॥ भागवत दर्शन ॥
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
एकादशस्कन्धः – नवमोऽध्यायः
श्रीमद्भागवत महापुराण
एकादशस्कन्धः – नवमोऽध्यायः
ब्राह्मण उवाच
परिग्रहो हि दुःखाय यद् यत्प्रियतमं नृणाम् ।
अनन्तं सुखमाप्नोति तद् विद्वान् यस्त्वकिञ्चनः ।। १।।
अवधूत ब्राह्मणले भने– मानिसहरूको लागि जे जे मनपर्ने वस्तु छ, त्यसको संग्रह गर्नु पनि दुःखको कारण हुन्छ । यस्तो सोचेर जो ज्ञानी तथा बुध्दिमान ब्यक्ति अकिञ्चन भावर रहन्छन् उनले अनन्त सुख प्राप्त गर्दछन् ।।१।।
सामिषं कुररं जघ्नुर्बलिनो ये निरामिषाः ।
तदामिषं परित्यज्य स सुखं समविन्दत ।। २।।
यौटा कुररी पक्षीले आफ्नो चुच्चोले मासुको टुक्रा लिएर जाँदा मासु नपाएका अरु बलिया पक्षीले मासु लिएर जाने पक्षीलाई दुःख दिएर मार्न लागेछन् । त्यो कुररीले जब त्यो मासु छोडेपछि त्यो पक्षीले सुख पायो । यो शिक्षा कुररी पक्षीबाट सिकेको छु ।।२।।
न मे मानावमानौ स्तो न चिन्ता गेहपुत्रिणाम् ।
आत्मक्रीड आत्मरतिर्विचरामीह बालवत् ।। ३ ।।
मलाई कुनै कुराबाट मान अपमान तिर कुनै ध्यान छैन । घर परिवारको चिन्ता पनि छैन । म आफ्नै आत्मासँगै रमाएर खेल्दछु । म योसंसारमा बालक जस्तै भएर घुम्दछु ।। ३ ।।
द्वावेव चिन्तया मुक्तौ परमानन्द आप्लुतौ ।
यो विमुग्धो जडो बालो यो गुणेभ्यः परं गतः ।। ४ ।।
संसारमा दुई थरीका मानिस मात्र चिन्ताबाट मुक्त भएर परमानन्दमा मग्न हुन्छन् । यौटा निश्चेष्ट, केही नजान्ने बालक र अर्को मायाका गुण नाघेर जीवन मुक्त भएको हुन्छ । यो बालकबाट सिकें ।। ४ ।।
क्वचित् कुमारी त्वात्मानं वृणानान् गृहमागतान् ।
स्वयं तानर्हयामास क्वापि यातेषु बन्धुषु ।। ५ ।।
कुनै ठाउँमा यौटी कन्याका घरका सबै परिवार कतै गएको बखतमा एक पटक कुनै ती कुमारीलाई माग्न घरमा कोही ब्यक्ति आएका बखतमा ती कुमारीले आफैँले सत्कार गरीन् ।।५।।
तेषामभ्यवहारार्थं शालीन् रहसि पार्थिव ।
अवघ्नन्त्याः प्रकोष्ठस्थाश्चक्रुः शङ्खाः स्वनं महत् ।। ६ ।।
हे राजन् ! तिनीहरूलाई ख्वाउनको लागि एकान्त धान कुट्न लागेकी ती कन्याको चूरा ठूलो शब्द गरेर बज्न थाल्यो ।। ६ ।।
सा तज्जुगुप्सितं मत्वा महती व्रीडिता ततः ।
बभजैकैकशः शङ्खान् द्वौ द्वौ पाण्योरशेषयत् ।। ७ ।।
त्यो बुद्धिमानी कुमारीले त्यो चुराको आवाजलाई शब्दलाई निन्दित ठानेर लज्जित भई । त्यसैले उसले हातका सबै चुरा निकाले र दुवै हातमा दुई दुईवटा मात्र चूरा राखी ।। ७ ।।
उभयोरप्यभूद् घोषो ह्यवघ्नन्त्याः स्म शङ्खयोः ।
तत्राप्येकं निरभिददेकस्मान्नाभवद् ध्वनिः ।। ८ ।।
धान कुट्न लागेका बखतमा ती कन्याको हातबाट ती दुइटा चूराको पनि शब्द निस्कियों ती दुई चूरामध्ये पनि यौटा निकालिदिई यौटाबाट कुनै आवाज निस्किएन ।।८।।
अन्वशिक्षमिमं तस्या उपदेशमरिन्दम ।
लोकाननुचरन्नेताल्लोकतत्वविवित्सया ।। ९ ।।
हे शत्रुनाशक राजा ! त्यस समयमा लोकको ब्यवहार जान्ने इच्छाले म त्यहाँ पुगेको थिएं । त्यस बखत ती कुमारीबाट मैले यो शिक्षा पाएं ।।९।।
वासे बहूनां कलहो भवेद् वार्ता द्वयोरपि ।
एक एव चरेत्तस्मात् कुमार्या इव कङ्कणः ।। १० ।।
धेरैजना सँग बसेमा झगडा हुन्छ र दुईजना मात्र बस्ता परस्परमा कुराकानी हुन्छ, त्यसो हुनाले कुमारीका चूराजस्तै एक्लै नै रहनु
पर्दछ ।।१०।।
मन एकत्र संयुज्याज्जितश्वासो जितासनः ।
वैराग्याभ्यासयोगेन ध्रियमाणमतन्द्रितः ।। ११ ।।
साधकले वैराग्य र अभ्यासद्वारा अल्छि नगरिकन आसन र प्राणलाई जितेर मन
स्थिर पारेर चित्त एकत्रित गराओस् ।।११ ।।
यस्मिन् मनो लब्धपदं यदेत–
च्छनैः शनैर्मुञ्चति कर्मरेणून् ।
सत्त्वेन वृद्धेन रजस्तमश्च
विधूय निर्वाणमुपैत्यनिन्धनम् ।। १२ ।।
जब यो मन परमात्मामा स्थिर हुन्छ तब त्यो भगवान्मा लागेको मनले विस्तारै विस्तारै कर्मको वासनालाई पखालिदिन्छ र सत्वगुणको वृद्धि भई रजोगुण र तमोगुण हट्दै जान्छ अनि दाउरा सिध्दिए पछि आगो निभ्दै जान्छ त्यसरी नै रागद्वेश आदि वासनाले रहित भएको यो मनले शान्ति प्राप्त गर्दछ ।।१२।।
तदैवमात्मन्यवरुद्धचित्तो
न वेद किञ्चिद् बहिरन्तरं वा ।
यथेषुकारो नृपतिं व्रजन्त–
मिषौ गतात्मा न ददर्श पाश्र्वे ।। १३ ।।
त्यसकारण यसरी आत्मानन्दमा पुगेको चित्तले बाहिर भित्र केही थाहा पाउँदैन जस्तो बाण बनाउने मानिसको चित्त बाणमा लगाएर तल्ल्नि हुँदा उसले नजिकैबाट गएका राजालाई देखेन । यो बाण बनाउनेबाट सिकें ।।१३।।
एकचार्यनिकेतः स्यादप्रमत्तो गुहाशयः ।
अलक्ष्यमाण आचारैर्मुनिरेकोऽल्पभाषणः ।। १४ ।।
योगी वा साधकले जस्तै एक्लै हिड्नु कुनै आश्रम पनि नबनानु, होसियार भएर गुफामा बस्नु, आफ्नो व्यवहारद्वारा अरुले नचिनोस्, एक्लै रहने र थोरै बोल्ने गर्नुपर्दछ ।।१४।।
गृहारम्भोऽतिदुःखाय विफलश्चाध्रुवात्मनः ।
सर्पः परकृतं वेश्म प्रविश्य सुखमेधते ।। १५ ।।
यो अनित्य शरीरको लागि घर बनाउनु दुःखको कुरा हो, घरबाट हुँदैन, सर्प अर्काले बनाएको घरमा पसेर सुखपूर्वक बस्तछ, यो शिक्षा मैले
