#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः – चतुर्विंशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
चतुर्थः स्कन्धः – चतुर्विंशोऽध्यायः




मैत्रेय उवाच –
(अनुष्टुप)
विजिताश्वोऽधिराजासीत् पृथुपुत्रः पृथुश्रवाः ।
यवीयोभ्योऽददात्काष्ठा भ्रातृभ्यो भ्रातृवत्सलः ॥ १ ॥

विदुरजी ! महाराज पृथु पछि उनको परम यशस्वी छोरा विजितस्व राजा भए । उनकोे आफ्ना भाईहरूमा प्रेभ थियो त्यसैले उनले चारैजनालार्ई एक एक दिशाको अधिकार सुम्पिए ।।१।।    
        
 हर्यक्षायादिशत्प्राचीं धूम्रकेशाय दक्षिणाम् ।
प्रतीचीं वृकसंज्ञाय तुर्यां द्रविणसे विभुः ॥ २ ॥

राजा विजितस्वले हर्यक्षलार्ई पूर्व, धुम्रकेशलार्ई दक्षिण, वृकलार्ई पश्चिम र द्रविणलार्ई उत्तर दिशाको राज्य दिए ।।२।।

अन्तर्धानगतिं शक्रात् लब्ध्वान्तर्धानसंज्ञितः ।
अपत्यत्रयमाधत्त शिखण्डिन्यां सुसम्मतम् ॥ ३ ॥

पावकः पवमानश्च शुचिरित्यग्नयः पुरा ।
वसिष्ठशापात् उत्पन्नाः पुनर्योगगतिं गताः ॥ ४ ॥

उनले इन्द्रबाट अन्तर्धान हुने शक्ति प्राप्त गरेका थिए त्यसैले उनलार्र्ई “अन्तर्धान” पनि भनिन्थ्यो  उनकोे पत्नीको नाम सिखण्डिनी थियो । उनीबाट तीनवटा छोरा जन्मिए जसकोे नाम पावक, पवमान र शुचि थियो । पूर्वकालमा वसिष्ठको श्रापले गर्दा त्यसै नामको अग्निले नै उनकोे रूपमा जन्म लिएका थिए । पछि योगमार्ग बाट फेरी उनी अग्नि नै भए ।।४।।

अन्तर्धानो नभस्वत्यां हविर्धानमविन्दत ।
य इन्द्रं अश्वहर्तारं विद्वानपि न जघ्निवान् ॥ ५ ॥

अन्तर्धानको अर्की नभस्वती नामकी पत्नीबाट अर्को पुत्र भयो जसको नाम हविर्धन हो । महाराज अन्तर्धान धेरै उदार थिए । इन्द्रले उनकोे पिताको घोडा हरण गरेर लगेका बखत उनले पत्ता लगाउदा पनि इन्द्रलार्ई वध गरेनन ।।५।।

राज्ञां वृत्तिं करादान दण्डशुल्कादिदारुणाम् ।
मन्यमानो दीर्घसत्र व्याजेन विससर्ज ह ॥ ६ ॥

राजा अन्तर्धानले कर लिनु, दण्ड दिनु, जरिमाना अशुल गर्नु आदि काम धेरै कठोर र अरुको लागि कष्ट दायक सम्झेर एउटा दिर्घकालिन यज्ञमा दिक्षित हुने वाहनामा आफ्नो राजकाज छाडिदिए ।।६।।

तत्रापि हंसं पुरुषं परमात्मानमात्मदृक् ।
यजन् तल्लोकतामाप कुशलेन समाधिना ॥ ७ ॥

मैत्रेयजीले भने–
यज्ञकार्यमा लागिरहदा पनि ती आत्मज्ञानी राजाले भक्तमयभञ्जन पूर्णतम परमात्माको आराधना गरेर सुदृढ समाधिद्वारा भगवानको दिव्यलोक प्राप्त गरे ।।७।।

हविर्धानाद् हविर्धानी विदुरासूत षट् सुतान् ।
बर्हिषदं गयं शुक्लं कृष्णं सत्यं जितव्रतम् ॥ ८ ॥

विदुरजी ! हविर्धानकी पत्नी हविर्धानीले बर्हिषद, गय, शुक्ल, कृष्ण, सत्य र जीतव्रत नामका छ वटा छोरा जन्माइन ।।८।।     
                                                                              
बर्हिषत् सुमहाभागो हाविर्धानिः प्रजापतिः ।
क्रियाकाण्डेषु निष्णातो योगेषु च कुरूद्वह ॥ ९ ॥

कुरुश्रेष्ठ विदुरजी ! जसमा हविर्धानका छोरा महाभाग वहिर्षद यज्ञादि कर्मकाण्ड र योगाभ्यासमा कुशल थिए । उनले प्रजापतिको पद प्राप्त गरेका थिए ।।९।।

यस्येदं देवयजनं अनु यज्ञं वितन्वतः ।
प्राचीनाग्रैः कुशैरासीद् आस्तृतं वसुधातलम् ॥ १० ॥

उनले ठाँउ ठाउँमा लगातार यति यज्ञ गरेकि सम्पूर्ण पृथ्वी नै कुशले भरिएको थियो त्यसैले उनी प्राचिनवर्हि नामले प्रख्यात भए । प्राचिनवर्हिले ब्रम्हाजीको अनुरोधलार्ई मानेर समुद्रकी कन्या सतद्रुतीसंग बिबाह गरे । सर्वांग सुन्दरी किशोरी सतद्रुति अशल वस्त्रहरूले सजिएर जव बिबाहमण्डपमा पाणीग्रहण को लागि घुम्न लागिन तव स्वयं अग्निदेव पनि मोहित भएर उनलार्र्ई त्यसरी नै चाहाना गर्नंलागे जसरी सुकीलार्ई चाहेका थिए ।।११।।

