/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमः स्कंधः – द्वादशोऽध्यायः

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – द्वादशोऽध्यायःः


(मिश्र) 
शुक उवाच
क्वचिद् वनाशाय मनो दधद् व्रजात्
    प्रातः समुत्थाय वयस्यवत्सपान् ।
प्रबोधयंच्छृङ्‌गरवेण चारुणा
    विनिर्गतो वत्सपुरःसरो हरिः ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छहे परीक्षित्! एक दिन श्रीकृष्णलाई वनभोज गर्ने इच्छा भएकाले बिहान सबेरै उठेर सिङले बनेको बाँसुरीको मधुर स्वरद्वारा आफ्ना साथीहरूलाई जगाउनुभयो र बाच्छाहरूलाई अगाडि लगाएर वनतर्फ जानका लागि व्रजबाट निस्कनुभयो ।। १ ।।
 
(इन्द्रवंशा)
तेनैव साकं पृथुकाः सहस्रशः
    स्निग्धाः सुशिग्वेत्रविषाणवेणवः ।
स्वान् स्वान् सहस्रोपरिसङ्‌ख्ययान्वितान्
    वत्सान् पुरस्कृत्य विनिर्ययुर्मुदा ॥ २ ॥
नेपाली भावानुवादः श्रीकृष्णका अति प्रिय हजारौँ गोपबालकहरू आफ्ना बेतका सुन्दर छडी, सिङका बाजा र बाँसुरी बोकी, हजारौँका सङ्ख्यामा रहेका आफ्ना बाच्छाहरूलाई अगाडि लगाएर खुसी हुँदै घरबाट निस्किए ।। २ ।।
 
(अनुष्टुप्)
कृष्णवत्सैरसङ्‌ख्यातैर्यूथीकृत्य स्ववत्सकान् ।
 चारयन्तोऽर्भलीलाभर्विजह्रुस्तत्र तत्र ह ॥ ३ ॥
नेपाली भावानुवादः उनीहरूले श्रीकृष्णका अनगिन्ती बाच्छाहरूमा आफ्ना बाच्छाहरू मिसाएर बथान बनाए र बाललीला गर्दै जताततै वनमा घुम्न थाले ।। ३ ।।
 
फलप्रबालस्तबकसुमनःपिच्छधातुभिः ।
काचगुञ्जामणिस्वर्णभूषिता अप्यभूषयन् ॥ ४ ॥
नेपाली भावानुवादः सबै गोपबालकहरूले काँच, रतिगेडी, मणि र सुनका गहना पहिरिएका भए तापनि वृन्दावनका फलफूल, पालुवा, गुच्छा, मयूरका प्वाँख र गेरु आदि धातुका रङहरू लगाएर आफूलाई झकिझकाउ पारे ।। ४ ।।
 
मुष्णन्तोऽन्योन्यशिक्यादीन् ज्ञातानाराच्च चिक्षिपुः ।
तत्रत्याश्च पुनर्दूराद्धसन्तश्च पुनर्ददुः ॥ ५ ॥
नेपाली भावानुवादः यसरी हिँड्दा कहिलेकाहीँ एकले अर्काको सिक्य (खाजाको पोको), लौरो वा बाँसुरी चोर्दथे। सामान चोरिएको थाहा पाउनेबित्तिकै "मेरो सामान यसले चोर्‍यो" भनी थाहा पाउँदा ती चोरिएका सामानलाई अलि पर फालिदिन्थे। फेरि अर्कोले हाँस्दै त्यसलाई अझ पर फालिदिन्थ्यो र अन्त्यमा जसको सामान हो उसैलाई फिर्ता दिन्थे ।। ५ ।।
 
यदि दूरं गतः कृष्णो वनशोभेक्षणाय तम् ।
अहं पूर्वमहं पूर्वमिति संस्पृश्य रेमिरे ॥ ६ ॥
नेपाली भावानुवादः कहिलेकाहीँ श्रीकृष्ण वनको शोभा हेर्न अलि टाढा जानुभयो भने "म पहिले छुन्छु, म पहिले छुन्छु" भन्दै उहाँलाई स्पर्श गरेर बालकहरू रमाउँथे ।। ६ ।।
 
