/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमस्कन्धः – नवतितमोऽध्यायः

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः – नवतितमोऽध्यायः


 
श्रीशुक उवाच
(अनुष्टुप्)
सुखं स्वपुर्यां निवसन् द्वारकायां श्रियः पतिः ।
सर्वसंपत्समृद्धायां जुष्टायां वृष्णिपुङ्‌गवैः ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छहे परीक्षित्! भगवान्को द्वारका नगरी सबै किसिमको सौन्दर्यले सम्पन्न थियो। लक्ष्मीका पति भगवान् श्रीकृष्ण समस्त सम्पत्तिले युक्त तथा वृष्णिवंशीहरूद्वारा सेवित भएर द्वारका नगरमा सुखपूर्वक रहनुहुन्थ्यो ।।१।।
 
स्त्रीभिश्चोत्तमवेषाभिर्नवयौवनकान्तिभिः ।
कन्दुकादिभिर्हर्म्येषु क्रीडन्तीभिस्तडिद्द्युभिः ॥ २ ॥
नेपाली भावानुवादः बिजुली चम्कँदाको जस्तो तेज भएका त्यस नगरका महलहरूमा बस्ने स्त्रीहरू उत्तम वस्त्र धारण गरेर भकुन्डो लगायतका सामग्रीहरू लिएर खेल्दथे ।।२।।
 
नित्यं सङ्‌कुलमार्गायां मदच्युद्‌भिर्मतङ्‌गजैः ।
स्वलङ्‌कृतैर्भटैरश्वै रथैश्च कनकोज्ज्वलैः ॥ ३ ॥
नेपाली भावानुवादः द्वारका नगरका राजमार्गहरू मत्त हात्तीहरू, सजिएका घोडाहरू र सुनजस्तै चम्कने उत्तम रथहरूले सधैँ भरिएका हुन्थे ।।३।।
 
उद्यानोपवनाढ्यायां पुष्पितद्रुमराजिषु ।
निर्विशद्‌भृङ्‌गविहगैर्नादितायां समन्ततः ॥ ४ ॥
नेपाली भावानुवादः त्यहाँका वन-उपवनहरूमा विभिन्न किसिमका फूलहरू फुलेका थिए। वृक्षहरूमा भ्रमराहरू बसेर र चराचुरुङ्गीहरूले चारैतिर मधुर आवाज (कलरव) निकालिरहन्थे ।।४।।
 
रेमे षोडशसाहस्रपत्नीानामेकवल्लभः ।
तावद्विचित्ररूपोऽसौ तद्‌गेहेषु महर्द्धिषु ॥ ५ ॥
नेपाली भावानुवादः त्यस्तो नगरका ऐश्वर्यले सम्पन्न महलहरूमा भगवान् श्रीकृष्ण विचित्र रूप धारण गरेर आफ्ना सोह्र हजार पत्नीहरूका साथमा सुखपूर्वक रहनुहुन्थ्यो ।।५।।
 
प्रोत्फुल्लोत्पलकह्लारकुमुदाम्भोजरेणुभिः ।
वासितामलतोयेषु कूजद्‌द्विजकुलेषु च ॥ ६ ॥
नेपाली भावानुवादः भगवान्का सबै पत्नीहरूका महलमा सुन्दर पोखरीहरू थिए, जहाँ निर्मल जलमा पहेंला, सेता र राता कमल फुलेर त्यसको परागले जल अत्यन्त सुगन्धित हुन्थ्यो। त्यहाँ हाँस लगायत अन्य सुन्दर पक्षीहरू चिरबिर गर्दै जलविहार गरिरहन्थे ।।६।।
 
विजहार विगाह्याम्भो ह्रदिनीषु महोदयः ।
कुचकुङ्‌कुमलिप्ताङ्‌गः परिरब्धश्च योषिताम् ॥ ७ ॥
नेपाली भावानुवादः ती भगवान्का पत्नीहरूले उहाँलाई आलिङ्गन गर्दा उनीहरूको स्तनको कुमकुम भगवान्को अङ्गमा लाग्दथ्यो। त्यसपछि ऐश्वर्यशाली श्रीकृष्ण ती जलाशयहरूमा पसेर जलक्रीडा गर्दै विहार गर्नुहुन्थ्यो ।।७।।
उपगीयमानो गन्धर्वैर्मृदङ्‌गपणवानकान् ।
वादयद्‌भिर्मुदा वीणां सूतमागधवन्दिभिः ॥ ८ ॥
नेपाली भावानुवादः त्यस बेला गन्धर्वहरूले उहाँको यशोगान गर्दथे भने सूत, मागध र वन्दिजनहरूले हर्षपूर्वक मृदङ्ग, ढोल, नगरा र वीणा आदि बजाउँदथे ।।८।।
 