सामुद्रीं देवदेवोक्तां उपयेमे शतद्रुतिम् ।
यां वीक्ष्य चारुसर्वाङ्‌गीं किशोरीं सुष्ठ्वलङ्‌कृताम् ॥ ११ ॥
परिक्रमन्तीं उद्वाहे चकमेऽग्निः शुकीमिव ॥ ११ ॥

विबुधासुरगन्धर्व मुनिसिद्धनरोरगाः ।
विजिताः सूर्यया दिक्षु क्वणयन्त्यैव नूपुरैः ॥ १२ ॥

नव बिबाहित सतद्रतीले आफ्ना नुपुरहरूको झंकारले नै दिशा विदिशाका देवता, अशुर, गन्धर्व मुनि, मनुष्य र नागआदि सबैलार्ई वसमा पारेकी थिइन ।।१२।।

प्राचीनबर्हिषः पुत्राः शतद्रुत्यां दशाभवन् ।
तुल्यनामव्रताः सर्वे धर्मस्नाताः प्रचेतसः ॥ १३ ॥

सतद्रुतीको गर्भबाट प्रचेता नामका दस पुत्र भए । उनीहरू सबै धर्मज्ञ थिए । आचरणमा रहन्थे ।।१३।।

पित्राऽऽदिष्टाः प्रजासर्गे तपसेऽर्णवमाविशन् ।
दशवर्षसहस्राणि तपसाऽऽर्चन् तपस्पतिम् ॥ १४ ॥

जब बाबुले उनलार्र्ई सन्तान उत्पादन गर्न आदेश दिए तव उनीहरू त्पस्य गर्न भनि समुद्रमा प्रवेश गरे । त्यहाँ दसहजार वर्ष सम्म तपस्या गरेर श्री हरिको आराधना गरे ।।१४।।

यदुक्तं पथि दृष्टेन गिरिशेन प्रसीदता ।
तद्ध्यायन्तो जपन्तश्च पूजयन्तश्च संयताः ॥ १५ ॥

घरबाट निक्लेर तपस्या गर्न जान लागेका बखत बाटोमा श्री महादेवजीले दर्शन दिएर कृपा गरी जुन तत्वको उपदेश दिनुभएको थियो । त्यसैलार्ई एकाग्र पूर्वक ध्यान, पूजा र जप गर्नलागे ।।१५।।

विदुर उवाच –
प्रचेतसां गिरित्रेण यथाऽऽसीत्पथि सङ्‌गमः ।
यदुताह हरः प्रीतः तन्नो ब्रह्मन् वदार्थवत् ॥ १६ ॥

विदुरजीले सोधे–
प्रचेता र महादेव विच बाटोमा कसरी भेट भयो र उनीहरू प्रति ख्ुसि भएर महादेवले के उपदेश दिनुभयो त्यसको बारेमा कृपा गरेर मलार्ई बताउनुहोस ।१६।।

सङ्‌गमः खलु विप्रर्षे शिवेनेह शरीरिणाम् ।
दुर्लभो मुनयो दध्युः असङ्‌गाद्यमभीप्सितम् ॥ १७ ॥

ब्रम्हर्षि ! शिवजी संग समागम हुनु देहधारीहरूका लागि त धेरै कठिनको कुराहो । अरु त के सबै आशक्तिलार्ई छाडेर उनलार्र्ई पाउनकोे लागि निरन्तर ध्यान गर्ने मुनीहरू प्नि उनलार्र्ई सजिलै पाउँन सक्तैनन ।।१७।।

आत्मारामोऽपि यस्त्वस्य लोककल्पस्य राधसे ।
शक्त्या युक्तो विचरति घोरया भगवान् भवः ॥ १८ ॥

भगवान् शंकर आत्माराम हुनुहुन्छ । वहाँँलार्ई आफ्ना लागि न केहि गर्नु छ न केहि पाउँनु नै छ तापनि यस लोक सृष्टिको रक्षाका लागि वहाँँ धरोरूपा शक्ति शिवाका साथा सबैतिर विचरण गर्दछन ।।१८।।

मैत्रेय उवाच –
प्रचेतसः पितुर्वाक्यं शिरसाऽऽदाय साधवः ।
दिशं प्रतीचीं प्रययुः तपस्यादृतचेतसः ॥ १९ ॥

श्री मैत्रेयजीले भने–
विदुरजी ! साधु स्वभावका प्रचेताहरूले बाबुको आज्ञा पालन गरेर तपस्या गर्न पश्चिम तिर लागे ।।१९।।

ससमुद्रं उप विस्तीर्णं अपश्यन् सुहत्सरः ।
महन्मन इव स्वच्छं प्रसन्नसलिलाशयम् ॥ २० ॥

जाँदै गर्दा उनीहरूले बाटोमा समुद्र जस्तो ठुलो सरोवर देखे त्यो महापुरुषको चित्त जस्तो स्वस्थ तथा त्यहाँ रहने माछा आदि जलचरहरू हरू पनि प्रसन्न स्वभावका थिए ।।२०।।

नीलरक्तोत्पलाम्भोज कह्लारेन्दीवराकरम् ।
हंससारसचक्राह्व कारण्डवनिकूजितम् ॥ २१ ॥

त्यहाँ निलकमल, रक्तकमल, रातमा, दिनमा र साँझमा फूल्ने कमलहरूले सोभायमान थियो । सरोवरको किनार मा हाँस, सारस, चखेवा कारण्डव,, आदि जलपक्षिहरू मिठो स्वर निकालिरहेका थिए । ।।२१।।

मत्तभ्रमरसौस्वर्य हृष्टरोमलताङ्‌घ्रिपम् ।
पद्मकोशरजो दिक्षु विक्षिपत्पवनोत्सवम् ॥ २२ ॥

त्यहाँ चारैतिर विभिन्न किसिमका लता लहराहरू थिए भने त्यहाँ भवराहरू गुनगनाई रहेका थिए । त्यहाँको मधुर ध्वनीले हर्षित भएर उनीहरूलार्ई रोमाञ्च भएको थियो । कमलकोषको परागपुञ्ज वायुको झंकारले चराहरू उडिरहेका थिए मानौं कि त्यहाँ कुनै उत्सब भैरहेको छ ।।२२।।

