#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – त्रयोविंशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – त्रयोविंशोऽध्यायः



गोप ऊचुः–
(अनुष्टुप्)
राम राम महाबाहो कृष्ण दुष्टनिबर्हण ।
एषा वै बाधते क्षुन्नस्तच्छान्तिं कर्तुमर्हथः ॥१॥

गोठालाहरूले भने– सुन्दर बलराम ! तिमी धेरै बहादुर छौ। हे दुष्ट संहारक श्रीकृष्ण ! हामीलाई भोकले ज्यादै सताइरहेको छ । तसर्थ, तपाईं दुवैले यसलाई निभाउने उपाय गर्नुहोस् ॥१॥

शुक उवाच–
इति विज्ञापितो गोपैर्भगवान् देवकीसुतः ।
भक्ताया विप्रभार्यायाः प्रसीदन्निदमब्रवीत् ॥२॥

श्रीशुकदेवजीले भन्नुभयो– परीक्षित ! जब गोपहरूले का छोरा कृष्णलाई यसो भनेपछि वहाँले मथुराका आफ्ना भक्त ब्राह्मण पत्नीहरूलाई अनुग्रह गर्न यसो भन्नुभयो ।।२।। 

प्रयात देवयजनं ब्राह्मणा ब्रह्मवादिनः ।
सत्रमाङ्‌गिरसं नाम ह्यासते स्वर्गकाम्यया ॥३॥

मेरा प्रिय साथीहरू ! यहाँबाट केही पर वेदवादी ब्राह्मणहरूले स्वर्गको इच्छाले अंगिरस नामको यज्ञ गरिरहेका छन् । तिमी उहाँको यज्ञमा जाओ ।।३।। 

तत्र गत्वौदनं गोपा याचतास्मद्‍‍विसर्जिताः ।
कीर्तयन्तो भगवत आर्यस्य मम चाभिधाम् ॥४॥

हे गोपहरू ! मैले पठाएको ठाँउमा गएर तिमीहरुले मेरो र मेरो दाजु बलरामको नाम लिएर केही भात भोजन गर ।।४।।

इत्यादिष्टा भगवता गत्वायाचन्त ते तथा ।
कृताञ्जलिपुटा विप्रान् दण्डवत् पतिता भुवि ॥५॥

जब भगवानले यस्तो भन्नुभएपछि ती गोपहरु ती ब्राह्मणहरूको यज्ञमा गए र भुईमा लम्पसार परेर दण्डवत गरेर भगवानको आदेश अनुसार उनीहरूसँग खाना मागे ।।५।। 

हे भूमिदेवाः शृणुत कृष्णस्यादेशकारिणः ।
प्राप्ताञ्जानीत भद्रं वो गोपान् नो रामचोदितान् ॥६॥

हे भूमिका देवता ब्राह्मणहरू ! तपाईहरुको कल्याण होस् । तपाईहरु हाम्रो कुरा सुन्नुहोस् । हामी व्रजका गोठाला हौं हामी भगवान कृष्ण र बलरामको आज्ञाले यहाँ आएका हौं ।।६।। 

(मिश्र)
गाश्चारयन्तावविदूर ओदनं
     रामाच्युतौ वो लषतो बुभुक्षितौ ।
तयोर्द्विजा ओदनमर्थिनोर्यदि
     श्रद्धा च वो यच्छत धर्मवित्तमाः ॥७॥

हे ब्रह्मण ! भगवान बलराम र श्रीकृष्ण गाई चराउँदै यहाँबाट केही पर आएका आउँनुभएको छ । वहाँहरु अहिले भोकाउनु भएकोले भोजन चाहानुहुन्छ । तपाई धर्मको मर्म जान्ने भएकोले यदि चहानुहुन्छ भने केही खानेकुरा दिनुहोस् ।।७।। 

(अनुष्टुप्)
दीक्षायाः पशुसंस्थायाः सौत्रामण्याश्च सत्तमाः ।
अन्यत्र दीक्षितस्यापि नान्नमश्नन् हि दुष्यति ॥८॥

