श्रीमद्भागवत महापुराण
सप्तमः स्कंधः - त्रयोदशोऽध्यायः
नारद उवाच -
(अनुष्टुप्)
कल्पस्त्वेवं परिव्रज्य देहमात्रावशेषितः ।
ग्रामैकरात्रविधिना निरपेक्षश्चरेन्महीम् ॥ १ ॥
नारदले भन्नुभयो–
धर्मराज ! वानप्रस्थको समयमा व्रह्म विचारमा लाग्ने बिचार लाग्यो भने सबै कुरालार्ई त्यागेर सन्यास लिनु पर्दछ । सन्यास लिएपछि एक गाउँमा एकरात भन्दा बढ्ता नबस्ने गरि पृथ्वीको भ्रमण गर्नु पर्दछ ।।१।।
बिभृयाद् यद्यसौ वासः कौपीनाच्छादनं परम् ।
त्यक्तं न दण्डलिंगादेः अन्यत् किञ्चिदनापदि ॥ २ ॥
सन्यास लिएपछि शरीरमा कौपिन मात्र धारण गरेर रहोस र दण्ड आश्रमको चिन्ह बाहेक अरु कुनै पनि वस्तु ग्रहण नगरोस ।।२।।
एक एव चरेद्भिक्षुः आत्मारामोऽनपाश्रयः ।
सर्वभूतसुहृच्छान्तो नारायणपरायणः ॥ ३ ॥
सबै प्राणीको हित गर्ने, शान्त स्वभाव, भगवत्परायण भएर कसैको आश्रय नलिइकन एक्लै रहनु पर्दछ ।।३।।
पश्येदात्मन्यदो विश्वं परे सदसतोऽव्यये ।
आत्मानं च परं ब्रह्म सर्वत्र सदसन्मये ॥ ४ ॥
कार्य र कारण रूपले सम्पूर्ण विश्व परमात्मामा ब्याप्त छ भन्ने जानेस र त्यहि आत्मालाई सर्बत्र ब्याप्त भएको देख्नु पर्दछ ।।४।।
सुप्तिप्रबोधयोः सन्धौ आत्मनो गतिमात्मदृक् ।
पश्यन्बन्धं च मोक्षं च मायामात्रं न वस्तुतः ॥ ५ ॥
सन्यासीले बन्धन तथा मोक्ष यी दुवै माया मात्र हुन् भन्ने भन्ने बिचार गरेर आफ्नो आत्माको अनुभव गर्नु पर्दछ ।।५।।
नाभिनन्देद्ध्रुवं मृत्युं अध्रुवं वास्य जीवितम् ।
कालं परं प्रतीक्षेत भूतानां प्रभवाप्ययम् ॥ ६ ॥
यो शरीरले मृत्यु तथा अनिश्चित जीवनमा रहेर प्राणीको उत्पत्ति र अन्त्यको कारण रूप कालको प्रतिक्षा गरेर रहनु पर्दछ ।।६।।
नासच्छास्त्रेषु सज्जेत नोपजीवेत जीविकाम् ।
वादवादान् त्यजेत् तर्कान् पक्षं कंच न संश्रयेत् ॥ ७ ॥
अनात्म वस्तुमा आशक्त नहुनु, जीवन निर्वाहका लागि कुनै ब्यवहार नगर्नु र वाद विवादका लागि कुनै तर्क पनि नगर्नुं ।।७।।
न शिष्याननुबध्नीत ग्रन्थान्नैवाभ्यसेन् बहून् ।
न व्याख्यामुपयुञ्जीत नारम्भानारभेत्क्वचित् ॥ ८ ॥
धेरै शिष्य बटुल्ने काम, धेरै वा ठुला ग्रन्थहरुको अध्ययन तथा ठुला ठुला कामको आरम्भ पनि नगर्नु ।।८।।
न यतेराश्रमः प्रायो धर्महेतुर्महात्मनः ।
शान्तस्य समचित्तस्य बिभृयाद् उत वा त्यजेत् ॥ ९ ॥
