श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - एकत्रिंशोऽध्यायः
(अनुष्टुप)
कर्मणा दैवनेत्रेण जन्तुर्देहोपपत्तये ।
स्त्रियाः प्रविष्ट उदरं पुंसो रेतःकणाश्रयः ॥ १ ॥
भगवानले भन्नुभयो—
हे माताजी! मनुस्य शरीरमा जन्म लिन अवसार पाएका जीवले भगवानको प्रेरणाले आफ्नो पूर्व कर्मानुसार देह प्राप्तिका लागि पुरुषको वीर्यद्वारा स्त्रीको पेटमा प्रवेश गर्दछ ।।१।।
कललं त्वेकरात्रेण पञ्चरात्रेण बुद्बुदम् ।
दशाहेन तु कर्कन्धूः पेश्यण्डं वा ततः परम् ॥ २ ॥
त्यहाँ एकै रातमा स्त्रीको रजमा मिलेर एकरूप कलल वन्दछ, पाँचौं रात्रीमा वुदवुद पानीको थोपा जस्तो हुन्छ, दस दिनमा वयर समान केहि साह्रो हुन्छ र त्यसपछि एक महिना भएपछि मांसपेशी अथाव अण्डाको रूपमा परिणत हुन्छ ।।२।।
मासेन तु शिरो द्वाभ्यां बाह्वङ्घ्र्याद्यङ्गविग्रहः ।
नखलोमास्थिचर्माणि लिङ्गच्छिद्रोद् भवस्त्रिभिः ॥ ३ ॥
एक महिना पछि उसको सिर वन्दछ, दुई महिनामा हात गोडा आदि अंगको विकाश हुन्छ र तीन महिनामा नङ, हाड, छाला, स्त्री पुरुषको चिन्ह तथा अन्य छिद्रहरू उत्पन्न हुन्छ ।।३।।
चतुर्भिर्धातवः सप्त पञ्चभिः क्षुत्तृडुद्भवः ।
षड्भिर्जरायुणा वीतः कुक्षौ भ्राम्यति दक्षिणे ॥ ४ ॥
चार महिनामा उसमा मांसादि सात धातु पैदा हुन्छ । पाँच महिनामा भोकप्यास र छः महिनामा जालोले वेरिएर त्यो दाहिने कोखमा घुम्न लाग्दछ ।।४।।
मातुर्जग्धान्नपानाद्यैः एधद् धातुरसम्मते ।
शेते विण्मूत्रयोर्गर्ते स जन्तुर्जन्तुसम्भवे ॥ ५ ॥
त्यस समयमा आमाले खाएको अन्न, जल आदिले उसको सबै शरीर पुष्टि हुन्छ र त्यो कीरा आदि जन्तुको उत्पत्ति स्थान त्यो गर्भरूप जघन्य मलमुत्रको खाल्डोमा पर्दछ ।।५।।
कृमिभिः क्षतसर्वाङ्गः सौकुमार्यात्प्रतिक्षणम् ।
मूर्च्छां आफ्नोति उरुक्लेशः तत्रत्यैः क्षुधितैर्मुहुः ॥ ६ ॥
त्यो कुमार त हुन्छ नै, त्यसले त्यहाँका भोका कीराहरूले उसको शरीरमा टोक्दछन । अनि कलिलो शरीरको कारण अत्यन्त पीडा हुनाले त्यो क्षणक्षणमा अचेत हून्छ ।।६।।
कटुतीक्ष्णोष्णलवण रूक्षाम्लादिभिरुल्बणैः ।
मातृभुक्तैरुपस्पृष्टः सर्वाङ्गोत्थितवेदनः ॥ ७ ॥
आमाले खाएको तीतो, पीरो तातो नुनिलो र अमिलो आदि उग्र पदार्थ आदिको स्पर्श हुनाले उसलाई सम्पूण शरीरमा पीडा हुन्छ ।।७।।
उल्बेन संवृतस्तस्मिन् अन्त्रैश्च बहिरावृतः ।
आस्ते कृत्वा शिरः कुक्षौ भुग्नपृष्ठशिरोधरः ॥ ८ ॥
त्यो जीव माताको गर्भाशयमा जालोले बेरिएर तथा बाहिर आन्द्राले बेरिएको हुंदा त्यो शिर, पिठ्यु घाटी दोब्रिएर डल्लो जस्तो हुन्छ ।।८।।