सिच्यमानोऽच्युतस्ताभिर्हसन्तीभिः स्म रेचकैः ।
प्रतिषिञ्चन् विचिक्रीडे यक्षीभिर्यक्षराडिव ॥ ९ ॥
नेपाली भावानुवादः कहिलेकाहीँ उहाँका पत्नीहरूले पिचकारीले पानी छ्याप्दा भगवान् भिज्नुहुन्थ्यो र उहाँले पनि सबैलाई पानी छ्यापेर भिजाइदिनुहुन्थ्यो। यसरी यक्षराजले यक्षिणीका साथ विहार गरेझैँ भगवान् आफ्ना पत्नीहरूसँग विहार गर्नुहुन्थ्यो ।।९।।
 
(वसंततिलका)
ताः क्लिन्नवस्त्रविवृतोरुकुचप्रदेशाः
    सिञ्चन्त्य उद्धृतबृहत्कबरप्रसूनाः ।
कान्तं स्म रेचकजिहीर्षययोपगुह्य
    जातस्मरोत्स्मयलसद्वदना विरेजुः ॥ १० ॥
नेपाली भावानुवादः यसरी पानी छ्यापाछ्याप गर्दा भगवान्का ती पत्नीहरूको वस्त्र भिज्नाले शरीरका अङ्गहरू प्रस्ट देखिन्थे। कपालमा घुसारेका फूलहरू पानीमा झरिरहेका थिए। आफ्ना पति श्रीकृष्णबाट पिचकारी खोस्ने इच्छाले उहाँको नजिक गएर कामभावयुक्त मुस्कानका साथ आलिङ्गन गर्दा उनीहरू झनै सुशोभित देखिन्थे ।।१०।।
 
कृष्णस्तु तत्स्तनविषज्जितकुङ्‌कुमस्रक्
क्रीडाभिषङ्‌गधुतकुन्तलवृन्दबन्धः ।
सिञ्चन् मुन्मुहुर्युवतिभिः प्रतिषिच्यमानो
रेमे करेणुभिरिवेभपतिः परीतः ॥ ११ ॥
नेपाली भावानुवादः यसरी आलिङ्गन गर्दा उनीहरूको स्तनको कुमकुमले भगवान्को वनमाला रङ्गिन्थ्यो। जलक्रीडाका कारण उनीहरूको बाँधिएको कपाल फुकेर पानीमा डुबेको हुन्थ्यो। यसरी पानी छ्यापाछ्याप गरेर जसरी गजराजले ढोइहरूसँग रमण गर्दछ, त्यसरी नै भगवान् श्रीकृष्ण आफ्ना रानीहरूसँग रमाउनुभयो ।।११।।
 
(अनुष्टुप्)
नटानां नर्तकीनां च गीतवाद्योपजीविनाम् ।
क्रीडालङ्‌कारवासांसि कृष्णोऽदात्तस्य च स्त्रियः ॥ १२ ॥
नेपाली भावानुवादः यसरी जलक्रीडा गरिसकेपछि भगवान् श्रीकृष्ण र उहाँका पत्नीहरूले नाचगान र वाद्यवादनद्वारा जीविका चलाउने नट-नर्तकीहरूलाई वस्त्र र आभूषणहरू दान गर्नुभयो ।।१२।।
 
कृष्णस्यैवं विहरतो गत्यालापेक्षितस्मितैः ।
नर्मक्ष्वेलिपरिष्वङ्‌गैः स्त्रीणां किल हृता धियः ॥ १३ ॥
नेपाली भावानुवादः हे महाराज परीक्षित्! यसरी भगवान्सँग विहार गरिरहेका रानीहरूको मन भगवान्को चालढाल, कुराकानी, हेराइ र मुस्कानका कारण यसरी हरण भएको थियो कि उनीहरूलाई आत्मविस्मृति हुन्थ्यो ।।१३।।
 