तत्र गान्धर्वमाकर्ण्य दिव्यमार्गमनोहरम् ।
विसिस्म्यू राजपुत्रास्ते मृदङ्‌गपणवाद्यनु ॥ २३ ॥

त्यहाँ मृदंग आदि बाजाको साथै अनेक दिव्य राग रागिनी गायनको ध्वनी सुनेर राजकुमारहरूलार्ई धेर्रै आश्चर्य भयो ।।२३।।

तर्ह्येव सरसस्तस्मान् निष्क्रामन्तं सहानुगम् ।
उपगीयमानममर प्रवरं विबुधानुगैः ॥ २४ ॥

तप्तहेमनिकायाभं शितिकण्ठं त्रिलोचनम् ।
प्रसादसुमुखं वीक्ष्य प्रणेमुर्जातकौतुकाः ॥ २५ ॥

त्यतिकैमा त्यहाँ भगवान् शंकर आफ्ना अनुचरहरूका साथ त्यहाँ आउँन लाग्नु भएको देखे । त्यतिवेला वहाँँको शरीर तताएको सुन झैं कान्तिमान थियो । कण्ठ नीलो वर्णको थियो । तीनवटा विशाल आँखा थियो । वहाँँ आफ्ना भक्तहरूलार्ई अनुग्रह गर्न उद्यत हुनुहुन्थ्यो । गन्धर्वहरू वहाँँको सुयशको बारेमा गुणगान गरीरहेका थिए । वहाँँको सिधै दर्शन पाएर प्रचेताहरूलार्ई धेरै कौतुहल भयो र उनीहरूले शंकरको चरणमा प्रणाम गरे ।।२४।२५।।

स तान्प्रपन्नार्तिहरो भगवान् धर्मवत्सलः ।
धर्मज्ञान् शीलसम्पन्नान् प्रीतः प्रीतानुवाच ह ॥ २६ ॥

त्यसपछि शरणागतवत्सल भयहारी भगवान् शंकरले आफ्नो दर्शनले प्रसन्न भएका ती धर्मज्ञ र शील सम्पन्न राजकुमारहरूसंग प्रसन्न भएर भन्नुभयो ।।२६।।

श्रीरुद्र उवाच –
यूयं वेदिषदः पुत्रा विदितं वश्चिकीर्षितम् ।
अनुग्रहाय भद्रं व एवं मे दर्शनं कृतम् ॥ २७ ॥

महादेवले भन्नुभयो–
तिमीहरू राजा प्राचिन वर्हिका छोरा हौ । तिमीहरूको कल्याण होस्, तिमीहरू जे गर्न चाहान्छौ त्यो सबैकुरा मलार्ई थाहा छ । अहिले तिमीहरूलार्ई कृपा गर्नलार्ई नै मैले मैले यहाँ दर्शन दिएको हुं ।।२७।।

यः परं रंहसः साक्षात् त्रिगुणात् जीवसंज्ञितात् ।
भगवन्तं वासुदेवं प्रपन्नः स प्रियो हि मे ॥ २८ ॥

जो व्यक्ति अब्यक्त प्रकृति तथा जीवसज्ञक पुरुष यि दुवैका नियमक भगवान् वासुदेवको साक्षत शरण लिन्छ त्यो मेरो परमप्रिय हो ।।२८।।

(इंद्रवज्रा)
स्वधर्मनिष्ठः शतजन्मभिः पुमान्
     विरिञ्चतामेति ततः परं हि माम् ।
अव्याकृतं भागवतोऽथ वैष्णवं
     पदं यथाहं विबुधाः कलात्यये ॥ २९ ॥

आफ्नो वर्णाश्रम धर्मलार्ई भलिभाति पालन गर्ने पुरुष एक सय जन्म पछि ब्रम्हाजीलार्ई पाउँदछ भने त्यो भन्दा बढि पुण्य गर्नेले मलार्ई पाउँदछ तर जो भगवानको अनन्य भक्त छ भने उसले त सिधै भगवान् विष्णुको त्यो सर्व प्रपञ्चातित पद प्राप्त गर्दछ जसमा रुद्र्रकारूपमा स्थित म तथा अन्य अधिकारिक देवताहरू आआफ्नो अधिकार समाप्ति पछि प्राप्त गर्नछन ।।२९।।

(अनुष्टुप)
अथ भागवता यूयं प्रियाः स्थ भगवान् यथा ।
न मद्‍भागवतानां च प्रेयानन्योऽस्ति कर्हिचित् ॥ ३० ॥

तिमीहरू भगवानको भक्त भएका कारण मेरा लागि भगवान् भन्दा प्यारा छौ । यसप्रकार भगवानका भक्तका लागि पनि म भन्दा बढि अरु कोहि प्यारो हुदैन ।।३०।।

इदं विविक्तं जप्तव्यं पवित्रं मङ्‌गलं परम् ।
निःश्रेयसकरं चापि श्रूयतां तद्वदामि वः ॥ ३१ ॥

अब म तिमीहरूलार्ई धेरै पवित्र, मङ्गलमय र कल्याणकारी स्तोत्र सुनाउँछु जसलार्ई तिमीहरू सुध्दभावले जप गर ।।३१।।                                                                                         

मैत्रेय उवाच –
इत्यनुक्रोशहृदयो भगवानाह ताञ्छिवः ।
बद्धाञ्जलीन्राजपुत्रान् नारायणपरो वचः ॥ ३२ ॥

मैत्रेयजीले भने–
त्यसपछि नारायणपरायण करुणद्रव भगवान् शिवले राजपुत्रलार्ई यो स्तोत्र सुनाउँनुभयो ।

