श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - अष्टादशोऽध्यायः
ययातिचरितम् -
श्रीशुक उवाच
यतिर्ययातिः संयातिरायतिर्वियतिः कृतिः ।
षडिमे नहुषस्यासन्निन्द्रियाणीव देहिनः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! जसरी शरीरमा छ इन्द्रियहरू हुन्छन्, त्यसरी नै नहुषका छः वटा छोरा थिए । यिनीहरुको नाम यती, ययाति संयाति, आयती, वियति र कृति थियो ।।१।।
राज्यं नैच्छद् यतिः पित्रा दत्तं तत्परिणामवित् ।
यत्र प्रविष्टः पुरुष आत्मानं नावबुध्यते ॥ २ ॥
नहुषले आफ्नो जेठो छोरा यतीलाई राज्य दिन चाहन्थे तर उनले मानेनन् किनभने राज्य प्राप्तिको परिणाम उसलाई थाहा थियो । राज्य यस्तो चिज हो, जसको नियम–कानून दाउपेच आदिमा अलमल्न्छि उसले आत्मस्वरूप बारे बुझ्दैन ।।२।।
पितरि भ्रंशिते स्थानादिन्द्राण्या धर्षणाद् द्विजैः ।
प्रापितेऽजगरत्वं वै ययातिरभवन्नृपः ॥ ३ ॥
इन्द्रकी पत्नी सची संग सहवासको चेष्टा गरेका कारण जब ब्राह्मणहरूले नहुषलाई इन्द्रको सिंहासनबाट फ्याँकिदिए त्यसपछि उनी अजिंगर बने, त्यसपछि ययाति राजाको सिंहासनमा बसे ।।३।।
चतसृष्वादिशद् दिक्षु भ्रातॄन् भ्राता यवीयसः ।
कृतदारो जुगोपोर्वीं काव्यस्य वृषपर्वणः ॥ ४ ॥
ययातिनले आफ्ना चार भाइहरूलाई चार दिशामा नियुक्त गरे र आफैंले शुक्राचार्यकी छोरी देवयानी र दानव राजा वृषपर्वाकी छोरी शर्मिष्ठालाई पत्नीको रूपमा स्वीकार गरी पृथ्वीको रक्षा गर्न थाले ।।४।।
राजोवाच
ब्रह्मर्षिर्भगवान् काव्यः क्षत्रबन्धुश्च नाहुषः ।
राजन्यविप्रयोः कस्माद् विवाहः प्रतिलोमकः ॥ ५ ॥
राजा परीक्षितले सोधे– प्रभु ! भगवान शुक्राचार्यजी ब्राह्मण र ययाति क्षत्रिय थिए । तरपनि ब्राह्मण केटी र क्षत्रिय केटा बिच बिचातीय विवाह कसरी भयो ?