हे सज्जनहरू ! यज्ञ अग्निमा पशुबलि गरिन्छ र सौत्रामणि यज्ञमा दीक्षित व्यक्तिले भोजन गर्नु हुँदैन । यिनीहरू बाहेक जुनसुकै यज्ञमा दीक्षा लिने व्यक्तिको भोजन लिंदा दोष लाग्दैन ।।८।। 

इति ते भगवद्याच्ञां शृण्वन्तोऽपि न शुश्रुवुः ।
क्षुद्राशा भूरिकर्माणो बालिशा वृद्धमानिनः ॥९॥

हे परीक्षित ! स्वर्गजस्तो तुच्छ फलका लागि ठुला कर्ममा फसेका ब्राह्मणहरू ज्ञानको दृष्टिले अज्ञानी नै थिए तर पनि आफूलाई धेरै ज्ञानी ठान्थे यसरी भगवानले खाना मागेको सुन्दा पनि ती ब्राह्मणहरूले उनको कुरामा ध्यान दिएनन् ।।९।। 

देशः कालः पृथग् द्रव्यं मंत्रतंत्रर्त्विजोऽग्नयः ।
देवता यजमानश्च क्रतुर्धर्मश्च यन्मयः ॥१०॥

परीक्षित ! देश,काल, विभिन्न प्रकारका यज्ञका सामग्रीहरु, यज्ञमा प्रयोग हुने मन्त्र, कर्मकाण्डको विधि, यज्ञ गर्ने ऋत्विज–ब्रह्मा आदि, अग्नि, देवता, यजमान, यज्ञ र धर्म– यी सबै रूपहरूमा भगवान मात्र प्रकट हुनुहुन्छ ।।१०।। 

तं ब्रह्म परमं साक्षाद् भगवन्तमधोक्षजम् ।
मनुष्यदृष्ट्या दुष्प्रज्ञा मर्त्यात्मानो न मेनिरे ॥११॥

गोपहरुका माध्यमबाट स्वयं भगवान त्यहि भात माग्दै हुनुहुन्छ । तर आफुलाई देह ठानेका यी मुर्खहरुले भगवान नारायणलाई साधारण मानिस संझेर चिन्न सकेनन् ।।११। 

न ते यदोमिति प्रोचुः न नेति च परन्तप ।
गोपा निराशाः प्रत्येत्य तथोचुः कृष्णरामयोः ॥१२॥

परीक्षित ! ती ब्राह्मणहरूले हुन्छ अथवा हुदैन केही नभनेकाले ती गोप बालकको आश मर्यो । उनी फर्किए र त्यहाँ भएका सबै कुरा श्रीकृष्ण र बलरामलाई सुनाए ।।१२।। 

तदुपाकर्ण्य भगवान् प्रहस्य जगदीश्वरः ।
व्याजहार पुनर्गोपान् दर्शयँलौकिकीं गतिम् ॥१३॥

उनको कुरा सुनेर सारा जगतका भगवान् श्रीकृष्ण हाँस्न थाल्नुभयो । वहाँले गोपबालकरूलाई सम्झउँदै भन्नेभयो कि यस संसारमा असफलता बारम्बार हुन्छ, त्यसबाट निराश हुनु हुँदैन, बारम्बार प्रयास गर्दा सफलता मिल्छ । त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो– ।।१३।। 

मां ज्ञापयत पत्नीभ्यः ससङ्‌कर्षणमागतम् ।
दास्यन्ति काममन्नं वः स्निग्धा मय्युषिता धिया ॥१४॥

मेरो प्यारो गोप बालकहरू ! यसपटक तिमी यज्ञ पत्नीकहाँ गएर राम–श्याम आएका आउँनु भएको छ भनी भन । उनी ममा धेरै स्नेह राख्दछन् । चित्त ममा नै लगाउँने भएकाले  उनीहरूले तिमीहरूलाई चाहे जति खानेकुरा दिनेछन् ।।१४।।

गत्वाथ पत्नीमशालायां दृष्ट्वातऽऽसीनाः स्वलङ्‌कृताः ।
नत्वा द्विजसतीर्गोपाः प्रश्रिता इदमब्रुवन् ॥१५॥

यसपटक गोपबालकहरू यज्ञ पत्नीको घरमा गए । त्यहाँ ब्राह्मणका पत्नीहरू राम्रा लुगा र गहना सजिएर बसेका देखेँ । द्विजपत्नीहरूलाई नमस्कार गरेपछि उनले अत्यन्त नम्रताका साथे भने– ।।१५।। 

नमो वो विप्रपत्नीभ्यो निबोधत वचांसि नः ।
इतोऽविदूरे चरता कृष्णेनेहेषिता वयम् ॥१६॥

हे विप्रपत्नीहरु हामीहरु तपाईलाई नमस्कार गर्दछौं । कृपया हाम्रो कुरा सुन्नुहोस् । भगवान श्रीकृष्ण यहाँबाट अलि पर आउनुभएको छ र उहाँले हामीलाई तपाईकहाँ पठाउनुभएको हो ।।१६।। 

गाश्चारयन् स गोपालैः सरामो दूरमागतः ।
बुभुक्षितस्य तस्यान्नं सानुगस्य प्रदीयताम् ॥१७॥

गोपबालक र बलरामजीसँग गाई चराउँदै वहा अलिपर आउँनु भएको छ । यतिबेला वहाँ र वहाँकासाथीहरु भोकाएका छन् । त्यसैले तपाईहरुले वहाँहरुलाई केही भोजन दिनुहोस ।।१७।। 

श्रुत्वाच्युतमुपायातं नित्यं तद्दर्शनोत्सुकाः ।
तत्कथाक्षिप्तमनसो बभूवुर्जातसम्भ्रमाः ॥१८॥

परीक्षित ! ती ब्राह्मणीहरूले धेरै अगाडि देखि भगवानको सुन्दर लीलाहरु सुन्दै आएका थिए । उनीहरुको मन श्रीकृष्णमा लागि सकेको थियो । उनीहरु कुनै न कुनै रुपमा श्रीकृष्णको दर्शको चाहना राख्दथे । श्रीकृष्णको आगमनको खबर सुन्ने बित्तिकै उनीहरुको मन चञ्चल भैहाल्यो ।।१८।। 

चतुर्विधं बहुगुणमन्नमादाय भाजनैः ।
अभिसस्रुः प्रियं सर्वाः समुद्रमिव निम्नगाः ॥१९॥

निषिध्यमानाः पतिभिर्भ्रातृभिर्बन्धुभिः सुतैः ।
भगवत्युत्तमश्लोके दीर्घश्रुतधृताशयाः ॥२०॥

भगवान्को लीलला कथा सुनेर उनीहरुले आफ्नो मन श्रीकृष्णमा नै अर्पण गरिसकेका थिए त्यसैले उनीहरुले अति स्वादिष्ट र पौष्टिक खाना, लेह्या र चोष्य जस्ता चारै प्रकारका खानालाई अलग अलग भाडामा राखेर आफ्ना दाजुभाइ, श्रीमान् र छोराछोरीले रोक्दा पनि आफ्नो प्रिय भगवानको दर्शन गर्न छिटो छिटो गरि घरबाट निस्किए ।।१९–२०।। 

यमुनोपवनेऽशोकनवपल्लवमण्डिते ।
विचरन्तं वृतं गोपैः साग्रजं ददृशुः स्त्रियः ॥२१॥

ब्राह्मण पत्नीहरूले यमुनाको किनारमा पुग्ना साथ उनीहरुले त्यहाँ नयाँ पलाएका कोपिलाहरूले शोभायमान अशोक वनमा गोठाला केटाहरूले घेरिएका बलरामजीसँग श्रीकृष्ण यता–उता घुमिरहनु भएको देखे ।।२१।। 

 (वसंततिलका)
श्यामं हिरण्यपरिधिं वनमाल्यबर्ह–
     धातुप्रवालनटवेषमनुव्रतांसे ।
विन्यस्तहस्तमितरेण धुनानमब्जं
     कर्णोत्पलालककपोलमुखाब्जहासम् ॥२२॥

त्यतीबेला भगवान्को कालो शरीरमा सुनौलो पहेंलो पीताम्बर चम्किरहेको थियो । टाउकोमा मयूर प्वाँखको मुकुट थियो । घाँटीमा वनमाला पहिरहनु भएको थियो । शरीरमा नयाँ नयाँ धातुहरुको चित्रकारी थियो । शरीरमा नयाँ–नयाँ कोपिलाको झुप्पा लगाएर उहाँले आफूलाई नटको जस्तो भेष बनाउँनु भएको थियो । उहाँले एउटा हात गोपबालकको काँधमा राखेर अर्को हातले कमलको फूल घुमाइरहनु भएको थियो । वहाँको कानमा कुण्डल थियो घुम्रिएको कपालको अलका परेको थियो भने मन्द मन्द मुस्कानले मुखको शोभा बढाइरहेको यस्ता कृष्णलाई उनीहरुले देखे ।।२२।। 

प्रायःश्रुतप्रियतमोदयकर्णपूरै–
     र्यस्मिन् निमग्नमनसस्तमथाक्षिरंध्रैः ।
अन्तः प्रवेश्य सुचिरं परिरभ्य तापं
     प्राज्ञं यथाभिमतयो विजहुर्नरेन्द्र ॥२३॥

हे परीक्षित ! अहिलेसम्म ब्राह्मण पत्नीहरुले कानले श्रीकृष्णका लीला कथा सुनेर मनले नै वहाँलाई अपनाइ रहेकाथिए भने अब आँखा दर्शन गरेर स्वयं आफ्नो हृदय वहाँमा लगाए धेरै बेर मनमा बसे । उनीहरुले धेरैबेर वहाँलाई आलिंगन गरिरहे । जाग्रत अवस्थामा ‘यो म हुँ, यो मेरो हो’ भन्ने भावनाले जलिरहन्छ, तर सुषुप्तिमा प्राज्ञलाई भेट्टाए र सबै तपलाई त्यागे झैं  आफ्नो हृदयको तापलाई शान्त गरे ।।२३ 

(अनुष्टुप्)
तास्तथा त्यक्तसर्वाशाः प्राप्ता आत्मदिदृक्षया ।
विज्ञायाखिलदृग्द्रष्टा प्राह प्रहसिताननः ॥२४॥

हे परीक्षित ! भगवान सबैको हृदय जान्नुहुन्छ र सबैको बुद्धिको साक्षी हुनुहुन्छ । वहाँले ती ब्राह्मण पत्नीहरू आफ्ना दाजुभाइ, पति र छोराहरूले रोक्दा पनि आफन्त र प्रजाको सबै आशा छोडेर मलाई भेट्ने इच्छा लिएर मकहाँ आएका छन् भन्ने बुझेर भगवान्ले मुस्कुराउँदै उनीहरूलाई भन्नुभयो ।।२४।। 

स्वागतं वो महाभागा आस्यतां करवाम किम् ।
यन्नो दिदृक्षया प्राप्ता उपपन्नमिदं हि वः ॥२५॥

हे भगवानले भन्नुभयो– महान भाग्यवती देवीहरू ! तपाईहरूलाई स्वागत छ । आउनुहोस्, बस्नुहोस् । भन्नुहोस्, हामीले तपाईंलाई के सेवा गरौं ? तपाईहरु हामीलाई भेट्ने इच्छा लिएर यहाँ आउँनु भएको छ । तपाईहरु जस्तो प्रेमले भरिएको हृदय भएका लागि यो योग्य कुरा नै हो ।।२५।।

नन्वद्धा मयि कुर्वन्ति कुशलाः स्वार्थदर्शिनः ।
अहैतुक्यव्यवहितां भक्तिमात्मप्रिये यथा ॥२६॥

परमार्थलाई बुझेकाले आफ्नो साँचो भलाइका बारेमा बुझेका हुन्छन्, उनले मलाई आफ्नो प्रियजस्तै मानेर माया गर्छन् जुन प्रेममा कुनै किसिमको इच्छा वा कामना हुँदैन । कुनै कुराको दिव्विधा पनि हुँदैन र संकोच पनि हुँदैन ।।२६।। 

