श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – द्वादशोऽध्यायः
(मिश्र)
शुक उवाच–
क्वचिद् वनाशाय मनो दधद् व्रजात्
प्रातः समुत्थाय वयस्यवत्सपान् ।
प्रबोधयंच्छृङ्गरवेण चारुणा
विनिर्गतो वत्सपुरःसरो हरिः ॥१॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! एकदिन श्रीकृष्णलाई वनभोज गर्ने इच्छा भएकोले बिहान सबेरै उठेर सिंगले बनेको बाँसुरीको मधुर स्वरले आफ्ना साथीहरूलाई बोलाउनु भयो अनि बाच्छाहरू अगाडि लगाएर वनतिर जानको लागि व्रजबाट निस्कनुभयो ।।१।। ।
(इंद्रवंशा)
तेनैव साकं पृथुकाः सहस्रशः
स्निग्धाः सुशिग्वेत्रविषाणवेणवः ।
स्वान् स्वान् सहस्रोपरिसङ्ख्ययान्वितान्
वत्सान् पुरस्कृत्य विनिर्ययुर्मुदा ॥२॥
श्रीकृष्णका अति मिल्ने साथीहरू हजारौं गोप वालकहरू आफ्ना वेतको सुन्दर छडि, सिंगको बाजा र बाँसुरी बोकेर बाच्छाहरू अगाडि लगाएर खुसीहुँदै घरबाट निस्किए ।।२।।
(अनुष्टुप्)
कृष्णवत्सैरसङ्ख्यातैर्यूथीकृत्य स्ववत्सकान् ।
चारयन्तोऽर्भलीलाभर्विजह्रुस्तत्र तत्र ह ॥३॥
उनीहरूले श्रीकृष्णका अनगिन्ती बाच्छाहरूमा आफ्ना बाच्छाहरू थपे र बाल्यखेल खेल्दै वन–वनमा घुम्न थाले ।।३।।
फलप्रबालस्तबकसुमनःपिच्छधातुभिः ।
काचगुञ्जामणिस्वर्णभूषिता अप्यभूषयन् ॥४॥
सबै गोप बालकरूले काँच, रातीगेडी, मणि र सुनका गहना लगाएका भए पनि वृन्दावनको रातो, पहेँलो र हरियो फलफूल, नयाँ कोपिला, गुच्छा, र मयूरका प्वाँखहरू लगाएर आफुलाई झकिझकाउ पारे ।।४।।
मुष्णन्तोऽन्योन्यशिक्यादीन् न्ज्ञातानाराच्च चिक्षिपुः ।
तत्रत्याश्च पुनर्दूराद्धसन्तश्च पुनर्ददुः ॥५॥
यसरी हिंड्दा कहिलेकही एउटाले अर्कोको खाजाको पोको, लौरो र बाँसुरी चोर्दथे । यसरी चोरिएको चिज थाहा पाउने बितिक्कै मेरो सामान यसले चोर्यो भनेर कुरा लगाई हाल्दथे र ती चोरिएका सामानलाई अर्कोले पर फालिदिन्थ्यो त्यसरी फालिएको वस्तुलाई अर्कोले झन पर फालिदिन्थ्यो र अन्तमा ती बालकले हाँस्दै जसको सामान हो उसैलाई दिन्थे ।।५।।
यदि दूरं गतः कृष्णो वनशोभेक्षणाय तम् ।
अहं पूर्वमहं पूर्वमिति संस्पृश्य रेमिरे ॥६॥
कहिले कही श्रीकृष्ण कतै एकान्तमा गएका बखतमा म पहिला कृष्णलाई समाउछु भनेर समाउथे रमाउँथे ।।६।।
केचिद् वेणून् वादयन्तो ध्मान्तः शृङ्गाणि केचन ।
केचिद् भृङ्गैः प्रगायन्तः कूजन्तः कोकिलैः परे ॥७॥
कसैले बाँसुरी बजाउँने कसैले सिंगको बाजा बनाउँने, कोही भवरा जस्तै भुँ भूँ गर्ने त कोही कोइली जस्तै कुहुकुहु गरेर आवाज निकालेर खेल्थे ।।७।।
