श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः–सप्तमोऽध्यायः
श्रीराजोवाच –
(अनुष्टुप्)
कस्य हेतोः परित्यक्ता आचार्येणात्मनः सुराः ।
एतद् आचक्ष्व भगवन् शिष्याणामक्रमं गुरौ ॥ १ ॥
राजा परीक्षितले सोधे–
भगवन् ! देवताहरूका आचार्य वृहस्पतिले के कारणले आफ्ना प्यारा शिष्य देवताहरूलाई त्याग्नु भएको हो ? देवताहरूले आफ्ना गुरुदेवमाथि यस्तो के अपराध गरेका थिए । यस बारेमा मलाई सबै कुरा बताऊनुहोस ।।१।।
श्रीशुक उवाच –
इन्द्रस्त्रिभुवनैश्वर्य मदोल्लङ्घितसत्पथः ।
मरुद्भिर्वसुभी रुद्रैः आदित्यैर्ऋभुभिर्नृप ॥ २ ॥
विश्वेदेवैश्च साध्यैश्च नासत्याभ्यां परिश्रितः ।
सिद्धचारणगन्धर्वैः मुनिभिर्ब्रह्मवादिभिः ॥ ३ ॥
विद्याधराप्सरोभिश्च किन्नरैः पतगोरगैः ।
निषेव्यमाणो मघवान् स्तूयमानश्च भारत ॥ ४ ॥
उपगीयमानो ललितं आस्थानाध्यासनाश्रितः ।
पाण्डुरेणातपत्रेण चन्द्रमण्डलचारुणा ॥ ५ ॥
युक्तश्चान्यैः पारमेष्ठ्यैः चामरव्यजनादिभिः ।
विराजमानः पौलम्या सहार्धासनया भृशम् ॥ ६ ॥
श्रीशुकदेवजीले भन्नुभयो–
राजन् ! तीनलोकको ऐश्वर्य पाएर ईन्द्रलाइ घमण्ड जागेको थियो । यहि घमण्डले गर्दा उनले धर्ममर्यादा र सदाचारलाई उलंघन गर्न लागे । एक दिनको कुरा हो, उनी ठुलो सभामा आफ्नी पत्नी सहति अग्लो सिंहासनमा बसेका थिए । उनान्चास मरुद्गण, आठ वशु, एघार रुद्र, आदित्य, ऋभुगण, विश्वेदेव, साध्यगण र दुई अश्विनीकुमार उनको सेवामा उपस्थित भएका थिए । सिद्ध, चारण, गन्धर्व, व्रम्हवादी मुनिहरू, विद्याधर, अप्सराहरू, किन्नर, पक्षी, र नागहरू उनको सेवा स्तुति गरिरहेका थिए । माथि पटि चन्द्रमण्डल समान सेतो छाताले सोभायमान थियो । चमर पंखा आदि सामग्रीहरू आ–आफ्ना ठाँउमा सुसज्जित थिए । यस्तो सभामा देवराज धेरै सुशोभित भएका थिए ।।२।६।।
स यदा परमाचार्यं देवानां आत्मनश्च ह ।
नाभ्यनन्दत सम्प्राप्तं प्रत्युत्थानासनादिभिः ॥ ७ ॥
वाचस्पतिं मुनिवरं सुरासुरनमस्कृतम् ।
नोच्चचालासनादिन्द्रः पश्यन्नपि सभागतम् ॥ ८ ॥
यसै समयमा देवराज इन्द्र र सबै देवताहरूका परम आचार्य वृहस्पति पनि त्यहाँ आउँनु भयो । उनलाई सबै देव–दैत्यहरू नमस्कार गर्दछन । इन्द्रले उनलाई सभामा आएको देखे तर उनी न उभिए भए न आसनादि दिएर स्वागत सत्कार गरे यहाँसम्म की उनी आफ्नो आसनबाट डेग चलेनन ।।७।८।।
ततो निर्गत्य सहसा कविराङ्गिरसः प्रभुः ।
आययौ स्वगृहं तूष्णीं विद्वान् श्रीमदविक्रियाम् ॥ ९ ॥
त्रिकालदर्शी समर्थवान बृहस्पतिले उनलाई ऐश्वर्य मदको दोष देखे त्यसैले तत्कालै त्यहाँबाट निक्लिएर आफ्नो घरतिर लागे ।।९।।
तर्ह्येव प्रतिबुध्येन्द्रो गुरुहेलनमात्मनः ।
गर्हयामास सदसि स्वयं आत्मानमात्मना ॥ १० ॥
