#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - त्रिंशोऽध्यायः


श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - त्रिंशोऽध्यायः




कपिल उवाच –
(अनुष्टुप)
तस्यैतस्य जनो नूनं नायं वेदोरुविक्रमम् ।
काल्यमानोऽपि बलिनो वायोरिव घनावलिः ॥ १ ॥

कपिलदेवले भन्नुभयो—
हे माताजी! जसरी संगै रहदा पनि हावाद्वारा उडाएको मेघले वायुको, त्यसै गरी जीवहरू पनि वलवान् कालको प्ररणले भिन्न भिन्न अवस्थाहरू तथा योनीमा भ्रमण गर्दछ तर उसको प्रवल पराक्रम जान्दैन ।।१।।

यं यं अर्थमुपादत्ते दुःखेन सुखहेतवे ।
तं तं धुनोति भगवान् पुमान्छोचति यत्कृते ॥ २ ॥

जीव सुखको अभिलाषाले जुन जुन वस्तलाई ठुलो कष्टले प्राप्त गर्दछ त्यसै वस्तुलाई भगवान् काल खोस्दछन, जस्को लागि उसलई ठुलो शोक हुन्छ ।।२।।

यदध्रुवस्य देहस्य सानुबन्धस्य दुर्मतिः ।
ध्रुवाणि मन्यते मोहाद् गृहक्षेत्रवसूनि च ॥ ३ ॥

यसको कारण यो हो कि दुर्मति जीव आफ्नो नशवान शरीर तथा यसमा सम्बन्ध भएका घर, खेत र धनलाई मोहवश नित्य मान्दछ ।।३।।

जन्तुर्वै भव एतस्मिन् यां यां योनिमनुव्रजेत् ।
तस्यां तस्यां स लभते निर्वृतिं न विरज्यते ॥ ४ ॥

यो संसारका जीव जुन जुन योनीमा जन्म लिन्छन् त्यहि त्यहिमा आनन्द मान्छन । तर उसमा त्यसबाट वैराग्य हुदैन ।।४।।

नरकस्थोऽपि देहं वै न पुमान् त्यक्तुमिच्छति ।
नारक्यां निर्वृतौ सत्यां देवमायाविमोहितः ॥ ५ ॥

भगवानको मायाले यस्तो मोहित भएको हुन्छ कि कर्मवश नारकीय योनीमा जन्मलिदा पनि त्यहाँको विष्टा आदि भोगलाई सुख मानेर त्यसलाई छोड्न चाहादैन ।।५।।

आत्मजायासुतागार पशुद्रविण बन्धुषु ।
निरूढमूलहृदय आत्मानं बहु मन्यते ॥ ६ ॥

त्यो मुर्ख आफ्नो शरीर, स्त्री, पुत्र, घर, पशु, धन र वन्धुवान्धवमा अत्यन्त आशक्त भएर उनीहरूको सम्बन्धमा अनेक मनोरथ गरेर नै आफुलाई भाग्यशाली सम्झन्छ ।।६।।

सन्दह्यमानसर्वाङ्ग एषां उद्वहनाधिना ।
करोति अविरतं मूढो दुरितानि दुराशयः ॥ ७ ॥

उनीहरूको पालन पोषण को चिन्ताले सम्पूर्ण अंग गल्दछन्, तापनि दुब्र्यसनहरूले हृदय दूषित हुनाका कारण यो सधैं यस्तै वासनाका लागि अनेक प्रकारको पाप गर्दछन ।।७।।

आक्षिप्तात्मेन्द्रियः स्त्रीणां असतीनां च मायया ।
रहो रचितयालापैः शिशूनां कलभाषिणाम् ॥ ८ ॥

कुलटा स्त्रीहरू संग एकान्तमा संयोगादिमा भएका कपटपूर्ण प्रेम तथा बालकको मिठा मिठा कुरामा मन र इन्द्रिय फस्नाले त्यो कालरुप भगवानलाई पनि बिर्सन्छ ।।८।।

गृहेषु कूटधर्मेषु दुःखतन्त्रेष्वतन्द्रितः ।
कुर्वन् दुखप्रतीकारं सुखवन्मन्यते गृही ॥ ९ ॥

गृहस्थ पुरुष घरको दुःखदायी तथा कपटपूर्ण कर्ममा लिप्त हुन्छ । त्यस समय धेरै सावधानी अपनाएर यदि उसले दुःखलाई हटाउन सक्यो भने त्यतिवेला उ आफुलाई सुखी सम्झन्छ ।।८।।

अर्थैरापादितैर्गुर्व्या हिंसयेतः ततश्च तान् ।
पुष्णाति येषां पोषेण शेषभुग्यात्यधः स्वयम् ॥ १० ॥

भयंकर हिंसा बृध्दि गरेर जहाँ कहिँ बाट धन जम्मा गरेर यस्तो ब्यक्तिलाई पोषण गर्दछ ।। स्वयं त उनीहरूले खाएर बचेको अन्न खाएर रहन्छ, जुन पोषणबाट नरक जान्छ ।।१०।।

वार्तायां लुप्यमानायां आरब्धायां पुनः पुनः ।
लोभाभिभूतो निःसत्त्वः परार्थे कुरुते स्पृहाम् ॥ ११ ॥

बारंवार प्रयत्न गर्दा पनि यसको कुनै जीविका चल्दैन अनि लोभवश अधिर हुनाले अरुको धनमा इच्छा गर्दछ ।।११।।

कुटुम्बभरणाकल्पो मन्दभाग्यो वृथोद्यमः ।
श्रिया विहीनः कृपणो ध्यायन् श्वसिति मूढधीः ॥ १२ ॥

जव मन्दभग्यका कारण यसको कुनै प्रयत्न चल्दैन तथा यो मन बुध्दि धनहीन भएर कुटुम्बको भरण पोषणमा असमर्थ हुन्छ अनि अत्यन्त दीन र चिन्तातुर भएर लामो लामो श्वास फेर्दछ ।।१२।।

एवं स्वभरणाकल्पं तत्कलत्रादयस्तथा ।
नाद्रियन्ते यथा पूर्वं कीनाशा इव गोजरम् ॥ १३ ॥

उनलाई पालन पोषण गर्न असमर्थ भएर स्त्री पुत्रादिले पहिले जस्तो आदर गर्दैनन । जसरी कृपण किसान बुढो गोरुलाई छोड्दछ ।।१३।।

तत्राप्यजातनिर्वेदो भ्रियमाणः स्वयम्भृतैः ।
जरयोपात्तवैरूप्यो मरणाभिमुखो गृहे ॥ १४ ॥

यस्तो हुंदा पनि उसलाई वैराग्य आउदैन । जसलाई उसले पहिले पालेको थियो अव उसले यसलाई पाल्दछ । बृध्दा अवस्थाका कारण उस्को रूप विग्रन्छ र मरेतुल्य हुन्छ ।

आस्तेऽवमत्योपन्यस्तं गृहपाल इवाहरन् ।
आमयाव्यप्रदीप्ताग्निः अल्पाहारोऽल्पचेष्टितः ॥ १५ ॥

शरीर रोगी हुन्छ र अग्नि मन्द हुन्छ । भोजन र पुरुषार्थ दुवै कम हुदैजान्छ र उ कुकुरले झैं स्त्री पुत्रादिले अपमान पूर्वक दिएको अन्न खाएर जीवन निर्वाह गर्दछ ।।१४।१५।।

वायुनोत्क्रमतोत्तारः कफसंरुद्धनाडिकः ।
कासश्वासकृतायासः कण्ठे घुरघुरायते ॥ १६ ॥

मृत्युको समय नजिक आएपछि वायुको उध्र्वश्वासले सताउदछ र श्वास प्रश्वास नलिहरू कफले रोकिन्छन् । खोक्न अथावा सास फेर्नमा अति कष्ट हुन्छ, कफ बढ्न जाँदा घाँटी घुरघुर गर्न थाल्दछ ।।१६।।

शयानः परिशोचद्भिः परिवीतः स्वबन्धुभिः ।
वाच्यमानोऽपि न ब्रूते कालपाशवशं गतः ॥ १७ ॥

अनि शोकातुर भएका वन्धुवान्धवले घेरिएर रहन्छ र मुत्युपाशले वशीभूत हुनाले बोलाउदा पनि बोल्न शक्तैन ।।१७।।

एवं कुटुम्बभरणे व्यापृतात्माजितेन्द्रियः ।
म्रियते रुदतां स्वानां उरुवेदनयास्तधीः ॥ १८ ॥

