#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः – नवतितमोऽध्यायः

 
श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः – नवतितमोऽध्यायः


श्रीशुक उवाच–
(अनुष्टुप्)
सुखं स्वपुर्यां निवसन् द्वारकायां श्रियः पतिः ।
सर्वसंपत्समृद्धायां जुष्टायां वृष्णिपुङ्‌गवैः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! भगवान्को द्वारका नगर सबै किसिमको सौन्दर्यले सम्पन्न थियो । लक्ष्मीका पति भगवान् श्रीकृष्ण सबै सम्पित्तले युक्त तथा वृष्णिवंशी हरुबाट सेवित भएर द्वारका नगरमा सुखपुर्वक रहनुहुन्थ्यो ।।१।। 
स्त्रीभिश्चोत्तमवेषाभिर्नवयौवनकान्तिभिः ।
कन्दुकादिभिर्हर्म्येषु क्रीडन्तीभिस्तडिद्द्युभिः ॥ २ ॥
विजुली चम्कदाको जस्तो तेज भएका त्यस नगरका महलमा बस्ने स्त्रीहरु नयाँ उत्तम वस्त्र धारण गरेर भकुण्डो लगायतका सामाग्रीहरु लिएर खेल्दथे ।।२।। 
नित्यं सङ्‌कुलमार्गायां मदच्युद्‌भिर्मतङ्‌गजैः ।
स्वलङ्‌कृतैर्भटैरश्वै रथैश्च कनकोज्ज्वलैः ॥ ३ ॥
द्वारका नगरका राजमार्गहरु मत्ता हात्तीहरु र सजिएका घोडाहरु र सुन जस्तै चम्कने उत्तम रथहरुले भरिएको हुन्थ्यो ।।३।।
उद्यानोपवनाढ्यायां पुष्पितद्रुमराजिषु ।
निर्विशद्‌भृङ्‌गविहगैर्नादितायां समन्ततः ॥ ४ ॥
त्यहाँका वन उपवनहरुमा बिभिन्न किसिमका फूलहरु फुलेका थिए । वृक्षमा भ्रवराहरु बसेर मिठो आवाज (कलरव) निकालिरहन्थे ।।४।। 
रेमे षोडशसाहस्रपत्नीानामेकवल्लभः ।
तावद्विचित्ररूपोऽसौ तद्‌गेहेषु महर्द्धिषु ॥ ५ ॥
त्यस्तो नगरका त्यस ऐश्वर्यले सम्पन्न महलहरुमा भगवान् श्रीकृष्ण विचित्र रुप धारण गरेर आफ्ना सोह्र हजार पत्नीहरुका साथमा सुख पुर्वक रहनुहुन्थ्यो ।।५।।
भगवान्का सबै पत्नीहरुको महलमा सुन्दर पोखरी थियो जहाँ निर्मल जलमा पहेंला, सेता र राता कमल फुलेर त्यसको सौगन्धले त्यहाँको जल अत्यन्त सुगन्धित हुन्थ्यो । 
प्रोत्फुल्लोत्पलकह्लारकुमुदाम्भोजरेणुभिः ।
वासितामलतोयेषु कूजद्‌द्विजकुलेषु च ॥ ६ ॥
त्यहाँ हाँस लगायत अन्य सुन्दर चराहरूको बथान चिरबिर गरेर जलमा विहार गरिरहेकाहुन्थे ।।६।। 
विजहार विगाह्याम्भो ह्रदिनीषु महोदयः ।
कुचकुङ्‌कुमलिप्ताङ्‌गः परिरब्धश्च योषिताम् ॥ ७ ॥
ती भगवान्का पत्नीहरुले वहाँलाई अंगालो मार्दा उनीहरुको स्तनको कुमकुम भगवान्को अंगमा लाग्दथ्यो । त्यसपछि भगवान कृष्ण ती जलाशयहरूमा पसेर पौडिएर विहार गरेर उनीहरुसंग खेल्नु हुन्थ्यो ।।७।। 
