#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः – सप्तविंशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
चतुर्थः स्कन्धः – सप्तविंशोऽध्यायः


 
नारद उवाच –
(अनुष्टुप्)
इत्थं पुरञ्जनं सध्र्यग् वशमानीय विभ्रमैः ।
पुरञ्जनी महाराज रेमे रमयती पतिम् ॥ १ ॥

महाराज ! यसप्रकार ती सुन्दरीले अनेक हावभावले पुरञ्जनलार्ई पुरै आफ्नो वशमा पारेर उ संग आनन्दित हुदै विहार गर्न लागिन ।।१।।

स राजा महिषीं राजन् सुस्नातां रुचिराननाम् ।
कृतस्वस्त्ययनां तृप्तां अभ्यनन्ददुपागताम् ॥ २ ॥                                                                   

उनले राम्ररी स्नान गरेर अनेक प्रकारका माङ्गलिक श्रृंगार गरेर भोजनादिले तृप्त भएर राजाको पासमा आई । राजाले उनकोे मनोहर अनुहार भएकी राजमहिषीलार्ई आदरका साथ अभिनन्दन गरे ।।२।।

(इंद्रवज्रा)
तयोपगूढः परिरब्धकन्धरो
     रहोऽनुमन्त्रैरपकृष्टचेतनः ।
न कालरंहो बुबुधे दुरत्ययं
      दिवा निशेति प्रमदापरिग्रहः ॥ ३ ॥

पुरञ्जनीले राजालार्ई आलिंगन गरीन् र राजाले उनलार्र्ई गलामा लगाए फेरी एकान्तमा प्रमका कुरा गरेर यस्तो मोहित भएकि उनकोे ती स्त्री सितको विषय भोगमा लाग्नाले उनले दिन रातको भेदले निरन्तर बित्दै गएको कालको गतिलार्ई पत्ता पाउँन सकेनन् ।।३।।

शयान उन्नद्धमदो महामना
     महार्हतल्पे महिषीभुजोपधिः ।
तामेव वीरो मनुते परं यतः
     तमोऽभिभूतो न निजं परं च यत् ॥ ४ ॥

मदले लठिएको पुरञ्जन आफ्नी प्रियाको हातमा सिर राखेर महामुल्य सैयामा रहन्थ्यो । उसले त त्यो रमणी नै जीवनको मुख्य फल हो भन्ने सोच्दथ्यो । अज्ञानले ढाकिएका कारण उसलार्र्ई अत्मा तथा परमात्माको बारेमा कुनै ज्ञान भएन ।।४।।

(अनुष्टुप्)
तयैवं रममाणस्य कामकश्मलचेतसः ।
क्षणार्धमिव राजेन्द्र व्यतिक्रान्तं नवं वयः ॥ ५ ॥

तस्यां अजनयत् पुत्रान् पुरञ्जन्यां पुरञ्जनः ।
शतान्येकादश विराड् आयुषोऽर्धमथात्यगात् ॥ ॥ ६ ॥

दुहित्‍ईर्दशोत्तरशतं पितृमातृयशस्करीः ।
शीलौदार्यगुणोपेताः पौरञ्जन्यः प्रजापते ॥ ७ ॥

राजन ! यसप्रकार कामातुर भएको चित्तले उनीसंग विहाँर गर्दा गर्दै राजाको आदि जीवन क्षण भरमै वित्यो । प्रजापते ! त्यो पुरञ्जनीको राजा पुरञ्जनबाट एघार सय छोराहरू र दस कन्याहरू भए । ती सबै आमा बाबुको कीर्ति बढाउने र सबै गुणबाट सम्पन्न थिए । उनीहरू पौरञ्जनी नामले प्रख्यात थिइ यसरी नै त्यो सम्राटको उमेरको आधा भाग वित्यो ।।५, ६,७।।

स पञ्चालपतिः पुत्रान् पितृवंशविवर्धनान् ।
दारैः संयोजयामास दुहितॄ सदृशैर्वरैः ॥ ८ ॥

नारदजी भन्दछन्–
फेरी पाञ्चालराज पुरञ्जनले पितृवंशको वृध्दि गराउन छोरीहरूको योग्य वरका साथ बिबाह गरीदिए ।।८।।

पुत्राणां चाभवन् पुत्रा एकैकस्य शतं शतम् ।
यैर्वै पौरञ्जनो वंशः पञ्चालेषु समेधितः ॥ ९ ॥

ती छोराहरूबाट प्रत्तेकको सय छोराहरू भए । जसबाट पुरञ्जनको वंश सारा देशमा फैलियो ।।९।।

तेषु तद् रिक्थहारेषु गृहकोशानुजीविषु ।
निरूढेन ममत्वेन विषयेष्वन्वबध्यत ॥ १० ॥

यिनै छोरा, नाति, घर, सम्पत्ति, सेवक, मन्त्री आदिको ममता बढ्नाले उ यसै विषयमा बाँधियो ।।१०।।