प्राणबुद्धिमनःस्वात्मदारापत्यधनादयः ।
यत्सम्पर्कात् प्रिया आसंस्ततः को न्वपरः प्रियः ॥२७॥

जसको लागि प्राण, बुद्धि, मन, शरीर, आफन्त, पत्नी, पुत्र र धन आदि जुन आत्माका कारण प्यारो लाग्छ त्यो आत्मालाई त्यागेर अरु कुन चिर प्यारो हुन्छ ? ।।२७।। 

तद् यात देवयजनं पतयो वो द्विजातयः ।
स्वसत्रं पारयिष्यन्ति युष्माभिर्गृहमेधिनः ॥२८॥

त्यसैले तपाईहरु यहाँ आउँनु थियो आउँनु भयो, मेरो दर्शन पनि पाउँनुभयो अब यज्ञशालामा फर्केर जानुहोस । तपाईहरुका पति गृहस्थ हुनुहुन्छ । त्यसैले तपाईहरु संगै रहेर उनीहरुले यज्ञ पूरा गर्न सक्नेछन् ।।२८।।

पत्न्ययः ऊचुः–
(वसंततिलका)
मैवं विभोऽर्हति भवान् गदितुं नृशंसं
     सत्यं कुरुष्व निगमं तव पादमूलम् ।
प्राप्ता वयं तुलसिदाम पदावसृष्टं
     केशैर्निवोढुमतिलङ्‌घ्य समस्तबन्धून् ॥२९॥

ब्राह्मण पत्नीहरूले भने– हे सर्वब्यापक प्रभु ! हजुरले यस्तो निष्ठुर वचन बोल्नु हुँदैन । शास्त्रमा भनिएको छ कि एक पटक भगवानलाई प्राप्त गरेपछि फेरि संसारमा फर्किनु पर्दैन । हजुरको यो वेद सत्य गर्नु होस् । हामी हजुरको चरणबाट खसेको तुलसीको माला कपालमा लगाउन सकौं भनेर सबै आफन्तहरूको आज्ञालाई उलंघन गरेर हजुरको चरणमा आएका छौं ।।२९।। 

गृह्णन्ति नो न पतयः पितरौ सुता वा
     न भ्रातृबन्धुसुहृदः कुत एव चान्ये ।
तस्माद् भवत्प्रपदयोः पतितात्मनां नो
     नान्या भवेद् गतिररिन्दम तद् विधेहि ॥३०॥

हे नाथ ! अब हाम्रा पति, छोरा, बाबुआमा, दाजुभाइ र आफन्त कसैले पनि हामीलाई स्वीकार गर्दैनन् भने अरुको कुरा त के भयो र ? अब हामी हजुरको चरणमा परिसकेका छौं, हजुर बाहेको हाम्रो सहारा अरु कोही पनि छैन । यसबारे ब्यवस्था मिलाउनु होला ।।३०।।

श्रीभगवानुवाच–
पतयो नाभ्यसूयेरन् पितृभ्रातृसुतादयः ।
लोकाश्च वो मयोपेता देवा अप्यनुमन्वते ॥३१॥

भगवान श्रीकृष्णले भन्नुभयो– नारीहरु ! तिम्रा पति, छोराछोरी, बाबुआमा, दाजुभाइ र आफन्त कसैले पनि तिमीहरुलाई तिरस्कार गर्नेछैनन् । उनीहरुको त के कुरा भयो र दुनियाले नै तिमीहरुको सम्मान गर्नेछ । अब तिमीहरु मेरै भएका छौ । हेर यो कुरा देवताले पनि अनुमोदन गरिसकेका छन् ।।३१।। 

(अनुष्टुप्)
न प्रीतयेऽनुरागाय ह्यङ्‌गसङ्‌गो नृणामिह ।
तन्मनो मयि युञ्जाना अचिरान्मामवाप्स्यथ ॥३२॥

हे ब्राह्मणीहरु ! संसारमा अंगसंग प्राप्त गर्नु नै ठुलो  कुरा होइन  त्यसैले जाउ, आफ्नो एकाग्र भएर आफ्नो मन म मा अर्पण गर । तिमीहरुले मलाई चाँडै प्राप्त गर्नेछौ ।।३२।।

शुक उवाच–
इत्युक्ता द्विजपत्न्यचस्ता यज्ञवाटं पुनर्गताः ।
ते चानसूयवः स्वाभिः स्त्रीभिः सत्रमपारयन् ॥३३॥

श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! जब भगवानले यसो भनेपछि ती ब्राह्मण पत्नीहरू यज्ञमा फर्किए । ती ब्राह्मणहरूले आफ्ना पत्नीहरूमा कुनै दोष दृष्टि राखेनन् । उनीहरुको यज्ञ पूरा भयो ।।३३।। 

तत्रैका विधृता भर्त्रा भगवन्तं यथाश्रुतम् ।
हृदोपगुह्य विजहौ देहं कर्मानुबन्धनम् ॥३४॥

ती मध्ये एक महिला जसलाई उनका श्रीमानले जबरजस्ती रोकेका थिए । त्यसमा ब्राह्मण पत्नीले भगवानको त्यही स्वरूपको ध्यान गरिन् जसको बारेमा उनले लामो समयदेखि सुनेकी थिइन् । उनले ध्यानबाट मनमनै वहाँलाई आलिंगन गरिन र तत्काल कर्मवन्धनबाट मुक्त भएर वहाँलाई प्राप्त गरिन ।।३४।। 

भगवानपि गोविन्दस्तेनैवान्नेन गोपकान् ।
चतुर्विधेनाशयित्वा स्वयं च बुभुजे प्रभुः ॥३५॥

अब भगवान श्रीकृष्णले पहिले ब्राह्मणीहरुले ल्याएका चार प्रकारका भोजन गोपबालकरूलाई संग मिलेर आफुले पनि भोजन गर्नुभयो ।।३५।। 

एवं लीलानरवपुर्नृलोकमनुशीलयन् ।
रेमे गोगोपगोपीनां रमयन् रूपवाक्कृतैः ॥३६॥

परीक्षित ! यस प्रकार लीलाले मानिस बन्नुभएका भगवान श्री कृष्णले आफ्नो सौन्दर्य माधुर्य वाणी तथा कर्मले गोपबालकहरुलाइ गाईलाई आनन्दित पारेर आफुपनि उनीहरुबाट अभिनन्दित हुनुभयो ।।३६।।

अथानुस्मृत्य विप्रास्ते अन्वतप्यन् कृतागसः ।
यद् विश्वेश्वरयोर्याच्ञामहन्म नृविडम्बयोः ॥३७॥

परीक्षित ! यता ब्राह्मणहरूलाई श्रीकृष्ण स्वयं भगवान हुनुहुन्छ भन्ने कुरा थाहा भयो त्यसपछि उनीहरूलाई धेरै पश्चाताप भयो । भगवान् कृष्ण र बलरामको आज्ञा उल्लङ्घन गरेर हामीले ठूलो अपराध ग¥यौं किनकि वहाँ यस्तो मानव लीला गर्ने पक्कै भगवान हो भन्ने सोच्न लागे ।।३७।। 

दृष्ट्वाव स्त्रीणां भगवति कृष्णे भक्तिमलौकिकीम् ।
आत्मानं च तया हीनमनुतप्ता व्यगर्हयन् ॥३८॥

उनीहरुले आफ्नी पत्नीहरुमा भगवान् प्रति अगाध प्रेम रहेको र आफु प्रेमले रहित भएकोमा पश्चाताप गर्न थाले ।।३८।। 

धिग्जन्म नस्त्रिवृद् विद्यां धिग् व्रतं धिग् बहुज्ञताम् ।
धिक्कुलं धिक् क्रियादाक्ष्यं विमुखा ये त्वधोक्षजे ॥३९॥

उनीहरु भन्नथाले, अहो ! हामी भगवान कृष्णबाट बिमुख रहेछौ। हामी ब्राह्मण कुलमा जन्मेर वेदाध्यायन गायत्री र दिक्षा धारण गरेका थियौं, तर ती सबै कुरालाई धिक्कार छ ! हाम्रो अध्ययनको कुनै अर्थ रहेन । उच्च वंशमा जन्मेर कर्मकाण्डमा निपुण हुनुको कुनै अर्थ रहेन । यसका लागि हामीलाई धिक्कार छ ।।३९।।

नूनं भगवतो माया योगिनामपि मोहिनी ।
यद् वयं गुरवो नॄणां स्वार्थे मुह्यामहे द्विजाः ॥४०॥

निश्चय नैं भगवानको मायाले ठुलाठुला योगीहरूलाई पनि मोहित बनाउँछ। त्यसैले त हामीलाई मनुष्यका गुरु ब्राह्मण भनिन्छ, तर आफ्नो स्वार्थका कारण परमार्थलाई बिर्सियौं ।।४०।। 

अहो पश्यत नारीणामपि कृष्णे जगद्गुयरौ ।
दुरन्तभावं योऽविध्यन्मृत्युपाशान् गृहाभिधान् ॥४१॥

अहो आश्चर्यको कुरा छ, यी नारी भए पनि जगद्गुरु भगवान श्रीकृष्णप्रति अटुट भक्तिभाव छ । त्यसैले यिनीहरुले गृहस्थका मृत्युरुप वन्धनलाई आफ्नो भक्तिभावले काटेका हुन्छन् ।।४१।। 

नासां द्विजातिसंस्कारो न निवासो गुरावपि ।
न तपो नात्ममीमांसा न शौचं न क्रियाः शुभाः ॥४२॥

अहो ! यी स्त्रीहरुले न त यज्ञोपवीत धारण गरेका हुन्छन न अरुको हितका लागि कर्मकाण्ड नै गरेका हुन्छन् न 
गुरुकुलमा बसेका हुन्छन्, न तपस्या गरेका हुन्छन् न आत्माको बारेमा नै सोचेका हुन्छन, तैपनि योगेश्वर भगवान् श्रीकृष्णमा निश्चल भक्ति छ  हामी सोह्र संस्कार सम्पन्न भएपनि न भक्ति न भाव ।।४२।।

तथापि ह्युत्तमःश्लोके कृष्णे योगेश्वरेश्वरे ।
भक्तिर्दृढा न चास्माकं संस्कारादिमतामपि ॥४३॥

तैपनि, सबै योगेश्वरहरूका भगवान् श्रीकृष्णका चरणमा तिनीहरूको गहिरो प्रेम छ । अनि हामीले हाम्रा अनुष्ठानहरू गरेका छौं, गुरुकुलमा बसेका छौं, तपस्या गरेका छौं, आत्मा खोज गरेका छौं, र पवित्रता कायम राखेका छौं। र धेरै राम्रा कामहरू गरेका छौं तैपनि वहाँको चरणमा प्रेम छैन ।।४३।। 

ननु स्वार्थविमूढानां प्रमत्तानां गृहेहया ।
अहो नः स्मारयामास गोपवाक्यैः सतां गतिः ॥४४॥

हामीहरु घरका कामधन्दामा लिप्त भएका थियौं र वास्तविक स्वार्थलाई बिर्सेका थियौं । अहो, तैपनि भक्तवत्सल भगवानले गोपबालकलाई पठाएर उनीहरुद्वारा हामीलाई सम्झना गराउँनु भयो । भगवान कति धन्य हुनुहुन्छ ।।४४।।

अन्यथा पूर्णकामस्य कैवल्याद्यशिषां पतेः ।
ईशितव्यैः किमस्माभिरीशस्यैतद् विडम्बनम् ॥४५॥

भगवान स्वयं पूर्ण काम हुनुहुन्छ र भक्तका लागि कैवल्य मोक्षसम्म दिनुहुन्छ । यदि वहाँले हामीलाई सचेत नगराउने हो भने हामी छुद्र प्राणीहरुसंग वहाँको के उद्देश्य हुन सक्छ ? त्यस्ता सामर्थवान प्रभुका हामीसंग खाना माग्ने त एउटा बाहना मात्र थियो ।।४५।।

हित्वान्यान् भजते यं श्रीः पादस्पर्शाशया सकृत् ।
स्वात्मदोषापवर्गेण तद्याच्ञा जनमोहिनी ॥४६॥

स्वयं लक्ष्मीजी पनि चरणकमलको स्पर्शको आशाले सबै चंचलता, घमण्ड आदि दुर्गुणहरू त्यागेर उहाँको सेवा गरिरहनुहुन्छ । त्यस्ता भगवानलाई हामीसंग मागि रहनुपर्ने कुरा त केही थिएन तैपनि हामीलाई मायामा पार्ने लीला नभएर अरु के हुन सक्छ र ? ।।४६।। 

देशः कालः पृथग्द्रव्यं मंत्रतंत्रर्त्विजोऽग्नयः ।
देवता यजमानश्च क्रतुर्धर्मश्च यन्मयः ॥४७॥

स्थान, समय, विभिन्न सामग्री, तीनका क्रियाकलापमा प्रयोग हुने मन्त्र, कर्मकाण्डको विधि, अग्नि, देवता, यजमान, यज्ञ र धर्म—सबै भगवानको स्वरूप हुन् ।।४७।। 

स एष भगवान् साक्षाद् विष्णुर्योगेश्वरेश्वरः ।
जातो यदुष्वित्याशृण्म ह्यपि मूढा न विद्महे ॥४८॥

योगेश्वरहरूका भगवान् विष्णु स्वयंले यदुवंशीहरूका बीचमा श्रीकृष्णको रूपमा अवतार लिनुभएको हामीले सुनेका थियौं,  तर हामी यति मुर्ख छौं कि हामीले वहाँहरु लाई चिन्न सकेनौं ।।४८।। 

अहो वयं धन्यतमा येषां नस्तादृशीः स्त्रियः ।
भक्त्या यासां मतिर्जाता अस्माकं निश्चला हरौ ॥४९॥

यति हुँदाहुँदै पनि हामी धन्य छौं । हाम्रा पत्नीहरुको वहाँ प्रति अटुट प्रेम छ । उनीहरुको भक्तिले गर्दा हाम्रो मन पनि भगवानमा लाग्यो ।।४९।।

नमस्तुभ्यं भगवते कृष्णायाकुण्ठमेधसे ।
यन्मायामोहितधियो भ्रमामः कर्मवर्त्मसु ॥५०॥

हे प्रभु ! सर्वैश्वर्य सम्पन्न नित्य ज्ञानवाला हे श्रीकृष्ण ! हामी हजुरको मायामा मोहित भैरहेका थियौं  कर्मको चक्रव्यूहमा हराइरहेका थियौं ।।५०।। 

स वै न आद्यः पुरुषः स्वमायामोहितात्मनाम् ।
अविज्ञतानुभावानां क्षन्तुमर्हत्यतिक्रमम् ॥ ५१ ॥

आदि पुरुषोत्तम भगवान श्रीकृष्णले हामी मायाले मोहित भएका तथा वहाँको भगवत प्रभावलाई जान्न नसेका हाम्रो अपराधलाई क्षमा गर्नु हुनेछ ।।५१।।

इति स्वाघमनुस्मृत्य कृष्णे ते कृतहेलनाः ।
दिदृक्षवोऽप्यच्युतयोः कंसाद् भीता न चाचलन् ॥५२॥


हे परीक्षित ! ती ब्राह्मणहरूले श्रीकृष्णलाई तिरस्कार गरेका भएपनि उनीहरुलाई आफ्नो अपराधको सम्झना भयो र धेरै पश्चाताप पनि भयो । उनीहरुमा श्रीकृष्ण र बलरामको दर्शन गर्ने इच्छा भयो तर कंशको डरले दर्शन गर्न जान सकेनन् ।।५२।।

इति श्रीमद्भाचगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे त्रयोविंशोऽध्यायः ॥२३॥