श्रीमद्भागवत महापुराण
दशमस्कन्धः –चतुःषष्टितमोऽध्यायः
श्रीशुक उवाच–
(अनुष्टुप्)
एकदोपवनं राजन् जग्मुर्यदुकुमारकाः ।
विहर्तुं साम्बप्रद्युम्नचारुभानुगदादयः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे प्रिय परीक्षित ! एक दिन साम्ब प्रद्युम्न, चारुभानु र गद आदि यदुवंशी राजकुमारहरू बगैंचामा खेल्न भनि उपवनमा गए ।।१।।
क्रीडित्वा सुचिरं तत्र विचिन्वन्तः पिपासिताः ।
जलं निरुदके कूपे ददृशुः सत्त्वमद्भुतम् ॥ २ ॥
त्यहाँ धेरै समय खेलहरु खेलेपछि, उनीहरुलाई तिर्खा लाग्यो त्यसैले उनीहरू उपवनको यता उता पानी खोज्न थाले । तिनीहरू एउटा कुवामा पुगे । त्यर त्यो कुवामा पानी थिएन, तर एउटा धेरै अनौठो जन्तुलाई देखे ।।२।।
कृकलासं गिरिनिभं वीक्ष्य विस्मितमानसाः ।
तस्य चोद्धरणे यत्नंक चक्रुस्ते कृपयान्विताः ॥ ३ ॥
त्यो प्राणी पहाड जत्तिकै ठूलो छेपारो थियो । त्यो देखेपछि उनीहरूको अचम्मको लाग्यो । ती राजकुमारले दयालु भावले त्यो जन्तुलाई कुवाबाट बाहिर निकाल्ने प्रयास गरे ।।३।।
चर्मजैस्तान्तवैः पाशैर्बद्ध्वा पतितमर्भकाः ।
नाशक्नुवन् समुद्धर्तुं कृष्णायाचख्युरुत्सुकाः ॥ ४ ॥
यदुकुमारहरूले छाला बनेको बलियो डोरीले बाँधेर त्यो कुवामा खसेको छेपारोलाई बाँधेर बाहिर निकाल्न खेजे तर सकेनन् । त्यसपछि उनीहरुले त्यसको उध्दार गर्न कसरी गर्न सकिन्छ भनेर श्रीकृष्णलाई सबै घटनाको बारेमा बताए ।।४।।
तत्रागत्यारविन्दाक्षो भगवान् विश्वभावनः ।
वीक्ष्योज्जहार वामेन तं करेण स लीलया ॥ ५ ॥
संसारका जीवनदाता कमलनयन भगवान कृष्ण इनारमा आउनुभयो वहाँले कुवामा खसेको छेपारोलाई देख्नुभयो । अनी उहाँले आफ्नो आफ्नो देब्रे हातले तानेर सजिलै तरिकाले त्यसलाई बाहिर निकाल्नुभयोे ।।५।।
(मिश्र)
स उत्तमःश्लोककराभिमृष्टो
विहाय सद्यः कृकलासरूपम् ।
सन्तप्तचामीकरचारुवर्णः
स्वर्ग्यद्भुतालङ्करणाम्बरस्रक् ॥ ६ ॥
भगवान श्रीकृष्णको हातको स्पर्श हुनासाथ त्यो छेपारोले आफ्नो रुपलाई त्यागेर तताएको सुन जस्तै चम्किलो, सुन्दर वर्ण भएको अद्भुत लुगा, गहना र फूलका मालाहरू धारण गरेको स्वर्गको देवता जस्तै रुप हुनपुग्यो ।।६।।
पप्रच्छ विद्वानपि तन्निदानं
जनेषु विख्यापयितुं मुकुन्दः ।
कस्त्वं महाभाग वरेण्यरूपो
देवोत्तमं त्वां गणयामि नूनम् ॥ ७ ॥
भगवान कृष्णलाई यो दिव्य पुरुषले छेपारोको रूप धारण गर्नुको कारण थाहा थियो, तैपनि कारण सबैलाई थाहा होस् भनेर उनले त्यो दिव्य पुरुषलाई सोध्नुभयो – हे महापुरुष ! तिम्रो रूप धेरै सुन्दर छ । तिमी को हौ ? मलाई लाग्छ तपाईं कुनै उत्तम देवता हुनुपर्छ ।।७।।
दशामिमां वा कतमेन कर्मणा
