श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - द्वादशोऽध्यायः
मैत्रेय उवाच ।
(अनुष्टुप)
इति ते वर्णितः क्षत्तः कालाख्यः परमात्मनः ।
महिमा वेदगर्भोऽथ यथास्राक्षीन्निबोध मे ॥ १ ॥
मैत्रेयजीले भने—
विदुरजी! यहाँ सम्म मैले तपाईलाई भगवानको कालरूपको बारेमा बताए अव ब्रह्माजीले जुन प्रकारले जगतको रचना गनुभयो त्यसको बारेमा सुन्नुहोस ।।१।।
ससर्जाग्रेऽन्धतामिस्रं अथ तामिस्रमादिकृत् ।
महामोहं च मोहं च तमश्चाज्ञानवृत्तयः ॥ २ ॥
सबभन्दा पहिले वहाँले अज्ञानको पाँच बृत्ति तम, (अविद्या) मोह (अस्मिता), महामोह (राग), तामिश्र (द्वेश) र अन्धतामिश्र, (अभिनिवेज्ञ) रचना गरे ।।२।।
दृष्ट्वा पापीयसीं सृष्टिं नात्मानं बह्वमन्यत ।
भगवद्ध्यानपूतेन मनसान्यां ततोऽसृजत् ॥ ३ ॥
तर यस अत्यन्त पापमय सृष्टिलाई देखेर उनलाई प्रसन्न भएन । त्यसैल उनले आफ्नो मनलाई भगवानको ध्यानबाट पवित्र गरेर उनले दोश्रो सृष्टि गरे ।।३।।
सनकं च सनन्दं च सनातनमथात्मभूः ।
सनत्कुमारं च मुनीन् निष्क्रियान् ऊर्ध्वरेतसः ॥ ४ ॥
यसपटक ब्रह्माजीले सनक, सनन्दन, सनातन र सनतकुमार यी चार निवृतिपरायण उध्र्वरेता मुनि उत्पन्न गरे ।।४।।
तान् बभाषे स्वभूः पुत्रान् प्रजाः सृजत पुत्रकाः ।
तन्नैच्छन् मोक्षधर्माणो वासुदेवपरायणाः ॥ ५ ॥
आफ्ना यी छोराहरूलाई ब्रह्माजीले भन्नुभयो । पुत्र! तिमीहरू प्रजाहरु उत्पन्न गर तर उनीहरू जन्म देखि नै मोक्षमार्गको (निवृतिमार्ग) अनुशरण गर्ने र भगवानको ध्यानमा तत्पर हुन्थे । त्यसैले उनीहरूले सृष्टिमा मन लगाएन् ।।५।।
सोऽवध्यातः सुतैरेवं प्रत्याख्यातानुशासनैः ।
क्रोधं दुर्विषहं जातं नियन्तुमुपचक्रमे ॥ ६ ॥
जव ब्रह्माजीले देख्नुभयो कि मेरो आज्ञा नमानेर मेरा छोराहरू मलाईनै तिरस्कार गरिरहेका छन् । त्यसपछि उनलाई असाध्य क्रोध उत्पन्न भयो, उनले त्यसलाई रोक्ने प्रयास गरे ।।६।।
धिया निगृह्यमाणोऽपि भ्रुवोर्मध्यात्प्रजापतेः ।
सद्योऽजायत तन्मन्युः कुमारो नीललोहितः ॥ ७ ॥
तर बुध्दिद्वारा त्यसलाई रोक्न खोज्दापनि त्यो क्रोध प्रजापति ब्रह्माको दुई आँखी भौंको विचबाट निललोहित (निलो र रातो रंगको) बालकको रूपमा प्रकट भयो ।।७।।
स वै रुरोद देवानां पूर्वजो भगवान्भवः ।
नामानि कुरु मे धातः स्थानानि च जगद्गुरो ॥ ८ ॥
त्यो देवताहरूको पूर्वज भगवन् भव (रुद्र) रुदै भन्न लाग्यो । जगत्पिता! विधाता! मेरो नाम र बस्ने ठाँउ बताउनुहोस ।।८।।
इति तस्य वचः पाद्मो भगवान् परिपालयन् ।
अभ्यधाद् भद्रया वाचा मा रोदीस्तत्करोमि ते ॥ ९ ॥