श्रीशुक उवाच
एकदा दानवेन्द्रस्य शर्मिष्ठा नाम कन्यका ।
सखीसहस्रसंयुक्ता गुरुपुत्र्या च भामिनी ॥ ६ ॥
देवयान्या पुरोद्याने पुष्पितद्रुमसङ्कुले ।
व्यचरत् कलगीतालिनलिनीपुलिनेऽबला ॥ ७ ॥
श्रीशुकदेवजीले भने– राजन ! दानव राजा वृषपर्वाको एक धेरै बुद्धिमान छोरी थिइन् । उनको नाम शर्मिष्ठा थियो । एक दिन उनी आफ्ना गुरुकी छोरी देवयानी सहित हजारौं साथीहरूसँग राजधानीको सबैभन्दा राम्रो बगैंचामा टहल्दै थिइन् । त्यो बगैँचामा सुन्दर फूलहरूले भरिएका धेरै रूखहरू थिए । त्यहाँ धेरै सुन्दर सरोवर थियो त्यस सरोवरमा राम्रा राम्रा कमलहरू फुलिरहेका थिए । त्यहाँ धेरै मीठो आवाजले भ्रवराहरु गुनगुनिरहेका थिए । त्यो आवाज सरोवरको किनार सम्म गुन्जिरहेको थियो ।।६–७।।
ता जलाशयमासाद्य कन्याः कमललोचनाः ।
तीरे न्यस्य दुकूलानि विजह्रुः सिञ्चतीर्मिथः ॥ ८ ॥
सरोवर नजिक पुगेर ती सुन्दरी केटीहरूले आ–आफ्नो लुगा किनारमा राखे र पोखरीमा पसेपछि एक अर्कामा पानी छ्यापेर खेल्न थाले ।।८।।
वीक्ष्य व्रजन्तं गिरिशं सह देव्या वृषस्थितम् ।
सहसोत्तीर्य वासांसि पर्यधुर्व्रीडिताः स्त्रियः ॥ ९ ॥
त्यही समयमा भगवान शंकर साँढेमा चडेर पार्वतीजीका साथमा त्यहाँ आउनुभयो । उहाँलाई देखेर सबै केटीहरू डराए र तुरुन्तै तालबाट बाहिर आए र आफ्नो लुगा लगाए ॥ ९ ॥
शर्मिष्ठाजानती वासो गुरुपुत्र्याः समव्ययत् ।
स्वीयं मत्वा प्रकुपिता देवयानी इदमब्रवीत् ॥ १० ॥
हतारको कारण, अनजानमा शर्मिस्ठाले देवयानीको लुगा लगाउन पुगिन् । यो देखेर देवयानीले रिसाउँदै भनिन् ।।१०।।
अहो निरीक्ष्यतामस्या दास्याः कर्म ह्यसाम्प्रतम् ।
अस्मद्धार्यं धृतवती शुनीव हविरध्वरे ॥ ११ ॥
हेर, हेर, यो दासीले कस्तो अनुचित काम गरी ! राम–राम, जसरी कुकुरले यज्ञको हविष्य बोकेर जान्छ, त्यसरी नै यसले मेरो लुगा लगाएकी छ ।।११।।
यैरिदं तपसा सृष्टं मुखं पुंसः परस्य ये ।
धार्यते यैरिह ज्योतिः शिवः पन्थाश्च दर्शितः ॥ १२ ॥
यान् वन्दन्त्युपतिष्ठन्ते लोकनाथाः सुरेश्वराः ।
भगवानपि विश्वात्मा पावनः श्रीनिकेतनः ॥ १३ ॥
वयं तत्रापि भृगवः शिष्योऽस्या नः पितासुरः ।
अस्मद्धार्यं धृतवती शूद्रो वेदमिवासती ॥ १४ ॥
जुन ब्राह्मणले आफ्नो तपस्याको बलले यस संसारको सृष्टि गरे, जो परमपुरुष भगवानको मुख हुन्, जो ज्योतिर्मय परमात्मालाई सदैव आफ्नो हृदयमा राख्छन् र जसले सबै प्राणीहरूको कल्याणको लागि वैदिक मार्गको निर्देशन गरेका छन्, ठुला ठुला लोकपालहरू र देवता, इन्द्र, ब्रह्मा आदि जसको चरणमा उनै ब्राह्मणको हामी पूजा गर्छौं र सेवा गर्छौं – अझ के हो भने, हामी ती ब्राह्मणहरू मध्ये सर्वश्रेष्ठ भृगुवंशी हौं जसको परम पवित्र विश्वात्मा लक्ष्मीको एकमात्र आश्रय स्वयं भगवानले समेत वन्दना गर्नुहुन्छ स्तुति गर्नुहुन्छ उनै ब्राह्मणमा हामी सर्वश्रेष्ठ भृगुवंशी हौं । पहिलो त यसको बाबु असुर र उनी हाम्रा चेला पनि हुन् भने यस दुष्टले शूद्रले वेद पढेझैँ मेरो कपडा लगाइदिई भनेर गालि गरिन् ।।१२–१४।।
एवं शपन्तीं शर्मिष्ठा गुरुपुत्रीमभाषत ।
रुषा श्वसन्त्युरङ्गीव धर्षिता दष्टदच्छदा ॥ १५ ॥
देवयानीले यसरी गाली गर्न थालेपछि शर्मिष्ठा रिसाएकी थिइन् । घाईते सर्प जस्तै लामो लामो सास फेर्न थालिन् । उनले आफ्ने दाँतमा ओठ थिचेर भनिन् ।।१५।।
आत्मवृत्तमविज्ञाय कत्थसे बहु भिक्षुकि ।
किं न प्रतीक्षसेऽस्माकं गृहान् बलिभुजो यथा ॥ १६ ॥
ए भिखारी ! तिमी किन यसरी बहकिन्छेउ, तिमीलाई म के कुरा गर्दैछु भन्ने थाहा छ ? जसरी काग र कुकुरहरू हाम्रा ढोकामा रोटीको टुक्राको लागि कुरिरहन्छन् त्यसरी नै तिमीहरु हाम्रो घरको ढोका चहार्दैनौ ?।।१६।।
एवंविधैः सुपरुषैः क्षिप्त्वाऽऽचार्यसुतां सतीम् ।
शर्मिष्ठा प्राक्षिपत् कूपे वासे आदाय मन्युना ॥ १७ ॥
शर्मिष्ठाले यस्ता धेरै कठोर शब्द बोलेर गुरुकी छोरी देवयानीको अपमान गरेर रिसाउँदै उनको लुगा खोसेर इनारमा फ्याकिदिइन् ।।१७।।
शर्मिष्ठा गएपछि संयोगवश राजा ययाति शिकार खेल्दै त्यहाँ आइपुगे । उसलाई पानी आवस्यक थियो, त्यसैले त्यहाँ हेर्दा उनले देवयानीलाई तलाउमा परिरहेको देखे ।।१८।।
तस्यां गतायां स्वगृहं ययातिर्मृगयां चरन् ।
प्राप्तो यदृच्छया कूपे जलार्थी तां ददर्श ह ॥ १८ ॥
दत्त्वा स्वमुत्तरं वासः तस्यै राजा विवाससे ।
गृहीत्वा पाणिना पाणिमुज्जहार दयापरः ॥ १९ ॥
त्यतिबेला उनी लुगाविहीन थिइन् । त्यसैले उसले उसलाई आफ्नो ओडने दिए र उनीमाथि दया गर्दै आफ्नो हातले उनको हातमा समाएर बाहिर निकाले ।। १९।।
तं वीरमाहौशनसी प्रेमनिर्भरया गिरा ।
राजंस्त्वया गृहीतो मे पाणिः परपुरञ्जय ॥ २० ॥
हस्तग्राहोऽपरो मा भूद् गृहीतायास्त्वया हि मे ।
एष ईशकृतो वीर सम्बन्धो नौ न पौरुषः ।
यदिदं कूपमग्नाया भवतो दर्शनं मम ॥ २१ ॥
देवयानीले वीर ययातिलाई मायालु स्वरमा भनिन्– ’वीरशिरोमणि राजन ! आज तपाईले मेरो हात समात्नु भयो अब तपाईले समातेको मेरो हातलाई अरु कसैले नसमातुन् । बीरवर ! तलाउमा खसेको बेलामा मैले आज अचानक तपाईलाई देखें । यो भगवालेनै बनाइ दिनुभएको सम्बन्ध हो । यसमा हाम्रो वा अरु कुनै मानिसको कारणले होइन ।।२०–२१।।
न ब्राह्मणो मे भविता हस्तग्राहो महाभुज ।
कचस्य बार्हस्पत्यस्य शापाद् यमशपं पुरा ॥ २२ ॥
बीरश्रेष्ठ ! यसअघि बृहस्पतिका पुत्र कचलाई मैले श्राप दिएको थिएँ, त्यसको बदलामा उनले पनि मलाई श्राप दिएका थिए यसकारण ब्राह्मणले मसँग विवाह गर्न सक्दैनन् ।।२२।।
ययातिरनभिप्रेतं दैवोपहृतमात्मनः ।
मनस्तु तद्गरतं बुद्ध्वा प्रतिजग्राह तद्वचः ॥ २३ ॥
ययातिलाई शास्त्रविपरीत भएकाले यो सम्बन्ध उचित लागेको थिएन तर उसले सोच बिचार गरे कि प्रारब्धले नै मलाई यो उपहार दिएको हो र मेरो मन पनि त्यसतर्फ आकर्सित भैरहेको छ । त्यसैले ययातिले उनको कुरालाई स्वीकार गरे ।
गते राजनि सा वीरे तत्र स्म रुदती पितुः ।
न्यवेदयत् ततः सर्वमुक्तं शर्मिष्ठया कृतम् ॥ २४ ॥
वीर राजा ययाति गएपछि देवयानी रुँदै बुवा शुक्राचार्यकहाँ गइन् र शर्मिष्ठाले गरेको सबै कुरा सुनाइन् ।।२४।।
दुर्मना भगवान् काव्यः पौरोहित्यं विगर्हयन् ।
स्तुवन् वृत्तिं च कापोतीं दुहित्रा स ययौ पुरात् ॥ २५ ॥
शर्मिष्ठाको व्यवहारबाट शुक्राचार्य पनि रिसाए । उनले पुरोहित कामको निन्दा गर्न लागे । त्यसको सट्टा खेत वा बजारबाट परेवाले जस्तै केही ल्याएर खानु राम्रो होला भन्ने सोचे । त्यसैले उनले आफ्नी छोरी देवयानीलाई लिएर शहरबाट निक्ले ।।२५।।
वृषपर्वा तमाज्ञाय प्रत्यनीकविवक्षितम् ।
गुरुं प्रसादयन् मूर्ध्ना पादयोः पतितः पथि ॥ २६ ॥
जब वृषपर्वालाई यो कुरा थाहा भयो, उनको मनमा शंका भयो कि कतै गुरुजीले शत्रुहरूलाई विजयी नगराउन वा मलाई श्राप नदिउन् । त्यसैले उहाँलाई खुसी पार्न पछि–पछि दौडे र उहाँको चरणमा आफ्नो सिर राखे ।।२६।।
क्षणार्धमन्युर्भगवान् शिष्यं व्याचष्ट भार्गवः ।
कामोऽस्याः क्रियतां राजन् नैनां त्यक्तुमिहोत्सहे ॥ २७ ॥
भगवान शुक्राचार्यको क्रोध केहिक्षणका लागि मात्रै रह्यो । उनले वृषपर्वलाई भने– ‘राजा ! म मेरी छोरी देवयानीलाई छोड्न सक्दिन । त्यसैले उनको इच्छा के हो त्यो तिमीले पूरा गर्छौ भने मलाई फर्कन कुनै आपत्ति छैन ।।२७।।
तथेत्यवस्थिते प्राह देवयानी मनोगतम् ।
पित्रा दत्ता यतो यास्ये सानुगा यातु मामनु ॥ २८ ॥
जब वृषपर्वाले ठीक छ भनेर उनको आदेश स्वीकार गरे, त्यसपछि देवयानीले आफ्नो कुरा भनिन्– पतिाजीले मलाई जसलाई दिनुहुन्छ र म जहाँ जहाँ जाउँ शर्मिष्ठा पनि मेरा साथीहरुका साथमा मेरो सहयोगको लागि जानुपर्छ ।।२८।।
स्वानां तत् सङ्कटं वीक्ष्य तदर्थस्य च गौरवम् ।
देवयानीं पर्यचरत् स्त्रीसहस्रेण दासवत् ॥ २९ ॥
आफ्नो परिवारमा पर्न आएको संकट र आफ्नो कामको गर्व देखेर शर्मिष्ठाले देवयानीको कुरालाई स्वीकार गरिन् र आफ्ना हजारौं साथीहरूका साथमा दासीको रूपमा उनको सेवा गर्न थालिन् ।।२९।।
नाहुषाय सुतां दत्त्वा सह शर्मिष्ठयोशना ।
तमाह राजञ्छर्मिष्ठामाधास्तल्पे न कर्हिचित् ॥ ३० ॥
शुक्राचार्यले देवयानीलाई राजा ययातिसँग विवाह गरी शर्मिष्ठालाई दासीको रूपमा दिएर भने– हे राजन् ! उसलाई आफ्नो ओछ्यानमा कहिल्यै पनि आउन नदिनुहोला ।।३०।।
विलोक्यौशनसीं राजञ्छर्मिष्ठा सप्रजां क्वचित् ।
तमेव वव्रे रहसि सख्याः पतिमृतौ सती ॥ ३१ ॥
परीक्षित ! केही दिनपछि देवयानीले छोरालाई जन्म दिइन् । उनलाई छोरीको रूपमा देखेर, एक दिन शर्मिष्ठाले आफ्नो महिनावारीमा देवयानीका पति ययातिलाई एकान्तमा सहवासका लागि अनुरोध गरिन् ।।३१।।
राजपुत्र्यार्थितोऽपत्ये धर्मं चावेक्ष्य धर्मवित् ।
स्मरञ्छुक्रवचः काले दिष्टमेवाभ्यपद्यत ॥ ३२ ॥
शर्मिष्ठाको कुरा जायज देखेर ययातिले शुक्राचार्यले पहिले भनेका कुरा सम्झेरर यो निश्चय गरे कि प्रारब्ध अनुसार जे हुनेछ, त्यो ठीकै हुनेछ ।।३२।।
यदुं च तुर्वसुं चैव देवयानी व्यजायत ।
द्रुह्युं चानुं च पूरुं च शर्मिष्ठा वार्षपर्वणी ॥ ३३ ॥
देवयानीका यदु र तुर्वसु नामका दुई छोरा भए भने वृषपर्वाकी छोरी शर्मिष्ठाका तीन छोरा थिए – जुन द्रुह्यु, अनु र पुरु थिए ।।३३।।
गर्भसम्भवमासुर्या भर्तुर्विज्ञाय मानिनी ।
देवयानी पितुर्गेहं ययौ क्रोधविमूर्छिता ॥ ३४ ॥
प्रियामनुगतः कामी वचोभिरुपमन्त्रयन् ।
न प्रसादयितुं शेके पादसंवाहनादिभिः ॥ ३५ ॥
जब देवयानीले आाफ्ना पतिबाट शर्मिष्ठाको गर्भ रहेको कुरा थाहा भयो अनि उनि रिसले भौंतारिएर आफ्नो पिताको घर गइन् कामोत्तेजक ययातिले देवयानीलाई मीठो बोली बोलेर र खुट्टा मिचेर मनाउन खोजे तर मनाउन सकेनन् ।।३४–३५।।
शुक्रस्तमाह कुपितः स्त्रीकामानृतपूरुष ।
त्वां जरा विशतां मन्द विरूपकरणी नृणाम् ॥ ३६ ॥
शुक्राचार्यजी पनि क्रोधित भए र ययातिलाई भने – तिमी अति स्त्रीलम्पट, भन्दबुध्दि झूटा रहेछौ । जाउ, तिम्रो शरीरलाई कुरुप बनाउने बुढ्यौली आसोस् ।।३६।।
ययातिरुवाच
अतृप्तोऽस्म्यद्य कामानां ब्रह्मन् दुहितरि स्म ते ।
व्यत्यस्यतां यथाकामं वयसा योऽभिधास्यति ॥ ३७ ॥
ययातिनले भने– हे ब्राह्मण ! तपाईकी छोरी सँगको यौन आनन्दले म अझै सन्तुष्ट भएको छैन । तिम्री छोरीलाई पनि यो श्रापले अनिष्ट गर्दछ । त्यसपछि शुक्राचार्यजीले भने– ठीक छ, जसले तिमीलाई खुसिभएर आफ्नो जवानी दिएला त्यतिबेला तिमी आफ्नो बुढ्यौलीमा बदल ।।३७।।
इति लब्धव्यवस्थानः पुत्रं ज्येष्ठमवोचत ।
यदो तात प्रतीच्छेमां जरां देहि निजं वयः ॥ ३८ ॥
मातामहकृतां वत्स न तृप्तो विषयेष्वहम् ।
वयसा भवदीयेन रंस्ये कतिपयाः समाः ॥ ३९ ॥
शुक्राचार्यजीले यसो भनेपछि ययाति आफ्नो राजधानीमा आए र आफ्नो जेठो छोरा यदुलाई भने– ’छोर ! तिमीले मलाई तिम्रो यौवन देउ र हजुरबुवाले दिएको यो बुढ्यौली तिमीले स्वीकार किनभने मेरो प्यारो छोरा ! म अझै पनि विषयहरु संग सन्तुष्ट हुन सकेको छैन । त्यसकारण, म तिम्रो जवानिको आयु लिएर थप केही वर्ष आनन्दको भोग गर्नेछु ।।३८–३९।।
यदुरुवाच –
नोत्सहे जरसा स्थातुमन्तरा प्राप्तया तव ।
अविदित्वा सुखं ग्राम्यं वैतृष्ण्यं नैति पूरुषः ॥ ४० ॥
यदुले भने– पिताजी ! म यो समय तपाईको बुढ्याइपन लिएर बाँच्न सक्तिन किनभने मानिसले जवसम्म विषय सुखको अनुभव गर्दैन तबसम्म उसलाई वैराग्य आउँदैन ।।४०।।
तुर्वसुश्चोदितः पित्रा द्रुह्युश्चानुश्च भारत ।
प्रत्याचख्युरधर्मज्ञा ह्यनित्ये नित्यबुद्धयः ॥ ४१ ॥
परीक्षित ! त्यसैगरी तुर्वसु, द्रुह्यु र अनुले पनि बुबाको आज्ञालाई अस्वीकार गरे । सत्यकुरा के हो भने ती छोराहरूलाई धर्मको तत्वका बारेमा थाहा थिएन । उनीहरु यो अनित्य शरीरलाई नै नित्य मान्दथे ।।४१।।
अपृच्छत् तनयं पूरुं वयसोनं गुणाधिकम् ।
न त्वमग्रजवद् वत्स मां प्रत्याख्यातुमर्हसि ॥ ४२ ॥
त्यसपछि ययातिले आफ्नो कान्छो छोरो पुरुलाई बोलाए, जो सबैभन्दा गुणवान थियो र उसलाई सोध– छोरा तिमीले अरु दाजुहरुले जस्तै मेरो कुरालाई इन्कार नगर ।।४२।।
पूरुरुवाच
को नु लोके मनुष्येन्द्र पितुरात्मकृतः पुमान् ।
प्रतिकर्तुं क्षमो यस्य प्रसादाद् विन्दते परम् ॥ ४३ ॥
पुरुले भने पिताजी ! पिताको कृपाले नै मानिसले परमपद प्राप्त गर्न सक्छ वास्तवमा छोराको शरीर पिताले नै दिएका हुन् । यस्तो अवस्थामा पिताको उपकार चुकाउन सक्ने कुरा आरु के छ र ? ।।४३।।
उत्तमश्चिन्तितं कुर्यात् प्रोक्तकारी तु मध्यमः ।
अधमोऽश्रद्धया कुर्यादकर्तोच्चरितं पितुः ॥ ४४ ॥
जसले बाबुको मनको कुरा बुझेर नभनि कन नै गरिदिन्छ भने त्यो नै उत्तम पुत्र हो । भनेपछि श्रध्दाका साथ आज्ञापालन गर्ने पुत्रलाई मध्यमपुत्र भनिन्छ । आज्ञा पाएर पनि आज्ञाको अवहेलना गर्ने पुत्रलाई नीचपुत्र भनिन्छ र जसले बाबुको आज्ञालाई पालन गदैन भने उसलाई छोरो भन्नु गलत हो । उ ता पिताको मलमूत्र समान हुनुहुन्छ ।।४४।।
इति प्रमुदितः पूरुः प्रत्यगृह्णाज्जरां पितुः ।
सोऽपि तद्वयसा कामान् यथावज्जुजुषे नृप ॥ ४५ ॥
परीक्षित ! यसरी जो आज्ञा भनेर पुरुले आफ्ना पिताको को वृद्धावस्थालाई खुसीसाथ स्वीकार गरे । राजा ययातिले पनि युवावस्था लिएर पहिले जस्तै भोग गर्न थाले ।।४५।।
सप्तद्वीपपतिः सम्यक् पितृवत् पालयन् प्रजाः ।
यथोपजोषं विषयाञ्जुजुषेऽव्याहतेन्द्रियः ॥ ४६ ॥
उनी सात द्विपका एकमात्र सम्राट थिए । पिताले जस्तै गरेर उनले आफ्ना प्रजाहरुको हेर बिचार गर्न लागे । उनको इन्द्रियमा पुर्ण शक्ति थियो । उनी आफ्नो इच्छा अनुसारको विषयको भोग गर्न सक्थे ।।४६।।
देवयान्यप्यनुदिनं मनोवाग्देहवस्तुभिः ।
प्रेयसः परमां प्रीतिमुवाह प्रेयसी रहः ॥ ४७ ॥
देवयानी उनकी प्यारी पत्नी थिइन् । उनी प्रतिदिन आफ्नो मन, वाणी, शरीर र द्वारा आफ्ना प्यारा पतिलाई एकान्तमा सुख दिएर प्रसन्न गर्न लागिन् ।।४७।।
अयजद् यज्ञपुरुषं क्रतुभिर्भूरिदक्षिणैः ।
सर्वदेवमयं देवं सर्ववेदमयं हरिम् ॥ ४८ ॥
राजाले समस्त वेदका प्रतिपाद्य परमदेव भगवान श्री हरिकाको यज्ञ गरे ।।४८।।
यस्मिन्निदं विरचितं व्योम्नीव जलदावलिः ।
नानेव भाति नाभाति स्वप्नमायामनोरथः ॥ ४९ ॥
जसरी आकाशमा बादल देखिन्छ र कहिले कतै देखिदैन, त्यसैगरी भगवानको स्वरुपमा यो जगत सपना, माया र मनोराज्य समान काल्पनिक छ । यो कहिले धेरै नाम र रूपहरूमा देखा पर्दछ र कहिले देखा पर्दैन पनि ।।४९।।
तमेव हृदि विन्यस्य वासुदेवं गुहाशयम् ।
नारायणमणीयांसं निराशीरयजत् प्रभुम् ॥ ५० ॥
एवं वर्षसहस्राणि मनःषष्ठैर्मनःसुखम् ।
विदधानोऽपि नातृप्यत् सार्वभौमः कदिन्द्रियैः ॥ ५१ ॥
,
भगवान सबैको हृदयमा बास गर्नुहुन्छ । उहाँको रूप सूक्ष्मभन्दा सूक्ष्म छ । उही शक्तिशाली सर्वव्यापी भगवान श्री नारायणलाई आफ्नो हृदयमा स्थापित गरेर, राजा ययातिले निष्काम भावले यज्ञ गरे यसरी हजार वर्षसम्म आफ्नो सूक्ष्म इन्द्रियहरूलाई मनमा जोडेर मनपर्ने विषयहरूको भोग गरे । तर यति गर्दापनि ती चक्रवर्ती सम्राट ययातिको भोगबाट सन्तुष्ट हुन सकेनन् ।।५०–५१।।
इति श्रीमद्भाूगवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे अष्टादशोऽध्यायः ॥ १८ ॥