ऊचुर्मुकुन्दैकधियोऽगिर उन्मत्तवज्जडम् ।
चिन्तयन्त्योऽरविन्दाक्षं तानि मे गदतः शृणु ॥ १४ ॥
नेपाली भावानुवादः उनीहरूको सर्वस्व नै श्रीकृष्ण हुनुहुन्थ्यो। उहाँकै चिन्तनमा मग्न हुनाले ती रानीहरू कहिलेकाहीँ जडजस्तै वा उन्मत्त भएर जे कुरा गर्दथे, त्यो म बताउँछु, सुन्नुहोस् ।।१४।।

महिष्य ऊचुः 
(मालिनी) 
कुररि विलपसि त्वं वीतनिद्रा
    न शेषे स्वपिति जगति रात्र्यामीश्वरो गुप्तबोधः ।
वयमिव सखि कच्चिद्‌ गाढनिर्विद्धचेता
    नलिननयनहासोदारलीलेक्षितेन ॥ १५ ॥
नेपाली भावानुवादः हे न्याउली चरी! रात्रीको समयमा सारा जगत् सुतिरहेका बेला तिमी किन निद्रा त्यागेर विलाप गरिरहेकी छ्यौ? अहिले त भगवान् श्रीकृष्ण पनि सुतिरहनुभएको छ। हे सखी! हाम्रो जस्तै तिम्रो चित्त पनि कमल नयन श्रीकृष्णको लीलामय मुस्कान र हेराइले घाइते भएको त होइन? ।।१५।।
 
(वसंततिलका)
नेत्रे निमीलयसि नक्तमदृष्टबन्धु-
    स्त्वं रोरवीषि करुणं बत चक्रवाकि ।
दास्यं गत वयमिवाच्युतपादजुष्टां
    किं वा स्रजं स्पृहयसे कबरेण वोढुम् ॥ १६ ॥
नेपाली भावानुवादः हे चखेवी! यो रात्रीको समयमा आफ्नो पतिलाई नदेखेर आँखा चिम्ली किन करुण स्वरले विलाप गरिरहेकी छ्यौ? कि तिमीले पनि हामीले जस्तै भगवान्को दासी बनेर उहाँको चरणमा चढाएको पुष्पमाला आफ्नो कपालमा सजाउन खोजेकी हौ? ।।१६।।
 
(मिश्र) 
भो भोः सदा निष्टनसे उदन्व-
    नलब्धनिद्रोऽधिगतप्रजागरः ।
किं वा मुकुन्दापहृतात्मलाञ्छनः
    प्राप्तां दशां त्वं च गतो दुरत्ययाम् ॥ १७ ॥
नेपाली भावानुवादः हे समुद्र! तिमी सधैँ किन गर्जिरहन्छौ? के तिमीलाई कहिल्यै निद्रा लाग्दैन? कि भगवान् श्रीकृष्णले तिम्रा धैर्य आदि गुणहरू खोसेकाले तिम्रो यस्तो दुर्दशा भएको हो? ।।१७।।
 
(वसंततिलका)
त्वं यक्ष्मणा बलवतासि गृहीत इन्दो
    क्षीणस्तमो न निजदीधितिभिः क्षिणोषि ।
कच्चिन् मुकुन्दगदितानि यथा वयं त्वं
    विस्मृत्य भोः स्थगितगीरुपलक्ष्यसे नः ॥ १८ ॥
नेपाली भावानुवादः हे चन्द्रमा! तिमीलाई भयंकर क्षयरोगले सताएको छ, जसले गर्दा तिम्रा किरणहरूले रात्रीको अन्धकार हटाउन सकेका छैनन्। के तिमी पनि हामीजस्तै भगवान्का कुराहरू सम्झेर स्तब्ध भएका हौ? ।।१८।।
 
(अनुष्टुप्)
किं न्वाचरितमस्माभिर्मलयानिल तेऽप्रियम् ।
गोविन्दापाङ्‌गनिर्भिन्ने हृदीरयसि नः स्मरम् ॥ १९ ॥
नेपाली भावानुवादः हे मलय पर्वतबाट वहने वायु! हामीले तिम्रो के बिगारेका थियौँ र गोविन्दको कटाक्षबाट छिन्नभिन्न भएको हाम्रो हृदयमा झनै कामदेवको सञ्चार गराइरहेका छौ? ।।१९।।
 