संप्रापितोऽस्यतदर्हः सुभद्र ।
आत्मानमाख्याहि विवित्सतां नो
यन्मन्यसे नः क्षममत्र वक्तुम् ॥ ८ ॥
हे भद्र ! वस्तवमा तपाई छेपारो हुनुपर्ने त होइन तर कुन कर्मको कारणले गर्दा तपाईं यो छेपारो भएर आउनु पर्यो ? हामी तपाईंको कथा जान्न चाहन्छौं । यदि तपाईंलाई यस विषयमा उचित लाग्छ भने, कृपया आफ्नो पूर्णरुपको बारेमा हामीलाई बताउनुहोस् ।।८।।
श्रीशुक उवाच–
(अनुष्टुप्)
इति स्म राजा संपृष्टः कृष्णेनानन्तमूर्तिना ।
माधवं प्रणिपत्याह किरीटेनार्कवर्चसा ॥ ९ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे महाराज परीक्षित ! अनन्त रूप भगवान श्रीकृष्णले यसप्रकार त्यस पुरुषलाई सोधेपछि उनले आफ्नो सूर्य जस्तो चम्किलो शिरको मुकुट झुकाए र भगवानलाई नमस्कार गरे अनि यसो भने ।।९।।
नृग उवाच–
नृगो नाम नरेन्द्रोऽहमिक्ष्वाकुतनयः प्रभो ।
दानिष्वाख्यायमानेषु यदि ते कर्णमस्पृशम् ॥ १० ॥
राजा नृगले भने– हे प्रभु ! म राजा इक्ष्वाकुको छोरा नृग हुँ । दानीहरुको नामको गणना हुँदा हजुरले मेरो नाम अवस्य सुन्नु भएको होला ।।१०।।
किं नु तेऽविदितं नाथ सर्वभूतात्मसाक्षिणः ।
कालेनाव्याहतदृशो वक्ष्येऽथापि तवाज्ञया ॥ ११ ॥
हे प्रभु ! हजुरं सबै प्राणीहरूको बुध्दिका साक्षी हुनुहुन्छ । भूत र भविष्य आदि कालको हस्तक्षेपले हजुरलाई कुनै प्रकारको बाधा पु¥याउन सक्दैन । हजुरले नबुझेको र नजानेको कुरा त केही हुदैन तपनि म हजुरले सोधेको कुराको जवाफ दिन्छु ।।११।।
यावत्यः सिकता भूमेः यावत्यो दिवि तारकाः ।
यावत्यो वर्षधाराश्च तावतीरददां स्म गाः ॥ १२ ॥
हे प्रभु ! मैले पृथ्वीमा जति धुलोका कणहरू छन्, आकाशमा रहेका ताराहरू जति छन् र वर्षाको समयमा पानीका धाराहरू जति बग्दछन् त्यति नै गाईहरू दान गरेको छु ।।१२।।
(मिश्र)
पयस्विनीस्तरुणीः शीलरूप–
गुणोपपन्नाः कपिला हेमशृङ्गीः ।
न्यायार्जिता रूप्यखुराः सवत्सा
दुकूलमालाभरणा ददावहम् ॥ १३ ॥
मैले दान गरेका सबै गाईहरू दुधालु, जवान, सोझा सुन्दर, राम्रा र नीलो रंगका धेरै दूध दिने र धेरै घिउ लाग्न खालका थिए । त्यसैगरी सिङहरू सुनले मोरिएका थिए र खुरहरू चाँदीले बेहोरिएका थिए अनेकौं लुगा, हार र गरगहनाले सजाइएको थियो । मैले त्यस्ता गाईहरू दान दिएको थिएँ ।।१३।।
स्वलङ्कृतेभ्यो गुणशीलवद्भ्यः
सीदत्कुटुम्बेभ्य ऋतव्रतेभ्यः ।
तपःश्रुतब्रह्मवदान्यसद्भ्यः
प्रादां युवभ्यो द्विजपुङ्गवेभ्यः ॥ १४ ॥
हे भगवान् ! मैले शिलस्वभाव राम्रो भएका, सदाचारमा रहेका, धनको अभावमा परिवारजनहरूले दुःख पाएका, सन्तोषी, सत्यव्रत, वेदाध्यायी, वेद अध्ययन गराउने, गाई पालन गर्ने युवक र उत्तम ब्राह्मणहरुलाई मैले धेरै गाईहरूलाई दान गरें ।।१४।।
गोभूहिरण्यायतनाश्वहस्तिनः
कन्याः सदासीस्तिलरूप्यशय्याः ।
वासांसि रत्नाननि परिच्छदान् रथा–
निष्टं च यज्ञैश्चरितं च पूर्तम् ॥ १५ ॥
यस प्रकारले मैले धेरै गाई, भूमी, सुन, घर, घोडा, हात्ती, कन्याहरु, तिल, चाँदी सैया, कपडा, रत्न, घरायसी सामान र रथ आदि धेरै वस्तु दान गरे । असंख्य यज्ञहरु पनि गरे । त्यसैगरी सिँढी, चौतारो इनार आदि निर्माण गरेर पूर्त काम पनि गरें ।।१५।।
(अनुष्टुप्)
कस्यचिद् द्विजमुख्यस्य भ्रष्टा गौर्मम गोधने ।
संपृक्ताविदुषा सा च मया दत्ता द्विजातये ॥ १६ ॥
एक दिन कुनै दान नलिने एक तपस्वी सदाचारी ब्राह्मणको गाई उनको बथानबाट छुटेर मेरा गाईहरू बाँधिएको गोठमा आयो । मलाई यसबारे केही थाहा भएन । त्यसैले मैले अनजानमा ती गाई अर्कै ब्राह्मणलाई दान दिएँ ।।१६।।
तां नीयमानां तत्स्वामी दृष्ट्वोठवाच ममेति तम् ।
ममेति परिग्राह्याह नृगो मे दत्तवानिति ॥ १७ ॥
जब ती ब्राह्मणले त्यो मैले दान दिएको गाई लिएर जाँदै गर्दा त्यो गाईको वास्तविक मालिकले आफ्नो गाई देखेर ती ब्राह्मणलाई भने– यो गाई त मेरो हो तिमीले कहाँ लान लागेको ? दान पाएका ब्राह्मणले भने, होइन यो गाई मेरो हो किनभने राजा नृगले मलाई दान गर्नुभएको हो ।।१७।।
विप्रौ विवदमानौ मामूचतुः स्वार्थसाधकौ ।
भवान् दातापहर्तेति तच्छ्रुत्वा मेऽभवद् भ्रमः ॥ १८ ॥
ती दुवै ब्राह्मणहरू, आपसमा झगडा गर्दै, आ–आफ्नो कुरा सिध्द गर्न मकहाँ आए । मबाट दान पाएका ब्राह्मणले भने– हजुरले भर्खरै यो गाई मलाई दान दिनुभएको हो । अर्का गाईका वास्तविक मालिकले भने यदि त्यसो हो भने हजुरले मेरो गाई हरण गर्नु भएको हो । ती दुई ब्राह्मणहरूको कुरा सुनेपछि मेरो मन अलमल्लमा पर्यो ।।१८।।
अनुनीतावुभौ विप्रौ धर्मकृच्छ्रगतेन वै ।
गवां लक्षं प्रकृष्टानां दास्याम्येषा प्रदीयताम् ॥ १९ ॥
धर्म संकटमा परेका कारणले मैले दुवै ब्रह्मणलाई बिन्ती गर्दै भने, म यो गाईको बदलामा श्रेष्ठ एक लाख गाईहरू दिनेछु । त्यसैले कृपया यो गाई दिनुहोस् एकले अर्कालाई दिनुहेस ।।१९।।
भवन्तावनुगृह्णीतां किङ्करस्याविजानतः ।
समुद्धरतं मां कृच्छ्रात् पतन्तं निरयेऽशुचौ ॥ २० ॥
मैले ती ब्राह्मणलाई भनें, म तपाईंको सेवक हुँ । मैले यो गाई अरुको हो भन्ने थाहा हुन नसक्दा अन्जानमा यो अपराध गर्न पुगें । कृपया ममाथि दया गर्नुहोस् र मलाई यो घोर नर्कमा पर्नबाट बचाउनुहोस् ।।२०।।
नाहं प्रतीच्छे वै राजन्नित्युक्त्वा स्वाम्यपाक्रमत् ।
नान्यद् गवामप्ययुतमिच्छामीत्यपरो ययौ ॥ २१ ॥
त्यसपछि ती गाईका धनीले हे राजा ! यसको बदलामा एक लाख गाइ दिएपनि म लिने छैन भनेर त्यहाँबाट हिंडे । अर्का दान लिने ब्रह्मणले पनि यसको बदलामा तिमीले मलाई एक लाख मात्र होइन अरु थप दश हजार गाई दिए पनि म लिने छैन भनेर उनी पनि गए ।।२१।।
एतस्मिन्नन्तरे यामैर्दूतैर्नीतो यमक्षयम् ।
यमेन पृष्टस्तत्राहं देवदेव जगत्पते ॥ २२ ॥
हे देवाधिदेव जगदीश्वर ! यसै बिचमा जब मेरो आयु समाप्त भयो, यमराजका दूतहरू आए र मलाई यमपुरी लगे । त्यहाँ यमराजले मलाई सोध्नुभयो– ।।२२।।
पूर्वं त्वमशुभं भुङ्क्षे उताहो नृपते शुभम् ।
नान्तं दानस्य धर्मस्य पश्ये लोकस्य भास्वतः ॥ २३ ॥
हे राजा ! तपाईं पहिले आफ्नो पापको फल भोग्न चाहनुहुन्छ कि पुण्य कर्मको (गाई दान गरेको फलको) ? तपाईंको गरेको गाई दानको फलको प्रभावले तपाईलाई प्रकाशमान स्वर्गादि लोक पाउनुहुनेछ, जसको कुनै अन्त्य नै छैन ।।२३।।
पूर्वं देवाशुभं भुञ्ज इति प्राह पतेति सः ।
तावदद्राक्षमात्मानं कृकलासं पतन् प्रभो ॥ २४ ॥
त्यसपछि मैले भने– हे प्रभु ! पहिले म मेरो पापको फल भोग्न चाहन्छु । त्यसपछि यमराजले पतन होस भन्नासाथ म लडिहालें । त्यसपछि म छेपारो हुन पुगें ।।२४।।
ब्रह्मण्यस्य वदान्यस्य तव दासस्य केशव ।
स्मृतिर्नाद्यापि विध्वस्ता भवत्सन्दर्शनार्थिनः ॥ २५ ॥
हे केशव म ब्राह्मणहरूको भक्त, दानशील र हजुरको सेवक थिएँ । मलाई हजुरको दर्शन गर्ने तीव्र इच्छा थियो । यसरी हजुरको कृपाले गर्दा, मेरा पूर्व जन्मको सम्झनाहरू हराउन सकेको छैन ।।२५।।
(वसंततिलका)
स त्वं कथं मम विभोऽक्षिपथः परात्मा
योगेश्वरः श्रुतिदृशामलहृद्विभाव्यः ।
साक्षादधोक्षज उरुव्यसनान्धबुद्धेः
स्यान्मेऽनुदृश्य इह यस्य भवापवर्गः ॥ २६ ॥
हे भगवन् ! योगेश्वरहरुले उपनिषदको दृष्टिकोणले भेदभाव रहित भएर आफ्नो शुद्ध हृदयले हजुरको ध्यान गरिरहन्छन् तापनि हजुरलाई जान्न सक्दैनन् किनभने हजुर इन्द्रियको विषयबाट पर हुनुुहुन्छ । तापनि हजुर आज मेरो आँखा अगाडि कसरी देखा पर्नुभयो ? संसारको दुःख समाप्ति भएपछि मात्र हजुरको दर्शन मिल्ने हो तर आज मैले हजुरको दर्शन गर्न पाएं ।।२६।।
(अनुष्टुप्)
देवदेव जगन्नाथ गोविन्द पुरुषोत्तम ।
नारायण हृषीकेश पुण्यश्लोकाच्युताव्यय ॥ २७ ॥
अनुजानीहि मां कृष्ण यान्तं देवगतिं प्रभो ।
यत्र क्वापि सतश्चेतो भूयान्मे त्वत्पदास्पदम् ॥ २८ ॥
हे देवाधिदेव, हे जगन्नाथ, हे गोविन्द, हे पुरुषोत्तम, हे नारायण, हे ऋषिकेष, हे पवित्रकीर्ति भगवान, हे अच्युत, हे अविनाशी, हे श्रीकृष्ण ! अब मलाई स्वर्ग जाने अनुमति दिनुहोस् । म आफ्नो कर्मका कारण जहाँ भए पनि, मेरो मन सधैं हजुरको चरणकमलमा लागिरहोस् ।।२८।।
नमस्ते सर्वभावाय ब्रह्मणेऽनन्तशक्तये ।
कृष्णाय वासुदेवाय योगानां पतये नमः ॥ २९ ॥
हे श्रीकष्ण ! हजुर सम्पूर्ण कार्य र कारणहरूको रूपमा अभिव्यक्त हुनुहुन्छ । हजुरको शक्ति असीम छ यस्ता परब्रह्म हुनुहुन्छ, हजुरलाई म नमस्कार गर्दछु । हे वासुदेव ! हे सबै योगका स्वामी योगेश्वर । म हजुरलाई बारम्बार नमस्कार गर्दछु ।।२९।।
इत्युक्त्वा तं परिक्रम्य पादौ स्पृष्ट्वाा स्वमौलिना ।
अनुज्ञातो विमानाग्र्यमारुहत् पश्यतां नृणाम् ॥ ३० ॥
यसो भनिसकेपछि, राजा नृगले भगवान् श्रीकृष्णलाई परिक्रमा गरेर आफ्नो मुकुटले उहाँको चरण छोएर प्रणाम गरे । त्यसपछि, उहाँको अनुमति लिएर उनी सबैको अगाडि उत्कृष्ट विमानमा चढे ।।३०।।
कृष्णः परिजनं प्राह भगवान् देवकीसुतः ।
ब्रह्मण्यदेवो धर्मात्मा राजन्याननुशिक्षयन् ॥ ३१ ॥
राजा नृगको प्रस्थान पछि, ब्राह्मणहरूका परम प्रेमी र धर्मका आधार देवकीनन्दन भगवान श्रीकृष्णले त्यहाँ उपस्थित आफ्ना परिवारका सदस्य क्षत्रियहरूलाई शिक्षा दिनका लागि भन्नुभयो– ।।३१।
दुर्जरं बत ब्रह्मस्वं भुक्तमग्नेर्मनागपि ।
तेजीयसोऽपि किमुत राज्ञामीश्वरमानिनाम् ॥ ३२ ॥
अग्नि समान तेजस्वीहरूले पनि ब्राह्मणहरूको थोरै धन हडप्न र पचाउन सक्दैनन् भने आफूलाई सर्वसमर्थ मालिक ठान्ने राजाहरुले त ब्रह्मस्वलाई कसरी पचाउन सक्लान् ? ।।३२।।
नाहं हालाहलं मन्ये विषं यस्य प्रतिक्रिया ।
ब्रह्मस्वं हि विषं प्रोक्तं नास्य प्रतिविधिर्भुवि ॥ ३३ ॥
म हलाहल विषलाई विष मान्दिन किनकि यसलाई शान्त पार्ने उपाय छ । वास्तवमा ब्राह्मणहरूको धन नै परम विष हो; किनकि पृथ्वीमा यसलाई पचाउने कुनै औषधि छैन ।।३३।।
हिनस्ति विषमत्तारं वह्निरद्भिः प्रशाम्यति ।
कुलं समूलं दहति ब्रह्मस्वारणिपावकः ॥ ३४ ॥
विषले खानाले विष खाने व्यक्तिको मात्र ज्यान लिन्छ, । पानीले आगोलाई निभाउन सकिन्छ; तर, ब्राह्मणको सम्पत्तिरुप आगोबाट उत्पन्न हुने पापको आगोले सम्पूर्ण कुललाई नै भस्म पारिदिन्छ ।।३४।।
ब्रह्मस्वं दुरनुज्ञातं भुक्तं हन्ति त्रिपूरुषम् ।
प्रसह्य तु बलाद् भुक्तं दश पूर्वान् दशापरान् ॥ ३५ ॥
यदि कुनै ब्राह्मणको सम्पत्ति उनको सहमति बिना उपभोग गरिन्छ भने यसले उपभोग गर्नेको तीन पुस्ता, उसका छोराछोरी र नातिनातिनाहरूलाई नरकमा पार्दछ । तर यदि यसलाई जबरजस्ती खोसेर र हठ गरेर भोग गरियो भने त उसका अगाडिका दश पुस्ता र पछाडिका दश पुस्तालाई समेत नरकमा पारिदिन्छ ।।३५।।
राजानो राजलक्ष्म्यान्धा नात्मपातं विचक्षते ।
निरयं येऽभिमन्यन्ते ब्रह्मस्वं साधु बालिशाः ॥ ३६ ॥
ती मूर्ख राजाहरू जो आफ्नो राजसी सम्पत्तिको घमण्डमा अन्धो भएर ब्राह्मणहरूको सम्पत्ति लुट्छन, हडप्छन् भने उनीहरूको कुलको पतन हुन्छ । तर यो कुरा उनीहरुलाई थाहा हुदैन ।।३६।।
गृह्णन्ति यावतः पांसून् क्रन्दतामश्रुबिन्दवः ।
विप्राणां हृतवृत्तीनां वदान्यानां कुटुंबिनाम् ॥ ३७ ॥
राजानो राजकुल्याश्च तावतोऽब्दान्निरङ्कुशाः ।
कुंभीपाकेषु पच्यन्ते ब्रह्मदायापहारिणः ॥ ३८ ॥
यदि राजाले आफ्ना राजकुलमा उत्पन्न भएका, उदारहृदय भएका ब्राह्मणको वृत्ति हरण गर्दछन अथवा उसको सम्पत्ति जबर्जस्ती लुट्छन् भने त्यो ब्रह्मण रुँदा उसको आँखाबाट खसेको आँसुले जति धुलोको कणहरू भिज्दछ त्यति नै वर्ष सम्पत्ति खोस्न राजा र उनका वंशजहरूले कुम्भिपाक नाम गरेको नरकको यातना भोग्नु पर्दछ ।।३७–३८।।
स्वदत्तां परदत्तां वा ब्रह्मवृत्तिं हरेच्च यः ।
षष्टिवर्षसहस्राणि विष्ठायां जायते कृमिः ॥ ३९ ॥
जसले आफुले दिएको वा अरुले दिएको ब्राह्मणहरूको सम्पत्ति हरण गर्दछ उसले साठी हजार वर्षसम्म विष्टाको किरा जन्मन्छ ।।३९।।
न मे ब्रह्मधनं भूयाद् यद् गृध्वाल्पायुषो नराः ।
पराजिताश्च्युता राज्याद् भवन्त्युद्वेजिनोऽहयः ॥ ४० ॥
त्यसैले म चाहन्छु कि ब्राह्मणहरूको धन मेरो कोषमा गल्तीले पनि प्रवेश नगरोस्, किनकि त्यस्तो धनको चाहना गर्दा पनि आयु क्षीण हुन्छ, शत्रुहरूबाट पराजित हुन्छ, आफ्नो राज्य गुमाउँछन् । आर्काको धनको इच्छा गर्ने ब्यक्ति मृत्युपछि पनि तिनीहरू अरूलाई दुःख दिने सर्प भएर जन्मन्छ ।।४०।।
विप्रं कृतागसमपि नैव द्रुह्यत मामकाः ।
घ्नन्तं बहु शपन्तं वा नमस्कुरुत नित्यशः ॥ ४१ ॥
त्यसैले मेरा प्रियजनहरू ! यदि कुनै ब्राह्मणले अपराध नै गरेको छ भने पनि उसलाई कहिले पनि द्वेष वा घृणा नगर्नु । उसलाई सधैं नमस्कार गर्नुपर्छ ।।४१।।
यथाहं प्रणमे विप्राननुकालं समाहितः ।
तथा नमत यूयं च योऽन्यथा मे स दण्डभाक् ॥ ४२ ॥
जसरी तीनै कालमा ब्राह्मणहरूलाई सावधानी पूर्वक नमन गर्छु । तिमीहरुले पनि त्यसै गर्नुपर्छ । जसले मेरो यो आज्ञाको उल्लङ्घन गर्छ भने म उसलाई दण्ड दिनेछु ।।४२।।
ब्राह्मणार्थो ह्यपहृतो हर्तारं पातयत्यधः ।
अजानन्तमपि ह्येनं नृगं ब्राह्मणगौरिव ॥ ४३ ॥
जसरी अन्जानमा ब्राह्मणको गाई दान गर्नाले राजा नृग छेपारो बन्नु पर्यो त्यसरी नै ब्राह्मणको धन चोरी गरेको छ भने त्यो धनले हरणकर्तालाई नरकको खाडलमा फ्याँकिदिन्छ, चाहे उसले अनजानमा यो अपराध गरेको होस् ।।४३।।
एवं विश्राव्य भगवान् मुकुन्दो द्वारकौकसः ।
पावनः सर्वलोकानां विवेश निजमंदिरम् ॥ ४४ ॥
हे परीक्षित ! सबै लोकलाई पवित्र पार्ने यो उपदेश भगवान कृष्णले द्वारकावासीहरूलाई दिनुभयो अनि आफ्नो महलमा प्रवेश गर्नुभयो ।।४४।।
इति श्रीमद्भाइगवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे
नृगोपाखानं नाम चतुःषष्टितमोऽध्यायः ॥ ६४ ॥
