#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – षोडशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – षोडशोऽध्यायः



 (अनुष्टुप्)
शुक उवाच–
विलोक्य दूषितां कृष्णां कृष्णः कृष्णाहिना विभुः ।
तस्या विशुद्धिमन्विच्छन्सर्पं तमुदवासयत् ॥१॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! भगवान श्रीकृष्णले कालिय नागका कारण यमुनाको जल विषाक्त भएको थाहा पाउँनुभयो । त्यस पछि वहाँले जललाई शुध्द पार्ने बिचारले त्यहाँको सर्पलाई बाहिर निकाल्नु भयो ।।१।।

राजोवाच–
कथमन्तर्जलेऽगाधे न्यगृह्णाद् भगवानहिम् ।
स वै बहुयुगावासं यथाऽऽसीद् विप्र कथ्यताम् ॥२॥

राजा परीक्षितले सोधे– हे ब्रह्मन् ! भगवान् श्रीकृष्णले यमुनाको त्यो अघाद जलमा कसरी सर्पको दमन गर्नुभयो ? फेरी कालियनाग त जलचर जीव थिएन त्यो कसरी लामो समयसम्म जलमा रहन गयो सो बारेमा बताउँनुहोस् ।।२।।

ब्रह्मन् भगवतस्तस्य भूम्नः स्वच्छन्दवर्तिनः ।
गोपालोदारचरितं कस्तृप्येतामृतं जुषन् ॥३॥

हे ब्रह्मस्वरुप शुकदेवजी ! भगवान् अनन्त हुनुहुन्छ वहाँ आफ्नो  लीला प्रकट गरेर स्वच्द्धन्द रुपले विहार गर्नुहुन्छ । वहाँले गोपालरुपले लीला गर्नुभयो ती सबै लीला अमृतस्वरुप छन्, जसलाई सेवन गरेर को नै तृप्त हुन सक्छ र ? ।।३।।

शुक उवाच–
कालिन्द्यां कालियस्यासीद्‌ध्रदः कश्चिद् विषाग्निना ।
श्रप्यमाणपया यस्मिन् पतन्त्युपरिगाः खगाः ॥४॥


श्रीशुकदेवजी भन्नुहुन्छ–हे परीक्षित ! यमुनाजीमा कालियनागको एउटा कुण्ड थियो विषको तापले गर्दा त्यहाँको जल सधैं उम्लिरहन्थ्यो । यति सम्मकि त्यो कुण्ड माथि भएर उड्ने चराहरु पनि जसको रापले तल खस्दथे ।।४।।

विप्रुष्मता विषदोर्मिमारुतेनाभिमर्शिताः ।
म्रियन्ते तीरगा यस्य प्राणिनः स्थिरजङ्‌गमाः ॥५॥

त्यो बिषालु जलको वाफ बाहिर निस्केर वरिपरि छरिएर जानाले त्यहाँ घाँस पात पशुपंक्षी आदि सबै मर्दथे ।।५।।

(वसंततिलका)
तं चण्डवेगविषवीर्यमवेक्ष्य तेन
     दुष्टां नदीं च खलसंयमनावतारः ।
कृष्णः कदम्बमधिरुह्य ततोऽतितुङ्‌ग–
     मास्फोट्य गाढरशनो न्यपतद् विषोदे ॥६॥

हे महाराज परीक्षित ! भगवानको अवतार दुष्टको दमनका लागि नै हो । वहाले त्यस नागको विषको वेग प्रचण्डरुपले फैलिएको र विष नै उसको बल देख्नुभयो । जसको कारण आफ्नो बिहारस्थल यमुनजी दुषित भएको पनि देख्नुभयो । त्यसपछि भगवान् श्रीकृष्णले आफ्नो फेटा कम्बरमा बाँधेर त्यहाँ भएको ठुलो कदम्वको रुखमा चढ्नुभयो र तालि ठोक्दै त्यो विषालु जलमा कुद्नुभयो ।।६।।

सर्पह्रदः पुरुषसारनिपातवेग–
     संक्षोभितोरगविषोच्छ्वपसिताम्बुराशिः ।
पर्यक्‌प्लुतो विषकषायबिभीषणोर्मि–
     र्धावन् धनुःशतमनन्तबलस्य किं तत् ॥७॥

सर्पको विषको कारण यमुनाको जल  पहिल्यै उम्लिएको थियो । जसकारण रातो र पहेलो तरंग उठ्दयो । त्यसमा पनि भगवान् पुरुषोत्तम कुद्नाले झन बढि छाल उठ्नथाल्यो जसले गर्दा कालिय दहको पानी चारैतिर फैलन गयो । भगवान् श्रीकृष्णका लागि यस्तो कुरामा कुनै आश्चर्य थिएन ।।७।।

तस्य ह्रदे विहरतो भुजदण्डघूर्ण–
     वार्घोषमङ्‌ग वरवारणविक्रमस्य ।
आश्रुत्य तत् स्वसदनाभिभवं निरीक्ष्य
     चक्षुःश्रवाः समसरत्तदमृष्यमाणः ॥८॥

हे परीक्षित ! भगवान् श्रीकृष्ण त्यस कालियदहमा बलबान हात्तिलेझैं दौडनाले पानी छचल्किन थाल्यो । यसरी कृडा गर्दा वहाँको हात पाखुराको बेगले जलमा ठुलो शव्द आयो । आँखालेनैं सुन्ने भएको कालिय नागले सो आवाज सुन्यो र मेरो ठाउँमा आएर कसैले हाँक दिइरहेछ भन्ने संझेर उसलाई सहिनसक्नु भयो र सिसाउँदै भगवान् श्रीकृष्णको नजिकमा आयो ।।८।।

