#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

षष्ठः स्कन्धः – तृतीयोऽध्यायः

 

श्रीमद्‌भागवत महापुराण
षष्ठः स्कन्धः – तृतीयोऽध्यायः


श्रीराजोवाच –
(इन्द्रवज्रा)
निशम्य देवः स्वभटोपवर्णितं 
         प्रत्याह किं तानपि धर्मराजः । 
एवं हताज्ञो विहतान्मुरारेः 
         नैदेशिकैर्यस्य वशे जनोऽयम् ॥ १ ॥ 

राजा परीक्षितले सोधे–
भगवन् ! सबै जीवहरू देवाधिदेव धर्मराजको अधिनमा छन । भगवान्का पार्षदहरूले उनका आज्ञालाई उलंघन गरेर उनका दूतलाई समेत अपमान गरे । ती यमका दूतहरूले सबै कुरा सुनेर यमपुरीमा गएर धर्मराजलाई अजामिलको बारेमा के बताए ? अनि धर्मराजले आफ्ना दूतहरूलाई के भन्नुभयो ।।१।।

यमस्य देवस्य न दण्डभङ्‌गः 
     कुतश्चनर्षे श्रुतपूर्व आसीत् । 
एतन्मुने वृश्चति लोकसंशयं 
     न हि त्वदन्य इति मे विनिश्चितम् ॥ २ ॥ 

ऋषिवर ! मैले  धर्मराजको शासन उर्लघन भएको कुरा यो भन्दा पहिले कहिल्यै सुनेको छैन । यस कुरामा मानिसमा धेरै सन्देह गर्दछन । त्यसैले यस सन्देहको निवारण तपाई बाहेक अरु कसैले गर्न सक्तैन भन्ने मेरो निश्चय छ ।।२।।

श्रीशुक उवाच – 
(अनुष्टुप)
भगवत्पुरुषै राजन् याम्याः प्रतिहतोद्यमाः । 
पतिं विज्ञापयामासुः यमं संयमनीपतिम् ॥ ३ ॥ 

श्री शुकदेवजीले भन्नुभयो–
राजन् जब भगवानका पार्षदहरूले संयममनी पुरीका स्वामी तथा आफ्ना शासक भगवान् यमराजसंग यसप्रकार भने ।।३।।

यमदूता ऊचुः –
कति सन्तीह शास्तारो जीवलोकस्य वै प्रभो । 
त्रैविध्यं कुर्वतः कर्म फलाभिव्यक्तिहेतवः ॥ ४ ॥ 

यमदूतहरूले भने–
हे प्रभो ! संसारका जीवहरू पाप, पुण्य र दुवैको मिश्रित तीन थरीको कर्म गर्दछन । ती जीवहरू त्यहि कर्मको फल दिने शासक संसारमा कति थरी छन ? ।।४।।

यदि स्युर्बहवो लोके शास्तारो दण्डधारिणः । 
कस्य स्यातां न वा कस्य मृत्युश्चामृतमेव वा ॥ ५ ॥ 

यदि संसारमा दण्ड दिने शासक धेरै छन भने ता कसले सुख र कसले दुःख पाउँने हो यसको व्यवस्था बराबरको हुन सक्तैन ।।५।।

किन्तु शास्तृबहुत्वे स्याद् बहूनामिह कर्मिणाम् । 
शास्तृत्वमुपचारो हि यथा मण्डलवर्तिनाम् ॥ ६ ॥ 

संसारमा कर्म गर्ने जीवहरू अनेक भएका कारण यदि त्यसको शासक पनि धेरै भए भने त्यस शासकको शासन नाम मात्रको सामन्त हुन्छ ।।६।।

अतस्त्वमेको भूतानां सेश्वराणां अधीश्वरः । 
शास्ता दण्डधरो नॄणां शुभाशुभविवेचनः ॥ ७ ॥ 

