रमूर्धन्यफणामणिद्युभिः ।
विभ्राजमानं द्विगुणोल्बणेक्षणं
     सिताचलाभं शितिकण्ठजिह्वम् ॥ ५४ ॥
यस महलमा हजारौं फणामा रहेका मणिहरू ज्योतिले सुशोभित भएको दुई हजार आँखा भएको कैलाश पर्वत समान शरीर भएको, घाँटी र जिब्रो निलो वर्ण भएको आश्चर्यमय शेषजीलाई अर्जुनले देखे ।।५४।।
ददर्श तद्‌भोगसुखासनं विभुं
     महानुभावं पुरुषोत्तमोत्तमम् ।
सान्द्राम्बुदाभं सुपिशङ्‌गवाससं
     प्रसन्नवक्त्रं रुचिरायतेक्षणम् ॥ ५५ ॥
शेषनागको सैयामा भगवान विष्णु विराजमान हुनुभएको थियो । उहाँको शरीर घना बादल जस्तो कान्तिले छाएको थियो । पहेँलो वस्त्र धारण गर्नुभएको, हसिलो अनुहार र सुन्दर आँखा भएको, बहुमूल्य मणिले जडित किरिट र कुण्डल धारण गर्नु भएको, घुम्रिएका केशभएका यस्ता सर्वव्यापक भगवानलाई अर्जुनले देखे ।।५५।।
महामणिव्रातकिरीटकुण्डल(
     प्रभापरिक्षिप्तसहस्रकुन्तलम् ।
प्रलम्बचार्वष्टभुजं सकौस्तुभं
     श्रीवत्सलक्ष्मं वनमालया वृतम् ॥ ५६ ॥
सुनन्दनन्दप्रमुखैः स्वपार्षदै(
     श्चक्रादिभिमूर्तिधरैर्निजायुधैः ।
पुष्ट्या श्रिया कीर्त्यजयाखिलर्द्धिभि(
     र्निषेव्यमाणं परमेष्ठिनां पतिम् ॥ ५७ ॥
लामा लामा सुन्दर हात भएका कौस्तुभ र श्रीवत्सचिन्ह मणि धारण गर्नुभएको, वनमाला आदिले सुशोभित हुनुभएको, सुनन्द नन्द आदि पार्षदहरु मूर्तिमान भएर खडा भएका, चक्र आदि उहाँका अस्त्रहरू र पुष्टि, श्री, कीर्ति र अजा यी चार शक्ति तथा सम्पूर्ण ऋध्दिहरूद्वारा सेवा गरिएका यस्ता ब्रह्मा आदि लोकपालका पनि स्वामी भगवानलाई अर्जुनले देखे ।।५६–५७।।
ववन्द आत्मानमनन्तमच्युतो
     जिष्णुश्च तद्दर्शनजातसाध्वसः ।
तावाह भूमा परमेष्ठिनां प्रभु(
     र्बद्धाञ्जली सस्मितमूर्जया गिरा ॥ ५८ ॥
भगवान श्रीकृष्णले आफ्नै स्वरूप भएका अनन्त भगवानलाई नमस्कार गर्नुभयो । अर्जुनले वहाँ भगवानलाई पहिलो पटक देखेर केही भयभित भए भगवान श्री कृष्णले नमस्कार गरेपछि उनले पनि प्रणाम गरे र हात जोडेर उभिरहे । त्यसपछि ब्रह्मादीका पनि देवता सर्वव्यापक विष्णु भगवानले मुस्कुराउँदै मधुर वाणीमा भन्नुभयो ।।५८।।
द्विजात्मजा मे युवयोर्दिदृक्षुणा
     मयोपनीता भुवि धर्मगुप्तये ।
कलावतीर्णाववनेर्भरासुरान्
     हत्वेह भूयस्त्वरयेतमन्ति मे ॥ ५९ ॥
मैले तिमीहरू दुबैलाई हेर्ने इच्छा भएको हुँदा ती ब्राह्मणका पुत्रलाई यहाँ लिएर आएको हुँ । तिमीहरु दुवै पृथ्वीमा धर्मको रक्षा गर्नको लागि मेरो कलाबाट अवतीर्ण भएका हौ । पृथ्वीको भार भएका असुरको वध गरेर तिमीहरु दुवै फेरी मेरो नजिक आउने छौ ।।५९।।