परीक्षित् ! त्यस समय देवराज इन्द्रलाई चेत खुल्यो उनले आफुले आफ्ना गुरुलाई अपमान गरेको सोचे । उनले त्यस सभामा स्वयं आफैलाई निन्दा गर्न लागे ।।१०।।
अहो बत मयासाधु कृतं वै दभ्रबुद्धिना ।
यन्मयैश्वर्यमत्तेन गुरुः सदसि कात्कृतः ॥ ११ ॥
अहो ! यो त धेरै खेदको कुरा हो । यत्रो सभामा मैले ऐश्वर्यको नशामा अन्धो भएर घमण्डले आफ्ना गुरुलाई तिरस्कार गरें । मैले अत्यन्त निन्दनीय काम गरें ।।११।।
को गृध्येत् पण्डितो लक्ष्मीं त्रिपिष्टपपतेरपि ।
ययाहमासुरं भावं नीतोऽद्य विबुधेश्वरः ॥ १२ ॥
कुन पुरुषले यो स्वर्गको राजलक्ष्मीलाई पाउने इच्छा गर्दछ ? आज यसैले म देवराज इन्द्रलाई पनि रजोगुणी भाव हुनगयो ।।१२।।
यः पारमेष्ठ्यं धिषणं अधितिष्ठन्न कञ्चन ।
प्रत्युत्तिष्ठेदिति ब्रूयुः धर्मं ते न परं विदुः ॥ १३ ॥
सार्वभौभ राजसिंहासनमा बसेको सम्राटले कोहि आउदैमा राजसिंहासनबाट नउठे पनि हुन्छ भनेर जसले भन्दछ भने उसले धर्मको वास्तविक स्वरूपलाई बुझेको हुदैन ।।१३।।
तेषां कुपथदेष्टॄणां पततां तमसि ह्यधः ।
ये श्रद्दध्युर्वचस्ते वै मज्जन्त्यश्मप्लवा इव ॥ १४ ॥
यस्तो उपदेश गर्नेहरू कुमार्ग तिर लाग्दछन रं घोर नरकमा पर्दछ । उनीहरूको कुरामा जस्ले विश्वास गर्दछ त्यो ढुंगै ढुंगाको डुंगा झैं डुब्दछ ।।१४।।
अथाहं अमराचार्यं अगाधधिषणं द्विजम् ।
प्रसादयिष्ये निशठः शीर्ष्णा तच्चरणं स्पृशन् ॥ १५ ॥
गुरुदेव वृहस्पति ज्ञानको भण्डार हुनुन्थ्यो, अब म सबै सठता त्यागेर उहाँको चरणमा आफ्नो सिर राखेर वहाँलाई मनाउँदछु ।।१५।।
एवं चिन्तयतस्तस्य मघोनो भगवान्गृहात् ।
बृहस्पतिर्गतोऽदृष्टां गतिमध्यात्ममायया ॥ १६ ॥
हे परिक्षित ! देवराज इन्द्र यसप्रकार यस्तो सोचिरहेका थिए भगवान् बृहस्पति आफ्नो घरबाट निक्लेर योगवलले अदृश्य हुनुभयो ।।१६।।
गुरोर्नाधिगतः संज्ञां परीक्षन् भगवान् स्वराट् ।
ध्यायन् धिया सुरैर्युक्तः शर्म नालभतात्मनः ॥ १७ ॥
देवाराज इन्द्रले आफ्ना गूरुलाई धैरै खोजे तर कहिँ पनि पाउँन सकेनन तब उनी गुरु बिना सुरक्षित भएनन् अनि देवताहरूको साथ आफ्नो बुद्धिको अनुसार स्वर्गको रक्षाका लागि उपायको बारेमा सोच्न लागे तर केहि उपाय सोच्न सकेनन । त्यसैले उनको चित्त असान्ति भयो ।।१७।।
तच्छ्रुत्वैवासुराः सर्व आश्रित्यौशनसं मतम् ।
देवान् प्रत्युद्यमं चक्रुः दुर्मदा आततायिनः ॥ १८ ॥
परीक्षित ! दैत्यहरूले देवगुरु वृहस्पति र देवराज इन्द्रको मनमुटावको बारेमा थाहा पाए । अनि उनीहरू मदोन्मत्त भएर ती आततायी असुरहरूले आफ्ना गुरु शुक्राचार्यको सल्लाह अनुसार देवताहरू माथि आक्रमण गरे ।।१८।।
तैर्विसृष्टेषुभिस्तीक्ष्णैः निर्भिन्नाङ्गोरुबाहवः ।
ब्रह्माणं शरणं जग्मुः सहेन्द्रा नतकन्धराः ॥ १९ ॥