अकल्पः स्वाङ्गचेष्टायां शकुन्त इव पञ्जरे ।
तत्र लब्धस्मृतिर्दैवात् कर्म जन्मशतोद्भवम् ।
स्मरन् दीर्घमनुच्छ्वासं शर्म किं नाम विन्दते ॥ ९ ॥
पिञ्जडमा वन्द पंक्षी समान पराधीन र अंग चलाउन डुलाउन पनि असमर्थ हुन्छ, यसै समय अदृष्ट दैवको प्ररणाले उसलाई स्मरण शक्ति प्राप्तहुन्छ तव उसलाई आफ्नो सयकडौं जन्मको कर्मको याद आउछ र त्यो वचैन हुन्छ । लामो लामो सास फेर्न थाल्दछ । यस्तो अवस्थामा उसलाई कुन शान्ति मिल्दछ र ? ।।९।।
आरभ्य सप्तमान् मासात् लब्धबोधोऽपि वेपितः ।
नैकत्रास्ते सूतिवातैः विष्ठाभूरिव सोदरः ॥ १० ॥
सातौं महिनाको आरम्भ भएपछि उसलाई ज्ञान शक्तिको पनि उदय हुन्छ । तर प्रसूति वायुले चलायमान हुनाका कारण त्यो यसै शरीरमा उत्पन्न भएका कीरा, विष्टाको समान एकै ठाँउमा रहन शक्तैन ।।१०।।
नाथमान ऋषिर्भीतः सप्तवध्रिः कृताञ्जलिः ।
स्तुवीत तं विक्लवया वाचा येनोदरेऽर्पितः ॥ ११ ॥
अनि सात धातुले युक्त शरीरले वाधिएको त्यो पूर्व जन्मको स्मरण भएको जीव अत्यन्त डराउदै दीन वचनले कृपायचना गर्दै उसलाई जसले माताको गर्भमा पठाएका थिए, हात जोडेर उनै प्रभुको स्तुति गर्दछ । ।।११।।
जन्तुरुवाच –
(वसंततिलका)
तस्योपसन्नमवितुं जगदिच्छयात्त
नानातनोर्भुवि चलत् चरणारविन्दम् ।
सोऽहं व्रजामि शरणं ह्यकुतोभयं मे
येनेदृशी गतिरदर्श्यसतोऽनुरूपा ॥ १२ ॥
जीव भन्दछ— भगवानले मलाई जुन यसप्रकारको गति देखाउनु भएको छ त्यो मेरा लागि योग्य नै छ । हजूरको शरणमा आएको यस नश्वर जगतको रक्षाको लागि अनेक प्रकारको रूपधारणा गर्दछ, म धेरै अधम हुँ । त्यसैले म पृथ्वीमा विचरण गर्ने भएको, निर्भय भएर वहाँको भय हीन चरणको शरण लिन्छु ।।१२।।
यस्त्वत्र बद्ध इव कर्मभिरावृतात्मा
भूतेन्द्रियाशयमयीमवलम्ब्य मायाम् ।
आस्ते विशुद्धमविकारमखण्डबोधम्
आतप्यमानहृदयेऽवसितं नमामि ॥ १३ ॥
यस आमाको पेटमा देह, इन्द्रिय र अन्तःकरणरूप मायाको आश्रयमा परेर पाप पुण्यरूप कर्मले आच्छादित रहेका कारण वाधिए जस्तै छु । अहिले यहि सन्तप्त हृदयमा प्रतित भएको उहि विशुध्द (उपािध रहित) अविकार र अखण्ड वोधस्वरूप परमात्मालाई नमस्कार गर्दछु ।।१३।।
यः पञ्चभूतरचिते रहितः शरीरे
च्छन्नोऽयथेन्द्रियगुणार्थचिदात्मकोऽहम् ।
तेनाविकुण्ठमहिमानमृषिं तमेनं
वन्दे परं प्रकृतिपूरुषयोः पुमांसम् ॥ १४ ॥
