/* पुराना सबै बटनहरू र फुटरका अनावश्यक लिङ्कहरू हटाउन */ #blog-pager, .blog-pager, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3, .newer-posts, .older-posts { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } /* पुराना सबै केरमेर र मेनुलाई पूर्ण रूपमा लुकाउन */ .PageList, .Tabs, .tabs-inner, .widget.PageList, [id^='PageList'] { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; overflow: hidden !important; } -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

षष्ठः स्कन्धः–पञ्चमोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
षष्ठः स्कन्धः–पञ्चमोऽध्यायः


श्रीशुक उवाच –
(अनुष्टुप)
तस्यां स पाञ्चजन्यां वै विष्णुमायोपबृंहितः ।
हर्यश्वसंज्ञानयुतं पुत्रान् अजनयद् विभुः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! भगवान्को मायाद्वारा शक्तिसंचार भएकाले दक्षप्रजापति परम समर्थ भएका थिए । उनका पञ्चजनकी पुत्री असिक्नीको तर्फबाट हर्यश्व नामका दस हजार छोरा भए ।।१।।
अपृथग्धर्मशीलास्ते सर्वे दाक्षायणा नृप ।
पित्रा प्रोक्ताः प्रजासर्गे प्रतीचीं प्रययुर्दिशम् ॥ २ ॥
राजन् ! दक्षका यी सबै छोराहरू एकनास आचरण र स्वभावका थिए । जब दक्षले उनीहरूलाई सन्तान उत्पन्न गर्ने आज्ञा दिए, त्यसपछि उनीहरू तपस्या गर्न भनि पश्चिम दिशातिर हिडे ।।२।।
तत्र नारायणसरः तीर्थं सिन्धुसमुद्रयोः ।
सङ्‌गमो यत्र सुमहन् मुनिसिद्धनिषेवितम् ॥ ३ ॥
पश्चिम दिशामा सिन्धु नदीको संगममा नाराण–सर नामको तीर्थ छ । त्यहाँ ठुला ठुला सिद्ध र मुनिहरू निवाश गर्दछन ।।३।।
तदुपस्पर्शनादेव विनिर्धूतमलाशयाः ।
धर्मे पारमहंस्ये च प्रोत्पन्नमतयोऽप्युत ॥ ४ ॥
तेपिरे तप एवोग्रं पित्रादेशेन यन्त्रिताः ।
प्रजाविवृद्धये यत्तान् देवर्षिस्तान् ददर्श ह ॥ ५ ॥
उवाच चाथ हर्यश्वाः कथं स्रक्ष्यथ वै प्रजाः ।
अदृष्ट्वान्तं भुवो यूयं बालिशा बत पालकाः ॥ ६ ॥
नाराण–सरमा स्नान गर्नाले नै हर्यश्वको अन्तःकरण शुद्ध भयो । उनीहरूको बुद्धि भागवत धर्ममा लाग्यो तापनि आफ्ना पिता दक्षको आज्ञाका कारण उनीहरू तपस्यामा नै लागे । भागवत धर्ममा रुचि राखेर पनि उनीहरू प्रजा बढाउनका लागि तत्पर भएको देखेर नारदले उनीहरूसंग गएर भने, हर्यश्व ! तिमीहरू प्रजापति भएर पनि मुर्ख रहेछौ, तिमीहरूले पृथ्वीको अन्त नै देखेनौ भनेसृष्टि कसरी गर्दछौ ? यो त धेरै आश्चर्यको कुरा हो ।।४।६।।
तथैकपुरुषं राष्ट्रं बिलं चादृष्टनिर्गमम् ।
