#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः एकषष्टितमोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः एकषष्टितमोऽध्यायः



श्रीशुक उवाच–
(अनुष्टुप्)
एकैकशस्ताः कृष्णस्य पुत्रान् दशदशाबलाः ।
अजीजनन्ननवमान्पितुः सर्वात्मसंपदा ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजा परीक्षित ! भगवान कृष्णका प्रत्येक रानीको गर्भबाट दश दश छोराको जन्म भएको थियो । उनीहरु वीर्य, बल र रूप आदिको हिसाबले आफ्ना पिता भन्दा कम थिएनन् ।।१।। 
गृहादनपगं वीक्ष्य राजपुत्र्योऽच्युतं स्थितम् ।
प्रेष्ठं न्यमंसत स्वं स्वं न तत्तत्त्वविदः स्त्रियः ॥ २ ॥
भगवान्को वास्तविक महिमालाई नबुझेका श्रीकृष्णका रानीहरुले भगवान कृष्ण कहिल्यै दरबारबाट बाहिर ननिस्कने र सधैं आफुसंगै बसिरहने देखेर सबै रानीहरुमा म नै श्रीकृष्णको सबैभन्दा प्यारी हुँ भन्ने ठान्थे ।।२।। 
(वसंततिलका)
चार्वब्जकोशवदनायतबाहुनेत्र(
     सप्रेमहासरसवीक्षितवल्गुजल्पैः ।
संमोहिता भगवतो न मनो विजेतुं
     स्वैर्विभ्रमैः समशकन् वनिता विभूम्नः ॥ ३ ॥
भगवान्का सबै पत्नीहरु भगवान श्रीकृष्णको कमलको कोपिला जस्तो सुन्दर अनुहार, विशाल हात, ठुला ठुला आँखा, प्रेमपूर्ण मुस्कान, मधुर वाणीबाट मोहित भएका थिए । उनीहरुले भगवान्लाई आफुतिर आकर्षित गराउन र वहाँको मनलाई जित्न अनेक शृङ्कारिक हावभाव प्रकट गर्दथे तर आत्मानन्दमा पूर्ण हुनुभएका भगवानलाई वशमा लिन भने सकेका थिएनन् ।।३।। 
स्मायावलोकलवदर्शितभावहारि(
     भ्रूमण्डलप्रहितसौरतमंत्रशौण्डैः ।
पत्न्यवस्तु शोडशसहस्रमनङ्‌गबाणै(
     र्यस्येन्द्रियं विमथितुं करणैर्न शेकुः ॥ ४ ॥
भगवान् श्रीकृष्णका ती सोह्रहजार रानीहरु आफ्नो मन्दमुस्कान सहित सूक्ष्म नजरले  आँखीभौंको इशाराले तथा अनेकौं हावभावको संकेतले रं कामवाण प्रहार गर्दा पनि उनीहरुले भगवानका इन्द्रियहरुलाई आफ्नो वशमा ल्याउन सकेनन् ।।४।।
इत्थं रमापतिमवाप्य पतिं स्त्रियस्ता
     ब्रह्मादयोऽपि न विदुः पदवीं यदीयाम् ।
भेजुर्मुदाविरतमेधितयानुराग(
     हासावलोकनवसङ्‌गमलालसाद्यम् ॥ ५ ॥
ब्रह्मादि देवताहरूलाई पनि ईश्वरको वास्तविक स्वरूप वा उहाँलाई प्राप्त गर्ने मार्ग जान्न सककेनन् । तर ती स्त्रीहरूले भगवान लक्ष्मीका पति श्रीकृष्णलाई आफ्नो पतिको रूपमा पाएका थिए । श्रीकृष्ण प्रति उनीहरुको दिन प्रतिदिन प्रेम बढ्दै गएको थियो त्यसैले उनीहरुको प्रेमपूर्ण हेराइ र नवसमागमको इच्छाले विभिन्न हावभावले भगवान्को सेवा गर्नथाले ।।५।। 
प्रत्युद्‌गमासनवरार्हणपादशौच(
     तांबूलविश्रमणवीजनगन्धमाल्यैः ।