विच्छायाभिः प्रधावन्तो गच्छन्तः साधुहंसकैः ।
बकैरुपविशन्तश्च नृत्यन्तश्च कलापिभिः ॥८॥
कोही आकाशमा उडेका पक्षीहरूको छाया संगसंगै भूइमा हेरेर दौडने, कोही हाँसको चालमा हिंडने, कोही वकुल्लाको जस्तो गरि बस्ने कोही मयुर नाचेझै नाचेर रमाउने गर्दथे ।।८।।
विकर्षन्तः कीशबालानारोहन्तश्च तैर्द्रुमान् ।
विकुर्वन्तश्च तैः साकं प्लवन्तश्च पलाशिषु ॥९॥
कोही बाँदरको बच्चालाई चलाएर खेल्ने, कोही बाँदर संगसंगै रुखमा चढ्ने, कोही वादरले जस्तै दाँत देखाउने त कोही एक हाँगाबाट अर्कोको हाँगामा फड्केर रमाइले गर्दथे ।।९।।
साकं भेकैर्विलङ्घन्तः सरित् प्रस्रवसम्प्लुताः ।
विहसन्तः प्रतिच्छायाः शपन्तश्च प्रतिस्वनान् ॥१०॥
कोही बालक नदीमा पौडी खेल्ने, कोही भ्यागुतो उफ्रे जसरी उफ्रने, कोही पानीमा आफ्नो छायाँ हेरेर हास्दथे भने कोही आफ्नो छायाँलाई नै गालिगरेर खेल्ने रमाउने गर्दथे ।।१०।।
(इंद्रवज्रा)
इत्थं सतां ब्रह्मसुखानुभूत्या
दास्यं गतानां परदैवतेन ।
मायाश्रितानां नरदारकेण
साकं विजह्रुः कृतपुण्यपुञ्जाः ॥११॥
भगवान श्रीकृष्ण ज्ञानी सन्तहरूको लागि ब्रह्मसुख र दास भावनाले युक्त भएका भक्तहरूका लागि परमदेवता स्वरुप, बिषयमा अल्भिएका साधारण व्यक्तिका लागि साधारण बालकका रुपमा देखिनुहुन्छ । यस्ता भगवान् श्रीकृष्ण र गोपबालकहरू अनेक खेल खेलेर रामाउने गर्दथे ।।११।।
(मिश्र)
यत्पादपांसुर्बहुजन्मकृच्छ्रतो
धृतात्मभिर्योगिभिरप्यलभ्यः ।
स एव यद्दृग्विषयः स्वयं स्थितः
किं वर्ण्यते दिष्टमतो व्रजौकसाम् ॥१२॥
जसले जन्म जन्मसम्म कडा परिश्रम गरेर आफ्नो इन्द्रियलाई वशमा राखेका ठुला ठुला योगीहरूलाई पनि दुर्लभ भएको भगवान् श्रीकृष्णको चरण कमल आज व्रजवासीहरूले आँखाले प्रत्यक्ष देखिरहेका छन् भने उनीहरूको भाग्यको बारेमा के नै वर्णन गर्न सकिन्छ र ? ।।१२।।
अथ अघनामाभ्यपतन्महासुर–
स्तेषां सुखक्रीडनवीक्षणाक्षमः ।
नित्यं यदन्तर्निजजीवितेप्सुभिः
पीतामृतैरप्यमरैः प्रतीक्ष्यते ॥१३॥
हे परीक्षित ! यसैबेला श्रीकृष्ण, वलराम र गोप बालकको खुसी देख्न नसक्ने अघासुर नाम गरेको दैत्यको त्यहाँ आयो । उ यति डरलाग्दो थिए कि अमृत पिएर अमर बनेका देवताहरू पनि उसबाट आफ्नो ज्यानको सुरक्षा चाहान्थे र उसको मृत्युको प्रतीक्षा गरिरहन्थे ॥१३॥
दृष्ट्वा र्भकान् कृष्णमुखानघासुरः ।
कंसानुशिष्टः स बकीबकानुजः ।
अयं तु मे सोदरनाशकृत्तयो–