केचिद् वेणून् वादयन्तो ध्मान्तः शृङ्‌गाणि केचन ।
केचिद् भृङ्‌गैः प्रगायन्तः कूजन्तः कोकिलैः परे ॥ ७ ॥
नेपाली भावानुवादः कोही बाँसुरी बजाउने, कोही सिङको बाजा फुक्ने, कोही भँवरा झैँ भुनभुन गर्ने त कोही कोइली झैँ कुहुकुहु गरेर आवाज निकाली खेल्दथे ।। ७ ।।
 
विच्छायाभिः प्रधावन्तो गच्छन्तः साधुहंसकैः ।
बकैरुपविशन्तश्च नृत्यन्तश्च कलापिभिः ॥ ८ ॥
नेपाली भावानुवादः कोही आकाशमा उडेका पक्षीहरूको छायाँसँगै भुइँमा दौडने, कोही हाँसको चालमा हिँड्ने, कोही बकुल्लो झैँ बस्ने त कोही मयूर नाचे झैँ नाचेर रमाउने गर्दथे ।। ८ ।।
 
विकर्षन्तः कीशबालानारोहन्तश्च तैर्द्रुमान् ।
विकुर्वन्तश्च तैः साकं प्लवन्तश्च पलाशिषु ॥ ९ ॥
नेपाली भावानुवादः कोही बाँदरका बच्चालाई जिस्क्याउने, कोही बाँदरसँगै रुखमा चढ्ने, कोही बाँदरले झैँ मुख बिगार्ने त कोही रुखका हाँगाहरूमा फाल हालेर रमाइलो गर्दथे ।। ९ ।।
 
साकं भेकैर्विलङ्‌घन्तः सरित् प्रस्रवसम्प्लुताः ।
विहसन्तः प्रतिच्छायाः शपन्तश्च प्रतिस्वनान् ॥ १० ॥
नेपाली भावानुवादः कोही बालकहरू भ्यागुतो उफ्रे झैँ उफ्रने, कोही नदीको भँगालोमा पौडी खेल्ने, कोही पानीमा आफ्नो छायाँ हेरेर हाँस्ने त कोही आफ्नो प्रतिध्वनिलाई नै गाली गरेर जिस्कन्थे ।। १० ।।
 
(इन्द्रवज्रा)
इत्थं सतां ब्रह्मसुखानुभूत्या दास्यं गतानां परदैवतेन ।
मायाश्रितानां नरदारकेण साकं विजह्रुः कृतपुण्यपुञ्जाः ॥ ११ ॥
नेपाली भावानुवादः ब्रह्मज्ञानी सन्तहरूका लागि ब्रह्मसुख स्वरूप, दास्य भाव भएका भक्तहरूका लागि परमदेवता स्वरूप र मायाको आश्रय लिएका साधारण व्यक्तिका लागि साधारण बालकका रूपमा देखिनुहुने भगवान् श्रीकृष्णसँग ती पुण्यवान् गोपबालकहरू अनेक खेल खेली रमाइरहेका थिए ।। ११ ।।
 
(मिश्र)
यत्पादपांसुर्बहुजन्मकृच्छ्रतो
    धृतात्मभिर्योगिभिरप्यलभ्यः ।
स एव यद्‌दृग्विषयः स्वयं स्थितः
    किं वर्ण्यते दिष्टमतो व्रजौकसाम् ॥ १२ ॥
नेपाली भावानुवादः धेरै जन्मसम्म कठोर साधना गरी इन्द्रियलाई वशमा राख्ने योगीहरूका लागि समेत दुर्लभ रहेको भगवान् श्रीकृष्णको चरणकमलको धुलो आज व्रजवासीहरूले प्रत्यक्ष देख्न पाइरहेका छन् भने उनीहरूको भाग्यको के वर्णन गर्न सकिन्छ र? ।। १२ ।।
 
अथ अघनामाभ्यपतन्महासुर
    स्तेषां सुखक्रीडनवीक्षणाक्षमः ।
नित्यं यदन्तर्निजजीवितेप्सुभिः
    पीतामृतैरप्यमरैः प्रतीक्ष्यते ॥ १३ ॥
नेपाली भावानुवादः हे परीक्षित्! यसै बेला श्रीकृष्ण, बलराम र गोपबालकहरूको खुसी देख्न नसक्ने 'अघासुर' नामको महादैत्य त्यहाँ आयो। ऊ यति डरलाग्दो थियो कि अमृत पिएर अमर बनेका देवताहरू समेत उसबाट आफ्नो ज्यान जोगाउन चाहन्थे र उसको मृत्युको प्रतीक्षा गरिरहन्थे ।। १३ ।।
 
