श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः – चतुर्थोऽध्यायः
श्रीराजोवाच –
(अनुष्टुप)
देवासुरनृणां सर्गो नागानां मृगपक्षिणाम् ।
सामासिकस्त्वया प्रोक्तो यस्तु स्वायम्भुवेऽन्तरे ॥ १ ॥
राजा परीक्षितले सोधे–
भगवन् ! तपाईले (तेश्रो स्कन्धमा) स्वयम्भुव मन्वन्तरमा देवता, असुर, मानिस, सर्प र पशुपक्षी आदिको सृष्टि कसरी भयो भन्ने कुरा संक्षेपमा यो कुरा बताऊनु भयो ।।१।।
तस्यैव व्यासमिच्छामि ज्ञातुं ते भगवन्यथा ।
अनुसर्गं यया शक्त्या ससर्ज भगवान् परः ॥ २ ॥
अब म त्यस विषयमा विस्तारपूर्वक जान्न चाहान्छु । प्रकृति आदि कारणको पनि परम कारण भगवान्ले आफ्नो शक्तिले जुनप्रकारले सृष्टि गर्नुभयो , त्यसबारेमा मलाई जान्ने इच्छा छ ।।४।।
श्रीसूत उवाच –
इति सम्प्रश्नमाकर्ण्य राजर्षेर्बादरायणिः ।
प्रतिनन्द्य महायोगी जगाद मुनिसत्तमाः ॥ ३ ॥
सूतजी भन्दछन–
शौनकादि ऋषिहरू ! परमयोगी व्यासानन्द शुकदेवजीले राजर्षि परीक्षितको यस्तो कुरा सुनेर उनलाई अभिनन्दन गर्दै यस प्रकार भन्नुभयो ।।३।।
श्रीशुक उवाच —
यदा प्रचेतसः पुत्रा दश प्राचीनबर्हिषः ।
अन्तःसमुद्रादुन्मग्ना ददृशुर्गां द्रुमैर्वृताम् ॥ ४ ॥
शुकदेवजीले भन्नुभयो–
राजा प्राचीनबर्हिका प्रचेता नामका दस छोरा थिए । जब समुन्द्रबाट बाहिर निक्लिए तब उनीहरूले आफ्ना पिताको निवृत्तिपरायण भएपछि पृथ्वीको सबै भाग रुखहरूले ढाकेको देखे ।।४।।
द्रुमेभ्यः क्रुध्यमानास्ते तपोदीपितमन्यवः ।
मुखतो वायुमग्निं च ससृजुस्तद्दिधक्षया ॥ ५ ॥
उनीहरूको रुखहरू संग धेरै रिसाए । त्यतिबेला उनीहरूको तपोबलले मानौ कि क्रोधको आगो नै प्रकट भयो । अनि सबै रुखहरूलाई जलाउनका लागि मुखबाट वायु र अग्निलाई प्रकट गरे ।।५।।
ताभ्यां निर्दह्यमानान् तान् उपलभ्य कुरूद्वह ।
राजोवाच महान्सोमो मन्युं प्रशमयन्निव ॥ ६ ॥
परीक्षित ! जब प्रचेताहरूले छोडेको अग्नि र वायुले रुखहरू जलाउन लाग्यो तव वृक्षका राजा चन्द्रमा ले उनीहिरूको क्रोधलाई साम्य पार्न यस प्रकार भन्न लागे ।।६।।
न द्रुमेभ्यो महाभागा दीनेभ्यो द्रोग्धुमर्हथ ।
विवर्धयिषवो यूयं प्रजानां पतयः स्मृताः ॥ ७ ॥
महाभाग्यवान प्रचेताहरू यी वृक्ष धेरै दीन हुन । तिमीहरू यिनीहरू संग द्रोह नगर । तिमीहरू प्रजापति भएकाले प्रजाहरू वृद्धि गर्न चाहान्छौ ।।७।।
अहो प्रजापतिपतिः भगवान् हरिरव्ययः ।
वनस्पतीनोषधीश्च ससर्जोर्जमिषं विभुः ॥ ८ ॥
