#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

प्रथमः स्कंधः - सप्तमोध्यायः

मद्भागवत महापुराण
प्रथमः स्कंधः - सप्तमोध्यायः



शौनक उवाच -
(अनुष्टुप्)
निर्गते नारदे सूत भगवान् बादरायणः
श्रुतवांस्तदभिप्रेतं ततः किमकरोद् विभुः

शौनकजीले सोधे
सूतजी ! नारदजी जानु भएपछि  भगवान् व्यासजीले वहांको कुरा सुनेर के गर्नु भयो ।।१।।

सूत उवाच
ब्रह्मनद्यां सरस्वत्यां आश्रमः पश्चिमे तटे
शम्याप्रास इति प्रोक्त ऋषीणां सत्रवर्धनः ॥।
सूतजी भन्छन्
सरस्वती नदीको पश्चिम किनारमासम्यप्रासनाम गरेको आश्रम थियो त्यहाँ ऋषिहरूको यज्ञ भइरहन्थ्यो त्यहीं व्यासजीको आश्रम थियो ।।२।।

तस्मिन् स्व आश्रमे व्यासो बदरीषण्डमण्डिते
आसीनोऽप उपस्पृश्य प्रणिदध्यौ मनः स्वयम् ॥।
त्यस आश्रमको चारैतिर बयरको वन त्यहि आश्रममा बसेर आफ्नो मनलाई एकाग्र गरेर आचमन गरे ।।३।।

भक्तियोगेन मनसि सम्यक् प्रणिहितेऽमले
अपश्यत् पुरुषं पूर्णं मायां तदपाश्रयम् ॥।
उनले भक्तियोगद्वारा आफ्नो मनलाई एकाग्र गर्दै आदि पुरुष परमात्मा वहांकै आश्रयमा रहने मायालाई देखे ।।४।।

यया संमोहितो जीव आत्मानं त्रिगुणात्मकम्
परोऽपि मनुतेऽनर्थं तत्कृतं चाभिपद्यते ॥।
उनै मायाबाट मोहित भएका जीवहरू तीन गुणबाट टाढा भएर पनि आफुलाई त्रीगुणात्मक ठान्दछन् यसैकारण विभिन्न अनर्थको मात्र भोग गर्दछन् ।।५।।

अनर्थोपशमं साक्षाद् भक्तियोगमधोक्षजे
लोकस्याजानतो विद्वांन् चक्रे सात्वतसंहिताम् ॥।
यो अनर्थको च्छेदन गर्ने साधन भनेको भगवान्को भक्ति योग हो तर संसारका मानिसहरु यस कुरालाई बुझ्दैनन्, यस्तो संझेर नै उनले यो परमहंसको संहिता भागवतको रचना गरे ।।६।।

यस्यां वै श्रूयमाणायां कृष्णे परमपूरुषे
भक्तिरुत्पद्यते पुंसः शोकमोहभयापहा ॥।
यो भागवतलाई सुन्नाले नै पुरुषेत्तम भगवान् श्रीकृष्ण प्रति प्रेममयी भक्ति हुन जान्छ भक्तिको बृध्दि हुनाले जीवको शोक, मोह  भयहरू हट्नजान्छ ।।७।।

संहितां भागवतीं कृत्वानुक्रम्य चात्मजम्
शुकं अध्यापयामास निवृत्तिनिरतं मुनिः ॥।
व्यासजीले यो भागवत शास्त्रको रचना गरेर यसलाई लोक समक्ष ल्याउने मनशायले आफ्ना निवृत्तिपरायण पुत्र सुकदेवजीलाई सुनाए

शौनक उवाच -
वै निवृत्तिनिरतः सर्वत्रोपेक्षको मुनिः
कस्य वा बृहतीं एतां आत्मारामः समभ्यसत्
शौनकजीले सोधे
सुकदेवजी निबृत्तपरायण हुन्, उनै कुनैपनि सांसारिक विषयमा मन लगाउदैनन उनी सधै आत्मामा नै रमाउछन अनि फेरि उनले के का लागि यो भागवतको अध्ययन गरे ।।९।।

सूत उवाच
आत्मारामाश्च मुनयो निर्ग्रन्था अप्युरुक्रमे
कुर्वन्त्यहैतुकीं भक्तिमित्थंभूतगुणो हरिः ॥ १० ॥
सूतजीले भने
जो ब्यक्ति ज्ञानी , जसको अबिद्याको गाँठो खुलेको सधैभरि आत्मामैं रमाइरहन्छ भने उसले भगवान्को हेतु रहित भक्ति गर्दछ किनकि भगवान्को गुण नै यस्तो राम्रो जसले सबैकुरा आफुतिर खिच्दछ ।।१०।।

हरेर्गुणाक्षिप्तमतिः भगवान् बादरायणिः
अध्यगान् महदाख्यानं नित्यं विष्णुजनप्रियः ११
सुकदेवजी भगवान्का अत्यन्तै प्यारा स्वयं व्यासजीका छोरा हुन् भगवान्को गुणद्वारा नै उनले हृदयलाई आफुतिर तान्दछन् त्यसैले उनले सबैकुरा बुझेर यो ग्रन्थको अध्ययन गरे ।।११।।

परीक्षितोऽथ राजर्षेः जन्मकर्मविलापनम्
संस्थां पाण्डुपुत्राणां वक्ष्ये कृष्णकथोदयम् १२

हे शौनकजी ! अव परीक्षित को जन्म, कर्म मोक्ष तथा पाण्डवहरूको स्वर्गारोहणको कथा सुनाउदछु यसैबाट भगवान् श्रीकृष्णका अनेक लीला कथाहरूका बारेमा थाहा हुन्छ ।।१२।।

(इन्द्रवज्रा)
यदा मृधे कौरवसृञ्जयानां
        वीरेष्वथो वीरगतिं गतेषु
वृकोदराविद्धगदाभिमर्श
        भग्नोरुदण्डे धृतराष्ट्रपुत्रे १३
जुन समयमा महाभारत युध्दमा कौरव पाण्डव दुवैतिर धेरै वीरहरूले वीरगति प्राप्त गरीसेका थिए भीमशेनको गदाले दुर्योधनको तिघ्रा छुट्टिसकेको थियो, त्यस वेला अस्वत्थामाले आफ्ना स्वामी दुर्योधनलाई खुसी गराउने विचार गरे ।।१३।।

भर्तुः प्रियं द्रौणिरिति स्म पश्यन्
        कृष्णासुतानां स्वपतां शिरांसि
उपाहरद् विप्रियमेव तस्य
        जुगुप्सितं कर्म विगर्हयन्ति १४
त्यसपछि ती अस्वत्थामा सुतिरहेका द्रौपदीका छोराहरूको शिर छेदन गरेर दुर्योधनलाई दिए यो कार्य दुयोधनलाई पनि अप्रिय लागेको थियो यस्तो नीच कार्यको सबैले निन्दा गरे ।।१४।।

माता शिशूनां निधनं सुतानां
    निशम्य घोरं परितप्यमाना
तदारुदद् बाष्पकलाकुलाक्षी
    तां सान्त्वयन्नाह किरीटमाली॥ १५

यता देवकी आफ्ना छोराहरूको मृत्युको कारणले दुःखीत भइन् उनको आँखामा आँसु झर्नथाल्यो, रुन लागिन् अर्जुनले उनलाई सान्त्वना दिदै भने ।।१५।।

तदा शुचस्ते प्रमृजामि भद्रे
        यद्ब्रह्मबंधोः शिर आततायिनः
गाण्डीवमुक्तैः विशिखैरुपाहरे
        त्वाक्रम्य यत्स्नास्यसि दग्धपुत्रा १६
हे कल्याणी ! यो मेरो गाण्डिव धनुले त्यो आततायी, अधम ब्राम्हणको शिर छेदन गरेपछि मात्रै तीम्रो आँसु पुच्छ्नेछु छोराहरूको अन्तेष्टी कृया गरेपछि तिमीले त्यसको टाउको माथि खुट्टा राखेर स्नान गर्नेछ्यौ ।।१६।।

उपेन्द्रवज्रा
इति प्रियां वल्गुविचित्रजल्पैः
     स सान्त्वयित्वाच्युतमित्रसूतः ।
अन्वाद्रवद्दंशित उग्रधन्वा
     कपिध्वजो गुरुपुत्रं रथेन १७
अर्जुनको यस्तो कुराले द्रौपदीलाई केहि सान्त्वना दियो अनि भगवान् श्रीकृष्णका सल्लाहले श्रीकृष्णलाइ नै सारथी वनाएर भयानक गाण्डीव धनु लिएर रथमा बसेर अर्जुन आफ्ना गुरूपुत्र अस्वत्थामा तिर जाइलागे ।।१७।।

तमापतन्तं स विलक्ष्य दूरात्
     कुमारहोद्विग्नमना रथेन ।
पराद्रवत्प्राणपरीप्सुरुर्व्यां
     यावद्‍गमं रुद्रभयाद्यथार्कः   १८
वालकको हत्याले गर्दा अश्वत्थामाको मन खिन्न भएको थियो त्यस वेला उसले टाढैबाट देख्यो कि अर्जुन उसलार्ई लखेट्दै आइरहेका छन् त्यसपछि रुद्रका डरले यम भागे झैं भाग्यो ।।१८।।

(अनुष्टुप्)
यदाशरणमात्मानमैक्षत श्रान्तवाजिनम् ।
अस्त्रं ब्रह्मशिरो मेने आत्मत्राणं द्विजात्मजः॥ १९
असत्थामाले आफनो रथका घोडा थाक्न लागेको देखेर विचार ¥यो, एक्लै छु अव बच्ने उपाय भनेको ब्रम्हास्त्र नै हो भन्ने सोच्यो ।।१९।।

अथोपस्पृश्य सलिलं सन्दधे तत्समाहितः
अजानन्नुपसंहारं प्राणकृच्छ्र उपस्थिते ॥ २०
तर उसलाई ब्रह्मास्त्र फर्काउने तरिकाको ज्ञान भने थिएन तापनि प्राण शंकटमा पर्न आएकोले आचमन गरेर ध्यान गर्दै अर्जुन पटि ब्रह्मास्त्र प्रहार गर्यो ।।२०।।

ततः प्रादुष्कृतं तेजः प्रचण्डं सर्वतो दिशम्
प्राणापदमभिप्रेक्ष्य विष्णुं जिष्णुरुवाच २१
त्यो असत्थामाद्वारा फ्याकिएको अस्त्रको प्रचण्ड तेज सबै दिशामा फैलन लाग्यो । अर्जुनले त्यो देखेर विचार गरे अव त्यो ज्वाला मेरै प्राण लिन पटि आईरहेछ, यसपछि अर्जुनले श्रीकृष्ण्को प्रार्थना स्तुति गरे ।।२१।।

अर्जुन उवाच
कृष्ण कृष्ण महाबाहो भक्तानामभयङ्कर
त्वमेको दह्यमानानामपवर्गोऽसि संसृतेः ॥ २२
हे कृष्ण हजुर सचिदानन्द परमात्मा हुनुहुन्छ हजुरको शक्ति अनन्त हजूर आफ्ना भक्तलाई अभय दिनुहुन्छ जो संसाररूप विषयको आगोमा जलिरहेका छन् त्यस्ता जीवलाई उध्दार गर्ने एकमात्र हजूर नै हो ।।२२।।

त्वमाद्यः पुरुषः साक्षाद् ईश्वरः प्रकृतेः परः
मायां व्युदस्य चिच्छक्त्या कैवल्ये स्थित आत्मनि २३
हजूर प्रकृतिबाट टाढै रहनु हुने आदिपुरुष साक्षात परमात्मा हुनुहुन्छ आफ्नो चित्तशक्ति (स्वरूप शक्ति) द्वारा यो त्रीगुणमयी मायालाई हटाएर आफ्नो अद्वितीय रूपमा रहनुहुन्छ ।।२३।।

एव जीवलोकस्य मायामोहितचेतसः
विधत्से स्वेन वीर्येण श्रेयो धर्मादिलक्षणम् २४
हजूर आफ्नो प्रभावले मायामोहित भएका प्राणीहरूका कल्याणका लागि धर्मादिको विधान वनाउनहुन्छ ।।२४।।

तथायं चावतारस्ते भुवो भारजिहीर्षया ।
स्वानां चानन्यभावानामनुध्यानाय चासकृत् ॥ ॥ २५
हजूरको यो अवतार पृथ्वीको भर हरण गर्न आफ्ना अनन्य भक्तजनहरूको स्मरणका लागि हो ।।२५।।

किमिदं स्वित्कुतो वेति देवदेव वेद्म्यहम्
सर्वतो मुखमायाति तेजः परमदारुणम् २६
हे स्वयंप्रकाश स्वरूप श्रीकृष्ण! यहाँ मेरो अगाडि डरलाग्दो तेज आउदैछ, यो के हो ? कहाँबाट आउदैछ ? यसबारे मलाई केहि थाहा छैन ।।२६।।

श्रीभगवानुवाच
वेत्थेदं द्रोणपुत्रस्य ब्राह्ममस्त्रं प्रदर्शितम्
नैवासौ वेद संहारं प्राणबाध उपस्थिते २७
भगवान्ले भन्नुभयो
हे अर्जुन ! यो अश्वत्थामाले प्रहार गरेको ब्रम्हास्त्र हो तिमीले यो जान कि अश्वत्थामाले उसको प्राण शंकट परेकाले यसको प्रयोग गरेको हो तर उसलाई यो ब्रह्मास्त्र फर्काउन आउदैन ।। २७ ।।

ह्यस्यान्यतमं किञ्चिद् अस्त्रं प्रत्यवकर्शनम्
जह्यस्त्रतेज उन्नद्धमस्त्रज्ञो ह्यस्त्रतेजसा   २८
अरु कुनै अस्त्रले यसलाई हटाउन सकिदैन, तिमी ससास्त्रहरूको बारेमा धेरै जान्दछौ अव ब्रम्हास्त्रको तेजले नै यो आगो निभाउ ।।२८।।

सूत उवाच
श्रुत्वा भगवता प्रोक्तं फाल्गुनः परवीरहा
स्पृष्ट्वापस्तं परिक्रम्य ब्राह्मं ब्राह्माय संदधे २९
सूतजी भन्छन्
अर्जुन विपक्षीलाई संहार गर्न चतुर थिए भगवान्को यस्तो कुरा सुनेर उनले आचमन गरेर भगवान्लाई परिक्रमा गरे ब्रम्हास्त्रलाई हटाउनको लागि ब्रम्हास्त्र नै प्रहार गरे ।।२९।।

संहत्यान्योन्यमुभयोस्तेजसी शरसंवृते ।
आवृत्य रोदसी खं च ववृधातेऽर्कवह्निवत् ॥ ३० ॥ 
अव ती दुवै ब्रम्हास्त्रको तेज प्रलय कालिन सूर्य तथा अग्नि जस्तै गरी एक आपसमा टक्कर लिदै पूरै आकासमा जताततै फैलिन लाग्यो ।।३०।।

दृष्ट्वास्त्रतेजस्तु तयोः त्रिँल्लोकान् प्रदहन्महत्
दह्यमानाः प्रजाः सर्वाः सांवर्तकममंसत ३१
आकास ढाक्न लागेको त्यो ज्वालाको रापले मानिसहरू जल्न लागे भन्न थाले कि यो प्रलयकालको सम्बर्तक अग्नि हो ।।३१।।

प्रजोपप्लवमालक्ष्य लोकव्यतिकरं तम्
मतं वासुदेवस्य संजहारार्जुनो द्वयम् ३२
त्यो अग्निले लोकलाई नष्ट गर्न लागेको देखेर भगवान्को आज्ञाले अर्जुनले दुवै ब्रम्हास्त्रलाई फर्काए ।। ३२।।

तत आसाद्य तरसा दारुणं गौतमीसुतम्
बबंधामर्षताम्राक्षः पशुं रशनया यथा ३३
अर्जुनका आँखा रिषले रातो रातो भएको थियो उनले उफ्रेर त्यस क्रुर अश्वत्थामालाई पक्रेर पशुलाई झै डोरीले बाधे ।।३३।।

शिबिराय निनीषन्तं रज्ज्वा बद्ध्वा रिपुं बलात्
प्राहार्जुनं प्रकुपितो भगवानम्बुजेक्षणः   ३४
अर्जुनले अश्वत्थामालाई बाधेर शिविरमा लिएर जानलागे त्यस वेला भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नुभयो ।।३४।।

मैनं पार्थार्हसि त्रातुं ब्रह्मबन्धुमिमं जहि ।
योऽसवनागसः सुप्तानवधीन्निशि बालकान् ॥ ३५

हे अर्जुन ! यस अधम ब्राम्हणलाई छाड्नु हुदैन यसलाई मार्नै पर्छ यसले रात्रीका विचमा सुतिरहेका निरापराध वालकहरूको हत्या गरेको छ ।।३५।।

मत्तं प्रमत्तमुन्मत्तं सुप्तं बालं स्त्रियं जडम्
प्रपन्नं विरथं भीतं रिपुं हन्ति धर्मवित् ३६
धर्मवेत्ता पुरुषले असावधान, मदिरा पिएका, पागल, सुतेका वालकस्त्री, विवेकसुन्य, शरणगत, डराएकालाई कहिल्यै मार्न हुदैन भनि बताएका छन ।।३६।।

स्वप्राणान् यः परप्राणैः प्रपुष्णात्यघृणः खलः ।
तद् वधस्तस्य हि श्रेयो यद्दोषाद्यात्यधः पुमान्  ३७
तर जो दुष्ट तथा क्रुर ब्यक्ति अरुलाई मारेर आफ्नो प्राणको रक्षा गर्छ त्यसको बध गर्नु नै उसकालागि कल्याण हुन्छ किनकि यस्तो आचरणवालाले प्रश्रय पायो भने फेरि पनि यस्तै काम गर्छ त्यस पापको कारण नरक तिर जान्छ ।।३७।।

प्रतिश्रुतं भवता पाञ्चाल्यै श्रृण्वतो मम
आहरिष्ये शिरस्तस्य यस्ते मानिनि पुत्रहा ३८
फेरी मेरा अगाडि जसरी तिमीले द्रौपदी संग प्रतिज्ञा गरेका थियौ कि उसको शिर गिढेर ल्याउछु ।।३८।।

तदसौ वध्यतां पाप आतताय्यात्मबंधुहा
भर्तुश्च विप्रियं वीर कृतवान् कुलपांसनः ३९
यो पापी कुलंङ्गार आततयीले तिम्रा छोराहरूको हत्या मात्रै गरेन दुर्याेधनलाई पनि दुःखी वनायो, त्यसैले हे अर्जुन यसलाई मारिहाल ।।३९।।

सूत उवाच
एवं परीक्षता धर्मं पार्थः कृष्णेन चोदितः
नैच्छद्धन्तुं गुरुसुतं यद्यप्यात्महनं महान्  ४०
भगवान् श्रीकृष्णले परीक्षा लिन यसो भन्नुभएकोथियो तर अर्जुनको हृदय पवित्र थियो अश्वत्थामा आफ्ना छोराहरूको हत्या गरेको भएपनि गुरु पुत्रको हत्या गर्न चाहेनन् ।।४०।।

अथोपेत्य स्वशिबिरं गोविंदप्रियसारथिः
न्यवेदयत्तं प्रियायै शोचन्त्या आत्मजान् हतान्  ४१
त्यसपछि अर्जुन आफ्ना साथी श्रीकृष्ण संगै शिविरमा गए त्यहाँ आफ्ना छोराहरूको मृत्युको कारण शोक गरीरहेकी द्रौपदीलाई लगेर अश्वत्थामा सुम्पे ।।४१।।