वस्तुतः शरीरादिले सहित (असंग) हुनाले पनि अविद्याका कारण देख्नमा पाञ्चभौतिक शरीरबाट सम्वध्द जस्तो देखिन्छन । यसैले इन्द्रिय गुण शव्दादि विषय र चिदाभास (अहंकार) स्वरूप स्थित भएका देखिन्छन तर यो शरीरादिको आरणबाट जस्को महिमा कुण्ठित हुदैन । त्यस प्रकृति र पुरुषको नियन्ता सर्बज्ञ (विद्याशक्ति सम्पन्न) परम परुषलई म वन्दना गर्दछु ।।१४।।
यन्माययोरुगुणकर्म निबन्धनेऽस्मिन्
सांसारिके पथि चरन् तदभिश्रमेण ।
नष्टस्मृतिः पुनरयं प्रवृणीत लोकं
युक्त्या कया महदनुग्रहमन्तरेण ॥ १५ ॥
वहाँकै मायाबाट आफ्नो स्वरूपको स्मृति नष्ट हुनाको कारण यो जीव अनेक प्रकारको सत्वादि गुण र कर्मको वन्धनले युक्त यस संसार मार्गमा विभिन्न किसिमको कष्ट भोग्दै भड्किरहन्छ, अतः उन परमपुरुषको कृपा विना र कुन युक्तिले आफ्नो स्वरूपको ज्ञान हुन सक्ला र ? ।।१५।।
ज्ञानं यदेतद् अदधात्कतमः स देवः
त्रैकालिकं स्थिरचरेष्वनुवर्तितांशः ।
तं जीवकर्मपदवीं अनुवर्तमानाः
तापत्रयोपशमनाय वयं भजेम ॥ १६ ॥
मलाई जुन यो त्रैकालिक ज्ञान प्राप्त भएको छ । त्यो पनि उनै सिबौय अरु कसैले दिएको होइन । किनकि स्थावर जंगम आदि समस्त प्राणीमा एकमात्र उनै अन्तर्यामीरूप अंशले विद्यमान छन । त्यसैले जीवरूप कर्मको पदवी पाएका हामी जीवहरू आफ्नो तिनै ताप शान्तिका लागि वहाँकै भजन गर्दछौं ।।१६।।
देह्यन्यदेहविवरे जठराग्निनासृग्
विण्मूत्रकूपपतितो भृशतप्तदेहः ।
इच्छन्नितो विवसितुं गणयन् स्चमासान्
निर्वास्यते कृपणधीर्भगवन् कदा नु ॥ १७ ॥
हे भगवन् यो देहधारि जीव मलमुत्र र रगतको कुवामा गिरेको छ । उसको जठाराग्निले यो शरीर अत्यन्त सन्तप्त भैरहेको छ । यहाँबाट निस्कने इच्छा गरेकोले यो आफ्नो महिना गनि रहेको छ । हे भगवन्! अव यो जीव यहाँबाट कहिले निस्कने हो ? ।।१७।।
येनेदृशीं गतिमसौ दशमास्य ईश
सङ्ग्राहितः पुरुदयेन भवादृशेन ।
स्वेनैव तुष्यतु कृतेन स दीननाथः
को नाम तत्प्रति विनाञ्जलिमस्य कुर्यात् ॥ १८ ॥
हे भगवान्! हजूर वडो दयालु हुनुहुन्छ, हजूर जस्तो उदार प्रभुले नै यस दश महिनाको जीवलई यस्तो उत्कृष्ट ज्ञान दिनुभएको छ । दीनवन्धो ! यो हजूरले गर्नु भएको उपकारवाट नै हजूर प्रसन्न हुनुहोस किनकि हात जोड्नु भन्दा यस उपकारको वदला हजूरलाई कसले के नै दिन सक्छ र ? ।।१८।।
पश्यत्ययं धिषणया ननु सप्तवध्रिः
शारीरके दमशरीर्यपरः स्वदेहे ।
यत्सृष्टयाऽऽसं तमहं पुरुषं पुराणं
पश्ये बहिर्हृदि च चैत्यमिव प्रतीतम् ॥ १९ ॥