महात्मा प्रचेताहरू ! प्रजाका अधिपति अविनाशी भगवान् श्रीहरिले सम्पूर्ण वनस्पति र औषधिहरू प्रजाको हितका लागि उत्पन्न गर्नु भएको हो ।।८।।
अन्नं चराणामचरा ह्यपदः पादचारिणाम् ।
अहस्ता हस्तयुक्तानां द्विपदां च चतुष्पदः ॥ ९ ॥
संसारमा पंखेटाले उडेने जंगम प्राणीहरूको भोजन फल पुष्पादि अचर पदार्थ हुन । खुटटाले हिड्नेहरूका लागि घाँस तृणदि भोजन हुन र विना खुट्टाले हिड्नेहरूका लागि रुख लहरा र मानिसका निम्ति धान गहुं आदि अन्न भोजन पदार्थ हुन ।
यूयं च पित्रान्वादिष्टा देवदेवेन चानघाः ।
प्रजासर्गाय हि कथं वृक्षान् निर्दग्धुमर्हथ ॥ १० ॥
तिमीहरूका पिता र देवाधिदेव भगवान्ले तिमीहरूलाई प्रजाको सृष्टि गर्न आदेश दिनु भएको छ । । यस्तो स्थितिमा तिमीहरूले यो वृक्षमा आगो लगायौ भने यो कसरी उचित हुन्छ ? ।।१०।।
आतिष्ठत सतां मार्गं कोपं यच्छत दीपितम् ।
पित्रा पितामहेनापि जुष्टं वः प्रपितामहैः ॥ ११ ॥
आफ्नो क्रोधलाई शान्त गरेर आफ्ना बाबु, बाजे र जिजुबाजे देखि चलि आएको सत्पुरुषको मार्गको अनुसरण गर ।।११।।
तोकानां पितरौ बन्धू दृशः पक्ष्म स्त्रियाः पतिः ।
पतिः प्रजानां भिक्षूणां गृह्यज्ञानां बुधः सुहृत् ॥ १२ ॥
जसरी आमा बाबुले छोराछोरीको, परेलाले आँखाको, पतिले पत्नीको, गृहस्थले भिक्षुकको र ज्ञानीले अज्ञानीको रक्षा गर्दछन त्यसरी राजा पनि प्रजाको हित गर्ने उत्तरदायी हुन्छन ।।१२।।
अन्तर्देहेषु भूतानां आत्मास्ते हरिरीश्वरः ।
सर्वं तद्धिष्ण्यमीक्षध्वं एवं वस्तोषितो ह्यसौ ॥ १३ ॥
प्रचेताहरू ! सबै प्राणीहरूको हृदयमा सर्वशक्तिमान् भगवान् आत्माको रूपमा विराजमान हुनुहुन्छ । त्यसैले तिमीहरू पनि यी सबै भगवान्को निवास्थान हो भन्ने बुझ ।।१३।।
यः समुत्पतितं देह आकाशान् मन्युमुल्बणम् ।
आत्मजिज्ञासया यच्छेत् स गुणान् अतिवर्तते ॥ १४ ॥
जुन मानिसले हृदयमा बढेको क्रोधलाई आत्म विचारद्वारा शरीरमै शान्त गरेर बाहिर निक्लन दिदैन त्यसैले कालक्रमले तीनै गुणमाथि विजय गर्दछ ।।१४।।
अलं दग्धैर्द्रुमैर्दीनैः खिलानां शिवमस्तु वः ।
वार्क्षी ह्येषा वरा कन्या पत्नीत्वे प्रतिगृह्यताम् ॥ १५ ॥
त्यसैले प्रचेताहरू ! यी दीन हीन रुखलाई अरु जलाउँने काम नगर, जे जति बचेकाछन् तिनीहरूको रक्षा गरेमा कल्याण हुनेछ । यि वृक्षहरूले पालेका श्रेष्ठ कन्यालाई तिमीहरुले आफ्नो पत्नीको रूपमा स्वीकार गर ।।१६।।
इत्यामन्त्र्य वरारोहां कन्यामाप्सरसीं नृप ।