(मंदाक्रान्ता)
मेघ श्रीमन् त्वमसि दयितो यादवेन्द्रस्य नूनं
    श्रीवत्साङ्‌कं वयमिव भवान् ध्यायति प्रेमबद्धः ।
अत्युत्कण्ठः शबलहृदयोऽस्मद्विधो बाष्पधाराः
    स्मृत्वा स्मृत्वा विसृजसि मुहुर्दुःखदस्तत्प्रसङ्‌गः ॥ २० ॥
नेपाली भावानुवादः हे मेघ! तिमी निश्चय नै यदुवंश शिरोमणिका प्रिय हौ, त्यसैले हामीले जस्तै प्रेममा परेर श्रीवत्सचिह्नयुक्त श्रीकृष्णको चिन्तन गरिरहेका छौ। उहाँलाई सम्झेर तिमीले पनि हामीले झैँ आँसु (वर्षा) बगाइरहेका छौ। उहाँसँगको सम्बन्ध असाध्यै दुःखदायी हुने रहेछ ।।२०।।
 
(वियोगिनी)
प्रियरावपदानि भाषसे मृत-
    सञ्जीविकयानया गिरा ।
करवाणि किमद्य ते प्रियं
    वद मे वल्गितकण्ठ कोकिल ॥ २१ ॥
नेपाली भावानुवादः हे सुरीलो गला भएको कोइली! तिम्रो यो वाणी त मृतलाई पनि बचाउने खालको छ। तिमी श्रीकृष्णले जस्तै मिठा शब्दहरू बोलिरहेका छौ। भन, म तिम्रो के उपकार गरूँ? ।।२१।।
 
(पुष्पिताग्रा)
न चलसि न वदस्युदारबुद्धे क्षितिधर
    चिन्तयसे महान्तमर्थम् ।
अपि बत वसुदेवनन्दनाङ्‌घ्रिं
    वयमिव कामयसे स्तनैर्विधर्तुम् ॥ २२ ॥
नेपाली भावानुवादः हे उदार पर्वत! तिमी न बोल्छौ, न त हिँड्छौ। तिमी कुनै गहन कुराको चिन्तन गरिरहेको जस्तो देखिन्छौ। कतै तिमी पनि हामीले झैँ आफ्ना टाकुरा रूपी स्तनमा श्रीकृष्णको चरण राख्न चाहन्छौ कि? ।।२२।।
 
(वसंततिलका)
शुष्यद्ध्रदाः करशिता बत सिन्धुपत्न्यः
    सम्प्रत्यपास्तकमलश्रिय इष्टभर्तुः ।
यद्वद् वयं मधुपतेः प्रणयावलोक-
    मप्राप्य मुष्टहृदयाः पुरुकर्शिताः स्म ॥ २३ ॥
नेपाली भावानुवादः हे समुद्रपत्नी नदीहरू! तिम्रा जलाशयहरू सुकेर तिमीहरू दुब्लाएका छौ। जसरी हामी प्रियतम श्रीकृष्णको प्रेमपूर्ण हेराइ नपाएर क्षीण भएका छौँ, तिम्रो अवस्था पनि त्यस्तै छ ।।२३।।
 
(शार्दूलविक्रीडित)
हंस स्वागतमास्यतां पिब पयो ब्रूह्यङ्‌ग शौरेः कथां
    दूतं त्वां नु विदाम कच्चिदजितः स्वस्त्यास्त उक्तं पुरा ।
किं वा नश्चलसौहृदः स्मरति तं कस्माद्‌भजामो वयं
    क्षौद्रालापय कामदं श्रियमृते सैवैकनिष्ठा स्त्रियाम् ॥ २४ ॥
नेपाली भावानुवादः हे हाँस! तिमीलाई स्वागत छ, दूध पिऊ र हामीलाई श्रीकृष्णको कथा सुनाऊ। हामी तिमीलाई उहाँको दूत मान्छौँ। के उहाँ कुशल हुनुहुन्छ? उहाँको प्रेम स्थिर छैन। उहाँले हामीलाई बिर्सनुभयो कि? हामी मात्र किन उहाँको सेवा गरिरहने? हे दूत! बरु उहाँलाई नै गएर भन, के उहाँ लक्ष्मीलाई छाडेर हामीकहाँ आउन सक्नुहुन्छ? ।।२४।।
 