दृष्ट्वा र्भकान् कृष्णमुखानघासुरतः ।
    कंसानुशिष्टः स बकीबकानुजः ।
अयं तु मे सोदरनाशकृत्तयो
    र्द्वयोर्ममैनं सबलं हनिष्ये ॥ १४ ॥
नेपाली भावानुवादः अघासुर पुतना र बकासुरको कान्छो भाइ थियो र उसलाई कंसले पठाएको थियो। उसले श्रीकृष्णलाई देखेर मनमा सोच्यो– "मेरो दिदी र दाजु मार्ने बालक यही हो। त्यसैले आज म यसलाई र यसका साथीहरूलाई समेत मार्नेछु र आफ्ना दाजुदिदीको हत्याको बदला लिनेछु" ।। १४ ।।
 
एते यदा मत्सुहृदोस्तिलापः
    कृतास्तदा नष्टसमा व्रजौकसः ।
प्राणे गते वर्ष्मसु का नु चिन्ता
    प्रजासवः प्राणभृतो हि ये ते ॥ १५ ॥
नेपाली भावानुवादः जब यी सबै बालक मेरो हातबाट मरेर मेरा दिदीदाजुका लागि तिलाञ्जली बन्नेछन्, तब यी बालकहरू नै प्राण भएका व्रजवासीहरू पनि प्राणविहीन शरीर झैँ स्वतः मर्नेछन् ।। १५ ।।
 
(वंशस्थ)
इति व्यवस्याजगरं बृहद् वपुः
    स योजनायाममहाद्रिपीवरम् ।
धृत्वाद्भुयतं व्यात्तगुहाननं तदा
    पथि व्यशेत ग्रसनाशया खलः ॥ १६ ॥
नेपाली भावानुवादः यस्तो निश्चय गरी त्यो दुष्ट राक्षसले एक योजन लामो, पहाड झैँ विशाल र मोटो अजिङ्गरको रूप धारण गर्‍यो र बालकहरूलाई निल्ने उद्देश्यले ठुलो गुफा जस्तै मुख बाएर बाटोमा सुत्यो ।। १६ ।।
 
(मिश्र)
धराधरोष्ठो जलदोत्तरोष्ठो
    दर्याननान्तो गिरिशृङ्‌गदंष्ट्रः ।
ध्वान्तान्तरास्यो वितताध्वजिह्वः
    परुषानिलश्वासदवेक्षणोष्णः ॥ १७ ॥
नेपाली भावानुवादः त्यस अघासुरको तल्लो ओठले पृथ्वी र माथिल्लो ओठले आकाश छुन लागेको थियो। उसको मुखको कुना गुफा जस्तो, दाँतहरू पहाडका टाकुरा जस्ता, मुखभित्रको भाग अन्धकारपूर्ण र जिब्रो फराकिलो बाटो जस्तो देखिन्थ्यो। उसको सास आँधी झैँ र आँखा डढेलो झैँ तातो थियो ।। १७ ।।
 
(अनुष्टुप्)
दृष्ट्वाअ तं तादृशं सर्वे मत्वा वृन्दावनश्रियम् ।
व्यात्ताजगरतुण्डेन ह्युत्प्रेक्षन्ते स्म लीलया ॥ १८ ॥
नेपाली भावानुवादः अघासुरको त्यस्तो रूप देखेर बालकहरूले यो वृन्दावनको प्राकृतिक सुन्दरता हो भन्ने ठाने। उनीहरूले कौतुहलतापूर्वक त्यो अजिङ्गरको मुखलाई खेलौना जस्तै मानेर चर्चा गर्न थाले ।। १८ ।।
 
अहो मित्राणि गदत सत्त्वकूटं पुरः स्थितम् ।
स्मत्सङ्‌ग्रसनव्यात्तव्यालतुण्डायते न वा ॥ १९ ॥
नेपाली भावानुवादः एक बालकले भन्यो– "हे साथीहरू! हेर त, अगाडि बसेको यो अजङ्गको प्राणी हामीलाई निल्न अजिङ्गरले मुख बाए जस्तो छ कि छैन?" ।। १९ ।।
 