सोमो राजा ययौ दत्त्वा ते धर्मेणोपयेमिरे ॥ १६ ॥
परीक्षित ! वनस्पतिका राजा चन्द्रमाले प्रचेताहरूलाई यस प्रकार सम्झाएर उनीहरूलाई प्रम्लोचा नामकी अप्सराहरूकी सुन्दरी कन्या दिएर त्यहाँबाट हिडे । प्रचेताहरूले पनि धर्मानुसार उनीसंग विवाह गरे ।।१६।।
तेभ्यस्तस्यां समभवद् दक्षः प्राचेतसः किल ।
यस्य प्रजाविसर्गेण लोका आपूरितास्त्रयः ॥ १७ ॥
उनीहरूद्वारा ती कन्याको गर्भबाट प्राचेतस् दक्षको उत्पत्ति भयो । उनै दक्षका प्रजाहरूले तीनैलोक भरियो ।।१७।।
यथा ससर्ज भूतानि दक्षो दुहितृवत्सलः ।
रेतसा मनसा चैव तन्ममावहितः श्रृणु ॥ १८ ॥
उनीहरूको आफ्नी छोरीमा ठुलो प्रेम थियो । उनीहरूले जसरी आफ्नो संकल्प र वीर्यले अनेक प्राणीहरूको सृष्टि गरे त्यसबारेमा म सुनाउदछु । तिमीहरू साबधान भएर सुन ।।१८।।
मनसैवासृजत्पूर्वं प्रजापतिरिमाः प्रजाः ।
देवासुरमनुष्यादीन् नभःस्थलजलौकसः ॥ १९ ॥
परीक्षित ! दक्षप्रजापतिले आफ्नो संकल्पले पहिला जल, थल, र आकाशमा रहने देवता, असुर र मनुष्य आदि प्रजाको सृष्टि गरे ।।१९।।
तमबृंहितमालोक्य प्रजासर्गं प्रजापतिः ।
विन्ध्यपादानुपव्रज्य सोऽचरद् दुष्करं तपः ॥ २० ॥
उनीहरूले यी प्रजाबाट सृष्टका विस्तार भएको देखेनन् अनि विन्ध्याचलको नजिक पर्वतमा बसेर ठुलो तपस्या गरे ।।२०।।
तत्राघमर्षणं नाम तीर्थं पापहरं परम् ।
उपस्पृश्यानुसवनं तपसातोषयद् हरिम् ॥ २१ ॥
त्यहाँ अघमर्षण नाम गरेको श्रेष्ठ तीर्थ छ, जसले सबै पापलाई पखाल्दछ । प्रजापति दक्षले त्यहि तीर्थमा त्रिकाल स्नान गरेर भगवान् को आराधना गर्नलागे ।।२१।।
अस्तौषीद्धंसगुह्येन भगवन्तं अधोक्षजम् ।
तुभ्यं तदभिधास्यामि कस्यातुष्यद् यथा हरिः ॥ २२ ॥
प्रजापति दक्षले हंसगुह्य नामको स्तोत्रले भगवान्को स्तुति गरे जसबाट भगवान् प्रसन्न हुनुभएको थियो । म तिमीलाई यो स्तुति सुनाउदछु ।।२२।।
श्रीप्रजापतिरुवाच —
(इन्द्रवज्रा)
नमः परायावितथानुभूतये
गुणत्रयाभासनिमित्तबन्धवे ।
अदृष्टधाम्ने गुणतत्त्वबुद्धिभिः
निवृत्तमानाय दधे स्वयम्भुवे ॥ २३ ॥
दक्षप्रजापतिले यसप्रकार स्तु्ति गर्दै भने–
भगवन् ! तपाईको अनुभुति, तपाईको चित्तशक्ति अमोघ छ । तपाई जीव र प्रकृतिबाट पर हुनुहुन्छ र उनीहरूको नियन्ता र उनीहरूलाई स्फुर्ति दिनुहुन्छ । जुन जीवले त्रिगुणमय सृष्टिलाई नै वास्तविक सत्य मानिराखेका छन, उनीहरूले तपाईको स्वरूपको साक्षात्कार गर्न सक्तैनन । किनकि तपाईसम्म कुनैपनि प्राणीको पहुच पुग्नै सक्तैन । तपाईको कुनै अविधि र सीमा छैन । तपाई स्वयंप्रकाश हुनुहुन्छ । यस्ता परमात्मालाई मेरो नमस्कार छ ।।२३
