श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - एकविंशोऽध्यायः
भरतवंशः - रन्तिदेव चरितम् -
श्रीशुक उवाच
वितथस्य सुतान् मन्युर्बृहत्क्षत्रो जयस्ततः ।
महावीर्यो नरो गर्गः सङ्कृतिस्तु नरात्मजः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! वितथ अथवा भरद्वाजका पुत्र मन्यु थिए । मन्युका– बृहत्क्षत्र, जय, महावीर्य, नर र गर्ग नामका पाँच छोरा थिए । नरका छोरा संकृति थिए ।।१।।
गुरुश्च रन्तिदेवश्च सङ्कृतेः पाण्डुनन्दन ।
रन्तिदेवस्य हि यश इहामुत्र च गीयते ॥ २ ॥
संकृतिका दुई छोरा थिए– गुरु र रन्तिदेव । परीक्षित ! रन्तिदेवको निर्मल यश यस लोक र परलोकमा सर्वत्र गाइन्छ ।।२।।
वियद्वित्तस्य ददतो लब्धं लब्धं बुभुक्षतः ।
निष्किञ्चनस्य धीरस्य सकुटुम्बस्य सीदतः ॥ ३ ॥
आकाश जस्तै रन्तिदेवले पनि दैववश प्राप्त गरेको वस्तुलाई बिना परिश्रम गरी उपभोग गर्थे र उनको धन–सम्पत्ति दिनानुदिन घट्दै गयो । जे मिल्दछ त्यही अरुलाई दिएर आफै भोकै रहन्थे । उनी कुनै कुराको संग्रह गर्दैन थिए । धैर्यवान थिए यसो भएको हुँदा आफ्नो परिवार कुटुम्बबाट दुःख पाउँदथे ।।३।।
व्यतीयुरष्टचत्वारिंशदहन्यपिबतः किल ।
घृतपायससंयावं तोयं प्रातरुपस्थितम् ॥ ४ ॥
एक पटक लगातार ४८ दिन सम्म उनले पिउने पान पनि नपाईकन बित्यो उनान्चास दिनको बिहान मात्रत्र उनले केही घीउ खीर, हलुवा र पानी खान पाए ।।४।।
कृच्छ्रप्राप्तकुटुम्बस्य क्षुत्तृड्भ्यां जातवेपथोः ।
अतिथिर्ब्राह्मणः काले भोक्तुकामस्य चागमत् ॥ ५ ॥
भोक र तिर्खाका कारण उनका परिबारमा ठुलो संकट परेकोले उनीहरु काँमिरहेका थिए तर त्यतिबेला जे भएको खान भनेर लाग्ने बित्तिकै एकजना ब्राह्मण पाहुना बनेर आए ।।५।।
तस्मै संव्यभजत् सोऽन्नमादृत्य श्रद्धयान्वितः ।
हरिं सर्वत्र संपश्यन् स भुक्त्वा प्रययौ द्विजः ॥ ६ ॥
रन्तिदेवले सबै कुरामा भगवान श्रीभगवानलाई मात्र देख्थे । त्यसैले उनले धेरै श्रद्धा र सम्मानका साथ ब्राह्मणलाई त्यही खाना खुवाए । ब्राह्मण देवताहरू खाना खाएर गए ।।६।।
अथान्यो भोक्ष्यमाणस्य विभक्तस्य महीपतेः ।
विभक्तं व्यभजत् तस्मै वृषलाय हरिं स्मरन् ॥ ७ ॥
परीक्षित ! अब रन्तिदेवले बाँकी खाना आपसमा बाँडेर खान भनेर मन गरेका बेलामा अर्का शूद्र पाहुना बनेर आए । भगवानको स्मरण गर्दै रन्तिदेवले शुद्रको रूपमा आएका पाहुनालाई पनि केही बाँकी खाना खुवाए ।।७।।
याते शूद्रे तमन्योऽगादतिथिः श्वभिरावृतः ।
राजन् मे दीयतां अन्नं सगणाय बुभुक्षते ॥ ८ ॥
जब शूद्र खाना खाएर गए, अर्को पाहुना कुकुर लिएर आयो । उसले भन्यो– ’राजा ! म र मेरा यी कुकुरहरू धेरै भोकाएका छौं, हामीलाई केहि खान दिनुहोस् ।।८।।
स आदृत्यावशिष्टं यद् बहुमानपुरस्कृतम् ।
तच्च दत्त्वा नमश्चक्रे श्वभ्यः श्वपतये विभुः ॥ ९ ॥