श्रीरुद्र उवाच –
जितं ते आत्मविद्‌धुर्य स्वस्तये स्वस्तिरस्तु मे ।
भवताराधसा राद्धं सर्वस्मा आत्मने नमः ॥ ३३ ॥

नमः पङ्‌कजनाभाय भूतसूक्ष्मेन्द्रियात्मने ।
वासुदेवाय शान्ताय कूटस्थाय स्वरोचिषे ॥ ३४ ॥


भगवन् रुद्र्र स्तुति गर्न लाग्नुभयो–
भगवन् तपाईको उत्कर्ष उच्चकोटिका आत्मज्ञानीको कल्याणको लागि अथवा ब्रम्हज्ञानको लाभका लागि हो । जसबाट मेरो पनि कल्याण होस् । तपाई सधै आफ्नो निरातिसय परमानन्द स्वरूपमा नै स्थित रहनुहु्न्छ, भूत सूक्ष्म (तन्मात्रा) र इन्द्रियहरूको नियन्ता, शान्त, एकरस र स्वयंप्रकाश वासुदेव (चित्तको अधिष्ठाता) पनि तपाई नै हो, तपाईलार्ई नमस्कार छ ।।३४।।

सङ्‌कर्षणाय सूक्ष्माय दुरन्तायान्तकाय च ।
नमो विश्वप्रबोधाय प्रद्युम्नायान्तरात्मने ॥ ३५ ॥

तपाई नै सूक्ष्म, अव्यक्त, अनन्त र मुखाग्निद्वारा सबैलोकको संहार गर्ने अहंकारको अधिष्ठाता शंकर्षण तथा जगतको प्राकृत ज्ञानको उद्गमस्थान बुध्दिको अधिष्ठाता प्रद्युम्न हुनुहुन्छ, तपाईलार्ई नमस्कार छ ।।३५।।

नमो नमोऽनिरुद्धाय हृषीकेशेन्द्रियात्मने ।
नमः परमहंसाय पूर्णाय निभृतात्मने ॥ ३६ ॥

तपाई नै इन्द्रको स्वामी मनस्तत्वको अधिष्ठाता भगवान् अनिरुद्र्र ह्ुनुहुन्छ, पूर्ण हुनाले तपाईमा बृध्दि र नाश हुदैन, तपाईलार्ई नमस्कार छ ।।३६।।

स्वर्गापवर्गद्वाराय नित्यं शुचिषदे नमः ।
नमो हिरण्यवीर्याय चातुर्होत्राय तन्तवे ॥ ३७ ॥

तपाई स्वर्ग र मोक्षको द्वार तथा निरन्तर पवित्र हृदयमा रहनुहुन्छ, तपाईलार्ई नमस्कार छ । तपाई नै सुवर्णरूप वीर्यबाट युक्त र चार्तुहोत्र कर्मका साधन तथा विस्तार गर्ने अग्निदेव हुनुहुन्छ तपाईलार्ई नमस्कार छ ।।३७।।

नम ऊर्ज इषे त्रय्याः पतये यज्ञरेतसे ।
तृप्तिदाय च जीवानां नमः सर्वरसात्मने ॥ ३८ ॥

तपाई पितृ र देवताका पोषक सोमरस हुनुहुन्छ र तीनै वेदका अधिष्ठाता पनि हुनुहुन्छ, तपाईलार्ई नमस्कार छ । तपाई नै सबै प्राणीलार्ई तृप्त गराउने सर्वरस जलरूप हुनुहुन्छ तपाईलार्ई नमस्कार छ ।।३८।।

सर्वसत्त्वात्मदेहाय विशेषाय स्थवीयसे ।
नमस्त्रैलोक्यपालाय सह ओजोबलाय च ॥ ३९ ॥

तपाई सबै प्राणीहरूको देह पृथ्वी र विराटस्वरूप हुनुहुन्छ तथा तीनैलोकको रक्षा गर्ने मानसिक इन्द्रिय र सारिरिक शक्ति स्वरूप वायु (प्राण) हुनुहुन्छ, तपाईलार्ई नमस्कार छ ।।३९।।

अर्थलिङ्‌गाय नभसे नमोऽन्तर्बहिरात्मने ।
नमः पुण्याय लोकाय अमुष्मै भूरिवर्चसे ॥ ४० ॥

तपाई नै आफ्नो गुण शव्दद्वारा सबै पदार्थको ज्ञान गराउने तथा भित्री वाहिरीको भेद गराउने आकाश हुनुहुन्छ तथा तपाईनै महान पुण्यले पाउने परम तेजोमय स्वर्ग, वैकुण्ठादि लोक हुनुहुन्छ, तपाईलार्ई फेरी पनि नमस्कार छ ।।४०।।

प्रवृत्ताय निवृत्ताय पितृदेवाय कर्मणे ।
नमोऽधर्मविपाकाय मृत्यवे दुःखदाय च ॥ ४१ ॥

तपाई पतिृलोकको प्राप्ति गराउने प्रवृत्ति कर्मरूप र देवलोकको प्राप्ति गराउने साधन निवृत्ति कर्मरूप हुनुहुन्छ । त्यसैगरी तपाईनै अधर्मको फलरूप दुःखदायक मृत्यु हुनुहुन्छ । तपाईलार्ई नमस्कार छ ।।४१।।

नमस्ते आशिषामीश मनवे कारणात्मने ।
नमो धर्माय बृहते कृष्णायाकुण्ठमेधसे ।
पुरुषाय पुराणाय साङ्‌ख्ययोगेश्वराय च ॥ ४२ ॥

नाथ ! तपाई नै पुराण पुरुष तथा सांख्य र योगको अधिश्वर भगवान् श्रीकृष्ण हुनुहुन्छ, तपाई सबै किसिमको मनोकामनाहरूको पुर्तिका कारण साक्षत मन्त्र मुर्ति र महान धर्मस्वरूप हुनुहुन्छ, तपाईको ज्ञान शक्ति कुनैप्रकारले कुठित हुदैन, तपाईलार्ई नमस्कार छ ।४२।।

शक्तित्रयसमेताय मीढुषेऽहङ्‌कृतात्मने ।
चेतआकूतिरूपाय नमो वाचो विभूतये ॥ ४३ ॥

तपाई नै कर्ता, कारण र कर्म तिन शक्तिको एकमात्र आश्रय हुनहुन्छ, तपाई नै अहंकारको अधिष्ठाता रुद्र्र हुनुहुन्छ, तपाई नै ज्ञान र क्रियास्वरूप हुनुहुन्छ तथा तपाई बाटै परा, पस्यन्ती, मध्यमा र वैखरी चारप्रकारको वाणी हुनुहुन्छ, तपाईलार्ई नमस्कार छ ।।४३।।

दर्शनं नो दिदृक्षूणां देहि भागवतार्चितम् ।
रूपं प्रियतमं स्वानां सर्वेन्द्रियगुणाञ्जनम् ॥ ४४ ॥

प्रभो ! हामीलार्ई तपाईको दर्शनको इच्छा छ त्यसैले तपाईका भक्तहरू जुनरुपको पूजा गर्दछन र जो सबै भक्तकालागि प्रिय लाग्दछ हामीलार्ई त्यहि रुप देखाउँनुहोस् तपाईको त्यो रूप आफ्नो गुणले सबै इन्द्रियलाई तृप्त गराउँदछ ।।४४।।

स्निग्धप्रावृड्घनश्यामं सर्वसौन्दर्यसङ्‌ग्रहम् ।
चार्वायतचतुर्बाहुं सुजातरुचिराननम् ॥ ४५ ॥

त्यो रुप वर्षाऋतुको मेघ समान स्याम र सम्पूर्ण सौन्दर्यले पूर्ण । सुन्दर चार लामा हातहरू मनोहर मुखारविन्द कमलपात समानका आँखा, राम्रो आँखिभूई सलक्क परेको नाक राम्रा देखिने दाँतको पंक्ति बाटुलो गालाले युक्त भएको मुखमण्डल र  समान खालका कानहरुले युक्त छ ।।४५।४६।

पद्मकोशपलाशाक्षं सुन्दरभ्रु सुनासिकम् ।
सुद्विजं सुकपोलास्यं समकर्णविभूषणम् ॥ ४६ ॥

प्रीतिप्रहसितापाङ्‌गं अलकै रूपशोभितम् ।
लसत्पङ्‌कजकिञ्जल्क दुकूलं मृष्टकुण्डलम् ॥ ४७ ॥

स्फुरत्किरीटवलय हारनूपुरमेखलम् ।
शङ्‌खचक्रगदापद्म मालामण्युत्तमर्द्धिमत् ॥ ४८ ॥

प्रेमले भरिएको मुस्कुरावट  चितवन, कालो कालो घुम्रिएको कपाल, कमलको केशर समान फहराईरहेको पीताम्वर, झिलमिल गरेको कुण्डल, चम्चमाएको मुकुट, कंकण, हार, नुपुर, र मेखला आदि विचित्र गहनाहरू तथा शंख, चक्र, गदा,पद्म त्यसैगरी वनमाला सहित कस्तुरीको कारण वहाँँको अपूर्व शोभा देखिन्छ ।।४७।४८।।

 

सिंहस्कन्धत्विषो बिभ्रत् सौभग ग्रीवकौस्तुभम् ।
श्रियानपायिन्या क्षिप्त निकषाश्मोरसोल्लसत् ॥ ४९ ॥

वहाँँको सिंहको समान स्थुल काँध छ जहाँ हार केयुर र कुण्डल कान्ति झिलमिलार्ईरहेको छ । तथा कौस्तुभमणिको कान्तिले सुशोभित मनोहर घाँटी छ । वहाँँको श्यामवर्णको वक्षस्थलले श्रीवत्स चिन्हको रूपमा लक्ष्मीजीको नित्य निवास भएका कारण सुनको रेखाले युक्त कसौटीको शोभालार्ई पनि माथ गर्दछ ।।४९।।

पूररेचकसंविग्न वलिवल्गुदलोदरम् ।
प्रतिसङ्‌क्रामयद् विश्वं नाभ्यावर्तगभीरया ॥ ५० ॥

वहाँँको त्रिवलि ले सुशोभित, पिपलको पात जस्तो पेट मनोहर देखिन्थ्यो । जहाँ भ्रमरा समान चक्करदार नाभि छ । त्यो यति गहिरो छ कि त्यसबाट उत्पन्न भएको यो विश्व मानौं फेरी उसैमा लीन हुन चाहन्छ ।।५०।।

श्यामश्रोण्यधिरोचिष्णु दुकूलस्वर्णमेखलम् ।
समचार्वङ्‌घ्रिजङ्‌घोरु निम्नजानुसुदर्शनम् ॥ ५१ ॥

श्यामवर्णको कटिभागमा पीताम्वर र सुवर्णको मेखला शोभायमान छ । समान र सुन्दर चरण, पिडुला, तिघ्रा र गोलीगाँटाका कारण वहाँँको दिव्य विग्रह अति राम्रो देखिन्छ ५१।।

(इंद्रवज्रा)
पदा शरत्पद्मपलाशरोचिषा
     नखद्युभिर्नोऽन्तरघं विधुन्वता ।
प्रदर्शय स्वीयमपास्तसाध्वसं
     पदं गुरो मार्गगुरुस्तमोजुषाम् ॥ ५२ ॥