प्रभो! संसारका पशुपक्षि आदि जीव त आफ्नो मुढ बुध्दिको अनुसार आफ्नो शरीरमा हुने सुखदुःखको नै अनुभव गर्दछन् तर मैल त हजूरको कृपाले सम, दमादि साधन सम्पन्न शरीरले युक्त भएको छु । त्यसैले हजूरले दिनु भएको विवेक बुध्दिले हजूर पुराणपुरुषलाई आफ्नो शरीरको बाहिर भित्र अहंकारको आश्रयभुत आत्मा को भाँति प्रत्यक्ष अनुभव गर्दछु ।।१९।।
सोऽहं वसन्नपि विभो बहुदुःखवासं
गर्भान्न निर्जिगमिषे बहिरन्धकूपे ।
यत्रोपयातमुपसर्पति देवमाया
मिथ्या मतिर्यदनु संसृतिचक्रमेतत् ॥ २० ॥
भगवन् यस अत्यन्त दुःखले भरिएको गर्भाशयमा यद्यपि म वडो कष्टले रहेको छु । त्यसैले पनि यहाँबाट बहिर निस्केर संसारमय अन्धकुपमा फस्ने मलाई कुनै इच्छा छैन किनकि त्यस्मा जाने जीवलाई हजूरको मायाले घेर्दछ । जस्को कारण उसको शरीरमा अहं बुध्दि हुन जान्छ र त्यसको फलले उसलाई फेरि यस संसार चक्रमा पर्नु पर्दछ ।।२०।।
तस्मादहं विगतविक्लव उद्धरिष्य
आत्मानमाशु तमसः सुहृदाऽऽत्मनैव ।
भूयो यथा व्यसनमेतदनेकरन्ध्रं
मा मे भविष्यदुपसादितविष्णुपादः ॥ २१ ॥
अतः म व्याकुलतालाई छाडेर हृदयमा विष्णु भगवानको चरणलाई स्थपित गरेर आफ्नो बुध्दिको सहायताले नै आफुलाई चाँढै नै य संसाररूप समुद्रबाट पार लगाउदछु, जसबाट मलाई अनेक प्रकारको दोषले युक्त यो संसार–दुःख फेरी प्राप्त नहोस ।।२१।।
कपिल उवाच -
(अनुष्टुप)
एवं कृतमतिर्गर्भे दशमास्यः स्तुवन्नृषिः ।
सद्यः क्षिपत्यवाचीनं प्रसूत्यै सूतिमारुतः ॥ २२ ॥
कपिल भगवानले भन्नुभयो—
माता! त्यो दस महिनाको जीव गर्भमा नै जव यस प्रकार विवेक सम्पन्न भएर भगवानको स्तुति गर्दछ तव त्यो अधोमुख बालकलाई प्रसब कालको वायुले तत्काल बाहिर आउनका लागि धकेल्दछ ।।२२।।
तेनावसृष्टः सहसा कृत्वावाक् शिर आतुरः ।
विनिष्क्रामति कृच्छ्रेण निरुच्छ्वासो हतस्मृतिः ॥ २३ ॥
यसरी फ्याँकिनाले त्यो बालक अत्यन्त व्याकुल भएर तल सिर गरेर वडो कष्टले वाहिर निस्कन्छ । त्यस समय उस्को श्वासको गति रोकिन्छ र मुत्रमा परेको त्यो वालक विष्टाको किरा समान छटपटाउदछ । उसको गर्भ वासमा छदाको ज्ञान नष्ट हुन्छ । उसलाई विपरित गति (देहाभिमान अज्ञान दशा) प्राप्त भएर वारंवार जोडले रुन थाल्दछ ।।२४।।
पतितो भुव्यसृङ्मूत्रे विष्ठाभूरिव चेष्टते ।
रोरूयति गते ज्ञाने विपरीतां गतिं गतः ॥ २४ ॥
परच्छन्दं न विदुषा पुष्यमाणो जनेन सः ।
अनभिप्रेतमापन्नः प्रत्याख्यातुमनीश्वरः ॥ २५ ॥
फेरि जो मानिस पहिलाको अभिप्राय बुझ्न सकेको हुदैन, उसैद्वारा उसको पालन पोषण हुन्छ । यस्तो अवस्थामा उसलाई प्रतिकुलता प्राप्त हुन्छ । त्यसको निषेध गर्ने शक्ति पनि उसमा हुदैन ।।२५।।