बहुरूपां स्त्रियं चापि पुमांसं पुंश्चलीपतिम् ॥ ७ ॥
नदीमुभयतो वाहां पञ्चपञ्चाद्भुंतं गृहम् ।
क्वचिद्धंसं चित्रकथं क्षौरपव्यं स्वयं भ्रमिम् ॥ ८ ॥
कथं स्वपितुरादेशं अविद्वांसो विपश्चितः ।
अनुरूपमविज्ञाय अहो सर्गं करिष्यथ ॥ ९ ॥
एउटी यस्ती स्त्री छ जुन बहुरुपिणी छ । एउटा यस्तो पुरुष छ जो व्यभिचारिणीको पति छ । एउटा यस्तो नदी छ जुन अगाडि पछाडि दुवैतिर बग्दछीन । एउटा यस्तो विचित्रको घर छ, जुन पचीस पदार्थले बनेकोे घर छ । एउटा यस्तो हाँस छ जसको बोली धेरै विचित्रको छ । एउटा यस्तो चक्र छ जुन छुरा एवं वज्रले बनेको छ र आफै आफै घुमिरहन्छ । मुर्ख हर्यश्व ! जब तिमीहरूले आफ्नो बाबुको वास्तविक आदेशलाई बझेनौ, माथि भनेका कुरालाई बुझेनौ भने उनका अनुसार सृष्टि कसरी गर्दछौ ? ।।७।९।।
श्रीशुक उवाच –
तन्निशम्याथ हर्यश्वा औत्पत्तिकमनीषया ।
वाचः कूटं तु देवर्षेः स्वयं विममृशुर्धिया ॥ १० ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! हर्यश्व जन्मदै धेरै बुद्धिमान थिए । उनी देवर्षि नारदको यस्तो गुढवचन सुनेर आफै विचार गर्नलागे ।।१०।।
भूः क्षेत्रं जीवसंज्ञं यद् अनादि निजबन्धनम् ।
अदृष्ट्वा तस्य निर्वाणं किं असत्कर्मभिर्भवेत् ॥ ११ ॥
(देवर्षि नारदले भनेको साँचो हो) यो लिंङ्गशरीर लाई नै साधारणतः जीव भनिन्छ । पृथ्वी र यहि विषय आत्माको अनादि वन्धन हो । यसको विनास (अन्त) नदेखि मोक्षको अनुपयोगी कर्ममा लगाएर के लाभ हुन्छ ? ।।११।।
एक एवेश्वरस्तुर्यो भगवान् स्वाश्रयः परः ।
तमदृष्ट्वाभवं पुंसः किं असत्कर्मभिर्भवेत् ॥ १२ ॥
इश्वर त एक नै हुनुहुन्छ । वहाँ जाग्रत आदि तीनै अवस्थामा साक्षीका रूपमा रहन्छन् र सबैका आश्रय हुनुहुन्छ तर उहाँका आश्रय कोहि पनि छैन । वहाँ नै भगवान् हो । त्यस प्रकृति आदिबाट अतीत, नित्यमुक्त परमात्मालाई नबुझिकन अन्य नान कर्म कर्नाले कुनै लाभ छैन १२।।
पुमान् नैवैति यद्गइत्वा बिलस्वर्गं गतो यथा ।
प्रत्यग्धामाविद इह किं असत्कर्मभिर्भवेत् ॥ १३ ॥
जसरी मानिस विलरूप पातालमा प्रवेश गरेपछि फेरी फर्केर आउदैन । त्यसरी जीव जसलाई प्राप्त गरेपछि फेरी संसारका फर्केर आउदैन । जो स्वयं अन्तज्योतिः स्वरूप छन् उनै परमात्ममालाई नजानिकन स्वर्गादि नाशवान फल दिने कर्महरू गरेर के फाइदा छ र ? ।।१३।।
नानारूपाऽऽत्मनो बुद्धिः स्वैरिणीव गुणान्विता ।
तन्निष्ठामगतस्येह किं असत्कर्मभिर्भवेत् ॥ १४ ॥
यो आफ्नो बुद्धि बहुरुपिणी र सत्व, रज आदि गुणलाई धारण गर्ने ब्यभिचारीणी स्त्री समान हो । यस जीवनमा यसको अन्त नबुझे सम्म अशान्ति मात्र बढाउने कर्म मात्र को के प्रयोजन ? ।।१४।।