तपाईको चरणकमलको शोभाले सरद ऋतुको कमलको पातको कान्तिलार्ई पनि माथ गर्दछ । । वहाँँको नङ बाट निस्कएको प्रकाशले जीवको अन्धकारलार्ई तत्कालै नष्ट गरीदिन्छ । हामीलार्ई कृपा गरेर भक्तको भयलार्ई नाश गर्ने एवं आश्रय स्वरूप तपाईको दर्शन गराउँनुहोस । जगद्गुरु ! हामी अज्ञानरूप प्राणीलार्ई बाटो देखाउँने तपाई नै गुरु हुनुहुन्छ । प्रभु चित्तसुध्दिको अभिलाष राख्ने पुरुषले तपाईको यसरूपको निरन्तर ध्यान गर्नुपर्दछ । यसै भक्तिले स्वधर्मको पालन गराउँने पुरुषका लागि फलदायक हुन्छ  ।।५३।।

(अनुष्टुप)
एतद् रूपमनुध्येयं आत्मशुद्धिमभीप्सताम् ।
यद्‍भक्तियोगोऽभयदः स्वधर्ममनुतिष्ठताम् ॥ ५३ ॥

स्वर्गको शासन गर्ने इन्द्र पनि तपाईलार्ई नै प्राप्त गर्न चाहन्छन तथा विशुत्तद आत्मज्ञानीहरुको पति पनि तपाई नै हो ।

भवान् भक्तिमता लभ्यो दुर्लभः सर्वदेहिनाम् ।
स्वाराज्यस्याप्यभिमत एकान्तेनात्मविद्‍गतिः ॥ ५४ ॥

यसप्रकार तपाई सबै देहधारीहरूका लागि अत्यन्त दुर्लभ हुनुहुन्छ । केवल भक्तहरूले मात्र तपाईलार्ई पाउँन सक्छन ।।५४।।

तं दुराराध्यमाराध्य सतामपि दुरापया ।
एकान्तभक्त्या को वाञ्छेत् पादमूलं विना बहिः ॥ ५५ ॥

सत्पुरुषका पनि तपाईको भक्ति दुर्लभ छ । तपाईको प्रसन्नता भक्ति सिवाय अरु साधनबाट संभव छैन, तपाईको अनन्य भक्ति गर्ने कुनचाँहि त्यस्तो होला  जो तपाईको चरणकमल बाहेक अरु कुरा चाहाने ।।५५।।

यत्र निर्विष्टमरणं कृतान्तो नाभिमन्यते ।
विश्वं विध्वंसयन् वीर्य शौर्यविस्फूर्जितभ्रुवा ॥ ५६ ॥

आफ्नो अदम्य उत्साह र पराक्रमको प्रभावले आँखिभौंको इशाराले नै सारा संसारलार्ई संहार गर्ने काल पनि तपाईको चरणको शरणमा गएको प्राणीलाई आफ्नो अधिकारको अभिमान गर्न सक्तैन ।।५६।।

क्षणार्धेनापि तुलये न स्वर्गं नापुनर्भवम् ।
भगवत् सङ्‌गिसङ्‌गस्य मर्त्यानां किमुताशिषः ॥ ५७ ॥

यस्ता भगवानका भक्त यदि आधा क्षणका लागि मात्रै पनि समागम भयो भने उसलार्र्ई स्वर्ग र मोक्षको बारेमा कुनै स्मरण हुदैन भने मत्र्यलोकको तुच्छ भोगको बारेमा त कुरै के हो र ।।५७।।

(इन्द्रवज्रा)
अथानघाङ्‌घ्रेस्तव कीर्तितीर्थयोः
     अन्तर्बहिःस्नानविधूतपाप्मनाम् ।
भूतेष्वनुक्रोशसुसत्त्वशीलिनां
     स्यात्सङ्‌गमोऽनुग्रह एष नस्तव ॥ ५८ ॥

प्रभो ! तपाईको चरणले सबै पापहरूलार्ई नष्ट गर्दछ । हामी त यहि मात्र चाहान्छौं कि जसले तपाईको कीर्ति र लीलाहरु सुन्नाले मानसिक र शारीरिक दुवै प्रकारको पापलार्ई पखाल्दछ । तथा जसले जीवहरुप्रति दया गर्ने रागद्वेष नभएका सरलता आदि गुणबाट युक्त भएका ती तपाईको भक्तहरूको  संगतल सधै प्राप्त रहि रहोस, हामी माथि तपाईको यहि कृपा रहोस ।।५८।।

न यस्य चित्तं बहिरर्थविभ्रमं
     तमोगुहायां च विशुद्धमाविशत् ।
यद्‍भक्तियोगानुगृहीतमञ्जसा
     मुनिर्विचष्टे ननु तत्र ते गतिम् ॥ ५९ ॥

जुन साधकको चित्त भक्तियोगले अनुग्रहित एवं विशुध्द भएर न वाहिरी विषयमा भड्कन्छ र न अज्ञान हुह्यरूप प्रकृतिमा लीन हुन्छ, त्यसले सजिलै संग तपाईको दर्शन पाउँदछ ।।५९।।

(अनुष्टुप)
यत्रेदं व्यज्यते विश्वं विश्वस्मिन् अवभाति यत् ।
तत्त्वं ब्रह्म परं ज्योतिः आकाशमिव विस्तृतम् । ॥ ६० ॥

जसमा यो सारा जगत देखिन्छ र जो स्वयं पूर्ण जगतमा प्रकाशमान छ त्यो आकाश समान विस्तृत परम प्रकाश मय ब्रम्ह तत्व तपाई नै हो ।।६०।।

(इन्द्रवज्रा)
यो माययेदं पुरुरूपयासृजद्
     बिभर्ति भूयः क्षपयत्यविक्रियः ।
यद्‍भेदबुद्धिः सदिवात्मदुःस्थया
     त्वमात्मतन्त्रं भगवन्प्रतीमहि । ॥ ६१ ॥

भगवन् ! तपाई मायाद्वारा अनेक रूप धारण गर्नहुन्छ । यसबाटै तपाई जगतको रचना, पालना र संहार गर्नुहुन्छ । तर यो सद्वस्तु भएकाले तपाईमा कुनै विकार आउँदैन । मायाको कारण अरुहरुमा भेद–बुध्दि उत्पन्न हुन्छ तर त्यस्ले तपाई परमात्मा प्रति प्रभाव पर्दैन, हामी तपाईलार्ई परम स्वतन्त्र सम्झन्छौं ।।६१।।