शायितोऽशुचिपर्यङ्के जन्तुः स्वेदजदूषिते ।
नेशः कण्डूयनेऽङ्गानां आसनोत्थानचेष्टने ॥ २६ ॥
जव त्यस जीवलाई शिशु अवस्थामा मैलो फेहर खाटमा सुताइ दिन्छन त्यसमा उडुस आदि स्वेदज जीव ले टोक्दछन तव उसमा शरीरको चिलाउने, उठाउने अथवा फर्काउने पनि सामथ्र्य नभएका कारण ठुलो कष्ट भोग्दछ ।।२६।।
तुदन्त्यामत्वचं दंशा मशका मत्कुणादयः ।
रुदन्तं विगतज्ञानं कृमयः कृमिकं यथा ॥ २७ ॥
उसको छाला अत्यन्त कमल हुन्छ उसलाई ठुलो किराले सानो किरालाई टोकेझैं डाठ, लामाखुट्टे र उडुस आदिले त्यसै गरी टोक्दछन । त्यस समय उस्को गर्भावस्थाको सबै ज्ञान बिर्सन्छ । रुनु बाहेक उ केहि पनि गर्न सक्तैन ।।२७।।
इत्येवं शैशवं भुक्त्वा दुःखं पौगण्डमेव च ।
अलब्धाभीप्सितोऽज्ञानाद् इद्धमन्युः शुचार्पितः ॥ २८ ॥
यस प्रकार बाल्य, कौमार र पौगण्ड अवस्थाको दुःख भोगेर त्यो बालक युवा अवस्थामा पुग्दछ । त्यस समय उसलाई रिस उठ्दछ । र त्यो शोकाकुल हुन्छ ।।२८।।
सह देहेन मानेन वर्धमानेन मन्युना ।
करोति विग्रहं कामी कामिष्वन्ताय चात्मनः ॥ २९ ॥
देहको साथसाथै अभिमान र रिस बढ्नाले आफ्नै नाश गर्नाका निम्ति आफु समानको अर्को कामी पुरुषको साथ दुस्मनी गर्दछ ।।२९।।
भूतैः पञ्चभिरारब्धे देहे देह्यबुधोऽसकृत् ।
अहं ममेत्यसद्ग्राहः करोति कुमतिर्मतिम् ॥ ३० ॥
त्यो जीव पञ्चभुतले रचिएको यस देहमा अज्ञान र मन्दमति कारण निरन्तर मर मेरो भन्ने अभिमान बुध्दिले गर्दा असत आग्रह गर्न थाल्दछ ।।३०।।
तदर्थं कुरुते कर्म यद्बद्धो याति संसृतिम् ।
योऽनुयाति ददत्क्लेशं अविद्याकर्मबन्धनः ॥ ३१ ॥
जुन शरीरले उसलाई वृध्दावस्था आदि अनेक प्रकारको कष्ट दिन्छ अथवा अविद्या र कर्मको सूत्रले वाँधिएको कारण सधैं यसको पछि लागिरहन्छ । जसमा बाँधिएका कारण वारंवार जन्ममरणरूप चक्रमा पर्दछ ।।३१।।
यद्यसद्भि पथि पुनः शिश्नोदरकृतोद्यमैः ।
आस्थितो रमते जन्तुः तमो विशति पूर्ववत् ॥ ३२ ॥
सन्मार्गमा चल्न लागेका समयमा यदि जिव्हवा र उपस्थेन्द्रिय भोगमा लागेको विषयी पुरुषबाट समागम भएर उसैको अनुसार अनुगमन गर्न लाग्दछ ता पहिले को जस्तै फेरी नारकी योनिमा पर्दछ ।।३२।।
सत्यं शौचं दया मौनं बुद्धिः श्रीर्ह्रीर्यशः क्षमा ।
शमो दमो भगश्चेति यत्सङ्गाद्याति सङ्क्षयम् ॥ ३३ ॥
जस्को संगतले उसको सत्य, शौच, दया, वाणीको संयम, बुध्दि, धनसम्पत्ति, लज्जा, यश, क्षमा, मन र इन्द्रियको सम्यम तथा ऐश्वर्य आदि सबै गुणहरू नष्ट हुन्छन ।।३३।।