तत्सङ्‌गभ्रंशितैश्वर्यं संसरन्तं कुभार्यवत् ।
तद्गङतीरबुधस्येह किं असत्कर्मभिर्भवेत् १५ ॥
यो बुद्धि नै कुलटा स्त्री समान हो यसको संगतले पुरुषको ऐश्वर्य र स्वतन्त्रता नष्ट हुन्छ । यसको पछि पछि त्यो कुलटा स्त्रीका पति जस्तै जुन जीवले त्यो मायाको गतिलाई जान्दैन, उसले विवेकहिन कर्म गरेर केहि फाइदा पाउँदैन १५।।
सृष्ट्यप्ययकरीं मायां वेलाकूलान्तवेगिताम् ।
मत्तस्य तामविज्ञस्य किं असत्कर्मभिर्भवेत् ॥ १६ ॥
माया दु्वैतिर बग्ने नदी हुन । यीनले सृष्टि पनि गर्दछिन र प्रलय पनि गर्दछिन । जसले यसबाट निक्लनका लागि तपस्या विद्या आदिको सहारा लिन्छ, त्यसलाई रोक्नका लागि क्रोध र अहंकार अझ वेगले वग्दछ । जो त्यसको वेगबाट अनभिज्ञ हुन्छ उसलाई अरु माया गरेर के लाभ पाउँछ र ? ।।१६।।
पञ्चविंशतितत्त्वानां पुरुषोऽद्भुनतदर्पणः ।
अध्यात्मं अबुधस्येह किं असत्कर्मभिर्भवेत् ॥ १७ ॥
यो पचीस तत्वको एउटा अद्भुत घर हो पुरुष त्यसको आश्चर्यमय आश्रय हो । त्यहि नै समस्त जगतको कार्य कारणात्मक अधिष्ठाता हो । यो कुरा नजानेर सत्कर्म बिना गरिने झुठा कर्महरू सबै व्यर्थ छन ।।१७।।
ऐश्वरं शास्त्रमुत्सृज्य बन्धमोक्षानुदर्शनम् ।
विविक्तपदमज्ञाय किं असत्कर्मभिर्भवेत् ॥ १८ ॥
भगवान्को स्वरूप बताऊने शास्त्र हाँसले जस्तै नीर क्षीर विवेकी हुन्छन । यसले वन्धन मोक्ष चेतन र जडलाई अलग अलग गरेर देखाउँदछ । यस्तो अध्ययन शास्त्ररूप हंशको आश्रयलाई छोडेर यो बर्हिमुख बनाउने कर्मबाट के नै लाभ छ र ? ।।१८।।
कालचक्रं भ्रमिस्तीक्ष्णं सर्वं निष्कर्षयज्जगत् ।
स्वतन्त्रमबुधस्येह किं असत्कर्मभिर्भवेत् ॥ १९ ॥
यो कालको चक्र हो निरन्तर घुमिरहन्छ । यसको धार छुरा तथा वज्र समान तीखो छ र यसले सबै जगतलाई आफुतिर खिचिरहेको छ । यसलाई कसैले रोक्न सक्तैन, यो परम स्वतन्त्र छ । यो कुरा नबुझि कर्मको फललाई नित्य सम्झेर जसले सकाम भावले कर्म गर्दछ भने उसलाई अनित्य कर्मबाट के लाभ हुन्छ र ? ।।१९।।
शास्त्रस्य पितुरादेशं यो न वेद निवर्तकम् ।
कथं तदनुरूपाय गुणविश्रम्भ्युपक्रमेत् ॥ २० ॥
शास्त्र नै पिता हुन् किनकि शास्त्रदरा नै अर्को जन्म हुन्छ र शास्त्र आदेश कर्ममा लगाउनु हैन त्यसबाट निवृत्त हुनु हो । जसले यसलाई जान्दैन उसले गुणमय मार्ग विषयमा विश्वास गर्दछ । अब त्यो कर्मबाट निवृत्त हुने शास्त्रको आज्ञाको पालन कसरी गर्न सक्छ र ? ।।२०।।