उपगीयमानो गन्धर्वैर्मृदङ्‌गपणवानकान् ।
वादयद्‌भिर्मुदा वीणां सूतमागधवन्दिभिः ॥ ८ ॥
त्यसबेला गन्धर्वहरूले उहाँको यशको स्तुति गाउन थाल्दथे, सूत, मगध र वन्दिजनले मृदंग, ढोल, नगर र वीणा आदि बजाउन थाल्दथे ।।८।। 
सिच्यमानोऽच्युतस्ताभिर्हसन्तीभिः स्म रेचकैः ।
प्रतिषिञ्चन् विचिक्रीडे यक्षीभिर्यक्षराडिव ॥ ९ ॥
कहिलेकाहीँ वहाँका पत्नीहरुले पिच्केरीले पानी छ्याप्दा भगवान् भिज्नुहुन्थ्यो र वहाँले पनि सबैलाई पानी छ्यापेर भिजाइदिनुहुथ्यो । यसरी यक्षराजले यक्षणीका साथ विहार गरेझैं भगवान्ले आफ्ना पत्नीहरुका साथमा विहार गर्नुहुन्थ्यो ।।९।।
(वसंततिलका)
ताः क्लिन्नवस्त्रविवृतोरुकुचप्रदेशाः
     सिञ्चन्त्य उद्धृतबृहत्कबरप्रसूनाः ।
कान्तं स्म रेचकजिहीर्षययोपगुह्य
     जातस्मरोत्स्मयलसद्वदना विरेजुः ॥ १० ॥
यसरी पानी छ्यापाछ्याप गर्दा त्यस समयमा भगवान्का ती पत्नीहरुको कपडा भिज्नाले शरीरका तिघ्रा, स्तन आदि अंगहरु बाहिर बाटै देखिन्थे । चुल्ठोमा स्युरेका फूलहरु पानीमा खसिरहेका थिए । आफ्ना पति भगवान् श्रीकृष्णबाट पिच्केरी खोस्ने इच्छाले वहाँको नजिक गएर कामभावले वहाँलाई अंकमाल गर्दथे जसले गर्दा उनीहरु झनै सुशोभित हुन्थे ।।१०।।
कृष्णस्तु तत्स्तनविषज्जितकुङ्‌कुमस्रक्
     क्रीडाभिषङ्‌गधुतकुन्तलवृन्दबन्धः ।
सिञ्चन् मुन्मुहुर्युवतिभिः प्रतिषिच्यमानो
     रेमे करेणुभिरिवेभपतिः परीतः ॥ ११ ॥
यसरी अंकमाल गर्दा उनीहरुको स्तनको कुमकुम भगवान कृष्णको वनमाला लागेर रंगिन्थ्यो । उनीहरुका घुम्रिएका कपाल फुकेर पानीमा डुवेको हुन्थ्यो । यसरी पानी छ्यापाछ्याप गरेर जसरी हात्तीले हत्तिनीहरुसंग रमाउछ त्यसरी नै भगवान् श्रीकृष्ण आफ्ना रानीहरुसंग रमाउनुभयो ।।११।। 
(अनुष्टुप्)
नटानां नर्तकीनां च गीतवाद्योपजीविनाम् ।
क्रीडालङ्‌कारवासांसि कृष्णोऽदात्तस्य च स्त्रियः ॥ १२ ॥
यसरी जल कृडा गरिसकेपछि भगवान् श्रीकृष्ण र वहाँका पत्नीहरुले नाच्ने गाउँने र बजाउँने आदि गरेर आफ्नो जीविका चलाउने नट र नर्तकीहरुलाई कपडा र गहना आदि दिनुभयो ।।१२।।  
कृष्णस्यैवं विहरतो गत्यालापेक्षितस्मितैः ।
नर्मक्ष्वेलिपरिष्वङ्‌गैः स्त्रीणां किल हृता धियः ॥ १३ ॥
हे महाराज परीक्षित ! यसरी भगवान् संग विहार गरिरहेका रानीहरुको मन भगवान्को चाल–ढाल, कुराकानी, हेराई, मुस्कान, आदिका कारण उनीहरुको मन भगवान्मा यसरी लागेको थियो कि उनीहरुलाई अरु कुराको याद पनि आउँदैन थियो ।।१३।।
ऊचुर्मुकुन्दैकधियोऽगिर उन्मत्तवज्जडम् ।
चिन्तयन्त्योऽरविन्दाक्षं तानि मे गदतः शृणु ॥ १४ ॥
हे परीक्षित ! उनीहरुको सर्वस्व नै श्रीकृष्ण हुनुहुन्थ्यो, वहाँको चिन्तनमा नै मन लागेकाले ती रानीहरुको बोली नै बन्द हुन्थ्यो । मन मनै भगवान्को चिन्तन गर्दथे र उन्मत्त भएर भगवान्संग जुन वातचित गर्दथे त्यो म बताउँछु सुन्नुहोस् ।।१४।। 
महिष्य ऊचुः (
(मालिनी)
कुररि विलपसि त्वं वीतनिद्रा न शेषे
     स्वपिति जगति रात्र्यामीश्वरो गुप्तबोधः ।
वयमिव सखि कच्चिद्‌ गाढनिर्विद्धचेता
     नलिननयनहासोदारलीलेक्षितेन ॥ १५ ॥
हे न्याउली चरी अहिले रात्रीको समयमा भगवान् श्रीकृष्ण पनि आफ्नो ज्ञान शक्तिलाई लुकाएर सुतिरहनुभएको छ । तिमी एक्लै किन बिलाप गरिरहेकी छ्यौ । हे सखी हाम्रो जसरी नै तिम्रो चित्त पनि कमल नयन भगवान् श्रीकृष्णको लीलामय हेराईले घाइते भएको हो कि के हो ? ।।१५।।
(वसंततिलका)
नेत्रे निमीलयसि नक्तमदृष्टबन्धु(
     स्त्वं रोरवीषि करुणं बत चक्रवाकि ।
दास्यं गत वयमिवाच्युतपादजुष्टां
     किं वा स्रजं स्पृहयसे कबरेण वोढुम् ॥ १६ ॥
हे चखेवी ! यो रात्रीको समयमा आफ्नो पति हराए झैं गरी आँखा चिम्लेर करुण स्वरले किन विलाप गरिरहेकी छ्यौं । के तिमीले पनि हामी जस्तै भगवान्को दासी बनेर वहाँको चरणमा परेको आफ्नो चुल्ठोमा पुष्पमाला घुसार्न खोजेकी हौं ? ।।१६।।
(मिश्र)
भो भोः सदा निष्टनसे उदन्व(
     नलब्धनिद्रोऽधिगतप्रजागरः ।
किं वा मुकुन्दापहृतात्मलाञ्छनः
     प्राप्तां दशां त्वं च गतो दुरत्ययाम् ॥ १७ ॥
हे समुद्र ! तिमी हर समय गर्जिरहन्छौ । के तिमीलाई कहिल्यै निद्रा लाग्दैन ? कि कहिल्यै ननिदाउने रोग लागेको छ ? कि भगवान्द्वारा तिम्रो धैर्य आदि गुणहरु खोसिएकोले यस्तो दुर्दशा पाएका हौं ।।१७।।
(वसंततिलका)
त्वं यक्ष्मणा बलवतासि गृहीत इन्दो
     क्षीणस्तमो न निजदीधितिभिः क्षिणोषि ।
कच्चिन् गकुन्दगदितानि यथा वयं त्वं
     विस्मृत्य भोः स्थगितगीरुपलक्ष्यसे नः ॥ १८ ॥
हे चन्द्रमा ! तिमीलाई भयंकर क्षय रोगले सताएको छ । जसले गर्दा तिमीले आफ्नो किरणले रात्रीको अन्धकारलाई पनि राम्रो संग हटाउन सकेका छैनौ । के तिमी मुकुन्द भगवान्को मिठो बोलीमा भुलेका कारण तिम्रो बोली बन्द भएको हो ? हामीलाई त त्यस्तै भएको जस्तो लाग्छ ।।१८।।
(अनुष्टुप्)
किं न्वाचरितमस्माभिर्मलयानिल तेऽप्रियम् ।