रन्तिदेवले आफूलाई जे बाँकी थियो, उनीहरुलाई खान दिएर दिए र भक्तिले पूर्वक कुकुर र कुकुरको मालिकलाई नमस्कार गरे ।।९।।
पानीयमात्रमुच्छेषं तच्चैकपरितर्पणम् ।
पास्यतः पुल्कसोऽभ्यागादपो देह्यशुभस्य मे ॥ १० ॥
अब पानी मात्र बाँकी थियो र त्यो पनि एक जनाले मात्र पिउन पर्याप्त थियो । तिनीहरूले यसलाई आपसमा बाँडेर पिउन लागेका बेलामा अर्को चांडाल आइपुग्यो । उसले भन्यो– ’म एकदमै नीच हुँ । मलाई पिउन पानी देउ ।।१०।।
तस्य तां करुणां वाचं निशम्य विपुलश्रमाम् ।
कृपया भृशसन्तप्त इदमाहामृतं वचः ॥ ११ ॥
उच्चारण गर्न निकै कठिनाई भइरहेको चण्डालको दयालु वचन सुनेर रन्तिदेव दयाले अत्यन्त दुःखी भए र अमृतमय वचनहरू भन्न थाले ।।११।।
न कामयेऽहं गतिमीश्वरात्परा-
मष्टर्द्धियुक्तामपुनर्भवं वा ।
आर्तिं प्रपद्येऽखिलदेहभाजा-
मन्तःस्थितो येन भवन्त्यदुःखाः ॥ १२ ॥
मलाई आठै सिद्धिको परमगति पनि चाहिँदैन । यहाँबाट बढेर मलाई मोक्ष पनि चाहान्न । म त केवल सबै प्राणीहरूको हृदयमा रहेर यीनको दुःखलाई सहन सकुं ता कि यिनीहरुलाई कुनै दुःख नहोस ।।१२।।
क्षुत्तृट्श्रमो गात्रपरिश्रमश्च
दैन्यं क्लमः शोकविषादमोहाः ।
सर्वे निवृत्ताः कृपणस्य जन्तो-
र्जिजीविषोर्जीवजलार्पणान्मे ॥ १३ ॥
त्यो गरीब प्राणी पानी पिएर बाँच्न चाहन्थ्यो । पानी दिएर उनको ज्यान जोगियो । अब मेरो भोक तिर्खाको पीडा, शरीरको कमजोरी, नम्रता, दोष, शोक र आसक्ति – ती सबै गए । म खुसी भएँ ।। १३ ।।
इति प्रभाष्य पानीयं म्रियमाणः पिपासया ।
पुल्कसायाददाद्धीरो निसर्गकरुणो नृपः ॥ १४ ॥
यसो भन्दै रन्तिदेवले बाँकी रहेको पानी पनि त्यो चांडाललाई दिए । ऊ आफैं पानी नपाएर मर्न लागेको भए पनि स्वभावैले उनको मन यति दयालु थियो कि उनले आफुलाई रोक्न सकेनन् ।।१४।।
तस्य त्रिभुवनाधीशाः फलदाः फलमिच्छताम् ।
आत्मानं दर्शयाञ्चक्रुर्माया विष्णुविनिर्मिताः ॥ १५ ॥
हे परीक्षित ! यी पाहुनाहरू वास्तवमा भगवानद्वारा सृजित मायाका विभिन्न रूपहरू थिए । परीक्षा सकिएपछि आफ्ना भक्तहरूको मनोकामना पूरा गर्ने त्रिभुवन स्वामी ब्रह्मा, विष्णु र महेश उनको अगाडि देखा पर्नुभयो ।।१५।।
स वै तेभ्यो नमस्कृत्य निःसङ्गो विगतस्पृहः ।
वासुदेवे भगवति भक्त्या चक्रे मनः परम् ॥ १६ ॥
रन्तिदेवले उहाँको पाउमा नमस्कार गरे । उनलाई केही लिन मन लागेन । भगवानको कृपाले उनी आसक्ति र कामनाबाट मुक्त भए र परम प्रेममय भक्तिका साथ भगवान वासुदेवमा आफ्नो मनमा समाहित भए । केही मागेनन् ।।१६।।
ईश्वरालम्बनं चित्तं कुर्वतोऽनन्यराधसः ।
माया गुणमयी राजन् स्वप्नवत् प्रत्यलीयत ॥ १७ ॥
हे परीक्षित ! उनलाई भगवान बाहेक अरु कुनै कुराको चाहना थिएन, उसले आफ्नो मन पूर्णतया भगवानमा समर्पित गरे । त्यसैले ब्यूँझँदा सपनाको दृश्य जस्तै त्रिगुणमयी माया नष्ट भयो ।।१७।।
तत्प्रसङ्गानुभावेन रन्तिदेवानुवर्तिनः ।