क्रियाकलापैरिदमेव योगिनः
     श्रद्धान्विताः साधु यजन्ति सिद्धये ।
भूतेन्द्रियान्तःकरणोपलक्षितं
     वेदे च तन्त्रे च ते एव कोविदाः । ॥ ६२ ॥

कर्मयोगी पुरुषले सिध्द प्राप्त गर्नको लागि अनेक कर्मद्वारा तपाईको यस सगुण साकार स्वरूपको श्रध्दापूर्वक पूजा गर्दछन । तपाईको स्वरूप पञ्चभूत इन्द्रिय र अन्तःकरणको प्रेरकरूपले उपलक्षित हुन्छ  । त्यहि नै वेद र सास्त्रको साँचो कर्म हो ।।६२।।

त्वमेक आद्यः पुरुषः सुप्तशक्तिः
     तया रजःसत्त्वतमो विभिद्यते ।
महानहं खं मरुदग्निवार्धराः
     सुरर्षयो भूतगणा इदं यतः । ॥ ६३ ॥

प्रभो तपाई नै अद्वितीय आदि पुरुष हुनुहुन्छ । सृष्टि भन्दा पहिले तपाईकी माया शक्ति सुतेकी थिइन फेरी त्यसैबाट सत्व, रज र तमगुणको भेद हुन्छ र यसपछि नै त्यहि गुणबाट महतत्व, अहंकार, आकाश, वायु, अग्नि, जल, पृथ्ी, देवता, ऋषि र सबै प्राणीहरूले युक्त भएको यस जगतको उत्पत्ति हुन्छ ।।६३।।

सृष्टं स्वशक्त्येदमनुप्रविष्टः
     चतुर्विधं पुरमात्मांशकेन ।
अथो विदुस्तं पुरुषं सन्तमन्तः
     भुङ्‌क्ते हृषीकैर्मधु सारघं यः । ॥ ६४ ॥

फेरी तपाईका आफ्नै माया शक्तिबाट रचना भएका जरायुज, अण्डज, स्वेदज र उद्भिज भदेले चार प्रकारले शरीरमा अंशरूपले प्रवेश गर्दछ र जुन माहुरीले आफैले उत्पन्न गरेको मह आफैं खान्छ त्यसैप्रकार त्यो तपाईको अंश त्यस शरीरमा रहेर इन्द्रियद्वारा यस तुच्छ विषयको भोग्दछ । तपाईको त्यहि अंशलार्ई नै पुरुष अथाव जीव भन्दछन् ।।६४।

स एष लोकानतिचण्डवेगो
     विकर्षसि त्वं खलु कालयानः ।
भूतानि भूतैरनुमेयतत्त्वो
     घनावलीर्वायुरिवाविषह्यः । ॥ ६५ ॥

जसरी वायुले आफ्नो असहनीय एवं प्रचण्ड वेगले अरु मेघलाई मेघलार्ई तितर वितर पार्दछ त्यसरि नै प्रलयकाल आएपछि कालस्वरूप तपाई नै आफ्नो प्रचण्ड एवं असह्य वेगले सम्पूर्ण स्थवर जंगम भूतलार्ई अन्य भूतबाट अलग गराएर सबैलोकको संहार गर्नुहुन्छ । प्रभो ! त्यसैले तपाईको तत्वज्ञान प्रत्यक्ष बाट होइन अनुमानबाट हुन्छ ।।।६५।।

प्रमत्तमुच्चैरिति कृत्यचिन्तया
     प्रवृद्धलोभं विषयेषु लालसम् ।
त्वमप्रमत्तः सहसाभिपद्यसे
     क्षुल्लेलिहानोऽहिरिवाखुमन्तकः । ॥ ६६ ॥

कस्त्वत्पदाब्जं विजहाति पण्डितो
     यस्तेऽवमानव्ययमानकेतनः ।
विशङ्‌कयास्मद्‍गुरुरर्चति स्म यद्
     विनोपपत्तिं मनवश्चतुर्दश । ॥ ६७ ॥

भगवन् ! यो मोहग्रस्त जीव प्रमादवश हर समय यसैको चिन्तामा रहन्छ । कि यस्तो काम गर्नु पर्छ, उ काम गर्नु पर्छ आदि । यस्मा लोभ बढेर यसैलार्ई विषयको लालसा बनाउदछ तर यसबाट तृप्त भने हुदैन । त्यसैगरी विषय आदिमा सधा ब्यस्त हुने पुरुषलाई तपाई आफ्नो कालस्वरुले त्यसलार्ई नष्ट गरिदिनु हुन्छ  ।।३२।।                                                                                                                                          
 (अनुष्टुप)
अथ त्वमसि नो ब्रह्मन् परमात्मन् विपश्चिताम् ।
विश्वं रुद्रभयध्वस्तं अकुतश्चिद्‍भया गतिः । ॥ ६८ ॥

तपाईको अवहेलना गर्नाले नै आफ्नो आयुलार्ई नष्ट गर्दछ भने यस्तो कुन विद्वान होला जो तपाईको चरणकमललार्ई विर्सन्छ । कालको आशंकाले नै हाम्रा पिता ब्रम्हाजी र स्वयम्भूव आदि चौध मनुले पनि कुनै विचार नगरी श्रध्दापूर्वक तपाईको चरण कमलको पूजा गरेका थिए ।।५७।।

हे ब्रम्हन् ! यो सारा जगत रुद्र्ररूप कालको डरले ब्याकुल छ । त्यसैले हे परमात्मन् ! यस तत्वलार्ई जान्ने हामीहरू तपाईकै मार्गको अनुशरण गर्दछौं । यस समय तपाई नै हाम्रा रक्षक तथा आश्रय हुनुुहन्छ ।।६८।।