र्द्वयोर्ममैनं सबलं हनिष्ये ॥ १४ ॥
अघासुर पुतना र बकासुरका कान्छो भाइ थियो र कृष्ण सहित गोप बालबालिकालाई मार्नको लागि कंसद्वारा पठाइएको थियो । अघासुरले श्रीकृष्ण देखेर मनमा सोच्न थाल्यो कि मेरो दिदी र दाजु मार्ने बालक यही हो । त्यसैले आज म उसलाई सहित यी गोठाला केटाहरूलाई पनि सँगै मार्नेछु र दिदी दाजुको हत्याको बदला लिनेछु ।।१४।।
एते यदा मत्सुहृदोस्तिलापः
कृतास्तदा नष्टसमा व्रजौकसः ।
प्राणे गते वर्ष्मसु का नु चिन्ता
प्रजासवः प्राणभृतो हि ये ते ॥१५॥
जब यी सबै मेरा हातबाट मरेर ती दिदी दाजुहरूको लागि तिलान्जली बन्नेछन तब व्रजवासीहरू आफैं मरे जस्तै हुनेछन् ।।१५।।
(वंशस्थ)
इति व्यवस्याजगरं बृहद् वपुः
स योजनायाममहाद्रिपीवरम् ।
धृत्वाद्भुयतं व्यात्तगुहाननं तदा
पथि व्यशेत ग्रसनाशया खलः ॥ १६ ॥
यस्तो निर्णय गरेर त्यो दुष्ट राक्षसले एक योजन लामो पहाड जत्तिकै ठूलो र मोटो अजिंगरको रूप लियो र ती बालकलाई निल्ने मनशाय गरी ठुलो गुफा जस्तो मुख बाएर बाटोमा सुत्यो ।।१६।।
(मिश्र)
धराधरोष्ठो जलदोत्तरोष्ठो
दर्याननान्तो गिरिशृङ्गदंष्ट्रः ।
ध्वान्तान्तरास्यो वितताध्वजिह्वः
परुषानिलश्वासदवेक्षणोष्णः ॥१७॥
त्यस अघासुरको तल्लो ओठले पृथ्वी र माथिल्लो ओठले बादललाई छोइरहेको थियो । उसको मुख गुफा जस्तो देख्न्थ्यिो भने दाँतहरू पहाडका चुचुराहरूजस्ता देखिन्थे । मुख भित्र पुरै अँध्यारो थियो । जिब्रो फराकिलो बाटो जस्तो देखिन्थ्यो । स्वास फेर्दा आँधी आए जस्तो हुन्थ्यो भने आँखा आगो जस्तै जाज्वल्यमान थियो ।।१७।।
(अनुष्टुप्)
दृष्ट्वाअ तं तादृशं सर्वे मत्वा वृन्दावनश्रियम् ।
व्यात्ताजगरतुण्डेन ह्युत्प्रेक्षन्ते स्म लीलया ॥१८॥
अघासुरको यस्तो रूप देखेर बच्चाहरूले यो वृन्दावनको सुन्दरता हो भन्ने सोचे कौतुहलताका कारण उनीहरूले अजिंगरको मुख हो कि भन्ने पनि ठाने ।।१८।।
अहो मित्राणि गदत सत्त्वकूटं पुरः स्थितम् ।
अस्मत्सङ्ग्रसनव्यात्तव्यालतुण्डायते न वा ॥१९॥
एउटाले भन्यो– साथीहरू ! यो त हामीलाई निल्न अजिंगरको जस्ता मुख बाएर बसेको छ, हो कि होइन भन त ? ।।१९।।
सत्यमर्ककरारक्तमुत्तराहनुवद्घ्नम् ।
अधराहनुवद् रोधस्तत्प्रतिच्छाययारुणम् ॥२०॥
अर्कोले गोप बालकले भन्यो – वास्तवमा, सूर्यको किरणले रातो भएका यी बादलहरू यसको माथिल्लो ओठ जस्तो देखिन्छ अनि ती बादलको छायाबाट रातो रातो नदीको किनार जस्तो तल्लो ओठ देखिन्छ ।।२०।।
प्रतिस्पर्धेते सृक्किभ्यां सव्यासव्ये नगोदरे ।