यप्रकार जुन मुढ पुरुष इन्द्रियहरूलाई नजितेर नित्य कुटुम्ब पोषणमा लाग्दछ त्यो रोइरहेका आफन्तको विचमा अत्यन्त वेदनाले अचेत भएर मृत्यु प्राप्त गर्दछ ।।१८।।

यमदूतौ तदा प्राप्तौ भीमौ सरभसेक्षणौ ।
स दृष्ट्वा त्रस्तहृदयः शकृन् मूत्रं विमुञ्चति ॥ १९ ॥

त्यसबखत उसलाई लिन भनि अति भयंकर र राता राता आँखा भएका दुई यमका दूतहरू लिन आँउछन् । उनीहरूलाई देखरे उ डरले मलमुत्र त्याग गर्दछ ।।१९।।

यातनादेह आवृत्य पाशैर्बद्ध्वा गले बलात् ।
नयतो दीर्घमध्वानं दण्ड्यं राजभटा यथा ॥ २० ॥

ती यमदूत जसप्रकार सिपाई कुनै अपराधीलाई लिएर जान्छ त्यसैगरी उसलाई स्थूल शरीरबाट यातना शरीरमा हालेर घाँटीमा डोरीले बाँधेर यमलोकमा लैजान्छन ।२०।।

तयोर्निर्भिन्नहृदयः तर्जनैर्जातवेपथुः ।
पथि श्वभिर्भक्ष्यमाण आर्तोऽघं स्वमनुस्मरन् ॥ २१ ॥

उनीहरूको ताडनाले उसको हृदय फुट्ने र शरीर काम्ने गर्दछ । बाटामा उसलाई कुक्कुरहरूले झम्टन्छन् । त्यस समय उ आफ्नो पापलाई सम्झेर व्याकुल हुन्छ ।।२१।।

(इन्द्रवज्रा)
क्षुत्तृट्परीतोऽर्कदवानलानिलैः
        सन्तप्यमानः पथि तप्तवालुके ।
कृच्छ्रेण पृष्ठे कशया च ताडितः
        चलत्यशक्तोऽपि निराश्रमोदके ॥ २२ ॥

भोक–प्यासले उसलाई वचैन गरिदिन्छ, घाम, तातो हावाले तात्दछ र यस्तो अवस्थामा विश्राम गर्ने स्थान नपाउनाले तातेको वालुवाको बाटोमा उसमा एक पाईला अगाडि वढ्ने शक्ति हुदैन । यमदुत उसको पिठ्युमा काँढा वर्साउछन  अनि ठुलो कष्टका साथ उसले हिड्नु पर्दछ ।।२।।

(अनुष्टुप)
तत्र तत्र पतन्छ्रान्तो मूर्च्छितः पुनरुत्थितः ।
पथा पापीयसा नीतस्तरसा यमसादनम् ॥ २३ ॥

जहाँ जहाँ थाकेर लड्छ, मुर्छा हुन्छ, अनि फेरी होस आएपछि उठ्छ । यस प्रकार अति दुःख संग अप्ठ्यारो बाटो हिंडाउदै अत्यन्त क्रुर यातनाल यमराजले उसलाई यमपुरी लिएर जान्छन् ।।२३।।

योजनानां सहस्राणि नवतिं नव चाध्वनः ।
त्रिभिर्मुहूर्तैर्द्वाभ्यां वा नीतः प्राप्नोति यातनाः ॥ २४ ॥

यमलोकको मार्ग उनानसय हजार योजनको छ । यतिलामो मार्गमा दुई वा तिन मुहुर्तमा नै पार गरेर उ नरकमा अनेक किसिमको यातना भोग्दछ ।।२४।।

आदीपनं स्वगात्राणां वेष्टयित्वोल्मुकादिभिः ।
आत्ममांसादनं क्वापि स्वकृत्तं परतोऽपि वा ॥ २५ ॥

त्यहाँ उसको शरीरलाई बल्दो काठको विचमा हालेर जलाउदछन् । कतै आफैं र अर्कोद्वारा टुक्राटुक्रा पारेर उसलाई आफ्नै मासु खुवाउदछन् ।।२५।।