सत्यमर्ककरारक्तमुत्तराहनुवद्घ्नम् ।
अधराहनुवद् रोधस्तत्प्रतिच्छाययारुणम् ॥ २० ॥
नेपाली भावानुवादः अर्को गोपबालकले भन्यो– "साँच्चै नै, सूर्यको किरणले राता भएका यी बादलहरू यसको माथिल्लो ओठ जस्ता र त्यसको छायाले रातो देखिएको भुइँ तल्लो ओठ जस्तो देखिन्छ" ।। २० ।।
 
प्रतिस्पर्धेते सृक्किभ्यां सव्यासव्ये नगोदरे ।
तुङ्‌गशृङ्‌गालयोऽप्येतास्तद्दंष्ट्राभिश्च पश्यत ॥ २१ ॥
नेपाली भावानुवादः तेस्रो बालकले भन्यो– "हो, यो दायाँ र बायाँका गुफाहरू मुखका कुना जस्ता र यी अग्ला पहाडका टाकुराहरू अजिङ्गरका दारा जस्ता देखिन्छन्" ।। २१ ।।
 
आस्तृतायाम मार्गोऽयं रसनां प्रतिगर्जति ।
एषामन्तर्गतं ध्वान्तं एतदप्यन्तराननम् ॥ २२ ॥
नेपाली भावानुवादः चौथोले भन्यो– "यो फराकिलो र लामो बाटो ठ्याक्कै अजिङ्गरको जिब्रो जस्तै छ र यी पहाडका बीचको अन्धकार मुखभित्रको अँध्यारो जस्तो छ" ।। २२ ।।
 
दावोष्णखरवातोऽयं श्वासवद् भाति पश्यत ।
तद्दग्धसत्त्वदुर्गन्धोऽप्यन्तरामिषगन्धवत् ॥ २३ ॥
नेपाली भावानुवादः अर्को बालकले भन्यो– "हेर हेर! यो डढेलोको तातो हावा उसको सास जस्तो छ र डढेका जीवहरूको दुर्गन्ध अजिङ्गरको पेटभित्रको मासुको गन्ध जस्तो छ" ।। २३ ।।
 
(मिश्र)
अस्मान् किमत्र ग्रसिता निविष्टा
    नयं तथा चेद् बकवद् विनङ्‌क्ष्यति ।
क्षणादनेनेति बकार्युशन्मुखं
    वीक्ष्योद्धसन्तः करताडनैर्ययुः ॥ २४ ॥
नेपाली भावानुवादः त्यसपछि तिनीहरू आपसमा भन्न लागे– "यदि हामी यसको मुखभित्र पस्यौँ भने के यसले हामीलाई निल्ला त? यदि निलेछ भने पनि बकासुर मार्ने हाम्रा श्रीकृष्णले यसलाई बाँकी राख्नुहुने छैन।" यसो भन्दै गोपबालकहरू श्रीकृष्णको सुन्दर अनुहार हेर्दै ताली बजाएर हाँस्दै अघासुरको मुखमा पसे ।। २४ ।।
 
इत्थं मिथोऽतथ्यमतज्ज्ञभाषितं
    श्रुत्वा विचिन्त्येत्यमृषा मृषायते ।
रक्षो विदित्वाखिलभूतहृत्स्थितः
    स्वानां निरोद्धुं भगवान् मनो दधे ॥ २५ ॥
नेपाली भावानुवादः बालकहरूले अजिङ्गर रूपी राक्षसलाई नचिनेर गरेका भ्रमपूर्ण कुराहरू सुनी सबैका हृदयमा निवास गर्ने भगवान् श्रीकृष्णले आफ्ना साथीहरूलाई संकटबाट बचाउने निश्चय गर्नुभयो ।। २५ ।।
 