इति व्यवसिता राजन् हर्यश्वा एकचेतसः ।
प्रययुस्तं परिक्रम्य पन्थानमनिवर्तनम् २१ ॥
राजन् ! हर्यश्वले एकमतले यस्तो निश्चय गरे अनि नारदजीलाई परिक्रमा गरेर उहि मोक्ष मार्ग तिर लागे जहाँ गएपछि फेरी फर्केर आँउनु पर्दैन ।।
स्वरब्रह्मणि निर्भात हृषीकेशपदाम्बुजे ।
अखण्डं चित्तमावेश्य लोकान् अनुचरन्मुनिः २२ ॥
त्यस पछि देवर्षि नारद स्वरब्रम्ह संगीतलयमा मन लगाउँदै , भगवान् श्रीकृष्णचन्द्रको चरणकमलमा मन लगाएर लोक लोकान्तरमा डुल्न लागे ।।२२।।
नाशं निशम्य पुत्राणां नारदाच्छीलशालिनाम् ।
अन्वतप्यत कः शोचन् सुप्रजस्त्वं शुचां पदम् २३ ॥
परीक्षित् ! आफ्ना शीलसम्पन्न छोराहरू नारदजीको उपदेशले कर्तव्यच्यूत भए भन्ने कुरा दक्षप्रजापतिलाई थाहा भयो । जसले गर्दा उनलाई पश्चाताप भयो उनी शोकले व्याकुल भए । अशल सन्तान हुनु पनि शोकको कारण रहेछ भन्ने सोचे ।।२३।।
स भूयः पाञ्चजन्यायां अजेन परिसान्त्वितः ।
पुत्रान् अजनयद् दक्षः शबलाश्वान् सहस्रशः ॥ २४ ॥
ब्रम्हाजीले दक्षप्रजापतिलाई सान्त्वना दिनुभयो अनी उनले असिक्नीको गर्भबाट एक हजार छोरा उत्तपन्न गरे उनीहरूको नाम शवलाश्व थियो ।।२४।।
ते च पित्रा समादिष्टाः प्रजासर्गे धृतव्रताः ।
नारायणसरो जग्मुः यत्र सिद्धाः स्वपूर्वजाः ॥ २५ ॥
उनीहरू पनि आफ्ना बाबु दक्षप्रजापतिको आज्ञा पाएर प्रजा सृष्टि गर्ने उद्देश्यले नारायण सरोवरमा तपस्या गर्न गए जहाँ उनीहरूका दाजुहरूले नारदको उपदेश पाएर सिद्धि प्राप्त गरेका थिए ।।२५।।
तदुपस्पर्शनादेव विनिर्धूतमलाशयाः ।
जपन्तो ब्रह्म परमं तेपुस्तत्र महत् तपः ॥ २६ ॥
त्यहाँ गएर शवलाश्वले स्नान गरे । स्नान गर्नाले नै उनीहरूको अन्तःकरणको सबै मैलो पखालियो अनि उनीहरू प्रणव (ॐकार) जप गरेर तपस्यामा लागे ।।२६।।
अब्भक्षाः कतिचिन् मासान् कतिचिद् वायुभोजनाः ।
आराधयन् मंत्रं इमं अभ्यस्यन्त इडस्पतिम् ॥ २७ ॥
ओं नमो नारायणाय पुरुषाय महात्मने ।
विशुद्धसत्त्वधिष्ण्याय महाहंसाय धीमहि ॥ २८ ॥
कति महिनासम्म पानी पीएर र हावा भक्षण गरेर,ओंकारस्वरूप भगवान नारायणको, जो विशुद्ध चित्तमा निवास गर्नु हुन्छ सबका अन्तर्यामी हुनुहुन्छ तथा सर्वब्यापक एवं परमहंस स्वरूप हुनुहुन्छ भन्ने मन्त्रको उच्चारण गरेर भगवानको आराधना गरे ।।२७।२८।।
इति तानपि राजेन्द्र प्रजासर्गधियो मुनिः ।
उपेत्य नारदः प्राह वाचः कूटानि पूर्ववत् ॥ २९ ॥
परीक्षित यस प्रकार दक्षका छोरा शावालश्व प्रजा सृस्टिका लागि तपस्यामा संलग्न भएको थिए त्यहाँ देवर्षि नारद आए । त्यहाँ उनले पहिले जस्तै कुटवचन भने ।।२९।।