शान्त, समदर्शी तथा महात्माका लागि कुनै पनि कुराको वन्धन हुदैन । उनीहरुले आफ्नो आश्रमको चिन्ह लिन पनि सक्छन र छोड्न पनि सक्दछन ।।९।।
अव्यक्तलिङ्गो व्यक्तार्थो मनीषि उन्मत्तबालवत् ।
कविर्मूकवदात्मानं स दृष्ट्या दर्शयेन् नृणाम् ॥ १० ॥
कुनै आश्रमको चिन्ह नभएर पनि केहि गर्दैन तर नित्य आत्मानुसन्धानमा मग्न रहने होस । धेरै विचारशील होस तर हेर्दा केहि नजान्ने वा पागल जस्तो होस । अत्यन्त प्रतिभाशील भएर नि साधारण मानिसको अगाडि लाटो जस्तो देखियोस ।।१०।।
अत्रापि उदाहरन्ति इमं इतिहासं पुरातनम् ।
प्रह्रादस्य च संवादं मुनेराजगरस्य च ॥ ११ ॥
तं शयानं धरोपस्थे कावेर्यां सह्यसानुनि ।
रजस्वलैस्तनूदेशैः निगूढामलतेजसम् ॥ १२ ॥
ददर्श लोकान् विचरन् लोकतत्त्वविवित्सया ।
वृतोऽमात्यैः कतिपयैः प्रह्रादो भगवत्प्रियः ॥ १३ ॥
युधिष्ठिर ! यस विषयमा महात्माहरुले एउटा परानो इतिहास बताउदछन । जुन दतात्रेय मुनि र भक्त प्रल्हादको संवाद हो । एक पटक भक्त प्रल्हाद मानिसको मनको कुरा जान्ने इच्छाले आफ्ना मन्त्रीहरुका साथ लोकमा डुल्दै थिए । उनले कावेरी नदीको कीनारमा एक जना मुनिलार्ई देखे । ती खाली भूइमा रहनाले उनको शरीरको तेज धुलो मैलोले ढाकेको थियो ।।१२।१३।।
कर्मणाऽऽकृतिभिर्वाचा लिङ्गैर्वर्णाश्रमादिभिः ।
न विदन्ति जना यं वै सोऽसाविति न वेति च ॥ १४ ॥
उनको वोली वर्ण आश्रम आदि चिन्हबाट मानिसहरु उनलार्ई ज्ञानी पुरुष हुन वा होइन भनि छुट्टयाउन सक्तैन थिए ।।१४।।
तं नत्वाभ्यर्च्य विधिवत् पादयोः शिरसा स्पृशन् ।
विवित्सुरिदमप्राक्षीन् महाभागवतोऽसुरः ॥ १५ ॥
भगवान्का भक्त प्रल्हदले आफ्नो टाउको उनको चरणमा छुवाएर प्रणाम गरे । उनलार्ई विधिवद् पूजा गरेर प्रश्न सोधे ।।१५।।
बिभर्षि कायं पीवानं सोद्यमो भोगवान्यथा ।
वित्तं चैवोद्यमवतां भोगो वित्तवतामिह ।
भोगिनां खलु देहोऽयं पीवा भवति नान्यथा ॥ १६ ॥
भगवन् तपाईको शरीर उद्योगी र भोगीको जस्तो मोटो घाटो छ । संसारको नियम यस्तो छ कि उद्योग गर्नेलार्ई धन मिल्छ, धन र भोगले शरीर हृष्टपुष्ट हुन्छ । अरु कारणले ता हुन सक्तैन ।।१६।।
(इंद्रवज्रा)
न ते शयानस्य निरुद्यमस्य
ब्रह्मन्नु हार्थो यत एव भोगः ।
अभोगिनोऽयं तव विप्र देहः
पीवा यतस्तद्वद नः क्षमं चेत् ॥ १७ ॥
भगवन् ! तपाई यहि बसि रहनुहुन्छ, कुनै उद्योग गर्नु हुदैन, त्यसैले तपाईसंग धन हुने कुरा भएन धन नभएपछि तपाईमा भोग कहाँबाट होस ? ब्राम्ह्णदेव ! विना भोग तपाईको शरीर यस्तो हृष्टपुष्ट कसरी भयो ? यसको कारण के हो ? यदि बताउन मिल्छ भने बताउँनु होस ।।१७।।
कविः कल्पो निपुणदृक्चित्रप्रियकथः समः ।
लोकस्य कुर्वतः कर्म शेषे तद्वीक्षितापि वा ॥ १८ ॥
तपाई विद्वान समर्थ र चतुर हुनुहुन्छ । तपाईको कुरा धेरै मिठा र घतलाग्दो हुन्छ । संसारमा सबैले कर्म गरेको देखेर पनि तपाई कुनै कर्म नगरिकन नै रहनु भएको छ यसको कारण के हो ? ।।१८।।
नारद उवाच -
(अनुष्टुप्)
स इत्थं दैत्यपतिना परिपृष्टो महामुनिः ।
स्मयमानः तमभ्याह तद् वाग् अमृतयन्त्रितः ॥ १९ ॥
नारदले भन्नुभयो–
धर्मराज ! प्रल्हदले दतात्रेय मुनिसंग यस्तो प्रश्न गरेपछि अमृतमय बोलीमा मग्न भएर मुस्कुराउदै भन्न लागे ।।१९।।
ब्राह्मण उवाच -
वेदेदमसुरश्रेष्ठ भवान्नन्वार्यसम्मतः ।
ईहोपरमयोर्नॄणां पदान्यध्यात्मचक्षुषा ॥ २० ॥
दतात्रयले भने–
दैत्यराज ! साधु समाजमा सबैले तिम्रो सम्मान गर्दछन । मानिसको कर्मको प्रवृति र निवृति फल कस्तो पाउछन भन्ने कुरा तिमी जान्दछौ ।।२०।।
यस्य नारायणो देवो भगवान् हृद्गतः सदा ।
भक्त्या केवलयाज्ञानं धुनोति ध्वान्तमर्कवत् ॥ २१ ॥
तिम्रो अटल भक्तिका कारण नै भगवान् नारायण तिम्रो हृदयमा सदा विराजमान हुनुहुन्छ र सूर्यले अन्धकारलार्ई हटाए झैं तिम्रो अज्ञानलार्ई नष्ट गरिदिनु हुन्छ ।।२१।।
तथापि ब्रूमहे प्रश्नान् तव राजन्यथाश्रुतम् ।
सम्भाषणीयो हि भवान् आत्मनः शुद्धिमिच्छता ॥ २२ ॥
तापनि मैले जस्तो जानेको छु सोहि अनुसार तिमीलार्ई बताउँछु । किनकि आत्मसुद्धिका लागि तिम्रो सम्मान अवस्य गर्नु पर्दछ ।।२२।।
तृष्णया भववाहिन्या योग्यैः कामैरपूर्यया ।
कर्माणि कार्यमाणोऽहं नानायोनिषु योजितः ॥ २३ ॥
प्रल्हाद ! तृष्णा यस्तो वस्तु हो जुन इच्छा अनुसार भोग प्राप्ति भएपछि पनि तृप्त हुदैन । यहि तृष्णा कारण जन्म मृत्युको चक्करमा परिरहनु पर्दछ । यहि अतृप्त तृष्णाले गर्दा कति योनिमा कति कर्म गरियो मलाई थाहा छैन ।।२३।।
यदृच्छया लोकमिमं प्रापितः कर्मभिर्भ्रमन् ।
स्वर्गापवर्गयोर्द्वारं तिरश्चां पुनरस्य च ॥ २४ ॥
कर्मले गर्दा अनेक योनिमा परेर दैववश अहिले यो मनुष्य योनि मिल्यो । मनुष्य देहमा गरेको पुण्यका कारण स्वर्ग, पापका कारण पशु योनि र निवृत्ति कर्मले मोक्ष, मिल्दछ । त्यसैगरि पाप पुण्य गर्यो भने फेरी मनुष्य योनि नै प्राप्त हुन सक्दछ ।।२४।।
तत्रापि दम्पतीनां च सुखायान्यापनुत्तये ।
कर्माणि कुर्वतां दृष्ट्वा निवृत्तोऽस्मि विपर्ययम् ॥ २५ ॥
संसारका मानिसले सुख पाउन र दुःख नष्ट गर्नाका लागि अनेकौं कर्म गर्दछन् । तर त्यसको फल उल्टो फल मिलेको देखेरे म सबै कर्मलाई त्यागेर निवृत्त भएको छु ।।२५।।
सुखमस्यात्मनो रूपं सर्वेहोपरतिस्तनुः ।
मनःसंस्पर्शजान् दृष्ट्वा भोगान् स्वप्स्यामि संविशन् ॥ २६ ॥
सुख नै आत्माको स्वरूप हो । सबै चेष्टाहरुबाट निवृत्त भएर त्यसैले सबै भोगलाई मनोरथ सम्झेर म आफ्नो प्रारब्ध अनुसारको भोग भोगिरहेको छु ।।२६।।
इत्येतदात्मनः स्वार्थं सन्तं विस्मृत्य वै पुमान् ।
विचित्रामसति द्वैते घोरामाप्नोति संसृतिम् ॥ २७ ॥
मानिसले आफ्नो वास्तबिक स्वार्थ अथवा सुख आफ्नै स्वरूप नै हो भन्ने नबुझेका कारण यस्तो मिथ्या प्रपञ्चलाई सत्य मान्ने भएकाले उ विचित्र जन्म मृत्युमा चक्रमा परिरहन्छ ।।२७।।
जलं तदुद्भवैश्छन्नं हित्वाज्ञो जलकाम्यया ।
मृगतृष्णामुपाधावेत् यथान्यत्रार्थदृक्स्वतः ॥ २८ ॥
जसरी मानिस आफ्नो अज्ञानले गर्दा जलमा उत्पन्न हुने झारले छोपेको जललार्ई जल नसम्झेर मृगतृष्णा झैं धेरै दौडन्छ त्यसरी नै आफ्नो आत्माबाट भिन्न वस्तुमा सुख सम्झने मानिस आत्माको बारेमा जान्न नलागेर अरु विषयतिर लाग्दछ ।।२८।।
देहादिभिर्दैवतन्त्रैः आत्मनः सुखमीहतः ।
दुःखात्ययं चानीशस्य क्रिया मोघाः कृताः कृताः ॥ २९ ॥
प्रल्हादजी ! मानिस प्रारब्धको अधिनमा रहेको यो शरीर द्वारा सुख पाउन र दुःख हटाउने चाहन्छन् भने उसले गरेका सबै कर्म विफल हुन्छन र उसलाई सफलता कहिले पनि मिल्दैन ।।२९।।
आध्यात्मिकादिभिर्दुःखैः अविमुक्तस्य कर्हिचित् ।
मर्त्यस्य कृच्छ्रोपनतैः अर्थैः कामैः क्रियेत किम् ॥ ३० ॥
मानसिक र शारीरिक दुःखले कहिले पनि फुत्किन पाउदैन । यस्ता मरणशील मानिसले धेरै सम्पत्ति बटुलेर नै के काम छ र ? ।।३०।।
पश्यामि धनिनां क्लेशं लुब्धानां अजितात्मनाम् ।
भयाद् अलब्धनिद्राणां सर्वतोऽभिविशङ्किनाम् ॥ ३१ ॥
लोभ र इन्द्रियको वशमा नभएका मानिसलार्ई म देखि रहेकोछु । सम्पत्तिको डरले गर्दा उसलार्ई राम्रो निद्रा लाग्दैन । उसलाई कसैले विश्वास गर्दैनन र सबैले शंका पनि गर्दछन ।।३१।।
राजतश्चौरतः शत्रोः स्वजनात्पशुपक्षितः ।
अर्थिभ्यः कालतः स्वस्मान् नित्यं प्राणार्थवद्भयम् ॥ ३२ ॥
आफ्नो शरीर र धनको लोभीलार्ई राजा, चोर, सत्रु, आफन्त, पशुपक्षी, माग्ने सबै माथि संकाले गर्दा आफैं डराईरहेको हुन्छ ।।३२।।
शोकमोहभयक्रोध रागक्लैब्यश्रमादयः ।
यन्मूलाः स्युर्नृणां जह्यात् स्पृहां प्राणार्थयोर्बुधः ॥ ३३ ॥
जुन धनले गर्दा मानिसलाई शोक, मोह, भय, क्रोध, कायरता, र श्रम आदिले सताईरहेको हुन्छ त्यस्तो धन र जीवन बुद्धिमानले लार्ई त्यगिदिनु पर्दछ ।।३३।।
मधुकारमहासर्पौ लोकेऽस्मिन् नो गुरूत्तमौ ।
वैराग्यं परितोषं च प्राप्ता यच्छिक्षया वयम् ॥ ३४ ॥
यसलोकमा मेरा सबै भन्दा ठुला गुरु अजिंगर र माहुरी हुन । उनीहरुकै शिक्षाले मलार्ई वैराग्य र सन्तोष मिल्यो ।।३४।।
विरागः सर्वकामेभ्यः शिक्षितो मे मधुव्रतात् ।
कृच्छ्राप्तं मधुवद् वित्तं हत्वाप्यन्यो हरेत्पतिम् ॥ ३५ ॥
माहुरीले जसरी मह जम्मा गरे जसरी नै मानिसले धन सञ्चय गर्दछ । तर अरु चोर वा अरु कोहिले त्यो मालिकलार्ई मार्दछ र सबै धन लुट्दछ । त्यसैले विषय भोगबाट टाढा रहनु पर्दछ भन्ने शिक्षा उसबाट प्राप्त गरें ।।३५।।
अनीहः परितुष्टात्मा यदृच्छोपनतादहम् ।
नो चेच्छये बह्वहानि महाहिरिव सत्त्ववान् ॥ ३६ ॥
म अजिंगरबाट पाएको शिक्षा बमोजिम दैववश मलाई जे मिल्दछ त्यसैमा सन्तुष्ट हुन्छु । यदि केहि मिलेन भने पनि धैर्य धारण गरेर त्यसै बस्दछु ।।३६।।
क्वचिदल्पं क्वचिद् भूरि भुञ्जेऽन्नं स्वाद्वस्वादु वा ।
क्वचिद्भूरि गुणोपेतं गुणहीनमुत क्वचित् ॥ ३७ ॥
कहिले मिलेको बेलामा धेरै खान्छु यदि मिलेन भने थोरै खान्छु । कहिले गुणयुक्त स्वादिष्ट मिल्दछ कहिले वेस्वादको र कहिले गुण नभएको ।।३७।।
श्रद्धयोपाहृतं क्वापि कदाचिन्मानवर्जितम् ।
भुञ्जे भुक्त्वाथ कस्मिंश्चित् दिवा नक्तं यदृच्छया ॥ ३८ ॥
कहिले धेरै श्रद्धाले पाएको अन्न खान्छु भने कहिले अपमान संग मिलेको । कहिले.आफै मिलेको, कहिले दिनमा मात्र खान्छु कहिले रातमा पनि । कहिले एक पटक मात्र खान्छु भने कहिले दुई पटक पनि खाइदिन्छु ।।३८।।
क्षौमं दुकूलमजिनं चीरं वल्कलमेव वा ।
वसेऽन्यदपि सम्प्राप्तं दिष्टभुक्तुष्टधीरहम् ॥ ३९ ॥
म प्रारब्धमा सन्तुष्ट रहन्छु त्यसैले म रेसमी, सुत, मृगचर्म वा चीर वल्कल जे जस्तो पाउछु त्यहि लगाउँदछु ।।३९।।
क्वचिच्छये धरोपस्थे तृणपर्णाश्मभस्मसु ।
क्वचित्प्रासादपर्यङ्के कशिपौ वा परेच्छया ॥ ४० ॥
कहिले भूईमा, कहिले घाँस, पात, ढुंगा जे मिल्छ त्यसैमा बस्दछु भने कहिले अरुको इच्छाले महलको पलंगको डस्नामा पनि सुत्दछु ।।४०।।
क्वचित्स्नातोऽनुलिप्ताङ्गघ्गः सुवासाः स्रग्व्यलङ्कृतः ।
रथेभाश्वैश्चरे क्वापि दिग्वासा ग्रहवद् विभो ॥ ४१ ॥
दैत्यराज ! कहिले नुहाएर शरीरमा चन्दन लगाएर सुन्दर वस्त्र फूलको हार गहनाले सजिएर रथ र हात्तिमा चढेर हिड्छु भने कहिले पिशाच समान झुत्रो झाम्रो लगाएर डुल्दछु ।।४१।।
नाहं निन्दे न च स्तौमि स्वभावविषमं जनम् ।
एतेषां श्रेय आशासे उतैकात्म्यं महात्मनि ॥ ४२ ॥
भिन्न भिन्न स्वभावका मानिस हुन्छन त्यसैले म कसैको निन्द पनि गर्दिन र स्तुति पनि गर्दिन म त परमात्माबाट सबैको परम कल्याण होस भन्ने चाहान्छु ।।४२।।
विकल्पं जुहुयाच्चित्तौ तां मनस्यर्थविभ्रमे ।
मनो वैकारिके हुत्वा तं मायायां जुहोत्यनु ॥ ४३ ॥
सत्यको अनुसन्धान गर्ने मानिसले जुन भेद विभेदले उत्पन्न भएको देख्दछ उसले त्यसलार्ई चित्तवृत्तिमा हवन गरिदेओस र चित्तवृत्तिलार्ई यी पदार्थको सम्बन्धमा भ्रम उन्पन्न गर्ने मनमा, मनलार्ई सात्विक अहंकारमा र सात्विक अहंकारलार्ई महतत्वद्वारा मायामा हवन गरिदिनु ।।४३।।
आत्मानुभूतौ तां मायां जुहुयात् सत्यदृङ्मुनिः ।
ततो निरीहो विरमेत् स्वानुभूत्यात्मनि स्थितः ॥ ४४ ॥
यसप्रकार सबै प्रकारको भेद र विभेदको कारण माया नै हो भन्ने बुझेर त्यो मायालार्ई आत्मानुभावमा स्वाहा गरिदिनु । यसरी आत्मसाक्षात्कार द्वारा आत्मस्वरूपमा अडिएर सबै कर्मबाट निवृत्ति होस ।।४३।।४४।।
स्वात्मवृत्तं मयेत्थं ते सुगुप्तमपि वर्णितम् ।
व्यपेतं लोकशास्त्राभ्यां भवान्हि भगवत्परः ॥ ४५ ॥
प्रल्हादजी ! मेरो यो आत्म कथा अत्यन्त गुप्त र लोक शास्त्र भन्दा भिन्न जस्तो देखिन्छ । तिमी भगवान्को अत्यन्त प्रेमी भएकाले मैले तिमीलार्ई यस बारेमा बताएं ।।४५।।
नारद उवाच -
धर्मं पारमहंस्यं वै मुनेः श्रुत्वासुरेश्वरः ।
पूजयित्वा ततः प्रीत आमन्त्र्य प्रययौ गृहम् ॥ ४६ ॥
नारदले भन्नुभयो–
महाराज प्रल्हादले दतात्रेय मुनिबाट परमहंसको धर्मलार्ई श्रवण गरेर त्यहाँबाट विदा भएर प्रसन्न हुँदै आफ्नो राजधानी फर्के ।।४६।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे युधिष्ठिरनारदसंवादे यतिधर्मे त्रयोदशोऽध्यायः ॥ १३ ॥