तावत् प्रविष्टास्त्वसुरोदरान्तरं
    परं न गीर्णाः शिशवः सवत्साः ।
प्रतीक्षमाणेन बकारिवेशनं
    हतस्वकान्तस्मरणेन रक्षसा ॥ २६ ॥
नेपाली भावानुवादः भगवान्ले सोचिरहँदा बालक र बाच्छाहरू राक्षसको पेटभित्र पसिसकेका थिए। तर अघासुरले आफ्ना दाजु र दिदीको हत्याको बदला लिन श्रीकृष्णकै प्रतीक्षा गरिरहेकाले उनीहरूलाई तत्कालै निलेन ।। २६ ।।
 
तान् वीक्ष्य कृष्णः सकलाभयप्रदो
    ह्यनन्यनाथान् स्वकरादवच्युतान् ।
दीनांश्च मृत्योर्जठराग्निघासान्
   घृणार्दितो दिष्टकृतेन विस्मितः  ॥ २७ ॥
नेपाली भावानुवादः सबैलाई अभय दिने भगवान् श्रीकृष्णले आफू बाहेक अर्को रक्षक नभएका र आफ्ना हातबाट फुत्किएर मृत्यु रूपी अघासुरको मुखमा परेका ती दीन बालक र बाच्छाहरूलाई देखेर दया र आश्चर्य प्रकट गर्नुभयो ।। २७ ।।
 
कृत्यं किमत्रास्य खलस्य जीवनं
    न वा अमीषां च सतां विहिंसनम् । द्व
यं कथं स्यादिति संविचिन्त्य त
    ज्ज्ञात्वाविशत् तुण्डमशेषदृग्घरिः ॥ २८ ॥
नेपाली भावानुवादः "अब यस दुष्टको वध र आफ्ना निर्दोष मित्रहरूको रक्षा कसरी होला?" भन्ने विचार गरी सर्वसाक्षी भगवान् श्रीकृष्ण आफैँ पनि त्यस दैत्यको मुखभित्र प्रवेश गर्नुभयो ।। २८ ।।
 
(अनुष्टुप्)
तदा घनच्छदा देवा भयाद्धाहेति चुक्रुशुः ।
जहृषुर्ये च कंसाद्याः कौणपास्त्वघबान्धवाः ॥ २९ ॥
नेपाली भावानुवादः भगवान् अघासुरको मुखमा पसेको देखेर बादलमा लुकेका देवताहरू डरले "हाहाकार" गर्न थाले भने कंसका पक्षधर राक्षसहरू खुसी भए ।। २९ ।।
 
तच्छ्रुत्वा भगवान् कृष्णस्त्वव्ययः सार्भवत्सकम् ।
चूर्णीचिकीर्षोरात्मानं तरसा ववृधे गले ॥ ३० ॥
नेपाली भावानुवादः देवताहरूको पुकार सुनेर अविनाशी श्रीकृष्णले बालक र बाच्छाहरूलाई चपाउन खोज्ने त्यस अघासुरको घाँटीमा बसेर आफ्नो शरीरलाई तीव्र गतिमा बढाउन थाल्नुभयो ।। ३० ।।
 
(मिश्र)
ततोऽतिकायस्य निरुद्धमार्गिणो
    ह्युद्गीमर्णदृष्टेः भ्रमतस्त्वितस्ततः ।
पूर्णोऽन्तरङ्‌गे पवनो निरुद्धो मूर्धन्
    विनिष्पाट्य विनिर्गतो बहिः ॥ ३१ ॥
नेपाली भावानुवादः भगवान्ले आफ्नो शरीर यति ठुलो बनाउनुभयो कि अघासुरको श्वासप्रश्वासको मार्ग बन्द भयो, आँखा बाहिर निस्किए र ऊ छटपटाउन थाल्यो। अन्ततः भित्र रोकिएको वायुले उसको ब्रह्मरन्ध्र फुटाइदियो र प्राण बाहिर निस्कियो ।। ३१ ।।
 
तेनैव सर्वेषु बहिर्गतेषु प्राणेषु 
    त्सान् सुहृदः परेतान् ।
दृष्ट्या स्वयोत्थाप्य तदन्वितः पुन
    र्वक्त्रान्मुकुन्दो भगवान् विनिर्ययौ ॥ ३२ ॥
नेपाली भावानुवादः त्यही ब्रह्मरन्ध्रको मार्गबाट प्राणसँगै इन्द्रियहरू बाहिर निस्किए। त्यसपछि भगवान् मुकुन्दले आफ्नो अमृतमय दृष्टिले मृत बाच्छाहरू र गोठालाहरूलाई जीवित पार्नुभयो र उनीहरूलाई साथमै लिएर अघासुरको मुखबाट बाहिर निस्कनुभयो ।। ३२ ।।
 