तव कमलयोनी ब्रह्माले त्यस बालकका प्रार्थना पूर्ण गर्नको लागि मधुर वाणीमा भन्नुभयो नरोउ म अहिलिे नै तिम्रो इच्छा पूर्ण गर्दछु ।।९।।
यदरोदीः सुरश्रेष्ठ सोद्वेग इव बालकः ।
ततस्त्वां अभिधास्यन्ति नाम्ना रुद्र इति प्रजाः ॥ १० ॥
देव श्रेष्ठ! तिमी जन्मदै बालक समानको गरि रुन लाग्यौ त्यसैले तिमीलाई रुद्र नामले पुकार्ने छन् ।।१०।।
हृदिन्द्रियाण्यसुर्व्योम वायुरग्निर्जलं मही ।
सूर्यश्चन्द्रस्तपश्चैव स्थानान्यग्रे कृतानि मे ॥ ११ ॥
तिमीलाई बस्नकालाई मैले पहिले नै हृदय, इन्द्रिय, प्राण, आकाश, वायु, अग्नि, जल, पृथ्वी, सूर्य, चन्द्रमा र तप यी स्थानहरू रचना गरेको छु ।।११।।
मन्युर्मनुर्महिनसो महान् शिव ऋतध्वजः ।
उग्ररेता भवः कालो वामदेवो धृतव्रतः ॥ १२ ॥
तिम्रो नाम मन्यु, मनु, महिनस, महान, शिव, ऋतध्वज, उग्ररेता, भव, काल, वामदेव धृतव्रत हुनेछ ।।१२।।
धीर्वृत्तिरसलोमा च नियुत्सर्पिरिलाम्बिका ।
इरावती स्वधा दीक्षा रुद्राण्यो रुद्र ते स्त्रियः ॥ १३ ॥
त्यसै गरीधी, वृत्ति, उशना, उमा, नियुत्, सर्पि, इला, अम्बिका, इरावती, सुधा र दीक्षा यी एघार रुद्राणी तिम्रो पत्नी हुनेछन् ।।१३।।
गृहाणैतानि नामानि स्थानानि च सयोषणः ।
एभिः सृज प्रजा बह्वीः प्रजानामसि यत्पतिः ॥ १४ ॥
तिमी उपर्युक्त नाम स्थान र स्त्रीहरूलाई स्वीकार गर यी द्वारा धेरै प्रजाहरू उत्पन्न गर किनकि तिमी प्रजापति हौं ।।१४।।
इत्यादिष्टः स्वगुरुणा भगवान् नीललोहितः ।
सत्त्वाकृतिस्वभावेन ससर्जात्मसमाः प्रजाः ॥ १५ ॥
लोकपतिा ब्रह्माजीबाट यस्तो आज्ञा पाएर भगवान् निललोहित बल, आकार र स्वभावमा आफु जस्तै प्रजा उत्पन्न गर्नलागे ।।१५।।
रुद्राणां रुद्रसृष्टानां समन्ताद् ग्रसतां जगत् ।
निशाम्यासंख्यशो यूथान् प्रजापतिरशङ्कत ॥ १६ ॥
भगवान् रुद्रबाट उत्पन्न भएका ती असंख्य जमातले सारा ब्रह्माण्डलाईनै भक्षण गर्न लागेको देखेर ब्रह्माजीलाई संका भयो ।।१६।।
अलं प्रजाभिः सृष्टाभिः ईदृशीभिः सुरोत्तम ।
मया सह दहन्तीभिः दिशश्चक्षुर्भिरुल्बणैः ॥ १७ ॥
फेरी उहाँले रुद्रलाई भन्नुभयो हे सुरश्रेष्ठ! तिम्रा प्रजा त आफ्नो भयंकार दृष्टिले मलाई र सबै दिशाहरूलाई भष्म गर्दैछन् । त्यसैले अव यस्तो सृष्टि अरु नगर ।।१७।।
तप आतिष्ठ भद्रं ते सर्वभूतसुखावहम् ।
तपसैव यथापूर्वं स्रष्टा विश्वमिदं भवान् ॥ १८ ॥
तिम्रो कल्याण होस अव तिमी सबै प्राणीहरूलाई कल्याण गर्न का लागि तप गर । फेरी त्यहि तपको प्रभावबाट तिमी पहिले झैं यस सन्सारको रचना गर्नु ।।१८।।