तेष्वशान्तेषु मूढेषु खण्डितात्मस्वसाधुषु ।
सङ्गं न कुर्याच्छोच्येषु योषित् क्रीडामृगेषु च ॥ ३४ ॥
त्यसैले स्त्रीहरूको खेलौना, अशान्त, मुढ र देहात्मदशीर्, अत्यन्त शोचनीय, असत्पुरुषको संगत कहिले पनि गर्न हुदैन ।।३४।।
न तथास्य भवेन्मोहो बन्धश्चान्यप्रसङ्गतः ।
योषित्सङ्गात् यथा पुंसो यथा तत्सङ्गिसङ्गतः ॥ ३५ ॥
किनकि यस जीवको कुनै अरु संग संगत गर्नाले यस्तो मोह र वन्धन हुदैन, जसरी अरु स्त्रीहरूको संगत गर्नाले हुन्छ ।।३५।।
प्रजापतिः स्वां दुहितरं दृष्ट्वा तद् रूपधर्षितः ।
रोहिद्भूतां सोऽन्वधावद् ऋक्षरूपी हतत्रपः ॥ ३६ ॥
एकपटक आफ्नी छोरी सरस्वतीलाई देखेर ब्रहा पनि उनको रूपलावण्यले मोहित भएका थिए । ती कन्या मृगरूप भएर भाग्दा पनि ब्रह्मा उनको पछाडि निर्लज्जता पूर्वक मृग भएर दौडन लागे ।।३६।।
तत्सृष्टसृष्टसृष्टेषु को न्वखण्डितधीः पुमान् ।
ऋषिं नारायणमृते योषिन् मय्येह मायया ॥ ३७ ॥
उनै ब्रह्माजीका छोरा मरिचिआदिले देव मनुष्यको सृष्टि गरे । यिनमा ऋषि नारायणलाई छाडेर स्त्रीरुपिणी मायाले मोहित नभएका अर्को कुन पुरुष हुनसक्छ र ।।३७।।
बलं मे पश्य मायायाः स्त्रीमय्या जयिनो दिशाम् ।
या करोति पदाक्रान्तान् भ्रूविजृम्भेण केवलम् ॥ ३८ ॥
माताजी! अहो! मेरो यस स्त्री रूपिणी मायाको वल ता हेर्नुहोस, ती ता आफ्नो आँखिभूईको इसारले नै ठुला वीरहरूलाई आफ्ना पैतालाले कुल्चिन्छिन ।।३८।।
(इन्द्रवज्रा)
सङ्गं न कुर्यात्प्रमदासु जातु
योगस्य पारं परमारुरुक्षुः ।
मत्सेवया प्रतिलब्धात्मलाभो
वदन्ति या निरयद्वारमस्य ॥ ३९ ॥
जो पुरुष योगको परम पदमा आरुढ हुन चाहान्छन अथवा जसमा मेरो सेवाको प्रभावले आत्मा अनात्माको विवेक भएको छ, उसले स्त्रीको संगत कहिले पनि नगर्नु किनकि योगीका निम्ति ज्ञानीहरूले स्त्रीलाई नरकको खुलाढोका बताएका छन ।।३९।।
(अनुष्टुप)
योपयाति शनैर्माया योषिद् देवविनिर्मिता ।
तामीक्षेतात्मनो मृत्युं तृणैः कूपमिवावृतम् ॥ ४० ॥
भगवानले रच्नु भएको यो स्त्रीरुपिणी माया विस्तारै विस्तारै सेवा आदिको भावले नजिक आउदछन । ज्ञानीहरुले ता यसलाई घाँसले ढाकिएको कुवाको समान आफ्नो मृत्यु सम्झनु पर्दछ ।।४०।।
यां मन्यते पतिं मोहान् मन्मायामृषभायतीम् ।
स्त्रीत्वं स्त्रीसङ्गतः प्राप्तो वित्तापत्यगृहप्रदम् ॥ ४१ ॥
स्त्रीमा आशक्ति हुनाका कारण तथा तथा अन्त्यसमयमा स्त्रीको नै ध्यान हुनाले जीवलाई स्त्रीयोनी प्राप्त हुन्छ । यस प्रकार स्त्रीयोनी प्राप्त भएको जीव पुरुषरूपकी मेरी मायालाई नै धन, पुत्र र घार आदि दिने आफ्नो पति मान्दछ ।।४१।।
तां आत्मनो विजानीयात् पत्यपत्यगृहात्मकम् ।
दैवोपसादितं मृत्युं मृगयोर्गायनं यथा ॥ ४२ ॥
त्यो जसरी ब्याधाको गाना कानलाइ प्रिय लागे पनि विचरा सिदासादा पशुपक्षिलाई फसाएर नाश गर्दछ त्यस्तै प्रकार ती पुत्र, पति, र घर आदिलाई विधाताको निश्चित गरेको आफ्नो मृत्यु सम्झनु पर्दछ ।।४२।।
देहेन जीवभूतेन लोकात् लोकमनुव्रजन् ।
भुञ्जान एव कर्माणि करोत्यविरतं पुमान् ॥ ४३ ॥
देवी जीवको उपाधि भूत लिंगदेह द्वारा पुरुष एक लोकबाट अर्कोलोकमा जान्छ र आफ्नो प्रारव्ध कर्मलाई भोग्ने भएको निरन्तर अन्य देहको प्राप्तिका लागि विभिन्न थरिका कर्म गर्दै जान्छ ।।४३।।
जीवो ह्यस्यानुगो देहो भूतेन्द्रियमनोमयः ।
तन्निरोधोऽस्य मरणं आविर्भावस्तु सम्भवः ॥ ४४ ॥
जीवको उपाधिरूप लिंग शरीर ता मोक्ष सम्म पनि उसको साथै रहन्छ भूत, इन्द्रिय र मनको कार्यरूप स्थूल शरीर यसको योगाधिष्ठान हो । दुवैको परस्परमा संगठन भएर कार्य नगर्नु नै मानिसको मृत्यु हुनु हो । दुवैको एकै साथ प्रकट हुनुलाई जन्म भनिन्छ ।।४४।।
द्रव्योपलब्धिस्थानस्य द्रव्येक्षायोग्यता यदा ।
तत्पञ्चत्वं अहंमानाद् उत्पत्तिर्द्रव्यदर्शनम् ॥ ४५ ॥
पदार्थको उपलब्धिको स्थानरूप यस स्थूल शरीर मा जव उसलाई ग्रहण गर्ने योग्यता रहदैन, यो उसको मरण हो र यो स्थूल शरीर नै मै हुँ यस अभिमानका साथ उसलाई देख्नु उस्को जन्म हो ।।४५।।
यथाक्ष्णोर्द्रव्यावयव दर्शनायोग्यता यदा ।
तदैव चक्षुषो द्रष्टुः द्रष्टृत्वायोग्यतानयोः ॥ ४६ ॥
आँखामा जव कुनै दोशको कारण रूपादिलाई देख्ने योग्यता रहदैन र त्यसमा रहने चक्षु इन्द्रिय पनि रूप देख्नमा असमर्थ हुन्छ तब यी दुवैको साक्षि जीवमा पनि यो देख्ने योग्यता रहदैन ।।४६।।
तस्मान्न कार्यः सन्त्रासो न कार्पण्यं न सम्भ्रमः ।
बुद्ध्वा जीवगतिं धीरो मुक्तसङ्गश्चरेदिह ॥ ४७ ॥
त्यसैले मुमुक्षु पुरुषले मरणादिमा भय, जीवनमा दीनता अथवा मोह गर्नहुदैन । उसले जीवको स्वरूपतालाई जानेर धैर्य पूर्वक निसङ्ग भावले विचरण गर्नु पर्दछ ।।४७।।
सम्यग्दर्शनया बुद्ध्या योगवैराग्ययुक्तया ।
मायाविरचिते लोके चरेन्न्यस्य कलेवरम् ।।४८।।
तथा यस मायमय सांरमा योग वैराग्य युक्त सम्यक ज्ञानमयी बुध्दिले शरीरलाई खम्बा जसरी राखेर त्यो प्रति अनाशक्त भएर रहनु पर्दछ ।।४८।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे कपिलेयोपाख्याने जीवगतिर्नाम एकयस्त्रिंशोऽध्यायः ॥ ३१ ॥