केशप्रसारशयनस्नपनोपहार्यै(
     र्दासीशता अपि विभोर्विदधुः स्म दास्यम् ॥ ६ ॥
भगवान्का ती पत्येक पत्नीहरुका सय–सय ओटी दासीहरु भए पनि भगवान् श्रीकृष्ण आउनुहुँदा उनीहरु आफैं उठेर श्रीकृष्णको पाउ धोइदिने, उत्तम आसनमा बसाउने, अनेक सामग्रीहरुद्वारा सत्कार गर्ने, पान ख्वाइदिने गोडा मिच्ने, पंखा हम्किने र चन्दन माला आदि लगाएर भगवान्को सेवा गर्ने गर्दथे ।।६।। 
(अनुष्टुप्)
तासां या दशपुत्राणां कृष्णस्त्रीणां पुरोदिताः ।
अष्टौ महिष्यस्तत्पुत्रान् प्रद्युम्नादीन् गृणामि ते ॥ ७ ॥
हे परिक्षित ! मैले पहिले नै बताइसकेको छु कि भगवान कृष्णकी प्रत्येक पत्नीका दश छोरा थिए । ती रानीहरूमा आठ प्रमुख रानीहरू थिए, जसको विवाहहरू मैले पहिले नै वर्णन गरिसकेको छ ु। अब म उनीहरुका छोराहरू जस्तै प्रद्युन्म आदिको वर्णन गर्दछु ।।७।। 
चारुदेष्णः सुदेष्णश्च चारुदेहश्च वीर्यवान् ।
सुचारुश्चारुगुप्तश्च भद्रचारुस्तथापरः ॥ ८ ॥
चारुचन्द्रो विचारुश्च चारुश्च दशमो हरेः ।
प्रद्युम्नप्रमुखा जाता रुक्मिण्यां नावमाः पितुः ॥ ९ ॥
रुक्मिणीको गर्भबाट दश छोराहरूको जन्म भएको थियो जसमा प्रद्युम्न, चारुदेष्ण, सुदेष्ण, पराक्रमी चारुदेह, सुचारु, चारुगुप्त, भद्रचारु, चारुचन्द्र, विचारु हुन् । यी सबै छोराहरुको गुण उनका पिता भगवान कृष्णभन्दा कम थिएनन् ।।८–९।।
भानुः सुभानुः स्वर्भानुः प्रभानुर्भानुमांस्तथा ।
चन्द्रभानुर्बृहद्‌भानुरतिभानुस्तथाष्टमः ॥ १० ॥
श्रीभानुः प्रतिभानुश्च सत्यभामात्मजा दश ।
साम्बः सुमित्रः पुरुजिच्छतजिच्च सहस्रजित् ॥ ११ ॥
विययश्चित्रकेतुश्च वसुमान् द्रविडः क्रतुः ।
जाम्बवत्याः सुता ह्येते सांबाद्याः पितृसंमताः ॥ १२ ॥
सत्यभामाका पनि दस छोराहरुको जन्म भएको थियो जसको नाम भानु, सुभानु, स्वरभानु, प्रभानु, भानुमान, चन्द्रभानु, बृहद्धनु, अतिभानु, श्रीभानु र प्रतिभानु हुन् । जाम्बावतीको तर्फबाट पनि साम्ब, सुमित्र, पुरुजित, शतजित, सहस्रजीत, विजय, चित्रकेतु, वसुमान, द्रविड र ऋतु आदि दस छोरा थिए । यी सबै श्रीकृष्णका धेरै प्यारा थिए ।।१०–१२।। 
वीरश्चन्द्रोऽश्वसेनश्च चित्रगुर्वेगवान् वृषः ।
आमः शङ्‌कुर्वसुः श्रीमान् कुन्तिर्नाग्नजितेः सुताः ॥ १३ ॥
नाग्नजीति सत्याका पनि चन्द्र, अश्वसेन, चित्रगु, वेगवान, वृष, आम, शङ्कु, वसु र परम तेजस्वी कुन्ती नामका दश छोराहरु थिए ।।१३।।
श्रुतः कविर्वृषो वीरः सुबाहुर्भद्र एकलः ।
शान्तिर्दर्शः पूर्णमासः कालिन्द्याः सोमकोऽवरः ॥ १४ ॥
कालिन्दीका श्रुत, कवि, वृष, वीर, सुबाहु, भद्रा, शान्ति, दर्श, पूर्णमास र कान्छो सोमक नामका दश छोराहरू थिए ।।१४।।. 