तपसैव परं ज्योतिः भगवन्तमधोक्षजम् ।
सर्वभूतगुहावासं अञ्जसा विन्दते पुमान् ॥ १९ ॥
मानिसले तपबाटै इन्द्रियका स्वामी सर्बान्र्तयामी, ज्योतिः श्रीहरिलाई सजिलै प्राप्त गर्न सक्छ ।।१९।।
मैत्रेय उवाच ।
एवमात्मभुवाऽऽदिष्टः परिक्रम्य गिरां पतिम् ।
बाढमित्यमुमामन्त्र्य विवेश तपसे वनम् ॥ २० ॥
मैत्रेयजी भन्दछन्—
जव ब्रह्माजीले यस्तो आज्ञा दिए अनि रुद्रले त्यसलाई्र स्वीकार गरेर वहाँलाई परिक्रमा गरेर तपस्या गर्न वन तिर लागे ।।२०।।
अथाभिध्यायतः सर्गं दश पुत्राः प्रजज्ञिरे ।
भगवत् शक्तियुक्तस्य लोकसन्तानहेतवः ॥ २१ ॥
त्यसपछि भगवानको शक्तिले सम्पन्न ब्रह्माजीले सृष्टिका लागि संकल्प गरे । त्यसपछि उनले दक्ष पुत्र उत्पन्न गरे त्यसबाट लोकको धेरै बृध्दि भयो ।।२१।।
मरीचिरत्र्यङ्गिरसौ पुलस्त्यः पुलहः क्रतुः ।
भृगुर्वसिष्ठो दक्षश्च दशमस्तत्र नारदः ॥ २२ ॥
उनीहरूको नाम मरिचि, अत्रि, अंगिरा, पुलस्त्य, पुलह, क्रतु, भृगु, वशिष्ठि, दक्ष र दसौं नारद थिए ।।२२।।
उत्सङ्गान्नारदो जज्ञे दक्षोऽङ्गुष्ठात्स्वयम्भुवः ।
प्राणाद्वसिष्ठः सञ्जातो भृगुस्त्वचि करात्क्रतुः ॥ २३ ॥
यीनमा नारदजी प्रजापतिको काखबाट, दक्ष औंलाबाट, वशिष्ठ प्राणबाट, भृगु त्वचाबाट, क्रतु हातबाट— ।।२३।।
पुलहो नाभितो जज्ञे पुलस्त्यः कर्णयो ऋषिः ।
अङ्गिरा मुखतोऽक्ष्णोऽत्रिः मरीचिर्मनसोऽभवत् ॥ २४ ॥
पुलह नाभिबाट, पुलस्त्य कानबाट अंगिरा मुखबाट, अत्रृ आँखाबाट र मरिचि मनबाट उत्पन्न भए ।।२४।।
धर्मः स्तनाद् दक्षिणतो यत्र नारायणः स्वयम् ।
अधर्मः पृष्ठतो यस्मात् मृत्युर्लोकभयङ्करः ॥ २५ ॥
त्यसपछि ब्रह्माको दायाँ स्तनबाट धर्म उत्पन्न भयो । जसमा स्वयं नारायण रहनुहुन्छ । त्यसै गरि वहाँको पिठ्युबाट अधर्मको जन्म भयो र त्यहिंबाट सारा संसारलाई भय गराउने मृत्यु उत्पन्न भयो ।।२५।।
हृदि कामो भ्रुवः क्रोधो लोभश्चाधरदच्छदात् ।
आस्याद् वाक्सिन्धवो मेढ्रान् निर्ऋतिः पायोरघाश्रयः ॥ २६ ॥
यस प्रकार ब्रह्माजीको हृदयबाट काम आँखी भौंबाट क्रोध, तल्लो ओठबाट लोभ, मुखबाट वाणी, लिंगबाट समुद्र, गुदाबाट पापको निवासस्थान (राक्षसको अधिपति) निऋति— ।।२६।।
छायायाः कर्दमो जज्ञे देवहूत्याः पतिः प्रभुः ।
मनसो देहतश्चेदं जज्ञे विश्वकृतो जगत् ॥ २७ ॥
छायाँबाट देवहुतीका पति भगवान् कर्दमजी उत्पन्न भए । यसरी सारा जगत ब्रह्माजीको शरीर र मनबाट उत्पन्न भयो ।।२७।।
वाचं दुहितरं तन्वीं स्वयम्भूर्हरतीं मनः ।
अकामां चकमे क्षत्तः सकाम इति नः श्रुतम् ॥ २८ ॥
विदुरजी!
भगवान् ब्रह्माजीकी कन्या सरस्वती धेरै सुकुमारी र राम्री । थिइन् हामीले सुनेका छौ कि एकपटक उनलाई देखेर ब्रह्माजी काम मोहित हुनुभएको थियो तापनि वहाँ स्वयं वासना सुन्य हुनुहुन्थ्यो ।।२८।।
तमधर्मे कृतमतिं विलोक्य पितरं सुताः ।
मरीचिमुख्या मुनयो विश्रम्भात् प्रत्यबोधयन् ॥ २९ ॥
उनले यस्तो अधर्ममय संकल्प गरेको देखेर उनका छोरा मरिचि आदि ऋषिहरूले प्रेमपूर्वक सम्झाए ।।२९।।
नैतत्पूर्वैः कृतं त्वद्ये न करिष्यन्ति चापरे ।
यस्त्वं दुहितरं गच्छेः अनिगृह्याङ्गजं प्रभुः ॥ ३० ॥
पिताजी! हजूर सामथ्र्य हुनुहुन्छ अनि आफ्नो मनबाट उत्पन्न भएको कामवेगलाई नरोकेर पुत्री गमन जस्तो महापाप गर्ने संकल्प गर्नुभएको छ यस्तो त तपाई भन्दा पहिलाका ब्रह्माले गर्नु भएन र न पछि कसैले गर्नेछन ।।३०।।
तेजीयसामपि ह्येतन्न सुश्लोक्यं जगद्गुरो ।
यद्वृत्तमनुतिष्ठन् वैन्वै लोकः क्षेमाय कल्पते ॥ ३१ ॥
जगद्गुरु हजूरजस्ता तेजस्वी पुरुषलाईयस्तो कामले शोभा दिदैन । किनकि तपाईको जस्ताको आचरणको अनुशरण गर्दानै जगतको कल्याण हुनेछ ।।३१।।
तस्मै नमो भगवते य इदं स्वेन रोचिषा ।
आत्मस्थं व्यञ्जयामास स धर्मं पातुमर्हति ॥ ३२ ॥
जुन भगवानले आफ्नो स्वरूपमा लीन भएको जगतलाई आफ्नै तेजले प्रकट गर्नु भयो वहाँलाई नमस्कार छ । यस समयमा उनै ले नै धर्मको रक्षा गर्न सक्तछन ।३२।।
स इत्थं गृणतः पुत्रान् पुरो दृष्ट्वा प्रजापतीन् ।
प्रजापतिपतिस्तन्वं तत्याज व्रीडितस्तदा ।
तां दिशो जगृहुर्घोरां नीहारं यद्विदुस्तमः ॥ ३३ ॥
आफ्ना छोरा मरिचि आदि प्रजापतिहरूले आफुले नै जसरी यसरी सम्झाउदा प्रजापतिका पनि ब्रह्माजी धेरै लज्जित हुनुभयो र वहाँले त्यस शरीरलाई त्यसै समयमा छोडिदिनु भयो । अनि त्यस घोर शरीरलाई दिशाहरूले लिए । त्यहि नै कुहिरो भयो जसलाई अन्धकार भनिन्छ ।।३३।।
कदाचिद् ध्यायतः स्रष्टुः वेदा आसंश्चतुर्मुखात् ।
कथं स्रक्ष्याम्यहं लोकाम् समवेतान् यथा पुरा ॥ ३४ ॥
एक पटक ब्रह्माजी यो सोचिरहनु भएको थियो कि मैले पहिलेको जस्तै सुब्यबस्थितरूपले सब लोकको रचना कसरी गरौं त्यसै समयमा उनको चार मुखबाट चार वेद प्रकट भयो ।।३४।।
चातुर्होत्रं कर्मतन्त्रं उपवेदनयैः सह ।
धर्मस्य पादाश्चत्वारः तथैवाश्रमवृत्तयः ॥ ३५ ॥
यो बाहेक उपवेद, न्यायशास्त्र, होता, उद्गाता, अध्वर्यु र ब्रह्मा यी चार ऋत्वीजको कर्म, यज्ञको विस्तार, धर्मको चार चरण र चार आश्रम तथा यीनको वृत्तिहरू यी सबै ब्रह्माजीको मुखबाट उत्पन्न भयो ।।३५।।
विदुर उवाच ।
स वै विश्वसृजामीशो वेदादीन् मुखतोऽसृजत् ।
यद् यद् येनासृजद् देवस्तन्मे ब्रूहि तपोधन ॥ ३६ ॥
विदुरजीले सोधे—
तपोधन! विश्व रचयिताका स्वामी ब्रह्माजीले जव मुखबाट यी वेदादिको रचना गरे अनि उनले आफ्नो मुखबाट कुन वस्तुको उत्पन्न गरे यसबारे कृपा गरेर मलाई बताइदिनुहोस ।।३६।।
मैत्रेय उवाच ।
ऋग्यजुःसामाथर्वाख्यान् वेदान् पूर्वादिभिर्मुखैः ।
शास्त्रमिज्यां स्तुतिस्तोमं प्रायश्चित्तं व्यधात्क्रमात् ॥ ३७ ॥
मैत्रेयजीले भने—
ब्रह्माजीले आफ्नो पूर्व, दक्षिण, पश्चिम र उत्तरको मुखबाट क्रमशः ऋक, यजु, साम र अर्थवेदको रचना गरे तथा यसै क्रमबाट शास्त्र, (होताको कर्म) इज्या (आयुध्र्वको कर्म) स्तुतिस्तोम (उद्गाताको कर्म) र प्रायश्चित्त (ब्रह्माको कर्म) यी चार को रचना गरे ।।३७।।
आयुर्वेदं धनुर्वेदं गान्धर्वं वेदमात्मनः ।
स्थापत्यं चासृजद् वेदं क्रमात् पूर्वादिभिर्मुखैः ॥ ३८ ॥
यस प्रकारआर्युवेद (चिकित्सिाशास्त्र), धनुर्वेद (शास्त्र विद्या), गान्धर्ववेद (संगित शास्त्र) र स्थापत्यवेद (शिल्प विद्या) यी चा उपवेदको पनि त्रमशः पूर्वको मुख देखि नै उत्पन्न गरे ।।३८।।
इतिहासपुराणानि पञ्चमं वेदमीश्वरः ।
सर्वेभ्य एव वक्त्रेभ्यः ससृजे सर्वदर्शनः ॥ ३९ ॥
फेरी सर्बदर्शी भगवान् ब्रह्माले आफ्नो चारै मुखबाट इतिहास पुराणकोरूपमा पाँचौ वेद बनाउनु भयो ।।३९।।
षोडश्युक्थौ पूर्ववक्त्रात् पुरीष्यग्निष्टुतावथ ।
आप्तोर्यामातिरात्रौ च वाजपेयं सगोसवम् ॥ ४० ॥
यसै क्रमबाट षोडशी र उक्थ, चयन र अग्निष्टोम, आप्तोर्याम र अतिरात्र तथा वाजपेय र गोसब यी दुई दुई यज्ञ पनि पूर्व देखि कै मुखबाट उत्पन्न गरे ।।४०।।
विद्या दानं तपः सत्यं धर्मस्येति पदानि च ।
आश्रमांश्च यथासंख्यं असृजत्सह वृत्तिभिः ॥ ४१ ॥
विद्या, दान, तप र सत्य यी धर्मको चार पद र बृत्तियोका चार आश्रम यसै क्रमबाट प्रकट भयो ।।४१।।