श्रीशुक उवाच
(अनुष्टुप्)
इतीदृशेन भावेन कृष्णे योगेश्वरेश्वरे ।
क्रियमाणेन माधव्यो लेभिरे परमां गतिम् ॥ २५ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णका पत्नीहरूको योगेश्वरेश्वर श्रीकृष्णप्रति यस्तो अनन्य प्रेम थियो, जसका कारण उनीहरूले परमगति प्राप्त गरे ।।२५।।
 
श्रुतमात्रोऽपि यः स्त्रीणां प्रसह्याकर्षते मनः ।
उरुगायोरुगीतो वा पश्यन्तीनां कुतः पुनः ॥ २६ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णका लीलाहरू श्रवण मात्र गर्दा पनि स्त्रीहरूको मन आकर्षित हुन्छ भने जसले उहाँलाई प्रत्यक्ष देखे, उनीहरूको त के कुरा गर्नु र! ।।२६।।
 
याः सम्पर्यचरन् प्रेम्णा पादसंवाहनादिभिः ।
जगद्‌गुरुं भर्तृबुद्ध्या तासां किं वर्ण्यते तपः ॥ २७ ॥
नेपाली भावानुवादः जुन स्त्रीहरूले जगद्गुरु श्रीकृष्णलाई पति मानेर प्रेमपूर्वक चरण सेवा र परिचर्या गरे, उनीहरूको तपस्याको वर्णन कसरी गर्न सकिन्छ? ।।२७।।
 
एवं वेदोदितं धर्ममनुतिष्ठन् सतां गतिः ।
गृहं धर्मार्थकामानां मुहुश्चादर्शयत् पदम् ॥ २८ ॥
नेपाली भावानुवादः सत्पुरुषका आश्रय श्रीकृष्णले वेदविहित धर्मको पालना गर्दै गृहस्थाश्रम नै धर्म, अर्थ र कामको मुख्य स्थान हो भन्ने कुरा सिद्ध गरिदिनुभयो ।।२८।।
 
आस्थितस्य परं धर्मं कृष्णस्य गृहमेधिनाम् ।
आसन् षोडशसाहस्रं महिष्यश्च शताधिकम् ॥ २९ ॥
नेपाली भावानुवादः यसरी गृहस्थ धर्मको मर्यादा पालन गर्ने श्रीकृष्णका सोह्र हजार एक सय आठ रानीहरू थिए ।।२९।।
 
तासां स्त्रीरत्नभूतानामष्टौ याः प्रागुदाहृताः ।
रुक्मिणीप्रमुखा राजंस्तत्पुत्राश्चानुपूर्वशः ॥ ३० ॥
नेपाली भावानुवादः तीमध्ये रुक्मिणी आदि आठ प्रमुख रानीहरूका बारेमा पहिले नै वर्णन गरिसकिएको छ ।।३०।।
 
एकैकस्यां दश दश कृष्णोऽजीजनदात्मजान् ।
यावत्य आत्मनो भार्या अमोघगतिरीश्वरः ॥ ३१ ॥
नेपाली भावानुवादः अमोघ शक्ति भएका भगवान् श्रीकृष्णले आफ्ना प्रत्येक पत्नीबाट दस-दस जना छोराहरू उत्पन्न गर्नुभयो ।।३१।।
 
तेषां उद्दामवीर्याणामष्टादश महारथाः ।
आसन्नुदारयशसस्तेषां नामानि मे शृणु ॥ ३२ ॥
नेपाली भावानुवादः ती अत्यन्त वीर पुत्रहरूमध्ये अठार जना प्रसिद्ध महारथी थिए, उनीहरूको नाम मबाट सुन ।।३२।।
 
प्रद्युम्नश्चानिरुद्धश्च दीप्तिमान् भानुरेव च ।
साम्बो मधुर्बृहद्‌भानुर्चित्रभानुर्वृकोऽरुणः ॥ ३३ ॥
पुष्करो वेदबाहुश्च श्रुतदेवः सुनन्दनः ।
चित्रबाहुर्विरूपश्च कविर्न्यग्रोध एव च ॥ ३४ ॥
नेपाली भावानुवादः प्रद्युम्न, अनिरुद्ध, दीप्तिमान्, भानु, साम्ब, मधु, बृहद्भानु, चित्रभानु, वृक, अरुण, पुष्कर, वेदबाहु, श्रुतदेव, सुनन्दन, चित्रबाहु, विरूप, कवि र न्यग्रोधयी अठार महारथी भए ।।३३-३४।।
 