जीवतश्चान्त्राभ्युद्धारः श्वगृध्रैर्यमसादने ।
सर्पवृश्चिक दंशाद्यैः दशद्भिश्चात्मवैशसम् ॥ २६ ॥

यमपुरीका कुक्कुर अथवा गिध्द्दले उसको शरीरको आन्द्रा लुच्छन् भने कतै सर्प विच्छि र डाँठ आदि डस्ने जीवले डसेर शरीरलाई पीडा पु¥याउदछन ।।२६।।

कृन्तनं चावयवशो गजादिभ्यो भिदापनम् ।
पातनं गिरिशृङ्गेभ्यो रोधनं चाम्बुगर्तयोः ॥ २७ ॥

शरीरलाई काटेर टुक्रटुक्र गर्दछन त्यस्तै हात्तीले कुल्चाउने, पहाडबाट खसाउने तथा पानीको खाल्डोमा लगेर हालि दिन्छन ।।२७।।

यास्तामिस्रान्धतामिस्रा रौरवाद्याश्च यातनाः ।
भुङ्क्ते नरो वा नारी वा मिथः सङ्गेन निर्मिताः ॥ २८ ॥

यी सबै यातनाहरू यसैगरी तामिश्र, अन्धतामिश्र एवं रौरव आदि नरकमा र अरूपनि अनेकौ यातनाहरू, स्त्रीहोस अथवा पुरुष उसले पारस्पारिक संसर्गका कारण हुने पापले गर्दा नै भोग्नु पर्दछ ।।२८।।

अत्रैव नरकः स्वर्ग इति मातः प्रचक्षते ।
या यातना वै नारक्यः ता इहाप्युपलक्षिताः ॥ २९ ॥

माताजी! कोहि ब्यक्तिहरू भन्दछन कि स्वर्ग र नरक त यसै लोकमा छ, किनकि जुन नरकको यातन छ त्यो यहाँ पनि देखिन्छ ।।२९।।

एवं कुटुम्बं बिभ्राण उदरम्भर एव वा ।
विसृज्येहोभयं प्रेत्य भुङ्क्ते तत्फलमीदृशम् ॥ ३० ॥

यस प्रकार अनेक कष्ट भोगेर आफ्नो कुटुम्वलाई पाल्ने र आफ्नो पेटमात्र भर्ने पुरुष कुटुम्व र शरीर दुवैलाई छाडेर मरेपछि आफ्नो पापका कारण यो फल भोग्दछ ।।३०।।

एकः प्रपद्यते ध्वान्तं हित्वेदं स्वकलेवरम् ।
कुशलेतरपाथेयो भूतद्रोहेण यद् भृतम् ॥ ३१ ॥

आफ्नो यो शरीरलाई यहिँ छाडेर प्राणीलाई द्रोह गरेका कारण अन्धकारको बाटो भएर नरकमा जान्छ ।।३१।।

दैवेनासादितं तस्य शमलं निरये पुमान् ।
भुङ्क्ते कुटुम्बपोषस्य हृतवित्त इवातुरः ॥ ३२ ॥

मानिस आफ्नो पेट पाल्नमा जुन अन्याय दर्गछ उसले दैवबाट प्राप्त कुकर्मको फल नरकमा गएर भोग्दछ । त्यतिवेला उ व्याकुल हुन्छ ।।३२।।

केवलेन हि अधर्मेण कुटुम्बभरणोत्सुकः ।
याति जीवोऽन्धतामिस्रं चरमं तमसः पदम् ॥ ३३ ॥

पापको कमाई बाट आफ्नो परिवारको पालनमा व्यस्त रहन्छ त्यस्तो जीव अन्धतामिश्र नरकमा जान्छ । जुन नरक अत्यन्त कष्टप्रद स्थान हो ।।३३।।

अधस्तात् नरलोकस्य यावतीर्यातनादयः ।
क्रमशः समनुक्रम्य पुनरत्राव्रजेच्छुचिः ॥ ३४ ॥

यस प्रकार कष्ट भोगि सकेपछि मनुष्य जन्म मिल्नु पहिले जति पनि सुंगुर, कुकुरादि योनीका धेरै यातन भोगेर शुध्द भएपछि फेरि उ मनुष्य योनीमा जन्म लिन्छ ।।३४।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे त्रिंशोऽध्यायः ॥ ३० ॥