प्रघोषो गात्रवान्सिंहो बलः प्रबल ऊर्धगः ।
माद्र्याः पुत्रा महाशक्तिः सह ओजोऽपराजितः ॥ १५ ॥
मद्र देशकी राजकुमारी लक्ष्मणाको गर्भबाट प्रघोष, गात्रावान्, सिंह, बल, प्रबल, उध्र्वग, महाशक्ति, सह, ओज र अपराजितको जन्म भयो ।।१५।। 
वृको हर्षोऽनिलो गृध्रो वर्धनोऽन्नाद एव च ।
महांशस् पावनो वह्निर्मित्रविन्दात्मजाः क्षुधिः ॥ १६ ॥
मित्रविन्दका छोराहरू वृक, हर्ष, अनिल, ग्रिध्र, वर्धन, अन्नाद, महाश, पावन, वन्ही र क्षुधि थिए ।।१६।।. 
सङ्‌ग्रामजिद् बृहत्सेनः शूरः प्रहरणोऽरिजित् ।
जयः सुभद्रो भद्राया वाम आयुश्च सत्यकः ॥ १७ ॥
भद्राका छोराहरू सङ्ग्रामजीत, बृहत्सेन, शूर, प्रहरण, अरिजित्, जय, सुभद्र, वाम र
सत्यक हुन ।।१७।।.
दीप्तिमांस्ताम्रतप्ताद्या रोहिण्यास्तनया हरेः ।
प्रद्युम्नाच्चानिरुद्धोऽभूद् रुक्मवत्यां महाबलः ॥ १८ ॥
पुत्र्यां तु रुक्मिणो राजन् नाम्ना भोजकटे पुरे ।
एतेषां पुत्रपौत्राश्च बभूवुः कोटिशो नृप ।
मातरः कृष्णजातानां सहस्राणि च षोडश ॥ १९ ॥
यी बाहेक श्रीकृष्णकी रानी रोहिणीबाट दिप्तिमान र ताम्रतप्त आदि दश–दश छोराहरू भए । रुक्मिणीनन्दन प्रद्युम्नको विवाह भोजकट नगरका रुक्मिकी छोरी रुक्मवतीसँग भएको थियो । उनको गर्भबाट अनिरुद्धको जन्म भयो । हे परीक्षित ! श्रीकृष्णका छोराहरूका आमाहरूको संख्या नै सोह्र हजारभन्दा बढी थियो । त्यसैले उनका छोरा र नातिनातिनाको संख्या करोडौं पुग्यो ।।१८–१९।। 
राजोवाच–
कथं रुक्म्यरिपुत्राय प्रादाद् दुहितरं युधि ।
कृष्णेन परिभूतस्तं हन्तुं रन्ध्रं प्रतीक्षते ।
एतदाख्याहि मे विद्वन् द्विषोर्वैवाहिकं मिथः ॥ २० ॥
राजा परीक्षितले सोधे– परम ज्ञानी मुनीश्वर ! भगवान श्रीकृष्णले युद्धभूमिमा रुक्मिको धेरै अपमान गरेका थिए । त्यसैले उनी सधैं श्रीकृष्णसँग बदला लिने र उनलाई समाप्त गर्ने मौका खोजिरहेका थिए । यस्तो अवस्थामा उनले आफ्नी छोरी रुक्मवतीको विवाह आफ्नो शत्रुको छोरा प्रद्युम्नजीसँग कसरी गरे? कृपया मलाई यस बारेमा सबै कुरा बताउँनुहोस ।।२०।।  

अनागतमतीतं च वर्तमानमतीन्द्रियम् ।
विप्रकृष्टं व्यवहितं सम्यक् पश्यन्ति योगिनः ॥ २१ ॥
हे मुनिश्वर ! योगीहरुसंग केही कुरा पनि लुकेका हुदैनन् । उनी इन्द्रियाबाट टाढा भएका भूत, वर्तमान र भविष्यका सबै कुराहरू राम्ररी थाहा पाउँदछन् । सबै वस्तुलाई राम्ररी देख्दछन् ।।२१।। 

श्रीशुक उवाच–
वृतः स्वयंवरे साक्षादनङ्‌गोऽङ्‌गयुतस्तया ।
राज्ञः समेतान् निर्जित्य जहारैकरथो युधि ॥ २२ ॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! प्रद्युम्नजी कामदेवको अवतार थिए । उनको सुन्दरता र गुणहरूबाट प्रभावित भएर, रुक्मवतीले उनलाई स्वयंवरमा माला लगाइदिइन् । युद्धमा, प्रद्युम्नले एक्लै भेला भएका राजाहरूलाई पराजित गरे र रुक्मवतीलाइ हरण गरेर ल्याए ।।२२।। 
यद्यप्यनुस्मरन् वैरं रुक्मी कृष्णावमानितः ।
व्यतरद्‌ भागिनेयाय सुतां कुर्वन् स्वसुः प्रियम् ॥ २३ ॥
भगवान कृष्णको कारण अपमान हुनुपरेको कुरा रुक्मिले बिर्सिएको थिएन । श्रीकृष्णसंग उसको सत्रुता कायमै थियो तापनि आफ्नी बहिनी रुक्मिणीलाई खुशी पार्न उनले आफ्नी छोरीको विवाह आफ्नो भान्जा प्रद्युम्नसँग गरिदिए ।।२३।। 
रुक्मिण्यास्तनयां राजन् कृतवर्मसुतो बली ।
उपयेमे विशालाक्षीं कन्यां चारुमतीं किल ॥ २४ ॥
हे महाराज परीक्षित दस छोराहरू बाहेक, रुक्मिणीकी एउटी धेरै सुन्दर छोरी थिइन् जसका आँखा ठूला थिए । उनको नाम चारुमती थियो । कृतवर्माका छोरा बलीले उनीसँग विवाह गरे ।।२४।। 
दौहित्रायानिरुद्धाय पौत्रीं रुक्म्यददाद्धरेः ।
रोचनां बद्धवैरोऽपि स्वसुः प्रियचिकीर्षया ।
जानन्नधर्मं तद् यौनं स्नेहपाशानुबन्धनः ॥ २५ ॥
हे परीक्षित ! रुक्मिको भगवान कृष्णसँग पुरानो सत्रुता कायमै भएकाले त्यो विवाह धर्म अनुसार थिएन तापनि आफ्नी बहिनी रुक्मिणीको खुसीको लागि आफ्नी नातिनी पटिकी छोरी रोचनाको विवाह प्रद्युम्न र रुक्मवतिका छोरा अनिरुध्दसंग गरिदिएका थिए ।।२५।। 
तस्मिन्नभ्युदये राजन् रुक्मिणी रामकेशवौ ।
पुरं भोजकटं जग्मुः साम्बप्रद्युम्नकादयः ॥ २६ ॥
हे परीक्षित ! भगवान श्रीकृष्ण, बलरामजी, रुक्मिणीजी, प्रद्युम्न, साम्ब आदि अनिरुद्धको विवाह समारोहमा सहभागी हुन भोजकट नगरमा जानुभएको थिए ।।२६।। 
तस्मिन् निवृत्त उद्वाहे कालिङ्‌गप्रमुखा नृपाः ।
दृप्तास्ते रुक्मिणं प्रोचुर्बलमक्षैर्विनिर्जय ॥ २७ ॥
बिना अवरोध नै अनिरुध्दको विवाह सम्पन्न भएको थियो । त्यस समयमा राजा कलिंग जस्ता अहंकारी राजाहरुले रुक्मिलाई भने– तिमीले जुवा खेलेर बलरामजीलाई हराउ ।।२७।। 
अनक्षज्ञो ह्ययं राजन्नपि तद्‌व्यसनं महत् ।
इत्युक्तो बलमाहूय तेनाक्षै रुक्म्यदीव्यत ॥ २८ ॥
हे महाराज रुक्मि ! बलरामलाई जुवा खेल्न आउदैन तर उसलाई जुवा खेल धेरै मन पर्छ । ति राजाहरुबाट यसरी हौसिएको रुक्मीले बलरामलाई बोलाएर उनीसंग जुवा खेल्न थाल्यो ।।२८।। 
शतं सहस्रमयुतं रामस्तत्राददे पणम् ।
तं तु रुक्म्यजयत्तन्न कालिङ्‌गः प्राहसद् बलम् ।
दन्तान् सन्दर्शयन्नुच्चैर्नामृष्यत्तद्धलायुधः ॥ २९ ॥
बलरामले पहिले सय, त्यसपछि हजार र त्यसपछि दश हजार सुनका सिक्का बाजी थाप्नुभयो । ति सबै सिक्काहरु रुक्मिले जितेकोले कलिंगराज बलरामजीका खिल्लि उडाउँदै ठुलो स्वरमा हाँस्न थाल्यो । बलरामजीले उसको हाँसोलाई सहन सक्नु भएन ।।२९।।
ततो लक्षं रुक्म्यगृह्णाद् ग्लहं तत्राजयद् बलः ।
जितवानहमित्याह रुक्मी कैतवमाश्रितः ॥ ३० ॥
त्यसपछि रुक्मिले एकैपटक एक लाख सुनका सिक्का बाजी थाप्यो, त्यो सबै सिक्काहरु बलरामले जित्नुभयो । तर रुक्मीले बलरामजीको जितलाई स्वीकार गर्नसकेन र मैले जितेको छु, मैले जितोको छु भनेर भन्नथाल्यो ।।३०।।
मन्युना क्षुभितः श्रीमान् समुद्र इव पर्वणि ।
जात्यारुणाक्षोऽतिरुषा न्यर्बुदं ग्लहमाददे ॥ ३१ ॥
यसपछि बलरामजी पूर्णिमाको दिनमा समुद्रमा ज्वारभाटा उठे झैं अत्यन्त क्रोधित हुनुभयो र राता राता आँखा भएका बलरामजीले रिसाउँदै दश करोड स्वर्णमुद्रा बाजि थाप्नुभयो ।।३१।। 
तं चापि जितवान् रामो धर्मेणच्छलमाश्रितः ।
रुक्मी जितं मयात्रेमे वदन्तु प्राश्निका इति ॥ ३२ ॥
बलरामजीले जुवाको नियम अनुसार त्यो दश करोड मुद्रा पनि जित्नुभयो । तर छल गर्न अत्यन्तै सिपालु रुक्मिले यो मुद्रा सबै मैले जितेको हुँ । यदि यसमा विश्वास छैन यहाँ नजिकै साक्षी रहेका कालिंगराजहरुले निर्णय गर्नु हुुन्छ ।।३२।।
तदाब्रवीन्नभोवाणी बलेनैव जितो ग्लहः ।
धर्मतो वचनेनैव रुक्मी वदति वै मृषा ॥ ३३ ॥
त्यतिबेला आकाशवाणी भयो र भनियो कि यो सबै मुद्रा जुवाको नियम अनुसार बलरामजीले जितेको हो तर जुन रुक्मीले मैले जितेको हुँ भनेर भनिरहेछ त्यो सरासर झूट हो ।।३३।। 
तामनादृत्य वैदर्भो दुष्टराजन्यचोदितः ।
सङ्‌कर्षणं परिहसन् बभाषे कालचोदितः ॥ ३४ ॥
रुक्मि ति दुष्ट राजाहरुको बहकाउमा उचलिएको थियो । कालले कुतकुत्याइएकोले उसले बलरामजीलाई खिसि गर्दै भन्नलाग्यो ।।३४।। 
नैवाक्षकोविदा यूयं गोपाला वनगोचराः ।
अक्षैर्दीव्यन्ति राजानो बाणैश्च न भवादृशाः ॥ ३५ ॥
आखिर तिमीहरु जुवा खेल्ने होइनौ, तिमीहरु त वनमा बसेर गाई चराउने जंगली हौ । हामी राजाहरूले मात्र जुवा र वाण खेल्छम्, तिमीहरु जस्ता वनमा बस्ने गोठालाहरुले जुवा खेल्दैनन् ।।३५।। 
रुक्मिणैवमधिक्षिप्तो राजभिश्चोपहासितः ।
क्रुद्धः परिघमुद्यम्य जघ्ने तं नृम्णसंसदि ॥ ३६ ॥
रुक्मिको यसरी अपमान गरेकोले बलरामजी धेरै रिसाउनुभयो र फलामको गदा उठाएर त्यो विवाह सभामा रुक्मिलाई मार्नुभयो ।।३६।।. 
कलिङ्‌गराजं तरसा गृहीत्वा दशमे पदे ।
दन्तानपातयत् क्रुद्धो योऽहसद् विवृतैर्द्विजैः ॥ ३७ ॥
पहिले डिच्च दाँत देखाउँदै हासेको कलिंगका राजा डराएर त्यहाँबाट भाग्यो तर बलरामजीले तुरुन्तै उसलाई समातेर रिसाएर उसको दाँत भाँचिदिनुभयो ।।३७।।
अन्ये निर्भिन्नबाहूरुशिरसो रुधिरोक्षिताः ।
राजानो दुद्रवर्भीता बलेन परिघार्दिताः ॥ ३८ ॥
आफ्नो मुंग्राको प्रहारले, भगवान बलरामले त्यहाँ भएका अरु राजाहरूको पनि हात, तिघ्रा र टाउको भाँचिदिनु भएकोले उनीहरुको शरीर रगताम्मे भएको थियो त्यसैल उनीहरु डराएर त्यहाँबाट भाग्न थाले ।।३८।। 
निहते रुक्मिणि श्याले नाब्रवीत् साध्वसाधु वा ।
रक्मिणीबलयो राजन् स्नेहभङ्‌गभयाद्धरिः ॥ ३९ ॥
हे परिक्षित ! आफना जेठान रुक्मिको यसरी मृत्यु भएकोमा श्रीकृष्णले कुनै प्रतिकृया जनाउनु भएन । वहाँले पत्नी रुक्मिणी र दाजु बलराम प्रतिको स्नेह भंग हुने डरका कारण रुक्मिको वधका बारेमा केही बोल्नु भएन ।।३९।।. 
(मिश्र)
ततोऽनिरुद्धं सह सूर्यया वरं
     रथं समारोप्य ययुः कुशस्थलीम् ।
रामादयो भोजकटाद् दशार्हाः
     सिद्धाखिलार्था मधुसूदनाश्रयाः ॥ ४० ॥

त्यसपछि अनिरुद्धको विवाह र शत्रुलाई मार्ने दुवै उद्देश्य पूरा भएपछि भगवान श्रीकृष्ण आफुमा आश्रित बलराम र अन्य यदुवंशीहरू नवविवाहित दुलही रोचना र अनिरुद्धलाई एउटा ठूलो रथमा चढाएर भोजकट नगरबाट द्वारकापुरीतिर फर्कनुभयो ।।४०।।
इति श्रीमद्भाागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
अनिरुद्धविवाहे रुक्मिवधो नाम एकषष्टितमोऽध्यायः ॥ ६१ ॥