ईजे च क्रतुभिर्घोरैः दीक्षितः पशुमारकैः ।
देवान् पितॄन् भूतपतीन् नानाकामो यथा भवान् ॥ ११ ॥

फेरी तिमीहरू झैं उसले पनि अनेक प्रकारको भोगको कामनाले यज्ञको दिक्षा विभिन्न पशुहरूको हिंसा गरेर देवता, पितृ, र भूतपतिहरूको आराधना गरे ।।११।।

युक्तेष्वेवं प्रमत्तस्य कुटुम्बासक्तचेतसः ।
आससाद स वै कालो योऽप्रियः प्रिययोषिताम् ॥ १२ ॥

यसप्रकार उनी जीवन भर आत्माको कल्याण गर्ने कर्म र कुटुम्ब पाल्न मै ब्यस्त भयो । अन्तमा वृध्दवस्थाको समय आयो जुन स्त्री लम्पट पुरुषहरूको लागि अतिनै अपृय हुन्छ ।।१२।।

चण्डवेग इति ख्यातो गन्धर्वाधिपतिर्नृप ।
गन्धर्वास्तस्य बलिनः षष्ट्युत्तरशतत्रयम् ॥ १३ ॥

राजन ! चण्डवेग नामको एउटा गन्धर्व छ । उसकोे अधिनमा तिनसय साठी महा वलवान गन्धर्वहरू रहन्छन ।।१३।।

गन्धर्व्यस्तादृशीरस्य मैथुन्यश्च सितासिताः ।
परिवृत्त्या विलुम्पन्ति सर्वकामविनिर्मिताम् ॥ १४ ॥

यसको साथ यी मिथुनभावबाट रहेका कृष्ण र शूक्लवर्णको त्यति नै गान्धर्वीहरू छन् । यीनीहरू पटक पटक चक्कर लगाएर भोगविलाशको सामग्रीहरूले पुरै सहरलार्ई लुटिरहन्छन।।१४।।

ते चण्डवेगानुचराः पुरञ्जनपुरं यदा ।
हर्तुमारेभिरे तत्र प्रत्यषेधत् प्रजागरः ॥ १५ ॥

गन्धर्वराज चण्डवेगका ती अनुचरहरूले जव राजा पुरञ्जनको नगरमा लुट्नलागे तव प्रजागर नाम गरेको त्यो पाँच फणा भएको सर्पले उनीहरुलाई र्योक्यो १५।।

स सप्तभिः शतैरेको विंशत्या च शतं समाः ।
पुरञ्जनपुराध्यक्षो गन्धर्वैर्युयुधे बली ॥ १६ ॥

यो पुरञ्जनपुरीको रक्ष गर्ने भएको त्यो महावलवान सर्प सय वर्षसम्म एक्लै नै ति सातसय गन्धर्व गन्दर्भीहरू संग युध्द गर्दै रह्यो ।।१६।।                                                                 

क्षीयमाणे स्वसंबन्धे एकस्मिन् बहुभिर्युधा ।
चिन्तां परां जगामार्तः सराष्ट्रपुरबान्धवः ॥ १७ ॥

धेरै वीरहरूका साथ एक्लैनै युध्द गर्नु परेका कारण आफ्नो एकमात्र सम्बन्धी प्रजा र नगरलार्ई दुर्वल भएको देखेर आफ्नो राष्ट्र् र नगरको भलो चाहने राजा पुरञ्जनलाइ धेरै चिन्ता भयो ।।१७।।

स एव पुर्यां मधुभुक् पञ्चालेषु स्वपार्षदैः ।
उपनीतं बलिं गृह्णन् स्त्रीजितो नाविदद्‍भयम् ॥ १८ ॥

त्यो यतिका दिन सम्म पाञ्चाल देश को त्यस नगरमा आफ्नो दुतहरूद्वारा कर लिएर विषय भोगमा मस्त भोगिरहेको थियो । स्त्रीको वशमा हुनाले यस्तो कुरामा चाल पाउँन सकेन ।।१८।।

कालस्य दुहिता काचित्त्रिलोकीं वरमिच्छती ।
पर्यटन्ती न बर्हिष्मन् प्रत्यनन्दत कश्चन ॥ १९ ॥

व्र्हिष्मन ! यसै समयमा  कालकी एकटी छोरी आफु सुहाउदो पतिकोे खोजीमा तीनैलोकमा भटकी रहेकी थिइ तापनि उसलाई कसैले स्वीकार गरेन ।।१९।।

दौर्भाग्येनात्मनो लोके विश्रुता दुर्भगेति सा ।
या तुष्टा राजर्षये तु वृतादात्पूरवे वरम् ॥ २० ॥

त्यो कालकन्या भाग्यले धेरै ठगिएकी थिइ त्यसैले लोक उसलार्र्ई दुर्भगा भन्दथे । एकपटक राजा पुरुले पितालाई आफ्नो यौवन देख्नका लागि आफ्नै इच्छाले उसलार्र्ई वर दिएका थिए । यसबाट प्रसन्न भएर उनले उनलार्र्ई राज्य प्राप्तिको वर दिएकी थिइ ।।२०।।