इदं जपत भद्रं वो विशुद्धा नृपनन्दनाः ।
स्वधर्ममनुतिष्ठन्तो भगवति अर्पिताशयाः । ॥ ६९ ॥

राजकुमारहरू! तिमीहरू विशुध्दभावले स्धर्मको आचरण गरेर भगवान्मा चित्त लगाएर मैले भनेको स्तोत्रको जप गर भगवान्ले तिमीहरूको कल्याण गनुहुनेछ ।।६९।।

तमेवात्मानमात्मस्थं सर्वभूतेष्ववस्थितम् ।
पूजयध्वं गृणन्तश्च ध्यायन्तश्चासकृद्धरिम् ॥ ७० ॥


तिमीहिरू आफ्नो अन्तःकरणमा स्थित उनै सर्वभूतान्तर्यामी परमात्मा श्रीहरिको वारम्वार स्तुति र चिन्तन गरेर पूजा गर ।।७०।।

योगादेशमुपासाद्य धारयन्तो मुनिव्रताः ।
समाहितधियः सर्व एतदभ्यसतादृताः ॥ ७१ ॥

तिमीहरू यसलार्ई मनमा धारण गरेर एकाग्रमनले मुनिब्रतको आचरण गरेर आदर पूर्वक अभ्यास गर ।।७१।।

इदमाह पुरास्माकं भगवान्विश्वसृक्पतिः ।
भृग्वादीनां आत्मजानां सिसृक्षुः संसिसृक्षताम् ॥ ७२ ॥

यो स्तोत्र पूर्वकालमा जगद्विस्तारको इच्छाले प्रजापतिहरूका पति भगवान् ब्रम्हाजीले प्रजा उत्पन्न गर्ने इच्छाले हामी भुगुआदि आफ्ना छोरालार्ई सुनाउनु भएको थियो ।।७२।।

जो पुरुष प्रातःकालमा उठेर यसलार्ई श्रध्दा पूर्वक हात जोडेर सुन्दछ अथवा सनाउछ भने त्यो सबै प्रकारको कर्मवन्धनबाट मुक्त हुन्छ ।।७८।।

ते वयं नोदिताः सर्वे प्रजासर्गे प्रजेश्वराः ।
अनेन ध्वस्ततमसः सिसृक्ष्मो विविधाः प्रजाः ॥ ७३ ॥

जव हामी प्रजापतिहरूलार्ई प्रजा विस्तार गर्ने आज्ञाभयो तव यसैबाट हामीले आफ्नो अज्ञान निवृत्त गरेर अनेकप्रकारको प्रजा उत्पन्न गरेका थियौं ।।७३।।

अथेदं नित्यदा युक्तो जपन् अवहितः पुमान् ।
अचिरात् श्रेय आप्नोति वासुदेवपरायणः ॥ ७४ ॥

अहिले पनि जो भगवत्परायण पुरुष एकाग्र चित्तले नित्य यसकोे जप, पाठ गर्दछ भने उसकोे चाँढै नै कल्याण हुनेछ ।।७४।।

श्रेयसामिह सर्वेषां ज्ञानं निःश्रेयसं परम् ।
सुखं तरति दुष्पारं ज्ञाननौर्व्यसनार्णवम् ॥ ७५ ॥

यस लोकमा सबैप्रकारको कल्याणको साधनमा मोक्षदायक ज्ञान नै सबैभन्दा श्रेष्ठ हो । ज्ञान वैराज्ञ प्रति लागेको पुरुष अनायास नै यस दुस्तर संसारबाट पार पाउँछ ।।७५।।

य इमं श्रद्धया युक्तो मद्‍गीतं भगवत्स्तवम् ।
अधीयानो दुराराध्यं हरिं आराधयत्यसौ ॥ ७६ ॥

विन्दते पुरुषोऽमुष्माद् यद्यद् इच्छत्यसत्वरम् ।
मद्‍गीतगीतात्सुप्रीतात् श्रेयसामेकवल्लभात् ॥ ७७ ॥

यद्यपि भगवानको आराधना धेरै कठिन छ तर मैले बताएको यस स्तोस्त्रलार्ई जसले श्रध्दापूर्वक पाठ गर्दछ त्यो सुगमताले नै उहाँबाट प्रसन्नता प्राप्त गर्दछ । भगवान् नै सबै कल्याणको एकमात्र आश्रय हुनुहुन्छ त्यसैले मैले गाएको यस स्तोत्रलार्ई गाएर वहाँँलार्ई प्रसन्न पारेमा उसालाई स्थीर चित्त हुन्छ र जे चहान्छ त्यो प्राप्त गर्दछ ।।७७।।

इदं यः कल्य उत्थाय प्राञ्जलिः श्रद्धयान्वितः ।
शृणुयात् श्रावयेन्मर्त्यो मुच्यते कर्मबन्धनैः ॥ ७८ ॥

जो पुरुष प्रातःकालमा उठेर यसलार्ई श्रध्दा पूर्वक हात जोडेर सुन्दछ अथवा सनाउछ भने त्यो सबै प्रकारको कर्मवन्धनबाट मुक्त हुन्छ ।।७८।।

(इन्द्रवज्रा)
गीतं मयेदं नरदेवनन्दनाः
     परस्य पुंसः परमात्मनः स्तवम् ।
जपन्त एकाग्रधियस्तपो महत्
     चरध्वमन्ते तत आप्स्यथेप्सितम् ॥ ७९ ॥

राजकुमारहरू! मैल तिमीहरूलार्ई जुन यो परमपुरुष परमात्माको स्तोत्र सुनाएं यसलार्ई एकाग्र चित्तले जपेर तिमीहरूले ठुलो तपस्या गर तपस्या पूर्ण भएपछि यसैबाट तिमीहरूलार्ई इच्छा बमोजिमको फल प्राप्त हुन्छ ।।७९।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे रुद्रगीतं नाम चतुर्विंशोऽध्यायः ॥ २४ ॥