उनीहरूले देवाताहरू माथि चलाएको तीखा वाणले देवताहरूको सिर, हात आदि काटिएर खस्दथे. । त्यसपछि इन्द्रका साथ सबै देवताहरू ब्रम्हाको शरणमा गए ।।१९।।
तान् तथाभ्यर्दितान् वीक्ष्य भगवान् आत्मभूरजः ।
कृपया परया देव उवाच परिसान्त्वयन् ॥ २० ॥
स्वयम्भू भगवान् ब्रम्हाजीले देवताहरूको धेरै दुर्दशा भइरहेको देखेर वहाँको हृदय करुणाले भरियो ।।२०।।
श्रीब्रह्मोवाच –
अहो बत सुरश्रेष्ठा ह्यभद्रं वः कृतं महत् ।
ब्रह्मिष्ठं ब्राह्मणं दान्तं ऐश्वर्यान् नाभ्यनन्दत ॥ २१ ॥
ब्रम्हाजीले भन्नुभयो–
देवताहरू! यो त धेरै चिन्ताको कुरा हो । किनकि तिमीहरूले धेरै नराम्रो काम गर्यौ । हेर ! तिमीहरूले ऐश्वर्यले अन्धो भएर ब्रम्हज्ञानी, वेदज्ञ एवं सम्यमी ब्राम्हणलाई सत्कार गरेनौ ।।२१।।
तस्यायमनयस्यासीत् परेभ्यो वः पराभवः ।
प्रक्षीणेभ्यः स्ववैरिभ्यः समृद्धानां च यत् सुराः ॥ २२ ॥
तिमीहरू समृद्धिशाली भएर पनि आज त्यहि अनितिको फलले आफुभन्दा दुर्वल सत्रुहरूका अगाडि कमजोर हुनपुग्यौ ।।२२।।
मघवन् द्विषतः पश्य प्रक्षीणान् गुर्वतिक्रमात् ।
सम्प्रत्युपचितान् भूयः काव्यमाराध्य भक्तितः ।
आददीरन् निलयनं ममापि भृगुदेवताः ॥ २३ ॥
देवराज ! हेर तिम्रो सत्रुहरूले पनि पहिले आफ्ना गुरुदेवलाई तिरस्कार गरेका कारण अत्यन्त निर्वल भएका थिए । पछि भक्तिभावले उनको आराधना गर्नाले फेरी उनीहरू धनजनले सम्पन्न भए । देवताहरू ! शुक्राचार्यलाई आफ्नो आराध्यदेव मान्ने यी दैत्यहरूले कुनै दिन मेरो ब्रम्हलोकलाई पनि हर्नेछन कि भन्ने लागिरहेको छ ।।२३।।
त्रिपिष्टपं किं गणयन्त्यभेद्य
मंत्रा भृगूणामनुशिक्षितार्थाः ।
न विप्रगोविन्दगवीश्वराणां
भवन्त्यभद्राणि नरेश्वराणाम् ॥ २४ ॥
भृगुवंशीहरूले यिनीहरूलाई अर्थशास्त्रको बारेमा पुरै शिक्षा दिएका छन । यिनीहरू के गर्दछन भन्ने बारेमा तिमीहरूले कुनै भेद पाउँदैनौ । उनीहरूको सल्लाह धेरै गोप्य हुन्छ । यस्तो स्थितिमा उनीहरूले स्वर्गलाई के नै सम्झन्छन र । उनीहरूले चाहेमा जुनसुकै लोक पनि जित्न सक्छन । तर सत्य कुरा यो हो कि जसले ब्राम्हण, गोविन्द र गाइलाई आफ्नो सर्वस्व मान्दछन उनीहरूको अमङ्गगल कहिले पनि हुदैन ।।२४।।
तद् विश्वरूपं भजताशु विप्रं
तपस्विनं त्वाष्ट्रमथात्मवन्तम् ।
सभाजितोऽर्थान् स विधास्यते वो
यदि क्षमिष्यध्वमुतास्य कर्म ॥ २५ ॥
यसैले अब तिमीहरू छिटै त्वष्टाको छोरो विश्वरूपको शरणमा जाओ र उसैको सेवा गर । उनी सच्चा जीतेन्द्रिय र तपस्वी छन । यदि तिमीहरूले उसको असुरहरू पतिको प्रेमलाई क्षमा गर्न सक्यौ र सम्मान गर्न सक्यौ भने अवस्य तिमीहरूको काम बन्दछ ।।२५।।
(अनुष्टुप्)
श्रीशुक उवाच –
ते एवमुदिता राजन् ब्रह्मणा विगतज्वराः ।