(अनुष्टुप्)
पूर्णकामावपि युवां नरनारायणावृषी ।
धर्ममाचरतां स्थित्यै ऋषभौ लोकसङ्‌ग्रहम् ॥ ६० ॥
तिमीहरू दुवै ऋषिहरूमा मेरो स्वरुप नर र नारायण ऋषि हौ । यद्यपि तिमी दुवै श्रेष्ठ र पूर्ण काम छौ तापनि जगतको स्थितिका लागि लोकसंग्रहरुप धर्मको आचरण गरिरहेका छौ ।।६०।।
इत्यादिष्टौ भगवता तौ कृष्णौ परमेष्ठिना ।
ओमित्यानम्य भूमानमादाय द्विजदारकान् ॥ ६१ ॥
न्यवर्तेतां स्वकं धाम सम्प्रहृष्टौ यथागतम् ।
विप्राय ददतुः पुत्रान् यथारूपं यथावयः ॥ ६२ ॥
जब जगन्नियन्ता भगवान विष्णुले श्रीकृष्ण र अर्जुनलाई यस प्रकार आज्ञा दिनुभयो तब उहाँहरूले भगवानको वचनलाई स्वीकार गरेर उहाँलाई नमस्कार गर्नुभयो । त्यसपछि ब्राह्मणका ती दुई पुत्रलाई लिएर जुन बाटो भएर जानुभएको थियो त्यही बाटो भएर आनन्दपूर्वक द्वारका फर्कनुभयो । त्यतिबेलासम्म ती ब्राह्मणपुत्र उमेरले ठूला भइसकेका थिए उनीहरूको रूप र प्रकृति पहिलाको जस्तै थियो । त्यसपछि भगवान् श्रीकृष्ण र अर्जुनले ती दुवै बालकलाई उनका बाबुलाई जिम्मा दिनुभयो ।।६१–६२।।
निशाम्य वैष्णवं धाम पार्थः परमविस्मितः ।
यत्किञ्चित् पौरुषं पुंसां मेने कृष्णानुकम्पितम् ॥ ६३ ॥
भगवान विष्णुको त्यो परमधामलाई देखेर अर्जुन आश्चर्य चकित भएका थिए । त्यसपछि उनले बुझेकी संसारका जीवमा जुन बल र पौरष छ भने त्यो भगवान श्रीकृष्ण कै कुपाले गर्दा भएको हो ।।६३।।
इतीदृशान्यनेकानि वीर्याणीह प्रदर्शयन् ।
बुभुजे विषयान् ग्राम्यानीजे चात्युर्जितैर्मखैः ॥ ६४ ॥
हे परीक्षित ! भगवानले यस्ता अनेकौं ऐश्वर्य एवं वीरताले पूर्ण भएका लीलाहरु गर्नुभएको छ । जुन लिलाहरु सामान्य मानिसले जस्तै सांसारिक भोगहरु पनि गर्नु भयो र धेरै यज्ञहरु पनि गर्नुभयो ।।६४।।
प्रववर्षाखिलान् कामान् प्रजासु ब्राह्मणादिषु ।
यथाकालं यथैवेन्द्रो भगवाञ्छ्रैष्ठ्यमास्थितः ॥ ६५ ॥
श्रेष्ठ पुरुषको जस्तो आचरण गरेर भगवान श्रीकृष्णले ब्राह्मण आदि सबै प्रजाहरुका कामनाहरु यसरी पूर्ण गर्नुभयो । जसरी इन्द्रले समयसमयमा वर्षा गरेर प्रजाको सबै इच्छा पूरा गर्दछन् ।।६५।।
हत्वा नृपानधर्मिष्ठान् घातयित्वार्जुनादिभिः ।
अञ्जसा वर्तयामास धर्मं धर्मसुतादिभिः ॥ ६६ ॥
भगवान् श्रीकृष्णले धेरै अधर्मी राजाहरुलाई आफैं मरेर, कतिलाई अर्जुनद्वारा मार्न लगाउनु भयो । त्यसपछि वहाँले युधिष्ठिर आदि राजाहरुको माध्यमबाट यज्ञयज्ञादि गरेर अनायसै पृथिवीमा धर्मको स्थापना गर्नुभयो ।।६६।।
इति श्रीमद्भाृगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
द्विजकुमारानयनं नाम एकोननवतितमोऽध्यायः ॥ ८९ ॥