पीनाहिभोगोत्थितमद्भुातं मह
    ज्ज्योतिः स्वधाम्ना ज्वलयद् दिशो दश ।
प्रतीक्ष्य खेऽवस्थितमीशनिर्गमं
    विवेश तस्मिन् मिषतां दिवौकसाम् ॥ ३३ ॥
नेपाली भावानुवादः त्यो अजिङ्गरको विशाल शरीरबाट एउटा अद्भुत र विशाल ज्योति निस्कियो, जसले दशै दिशा उज्यालो बनायो। केही समय आकाशमा बसेर भगवान् बाहिर निस्कने प्रतीक्षा गरेपछि त्यो ज्योति देवताहरूले हेर्दाहेर्दै श्रीकृष्णमा विलिन भयो ।। ३३ ।।
 
ततोऽतिहृष्टाः स्वकृतोऽकृतार्हणं पुष्पैः
    सुगा अप्सरसश्च नर्तनैः ।
गीतैः सुरा वाद्यधराश्च वाद्यकैः
    स्तवैश्च विप्रा जयनिःस्वनैर्गणाः ॥ ३४ ॥
नेपाली भावानुवादः अघासुरको वधपछि हर्षित भएका देवताहरूले पुष्पवृष्टि गरे, अप्सराहरूले नृत्य गरे, गन्धर्वहरूले गीत गाए र ब्राह्मणहरूले स्तुति गर्दै जयजयकार गरे ।। ३४ ।।
 
तदद्भुसतस्तोत्रसुवाद्यगीतिका
    जयादिनैकोत्सवमङ्‌गलस्वनान् ।
श्रुत्वा स्वधाम्नोऽन्त्यज आगतोऽचिराद्
    दृष्ट्वा् महीशस्य जगाम विस्मयम् ॥ ३५ ॥
नेपाली भावानुवादः त्यो अद्भुत स्तुति र मङ्गलमय ध्वनि ब्रह्मलोकसम्म पुग्यो। ब्रह्माजी तुरुन्तै त्यहाँ आएर भगवान् श्रीकृष्णको यो महिमा देखेर आश्चर्यचकित हुनुभयो ।। ३५ ।।
 
(अनुष्टुप्)
राजन्नाजगरं चर्म शुष्कं वृन्दावनेऽद्भु तम् ।
व्रजौकसां बहुतिथं बभूवाक्रीडगह्वरम् ॥ ३६ ॥
नेपाली भावानुवादः हे परीक्षित्! अघासुरको त्यो अजिङ्गर रूपी छाला सुकेपछि धेरै समयसम्म व्रजवासी बालकहरूका लागि खेल खेल्ने एउटा ठुलो गुफा जस्तै बन्यो ।। ३६ ।।
 
एतत्कौमारजं कर्म हरेरात्माहिमोक्षणम् ।
त्योः पौगण्डके बाला दृष्ट्वोकचुर्विस्मिता व्रजे ॥ ३७ ॥
नेपाली भावानुवादः अघासुरलाई मोक्ष दिएको यो घटना भगवान् पाँच वर्षको (कौमार अवस्था) हुँदा भएको थियो। तर बालकहरूले एक वर्षपछि ६ वर्षको उमेर (पौगण्ड अवस्था) मा पुगेपछि मात्र यसबारे व्रजमा चर्चा गरे ।। ३७ ।।
 
(मिश्र)
नैतद् विचित्रं मनुजार्भमायिनः
    परावराणां परमस्य वेधसः ।
अघोऽपि यत्स्पर्शनधौतपातकः
    प्रापात्मसाम्यं त्वसतां सुदुर्लभम् ॥ ३८ ॥
नेपाली भावानुवादः मायाद्वारा मानवरूप धारण गर्ने सृष्टिकर्ता भगवान्का लागि यो कुनै अनौठो कुरा होइन। उहाँको स्पर्शले अघासुरका सबै पाप पखालिए र उसले दुर्लभ मोक्ष प्राप्त गर्‍यो ।। ३८ ।।
 