न यस्य सख्यं पुरुषोऽवैति सख्युः
सखा वसन् संवसतः पुरेऽस्मिन् ।
गुणो यथा गुणिनो व्यक्तदृष्टेः
तस्मै महेशाय नमस्करोमि ॥ २४ ॥
जीव र इश्वर एक अर्काका सखा भएर शरीरमै रहन्छन् तापनि शब्द स्पर्शादि विषयले तपाईले प्रकाशित गर्ने तपाईको सर्वशक्तिमान सख्यभावलाई जान्दैनन् किनकि तपाई जीव र जगतका द्रष्टा हुनुहुन्छ, दृष्य होइन । महेश्वर म तपाईका चरणमा नमस्कार गर्दछु ।।२४।।
देहोऽसवोऽक्षा मनवो भूतमात्रा
नात्मानमन्यं च विदुः परं यत् ।
सर्वं पुमान् वेद गुणांश्च तज्ज्ञो
न वेद सर्वज्ञमनन्तमीडे ॥ २५ ॥
देह, प्राण, इन्द्रिय, अन्तःकरणका वृत्तिहरू, पञ्चमहाभूत र पञ्चतन्मात्रा यी सबै जड हुनाले तपाई र तपाईको अतिरिक्त अरु देवलाई पनि जान्दैनन । परन्तु जीव यी सबैको र यिन्का कारण सत्व, रज र तम यी तीन गुणलाई पनि जान्दछ । तर त्यो दृष्य तथा ज्ञेयरूपले तपाईलाई जान्न सक्तैन । किनकि तपाईनै सबैका ज्ञाता र अनन्त हुनुहुन्छ । त्यसैले प्रभु म केवल तपाईकै स्तुति गर्दछु ।।२५।।
यदोपरामो मनसो नामरूप
रूपस्य दृष्टस्मृतिसंप्रमोषात् ।
य ईयते केवलया स्वसंस्थया
हंसाय तस्मै शुचिसद्मने नमः ॥ २६ ॥
जब समाधि कालमा प्रणाम, विकल्प र विपर्ययरूप विविध ज्ञान र स्मरण शक्तिको लोप हुनाले यस नाम र रूपात्मक जगतको निरूपण गर्ने मन समाधि अवस्थामा पुग्दछ, त्यस समयमा बिना मनले पनि केवल शच्चिदानन्दमयी तपाई स्वरूप स्थितिद्वारा प्रकाशित हुनुहुन्छ । प्रभो ! तपाई शुद्ध हुनुन्छ र शुद्ध हृदय मन्दिर नै तपाईको वासस्थान हो, तपाईलाई मेरो नमस्कार छ ।।२६।।
मनीषिणोऽन्तर्हृदि सन्निवेशितं
स्वशक्तिभिर्नवभिश्च त्रिवृद्भिः ।
वह्निं यथा दारुणि पाञ्चदश्यं
मनीषया निष्कर्षन्ति गूढम् ॥ २७ ॥
जसरी याजकले काठमा लुकेको अग्निलाई ‘सामधेनी’ नामको पन्द्र मन्त्रले प्रकट गराउँछन त्यसरी नै ज्ञानी पुरुष तपाईको सत्ताइस शक्तिको भित्र गुढभावले लेकेको तपाईको शुद्ध बुद्धिकद्वारा हृदयमानै खोज्दछन ।।२७।।
स वै ममाशेषविशेषमाया
निषेधनिर्वाणसुखानुभूतिः ।
स सर्वनामा स च विश्वरूपः
प्रसीदतामनिरुक्तात्मशक्तिः ॥ २८ ॥
जगतमा जतिपनि भिन्नताहरू देखा पर्दछन त्यो सबै मयााकै कारण हो । मायालाई निषेध गर्नाले केवल परम सुखका साक्षात्कार स्वरूप तपाइनै बाँकी रहनुहुन्छ । तर जब विचार गर्न लाग्दछ तव तपाईको स्वरूपमा मायाको उपलब्धि हुन सक्तैन । माया पनि तपाई नै हुनुहुन्छ । त्यसैले सबै नाम र रूप तपाईनै हो । प्रभो तपाई म माथि प्रसन्न हुनुहोस । मलाई आत्मप्रसादले पूर्ण गरिदिनुहोस ।।२८।।
यद्यन्निरुक्तं वचसा निरूपितं
धियाक्षभिर्वा मनसा वोत यस्य ।
मा भूत् स्वरूपं गुणरूपं हि तत्तत्
स वै गुणापायविसर्गलक्षणः ॥ २९ ॥
प्रभो ! जुन बोलीले भनिन्छ र जुन मन बुद्धि र इन्द्रियले ग्रहण गरिन्छ, त्यो तपाईको स्वरूप होइन । किन कि त्यो त गुणरूप हो र तपाई गुणको उत्पत्ति र प्रलयको अधिष्ठान हो ।।२९।।
यस्मिन्यतो येन च यस्य यस्मै
यद् यो यथा कुरुते कार्यते च ।
परावरेषां परमं प्राक् प्रसिद्धं
तद्ब्रह्म तद्धेतुरनन्यदेकम् ॥ ३० ॥
भगवन् ! तपाईमा नै सबै जगत अडिएर रहेको छ । तपाईले नै यो सारा जगतको निर्माण गर्नु भएको हो तपाईलाई कसैको सहायता चाँहिदैन । यो सबै तपाईकै हो र तपाईकै लागि हो । यसको रूपमा वन्ने पनि तपाई हो र बनाउने पनि तपाईनै हो ।तपाई सबैसंग काम लिनुहुन्छ । जतिबेला कार्य र कारणमा भेद थिएन, तपाई स्वयं सिद्ध स्वरूपले स्थित हुनुहुन्थ्यो । त्यसैले तपाई सबैको कारण हुनुहुन्छ । सत्यकुरा यो हो कि तपाई जीव जगतको भेदबाट सर्वथा रहित अद्वितीय हुनुहुन्छ । तपाई स्वयं ब्रम्ह हुनुहुन्छ तपाई म संग प्रसन्न हुनुहोस ।।३०।।
यच्छक्तयो वदतां वादिनां वै
विवादसंवादभुवो भवन्ति ।
कुर्वन्ति चैषां मुहुरात्ममोहं
तस्मै नमोऽनन्तगुणाय भूम्ने ॥ ३१ ॥
प्रभो ! तपाई कै शक्तिहरू वादि–प्रतिवादिहरूको विवाद र संम्वाद (एकमत)को विषय हुन्छ, र उसलाई पटकपटक मोहमा पार्दछ । तपाई गुणगणले युक्त र स्वयं अनन्त हुनुहुन्छ, म तपाईलाई नमस्कार गर्दछु ।।३१।।
अस्तीति नास्तीति च वस्तुनिष्ठयोः
एकस्थयोर्भिन्नविरुद्धधर्मणोः ।
अवेक्षितं किञ्चन योगसाङ्ख्ययोः
समं परं ह्यनुकूलं बृहत्तत् ॥ ३२ ॥
भगवन् ! उपासकहरू भन्दछन कि तपाई हात खुट्टाले युक्त साकार विग्रह हुनुहुन्छ । त्यस्तै सांख्यवादिहरू भन्दछन कि भगवान् हात खुट्टाआदि विग्रहले रहित–निराकार हुनुहुन्छ । यसरी उनीहरू एकै वस्तुको दुई परस्पर विरोधी धर्मको वर्णन गर्दछन परन्तु फेरी पनि त्यसमा विरोध छैन किनकि ती दुवै एकै परम वस्तुमा स्थित छन । विना आधार हात खुटट आदिका हुनु सम्भव हुदैन र निषेधको पनि कुनै न कुनै अवधि हुनु पर्दछ । तपाई त्यहि आधार र निषेधको अवधि हो, यसैले साकार निराकार दुवैले अविरुद्ध सम परब्रम्हा हुनुहुन्छ ।।३२।।
योऽनुग्रहार्थं भजतां पादमूलं
अनामरूपो भगवाननन्तः ।
नामानि रूपाणि च जन्मकर्मभिः
भेजे स मह्यं परमः प्रसीदतु ॥ ३३ ॥
प्रभो ! तपाई अनन्त हुनुुहुन्छ । तपाईको न कुनै प्राकृतिक नाम छ न कुनै प्राकृतिक रूप छ फेरी पनि जसले तपाईको चरणकमलको भजन गर्दछन उनीहरूलाई अनुग्रह गर्नाका लागि तपाई अनेक रूपमा प्रकटमा प्र्रकट भएर लीला गर्नुहुन्छ । परमात्मन् तपाई म माथि कृपा गर्नुहोस ।।३३।।
यः प्राकृतैर्ज्ञानपथैर्जनानां
यथाशयं देहगतो विभाति ।
यथानिलः पार्थिवमाश्रितो गुणं
स ईश्वरो मे कुरुतां मनोरथम् ॥ ३४ ॥
मानिसका उपासनाहरू प्राय साधरण कोटिका हुन्छन्, तापनि तपाई सबैको हृदयमा रहेर उनीहरूको भावना अनुसार भिन्न भिन्न देवताहरूको रूपमा प्रकट भएर रहनुहुन्छ । जसरी हावा गन्धको आश्रय लिएर सुगन्धित फैलाउदछ तर हावा आफैमा सुगन्धित हुदैन । यसरी सबैको भावना अनुसरण गर्ने प्रभु मेरो अभिलाष पूर्ण गर्नुहोस ।।३४।।
श्रीशुक उवाच —
(अनुष्टुप)
इति स्तुतः संस्तुवतः स तस्मिन् अघमर्षणे ।
प्रादुरासीत् कुरुश्रेष्ठ भगवान् भक्तवत्सलः ॥ ३५ ॥
शुकदेवजीले भन्नुभयो–
परीक्षित ! विन्ध्याचलको अघमर्षण तीर्थमा जव प्रजापति दक्षले यस प्रकार स्तुति गरे तब भक्तवत्सल भगवान् उनीका अगाडि प्रकट हुनुभयो ।।३५।।
कृतपादः सुपर्णांसे प्रलम्बाष्टमहाभुजः ।
चक्रशङ्खासिचर्मेषु धनुःपाशगदाधरः ॥ ३६ ॥
त्यस समय भगवान्ले गरुडको काँधमा चरण राख्नु भएको थियो । ठुला तथा पुष्टरूपका आठ हातहरू थिए जसमा चक्र, शंख, तलवार, ढाल, बाण, धनुष, पाश र गदा लिनुभएको थियो ।।३६।।
पीतवासा घनश्यामः प्रसन्नवदनेक्षणः ।
वनमालानिवीताङ्गो लसच्छ्रीवत्सकौस्तुभः ॥ ३७ ॥
शरीरमा पहेलो वस्त्रले ससशोभित भएको थियो । अनुहार प्रसन्न थियो । घाँटीमा बनमाला पहिरिनु भएको थियो, वत्सस्थलमा श्रीवत्सचिन्ह धारण गर्नु भएको थियो र गलामा कौस्तुभमणि थियो ।।३७।।
महाकिरीटकटकः स्फुरन्मकरकुण्डलः ।
काञ्च्यङ्गुलीयवलय नूपुराङ्गदभूषितः ॥ ३८ ॥
बहुमूल्य किरीट, कंगन, मकराकृत कुण्डल, कर्धनी, औठी, पाउजेव र वाजुवन्दहरूले सुशोभित हुनुहुन्थ्यो ।।३८।।
त्रैलोक्यमोहनं रूपं बिभ्रन् त्रिभुवनेश्वरः ।
वृतो नारदनन्दाद्यैः पार्षदैः सुरयूथपैः ॥ ३९ ॥
स्तूयमानोऽनुगायद्भिः सिद्धगन्धर्वचारणैः ।
रूपं तन्महदाश्चर्यं विचक्ष्यागतसाध्वसः ॥ ४० ॥
त्रिभुवनपति भगवान्ले तीनैलोकलाई मोहित पार्ने रूप धारण गर्नु भएको थियो । नारद, नन्द, सुनन्द आदि पार्षद वहाँको अगाडि खडा भएका थिए त्यस्तै इन्द्रआदि देवताहरूले स्तुति गरिरहेका थिए । सिद्ध, गन्धर्व र चारणहरू भगावन्को गुणको वर्णन गरिरहेका थिए । यस्तो अत्यन्त आश्चर्यमय र अलौकिक रूप देखेर दक्षप्रजापति केहि समय हडबाडाए जस्तो भए, केहिबेर पछि शान्त भए ।।३९।।४०।।
ननाम दण्डवद्भूमौ प्रहृष्टात्मा प्रजापतिः ।
न किञ्चनोदीरयितुं अशकत् तीव्रया मुदा ॥ ४१ ॥
प्रजापति दक्ष आनन्द भएर भगवान्को चरणमा साष्टांग प्रणाम गरे । जसरी झरनाको जलले नदी भरिन्छ त्यसरी नै परमानन्दको वेगले उनको एक एक इन्द्रियहरू भरियो । र आनन्दको वशमा हुनाले उनी केहि पनि बोल्न सकेनन ।।४१।।
आपूरितमनोद्वारैः ह्रदिन्य इव निर्झरैः ।
तं तथावनतं भक्तं प्रजाकामं प्रजापतिम् ।
चित्तज्ञः सर्वभूतानां इदमाह जनार्दनः ॥ ४२ ॥
परीक्षित् ! प्रजापति दक्षले अत्यन्त नम्र भएर झुकेर भगवान्को अगाडि उभिए । भगवान् सबैको हृदयको कुरा जान्नुहुन्छ, वहाले दक्ष प्रजापतिको भक्त र प्रजाबृद्धिको कामना देखेर उनीसंग भन्नुभयो ।।४२।।
श्रीभगवानुवाच —
प्राचेतस महाभाग संसिद्धस्तपसा भवान् ।
यच्छ्रद्धया मत्परया मयि भावं परं गतः ॥ ४३ ॥
भगवान्ले भन्नुभयो–
परम भाग्यमानी दक्ष ! अब तिम्रो तपस्या सिद्ध भयो । किनकि म माथि श्रद्धा हुनाले तिम्रो हृदयमा म प्रतिको प्रेमभावको उदय भयो ।।४३।।
प्रीतोऽहं ते प्रजानाथ यत्तेऽस्योद्बृंहणं तपः ।
ममैष कामो भूतानां यद्भूयासुर्विभूतयः ॥ ४४ ॥
प्रजापते ! तिमीले यस विश्व बढाउनको लागि तपस्या गरेका हौ, त्यसले म खुसि छु । किनकि मेरो इच्छा नै जगतमा प्राणीको अभिवृद्धि गर्नु र उनीहरूलाई सम्बृद्ध बनाउनु हो ।।४४।।
ब्रह्मा भवो भवन्तश्च मनवो विबुधेश्वराः ।
विभूतयो मम ह्येता भूतानां भूतिहेतवः ॥ ४५ ॥
ब्रम्हा, शंकर, तिमी जस्तै प्रजापति स्वायम्भुव आदि मनु तथा इन्द्रिादि देवताहरू सबै मेरो विभुति हुन र सबै प्राणी उत्पत्ति गर्ने हुन ।।४५।।
तपो मे हृदयं ब्रह्मंन् तनुर्विद्या क्रियाऽऽकृतिः ।
अङ्गानि क्रतवो जाता धर्म आत्मासवः सुराः ॥ ४६ ॥
ब्रम्हन ! तपस्या मेरो हृदय हो, विद्या शरीर हो, कर्म आकृति हो, यज्ञ अङ्ग हो, धर्म मन हो र देवता प्राण हुन ।।४६।।
अहमेवासमेवाग्रे नान्यन् किञ्चान्तरं बहिः ।
संज्ञानमात्रमव्यक्तं प्रसुप्तमिव विश्वतः ॥ ४७ ॥
जब यहाँ सृष्टि थिएन त्यतिबेला केवल म नै थिएं । त्यो पनि निष्कृयरूपमा थिएं । भित्र बाहिर कतै केहि पनि थिएन । न कुनै द्रष्टा थिए न कुनै दृश्य नै थियो । म केवल ज्ञानरूप र अव्यक्त थिएं । यस्तो सम्झकि सबैतिर सुषुप्तिले ढाकिरहेको थियो ।।४७।।
मय्यनन्तगुणेऽनन्ते गुणतो गुणविग्रहः ।
यदासीत् तत एवाद्यः स्वयम्भूः समभूदजः ॥ ४८ ॥
प्रिय दक्ष ! म अनन्त गुणको छु मेुरो गुणको आधार पनि स्वयं अनन्त छ । जब गुणमयी मायाको क्षोभले यो ब्रम्हाण्ड शरीर प्रकट भयो अनि यसमा अयोनिज आदिपुरुष ब्रम्हाको रूपमा प्रकट भए ।।४८।।
स वै यदा महादेवो मम वीर्योपबृंहितः ।
मेने खिलमिवात्मानं उद्यतः सर्गकर्मणि ॥ ४९ ॥
जव मैले त्यसमा शक्ति र चेतनाको सञ्चार गरें तब देवशिरोमणि ब्रम्हा सृष्टि गर्नका लागि उद्यत भए । तर उनी आफ्नो सृष्टि कार्यमा असमर्थ भए ।।४९।।
अथ मेऽभिहितो देवः तपोऽतप्यत दारुणम् ।
नव विश्वसृजो युष्मान् येनादावसृजद्विभुः ॥ ५० ॥
त्यस समय मैले उनलाई तप गर्ने आज्ञा दिएं । त्यसपछि उने ठुलो तपस्या गरे । त्यस तपस्याको प्रभावले उनले पहिलो पटक तिमीहरूका पुर्खा नौ प्रजापतिको सृष्टि गरे ।।५०।।
एषा पञ्चजनस्याङ्ग दुहिता वै प्रजापतेः ।
असिक्नी नाम पत्नीत्वे प्रजेश प्रतिगृह्यताम् ॥ ५१ ॥
प्रिय दक्ष ! हेर यी पञ्चजन्य प्रजापतिकी आसिक्नी नामकी छोरी हुन । यीनलाई पत्नीको रूपमा स्वीकार गर ।।५१।।
मिथुनव्यवायधर्मः त्वं प्रजासर्गमिमं पुनः ।
मिथुनव्यवायधर्मिण्यां भूरिशो भावयिष्यसि ॥ ५२ ॥
अब तिमी गृहस्थोचित स्त्रीसहवासरूप धर्मलाई स्वीकार गर । यी आसिक्नी पनि त्यहि धर्मलाई स्वीकार गर्नेछिन । तब तिमी यिनीद्वारा धेरै प्रजा उत्पन्न गर्न सक्नेछौ ।।५२।।
त्वत्तोऽधस्तात्प्रजाः सर्वा मिथुनीभूय मायया ।
मदीयया भविष्यन्ति हरिष्यन्ति च मे बलिम् ॥ ५३ ॥
प्रजापते ! अहिले सम्म त मानसी सृष्टि नै छ तर तिमी पछिका सबै प्रजाहरू मेरो मायाले स्त्री पुरुषको संयोगले नै प्रजा उत्पन्न गर्नेछन र मेरो सेवामा लाग्नेछन ।।५३।।
श्रीशुक उवाच —
इत्युक्त्वा मिषतस्तस्य भगवान् विश्वभावनः ।
स्वप्नोपलब्धार्थ इव तत्रैवान्तर्दधे हरिः ॥ ५४ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
विश्वका जीवनदात भगवान् श्रीहरिले यसो भन्नुभएर दक्षको अगाडि जसरी सपनामा देखिएका कुरा हरू निद्रा खुल्दा हराउँछन त्यसरीनै भगवान् त्यहाँबाट अन्तर्धान हुनुभयो ।।५४।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे भगवद् दक्षसंवाद नाम चतुर्थोऽध्यायः ॥ ४ ॥