एतेषामपि राजेन्द्र तनुजानां मधुद्विषः ।
प्रद्युम्न आसीत् प्रथमः पितृवद् रुक्मिणीसुतः ॥ ३५ ॥
नेपाली भावानुवादः हे राजेन्द्र! भगवान्का यी छोराहरूमध्ये रुक्मिणीपुत्र प्रद्युम्न आफ्ना पिताजस्तै सबै गुणले सम्पन्न थिए ।।३५।।
 
स रुक्मिणो दुहितरमुपयेमे महारथः ।
तस्यां ततोऽनिरुद्धोऽभून्नागायतबलान्वितः ॥ ३६ ॥
नेपाली भावानुवादः महारथी प्रद्युम्नले रुक्मीकी पुत्रीसँग विवाह गरे, जसको गर्भबाट दस हजार हात्तीको बल भएका अनिरुद्धको जन्म भयो ।।३६।।
 
स चापि रुक्मिणः पौत्रीं दौहित्रो जगृहे ततः ।
वज्रस्तस्याभवद् यस्तु मौषलादवशेषितः ॥ ३७ ॥
नेपाली भावानुवादः अनिरुद्धले रुक्मीकी नातिनीसँग विवाह गरे। उनको गर्भबाट वज्रको जन्म भयो, जो मुसल काण्डपछिको यदुवंश विनाशमा जीवित बचेका थिए ।।३७।।
 
प्रतिबाहुरभूत्तस्मात् सुबाहुस्तस्य चात्मजः ।
सुबाहोः शान्तसेनोऽभूच्छतसेनस्तु तत्सुतः ॥ ३८ ॥
नेपाली भावानुवादः वज्रबाट प्रतिबाहु, प्रतिबाहुबाट सुबाहु, सुबाहुबाट शान्तसेन र शान्तसेनबाट शतसेनको जन्म भयो ।।३८।।
 
न ह्येतस्मिन्कुले जाता अधना अबहुप्रजाः ।
अल्पायुषोऽल्पवीर्याश्च अब्रह्मण्याश्च जज्ञिरे ॥ ३९ ॥
नेपाली भावानुवादः यस कुलमा कोही पनि निर्धन, कम सन्तान भएका, अल्पायु वा अल्पशक्तिशाली भएनन् ।।३९।।
 
यदुवंशप्रसूतानां पुंसां विख्यातकर्मणाम् ।
सङ्ख्या न शक्यते कर्तुमपि वर्षायुतैर्नृप ॥ ४० ॥
नेपाली भावानुवादः हे परीक्षित्! यदुवंशमा यति धेरै वीरहरू जन्मिए कि जसको गणना हजारौँ वर्षमा पनि सम्भव छैन ।।४०।।
 
तिस्रः कोट्यः सहस्राणामष्टाशीतिशतानि च ।
आसन् यदुकुलाचार्याः कुमाराणामिति श्रुतम् ॥ ४१ ॥
नेपाली भावानुवादः मैले सुनेअनुसार यदुकुलका बालकहरूलाई शिक्षा दिने आचार्यहरूको सङ्ख्या नै तीन करोड अठासी लाख थियो ।।४१।।
 
सङ्ख्यानं यादवानां कः करिष्यति महात्मनाम् ।
यत्रायुतानामयुतलक्षेणास्ते स आहुकः ॥ ४२ ॥
नेपाली भावानुवादः ती महात्मा यदुवंशीहरूको गणना कसले गर्न सक्छ? जहाँ राजा उग्रसेनका सेनाको सङ्ख्या नै अत्यन्त विशाल थियो ।।४२।।
 
देवासुराहवहता दैतेया ये सुदारुणाः ।
ते चोत्पन्ना मनुष्येषु प्रजा दृप्ता बबाधिरे ॥ ४३ ॥
नेपाली भावानुवादः देवासुर सङ्ग्राममा मारिएका दैत्यहरू मानिसका रूपमा जन्म लिएर प्रजालाई दुःख दिन थालेका थिए ।।४३।।
 
तन्निग्रहाय हरिणा प्रोक्ता देवा यदोः कुले ।
अवतीर्णाः कुलशतं तेषामेकाधिकं नृप ॥ ४४ ॥
नेपाली भावानुवादः तिनीहरूको दमनका लागि भगवान्को आज्ञाले देवताहरू यदुवंशका एक सय एक कुलहरूमा अवतरित भए ।।४४।।
 