(वंशस्था)
सकृद्यदङ्‌गप्रतिमान्तराहिता
    मनोमयी भागवतीं ददौ गतिम् ।
स एव नित्यात्मसुखानुभूत्यभि
व्युदस्तमायोऽन्तर्गतो हि किं पुनः ॥ ३९ ॥
    नेपाली भावानुवादः यदि भगवान्को स्वरूपलाई एक पटक मात्र हृदयमा ध्यान गर्नाले खट्वाङ्ग जस्ता राजाले सद्गति पाए भने, स्वयं भगवान् नै जसको शरीरभित्र प्रवेश गर्नुभयो, उसले मोक्ष पाउनुमा के आश्चर्य भयो र? ।। ३९ ।।
 
सूत उवाच
(इन्द्रवज्रा)
इत्थं द्विजा यादवदेवदत्तः श्रुत्वा स्वरातुश्चरितं विचित्रम् । पप्रच्छ भूयोऽपि तदेव पुण्यं वैयासकिं यन्निगृहीतचेताः ॥ ४० ॥
नेपाली भावानुवादः सूतजी भन्नुहुन्छहे शौनकादि ऋषिहरू! राजा परीक्षित् श्रीकृष्णको यो अद्भुत चरित्र सुनेर भावविभोर हुनुभयो र फेरि शुकदेवजीलाई कृष्णलीला सुन्नका लागि प्रश्न गर्नुभयो ।। ४० ।।
 
राजोवाच
(अनुष्टुप्)
ब्रह्मन् कालान्तरकृतं तत्कालीनं कथं भवेत् ।
यत्कौमारे हरिकृतं जगुः पौगण्डकेऽर्भकाः ॥ ४१ ॥
नेपाली भावानुवादः राजा परीक्षित्ले सोधेहे ब्रह्मन्! पाँचौँ वर्षमा भएको लीला बालकहरूले छैठौँ वर्षमा कसरी वर्णन गरे? ती पुराना कुराहरू नयाँ जस्तै कसरी सुनिए? ।। ४१ ।।
 
तद् ब्रूहि मे महायोगिन् परं कौतूहलं गुरो ।
नूनमेतद्धरेरेव माया भवति नान्यथा ॥ ४२ ॥
नेपाली भावानुवादः हे गुरुदेव! यो ठुलो कौतुहलको विषय हो। यो पक्कै पनि भगवान्कै माया हुनुपर्छ, नत्र यस्तो सम्भव छैन। मलाई यसबारे विस्तारमा बताउनुहोस् ।। ४२ ।।
 
वयं धन्यतमा लोके गुरोऽपि क्षत्रबन्धवः ।
यत् पिबामो मुहुस्त्वत्तः पुण्यं कृष्णकथामृतम् ॥ ४३ ॥
नेपाली भावानुवादः हे गुरु! हामी क्षत्रिय भए पनि अत्यन्त धन्य छौँ किनकि तपाईँको मुखबाट हामीले बारम्बार कृष्ण कथामृत पिउन पाइरहेका छौँ ।। ४३ ।।
 
सूत उवाच
इन्द्रवंशा)
इत्थं स्म पृष्टः स तु बादरायणि
    स्तत्स्मारितानन्तहृताखिलेन्द्रियः ।
कृच्छ्रात् पुनर्लब्धबहिर्दृशिः शनैः
    प्रत्याह तं भागवतोत्तमोत्तम ॥ ४४ ॥
नेपाली भावानुवादः सूतजी भन्नुहुन्छहे शौनक! राजाको प्रश्न सुनेर शुकदेवजी पुनः भगवान्को ध्यानमा मग्न हुनुभयो। केही समयपछि बाह्य चेतनामा आएर उहाँले परीक्षित्लाई उत्तर दिन थाल्नुभयो ।। ४४ ।।
 
इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे पूर्वार्धे द्वादशोऽध्यायः ॥ १२ ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्‌भागवत महापुराणको दशम स्कन्धको बाह्रौँ अध्यायमा भगवान् श्रीकृष्णले गर्नुभएको अघासुर वधको लीला अत्यन्त मनोरम र अद्भुत रूपमा वर्णन गरिएको छ। कथाको सुरुवातमा श्रीकृष्ण आफ्ना साथी गोठालो बालकहरूसँग बिहानै वनतर्फ जानुहुन्छ। हजारौँ बालकहरू र अनगिन्ती बाच्छाहरू सँगै वनमा हिँड्दा बालकहरूले वृन्दावनको प्राकृतिक सौन्दर्यलाई नै आफ्ना गहना बनाएका छन्। उनीहरू आपसमा जिस्कँदैहाँस्दै र चराचुरुङ्गी तथा जनावरहरूको नक्कल गर्दै अघि बढ्छन्। यसै क्रममा कंशद्वारा पठाइएको अघासुर नामको राक्षसजो पुतना र बकासुरको भाइ थियोउनीहरूलाई मार्नका लागि बाटोमा ढुकेर बस्छ। उसले एक योजन लामो विशाल अजिङ्गरको रूप धारण गरी पहाडको गुफा जस्तै मुख बाएर सुत्छ। गोपबालकहरूले त्यसलाई अजिङ्गरको मुख नभई वृन्दावनको कुनै सुन्दर प्राकृतिक दृश्य ठानेर कौतुहलतापूर्वक त्यसभित्र प्रवेश गर्छन्। बालकहरू संकटमा परेको देखेर आफ्ना साथीहरूको रक्षा गर्न श्रीकृष्ण पनि जानाजानी अघासुरको मुखभित्र पस्नुहुन्छ। भित्र पुगेपछि उहाँले आफ्नो शरीरलाई यति विशाल बनाउनुहुन्छ कि राक्षसको श्वास नली बन्द हुन्छ र उसको ब्रह्मरन्ध्र फुटेर प्राण निस्कन्छ। श्रीकृष्णले आफ्नो अमृतमय दृष्टिले सबै मृत बालक र बाच्छाहरूलाई पुनर्जीवित गराई सुरक्षित रूपमा बाहिर निकाल्नुहुन्छ। अघासुरको शरीरबाट एउटा दिव्य ज्योति निस्केर श्रीकृष्णमा विलिन हुन्छजसले गर्दा उसले मोक्ष प्राप्त गर्छ। यो देखेर ब्रह्माजी पनि अचम्ममा पर्नुहुन्छ र श्रीकृष्णको दर्शन गर्न आउनुहुन्छ। यो लीला बालकहरू पाँच वर्षका हुँदा भएको भए तापनि उनीहरूले ६ वर्षको उमेरमा पुगेपछि मात्र यसबारे चर्चा गर्छन्जसले गर्दा राजा परीक्षित्ले यसको रहस्य जान्न इच्छा गर्नुहुन्छ। अन्ततः यो सम्पूर्ण घटनाले भगवान्को भक्तवत्सलता र दुष्टलाई पनि मोक्ष दिने उहाँको परम कृपालाई पुष्टि गर्दछ।

दार्शनिक पक्ष

अघासुर वधको यो प्रसङ्गले जीवात्मा र परमात्माको सम्बन्धलाई गहिरो ढङ्गले व्याख्या गर्छ। अघासुर 'पापको प्रतीक होजसले बालक जस्ता निर्दोष जीवात्माहरूलाई निल्न खोज्छ। श्रीकृष्णको मुखभित्रको प्रवेशले यो बुझाउँछ कि जब भक्त संकटमा पर्छभगवान् आफैँ कष्ट सहेर पनि भक्तको रक्षा गर्नुहुन्छ। अघासुर जस्तो दुष्टले पनि भगवान्को स्पर्शले मोक्ष पाउनुले यो सङ्केत गर्छ कि भगवान्को न्याय केवल दण्डमा मात्र सीमित छैनबरु उहाँको सम्पर्कमा आउने जोसुकैको पनि अज्ञान र पाप नष्ट हुन्छ। यस अध्यायले ज्ञानभक्ति र वैराग्यको समन्वयलाई देखाउँदै स्पष्ट पार्छ कि योगीजनले जुन पद कठिन साधनाबाट पाउँछन्गोठालाहरूले त्यही पद श्रीकृष्णसँगको प्रेमपूर्ण सान्निध्यबाट सहजै प्राप्त गरे। अजिङ्गरको मुखलाई गुफा ठान्नु 'मायावा 'भ्रमको प्रतीक होजसलाई चिर्न भगवान्को कृपा अनिवार्य हुन्छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...