तुङ्गशृङ्गालयोऽप्येतास्तद्दंष्ट्राभिश्च पश्यत ॥२१॥
तेस्रो बालकले भन्यो, हो, यो सत्य हो । हेर, दायाँ र बायाँ तिरका यी गुफाहरूले अजिगंरको मुखसँग प्रतिस्पर्धा गर्दैछन् र यी अग्ला पहाडका टाकुरा अजिंगरका दारा जस्ता देखिन्छन् ।।२१।।
आस्तृतायाम मार्गोऽयं रसनां प्रतिगर्जति ।
एषामन्तर्गतं ध्वान्तं एतदप्यन्तराननम् ॥२२॥
चौथोले भन्यो– ‘हे भाइ ! यो चौंडा र लामो बाटो ठ्याक्कै अजिंगरको जिब्रो जस्तो देखिन्छ र यी पहाडका टाकुरा बीचको अन्धकारले यसको मुखको अन्धकार जस्तै छ ।।२२।।
दावोष्णखरवातोऽयं श्वासवद् भाति पश्यत ।
तद्दग्धसत्त्वदुर्गन्धोऽप्यन्तरामिषगन्धवत् ॥२३॥
अर्को बालकले भन्यो– ’हेर, हेर ! यहाँ कतै जंगलमा डढेलो लागेको जस्तो तातो हावा यसको स्वास हो । आगोले जलेका जीवहरूको दुर्गन्ध जस्तै अजिंगरको पेटमा मरेका जीवित जीवको मासुको दुर्गन्ध जस्तो लाग्छ ।।२३।।
(मिश्र)
अस्मान् किमत्र ग्रसिता निविष्टा–
नयं तथा चेद् बकवद् विनङ्क्ष्यति ।
क्षणादनेनेति बकार्युशन्मुखं
वीक्ष्योद्धसन्तः करताडनैर्ययुः ॥२४॥
त्यसपछि तिनीहरू एक आपसमा भन्नलागे– यदि हामी सबै यसको मुखमा पस्यौं भने के यसले हामीलाई निल्ने छ ? यदि निल्यो भने ? बकासुरको बध गर्ने श्रीकृष्णले यसलाई छाड्ने छैनन् । यसो भन्दै गोप बालकहरू बकासुरको वध गर्ने श्रीकृष्णको सुन्दर अनुहार हेरेर ताली बजाउँदै हाँस्दै अघासुरको मुखमा प्रवेश गरे ।।२४।।
इत्थं मिथोऽतथ्यमतज्ज्ञभाषितं
श्रुत्वा विचिन्त्येत्यमृषा मृषायते ।
रक्षो विदित्वाखिलभूतहृत्स्थितः
स्वानां निरोद्धुं भगवान् मनो दधे ॥२५॥
बालकहरूले अजिंगरको रुप धारण गरेर पहाड जस्तो बनेर बसेको त्यो दैत्ये अघासुरलाई नजानेर भ्रमपूर्ण कुरा गरेको सुनेर सब प्राणीका साक्षीका रुपमा रहनु भएका श्रीकृष्णले उनीहरूलाई शंकटबाट बचाउने निश्चय गर्नुभयो ।।२५।।
तावत् प्रविष्टास्त्वसुरोदरान्तरं
परं न गीर्णाः शिशवः सवत्साः ।
प्रतीक्षमाणेन बकारिवेशनं
हतस्वकान्तस्मरणेन रक्षसा ॥२६॥
भगवानले यस्तै सोचिरहँदा केही बालक र बाच्छाहरू त्यो राक्षसको पेटमा पसिसकेका थिए । तर अघासुरले आफ्ना दाई र दिदीको हत्याको संम्झना गरेर श्रीकृष्णको आगमनको प्रतीक्षा गरेर उनीहरूलाई निलेन ।।२६।।
तान् वीक्ष्य कृष्णः सकलाभयप्रदो
ह्यनन्यनाथान् स्वकरादवच्युतान् ।
दीनांश्च मृत्योर्जठराग्निघासान्
घृणार्दितो दिष्टकृतेन विस्मितः ॥२७॥
भगवान श्रीकृष्ण नै सबै प्राणीलाई अभय दिनुहुन्छ । वहाँले ती बालकको रक्षक आफु बाहेक अरु कोही नभएका र आफ्ना हातबाट टाढा रहेका मृत्युरुप अघासुरको जठराग्निको घास भएका ती बाच्छा र बालकहरूलाई देखेर भगवान् आश्चर्यमा पर्नुभयो ।।२७।।
कृत्यं किमत्रास्य खलस्य जीवनं
न वा अमीषां च सतां विहिंसनम् ।
द्वयं कथं स्यादिति संविचिन्त्य त–
ज्ज्ञात्वाविशत् तुण्डमशेषदृग्घरिः ॥२८॥
यस्तो अवस्थामा त्यो दुष्ट अघासुरको बध र आफ्ना सज्जन मित्रहरूको रक्षाका लागि मैले अब के गर्नु पर्ला र यि दुवै कुराको कसरी सम्भव होला भन्ने सोचेर भगवान त्यस दुष्ट दैत्यको मुखमा प्रवेश गर्नुभयो ।।२८।।
(अनुष्टुप्)
तदा घनच्छदा देवा भयाद्धाहेति चुक्रुशुः ।
जहृषुर्ये च कंसाद्याः कौणपास्त्वघबान्धवाः ॥२९॥
यसरी भगवान् अघासुरको मुखमा प्रवेश गर्नु हुँदा बादलले छेकिएर बसेका देवताहरूले कतै अघासुरले भगवान्लाई नै निल्ने हो कि भनेर हाय, हाय, भनेर कराउन थाले भने कंस आदि चाही खुसी हुन थाले ।।२९।।
तच्छ्रुत्वा भगवान् कृष्णस्त्वव्ययः सार्भवत्सकम् ।
चूर्णीचिकीर्षोरात्मानं तरसा ववृधे गले ॥३०॥
देवताहरूको यस्तो आवाज सुनेर बाछो र गाई–बालकलाई दाँतले चपाएर निल्न खोज्ने अघासुरको घाटीमा बसेर श्रीकृष्णले छिटोछिटो आफ्नो शरीर बढाउन थाल्नुभयो ।।३०।।
(मिश्र)
ततोऽतिकायस्य निरुद्धमार्गिणो
ह्युद्गीमर्णदृष्टेः भ्रमतस्त्वितस्ततः ।
पूर्णोऽन्तरङ्गे पवनो निरुद्धो
मूर्धन् विनिष्पाट्य विनिर्गतो बहिः ॥३१॥
यसपछि भगवानले आफ्नो शरीर यति ठूलो बनाउनुभयो कि अघासुरको सासनै बन्दभयो र आँखा बाहिर फर्कियो र उ छटपटाउन थाल्यो । यसरी पुरै रोकिएको सासले उसको ब्रह्मरन्ध फुटाइदियो र बाहिर निस्कियो ।।३१।।
तेनैव सर्वेषु बहिर्गतेषु
प्राणेषु वत्सान् सुहृदः परेतान् ।
दृष्ट्या स्वयोत्थाप्य तदन्वितः पुन–
र्वक्त्रान्मुकुन्दो भगवान् विनिर्ययौ ॥३२॥
यसरी ब्रह्मरन्धको मार्गबाट उसको प्राणसँगै सम्पूर्ण इन्द्रिय पनि शरीरबाट बाहिर निस्कियो । त्यसैबेला भगवान मुकुन्दले आफ्नो अमृतमय दर्शनले मरेका बाछो र गोठाला केटाहरूलाई जीवित पार्नुभयो र ती सबैलाई आफूसँगै लिएर अघासुरको मुखबाट बाहिर निस्कनुभयो ।।३२।।
पीनाहिभोगोत्थितमद्भुातं मह–
ज्ज्योतिः स्वधाम्ना ज्वलयद् दिशो दश ।
प्रतीक्ष्य खेऽवस्थितमीशनिर्गमं
विवेश तस्मिन् मिषतां दिवौकसाम् ॥३३॥
त्यो अजिङ्गरको विशाल शरीरबाट अत्यन्तै अद्भुत र महान् ज्योति निस्क्यो, त्यस समय त्यो ज्योतिको प्रकाशले दश दिशा उज्यालो भयो । केही समय उनी आकाशमा बसेर र भगवान बाहिर निस्कने प्रतीक्षा गर्नलाग्यो । जब भगवान बाहिर निस्कनु भयो अनि देवताहरूले हेर्दाहेर्दै श्रीकृष्णमै मिल्न गयो ।।३३।।
ततोऽतिहृष्टाः स्वकृतोऽकृतार्हणं
पुष्पैः सुगा अप्सरसश्च नर्तनैः ।
गीतैः सुरा वाद्यधराश्च वाद्यकैः
स्तवैश्च विप्रा जयनिःस्वनैर्गणाः ॥३४॥
यसरी अघासुरको बध भएपछि देवताहरूले पुष्पवृष्टि गरे, अप्सराहरूले नाचगान गरे, गन्धर्वहरूले गीत गाए, विद्याधरहरूले बजाए, ब्राह्मणहरूले स्तुतिगान गरे र पार्षदहरूले भगवान कृष्णलाई धेरै हर्षोल्लासका साथ अभिवादन गरे ।।३४।।
तदद्भुसतस्तोत्रसुवाद्यगीतिका–
जयादिनैकोत्सवमङ्गलस्वनान् ।
श्रुत्वा स्वधाम्नोऽन्त्यज आगतोऽचिराद्
दृष्ट्वा् महीशस्य जगाम विस्मयम् ॥३५॥
ती देवताहरूले गरेको अद्भुत स्तुति, गीत, जयजयकार शव्द ब्रह्मलोकमा पुग्यो । ब्रह्माजीले त्यो आवाज सुनेपछि छिटो छिटो आफ्नो बाहनमा चढेर त्यहाँ वृन्दावनमा आइपुग्नु भयो र श्रीकृष्णको महिमा देखेर छक्क पर्नुभयो ।।३५।।
(अनुष्टुप्)
राजन्नाजगरं चर्म शुष्कं वृन्दावनेऽद्भु तम् ।
व्रजौकसां बहुतिथं बभूवाक्रीडगह्वरम् ॥३६॥
हे परीक्षित ! वृन्दावनमा रहेको त्यो अजिंगरको छाला सुकेपछि धेरै दिनसम्म व्रजवासीहरूलाई खेल्नको लागि गुफा जस्तै भयो ।।३६।।
एतत्कौमारजं कर्म हरेरात्माहिमोक्षणम् ।
मृत्योः पौगण्डके बाला दृष्ट्वोकचुर्विस्मिता व्रजे ॥३७॥
आफुलाई मृत्युको मुखबाट बचाउनु भएको र अघासुरलाई मुक्ति दिलाउनु भएको यी सबै लीलाहरू वहाँ कुमारका अवस्था अर्थात् पाँचौं वर्षमा भएको थियो । यो कार्यलाई वहाँ (पौगण्ड अवस्था) एकवर्ष पछि छैठौं वर्षमा प्रवेश गरेपछि बालकहरूले वहाँलाई व्रजमा अत्यन्तै अचम्म मानेर वर्णन गरे ।।३७।।
(मिश्र)
नैतद् विचित्रं मनुजार्भमायिनः
परावराणां परमस्य वेधसः ।
अघोऽपि यत्स्पर्शनधौतपातकः
प्रापात्मसाम्यं त्वसतां सुदुर्लभम् ॥३८॥
चराचर जगतका श्रष्टा भगवान श्रीकृष्णको स्पर्श मात्रले नै अघासुरको सबै पापहरू पखालिएकोले उसले अरुले सजिलै प्राप्त गर्न नसक्ने परममोक्ष प्राप्तगर्यो । तर भगवान्का लागि यो कुनै आश्चर्यको कुरा होइन किनभने उहाँ परमात्मा हुनुहुन्छ, वहाँ मायाद्वारा मनुष्यरुप धारण गर्नुहुन्छ ।।३८।।
(वंशस्था)
सकृद्यदङ्गप्रतिमान्तराहिता
मनोमयी भागवतीं ददौ गतिम् ।
स एव नित्यात्मसुखानुभूत्यभि–
व्युदस्तमायोऽन्तर्गतो हि किं पुनः ॥३९॥
यदि भगवानको सर्वांग मुर्तिलाई एकपटक ध्यानद्वारा आफ्नो हृदयामा राख्नाले खट्वांग, प्रल्हाद आदि भक्तहरूलाई त सालोक्य मुक्ति प्राप्त भयोभने मायालाई आफुमा आउनै नदिई सदा आनन्दमा रमाएर भगवान् हृदयमा प्रवेश गर्नुभयो भने उसको सारुप्य मुक्तिको के कुरा नै रह्यो र ? ।।३९।।
सूत उवाच–
(इंद्रवज्रा)
इत्थं द्विजा यादवदेवदत्तः
श्रुत्वा स्वरातुश्चरितं विचित्रम् ।
पप्रच्छ भूयोऽपि तदेव पुण्यं
वैयासकिं यन्निगृहीतचेताः ॥४०॥
सुतजी भन्नुहुन्छ– हे शौनकदी ऋषिहरू ! राजा परीक्षितलाई जीवन दिने यदुवंश शिरोमणि भगवान श्रीकृष्ण नै हुनुहुन्थ्यो । जब उनले आफ्ना रक्षक श्रीकृष्णबाट अघासुरको बधको चरित्र सुने जसले उनको हृदय वशीभूत भयो तब फेरी उनले श्री शुकदेवजी महाराजलाई वहाँका तिनै चरित्रहरू सुन्नका लागि प्रश्न गरे ।।४०।।
राजोवाच–
(अनुष्टुप्)
ब्रह्मन् कालान्तरकृतं तत्कालीनं कथं भवेत् ।
यत्कौमारे हरिकृतं जगुः पौगण्डकेऽर्भकाः ॥४१॥
राजो परीक्षितले सोधे– हे भगवान् तपाईले भगवान्को पाँचौ वर्षको लीला गोप बालकहरूले छैठौ वर्षमा पुग्दा भने भनेर भन्नुभयो अब कुमार अवस्थामा गरिएका लीलाहरू पौगण्ड अवस्थामा पनि कसरी बर्तमानकालीन हुन सक्छ ? ।।४१।।
तद् ब्रूहि मे महायोगिन् परं कौतूहलं गुरो ।
नूनमेतद्धरेरेव माया भवति नान्यथा ॥४२॥
हे महायोगी ! मलाई यो आश्चर्यपूर्ण रहस्यहरू सबै भगवान्को माया कारणले नै हुनसक्छ यसबाहेक अरु हुन सक्तैन । मलाई यस बारेमा जान्ने इच्छा भएकोले कृपा गरेर मलाई बताउनुहोस् ।।४२।।
वयं धन्यतमा लोके गुरोऽपि क्षत्रबन्धवः ।
यत् पिबामो मुहुस्त्वत्तः पुण्यं कृष्णकथामृतम् ॥४३॥
हे गुरुदेव ! अधम क्षेत्रिय भएर पनि हामी लोकमा अति नै धन्य भएका छौं । किनभने तपाईको मुखबाट पवित्र कृष्ण कथा हामीले बारम्वार पानगर्ने अवसर प्राप्त गरेकाछौं ।।४३।।
सूत उवाच–
(इंद्रवंशा)
इत्थं स्म पृष्टः स तु बादरायणि–
स्तत्स्मारितानन्तहृताखिलेन्द्रियः ।
कृच्छ्रात् पुनर्लब्धबहिर्दृशिः शनैः
प्रत्याह तं भागवतोत्तमोत्तम ॥४४॥
सूतजी भन्नुहुन्छ– हे भगवान्का प्यारा भक्त शौनकजी ! राजो परीक्षितले यसप्रकारको प्रश्न गरेपछि शुकदेवजीलाई भगवान्को लीलाको स्मरण भयो जसले गर्दा वहाँका समस्त इन्द्रियहरू विवश भएर भगवान्को लीला प्रति आकृष्ट भयो । केही समयपछि वहाँलाई बाहिरी ज्ञान प्राप्त भएपछि परीक्षितलाई भगवान्को लीलाको बारेमा वर्णन गर्नलागे ।।४४।।
इति श्रीमद्भा्गवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे द्वादशोऽध्यायः ॥१२॥