यसैले हामी यस्तो जान्दछौं कि सबै प्राणीहरूको शासक र उनका स्वामीका पनि अधिश्वर तपाई एकमात्र हुनुहुन्छ । तपाई नै मानिसको पाप पुण्यको निर्णायक दण्डदाता र शासक हुनुहुन्छ ।।७।।

तस्य ते विहितो दण्डो न लोके वर्ततेऽधुना । 
चतुर्भिरद्‍भुतैः सिद्धैः आज्ञा ते विप्रलम्भिता ॥ ८ ॥ 

हे प्रभो ! हजुरको आदेशलाई अहिले सम्म लोकमा कतै पनि उलंघन भएको थिएन तर अहिले चार जना अद्भुत सिद्धहरूले अन्यथा गरे ।।८।।

नीयमानं तवादेशाद् अस्माभिर्यातनागृहान् । 
व्यामोचयन्पातकिनं छित्त्वा पाशान् प्रसह्य ते ॥ ९ ॥ 

तपाईको आज्ञाले हामीले पापीलाई यातना गृह तिर लैजान लाग्दा ती सिद्धहरूले हाम्रो पञ्जाबाट बलजफत पाशोबाट छुटाए ।।९।।

तांस्ते वेदितुमिच्छामो यदि नो मन्यसे क्षमम् । 
नारायणेत्यभिहिते मा भैरित्याययुर्द्रुतम् ॥ १० ॥ 

यदि हामी त्यो बिषयमा जान्न योग्य छौं भने बताऊनु होस । हामी त्यसको रहस्यको बारेमा जान्न चहाँन्छौं । त्यहाँ आश्चर्यको कुरो यो भयो कि अन्तिम समयमा अजामिलको मुखबाट ‘नारायण’  यस्तो शव्द निक्लनासाथ उताबाट नडराउ, नडराउ उभनेर उनीहरू त्यहाँ उपस्थित भए ।।१०।।

श्रीबादरायणिरुवाच –
इति देवः स आपृष्टः प्रजासंयमनो यमः । 
प्रीतः स्वदूतान्प्रत्याह स्मरन् पादाम्बुजं हरेः ॥ ११ ॥ 

श्री शुकदेवजी भन्नुहुन्छ–
दूतहरूले यसरी सोधेपछि प्रजाका शासक भगवान् यमराज प्रशन्न हुदै श्रीहरिको चरणकमलको स्मरण गर्दै भन्नलागे ।।११।।

यम उवाच –
(इन्द्रवज्रा)
परो मदन्यो जगतस्तस्थुषश्च 
         ओतं प्रोतं पटवद्यत्र विश्वम् । 
यदंशतोऽस्य स्थितिजन्मनाशा 
        नस्योतवद्यस्य वशे च लोकः ।। १२।

यमराजले भने– 
हेर ! चराचर जगतमा म बाहेक अर्को एक स्वामी हृुनुहुन्छ उहाँ मै यो सम्पूर्ण जगत सूतमा कपडा झै ओतप्रोत भएको छ  । वहाँकै अंशबाट ब्रम्हा, विष्णु र शंकरले यस जगतको सृष्टि, स्थिति र संहार गर्दछन् वहाँले नै यो सबै जगतलाई डोरिएमा लगाएको गोरु समान आफ्नो अधिनमा राख्नु भएकोछ ।।१२।।

यो नामभिर्वाचि जनं निजायां 
         बध्नाति तन्त्यामिव दामभिर्गाः । 
यस्मै बलिं त इमे नामकर्म 
          निबन्धबद्धाश्चकिता वहन्ति ॥ १३ ॥ 

दूतहरू ! जसरी गोरुलाई पहिले सानो–छोटो डोरीले बाँधेर पछि ती डोरीलाई फेरी मोटो डोरीले बाधिन्छ, त्यसैगरी त्यसैगरी जगदिश्वर भगवान्ले ती ब्राम्हणादि वर्ग र ब्रम्हचर्य आदि आश्रमरूप साना साना डोरीले बाँधेर फेरी सबै नामलाई वेदवाणीरूप ठुलो डोरीमा बाँधेर राखेका छन ।।१३।।

अहं महेन्द्रो निर्‌ऋतिः प्रचेताः 
         सोमोऽग्निरीशः पवनो विरिञ्चिः । 
आदित्यविश्वे वसवोऽथ साध्या 
          मरुद्‍गणा रुद्रगणाः ससिद्धाः ॥ १४ ॥ 

अन्ये च ये विश्वसृजोऽमरेशा 
         भृग्वादयोऽस्पृष्टरजस्तमस्काः । 
यस्येहितं न विदुः स्पृष्टमायाः 
         सत्त्वप्रधाना अपि किं ततोऽन्ये ॥ १५ ॥
 
इन्द्र, निऋति, वरुण, चन्द्रमा, अग्नि, शङ्कर, वाय्, सूर्य, ब्रम्हा, वराह, आदित्य, विश्वेदेवा, अष्टवसु, साध्य, उनानचास मरुत, सिद्ध, एघार रुद्र, रजोगुण एवं तमोगुणले रहित भृगु आदि प्रजापति र ठुला ठुला देवताहरू पनि आफु सत्वप्रधान हुँदा पनि वहाँकै मायाको अधिनमा छन । त्यसैले वहाँ भगवान् कहिले के गर्नुहुन्छ भन्नेकुरा हामी ता जान्दैनौं भने अरुको के कुरा नै भयो र  ।।१४।१५।।

यं वै न गोभिर्मनसासुभिर्वा 
         हृदा गिरा वासुभृतो विचक्षते । 
आत्मानमन्तर्हृदि सन्तमात्मनां 
         चक्षुर्यथैवाकृतयस्ततः परम् ॥ १६ ॥ 

दूतहरू ! जसरी आँखाले सबैलाई देख्दछ तर आफेनै आँखालाई देख्दैनन त्यसरी नै अन्तःकरणमा आफ्नो साक्षीरूपले रहनु भएका परमात्मालाई कुनैपनि प्राणीले इन्द्रिय, मन, प्राण, हृदय वा वाणी आदिका साधनले जान्न सक्तैन ।।१६।।

तस्यात्मतन्त्रस्य हरेरधीशितुः 
         परस्य मायाधिपतेर्महात्मनः । 
प्रायेण दूता इह वै मनोहराः 
         चरन्ति तद् रूपगुणस्वभावाः ॥ १७ ॥ 

वहाँ सबैका स्वामी र परम स्वतन्त्र हुनुहुन्छ । वहाँ मयापति पुरुषोत्तमका दूत पनि वहाँ नै समान सुन्दर मनोहर रूप गुण स्वभावले सम्पन्न भएर यसलोकमा डुल्दछन ।।१७।।

भूतानि विष्णोः सुरपूजितानि 
         दुर्दर्शलिङ्‌गानि महाद्‍भुतानि । 
रक्षन्ति तद्‍भक्तिमतः परेभ्यो 
         मत्तश्च मर्त्यानथ सर्वतश्च ॥ १८ ॥ 

विष्णु भगवान्को अलौकिक पार्षदको दर्शन धेरै दुर्लभ हुन्छ । उनीहरूलाई सबैले पूजा गर्दछन् उनीहरूले भगवान्का भक्तहरूलाई म बाट र अग्निआदि विपत्तिबाट सधै सुरक्षित राख्दछन ।।१८।।

धर्मं तु साक्षाद् भगवत्प्रणीतं 
         न वै विदुः ऋषयो नापि देवाः । 
न सिद्धमुख्या असुरा मनुष्याः 
        कुतो नु विद्याधरचारणादयः ॥ १९ ॥ 

साक्षात् भगवान्ले नै धर्मको मर्यादा निर्धाण गरेका हुन् । वहाँलाई न ऋषिहरू जान्दछन् न देवता वा सिद्धहरूनै जान्दछन भने मानिस, विद्याधर, चारण र असुर आदिले त कसरी जान्दछन र ।।१९।।

(अनुष्टुप)
स्वयम्भूर्नारदः शम्भुः कुमारः कपिलो मनुः । 
प्रह्लादो जनको भीष्मो बलिर्वैयासकिर्वयम् ॥ २० ॥ 

द्वादशैते विजानीमो धर्मं भागवतं भटाः । 
गुह्यं विशुद्धं दुर्बोधं यं ज्ञात्वामृतमश्नुते ॥ २१ ॥ 

भागवत धर्म परम सुद्ध र अत्यन्त गोपनिय छ । स्वयं भगवान्ले बनाउनु भएको यस धर्मलाई जान्न धेरै गाह्रो छ । जसले जान्दछ उसलाई भगवत् स्वरूप प्राप्त हुन्छ । ब्रम्हाजी, देवर्षि नारद, भगवान् शंकर, सनतकुमार, कपिलदेव, स्वयम्भुवमनु, प्रल्हाद, जनक, भीष्मपितामह, बलि, शुकदेवजी र म (धर्मराज) भागवतधर्मको रहस्यका बारेमा हामी बाह्र जान्दछौं ।।२०।।२१।।         

एतावानेव लोकेऽस्मिन् पुंसां धर्मः परः स्मृतः । 
भक्तियोगो भगवति तन्नामग्रहणादिभिः ॥ २२ ॥ 

नाम कीर्तन आदिले भगवान्को चरणमा भगवान्मा भक्तिभाव राख्नु, जगतका जीवका लागि यहि नै सबैभन्दा ठुलो कर्तव्य हो, परम धर्म हो  ।।२२।।

नामोच्चारण माहात्म्यं हरेः पश्यत पुत्रकाः । 
अजामिलोऽपि येनैव मृत्युपाशादमुच्यत ॥ २३ ॥ 

दूतहरू ! भगवान्को नाम उच्चारणको महिमा हेर, जसबाट अजामिल जस्तो पापी एक पटकको नाम उच्चारणले नै मृत्युपाशबाट भुक्त भयो ।।२३।।

(वसन्ततिलका)
एतावतालमघनिर्हरणाय पुंसां । 
         सङ्‌कीर्तनं भगवतो गुणकर्मनाम्नाम् । 
विक्रुश्य पुत्रमघवान् यदजामिलोऽपि । 
         नारायणेति म्रियमाण इयाय मुक्तिम् ॥ २४ ॥

भगवान्को गुण, लीला र नामको यथेष्ट कीर्तनले मानिसको सबै पापलाई नाश गरिदिने छ । अजामिल जस्तो पापीले पनि मर्ने बेलामा मायाका कारण आफ्नो छोराको नाम नारायण उच्चारण गर्यो, यस्तो अनायास आएको नामले पनि उसको सबै पाप बाट मुक्ति पायो ।।२४।।

प्रायेण वेद तदिदं न महाजनोऽयं । 
        देव्या विमोहितमतिर्बत माययालम् । 
त्रय्यां जडीकृतमतिर्मधुपुष्पितायां । 
         वैतानिके महति कर्मणि युज्यमानः ॥ २५ ॥

ठुला ठुला विद्वानको बुद्धि पनि मायाले मोहित हुन्छ । कर्मको मिठो फल बताऊने वेदवाणीमा मोहित हुन्छ र यज्ञ यज्ञादि ठुला ठुला कर्ममा लाग्दछन् जसले गर्दा भगवान् नामको महिमालाई जान्दैनन । यो धेरै दु्ःखको कुरा छ ।।२५।।

एवं विमृश्य सुधियो भगवत्यनन्ते । 
         सर्वात्मना विदधते खलु भावयोगम् । 
ते मे न दण्डमर्हन्त्यथ यद्यमीषां । 
         स्याय् पातकं तदपि हन्त्युरुगायवादः ॥ २६ ॥

दूतहरू ! बुध्दिमान पुरुष यस्तो विचार गरेर अनन्तमा आफ्नो सम्पूर्ण अन्तःकरणमा भगवान् नाम र आफ्नो भक्तिभाव स्थापित गर्दछन । त्यस्ता उनीहरू मेरो दण्डको पात्र हुन सक्तैनन । पहिलो कुरा त उनीहरूले पाप नै गर्दैनन् यदि कुनै कारण पाप भयो भने पनि भगवान् नाम कीर्तनले उसको  सबै पाप तत्कालै नष्ट गरिदिन्छन ।।२६।।

ते देवसिद्धपरिगीतपवित्रगाथा । 
         ये साधवः समदृशो भगवत्प्रपन्नाः । 
तान्नोपसीदत हरेर्गदयाभिगुप्तान् । 
         नैषां वयं न च वयः प्रभवाम दण्डे ॥ २७ ॥ 

जो समदर्शी साधुहरू भगवान्लाई आफ्ना साध्य र साधन मानेर वहाँमा शरणमा गएका हुन्छन, ठुला ठुला देवता र सिद्धहरू वहाँको पवित्र चरित्र प्रेमले गाईरहन्छन् । उनीहरूलाई भगवान्को गदाले सधैं रक्षा गर्दछ । उनीहरूसंग तिमहिरू कहिले पनि नजानु उनीहरूलाई दण्ड दिने समर्थ त न म संग छ न काल संग नै छ ।।२७।।

तानानयध्वमसतो विमुखान् मुकुन्द । 
         पादारविन्दमकरन्दरसादजस्रम् । 
निष्किञ्चनैः परमहंसकुलैरसज्ञैः । 
         जुष्टाद् गृहे निरयवर्त्मनि बद्धतृष्णान् ॥ २८ ॥

ठुला ठुला परमहंसहरू दिव्य रसको लोभले सम्पूर्ण जगत र शरीरआदिले अहमता, ममता हटाएर अकिन्चिन भएर भगवान् मुकुन्दको पदारविन्दको मकरन्द रस पान गर्दछन । जो दुष्ट त्यस्तो दिव्य रसबाट विमुख छन् र नरको ढोका समान घरगृहस्थीको आशक्तमा फसेका हुन्छन त्यस्तालाई मात्र यहाँ ल्याँउनु ।।२८।।

जिह्वा न वक्ति भगवद्‍गुणनामधेयं । 
         चेतश्च न स्मरति तत् चरणारविन्दम् । 
कृष्णाय नो नमति यच्छिर एकदापि । 
         तानानयध्वमसतोऽकृतविष्णुकृत्यान् ॥ २९ ॥ 

जसको जिव्रोले भगवान्को नाम उच्चारण गरेको हुदैन, जसको चित्तले वहाँको चरणारविन्दको  चिन्तन गर्दैन र जसको सिर भगवान् श्रीकृष्णको चरणमा झुकेको हुदैन, त्यस्ता पापीहरूलाई तिमीहरूले मकहाँ ल्याउँनु ।।२९।।

तत्क्षम्यतां स भगवान् पुरुषः पुराणो । 
         नारायणः स्वपुरुषैर्यदसत्कृतं नः । 
स्वानामहो न विदुषां रचिताञ्जलीनां । 
         क्षान्तिर्गरीयसि नमः पुरुषाय भूम्ने ॥ ३० ॥

आज मेरा दूतहरूले भगवान्का पार्षदहरूलाई अपराध गरेर स्वयं भगवान्लाई नै तिरस्कार गरेका छन् तर यो तिमीहरूबाट भएपनि यो मेरो नै अपराध हो । पुराणपुरुष भगवान् नारायणले हामीलाई यस अपराधबाट क्षमा गरुन् । हामी वहाँमैं आश्रित छौं हामी अज्ञानी भएपनि हामीलाई क्षमा गर्नु हुनेछ, म वहाँ सर्वान्तर्यामी भगवान्लाई नमस्कार गर्दछु ।।३०।।

(अनुष्टुप)
तस्मात्सङ्‌कीर्तनं विष्णोः जगन् मङ्‌गलमंहसाम् । 
महतामपि कौरव्य विद्ध्यैकान्तिक निष्कृतम् ॥ ३१ ॥ 

भगवान्को गुण, लीला र नामको किर्तन बाट पापीहरूको पाप तथा वासनालाई पनि निर्मूल गराउँदछ । यसैबाट संसारको कल्याण हुनेछ ।।३१।।

शृण्वतां गृणतां वीर्याणि उद्दामानि हरेर्मुहुः । 
यथा सुजातया भक्त्या शुद्ध्येन्नात्मा व्रतादिभिः ॥ ३२ ॥ 

जसले उदारभावले बारम्बार भगवान्को चरित्रका बारेमा सुन्ने र कीर्तन गर्ने गर्दछ भने उसको हृदयमा प्रेममय भक्तिको उदय हुन्छ त्यो भक्तिका प्रभावले जसरी आत्मा सुद्धि हुन्छ त्यसैगरी अरु ठुला ब्रतहरू गर्नाले हुदैन ।

(वसन्ततिलका)
कृष्णाङ्‌घ्रिपद्ममधुलिण् न पुनर्विसृष्ट । 
         मायागुणेषु रमते वृजिनावहेषु । 
अन्यस्तु कामहत आत्मरजः प्रमार्ष्टुम् । 
         ईहेत कर्म यत एव रजः पुनः स्यात् ॥ ३३ ॥

जुन व्यक्ति भगवान् श्रीकृष्णचन्द्रको मकरन्द रसको लोभी भ्रभर छन, त्यो स्वभावले नै मायाको दुःखद विषय र पहिले नै त्यागेको विषयमा फेरी रमाउदैन । तर त्यस दिव्य रसबाट विभुख भएको मानिस जसको बुद्धि अनेक कामनाहरूले भ्रष्ट भएको हुन्छ त्यो आफ्नो पाप पखाल्न फेरी प्रयाश्चित्तरूप कर्म नै गर्दछ । उसको कर्मको वासना मेटिदैन र फेरी त्यस्तै कर्म गरिरहन्छ ।।३३।।

इत्थं स्वभर्तृगदितं भगवन्महित्वं । 
         संस्मृत्य विस्मितधियो यमकिङ्‌करास्ते । 
नैवाच्युताश्रयजनं प्रति शङ्‌कमाना । 
         द्रष्टुं च बिभ्यति ततः प्रभृति स्म राजन् ॥ ३४ ॥


परीक्षित ! यमदूतहरूले आफ्ना स्वामी धर्मराजको मुखबाट यस्तो कुरा सुनेर भगवन् नामको स्मरण गरे त्यसपछि उनीहरूमा आश्चर्यको सीमा रहेन । त्यसैले भगवान् धर्मराजको कुरालाई विश्वास गरेर आफ्नो नाश हुने डरले भगवान्मा आश्रित भक्त नजिक जादैनन ।।३४।।

(अनुष्टुप)
इतिहासमिमं गुह्यं भगवान् कुम्भसम्भवः । 
कथयामास मलय आसीनो हरिमर्चयन् ॥ ३५ ॥ 

प्रिय परीक्षित ! यो इतिहास परम गोपनीय र रहस्यमय छ । मलयाचलमा विराजमान भगवान् अगस्त्यजीले श्री हरिको पूजा गर्ने समयमा यो सुनाउनु भएको थियो ।।३५।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
षष्ठस्कन्धे यमपुरुषसंवादे तृतीयोऽध्यायः ॥ ३ ॥