दाक्षायणाः संश्रृणुत गदतो निगमं मम ।
अन्विच्छतानुपदवीं भ्रातॄणां भ्रातृवत्सलाः ॥ ३० ॥
दक्षप्रजापतिको छोराहरू ! म एउटा उपदेश दिन्छु त्यसलाई राम्ररी सुन । तिमीहरू आफ्ना दाजुहरूलाई धेरै प्रेम गर्दछौ । त्यसैले उनीहरूले लिएको बाटोलाई नै अनुसरण गर ।।३०।।
भ्रातॄणां प्रायणं भ्राता योऽनुतिष्ठति धर्मवित् ।
स पुण्यबन्धुः पुरुषो मरुद्‌भिः सह मोदते ॥ ३१ ॥
जुन धर्मज्ञ भाईहरूले आफ्ना दाजुहरूको मार्ग अनुसरण गर्दछन भने ती नै सांचो भाई हो । त्यो पुण्यवान् पुरुषले परलोकमा मरुद्गणको साथमा आनन्द भोग गर्दछ ।।३१।।।
एतावदुक्त्वा प्रययौ नारदोऽमोघदर्शनः ।
तेऽपि चान्वगमन्मार्गं भ्रातॄणामेव मारिष ॥ ३२ ॥
परीक्षित ! उनीहरूलाई यस्तो उपदेश दिएर नारदजी त्यहाँबाट आफ्नो बाटो लागे । त्यसपछि शवलाश्हरू पनि दाजुहरू गएको बाटाको अनुसरण गरे । देवर्षि नारदजीको दर्शन कहिल्यै विफल हुदैन ।।३२।।
सध्रीचीनं प्रतीचीनं परस्यानुपथं गताः ।
नाद्यापि ते निवर्तन्ते पश्चिमा यामिनीरिव ॥ ३३ ॥
उनीहरू त्यहि जुन अन्र्तमुखि बृद्धिले प्राप्तहुने वाटोको वटुवा भए जुन योग्य अन्यन्त सुन्दर र भगवत्प्राप्तिका लागि अनुकुल हुन्छ । उनीहरू त्यस बाटोबाट फेरी फर्केनन र पछि पनि फर्कने छैनन ।।३३।।
एतस्मिन्काल उत्पातान् बहून् पश्यन् प्रजापतिः ।
पूर्ववन्नारदकृतं पुत्रनाशमुपाश्रृणोत् ॥ ३४ ॥
यता दक्षपतिले त्यस समय धेरै अपसकुन भइ रहेको देखे । उनको. चित्तमा छोराहरूको अनिष्टको शंका हुन लाग्यो । नारदजीले पहिले जस्तै अहिले पनि छोराहरूलाई भड्काइदिए भन्ने कुरा उनलाई थाहा भयो ।।३४।।
चुक्रोध नारदायासौ पुत्रशोकविमूर्च्छितः ।
देवर्षिमुपलभ्याह रोषाद् विस्फुरिताधरः ॥ ३५ ॥
उनलाई आफ्ना छोराहरू कर्तव्यबाट च्युत भएको ठुलो चिन्ता भयो । नारदजीसंग रिसाए जसले गर्दा उनको ओठ काम्न लाग्ये । उनले रिसाउदै नारदलाई भने ।।३५।।
श्रीदक्ष उवाच –
अहो असाधो साधूनां साधुलिङ्‌गेन नस्त्वया ।
असाध्वकार्यर्भकाणां भिक्षोर्मार्गः प्रदर्शितः ॥ ३६ ॥
दक्षप्रजापतिले भने–
दुष्ट ! तिमी देखावटि साधु रहेछौं । मेरा सोझा छोराहरूलाई सन्यास मार्ग देखाएर म प्रति अपकार गर्यौ ।।३६।।
ऋणैस्त्रिभिरमुक्तानां अमीमांसितकर्मणाम् ।
विद्यातः श्रेयसः पाप लोकयोरुभयोः कृतः ॥ ३७ ॥
उनीहरूले अहिलेसम्म व्रम्हचर्यद्वारा ऋषिऋण, यज्ञद्वार देवऋण र सन्तान उत्पादनले पितृऋण बाट मुक्त भएका थिएनन । उनीहरूले कर्मफलको नश्वरताको सम्बन्धमा कुनै विचारै गरेका थिएनन । तर तिमीले उनीहरूको दुवैलोकको सुखलाई नष्ट गर्यौ ।।३७।।