(वंशस्थ)
तथाहृतं पशुवत्पाशबद्धं
        अवाङ्मुखं कर्मजुगुप्सितेन
निरीक्ष्य कृष्णापकृतं गुरोः सुतं
        वामस्वभावा कृपया ननाम ४२
द्रौपदीले अश्वत्थामालाई पशु झै बाधिएको अवस्थामा उसका निन्दित कार्यका कारण उसको शिर झुकेको देखिन आफु प्रति निन्दित कार्य गर्ने गरूपुत्र अश्वत्थामाको यस्तो अपमानित अवस्था देखेर दयालाग्यो अनि अश्वत्थामालाई नमस्कार गरीन् ।।३२।।

(अनुष्टुप्)
उवाच चासहन्त्यस्य बंधनानयनं सती
मुच्यतां मुच्यतां एष ब्राह्मणो नितरां गुरुः ४३
गुरुपुत्रलाई यसरी बाधेर ल्याएकोमा दुःखीत भइन् अनि द्रौपदी ले भनिन् यीनलाई छोडिदेउ, छोडिदेउ यी ब्राम्हण हुन अनि हाम्रा पूजनीय पनि हुन ।।४३।।

सरहस्यो धनुर्वेदः सविसर्गोपसंयमः
अस्त्रग्रामश्च भवता शिक्षितो यदनुग्रहात् ४४
जसको कृपाले तपाईले धनुर्वेद प्रयोग सहित उपसंहार आदि शास्त्रहरूको ज्ञान सिक्नु भयो उनै आचार्य द्रोणका पुत्रकारूपमा यहा आज उभिएका छन् ।।४४।।

स एष भगवान् द्रोणः प्रजारूपेण वर्तते ।
तस्यात्मनोऽर्धं पत्‍न्यास्ते नान्वगाद्वीरसूः कृपी   ४५
उनकी अर्धांगिनी कृपि पनि आफ्ना बालकको हेरविचारका कारण यीनको अनुगमन गर्न सकिनन् उनी अहिले जिवितै छिन् ।।४५।।

तद् धर्मज्ञ महाभाग भवद्भिः र्गौरवं कुलम्
वृजिनं नार्हति प्राप्तुं पूज्यं वन्द्यमभीक्ष्णशः ४६
हे महाभाग ! तपाई धर्मज्ञ हुनुहुन्छ जुन गुरुवंशको नित्यपूजा वन्दना गनु पर्दछ भने उसैलाई दुःख दिनु तपाईका लागि सुहाउने कुरा होइन ।।४६।।

मा रोदीदस्य जननी गौतमी पतिदेवता
यथाहं मृतवत्साऽर्ता रोदिम्यश्रुमुखी मुहुः ४७
जसरी तपाई हाम्रा बच्चहरू मारिनाले दुःखी भएर रोइरहेका छौ त्यसरी नै यिनकी आमा पतिब्रता गौतमी नरोउन ।।४७।।

यैः कोपितं ब्रह्मकुलं राजन्यैरजितात्मभिः
तत् कुलं प्रदहत्याशु सानुबंधं शुचार्पितम् ४८
जो राजा आफ्नो कुकर्मले गर्दा ब्राम्हण कूलको नष्ट गरीदिन्छन् त्यो ब्राम्हण कूलको क्रोधाग्निले राजाका परिवार सहित शोकाग्निले गर्दा भष्म हुन्छ ।।४८।।

सूत उवाच
धर्म्यं न्याय्यं सकरुणं निर्व्यलीकं समं महत्
राजा धर्मसुतो राज्ञ्याः प्रत्यनन्दद्वचो द्विजाः   ४९
सूतजीले भने
 हे शौनकादि ऋषिहरू ! द्रौपदीको कुरा धर्म न्यायका लागि थियो उनीमा कपट थिएन दया ममता थियो त्यसैले राजा युधिष्ठिरले रानीको त्यस्तो हितकारी कुरा सुनेर अभिनन्दन गरे ।।४९।।

नकुलः सहदेवश्च युयुधानो धनंजयः
भगवान् देवकीपुत्रो ये चान्ये याश्च योषितः ५०
नकुल, सहदेव, सात्यकी, अर्जुन स्वयं भगवान् श्रीकृष्णले पनि द्रौपदीको कुराको समर्थन जनाए ।।५०।।

तत्राहामर्षितो भीमस्तस्य श्रेयान् वधः स्मृतः ।
न भर्तुर्नात्मनश्चार्थे योऽहन् सुप्तान् शिशून् वृथा  ५१
तर त्यहाँ भीमसेनले रिसाउदै भनेजसले सुतेको बच्चाहरू आफ्ना लागि मालिकका लागि, व्यर्थैमा मार्यो” उसलोई मार्नु नै राम्रो हुन्छ ।।५१।।

निशम्य भीमगदितं द्रौपद्याश्च चतुर्भुजः ।
आलोक्य वदनं सख्युरिदमाह हसन्निव ५२
चतुर्भज भगवान् श्रीकृष्णले द्रौपदी भीमसेन दुवैको कुरा सुनेर अर्जुन पटि फर्केर हास्दै भन्नुभयो ।।५२।।

श्रीभगवानुवाच
ब्रह्मबंधुर्न हन्तव्य आततायी वधार्हणः
मयैवोभयमाम्नातं परिपाह्यनुशासनम् ५३
श्रीभगवान् ले भन्नुभयो– 
पतित भएपनि ब्राम्हणको हत्यागर्न हुदैन आततायीलाई मार्नै पर्छ, सास्त्रमा मैले यी दुई कुरा भनेकोछु त्यसैले मेरो दुवै आज्ञाको पालन गर ।।५३।।

कुरु प्रतिश्रुतं सत्यं यत्तत् सांत्वयता प्रियाम्
प्रियं भीमसेनस्य पाञ्चाल्या मह्यमेव ५४
तिमीले द्रौपदीलाई सान्त्वना दिदै जुन प्रतिज्ञा गरेका थियौ त्यसलाई पनि सत्य सावित गर जसले गर्दा भीमसेन, द्रौपदि मलाई पनि चित्त बुझ्दो होस् ।।५४।।

सूत उवाच
अर्जुनः सहसाऽऽज्ञाय हरेर्हार्दमथासिना
मणिं जहार मूर्धन्यं द्विजस्य सहमूर्धजम् ५५
सूतजी भन्दछन्
अर्जुनले भगवान्को मनको कुरा बुझिहाले अनि उनले आफ्नो तरवारले अश्वत्थामाको सिरको मणि कपाल मुण्डन गरे ।।५५।।

विमुच्य रशनाबद्धं बालहत्याहतप्रभम्
तेजसा मणिना हीनं शिबिरान् निरयापयत् ५६
बालकको हत्या गरेका कारण श्रीहिन पहिल्यै भैसकेको थियो, जव मणि ब्रम्हतेजले रहित भयो अनि बन्धन फुकालेर उसलाई शिविरबाट निकालिदिए ।।५६।।

वपनं द्रविणादानं स्थानान् निर्यापणं तथा
एष हि ब्रह्मबंधूनां वधो नान्योऽस्ति दैहिकः ५७
कपाल मुडिदिनु, धनहरण गर्नु, स्थानबाट बाहिर निकाल्नु अधम ब्राम्हणको बध सरह नै हो त्यस्ताका लागि अर्को शारीरिक बधको बिधान छैन ।।५७।।

पुत्रशोकातुराः सर्वे पाण्डवाः सह कृष्णया
स्वानां मृतानां यत्कृत्यं चक्रुर्निर्हरणादिकम् ५८
छोराको मृत्युले द्रौपदी सबै पण्डव परिवार शोकमा थिए पछि उनीहरूले मरेका छोराहरूको दह संस्कार अन्त्येष्टि कृया गरे

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे द्रौणिनिग्रहो नाम सप्तमोऽध्यायः ॥।