अभवन् योगिनः सर्वे नारायणपरायणाः ॥ १८ ॥
रन्तिदेवका अनुयायीहरू पनि उनको संगतको प्रभावले योगी बने र सबै भगवानका परम भक्त बने ।।१८।।
गर्गाच्छिनिस्ततो गार्ग्यः क्षत्राद् ब्रह्म ह्यवर्तत ।
दुरितक्षयो महावीर्यात् तस्य त्रय्यारुणिः कविः ॥ १९ ॥
पुष्करारुणिरित्यत्र ये ब्राह्मणगतिं गताः ।
बृहत्क्षत्रस्य पुत्रोऽभूद्धस्ती यद्धस्तिनापुरम् ॥ २० ॥
मन्यु पुत्र गर्गबाट शिनी र शिनिबाट गाग्र्यको जम्म भयो । गाग्र्य क्षत्रिय भए पनि उनैबाट ब्राह्मण वंश सुरु भएको हो । दुरितक्षय महावीर्यका पुत्र थिए । दुरितक्षयका तीन छोरा थिए– त्रय्यारुणी, कवि र पुष्करारुणी, यी तीनैजना ब्राह्मण थिए । बृहत्क्षेत्रका पुत्र हस्ती थिए उनैले मा हस्तिनापुर बसाएका थिए ।।।१९–२०।।
अजमीढो द्विमीढश्च पुरुमीढश्च हस्तिनः ।
अजमीढस्य वंश्याः स्युः प्रियमेधादयो द्विजाः ॥ २१ ॥
हस्तिका तीन छोरा थिए – अजमिढ, द्विमिढ र पुरुमिढ । अजमिढका छोराहरूमा प्रियमेध आदि गरिएका ब्राह्मण थिए ।।२१।।
अजमीढाद् बृहदिषुस्तस्य पुत्रो बृहद्धनुः ।
बृहत्कायस्ततस्तस्य पुत्र आसीत् जयद्रथः ॥ २२ ॥
यीनै अजमिधका एक छोराको नाम वृहदिशु थियो । वृहदिशुको छोरा बृहद्धनु, बृहद्धनुका छोरा बृहत्काय र बृहत्कायका छोरा जयद्रथ भए ।।२२।।
तत्सुतो विशदस्तस्य सेनजित् समजायत ।
रुचिराश्वो दृढहनुः काश्यो वत्सश्च तत्सुताः ॥ २३ ॥
जयद्रथका छोरा विषाद र विशादका छोरा सेन्जित थिए । सेन्जितका चार छोरा थिए – रुचिराश्व, दृढहनु, काश्य र वत्स ।।२३।।
रुचिराश्वसुतः पारः पृथुसेनः तदात्मजः ।
पारस्य तनयो नीपस्तस्य पुत्रशतं त्वभूत् ॥ २४ ॥
रुचिराश्वका छोरा पार र पारको पृथुसेन थिए । पारको दोस्रो छोराको नाम नीप थियो । नीपका सय छोरा थिए ।।२४।।
स कृत्व्यां शुककन्यायां ब्रह्मदत्तमजीजनत् ।
योगी स गवि भार्यायां विष्वक्सेनमधात् सुतम् ॥ २५ ॥
यही निपले (छाया) शुकीकी छोरी कृत्वीसँग विवाह गरेका थिए । उनीबाट ब्रह्मदत्त नामको छोराको जन्म भयो । ब्रह्मदत्त एक महान योगी थिए । उनले आफ्नी पत्नी सरस्वतीको गर्भबाट विश्वक्सेन नामक पुत्रलाई जन्म दिए ।।२५।।
जैगीषव्योपदेशेन योगतन्त्रं चकार ह ।
उदक्स्वनस्ततस्तस्माद् भल्लाटो बार्हदीषवाः ॥ २६ ॥
यनै विश्वसेनले जैगीषव्यको उपदेशबाट योगशास्त्रको रचना गरेका थिए । विश्वसेनका छोरा उदक्स्वन र उदक्स्वनका छोरा भल्लाद थिए। ती सबै बृहदिषुका वंशज थिए ।।२६।।
यवीनरो द्विमीढस्य कृतिमांस्तत्सुतः स्मृतः ।
नाम्ना सत्यधृतिस्तस्य दृढनेमिः सुपार्श्वकृत् ॥ २७ ॥
द्विमिढका छोरा यविनर, यविनरका छोरा कृतिमान, कृतिमानका छोरा सत्यधृति, सत्यधृतिका छोरा धर्मनेमी र धर्मनेमीका छोरा सुपाश्र्व भए ।।२७।।
सुपार्श्वात् सुमतिस्तस्य पुत्रः सन्नतिमांस्ततः ।
कृतिर्हिरण्यनाभाद् यो योगं प्राप्य जगौ स्म षट् ॥ २८ ॥
संहिताः प्राच्यसाम्नां वै नीपो ह्युग्रायुधस्ततः ।
तस्य क्षेम्यः सुवीरोऽथ सुवीरस्य रिपुञ्जयः ॥ २९ ॥
सुपाश्र्वबाट सुमती, सुमतीबाट सन्नतिमान र सन्नतिमानबाट कृतिकाको जन्म भयो । उनले हिरण्यनाभबाट योगविद्या प्राप्त गरेका थिए र ’प्रच्यसम’ नामको स्तोत्रलाई छःवटा संहिता बनाएका थिए । कृतिकाका छोरा नीप, नीपका उग्रायुध, उग्रायुधका क्षेम्य, क्षेम्यका सुवीर र सुवीरका छोरा रिपुंजय भए ।।२८–२९।।
ततो बहुरथो नाम पुरुमीढोऽप्रजोऽभवत् ।
नलिन्यामजमीढस्य नीलः शान्तिः सुतस्ततः ॥ ३० ॥
शान्तेः सुशान्तिस्तत्पुत्रः पुरुजोऽर्कस्ततोऽभवत् ।
भर्म्याश्वस्तनयस्तस्य पञ्चासन्मुद्गरलादयः ॥ ३१ ॥
यवीनरो बृहद्विषुः काम्पिल्यः सञ्जयः सुताः ।
भर्म्याश्वः प्राह पुत्रा मे पञ्चानां रक्षणाय हि ॥ ३२ ॥
विषयाणामलमिमे इति पञ्चालसंज्ञिताः ।
मुद्गणलाद् ब्रह्म निर्वृत्तं गोत्रं मौद्ग॥ल्यसंज्ञितम् ॥ ३३ ॥
रिपुंजय का छोरा बहुरथ थियो । द्विमिढका भाइ पुरुमिढको कुनै सन्तान भएन । अजमिढको दोस्री पत्नीको नाम नलिनी थियो । उनको कोखबाट नीलको जन्म भयो । नीलको शान्ति, शान्तिको सुशान्ति, सुशान्तिको पुरुज, पुरुजको अर्क र अर्कको छोरा भम्र्याश्व थिए । भाम्र्याश्वका पाँच छोरा थिए– मुद्गल, यविनर, बृहदिशु काम्पिल्य र सञ्जय भम्र्याश्वले मेरा छोराहरू पाँच देशमा (पञ्च आलम) शासन गर्न सक्षम छन् भनेका थिए त्यसैले उनीहरु ‘पाञ्चाल’ नामले प्रख्यात भए । यीनीहरु मध्ये मुद्गलबाट मौद्गल्य’ नामक (ब्राह्मण) गोत्रको उत्पत्ति भएको हो ।।३०–३३।।
मिथुनं मुद्ग लाद् भार्म्याद् दिवोदासः पुमानभूत् ।
अहल्या कन्यका यस्यां शतानन्दस्तु गौतमात् ॥ ३४ ॥
भम्र्याश्वका छोरा मुद्गलले यमज (जुम्ल्याहा) लाई जन्म दिए। तीमध्ये छोराको नाम दिवोदास र छोरीको नाम अहल्या थियो । अहल्याको विवाह महर्षि गौतमसँग भएको थियो । गौतमका छोरा शतानन्द थिए ।।३४।।
तस्य सत्यधृतिः पुत्रो धनुर्वेदविशारदः ।
शरद्वांस्तत्सुतो यस्मादुर्वशीदर्शनात् किल ॥ ३५ ॥
शरस्तम्बेऽपतद् रेतो मिथुनं तदभूच्छुभम् ।
तद्दृष्ट्वा कृपयागृह्णात् शन्तनुर्मृगयां चरन् ।
कृपः कुमारः कन्या च द्रोणपत्न्युभवत् कृपी ॥ ३६ ॥
शतानन्दका छोरा सत्यधृति थिए, उनी धनुर्विद्यामा निपुण थिए । सत्यधृतिको छोराको नाम शरद्वान थियो । एक दिन उर्वशीलाई देखेपछि शरद्वानको वीर्य मुंजको झांग खस्यो, यस वीर्यबाट शुभ लक्षण भएका छोरा र छोरीको जन्म भयो । महाराज शान्तनु त्यहाँ शिकार गर्न गएका बखतमा यिनको दृष्टि यिनमा पर्न गएछ र दयाले लागेकाले उनले दुवैलाई उठाएर लिएर गएछन् । तीमध्ये छोराको नाम कृपाचार्य र छोरीको नाम कृपि राखियो । यी नै कृपी द्रोणाचार्यकी पत्नी भइन् । ३५–३६।
इति श्रीमद्भाागवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे एकविंशोऽध्यायः ॥ २१ ॥