एवं त्वं निरनुक्रोशो बालानां मतिभिद्धरेः ।
पार्षदमध्ये चरसि यशोहा निरपत्रपः ॥ ३८ ॥
तिम्रो हृदयमा त दयाको नाम नै रहेनछ । तिमी यसरी केटाकेटिहरूको बुद्धिलाई भड्काएर विगार्दछौ । तिमी भगवान्को पार्षद भएर पनि वहाको कीर्तिमाथि कलंक लगायौ । तिमी निर्लज्ज हौ ।।३८।।
ननु भागवता नित्यं भूतानुग्रहकातराः ।
ऋते त्वां सौहृदघ्नं वै वैरङ्‌करमवैरिणाम् ॥ ३९ ॥
भगवान्को पार्षदहरू त सधैं दुखीहरूमा दया गर्नमा लागि पर्दछन भन्ने कुरा म जान्दछु , तर तिमी ता प्रेमाभावलाई विनाश गर्ने रहेछौ । तिमी कसैप्रति सत्रुता नराख्ने हरूमा पनि तिमी वैरभाव गर्दछौ ।।३९।।
नेत्थं पुंसां विरागः स्यात् त्वया केवलिना मृषा ।
मन्यसे यद्युपशमं स्नेहपाशनिकृन्तनम् ॥ ४० ॥
तिमी वैराज्ञबाटै स्नेहपाश काटिन्छ भन्ने सम्झन्छौ भने तिम्रो विचार ठिक होइन । किनकि तिमी जस्तो झुटो वैराज्ञको स्वांग गर्नाले कसैमा वैराज्ञा आउँदैन ।।४०।।
नानुभूय न जानाति पुमान् विषयतीक्ष्णताम् ।
निर्विद्यते स्वयं तस्मात् न तथा भिन्नधीः परैः ॥ ४१ ॥
नारद ! मानिसले विषयको अनुभव नगरिकन त्यसको कटुतालाई जान्न सक्तैन । त्यसैले दुःखको अनुभव भएपछि जसरी स्वयं वैराज्ञ हुन्छ त्यसैगरी अरुलाई भड्काउँनाले हुदैन ।।४१।।
यन्नस्त्वं कर्मसन्धानां साधूनां गृहमेधिनाम् ।
कृतवानसि दुर्मर्षं विप्रियं तव मर्षितम् ॥ ४२ ॥
हामीहरू गृहस्थ हौं, हामी आफ्नो धर्म मर्यादालाई पालना गर्दछौं । पहिले एक पटक पनि तिमीले त्यस्तै गर्यौ त्यसलाई मैले सहिदिएं ।।४२।।
तन्तुकृन्तन यन्नस्त्वं अभद्रमचरः पुनः ।
तस्माल्लोकेषु ते मूढ न भवेद्भ्रुमतः पदम् ॥ ४३ ॥
तिमी त हाम्रो वंश परम्परालाई नै नाश गर्न खोज्दैछौ । तिमीले फेरीपनि त्यहि दुष्टताको व्यवहार गर्यौ । त्यसैले मुर्ख ! अब उपरान्त तिमीले लोकलोकान्तरमा भड्किएर रहनु परोस । तिमीलाई बस्नका लागि स्थान कहिँपनि नमिलोस ।।४३।।
श्रीशुक उवाच–
प्रतिजग्राह तद्बााढं नारदः साधुसम्मतः ।
एतावान् साधुवादो हि तितिक्षेतेश्वरः स्वयम् ॥ ४४ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित् ! सन्तशिरोमणि देवर्षि नारदजीले धेरै राम्रो भनेर दक्षको श्रापलाई स्वीकार गरे । संसारमा साधुता भनेको यहि हो । आफुमा बदला लिने शक्ति हुँदा पनि अरुको अपकारलाई सहि दिन्छन ।।४४।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे नारदशापो नाम पञ्चमोऽध्यायः ॥ ५

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment