#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

द्वितीय स्कंधः - अष्टमोऽध्यायः


श्रीमद्भागवत महापुराण
द्वितीय स्कंधः - अष्टमोऽध्यायः


राजोवाच
(अनुष्टुप्)
ब्रह्मणा चोदितो ब्रह्मन् गुणाख्यानेऽगुणस्य
यस्मै यस्मै यथा प्राह नारदो देवदर्शनः

राजा परिक्षितले सोधे
भगवन् तपाई वेदवेत्ताहरूमा श्रेष्ठ हुनुहुन्छ तपाईसंग यो जान्न चाहान्छु कि ब्रम्हजीले निर्गुण भगवान्को गुणको बारेमा वर्णन गर्न नारदजीलार्ई उपदेश दिनु भएपछि नारदले उनले कसकसलार्ई कसरी उपदेश दिए   

एतत् वेदितुमिच्छामि तत्त्वं तत्त्वविदां वर
हरेरद्भुतवीर्यस्य कथा लोकसुमङ्गलाः

अद्भुतकर्मा भगवानको कथा लोकका लागि परम मंगल दायक नारद पनि सबैलार्ई भगवद् दर्शन गराउने स्वभाव भएका नै हुन   

कथयस्व महाभाग यथाऽहं अखिलात्मनि
कृष्णे निवेश्य निःसङ्गं मनस्त्यक्ष्ये कलेवरम्

अब तपाई मलार्ई यस्तो उपदेश दिनुहोस कि आफ्नो आशक्ति रहित मनलार्ई भगवान् श्रीकृष्णमा तन्मय गरेर आफ्नो शरीर छाड्न सकुं ।।३।।

शृण्वतः श्रद्धया नित्यं गृणतश्च स्वचेष्टितम्
कालेन नातिदीर्घेण भगवान्विशते हृदि

जसले श्रध्दा भक्ति पूर्वक वहाँका लीलाहरू सधैं सुन्दछ अथवा भन्दछ, उस्को हृदयमा चाढै नै भगवान् प्रवेश गर्नु हुनेछ ।।४।।

प्रविष्टः कर्णरन्ध्रेण स्वानां भावसरोरुहम्
धुनोति शमलं कृष्णः सलिलस्य यथा शरत्

जसरी सरद ऋतुको पानीले हिलोलार्ई पखालि नाश गरिदिने , त्यसरी नै वहाँ कानको प्वालद्वारा आफ्नो भक्तको भावमय हृदयमा गएर बस्नुहुन्छ भक्तको मनमा भएको मैलोलार्ई नाश गरिदिनुहुन्छ ।।५।।

धौतात्मा पुरुषः कृष्ण पादमूलं मुञ्चति
मुक्तसर्वपरिक्लेशः पान्थः स्वशरणं यथा

बाटोको सबै दुःखबाट छुटकारा पाएको ब्यक्तिले घर आएपछि फेरि घर छोड्न नचाहे झैं जसको मन सुध्द भएको हुन्छ उसले भगवान् श्रीकृष्णलार्ई एकक्षण पनि छोड्न सक्तैन ।।६।।

यदधातुमतो ब्रह्मन्देहारम्भोऽस्य धातुभिः
यदृच्छया हेतुना वा भवन्तो जानते यथा

भगवान्! जीवको पञ्चभूतसंग कुनै सम्बन्ध हुदैन तापनि उस्को शरीर पञ्चभूतले नै बनेको हुन्छ यो स्वभावले यस्तो हुने हो कि अथवा कुनै कारणले हो तपाई यसको मर्मको बारेमा राम्ररी जान्नुहुन्छ त्यसैले सो बारेमा मलाई बताउंनुहोस ।।७।।

आसीद् यदुदरात्पद्मं लोकसंस्थानलक्षणम्
यावानयं वै पुरुष इयत्तावयवैः पृथक्
तावानसाविति प्रोक्तः संस्थावयववानिव

भगवान्को नाभिबाट कमल प्रकट भयो अनि लोकको रचना भयो भनेर भन्नु भएकोले तपाईले परमात्माले पनि जीवले झै शरीर धारण गर्नु भएको भन्ने कुराको वर्णन गर्नुभयो यो के हो ।।८।।

अजः सृजति भूतानि भूतात्मा यदनुग्रहात्
ददृशे येन तद् रूपं नाभिपद्मसमुद्भवः

जसको कृपा पाएर सर्वभूतमय ब्रम्हाजी प्राणीहरूको सृष्टि गर्नुहुन्छ, जसको नाभिकमलबाट पैदा भएर पनि उनैको कृपाले उनको रूपको दर्शन गरेका थिए ।।९।।

चाऽपि यत्र पुरुषो विश्वस्थित्युद्भवाप्ययः
मुक्त्वाऽऽत्ममायां मायेशः शेते सर्वगुहाशयः १०

वहाँ संसारको उत्पत्ति, स्थिति प्रलयका कारण सर्वान्तर्यामि मायाका स्वामी के मा कसरी सुत्नुहुन्छ ।।१०।।

पुरुषावयवैर्लोकाः सपालाः पूर्वकल्पिताः
लोकैरमुष्यावयवाः सपालैरिति शुश्रुम ११

तपाईले पहिला बताउनु भयो कि विराट पुरुषको अंगबाट लोक परलोकको रचना भयो अनि यो पनि भन्नुभयो कि लोक लोकपालको रूपमा उनको अंगको कल्पना भयो, यो दुई थरि कुराको तात्पर्य के हो ।।११।।

यावान् कल्पो विकल्पो वा यथा कालोऽनुमीयते
भूतभव्यभवच्छब्द आयुर्मानश्च यत् सतः १२

महाकल्प सो अन्तर्गतको आवन्तर कल्प कति ? भूत, भविष्य वर्तमान कालको कल्पना कसरी गरिन्छ ? के स्थूल देहाभिमान जीवको आयुमा पनि बन्धन कि ।।१२।।

कालस्यानुगतिर्या तु लक्ष्यतेऽण्वी बृहत्यपि
यावत्यः कर्मगतयो यादृशी द्विजसत्तम १३

हे ब्राम्हण श्रेष्ठ! कालको सूक्ष्म गति, त्रुटि आदि स्थूल गति वर्ष आदिका बारेमा कसरी जान्न सकिन्छ विभिन्न कर्मका कारण मानिसको गति कस्तो हुन्छ ।।१३।।

यस्मिन् कर्मसमावायो यथा येनोपगृह्यते
गुणानां गुणिनाश्चैव परिणाममभीप्सताम् १४

देवता मानिस आदि गरिएका योनीहरू सत्व, रज, तम यी तीन गुणको फलस्वरूप नै प्राप्त हुन्छन वहाँलार्ई प्राप्त गर्न खोज्ने प्राणीले कुन योनी प्राप्त गर्न गर्दछ ।।१४।।

भूपातालककुब्व्योम ग्रहनक्षत्रभूभृताम्
सरित्समुद्रद्वीपानां सम्भवश्चैतदोकसाम् १५

पृथ्वी, पाताल, दिशा, आकाश, ग्रह, नक्षत्र, पर्वत, नदी, समुद्र, द्विप आदि स्थानमा रहने प्राणीहरूको उत्पत्ति कसरी हुन्छ ? ।।१५।।

प्रमाणमण्डकोशस्य बाह्याभ्यन्तरभेदतः
महतां चानुचरितं वर्णाश्रमविनिश्चयः १६

ब्रम्हाण्डको भित्री बाहिरी दुवै प्रकारको परिणाम बारे बताउनुहोस, त्यसैगरि महापुरुषको चरित्र बर्णाश्रमको भेद यिनको धर्मको बारे पनि वर्णन गर्नुहोस ।।१६।।

युगानि युगमानश्च धर्मो यश्च युगे युगे
अवतारानुचरितं यदाश्चर्यतमं हरेः १७

युगहरूको भेद, परिणाम विभिन्न फरक धर्म भगवानको विभिन्न अवतार त्यस्तै वहाँका आश्चर्यमय चरित्रहरूको बारेमा पनि बताउनु होस ।।१७।।

नृणां साधारणो धर्मः सविशेषश्च यादृशः
श्रेणीनां राजर्षीणाञ्च धर्मः कृच्छ्रेषु जीवताम् १८

मानिसको साधारण विशेष धर्म के हुन विभिन्न ब्यवसाय गर्नेहरूका लागि, राजर्षिहरूको लागि, विपदमा परेकाहरूको लागि धर्मको बारेमा पनि बताउनुहोस ।।१८।।

तत्त्वानां परिसङ्ख्यानं लक्षणं हेतुलक्षणम्
पुरुषाराधनविधिः योगस्याध्यात्मिकस्य १९

योगेश्वरैश्वर्यगतिः लिङ्गभङ्गस्तु योगिनाम्
वेदोपवेदधर्माणां इतिहासपुराणयोः २०

तत्वको शंख्या कति छन उसको स्वरूप लक्षण के हो ? भगवान्को आराधना अध्यात्म योगको विधि के हो ?  योगेश्वरलार्ई के कस्तो ऐश्वर्य प्राप्त हुन्छ अन्त्यमा उनीहरूलार्ई कस्तो गति मिल्दछ ? योगीको लिंग शरीरको अन्त्य कसरी हुन्छ ? वेद, उपनिषद, धर्मशास्त्र, पुराणको स्वरूप एवं तात्पर्य के हो ?।।१९।२०।।

सम्प्लवः सर्वभूतानां विक्रमः प्रतिसङ्क्रमः
इष्टापूर्तस्य काम्यानां त्रिवर्गस्य यो विधिः २१

सबै प्राणीहरूको उत्पत्ति, स्थिति प्रलय कसरी हुन्छ ? यज्ञादि वैदिक कर्मको, इनार, कुवा, पोखरी आदि स्मार्त कर्मको, एवं काम्य कर्मको अर्थ धर्म कामको साधना विधि के हो ? ।।२१।।

यश्चानुशायिनां सर्गः पाषण्डस्य सम्भवः
आत्मनो बन्धमोक्षौ व्यवस्थानं स्वरूपतः २२

प्रलयको समयमा प्रकृतिमा लीन हुने जीवहरूको उत्पत्ति कसरी हुन्छ, पाखण्डिको उत्पत्ति कसरी हुन्छ ? आत्माको बन्ध मोक्ष स्वरूप के हो ? आफनो स्वरूपमा कसरी स्थिर भएर रहन्छन ? ।।२२।।

यथात्मतन्त्रो भगवान् विक्रीडत्यात्ममायया
विसृज्य वा यथा मायां उदास्ते साक्षिवद्विभुः २३

भगवान् ता परम स्वतन्त्र हुनुहुन्छ अनि वहाँ आफ्नो मायाले कसरी क्रीडा गर्नुहुन्छ फेरि उसलार्ई छाडेर साक्षि जस्तो उदाश कसरी हुनुहुन्छ ?।२३।।

सर्वमेतच्च भगवन् पृच्छतो मेऽनुपूर्वशः
तत्त्वतोऽर्हस्युदाहर्तुं प्रपन्नाय महामुने २४

भगवान् यी सबैका बारेमा सोधिरहेको छु तपाईको शरणमा छु महामुनि ! अव कृपा गरेर सबैका बारेमा यथार्थ वर्णन गर्नुहोस ।।२४।।

अत्र प्रमाणं हि भवान् परमेष्ठी यथात्मभूः
अपरे चानुतिष्ठन्ति पूर्वेषां पूर्वजैः कृतम् २५

यस विषयमा तपाई स्वयं ब्रम्हा सरह प्रमाण हुनुहुन्छ अरुहरू आफुले पहिला सुनेका कुराहरूलार्ई मात्रै वर्णन गर्दछन ।।२५।।

मेऽसवः परायन्ति ब्रह्मन् अनशनादमी
पिबतोऽच्युतपीयूषं अन्यत्र कुपिताद् द्विजात् २६

ब्राम्हण तपाई मेरो भोक प्यासको बारेमा चिन्त नलीनुहोस मेरो प्राण कुपित बाम्हणको श्राप बाहेका अरुकारण बाट जादैन किनकि तपाईको बाणी बाट निस्कने भगवान्को अमृतमय लीला कथाहरू पान गरिरहेकोछु ।।२६।।

श्रीसूत उवाच
उपामन्त्रितो राज्ञा कथायामिति सत्पतेः
ब्रह्मरातो भृशं प्रीतो विष्णुरातेन संसदि २७

सूतजीले भने
शौनकादि ऋषिहरू! जव राजा परिक्षितले सन्त सभामा भगवान्को लीला कथाहरू सुन्नका लागि प्रार्थना गरे त्यसपछि सुकदेवजी धेरै खुसी भए ।।२७।।

प्राह भागवतं नाम पुराणं ब्रह्मसम्मितम्
ब्रह्मणे भगवत्प्रोक्तं ब्रह्मकल्प उपागते २८

उनले राजालार्ई त्यहि वेदतुल्य श्रीमदभागवत महापुराण सुनाए जुन ब्रम्हकल्पको आरम्भमा स्वयं भगवान्ले ब्रम्हाजीलार्ई सुनाउनु भएको थियो ।।२८।।

यद्यत् परीक्षिदृषभः पाण्डूनामनुपृच्छति
आनुपूर्व्येण तत्सर्वं आख्यातुमुपचक्रमे २९

पाण्डुशिरोमणि राजा परीक्षितले उनी संग जुन जुन प्रश्न गरेका थिए ती सबको उत्तर दिन लागे ।।२९।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
द्वितीयस्कंधे अष्टमोऽध्यायः