ऋषिं त्वाष्ट्रमुपव्रज्य परिष्वज्येदमब्रुवन् ॥ २६ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! यस प्रकार ब्रम्हाजीले देवताहरूलाई भन्नु भएपछि देवताहरूको चिन्ता हट्यो । उनीहरू त्वष्टाका पुत्र विश्वरूपसंग गएर यस प्रकार भन्नलागे ।।२६।।
श्रीदेवा ऊचुः –
वयं तेऽतिथयः प्राप्ता आश्रमं भद्रमस्तु ते ।
कामः सम्पाद्यतां तात पितॄणां समयोचितः ॥ २७ ॥
देवताहरूले भने–
विश्वरूप ! तिम्रो कल्याण होस । हामी तिम्रो आश्रममा अतिथिको रूपमा आएका छौं । हामी तिम्रो पिता समान हौं । त्यसैले तिमीले हाम्रो आभिलाषालाई पुरा गर ।।२७।।
पुत्राणां हि परो धर्मः पितृशुश्रूषणं सताम् ।
अपि पुत्रवतां ब्रह्मन् किं उत ब्रह्मचारिणाम् ॥ २८ ॥
सन्तान भएका ती सत्पुत्रको धर्म पनि आफ्ना पिता तथा अन्य गुरुजनको सेवा गर्नु हो । फेरी जो ब्रम्हचारी छन् उनीहरूलाई ता भन्नु नै के छ र ।।२८।।
आचार्यो ब्रह्मणो मूर्तिः पिता मूर्तिः प्रजापतेः ।
भ्राता मरुत्पतेः मूर्तिः माता साक्षात् क्षितेस्तनुः ॥ २९ ॥
वत्स ! आचार्य वेदको, पिता ब्रम्हाको, दाजु इन्द्रको र माता साक्षात पृथ्वीकी मुर्ति हुन ।।२९।।
दयाया भगिनी मूर्तिः धर्मस्यात्मातिथिः स्वयम् ।
अग्नेरभ्यागतो मूर्तिः सर्वभूतानि चात्मनः ॥ ३० ॥
यसैगरी बहिनी दयाकी, अतिथि धर्मको र अभ्यागत अग्निको र जगतका समस्त प्राणी आफ्नो आत्माको मुर्ति–आत्मस्वरूप हुन्छन ।।३०।।
तस्मात्पितॄणामार्तानां आर्तिं परपराभवम् ।
तपसापनयन् तात सन्देशं कर्तुमर्हसि ॥ ३१ ॥
हे बाबु ! हामी तिम्रो पितृ हौं यस समय सत्रुहरूले हामीलाई जितेकाले हामी धेरै दुखी भएका छौं । तिमीले आफ्नो तपोबलले हाम्रो दुःख दरिद्रलाई हटाइदेउ । बाबु ! तिमीले हाम्रो आज्ञा पालन गनु पर्दछ ।।३१।।
वृणीमहे त्वोपाध्यायं ब्रह्मिष्ठं ब्राह्मणं गुरुम् ।
यथाञ्जसा विजेष्यामः सपत्नांस्तव तेजसा ॥ ३२ ॥
तिमी ब्रम्हनिष्ठ ब्राम्हण हौं त्यसैले हाम्रो गुरु हौ । हामी तिमीलाई आचार्यको रूपमा वरण गरेर तिम्रो शक्तिले सत्रुमाथि विजय प्राप्त गर्दछौं ।।३२।।
न गर्हयन्ति ह्यर्थेषु यविष्ठाङ्घ्र्यभिवादनम् ।
छन्दोभ्योऽन्यत्र न ब्रह्मन् वयो ज्यैष्ठ्यस्य कारणम् ॥ ३३ ॥
आवस्यकता पर्दा सानोको खुट्टा समाउनु निन्दनीय हुदैन । वेद ज्ञानलाई छोडेर केवल अवस्था वडपनका कारण पनि होइन ।।३३।।
श्रीऋषिरुवाच –
अभ्यर्थितः सुरगणैः पौरहित्ये महातपाः ।
स विश्वरूपस्तानाह प्रसन्नः श्लक्ष्णया गिरा ॥ ३४ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित् ! जब देवताहरूले यस प्रकार विश्वरूपसंग पुरोहित गर्नका लागि प्रार्थना गरे अनि परम तपस्वी विश्वरूपले प्रसन्न भएर अत्यन्त प्रिय र मधुर वोलीले भन्न लागे ।।३४।।