कदाचिद् अटमाना सा ब्रह्मलोकान् महीं गतम् ।
वव्रे बृहद्व्रतं मां तु जानती काममोहिता ॥ २१ ॥

एकदिन म ब्रम्हलोकबाट पृथ्वीमा आएं त्यसवेला म नैष्ठिक व्रम्हचारी जानेर पनि कामातुर भएका कारण मलार्ई वरण खोजी ।।२१।।                                                                                   

मयि संरभ्य विपुलं अदात् शापं सुदुःसहम् ।
स्थातुमर्हसि नैकत्र मद् याच्ञाविमुखो मुने ॥ २२ ॥

ततो विहतसङ्‌कल्पा कन्यका यवनेश्वरम् ।
मयोपदिष्टमासाद्य वव्रे नाम्ना भयं पतिम् ॥ २३ ॥

मैले उनकोे प्रार्थनालार्ई स्वीकार गरीन त्यसैले उसले अत्यन्त कुपित भएर मलार्ई यो दुई श्राप दिइ कि तिमीले मेरो प्रार्थना स्वीकार गरेनौ, त्यसैले तिमी एकैठाउँमा धेरैबेर बस्न सक्दैनौ । त्यसपछि निराश भएर ती कन्याले मेरो सहमतिले यवनराज भयसंग गएर उसलार्ई पतिका रूपमा वरणका लागि भनिन ।।२३।।

ऋषभं यवनानां त्वां वृणे वीरेप्सितं पतिम् ।
सङ्‌कल्पस्त्वयि भूतानां कृतः किल न रिष्यति ॥ २४ ॥

द्वौ इमौ अनुशोचन्ति बालौ असदवग्रहौ ।
यल्लोकशास्त्रोपनतं न राति न तदिच्छति ॥ २५ ॥

उनले भनिन् वीरवर ! तपाई यौवनमा श्रेष्ठ हुनुहुन्छ न्यसैले म तपाई संग प्रेम गर्दछु र पति बनाउन चाहन्छु ।  तपाई संग गरिएको जीवको संकल्प कहिले पनि खेर जादैन । जो मानिस लोक अथवा शास्त्रको दृष्टिले दिन योग्य वस्तुको दान गर्दैन र जो शास्त्रीय दिृष्टिले अधिकारी भएर पनि यस्तो दान लिदैन, ती दुवै दुराग्रहि र मुढ हुन । त्यसैले सोच्नु पर्दछ ।।२५।।

अथो भजस्व मां भद्र भजन्तीं मे दयां कुरु ।
एतावान् पौरुषो धर्मो यदार्तान् अनुकम्पते ॥ २६ ॥

भद्र ! यस समयमा म तपाईको सेवामा उपस्थित भएकी छु तपाई मलार्ई स्वीकार गरेर अनुग्रहित गर्नुहोस । पुरुषको सबभन्दा ठुलो धर्म दीनहरूमा दया गर्नु हो ।।२६।।

कालकन्योदितवचो निशम्य यवनेश्वरः ।
चिकीर्षुर्देवगुह्यं स सस्मितं तामभाषत ॥ २७ ॥

कालकन्याको यस्तो कुरा सुनेर यवनराजले विधाताको एउटा काम पुरा गराउने इच्छा भएकोले उनले भने ।।२७।।

मया निरूपितस्तुभ्यं पतिरात्मसमाधिना ।
नाभिनन्दति लोकोऽयं त्वां अभद्रां असम्मताम् ॥ २८ ॥

मैले योगदृष्टिले तिम्रा लागि एउटा पतिको निश्चय गरेको छु । तिमी सबैको अनिष्ट गराउँने भएकीले कसैलार्ई पनि तिमीलाई राम्रो मान्दैनन् त्यसैले कसैले पनि तिमीलार्ई स्वीकार गरेनन् ।।२८।।


त्वं अव्यक्तगतिर्भुङ्‌क्ष्व लोकं कर्मविनिर्मितम् ।
या हि मे पृतनायुक्ता प्रजानाशं प्रणेष्यसि ॥ २९ ॥

त्यसैले यो कर्मजतिन लोकलार्ई तिमी अलक्षित भएर वालजफत भोग । तिमी मेरो सेना लिएर जाउ यसैको सहायताले तिमी सबै प्रजालार्ई नाश गर्नमा समर्थ हुन्छौ । कसैले पनि तिमीसंग सामना गर्न सक्तैनन् ।।२९।।

प्रज्वारोऽयं मम भ्राता त्वं च मे भगिनी भव ।
चराम्युभाभ्यां लोकेऽस्मिन् अव्यक्तो भीमसैनिकः ॥ ३० ॥

यो प्रज्वार नाम गरेको मेरो भाइ हो र तिमी मेरो बहिनी बन । तिमी दुवैको साथमा म अलक्षरुपले ठुलो सेनाको साथ लिएर लोकमा विचरण गर्दछु ।।३०।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे पुरंजनोपाख्याने सप्तविंशोऽध्यायः ॥ २७ ॥