गोविन्दापाङ्‌गनिर्भिन्ने हृदीरयसि नः स्मरम् ॥ १९ ॥
हे मयल पर्ववतबाट बहने वायु ! हामीले तिम्रो के नै बिगारेका थियौं र गोविन्द भगवान्को कटाक्षबाट विध्द भएको हाम्रो हृदयमा झनैं कामदेवको संचार गरिरहेका छौ ।।१९।।
मंदाक्रान्ता)
मेघ श्रीमन् त्वमसि दयितो यादवेन्द्रस्य नूनं
     श्रीवत्साङ्‌कं वयमिव भवान् ध्यायति प्रेमबद्धः ।
अत्युत्कण्ठः शबलहृदयोऽस्मद्विधो बाष्पधाराः
     स्मृत्वा स्मृत्वा विसृजसि मुहुर्दुःखदस्तत्प्रसङ्‌गः ॥ २० ॥
हे मेघ ! तिमी निश्चय नै तिमी यदुवंश शिरोमणिका प्रिय हौ त्यसैले हामीले जस्तै प्रेममा परेर श्रीवत्सचिन्हले युक्त श्रीकृष्ण भगवानको चिन्तन गरिरहेका छौ । यहि चिन्ता र श्रीकृष्णसंग मिल्ने इच्छाले हामीले जस्तै तिमीले पनि श्रीकृष्णलाई सम्झेर आँसु बगाइरहेका छौ । उनीसंग मित्रता गर्नु धेरै दुःखदायी हुँदोरहेछ ।।२०।। 
वियोगिनि)
प्रियरावपदानि भाषसे मृत(
     सञ्जीविकयानया गिरा
करवाणि किमद्य ते प्रियं
     वद मे वल्गितकण्ठ कोकिल ॥ २१ ॥
हे सुरीलो गला भएको कोइली ! तिम्रो मिठो बोलीले मर्न लागेका ब्यक्तिलाई बचाउला जस्तो छ । तिमी श्रीकृष्णले जस्तै मिठा मिठा शव्दले बोलिरहेका छौ । भन, अब यस समय म तिम्रो के उपकार गरौं ।।२१।।. 
(पुष्पिताग्रा)
न चलसि न वदस्युदारबुद्धे
     क्षितिधर चिन्तयसे महान्तमर्थम् ।
अपि बत वसुदेवनन्दनाङ्‌घ्रिं
     वयमिव कामयसे स्तनैर्विधर्तुम् ॥ २२ ॥
हे उदार विचार भएका पर्वत ! तिमी न बोल्दछौ न कतै हिँड्दछौ तिमी कुनै कुराको  चिन्तन गरिरहेका छौ जस्तो छ । ठिक छ, तिमी पनि हामीले जस्तै आफ्नो चुचुरा रुपी स्तनमा श्रीकृष्णको चरण राख्न चाहेको जस्तो छ ।।२२।।
(वसंततिलका)
शुष्यद्ध्रदाः करशिता बत सिन्धुपत्न्यः 
     सम्प्रत्यपास्तकमलश्रिय इष्टभर्तुः ।
यद्वद् वयं मधुपतेः प्रणयावलोक(
     मप्राप्य मुष्टहृदयाः पुरुकर्शिताः स्म ॥ २३ ॥
हे समुद्र पत्नी नदीहरू ! यस गृष्म ऋतुमा समुद्रबाट प्रसस्त जल नपाउदा तिमीहरुको हृदहरु (कुण्ड) सुकेकोले दुब्ली र पातली भएका छौ । जसरी हामी हाम्रा प्रियत्तम श्रीकृष्णको मधुर मुस्कानको हेराइ नपाएर धेरै दुब्लाएका छौं ।।२३।। 
(शार्दूलविक्रिडित)
हंस स्वागतमास्यतां पिब पयो ब्रूह्यङ्‌ग शौरेः कथां
     दूतं त्वां नु विदाम कच्चिदजितः स्वस्त्यास्त उक्तं पुरा ।
किं वा नश्चलसौहृदः स्मरति तं कस्माद्‌भजामो वयं
     क्षौद्रालापय कामदं श्रियमृते सैवैकनिष्ठा स्त्रियाम् ॥ २४ ॥
हे हाँस ! तिमीहरुलाई स्वागत छ । आउ यस आसनमा बसेर दुध पिऊ । हामीलाई शुरवंशी श्रीकृष्णको कथा भन । हामी तिमीहरुलाई श्रीकृष्णका दूतका रुपमा जान्दछौं । के श्रीकृष्ण भगवान् संचै हुनुहुन्छ ? वहाँको मित्रता अत्यन्त अस्थिर छ । वहाँले तिमी मेरो प्रियत्तमा हौ भन्नु भएको कुरा याद छ ? अब तिमीहरु जाओ हामी वहाँको अनुनय विनय सुन्दैनौं । जब उहाँले हाम्रो मतलब राख्नु हुन्न् भने हामी मात्र उहाँका वहाँसंग किन प्रेम गर्ने ? हे प्रिय दुतहरु अब तिमीहरुले वहाँसंग हाम्रो कुरा गर । के वहाँ लक्ष्मीलाई छाडेर हामीकहाँ आएर हामीसंग कुराकानी गर्न सक्नुहुन्छ ? के यत्रा स्त्रीहरुमध्दे लक्ष्मी मात्रै वहाँको एकमात्र प्रेमीका छिन् ।।२४।।
श्रीशुक उवाच–
(अनुष्टुप्)
इतीदृशेन भावेन कृष्णे योगेश्वरेश्वरे ।
क्रियमाणेन माधव्यो लेभिरे परमां गतिम् ॥ २५ ॥
भगवान् श्रीकृष्णका पत्नीहरुको योगेश्वरेश्वर श्रीकृष्णप्रति अनन्य प्रेम थियो त्यसैले उनीहरुले परमगति प्राप्त गरे ।।२५।।
श्रुतमात्रोऽपि यः स्त्रीणां प्रसह्याकर्षते मनः ।
उरुगायोरुगीतो वा पश्यन्तीनां कुतः पुनः ॥ २६ ॥
भगवान् श्रीकृष्णका लीलाहरु धेरैले गाएका छन् । वहाँको लाीलालाई सुन्दा पनि धेरै स्त्रीहरुको मन वहाँ प्रति आकर्षित हुन्छ भने जुन स्त्रत्रीले प्रत्यक्ष आफ्नो आँखाले देखेका छन भने उनीहरुको बारेमा त के नै भन्न सकिन्छ र ? ।।२६।।
याः सम्पर्यचरन् प्रेम्णा पादसंवाहनादिभिः ।
जगद्‌गुरुं भर्तृबुद्ध्या तासां किं वर्ण्यते तपः ॥ २७ ॥
जुन स्त्रीहरुले जगद्गुरु भगवान कृष्णलाई आफ्नो पति मानेर अत्यन्त प्रेमले उहाँको चरणमा स्पर्श गर्ने, उहाँलाई नुहाउने, खुवाउने, विभिन्न तरिकाले उहाँको सेवा गरे ती भाग्यशाली स्त्रीको सेवाको बारेमा कसरी वर्णन गर्न सकिन्छ र ।।२७.।। 
एवं वेदोदितं धर्ममनुतिष्ठन् सतां गतिः ।
गृहं धर्मार्थकामानां मुहुश्चादर्शयत् पदम् ॥ २८ ॥
सत्पुरुषका एकमात्र आश्रय हुनुभएका भगवान् श्रीकृष्णले वेदले बताएको धर्मको पालना गरेर धर्म, अर्थ र काम यी तीनै पुरुषार्थको प्राप्तिस्थान गृहास्थश्रम नै हो भन्ने कुरा देखाउनु भयो ।।२८।।
आस्थितस्य परं धर्मं कृष्णस्य गृहमेधिनाम् ।
आसन् षोडशसाहस्रं महिष्यश्च शताधिकम् ॥ २९ ॥
त्यसैले हे परीक्षित ! गृहस्थ धर्मलाई पालन गर्ने श्रीकृष्णका सोह्र हजार एक सय आठ रानीहरु थिए ।।२९।।
तासां स्त्रीरत्न।भूतानामष्टौ याः प्रागुदाहृताः ।
रुक्मिणीप्रमुखा राजंस्तत्पुत्राश्चानुपूर्वशः ॥ ३० ॥
ती मध्दे रुक्मिणी आदि आठ रानीहरूको बारेमा पहिले नै वर्णन गरिसकेको छु ।।३०।।
एकैकस्यां दश दश कृष्णोऽजीजनदात्मजान् ।
यावत्य आत्मनो भार्या अमोघगतिरीश्वरः ॥ ३१ ॥
तेषां उद्दामवीर्याणामष्टादश महारथाः ।
आसन्नुदारयशसस्तेषां नामानि मे शृणु ॥ ३२ ॥
भगवान् सर्व शक्तिमान हुनुहुन्छ । ती आठ रानी बाहेक अरु प्रत्येक रानीहरुबाट दश–दश जना छोराहरूलाई उत्पन्न भएका थिए ।  ती मध्दैै अठार जना प्रसिध्द महारथी थिए । तिनीहरुको नाम बतउछु सुन्नुहोस् ।।३१–३२।।
प्रद्युम्नश्चानिरुद्धश्च दीप्तिमान् भानुरेव च ।
साम्बो मधुर्बृहद्‌भानुर्चित्रभानुर्वृकोऽरुणः ॥ ३३ ॥
पुष्करो वेदबाहुश्च श्रुतदेवः सुनन्दनः ।
चित्रबाहुर्विरूपश्च कविर्न्यग्रोध एव च ॥ ३४ ॥
प्रद्युम्न, अनिरुद्ध, दीप्तीमान, भानु, साम्ब मधु, बृहद्भानु, चित्रभानु, वृक, अरुण, पुष्कर, वेदबाहु, श्रुतदेव, सुनन्दन, चित्रबाहु विरूप, कवि र न्यग्रोध यी अठार महारथीहरु भए । ३३–३४। 
एतेषामपि राजेन्द्र तनुजानां मधुद्विषः ।
प्रद्युम्न आसीत् प्रथमः पितृवद् रुक्मिणीसुतः ॥ ३५ ॥
हे राजेन्द्र ! भगवान कृष्णका यी छोराहरूमध्ये रुक्मिणीपुत्र प्रद्युम्न आफ्ना पिता  जस्तै सबै गुणले सम्पन्न थिए ।।३५।।
स रुक्मिणो दुहितरमुपयेमे महारथः ।
तस्यां ततोऽनिरुद्धोऽभून्नागायतबलान्वितः ॥ ३६ ॥
महारथी प्रद्युम्नले रुक्मीकी छोरीसँग विवाह गरेका थिए । उनैको गर्भबाट दश हजार हात्तीको बराबर बलभएको अनिरुद्धको जन्म भएको थियो ।।३६।। 
स चापि रुक्मिणः पौत्रीं दौहित्रो जगृहे ततः ।
वज्रस्तस्याभवद् यस्तु मौषलादवशेषितः ॥ ३७ ॥
रुक्मीको नाती (छोरीका छोरा) अनिरुद्धले आफ्नो मामाकी छोरी रुम्कीकै नातिनीसँग विवाह गरे । उनको गर्भबाट वज्र नाम गरेको पुत्र जन्मिए । यी व्रज मुसलबाट भएको यदुवंशका विनाश हुँदा उनी (व्रज) मात्र बाँचेका थिए ।।३७।। 
प्रतिबाहुरभूत्तस्मात् सुबाहुस्तस्य चात्मजः ।
सुबाहोः शान्तसेनोऽभूच्छतसेनस्तु तत्सुतः ॥ ३८ ॥
वज्रका छोरा प्रतिबाहु भए, प्रतिबाहुका सुबाहु, सुबाहुका शान्तसेन र शान्तसेनका शतसेन नामका छोरा भए ।।३८।। 
न ह्येतस्मिन्कुले जाता अधना अबहुप्रजाः ।
अल्पायुषोऽल्पवीर्याश्च अब्रह्मण्याश्च जज्ञिरे ॥ ३९ ॥
यस यदुवंशमा धेरै सन्तान जन्मिए उनीहरुमा धनले रहित, कम आयु भएका र कम शक्ति भएका कोही पनि जन्मिएनन् ।।३९।।
ंयदुवंशप्रसूतानां पुंसां विख्यातकर्मणाम् ।
सङ्ख्या न शक्यते कर्तुमपि वर्षायुतैर्नृप ॥ ४० ॥
हे परीक्षित यदुवंशमा यति प्रसिद्ध र वीर पुरुषहरूको जन्मिएका छन कि जसको हजारौं वर्षमा पनि गणना गर्न सकिदैन ।।४०।।
तिस्रः कोट्यः सहस्राणामष्टाशीतिशतानि च ।
आसन् यदुकुलाचार्याः कुमाराणामिति श्रुतम् ॥ ४१ ॥
मैले ती यदुकुलमा जन्मिएका बालकहरुलाई शिक्षा दिने गुरुहरु नै तीन करोड अठ्ठासी लाख शिक्षकहरू थिए भन्ने सुनेको छु ।।४१।। 
सङ्ख्यानं यादवानां कः करिष्यति महात्मनाम् ।
यत्रायुतानामयुतलक्षेणास्ते स आहुकः ॥ ४२ ॥
ती उदार हृदय भएका यदुवंशीहरूको संख्या कसरी भन्न सकिन्छ ? महाराज उग्रसेन सैनिक नै  एक नील थियो भनेर बताइन्छ ।।४२।। 
देवासुराहवहता दैतेया ये सुदारुणाः ।
ते चोत्पन्ना मनुष्येषु प्रजा दृप्ता बबाधिरे ॥ ४३ ॥
प्राचीन समयमा, देवता र दानवहरू बीचको युद्धमा धेरै दैत्यहरू मारिएका थिए । ऊनीहरु सबै मानिसको रुपमा जन्म लिएर अहंकारका एवं घमण्डका कारण मानिसहरूलाई सताउन थाले ।।४३।। 
तन्निग्रहाय हरिणा प्रोक्ता देवा यदोः कुले ।
अवतीर्णाः कुलशतं तेषामेकाधिकं नृप ॥ ४४ ॥
हे महाराज परीक्षित ! उनीहरुलाई दमन गर्नको लागि देवताहरुले यदुवंशमा अवतार लिएको थिए । त्यसैले यदुवंशीहरुको कुल एक सय एक थियो ।।४४।।
तेषां प्रमाणं भगवान् प्रभुत्वेनाभवद्धरिः ।
ये चानुवर्तिनस्तस्य ववृधुः सर्वयादवाः ॥ ४५ ॥
उनीहरू सबैले भगवान कृष्णलाई आफ्नो गुरु र आदर्श मान्थे । उनीहरु भगवान श्रीकृष्णका अनुयायी भएकाले उनीहरुको हरेक पक्षमा समृद्ध थियो ।।४५।। 
शय्यासनाटनालापक्रीडास्नानादिकर्मसु ।
न विदुः सन्तमात्मानं वृष्णयः कृष्णचेतसः ॥ ४६ ॥
यदुवंशीहरूको मन भगवान कृष्णमा यति डुबेको थियो कि उनीहरू सुत्दा, बस्दा, हिँड्दा, बोल्दा, खेल्दा, नुहाउँदा आदि मन श्रीकृष्ण मैं लगाउँथे । यति सम्म कि उनीहरुलाई आफ्नो शरीरको बारेमा पनि ख्याल हुदैनथ्यो ।।४६।। 
(स्रग्धरा)
तीर्थं चक्रे नृपोनं यदजनि यदुषु
     स्वःसरित्पादशौचं ।
विद्विट्‌स्निग्धाः स्वरूपं ययुरजितपरा
     श्रीर्यदर्थेऽन्ययत्नः  ।
यन्नामामङ्‌गलघ्नं श्रुतमथ गदितं
     यत्कृतो गोत्रधर्मः
कृष्णस्यैतन्न चित्रं क्षितिभरहरणं
     कालचक्रायुधस्य ॥ ४७ ॥
हे महाराज परीक्षित ! यदुवंशमा अवतार लिनुभएको भगवान श्रीकृष्णको चरीत्र रुपी पवित्र तीर्थले वहाँ कै चरणबाट निस्किएकी गंगाको महिमालाई पनि कम महत्वको बनाई दिएको छ । भगवान् संग प्रेम गर्ने, द्वेष गने आदि सबैले वहाँको स्वरुप प्राप्त गरे । जुन कुरा पाउन ठुला ठुला देवताहरु सधैं प्रयास गरिरहन्छन् । स्वयं लक्ष्मीजी निरन्तर वहाँ भगवानकोे सेवामा संलग्न भइरहनुहुन्छ । जुन भगवानको नाम एक पटक सुन्दा वा उच्चारण गर्दा सबै अमंगलहरु नष्ट हुन्छ । ऋषिहरूको वंशमा जति धर्महरु प्रचलनमा छन् यी सबैको संस्थापक भगवान कृष्ण नै हुनुहुन्छ हे परीक्षित ! भगवान् श्रीकृष्ण आफ्नो हातमा समयको संकेत गर्ने चक्र (कालचक्र) धारण गर्नुहुन्छ । यस्ता भगवान् ले पृथिवीको भार उतार्नु कुनै आश्चर्यको कुरा होइन ।।४७।।
(मालिनी)
जयति जननिवासो देवकीजन्मवादो
     यदुवरपरिषत्स्वैर्दोर्भिरस्यन्नधर्मम् ।
स्थिरचरवृजिनघ्नः सुस्मितश्रीमुखेन
     व्रजपुरवनितानां वर्धयन् कामदेवम् ॥ ४८ ॥
देवकीको गर्भबाट जन्म लिनु भएका भगवान श्रीकृष्ण सबै प्राणीहरूको आश्रय हुनुहुन्छ । वहाँ आफ्ना भुजाद्वारा अधर्मको नष्ट गर्नुहून्छ । आफ्नो मुस्कानयुक्त मुखमण्डलले व्रजमण्डलका गोपिनीको प्रेमभावलाई बढाइदिनुहुन्छ । वहाँ भगवान् श्रीकृष्णको जय हो ।।४८।।  
(वसंततिलका)
इत्थं परस्य निजवर्त्मरिरक्षयाऽऽत्त(
     लीलातनोस्तदनुरूपविडम्बनानि ।
कर्माणि कर्मकषणानि यदूत्तमस्य
     श्रूयादमुष्य पदयोरनुवृत्तिमिच्छन् ॥ ४९ ॥
हे परीक्षित ! प्रकृतिभन्दा पर रहनु भएका भगवान् परमात्माले आफुले स्थापना गरेको धर्मको रक्षाका लागि शरीर धारण गरेर अद्भुत लीलाहरु गर्नुभयो । वहाँका लीला र चरित्रले मानिसको कर्मबन्धनलाई चुडालिदिन्छ । वहाँको सेवा गर्न चहानेहरुले भगवान्को यी सबै चरित्रहरु राम्ररी श्रवण गरुन् ।।४९।।
मर्त्यस्तयानुसवमेधितया मुकुन्द(
     श्रीमत्कथाश्रवणकीर्तनचिन्तयैति ।
तद्धाम दुस्तरकृतान्तजवापवर्गं
     ग्रामाद् वनं क्षितिभुजोऽपि ययुर्यदर्थाः ॥ ५० ॥
हे परीक्षित ! जब मानिसले हरेक क्षण भगवान कृष्णका सुन्दर कथाहरू सुन्न कीर्तन गर्न र चिन्तन गर्न थाल्दछ त्यतिबेला उसमा निरन्तर भक्ति बढ्दछ यही भक्तिले उसलाई भगवान्को धाममा पुर्याइदिन्छ । जुन धाम कालको वशमा हदैन । यस्तो धाम प्राप्त गर्नको लागि ठुला–ठुला राजाहरु आफ्नो राज्य छोडेर वनमा गएका थिए ।।५०।। 
इति श्रीमद्भाकगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
श्रीकृष्णचरितानुवर्णनं नाम नवतितमोऽध्यायः ॥ ९० ॥