श्रीविश्वरूप उवाच –
विगर्हितं धर्मशीलैः ब्रह्मवर्च उपव्ययम् ।
कथं नु मद्विधो नाथा लोकेशैरभियाचितम् ।
प्रत्याख्यास्यति तच्छिष्यः स एव स्वार्थ उच्यते ॥ ३५ ॥
विश्वरूपले भने–
पुरोहित्याइँ कामले ब्रम्हतेजलाई क्षीण गराउँदछ । यसैले धर्मशील महात्माहरूले त्यसलाई निन्दा गरेका छन । तर तपाईहरू मेरा स्वामी हुनुहुन्छ र लोकका इश्वर पनि हुनुहुन्छ तापनि मलाई त्यसका लागि प्रार्थना गरिहनु भएको छ । यस्तो स्थितिमा म जस्तो व्यक्तिले तपाईहरूलाई कोरा जवाफ कसरी दिन सक्छु ? म त तपाईहरूको सेवक हुँ । तपाईहरूको आज्ञालाई पालन गर्नु नै मेरो स्वार्थ हो ।।३५।।
(इंद्रवज्रा)
अकिञ्चनानां हि धनं शिलोञ्छनं
तेनेह निर्वर्तितसाधुसत्क्रियः ।
कथं विगर्ह्यं नु करोम्यधीश्वराः
पौरोधसं हृष्यति येन दुर्मतिः ॥ ३६ ॥
देवताहरू ! बाली काटिएपछि अथवा अन्न उठाए पछि त्यसमा खसेका गेडाहरू अकिञ्चंन ब्यक्तिको धन हो । त्यसैबाट तपाईहरू देवकार्य र पितृकार्य गनुहुन्छ । लोकपालहरू ! यस प्रकार जब मेरा जीविका चलेको छ तब म पुरोहितको निन्दनीय वृत्ति किन गरु ? बुद्धि विग्रिएकाहरू नै पुरोहित्याइँ काम बाट खुसि हुन्छन ।।३६।।
(अनुष्टुप्)
तथापि न प्रतिब्रूयां गुरुभिः प्रार्थितं कियत् ।
भवतां प्रार्थितं सर्वं प्राणैरर्थैश्च साधये ॥ ३७ ॥
जुनकाम तपाईहरू म बाट गराउँन खोज्नुहुन्छ त्यो निन्दनीय हो । फेरी पनि म तपाईहरूको कामबाट मुण्टो बटार्न सक्तिन । किनकि तपाईहरूको माग पनि कति नै छ र त्यसैले तपाईहरूको मनोरथलाई म तन मन धनले. पुरा गर्दछु ।।३७।।
श्रीशुक उवाच –
तेभ्य एवं प्रतिश्रुत्य विश्वरूपो महातपाः ।
पौरहित्यं वृतश्चक्रे परमेण समाधिना ॥ ३८ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
महाराज परीक्षित ! विश्वरूप ठुला तपस्वी थिए । देवताहरूसंग यस्तो प्रतिज्ञा गरेपछि उनीहरूले वरण गरेपछि उनी लगनशील भएर उनीहरूको पुरोहित काम गर्नलागे ।।३८।।
सुरद्विषां श्रियं गुप्तां औशनस्यापि विद्यया ।
आच्छिद्यादान् महेन्द्राय वैष्णव्या विद्यया विभुः ॥ ३९ ॥
यद्यपि शुक्राचार्यले आफ्नो नीतिबलले असुरहरूका सम्पत्ति सुरक्षित गरेका भए पनि समर्थवान विश्वरूपले वैष्णवी विद्याको प्रभावले उनले. त्यो सम्पत्ति उनीहरूसंग खोसेर इन्द्रलाई दिए ।।३९।।
यया गुप्तः सहस्राक्षो जिग्येऽसुरचमूर्विभुः ।
तां प्राह स महेन्द्राय विश्वरूप उदारधीः ॥ ४० ॥
हे राजन् ! जुन विद्याले सुरक्षित भएर इन्द्रले असुरहरूको सेनामा विजय प्राप्त गरेका थिए, उनलाई उदारबुद्धि भएका विश्वरूपले नै उनीहरूलाई उपदेश दिएका थिए ।।४०।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे सप्तमोऽध्यायः ॥ ७ ॥