सावित्रं प्राजापत्यं च ब्राह्मं चाथ बृहत्तथा ।
वार्ता सञ्चयशालीन शिलोञ्छ इति वै गृहे ॥ ४२ ॥
सवित्र, प्रजापत्य, ब्राम्ह र बृहत यी चार बृत्ति ब्रह्मचारीको हो । त्यसै गरि वार्ता सञ्चय, शालीन र शिलोच्छ यी चार बृत्ति गृहस्थिको हो ।।४२।।
वैखानसा वालखिल्यौ दुम्बराः फेनपा वने ।
न्यासे कुटीचकः पूर्वं बह्वोदो हंसनिष्क्रियौ ॥ ४३ ॥
यसैप्रकार बृत्ति भेदबाट वैखनस, वालखिल्य, औदुम्बर र फेनप यी चार भेद वानप्रस्थको तथा कटिचक्र, वहुदक हंस र निष्कृय (परमहंस) यी चार भेद सन्यासीको हो ।।४३।।
आन्वीक्षिकी त्रयी वार्ता दण्डनीतिस्तथैव च ।
एवं व्याहृतयश्चासन् प्रणवो ह्यस्य दह्रतः ॥ ४४ ॥
यसै क्रमबाट आन्विक्षिकी, त्रयी, वार्ता र दण्डनिति यी चार विद्याहरू तथा चार ब्याहृतिहरू पनि ब्रह्माजीको चार मुखबाट उत्पन्न भयो । तथा उनको हृदयाकार बाट ॐकार प्रकट भयो ।।४४।।
तस्योष्णिगासील्लोमभ्यो गायत्री च त्वचो विभोः ।
त्रिष्टुम्मांसात्स्नुतोऽनुष्टुब् जगत्यस्थ्नः प्रजापतेः ॥ ४५ ॥
ब्रह्माको रौंबाट उष्णिक, त्वचाबाट गायत्री, स्नायुबाट अनुष्टुप, आस्थिहरूबाट जगती— ।।४५।।
मज्जायाः पङ्क्तिरुत्पन्ना बृहती प्राणतोऽभवत् ।
स्पर्शस्तस्याभवज्जीवः स्वरो देह उदाहृत ॥ ४६ ॥
मज्जाबाट पंक्ति र प्राणबाट बृहति छन्द उत्पन्न भयो । यसरी नै उनको जीव स्पर्शवर्ण (कवर्गादि पञ्चवर्ग) र देह स्वरवर्ण (अकारादि) भनियो ।।४६।।
ऊष्माणमिन्द्रियाण्याहुः अन्तःस्था बलमात्मनः ।
स्वराः सप्त विहारेण भवन्ति स्म प्रजापतेः ॥ ४७ ॥
उनको इन्द्रियको उष्मवर्ण (श, ष, स, ह) र व लाई अन्तःस्थ (य र ल व) भन्दछन् । त्यसै गरी उनको क्रिडाबाट निषाद ऋषभ, गान्धार, सडज, मध्यम, धैवत र पञ्चम यी सात स्वर प्रकट भए ।।४७।।
शब्दब्रह्मात्मनस्तस्य व्यक्ताव्यक्तात्मनः परः ।
ब्रह्मावभाति विततो नानाशक्त्युपबृंहितः ॥ ४८ ॥
ब्रह्माजी शव्द ब्रह्मस्वरू पहुनुहुन्छ । वहाँ वैखरी रूपबाट ब्यक्त र ओंकार रूपबाट अब्यक्त हुनुहुन्छ तथा उनी भन्दा पर जुन सर्बत्र परिपूर्ण परब्रह्म छ त्यहि अनेक प्रकारको शक्तिबाट विकसित भएर इन्द्रियादिरूपमा प्रकट भएर देखिन्छ ।।४८।।
ततोऽपरामुपादाय स सर्गाय मनो दधे ।
ऋषीणां भूरिवीर्याणां अपि सर्गमविस्तृतम् ॥ ४९ ॥
विदुरजी! ब्रह्माजीले पहिलो शरीर छाडेपछि दोश्रो शरीर धारण गरेर विश्व विस्तार गरे । उनीले देखे कि मरिचि आदि महान ऋषिहरूबाट पनि सृष्टिको विस्तार हुनसकेन ॥ ४९ ॥
ज्ञात्वा तद्धृदये भूयः चिन्तयामास कौरव ।
अहो अद्भुतमेतन्मे व्यापृतस्यापि नित्यदा ॥ ५० ॥
अनि मनमनै फेरी चिन्ता गर्न लागे अहो! वडा आश्चर्य छ मैले निरन्तर प्रयत्न गर्दापनि प्रजाहरूको बृध्दि गर्न सकेकोछैन ॥ ५० ॥
न ह्येधन्ते प्रजा नूनं दैवमत्र विघातकम् ।
एवं युक्तकृतस्तस्य दैवं चावेक्षतस्तदा ॥ ५१ ॥
मलाई लाग्दछ यसमा दैवले नै कुनै वाधा पु¥याई रहेकोछ जस्तोलाग्दछ । त्यस समय यथोचित कर्म गर्ने ब्रह्माजी दैवको विषयमा विचार गरिरहेको थिए ।।५१।।
कस्य रूपमभूद् द्वेधा यत्कायमभिचक्षते ।
ताभ्यां रूपविभागाभ्यां मिथुनं समपद्यत ॥ ५२ ॥
त्यहि समयमा अकस्मात उनको शरीर दुई भाग भयो “क” ब्रह्माजीको नाम हो त्यसमा विभक्त हुदा शरीरलाई“काय” भनिन्छ । त्यस दुई भागबाट एक स्त्री र एक पुरुष जोडी प्रकट भयो ।।५२।।
यस्तु तत्र पुमान्सोऽभूत् मनुः स्वायम्भुवः स्वराट् ।
स्त्री याऽऽसीच्छतरूपाख्या महिष्यस्य महात्मनः ॥ ५३ ॥
त्यसमा जुन पुरुष थिए उनी सार्वभौम सम्राट मनु भए र जुन स्त्री थिइन उनी उनकी महारानी सतरूपा भइन ।।५३।।
तदा मिथुनधर्मेण प्रजा ह्येधाम्बभूविरे ।
स चापि शतरूपायां पञ्चापत्यान्यजीजनत् ॥ ५४ ॥
त्यस पनि मिथुन धर्म स्त्री पुरुष सम्भोगबाट प्रजा बृध्दि हुनलाग्यो । महाराज स्वायम्भुव मनुले सतरूपाबाट पाँच सन्तान उत्पन्न गरे ।।५४।।
प्रियव्रतोत्तानपादौ तिस्रः कन्याश्च भारत ।
आकूतिर्देवहूतिश्च प्रसूतिरिति सत्तम ॥ ५५ ॥
साधु श्रेष्ठ विदुरजी! यिनमा प्रियव्रत र उत्तानपाद दुई छोरा थिए । तथा आकुति, देवहुति र प्रशुति तीन छोरी थिए ।। ५५।।
आकूतिं रुचये प्रादात् कर्दमाय तु मध्यमाम् ।
दक्षायादात्प्रसूतिं च यत आपूरितं जगत् ॥ ५६ ॥
मनुजीले आकुतिको विवाह रुचिप्रजापति संग गराए । माहिली कन्या देवहुति कर्दमजीलाई दिए र प्रसूतिको दक्षप्रजापति संग विवाह गरिदिए । यी तीन कन्याबाट सारा संसार भरियो ।।५६।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे द्वादशोऽध्यायः ॥ १२ ॥