तं प्रेक्षणीयसुकुमारघनावदातं
     श्रीवत्सपीतवसनं स्मितसुन्दरास्यम् ।
क्रीडन्तमप्रतिभयं कमलोदराङ्‌घ्रिं
     सन्दश्य मर्मसु रुषा भुजया चछाद ॥९॥

उसले आफ्नो अगाडि एउटा सावलो अनुहारको बालकलाई देख्यो जो वर्षले कलिलै देखिने र मेघ 
समान सुकुमार देखिन्थे । जसलाई हेर्दैमा आँखा त्यहाँबाट हट्दैन थियो । उहाँको वक्षस्थलमा सुनौलो रेखा थियो । श्रीवत्सचिन्ह धारण गरेको पहेलो रंगको वस्त्र धारण गरेको मुस्कानले युक्त शोभायमान मुख भएको थियो । त्यसैगरी हातगोडा अत्यन्त कोमल र सुन्दर थियो मानौं कमलको गद्दि जस्तै थियो । कालिय नागेले ति बालकलाई त्यस विषलेयुक्त जलमा निर्भय भएर खेलिरहेको देख्यो । यो देखेर उसलाई धेरै रिस उठ्यो त्यसपछि उसले श्रीकृष्णको मर्मस्थानमा प्रहार गरेर आफ्ेने शरिरले बेरेर बन्धनमा पार्यो ।।९।।

तं नागभोगपरिवीतमदृष्टचेष्ट–
     मालोक्य तत्प्रियसखाः पशुपा भृशार्ताः ।
कृष्णेऽर्पितात्मसुहृदर्थकलत्रकामा
     दुःखानुशोकभयमूढधियो निपेतुः ॥१०॥

नागको बन्धनले भगवान् श्रीकृष्ण अचेत हुनुभयो । यो देखेर वहाँका प्रेमी सखा गोप बालकहरु धेरै दुखित भएर पश्चाताप गर्दै भईमा लडे । किनकि उनीहरुले आफ्नो धन, सम्पत्ति, शरीर र कामनाहरु सबै श्रीकृष्णलाइै नैं सम्झेका थिए ।।१०।।

(अनुष्टुप्)
गावो वृषा वत्सतर्यः क्रन्दमानाः सुदुःखिताः ।
कृष्णे न्यस्तेक्षणा भीता रुदत्य इव तस्थिरे ॥११॥

त्यहाँ भएका गाई बाच्छाहरु पनि डराएर कतै नगइकन बिलौना गर्दै कराउँन थाले ।।११।।

अथ व्रजे महोत्पातास्त्रिविधा ह्यतिदारुणाः ।
उत्पेतुर्भुवि दिव्यात्मन्यासन्नभयशंसिनः ॥१२॥

यता व्रज सहित पृथ्वी आकाशमा पनि ठुलो उत्पान हुन लागेको थियो । जसले गर्दा कुनै अशुभ घटनाको सूचना दिदै थियो ।।१२।।

तानालक्ष्य भयोद्विग्ना गोपा नन्दपुरोगमाः ।
विना रामेण गाः कृष्णं ज्ञात्वा चारयितुं गतम् ॥१३॥

नन्दबाबा आदि गोपहरुले यस्तो अशुभ देखेर गाई चराउँन गएका श्रीकृष्ण र बलरामलाई संझेर ब्याकुल भए ।।१३।।

तैर्दुर्निमित्तैर्निधनं मत्वा प्राप्तमतद्विदः ।
तत् प्राणास्तन्मनस्कास्ते दुःखशोकभयातुराः ॥१४॥

आबालवृद्धवनिताः सर्वेऽङ्‌ग पशुवृत्तयः ।
निर्जग्मुर्गोकुलाद् दीनाः कृष्णदर्शनलालसाः ॥१५॥

उनीहरु भगवान्को बारेमा जान्दैन थिए त्यसैले यस्तो अपसकुन देखेर उनीहरुको मनमा श्रीकृष्णको मृत्युभयो भन्ने शंका भयो । त्यसैले उनीहरु दुखित भएर डराउँन थाले किनभने उनीहरुको सर्वस्व नैं श्रीकृष्ण हुनुहुथ्यो ।।१५।।

तांस्तथा कातरान् वीक्ष्य भगवान् माधवो बलः ।
प्रहस्य किञ्चिन्नोवाच प्रभावज्ञोऽनुजस्य सः ॥१६

बलरामजी स्वयं भगवान हुनुभएकोले शक्तिमान हुनुहुन्छ वहाँले ब्रजबासीहरु यसरी हडबडाएको देखेर हाँस्नुभयो तर केही नबोली चुपो लाग्नुभयो किनकि वहाँलाई आफ्ना भाई श्रीकष्णको प्रभावका बारेमा जान्नुहुन्थ्यो ।।१६।।

तेऽन्वेषमाणा दयितं कृष्णं सूचितया पदैः ।
भगवल्लक्षणैर्जग्मुः पदव्या यमुनातटम् ॥१७॥

यता व्रजबासीहरु आफ्नो प्यारो श्रीकष्णलाई खोज्नलागे । बाटोमा देखिने भगवान् श्रीकृष्णको चरणलाई  पच्छ्याउँदै उनीहरु यमुनाजी तिर लागे ।।१७।।

 (इंद्रवंशा)
ते तत्र तत्राब्जयवाङ्‌कुशाशनि–
     ध्वजोपपन्नानि पदानि विश्पतेः ।
मार्गे गवामन्यपदान्तरान्तरे
     निरीक्षमाणा ययुरङ्‌ग सत्वराः ॥१८॥

हे परीक्षित ! बाटोमा जहाँ जहाँ गाई र भगवान्को चरणचिन्ह देख्दथे जसमा कमल र जौको अंकुश वज्र र ध्वजाको चिन्ह स्पष्ट देखिन्थ्यो । ति चिन्हहरुलाई पहिल्याएर छिटो छिटो हिँड्न थाले ।।१८।।

(वसंततिलका)
अन्तर्ह्रदे भुजगभोगपरीतमारात्
     कृष्णं निरीहमुपलभ्य जलाशयान्ते ।
गोपांश्च मूढधिषणान् परितः पशूंश्च
     संक्रन्दतः परमकश्मलमापुरार्ताः ॥१९॥

उनीहरुले टाढैबाट कालिय दहमा कालियनागको शरीरले बाँधिएका कारण श्रीकृष्ण अचेत भएको देखे । यता दहको नजिकै रहेका गाई बाच्छा र गोप बालकहरु एकदम दुःखी भएर कराइरहेका थिए । यो देखेर गोपहरु प्नि ब्याकुल हुँदै मुर्छा परे ।।१९।।

गोप्योऽनुरक्तमनसो भगवत्यनन्ते
     तत्सौहृदस्मितविलोकगिरः स्मरन्त्यः ।
ग्रस्तेऽहिना प्रियतमे भृशदुःखतप्ताः
     शून्यं प्रियव्यतिहृतं ददृशुस्त्रिलोकम् ॥२०॥

गोपिहरुको मन भगवान् श्रीकृष्णको प्रेममा रंगिएको थियो । उनीहरु सधैं भगवान्को प्रेमपूर्ण हेराई मधुर मुस्कान मिठा बोलीको सम्झना गर्दैथे । आफ्ना प्रियत्तम श्रीकृष्णलाई कालियनागले बेरेको देखेर उनीहरु धेरै दुःखी भए किनकि उनीहरुलाई श्रीकृष्ण बिना तीनलोक नै सून्य लाग्दथ्यो ।।२०।।

ताः कृष्णमातरमपत्यमनुप्रविष्टां
     तुल्यव्यथाः समनुगृह्य शुचः स्रवन्त्यः ।
तास्ता व्रजप्रियकथाः कथयन्त्य आसन्
     कृष्णाननेऽर्पितदृशो मृतकप्रतीकाः ॥२१॥

श्रीकृष्णको यो अवस्था देखेर माता यशोदा यमुनामा पस्न खोजेकी थिइन् तर गोपहरुले उनलाई त्यहाँ जानबाट रोेके । उनको मनमा धेरै पीडा भएकोे थियो त्यसैले एकहोरो रुपमा श्रीकृष्णमा आँखा लगाईरहेकी थिइन् । उनी भगवान् पूतनाको बध आदि जस्ता ऐश्वर्य बाललीला सम्झदै आफुलाई संहालेकी थिइन् ।।२१।।

(अनुष्टुप्)
कृष्णप्राणान्निर्विशतो नन्दादीन् वीक्ष्य तं ह्रदम् ।
प्रत्यषेधत् स भगवान् रामः कृष्णानुभाववित् ॥२२॥

परीक्षित ! नन्दबाबाको जीवन सर्वस्व नै श्रीकृष्ण थिए त्यसैले उनी श्रीकृष्ण भएको कालिय दहमा छिर्न लागे तर बलरामले संझाई बुझाई त्यहाँ जानबाट रोके ।।२२।।

(वसंततिलका)
इत्थं स्वगोकुलमनन्यगतिं निरीक्ष्य
     सस्त्रीकुमारमतिदुःखितमात्महेतोः ।
आज्ञाय मर्त्यपदवीमनुवर्तमानः
     स्थित्वा मुहूर्तमुदतिष्ठदुरङ्‌गबन्धात् ॥२३॥

परीक्षित ! यो सर्पले बाँधिनु श्रीकृष्णको मनुष्य लीला थियो । जब वहाँले ब्रजबासीका स्त्री बालक सहित आफ्ना लागि दुःखीत भएको देख्नु भयो तब वहाँ एक मुहर्त सम्म सर्पको वन्धनमा रहेर त्यहाँबाट बाहिर आउँनुभयो ।।२३।।

तत्प्रथ्यमानवपुषा व्यथितात्मभोग–
     स्त्यक्त्वोन्नमय्य कुपितः स्वफणान्भुजङ्‌गः ।
तस्थौ श्वसञ्छ्व्सनरन्ध्रविषाम्बरीष–
     स्तब्धेक्षणोल्मुकमुखो हरिमीक्षमाणः ॥२४॥

भगवान् श्रीकृष्णले त्यसबखत आफ्नो शरीरलाई फुलाएर ठुलो बनाउनु भएको थियो जसले गर्दा सर्पको शरीरनैं चुडिन लागेको थियो । त्यसैले त्यो नाग नगपास छाडेर श्रीकृष्णबाट अलग हुनगयो र रिसले जाज्वल्यमान भएर आफ्नो  फडा उठाएर फुंकार गर्न लाग्यो । त्यस समयमा उसको नाकबाट विष निक्लिरहेको थियो । मानौं कि भट्टिीमा तताएको फलामझैं उसको मुखबाट आगो निस्किएको थियो ।।२४।।

तं जिह्वया द्विशिखया परिलेलिहानं
     द्वे सृक्किणी ह्यतिकरालविषाग्निदृष्टिम् ।
क्रीडन्नमुं परिससार यथा खगेन्द्रो
     बभ्राम सोऽप्यवसरं प्रसमीक्षमाणः ॥२५॥

त्यस समयमा त्यो कालियनाग आफ्नो जिब्रो लपलपाउँदै ओठको दुबैभाग चाटिरहेको थियो । उसले फुँ फुँ गर्दै आफ्ना ठुला ठुला आँखाबाट विषको ज्वाला निकालिरहेको थियो भने मुखबाट पनि आगो निस्किएको थियो । यता भगवान् श्रीकृष्ण त्यस जलमा कृडा गरिरहनु भएको थियो भने त्यो कालिय चाँही भगवान्लाई टोक्ने अवसर खोज्दैथियो ।।२५।।

एवं परिभ्रमहतौजसमुन्नतांस–
     मानम्य तत्पृथुशिरःस्वधिरूढ आद्यः ।
तन्मूर्धरत्नमनिकरस्पर्शातिताम्र(
     पादाम्बुजोऽखिलकलादिगुरुर्ननर्त ॥२६॥

यसप्रकार घुम्दा घुम्दै त्यो नागको शक्ति कमजोर भयो तब भगवान श्रीकृेष्णले उसको ठुलो सिरलाई आफुतिर निहुरियाएर त्यसमाथि चढ्नुभयो । कालियनागको मस्तकमा राता राता मणि थिए । उसलाई छुदैमा भगवानको चरणको लालिमा झनै बढ्यो । त्यसपछि नृत्य गान, कला आदिका प्रवर्तक श्रीकृष्ण उसको सिरमा चढेर नृत्य गर्न लाग्नुभयो ।।२६।।

तं नर्तुमुद्यतमवेक्ष्य तदा तदीय–
     गन्धर्वसिद्धसुरचारणदेववध्वः ।
प्रीत्या मृदङ्‌गपणवानकवाद्यगीत(
     पुष्पोपहारनुतिभिः सहसोपसेदुः ॥२७॥

भगवान्का प्यारा गन्धर्व, सिध्द, देवता, चारण र देवांगनाहरुले भगवान् यसरी नाच्न लाग्नुभएको देखेर बडो प्रेमका साथ मृदंग, ढोल, नगारा, आदि बाजा बजाउँने गाउँने आदि गर्नलागे भने कसैले फूलको वर्षा गाराउँदै भगवान् नजिक गए ।।२७।।

यद् यच्छिरो न नमतेऽङ्‌ग शतैकशीर्ष्ण–
     स्तत्तन् ममर्द खरदण्डधरोऽङ्‌घ्रिपातैः ।
क्षीणायुषो भ्रमत उल्बणमास्यतोऽसृङ्‌
     नस्तो वमन् परमकश्मलमाप नागः ॥२८॥

परीक्षित ! कालियनागको एकसय वटा सिर थियो । उसले जुन सिर झुकाउँदैनथ्यो त्यो  सिरमा भगवानले आफ्नो पैतालाले कुल्चदै दण्ड दिनुहुन्थ्यो । यसरी कालियनागको शक्ति कमजोर भयो । उसको मुख र नाकबाट रगतबग्न थाल्यो र अन्तमा भुनभुनाउँदै बेहोस भयो ।।२८।।

तस्याक्षिभिर्गरलमुद्वमतः शिरस्सु
     यद् यत् समुन्नमति निःश्वसतो रुषोच्चैः ।
नृत्यन् पदानुनमयन् दमयां बभूव
     पुष्पैः प्रपूजित इवेह पुमान् पुराणः ॥२९॥

उसमा अलिकता होस आउँदा पनि आँखाबाट विष उकल्दथ्यो र रिसले जोडले फुंकार गर्दथ्यो । यसरी उसले आफ्नो जुन टाउको उठाउँदथ्यो त्यही सिरमा भगवानले टेकेर नाच्दै आफ्नो चरणले हिर्काएर तल झारिदिनुहुन्थ्यो । त्यस समयमा देवताहरुद्वारा पूजित पुराण पुरुषेत्तम भगवान्को चरणमा रगतका थोपाहरु पर्दथे त्यो रगत पर्दा वहाँमा पूजा गरेको जस्तो अनुभुति हुन्थ्यो ।।२९।।

तच्चित्रताण्डवविरुग्णफणातपत्रो
     रक्तं मुखैरुरु वमन् नृप भग्नगात्रः ।
स्मृत्वा चराचरगुरुं पुरुषं पुराणं
     नारायणं तमरणं मनसा जगाम ॥३०॥

हे परीक्षित ! भगवान्को यस अद्भूत ताण्डव तृत्यले कालियको फणाको टाउको छिन्नभिन्न भयो । उसको शरीर पनि छिन्नभिन्न भएर मुखबाट रगत उल्टी हुनथाल्यो । त्यसपछि उसलाई जगतकर्ता भगवान् नारायणको सम्झना भयो । उ मनमनै भगवान्को शरणमा पर्यो ।।३०।।

कृष्णस्य गर्भजगतोऽतिभरावसन्नं
     पार्ष्णिप्रहारपरिरुग्णफणातपत्रम् ।
दृष्ट्वा हिमाद्यमुपसेदुरमुष्य पत्न्य।
     आर्ताः श्लथद्वसनभूषणकेशबन्धाः ॥३१॥

भगवान् श्रीकृष्णको पेटमा सम्पूर्ण विश्व अडेको छ त्यसैले ठुलो बोझ र वहाँको पाउको प्रहारले गर्दा छाता जस्तो फणा छिन्नभिन्न भयो । यता आफ्नो पतिको यस्तो अवस्था देखेर नागपत्नीहरु भगवान्को शरणमा आए । त्यसबेला उनीहरु होस हराएका जस्ता देखिन्थे । उनीहरुको वस्त्र भूषण पनि अस्तब्यस्त थियो कपाल पनि बिग्रिएको थियो ।।३१।।

तास्तं सुविग्नमनसोऽथ पुरस्कृतार्भाः
     कायं निधाय भुवि भूतपतिं प्रणेमुः ।
साध्व्यः कृताञ्जलिपुटाः शमलस्य भर्तु–
     र्मोक्षेप्सवः शरणदं शरणं प्रपन्नाः ॥३२॥

त्यस समयमा नागपत्नीहरु विह्वल भएकाथिए । उनीहरुले आफ्ना बालक बच्चालाई अगाडि लगाएर पृथ्वीमा लम्पसार परेर हात जोडेर श्रीकृष्णलाई प्रणाम गरे । भगवान् श्रीकृष्णलाई शरणागत वत्सल सम्झेर आफ्ना अपराधी पतिलाई छुटाउँनको लागि वहाँको शरणमा परे ।।३२।।

नागपत्न्यक ऊचुः–
(इंद्रवज्रा)
न्याय्यो हि दण्डः कृतकिल्बिषेऽस्मिं–
     स्तवावतारः खलनिग्रहाय ।
रिपोः सुतानामपि तुल्यदृष्टे–
     र्धत्से दमं फलमेवानुशंसन् ॥३३॥

नागपत्नीहरुले भने– हे प्रभो ! हजुरको यो अवतार दुुष्टको लागि दण्ड दिनको लागि नै हो त्यसैले यस अपराधीलाई दण्ड दिनु उचित कुरा हो । हजुरको दृष्टिमा सत्रु र पुत्रमा कुनै भेदभाव हुदैन त्यसैले हजुर जुनसुकै अपराधीलाई पनि दण्ड दिन सक्नुहुन्छ । त्यो दण्ड भनेको उसको पापको  प्रायश्चित्त गराउँनको लागि र उसको कल्याणको लागि पनि हो ।।३३।।

(वंशस्था)
अनुग्रहोऽयं भवतः कृतो हि नो
     दण्डोऽसतां ते खलु कल्मषापहः ।
यद् दन्दशूकत्वममुष्य देहिनः
     क्रोधोऽपि तेऽनुग्रह एव सम्मतः ॥३४॥

हजुरले हामीमाथी ठुलो अनुग्रह गर्नुभएको छ । हजुरले जसलाई दण्ड दिनुहुन्छ उसका सबै पाप नष्ट हुन्छन् । यि सर्प अपराधी नै हुन् नत्र यिनलाई सर्प योनि किन मिल्थ्यो र ? यिनलाई दण्ड दिएर यिनीमाथी ठुलो अनुग्रह गर्नुभएको छ । त्यसैले हामी यस क्रोधलाई पनि अनुग्रह नै मान्दछौं ।।३४।।

(उपेंद्रवज्रा)
तपः सुतप्तं किमनेन पूर्वं
     निरस्तमानेन च मानदेन ।
धर्मोऽथ वा सर्वजनानुकम्पया
     यतो भवांस्तुष्यति सर्वजीवः ॥३५॥

यिनले पूर्वजन्ममा मान रहित भएर ठुलो तपस्या गरेको हुनुपर्छ । वा प्राणिमा दया गरेर ठुलो धर्म गरेका थिए । त्यहीकारणले भएर आज हजुर उनीसंग सन्तुष्ट हुनुभयो । किनकि हजुरको प्रसन्नताको उपाय पनि यही हो ।।३५।।

(मिश्र)
कस्यानुभावोऽस्य न देव विद्महे
     तवाङ्‌घ्रिरेणुस्पर्शाधिकारः ।
यद्वाञ्छया श्रीर्ललनाऽऽचरत्तपो
     विहाय कामान् सुचिरं धृतव्रता ॥३६॥

हे प्रभो ! यिनले के कस्तो साधना गर्नाले हजुरको चरण कमलको धुलो प्राप्त गर्ने अवसर पाएका हुन् त्यो त हामी जान्दैनौं तर हजुराको चरणको धुलो  प्राप्त गर्नु धेरै दुर्लभ कुरा हो किनकि यही प्राप्त गर्न हजुरको अर्धाङ्गिनी लक्ष्मीले पनि ठुलो तपस्या गर्नुभएको थियो ।।३६।।

न नाकपृष्ठं न च सार्वभौमं
     न पारमेष्ठ्यं न रसाधिपत्यम् ।
न योगसिद्धीरपुनर्भवं वा
     वाञ्छन्ति यत्पादरजःप्रपन्नाः ॥३७॥

जसले हजुरको चरणको धुलोको शरण लिन्छन् उसले पृथ्वीको साम्राज्यको पनि चाहना गर्दैनन्, रसातलको राज्य पनि चाहदैनन् न ब्रह्माको पद नै लिन चाहान्छन् भने अणिमादि योगसिध्दहरु र कैवल्य भोगको त कुरै भएन ।।३७।।

तदेष नाथाप दुरापमन्यै–
     स्तमोजनिः क्रोधवशोऽप्यहीशः ।
संसारचक्रे भ्रमतः शरीरिणो
     यदिच्छतः स्याद् विभवः समक्षः ॥३८॥

हे स्वामी ! यि नागराज तमोगुणि योनिमा उत्पन्न भएकाले अत्यन्तै रिसाह थिए तापनि यिनले हजुरको चरणरज प्राप्त गरे जुन अरुका लागि सधैं दुर्लभ छ । जसलाई प्राप्त गर्नाले सांसारी जीवलेसमेत मोक्ष प्राप्त गर्नसक्छ ।।३८।।

(अनुष्टुप्)
नमस्तुभ्यं भगवते पुरुषाय महात्मने ।
भूतावासाय भूताय पराय परमात्मने ॥३९॥

ज्ञानविज्ञाननिधये ब्रह्मणेऽनन्तशक्तये ।
अगुणायाविकाराय नमस्तेऽप्राकृताय च ॥४०॥

कालाय कालनाभाय कालावयवसाक्षिणे ।
विश्वाय तदुपद्रष्ट्रे तत्कर्त्रे विश्वहेतवे ॥४१॥

हे प्रभो हामी हजुरलाई नमस्कार गर्दछौं । अनन्त एवं अचिन्त्य ऐश्वर्यका निधि हुनुहुन्छ हजुर सबैका अन्तःकरणमा रहने भएर पनि अनन्त हुनुहुन्छ । हजुर सबै प्राणिका आश्रय हुनुहुन्छ । हजुर प्रकृतिभन्दा पर स्वयं परमात्मा हुनुहुन्छ । हजुर सबै प्रकारको ज्ञान र अनुभवका खानी हुनुहुन्छ । हजुरको महिमा र शक्ति अनन्त छ । हजुरको स्वरुप अप्राकृत छ र दिव्य छ । प्राकृतिक गुण र विकारले हजुरलाई छुन पनि शक्तैन । हजुर नै ब्रह्म हुनुहुन्छ त्यसैले हामी हजुरलाई नमस्कार गर्दछौं ।।४१।।

भूतमात्रेन्द्रियप्राणमनोबुद्ध्याशयात्मने ।
त्रिगुणेनाभिमानेन गूढस्वात्मानुभूतये ॥४२॥

हे भगवान् ! हजुर पंच महामूत ,पृथ्वी, जल तेज, वायु, आकाश र पंच तन्मात्रा, इन्द्रिय, प्राण, बुध्दि र चित्स्वरुप र त्रिगुणात्मक अंगहरुद्वारा आफ्नो स्वरुपलाई लुकाउँनु भएको छ यस्ता हजुरलाई नमस्कार छ ॥४२॥ 

नमोऽनन्ताय सूक्ष्माय कूटस्थाय विपश्चिते ।
नानावादानुरोधाय वाच्यवाचक शक्तये ॥४३॥

हजुर अन्तरहित, सूक्ष र कुटस्थस्वरुप हुनुहुन्छ । सबै मतमतान्तरका अधिष्ठाता पनि हुनुहुन्छ । त्यसैगरी शव्द र अर्थको सम्बन्धस्वरुप हुनुहुन्छ । यस्ता हजुरलाई म नमस्कार गर्दछु ॥४३॥

नमः प्रमाणमूलाय कवये शास्त्रयोनये ।
प्रवृत्ताय निवृत्ताय निगमाय नमो नमः ॥४४॥

हजुर प्रत्यक्ष अनुमान आदिको मूल हुनुभएकाले हजुरलाइर्व नमस्कार छ । शास्त्रका कवि पनि हजुर नै हुनुहुन्छ । प्रवृत्ति निवृत्ति एवं वेदस्वरुप हजुरलाई नमस्कार छ ॥४४॥

नमः कृष्णाय रामाय वसुदेवसुताय च ।
प्रद्युम्नायानिरुद्धाय सात्वतां पतये नमः ॥४५॥

हजुर बसुदेवका छोरा श्रीकृष्ण र बलरामलाई नमस्कार छ । हजुर प्रद्युम्न, अनिरुध्द र यादवहरुका रक्षक हुनुहुन्छ, यस्ता हजुरलाई नमस्कार छ ॥४५॥

नमो गुणप्रदीपाय गुणात्मच्छादनाय च ।
गुणवृत्त्युपलक्ष्याय गुणद्रष्टे स्वसंविदे ॥४६॥

हजुर अन्तःकरण आदि गुणका बृत्तिहरुको प्रकाशक हुनुुन्छ । र हजुर तिनै गुणहरु द्वारा ढाकिनु भएको छ र हजुरलाई जान्न तिनै गुण र गुणका बृत्तिबाट नै सकन्छि । यस्ता हजुरलाई नमस्कार छ ॥४६॥

अव्याकृतविहाराय सर्वव्याकृतसिद्धये ।
हृषीकेश नमस्तेऽस्तु मुनये मौनशीलिने ॥४७॥

हे प्रभो ! हजुर इन्द्रियका मालिक हुनुहुन्छ । हजुर जन्म, स्थिति र लयका कारण पनिहुनुहुन्छ र हजुर निरन्तर यसैमा विहार गर्नुहुन्छ । यस्ता मौन स्वभाव भएका हजुरलाई नमस्कार छ ॥४७॥


परावरगतिज्ञाय सर्वाध्यक्षाय ते नमः ।
अविश्वाय च विश्वाय तद्द्रष्टेऽस्य च हेतवे ॥४८॥

हे भगवान् हजुर संसारका सबै वस्तुहरुको गतिलाई जान्नुहुन्छ । हजुर सबैका साक्षी हुनुहुन्छ, विश्वरुप हुनुहुन्छ तापनि सबैबाट अलग हुनुहुन्छ । संसारका द्रष्टा र कारणरुप हुनुभएका हजुरलाई नमस्कार छ ॥४८॥

(मिश्र)
त्वं ह्यस्य जन्मस्थितिसंयमान् प्रभो
     गुणैरनीहोऽकृत कालशक्तिधृक् ।
तत्तत् स्वभावान् प्रतिबोधयन् सतः
     समीक्षयामोघविहार ईहसे ॥४९॥

हे प्रभु ! हजुर कर्तापन नभएका कारण कुनै कर्म पनि गर्नुहुन्न । निष्किृय हुनुहुन्छ । हजुर यस विश्वको उत्पत्ति स्थिति लय आदि लीला गर्नुहुन्छ किनकि हजुरको लीला अमोघ छ । हजुर सत्यसंकल्प हुनुहुन्छ त्यसैले जीवमा संस्कार रुपले लुकेका स्वभावलाई हजुर जाग्रत गराइदिनु हुन्छ ।।४९।।

(इंद्रवंशा)
तस्यैव तेऽमूस्तनवस्त्रिलोक्यां
     शान्ता अशान्ता उत मूढयोनयः ।
शान्ताः प्रियास्ते ह्यधुनावितुं सतां
     स्थातुश्च ते धर्मपरीप्सयेहतः ॥५०॥

त्रिलोकका सत्वगुण प्रधान शान्त, रजोगुण प्रधान अशान्त र तमोगुण प्रधान मुढ तीनप्रकारका योनिहरु छन् ती सबै हजुरका लीला मुर्तिहरु हुन् । फेरी पनि अहिले हजुरको सत्वप्रधान गुण सबैकालागि पृय लाग्दछ किनकि हजुरको यो अवतार र लीलाहरु साधुहरुको रक्षा तथा धर्मको विस्तारको लागि हो ।।५०।।

(अनुष्टुप्)
अपराधः सकृद् भर्त्रा सोढव्यः स्वप्रजाकृतः ।
क्षन्तुमर्हसि शान्तात्मम् मूढस्य त्वामजानतः ॥५१॥

हे भगवन् ! हजुरले एकपटक आफ्ना प्रजाको अपराधलाई सहनुपर्दछ । यि मुर्ख कालियले गरेको अपराधलाई क्षमा गर्नुहोस् ।।५१।।

अनुगृह्णीष्व भगवन् प्राणांस्त्यजति पन्नगः ।
स्त्रीणां नः साधुशोच्यानां पतिः प्राणः प्रदीयताम् ॥५२॥

हजुरले कृपा गर्नुहोस् नत्र अब यो सर्प मर्दछ । साधुहरुले हामी अबला नारीहरुमाथि सधैं दया गर्दछन् त्यसैले हाम्रा प्राणस्वरुप पति हामीलाई दिनुहोस् ।।५२।।

विधेहि ते किङ्‌करीणामनुष्ठेयं तवाज्ञया ।
यच्छ्रद्धयानुतिष्ठन् वै मुच्यते सर्वतो भयात् ॥५३॥

हामी दाशी हौं हामीले हजुरको के सेवा गरौं आज्ञा दिनुहोस् । किनकि जसले श्रध्दापूर्वक हजुरको सेवा गर्दछन् उनीहरु सबै भयबाट छुटकारा पाउँदछन् ।।५३।।

शुक उवाच–
इत्थं स नागपत्नी भिः भगवान् समभिष्टुतः ।
मूर्च्छितं भग्नशिरसं विससर्जाङ्‌घ्रिकुट्टनैः ॥५४॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! भगवान्को चरणको मारले कालियनागको फणा छिन्नभिन्न भएको थियो त्यसैले उ बेसुर भएको थियो जब नागपत्नीहरुले यस प्रकार स्तुति गरे तव भगवान्ले उसमा माथि दया गरेर छाडिदिनु भयो ।।५४।।

प्रतिलब्धेन्द्रियप्राणः कालियः शनकैर्हरिम् ।
कृच्छ्रात् समुच्छ्वरसन् दीनः कृष्णं प्राह कृताञ्जलिः ॥५५॥

कालियनागको इन्द्रियमा बिस्तारै बिस्तारै चेतना आयो । र धेरै गारोसंग श्वास फेर्नथाल्यो त्यसपछि अत्यन्त दीन भावनाले श्रीकृष्णसंग भन्नलाग्यो ।।५५।।

कालिय उवाच–
वयं खलाः सहोत्पत्त्या तमसा दीर्घमन्यवः ।
स्वभावो दुस्त्यजो नाथ लोकानां यदसद्ग्र हः ॥५६॥

कालियनागले भन्यो– हे नाथ ! हामी जन्मलेनै दुष्ट तमोगुणि र धेरैपछि भएपनि बदला लिने क्रोधी जीव हौं । जीवलाई आफ्नो स्वभाव छोड्न धेरै गारो पर्दछ । त्यसैले संसारका जीवहरु अनेक प्रकारका दुराग्रहमा फस्दछन् ।।५६।।

त्वया सृष्टमिदं विश्वं धातर्गुणविसर्जनम् ।
नानास्वभाववीर्यौजोयोनिबीजाशयाकृति ॥५७॥

हे विश्वबिधाता ! हजुरकै गुणको भेदले यस जगतमा अनेक प्रकारका बल, वीर्य, योनि, बीज, चित्त र आकृतिको निर्माण हुन्छ ।।५७।।

वयं च तत्र भगवन् सर्पा जात्युरुमन्यवः ।
कथं त्यजामस्त्वन्मायां दुस्त्यजां मोहिताः स्वयम् ॥५८॥

हे भगवान् ! हामी हजुरकै सृष्टिबाट सर्प भएका हौं । हामी जन्मलेनैं धेरै रिसाहा हुन्छौं । हामी यस मायाको चक्करमा स्वयं मोहित भएका छौं भने आफ्नै प्रयासले यस दुस्त्यजमायालाई कसरी त्याग्न सक्छौं ।।५८।।

भवान् हि कारणं तत्र सर्वज्ञो जगदीश्वरः ।
अनुग्रहं निग्रहं वा मन्यसे तद् विधेहि नः ॥५९॥

हजुर सर्वज्ञ हुनुहुन्छ, सम्पूर्ण जगतका स्वामी हुनुहुन्छ । हजुरनै हाम्रो स्वभाव र मायाको कारण हुनुहुन्छ । अब आफ्नो इच्छाले जस्तो दण्ड दिनेहो अथवा कृपा गर्ने हो गर्नुहोस् ।।५९।।

शुक उवाच–
इत्याकर्ण्य वचः प्राह भगवान् कार्यमानुषः ।
नात्र स्थेयं त्वया सर्प समुद्रं याहि मा चिरम् ।
स्वज्ञात्यपत्यदाराढ्यो गोनृभिर्भुज्यतां नदी ॥६०॥

श्रीशुकदेवजी भन्नुहुन्छ– कालियनागको कुरा सुनेर लीलाका लागि मानिस हुनुभएका भगवान् श्रीकष्णले भन्नुभयो– हे सर्प ! अब तिमी यहाँ बस्नुहुदैन । अब आफ्ना स्त्री पुत्रपुत्रादिलाई लिएर समुद्रमा जाउ । अब यहाँ यमुनाको जल गाई र मानिसले उपभोग गर्दछन् ।।६०।।

य एतत् संस्मरेन्मर्त्यस्तुभ्यं मदनुशासनम् ।
कीर्तयन्नुभयोः सन्ध्योर्न युष्मद् भयमाप्नुयात् ॥६१॥

जो मानिस तिमीलाई दिएको आज्ञालाई स्मरण गर्दछन् उसलाई सर्पको कुनै भय हुदैन ।।६१।।

योऽस्मिन् स्नात्वा मदाक्रीडे देवादींस्तर्पयेज्जलैः ।
उपोष्य मां स्मरन्नर्चेत् सर्वपापैः प्रमुच्यते ॥६२॥

मैले यस कालिय दहमा कृडा गरेका कारण जो मानिस यहाँ स्नान गरेर यहाँको जलले आफ्ना पितृलाई तर्पण गर्दछन् अथवा यहाँ उपबास गरेर मेरो स्मरण गर्दछन् भने उ सबै पापले मुक्तहुन्छ ।।६२।।

द्वीपं रमणकं हित्वा ह्रदमेतमुपाश्रितः ।
यद् भयात्स सुपर्णस्त्वां नाद्यान्मत्पादलाञ्छितम् ॥६३॥

तिमी गरुडको डरले रमणक द्विपलाइ छाडेर यहाँ आइ बसेका हौं भन्नेकुरा मलाई थाहा छ । अब तिम्रो शरीर मेरो चरण चिन्हले अंकित भएको छ त्यसैले अब तिम्रो शरीर गरुडले खानेछैन ।।६३।।

श्री ऋषिरुवाच–
एवमुक्तो भगवता कृष्णेनाद्‌भुतकर्मणा ।
तं पूजयामास मुदा नागपत्न्य श्च सादरम् ॥६४॥

श्रीशुकदेवजी भन्नुहुन्छ– भगवान् श्रीकृष्णको एक एक लीला अद्भूत छन् वहाँको यस्तो आज्ञा पाएर कालियनागले आफ्ना पत्नीका साथमा बडो आनन्दसंग वहाँ श्रीकृष्णको पूजा गर्यो ।।६४।।

दिव्याम्बरस्रङ्‌मणिभिः परार्ध्यैरपि भूषणैः ।
दिव्यगन्धानुलेपैश्च महत्योत्पलमालया ॥६५॥

पूजयित्वा जगन्नाथं प्रसाद्य गरुडध्वजम् ।
ततः प्रीतोऽभ्यनुज्ञातः परिक्रम्याभिवन्द्य तम् ॥६६॥

सकलत्रसुहृत्पुत्रो द्वीपमब्धेर्जगाम ह ।
तदैव सामृतजला यमुना निर्विषाभवत् ।
अनुग्रहाद् भगवतः क्रीडामानुषरूपिणः ॥६७॥


उसले दिव्यवस्त्र, पुष्पमाला, मणि, बहुमुल्य गहनाहरु, दिव्य चन्दन र उत्तम कमलको मालाले जगतका स्वमी गरुडध्वज भगवान् श्रीकृष्णको पूजा गरेर प्रसन्न पार्यो । त्यसपछि धेरै आनन्द भएर प्रेमपूर्वक वहाँको परिक्रमा गरेर वहाँसंग अनुमति लिएर आफ्ना पत्नी पुत्रलाई साथै लिएर समुद्रमा जहाँ सर्पहरु रहने रमणक द्विप छ त्यहाँको लागि प्रस्थान गर्यो । लीलापुरुष भगवान् श्रीकृष्णको कृपाले यमुनाको जल विषहीन मात्र नभई अमृत समान भयो ।।६५–६७।।

इति श्रीमद्भावगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे षोडशोऽध्यायः ॥१६॥