तेषां प्रमाणं भगवान् प्रभुत्वेनाभवद्धरिः ।
ये चानुवर्तिनस्तस्य ववृधुः सर्वयादवाः ॥ ४५ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्ण उनीहरूका प्रभु र आदर्श हुनुहुन्थ्यो र उहाँकै अनुयायी भएर सबै यादवहरू फस्टाएका थिए ।।४५।।
 
शय्यासनाटनालापक्रीडास्नानादिकर्मसु ।
न विदुः सन्तमात्मानं वृष्णयः कृष्णचेतसः ॥ ४६ ॥
नेपाली भावानुवादः यदुवंशीहरूको मन श्रीकृष्णमा यसरी एकाग्र थियो कि सुत्दा, बस्दा र हिँड्दा पनि उनीहरूलाई आफ्नो शरीरको समेत होस हुँदैनथ्यो ।।४६।।
 
(स्रग्धरा)
तीर्थं चक्रे नृपोनं यदजनि यदुषु स्वःसरित्पादशौचं ।
    विद्विट्‌स्निग्धाः स्वरूपं ययुरजितपरा श्रीर्यदर्थेऽन्ययत्नः ।
यन्नामामङ्‌गलघ्नं श्रुतमथ गदितं यत्कृतो गोत्रधर्मः
    कृष्णस्यैतन्न चित्रं क्षितिभरहरणं कालचक्रायुधस्य ॥ ४७ ॥
नेपाली भावानुवादः हे महाराज! यदुवंशमा अवतार लिनुभएका श्रीकृष्णको चरित्रले गङ्गाको महिमालाई पनि झन् बढाएको छ। उहाँको नाम श्रवण वा कीर्तन गर्दा सबै अमङ्गल नष्ट हुन्छन्। कालचक्रधारी भगवान्का लागि पृथ्वीको भार हरण गर्नु कुनै आश्चर्यको कुरा होइन ।।४७।।
 
(मालिनी)
जयति जननिवासो देवकीजन्मवादो य
    दुवरपरिषत्स्वैर्दोर्भिरस्यन्नधर्मम् ।
स्थिरचरवृजिनघ्नः सुस्मितश्रीमुखेन
    व्रजपुरवनितानां वर्धयन् कामदेवम् ॥ ४८ ॥
नेपाली भावानुवादः देवकीको गर्भबाट प्रकट हुनुभएका श्रीकृष्ण सबैका आश्रय हुनुहुन्छ। उहाँ अधर्मको नाश गर्ने र आफ्नो मधुर मुस्कानले व्रजका गोपिनीहरूको प्रेमभाव बढाउने हुनुहुन्छ। उहाँको जय होस् ।।४८।।
 
(वसंततिलका)
इत्थं परस्य निजवर्त्मरिरक्षयाऽऽत्त-
    लीलातनोस्तदनुरूपविडम्बनानि ।
कर्माणि कर्मकषणानि यदूत्तमस्य
    श्रूयादमुष्य पदयोरनुवृत्तिमिच्छन् ॥ ४९ ॥
नेपाली भावानुवादः धर्मको रक्षाका लागि मनुष्य देह धारण गरी भगवान् श्रीकृष्णले गरेका यी लीलाहरूले मानिसको कर्मबन्धन काटिदिन्छन्। उहाँको भक्ति चाहनेले यी लीलाहरू श्रवण गर्नुपर्छ ।।४९।।
 
मर्त्यस्तयानुसवमेधितया मुकुन्द-
    श्रीमत्कथाश्रवणकीर्तनचिन्तयैति ।
तद्धाम दुस्तरकृतान्तजवापवर्गं
    ग्रामाद् वनं क्षितिभुजोऽपि ययुर्यदर्थाः ॥ ५० ॥
नेपाली भावानुवादः जो मनुष्यले निरन्तर भगवान् श्रीकृष्णका कथाहरू सुन्छ, कीर्तन गर्छ र चिन्तन गर्छ, उसले उहाँको परम धाम प्राप्त गर्दछ, जहाँ मृत्युको डर हुँदैन। त्यही धामका लागि राजाहरू राज्य छोडेर वन गएका थिए ।।५०।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे श्रीकृष्णचरितानुवर्णनं नाम नवतितमोऽध्यायः ॥ ९० ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

अध्याय सारांशश्रीमद्भागवत महापुराणको दशम स्कन्धको यस अन्तिम अध्यायमा भगवान् श्रीकृष्णको द्वारका लीला र उहाँको कुलको विस्तारको भव्य वर्णन गरिएको छ। अध्यायको प्रारम्भमा द्वारका नगरीको वैभव र त्यहाँका निवासीहरूको सुखद जीवनको चित्रण गरिएको छ। भगवान् श्रीकृष्ण आफ्ना सोह्र हजार एक सय आठ रानीहरूसँग विभिन्न महलहरूमा विचित्र रूप धारण गरी रहनुहुन्थ्यो भन्ने कुराले उहाँको सर्वव्यापकता र योगेश्वर स्वरूपलाई झल्काउँछ। रानीहरूले भगवान्सँग गर्ने जलक्रीडा र उनीहरूको प्रेमपूर्ण चेष्टाले उनीहरूको अनन्य भक्ति र समर्पणलाई देखाउँछ। रानीहरूले प्रकृति (न्याउलीचखेवासमुद्रमेघपर्वत) सँग गर्ने संवादका माध्यमबाट उनीहरूको विरह र श्रीकृष्णप्रतिको तन्मयता प्रकट भएको छ। उनीहरूले भगवान्लाई केवल पतिका रूपमा मात्र नभई परब्रह्मका रूपमा आत्मसात गरेका थिए।

अध्यायमा यदुवंशको विशालताको वर्णन गर्दै भगवान्का पुत्र र पौत्रहरूको चर्चा गरिएको छ। श्रीकृष्णका प्रत्येक रानीबाट दस-दस पुत्रको जन्म हुनु र तीमध्ये प्रद्युम्नअनिरुद्ध जस्ता महान् वीरहरूको उदय हुनुले यदुवंशको सामर्थ्यलाई दर्शाउँछ। यदुवंशमा आचार्यहरूको सङ्ख्या नै करोडौँमा हुनुले त्यस समयको शैक्षिक र आध्यात्मिक सम्पन्नता पुष्टि गर्छ। भगवान् श्रीकृष्णले गृहस्थाश्रममा रहेर पनि कसरी वेदविहित धर्मको पालना गर्न सकिन्छ भन्ने कुरा संसारलाई देखाउनुभयो। उहाँले पृथ्वीको भार हरण गर्नका लागि असुरहरूको संहार र धर्मको स्थापना गर्नुभयो। अन्त्यमाशुकदेवजीले भगवान्को चरित्र श्रवण र कीर्तन गर्नाले मानिसले संसारको मायाजालबाट मुक्ति पाएर परम धाम प्राप्त गर्ने फलश्रुति बताउनुभएको छ। यसरी यो अध्यायले श्रीकृष्णको समग्र अवतारको उद्देश्य र महिमालाई समापन गर्दछ।

दार्शनिक पक्ष

यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहन छ। यसले निर्गुण निराकार ब्रह्म कसरी भक्तको इच्छा अनुसार सगुण साकार रूपमा प्रकट भएर लीला गर्दछ भन्ने कुरालाई स्पष्ट पार्दछ। भगवान्को सोह्र हजार रूप धारण गर्नुले आत्माको अनेकतामा एकताको सिद्धान्तलाई संकेत गर्छ। रानीहरूको विलाप र प्रकृतिसँगको संवादले 'प्रेम-भक्तिको पराकाष्ठा देखाउँछजहाँ भक्तले सारा जगत्‌मा आफ्नो आराध्यलाई नै देख्छ। यो 'अद्वैतअनुभूतिको एक रूप हो। भगवान्ले गृहस्थाश्रममा बसेर पनि 'नासक्त' (अनासक्त) रहने कला सिकाउनुभएको छ। भौतिक ऐश्वर्यका बीचमा रहेर पनि उहाँ परम वैराग्य र धर्मको प्रतिमूर्ति हुनुहुन्थ्यो। यसले कर्मयोगको मार्गलाई प्रशस्त गर्दछ। अन्त्यमाकालचक्रको चर्चाले यो संसार नश्वर छ र केवल परमात्माको भक्ति मात्र शाश्वत छ भन्ने दर्शनलाई पुष्टि गर्दछ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...