सर्पबाट प्राप्त गरें ।।१५।।
एको नारायणो देवः पूर्वसृष्ट स्वमायया ।
संहृत्य कालकलया कल्पान्त इदमीश्वरः ।। १६ ।।
एक एवाद्वितीयोऽभूदात्माधारोऽखिलाश्रयः ।
कालेनात्मानुभावेन साम्यं नीतासु शक्तिषु ।
सत्त्वादिष्वादिपुरुषः प्रधानपुरुषेश्वरः ।। १७ ।।
परावराणां परम आस्ते कैवल्यसंज्ञितः ।
केवलानुभवानन्दसन्दोहो निरुपाधिकः ।। १८ ।।
सबैका आधार भएका यौटै नारायण स्वरूप भगवान्ले आफ्नो मायाद्वारा सृष्टि गरेको जगतलाई फेरी कालशक्तिद्वारा संहार गरेर फेरी एक्लै रहनुहुन्छ । आत्मशक्ति स्वरूप कालद्वारा सत्व, रज र तमगुणको साम्य अवस्था भएपछि प्रकृति र पुरुषका पनि ईश्वर, ब्रह्मा आदि देवता र अन्य सम्पूर्ण जीवका पनि फलदाता स्वप्रकाशित, आनन्दस्वरूप, उपाधिशून्य, आदिपुरुष मात्र बाँकी रहनुहुन्छ ।।१६–१७ ।।
केवलात्मानुभावेन स्वमायां त्रिगुणात्मिकाम् ।
संक्षोभयन् सृजत्यादौ तया सूत्रमरिन्दम । १९ ।।
हे शत्रु दमन गर्ने राजा ! वहाँ भगवान् नै आफ्नो कालरूप शक्तिद्वारा आफ्नो त्रिगुणमयी मायालाई सञ्चालन गरी उनै मायाद्वारा पहिला क्रियाशक्तित प्रधान महत्तत्वको सृष्टि गर्नुहुन्छ ।। १८–१९ ।।
तामाहुस्त्रिगुणव्यक्तिं सृजन्तीं विश्वतोमुखम् ।
यस्मिन् प्रोतमिदं विश्वं येन संसरते पुमान् ।। २० ।।
सब प्रकारको सृष्टिको मुल कारण भएको ती मायालाई त्रिगुणात्मिका भन्दछन्, जुन मायाको आश्रयमा यो संसार ओतप्रोत भएको छ र यसैको कारण जीव जन्म मृत्युको बन्धनमा बाँधिन्छ ।।२०।।
यथोर्णनाभिर्हृदयादूर्णां सन्तत्य वक्त्रतः ।
तया विहृत्य भूयस्तां ग्रसत्येवं महेश्वरः ।। २१ ।।
जसरी माकुराले आफ्नो नाभिबाट जाल सृष्टि गरी मुखबाट बाहिर फिंजाएर त्यो जालमा बसी खेल्दछ र फेरि त्यो जाललाई पेटभित्रै लैजान्छ, त्यसैगरी परमात्माले पनि आफ्नो मायाद्वारा संसार सृष्टि गरी आफैं यस जगतको नाश गर्नुहुन्छ ।।२१।।
यत्र यत्र मनो देही धारयेत् सकलं धिया ।
स्नेहाद् द्वेषाद् भयाद् वापि याति तत्तत्सरूपताम् ।। २२ ।।
शरीर धारण गर्ने जीव स्नेहले, डरले अथवा द्वेषले आफ्नो मन जे मा लगाउदछ फेरी उसलाई त्यही स्वरुप प्राप्त हुन्छ ।।२२।।
कीटः पेशस्कृतं ध्यायन् कुड्यां तेन प्रवेशितः ।
याति तत्सात्मतां राजन् पूर्वरूपमसन्त्यजन् ।। २३ ।।
हे राजा, यौटा कुमालकोटी कीराले अर्को कीरा समातेर ल्याउछ र उसलाई आफ्नो गुडमा लगेर प्वालमा बन्द गरिदिन्छ । त्यो कीराले कुमारकोटीको निरन्तर सम्झना गर्दछ जसले गर्दा उसले आफ्नो स्वरूप नछाड्दै कुमालकोटी नै हुन्छ । यो शिक्षा कुमालकोटीबाट सिकें ।।२३।।
एवं गुरुभ्य एतेभ्य एषा मे शिक्षिता मतिः ।
स्वात्मोपशिक्षितां बुद्धिं शृणु मे वदतः प्रभो ।। २४ ।।
हे राजा यसरी यी सबै गुरुहरूबाट मैले यति शिक्षा पाएँ, अब आफ्नै शरीरबाट पाएको शिक्षा भन्दछु, सुन्नुहोस । ।। २४ ।।
देहो गुरुर्मम विरक्तिविवेकहेतु–
बिंभ्रत् स्म सत्वनिधनं सततात्र्यदर्कम् ।
तत्वान्यनेन विमृशामि यथा तथापि
पारक्यमित्यवसितो विचराम्यसङ्ग ।। २५ ।।
विवेक र वैराग्यको कारण भएको यो शरीर मेरो गुरु हो, किनकि जन्मनु र मर्नुपर्ने र सधैं निन्तर दुःखरूप छ । जसरी म यो शरीरद्वारा तत्व चिन्तनमा लाग्दछु, तापनि यो शरीर अरुको अर्थात् स्याल, कुकुर आदिको आहार मात्र हो भन्ने यस्तो निश्चय गरेर कसैमा आशक्त नराखि डुल्दछु ।।२५।।
जायात्मजार्थपशुभृत्यगृहाप्तवर्गान्
पुष्णाति यत्प्रियचिकीर्षुतया वितन्वन् ।
स्वान्ते सकृच्छ्रमवरुद्धधनः स देहः
सृस्ट्वास्य बीजमवसीदति वृक्षधर्मा ।।२६।।
मानिसले ठुलो दुःखले धन सङ्ग्रह गरेर यस शरीरको भोग सम्पादन र गर्न स्त्री, धन, पशु, नोकरचाकर, घरवार र इष्टमित्र तिर लगाउछ । अनि तिनीहरूलाई पालनपोषण गर्दछ । यता यो मर्ने भएको शरीरले भने मानिसलाई अर्को शरीर खोजी गरिसकेको हुन्छ जसका कारण आयु समाप्त भएपछि त्यो शरीर नष्ट भएर जान्छ ।।२६।।
जिह्वैकतोऽमुमपकर्षति कर्हितर्षा
शिश्नोऽन्यतस्त्वगुदरं श्रवणं कुतश्चित् ।
घ्राणोऽन्यतश्चपलदृक् क्व च कर्मशक्ति–
वह्वर्यःसपत्न्य इव गेहपतिं लुनन्ति ।। २७ ।।
यस शरीरमा अभिमान गर्ने मानिसलाई जिब्राले एकातिर तान्छ, प्यासले अर्कातिर तान्छ, फेरि जननेन्द्रियले अर्कातिर, कतै छालाले, कतै पेटले, कतै कानले, फेरि कतै नाकले त कतै चञ्चल आँखाले अनि कतै कर्मेन्द्रियहरूले तान्छन् । यसरी धेरै सौतेनीहरूले एक आपसमा पतिलाई तानेझैं यिनीहरूले आ–आफ्नो विषयमा तान्दछन् ।।२७।।
सृष्ट्वा पुराणि विविधान्यजयात्मशक्त्या
वृक्षान् सरीसृपपशून् खगदंशमत्स्यान् ।
तैस्तैरतुष्टहृदयः पुरुषं विधाय
बह्मावलोधिषणं मुदमाप देवः ।।२८।।
आफ्नो अचिन्त्य शक्ति मायाद्वारा भगवान्ले विभिन्न प्रकारका जीवका शरीरहरू, रुखहरू, सर्प र अन्य पशुहरू, अनि चरा, डाँस, माछा आदिलाई सृष्टि गरेर तिनीहरूबाट सन्तोष हुनुभएन त्यसपछि ब्रह्मको अपरोक्ष साक्षात्कार गर्न सक्ने बुद्धि भएको मनुष्य शरीरको सृष्टि गर्नुभयो र उहाँ अति हर्षित हुनुभयो ।।२८।।
लब्ध्वा सुदुर्लभमिदं बहुसम्भवान्ते
मानुष्यमर्थदमनित्यमपीह धीरः ।
तूर्णं यतेत न पतेदनुमृत्यु याव–
न्निःश्रेयसाय विषयः खलु सर्वतः स्यात् ।। २९।।
यो लोकमा अनित्य भएर पनि पुरुषार्थ दिने, अत्यन्त दुर्लभ मनुष्य शरीर धेरै जन्मपछि पाएर विवेकी मानिसले निरन्तर मृत्युद्वारा पछ्याइएको यो शरीर जबसम्म ढल्दैन तबसम्म चाँडै नै मोक्षको लागि प्रयास गरिहालोस्, किनभने विषयभोग त जुनसुकै जुनीमा पनि प्राप्त छ ।।२९।।
जायात्मजार्थपशुभृत्यगृहाप्तवर्गान्
पुष्णाति यत्प्रियचिकीर्षुतया वितन्वन् ।
धेरै जन्म लिएर अन्त्यमा यो लोकमा अनित्य भए पनि आफूले चिताएको कुरा दिने पाइनसक्नु भएको यो मनुष्यको शरीर पाएर विद्वान् मनुष्यले जबसम्म पछ्याइरहने मृत्युले आफूमा हमला गर्दैन, अर्थात् स्वस्थ हुँदै आफ्नो कल्याणको लागि चाँडै नै प्रयास गर्नुपर्दछ किनभने विषयको सुखभोग गर्न पशुपक्षी आदिको शरीरले पनि सकिन्छ, मोक्ष हुन मनुष्यकै शरीर चाहिन्छ । २९ ।।
एवं सञ्जातवैराग्यो विज्ञानालोक आत्मनि ।
विचरामि महीमेतां मुक्तसङ्गोऽनहङ्कृतिः ।। ३० ।।
यसरी सबै कुराको बिचार गरेर मलाई संसारबाट वैराग्य उत्पन्न भएर ज्ञान प्राप्त गरी निरहङ्कार र निसङ्ग भावले यो पृथ्वीमण्डलमा डुल्दछु ।।३०।।
न ह्येकस्माद् गुरोज्ञनिं सुस्थिरं स्यात् सुपुष्कलम् ।
ब्रह्मैतदद्वितीयं वै गीयते बहुधर्षिभिः ।। ३१ ।।
हे राजा ! निश्चय नै यौटा गुरुबाट मात्र आफूले भनेजस्तो पूर्ण र स्थिर ज्ञान प्राप्त हुँदैन । आफैंले धेरै सोच विचार गर्नु पर्दछ । ब्रह्मलाई ऋषिहरूले धेरै प्रकारबाट व्याख्या गरेका छन् ।।३१।।
श्रीभगवानुवाच
इत्युक्त्वा स यदुं विप्रस्तमामन्त्र्य गभीरधीः ।
वन्दितोऽभ्यर्थितो राज्ञा ययौ प्रीतो यथागतम् ।। ३२ ।।
श्री भगवान्ले भन्नुभयो– गम्भीर बुद्धि भएका ती अवधूत ब्राह्मण ती यदु राजालाई यति भनेर राजाद्वारा वन्दना र पूजित भएर प्रसन्न चित्तले विदा भएर इच्छानुसार गए ।।३२।।
अवधूतवचः श्रुत्वा पूर्वेषां नः स पूर्वजः ।
सर्वसङ्गविनिर्मुक्तः समचित्तो बभूव ह ।। ३३ ।।
यस प्रकार अवधूत दतात्रेयको उपदेश सुनेर हाम्रा पैलेका पूर्खा ती यदु राजा
आसक्तरहित भै समदर्शी भए, त्यसकारण अब तिमी पनि समदर्शी हुनुपर्दछ ।।३३।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे नवमोऽध्यायः।।९।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment