#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः – एकोनसप्ततितमोऽध्यायः

 
श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः – एकोनसप्ततितमोऽध्यायः


श्रीशुक उवाच–
(अनुष्टुप्)
नरकं निहतं श्रुत्वा तथोद्वाहं च योषिताम् ।
कृष्णेनैकेन बह्वीनां तद् दिदृक्षुः स्म नारदः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे महाराज परीक्षित ! देवर्षि नारदले भगवान श्रीकृष्णले नरकासुर (भौमासुर) लाई मारेका मारेर एक्लैले हजारौं राजकुमारीहरूसँग विवाह गर्नुभएको छ भन्ने सुनेर उहाँलाई भगवानको गृहस्थी जीवन हेर्ने ठूलो इच्छाभयो ।।१।। 
चित्रं बतैतदेकेन वपुषा युगपत् पृथक् ।
गृहेषु द्व्यष्टसाहस्रं स्त्रिय एक उदावहत् ॥ २ ॥
नारदजी सोच्न थाल्नुभयो ओहो ! कति आश्चर्यको कुरा छ एउटै कृष्णले एकै शरीरमा, एकै समयमा सोह्र हजार घरमा सोह्रहजार केटीसंग विवाह गर्नुभयो ।।२।। 
इत्युत्सुको द्वारवतीं देवर्षिर्द्रष्टुमागमत् ।
पुष्पितोपवनारामद्विजालिकुलनादिताम् ॥ ३ ॥
भगवान्को लीला हेर्ने उत्सकुता जागेका नारद बिमिन्न फूलहरु फुलेर सुशोभित भएको, ठुलो बगैंचामा बिभिन्न जात जातिका पशुपंक्षी एवं भवराहरुको आवाज भएको यस्तो खालको द्वारका सहरमा आईपुग्नुभयो ।।३।।
उत्फुल्लेन्दीवराम्भोजकह्लारकुमुदोत्पलैः ।
छुरितेषु सरःसूच्चैः कूजितां हंससारसैः ॥ ४ ॥
यस सहरको सुन्दर तलाउ, पोखरीहरुमा निलो, रातो र सेतो रत्नकमलहरू, कुमुद आदि फूलहरु फुलिरहेका थिए । पोखरीहरुमा रहेका हाँस र सारसहरू ठुलो आवाज निकाले चिरबिर गरिरहेका थिए ।।४।। 
प्रासादलक्षैर्नवभिर्जुष्टां स्फाटिकराजतैः ।
महामरकतप्रख्यैः स्वर्णरत्नंपरिच्छदैः ॥ ५ ॥
द्वारकापुरीमा स्फटिक र चाँदीले बनेका नौ लाख दरबारहरू थिए जहाँ विच्छ्याइएको पन्ना, मणिको चमकले चम्किएका सुन्दर नौलाख महलहरु थिए ।।५।। 
(मिश्र)
विभक्तरथ्यापथचत्वरापणैः
     शालासभाभी रुचिरां सुरालयैः ।
संसिक्तमार्गाङ्‌गनवीथिदेहलीं
     पतत्पताकाध्वजवारितातपाम् ॥ ६ ॥
ब्यबस्थित रुपका अनेक राजमार्गहरु सडकहरू, चौबाटोहरू र बजारहरू, अनेक देव मन्दिरहरुले सजिएको द्वारकापुरी धेरै सुन्दर देखिन्थ्यो । यसैगरी यहाँको अन्य बाटो, चोक,गल्ली, घरका ढोकाहरु, आँगनहरुमा अनेका किसिमका सुगन्ध छरेका ध्वजा पताकाहरु फहराइएको थियो । जसका कारणसूर्यको किरण छेकिएर शितलता छाएको थियो ।।६।।. 
(अनुष्टुप्)
तस्यामन्तःपुरं श्रीमदर्चितं सर्वधिष्ण्यपैः ।
हरेः स्वकौशलं यत्र त्वष्ट्रा कार्त्स्न्येन दर्शितम् ॥ ७ ॥
त्यही द्वारका नगरीमा सम्पूर्ण लोकपालहरुले प्रशंसा गरिएको भगवान कृष्णको एउटा धेरै सुन्दर महल थियो जसमा अनेक श्रीसम्पत्तिले भरिएको थियो । जुन महलको निर्माण विश्वकर्माहरुले आफ्नो शिप, कला र कौशलताको प्रयोग गरेर बनाएका थिए ।।७।। 
तत्र षोडशभिः सद्मसहस्रैः समलङ्‌कृतम् ।
विवेशैकतमं शौरेः पत्नीैनां भवनं महत् ॥ ८ ॥
त्यहाँ भगवान् श्रीकृष्णका सोह्र हजार रानीहरुका लागि ब्यवस्थित रुपमा सजिएका ती महल मध्देको ठुलो महलमा नारदजी प्रवेश गर्नुभयो ।।८।। 
विष्टब्धं विद्रुमस्तंभैर्वैदूर्यफलकोत्तमैः ।
इन्द्रनीलमयैः कुड्यैर्जगत्या चाहतत्विषा ॥ ९ ॥
नरदजी प्रवेश गर्नुभएको त्यो महल मुगाका खम्बा वैदुर्यमणिको छत, इन्द्रनील मणिको भित्ता बनाइएको थियो भने त्यहाँ कहिले पनि प्रकाश कम नहुने, सधैं चम्किले देखिने मणि छापिएको थियो ।।९।। 
वितानैर्निर्मितैस्त्वष्ट्रा मुक्तादामविलम्बिभिः ।
दान्तैरासनपर्यङ्‌कैर्मण्युत्तमपरिष्कृतैः ॥ १० ॥
जहाँ विश्वकर्माले यस्तो सुन्दर चदुवाहरु बनाएका थिए, जसमा मोतिको भल्लरहरु जडिएको थियो ।  त्यसैगरी त्यहाँ हस्तिहाडले बनेका आसन र पलंग थिए, जसमा उत्कृष्ट रत्नहरू जडिएकोले सुन्दर देखिन्थे ।।१०।। 
दासीभिर्निष्ककण्ठीभिः सुवासोभिरलङ्‌कृतम् ।
पुम्भिः सकञ्चुकोष्णीषसुवस्त्रमणिकुण्डलैः ॥ ११ ॥
त्यहाँ सुनको हार लगाएका सुन्दर वस्त्रहरु पहिरिएका धेरै दासीहरू, र कुण्डल, पगरी र सुन्दर वस्त्र लगाएका सेवकहरु आ–आफ्नो काम गरिरहेका थिए जसले गर्दा पनि त्यो महल अझ सुन्दर देखिन गएको थियो ।।११।। 
(वसंततिलका)
रत्नवप्रदीपनिकरद्युतिभिर्निरस्त(
     ध्वान्तं विचित्रवलभीषु शिखण्डिनोऽङ्‌ग ।
नृत्यन्ति यत्र विहितागुरुधूपमक्षै(
     र्निर्यान्तमीक्ष्य घनबुद्धय उन्नदन्तः ॥ १२ ॥
हे राजन ! त्यहाँ ठाउँ ठाउँमा बत्ति बलेझैं गरी चम्किने गरी जडित रत्नहरुको प्रकाशले अन्धकारलाई हटाइरहेका थियो । त्यहाँ बालेको सुगन्धित अगरबत्तीको धुवाँ झ्यालहरुबाट निस्कदा अटालिमा बसेका मयुरहरु मेघ सम्झेर ठुलो स्वरले कराएर नाच्दथे ।।१२।। 
तस्मिन्समानगुणरूपवयःसुवेष(
     दासीसहस्रयुतयानुसवं गृहिण्या ।
विप्रो ददर्श चमरव्यजनेन रुक्म(
     दण्डेन सात्वतपतिं परिवीजयन्त्या ॥ १३ ॥
देवर्षि नारदले त्यस दिव्य महलमा भगवान श्रीकृष्ण रुक्मिणीका साथमा बसिरहनुभएको देख्नुभयो । जहाँ बिभिन्न भेषभुषामा सजिएका समान उमेरका हजारौं दासीहरू भगवान्को सेवामा लागिरहेका थिए भने रुक्मिणीले आफैं हातमा सुन जडिएको पंखा हल्लाएर भगवान्को सेवा गरिरहेकी थिइन ।।१३।। 
तं सन्निरीक्ष्य भगवान् सहसोत्थितः श्री(
     पर्यङ्‌कतः सकलधर्मभृतां वरिष्ठः ।
आनम्य पादयुगलं शिरसा किरीट(
     जुष्टेन साञ्जलिरवीविशदासने स्वे ॥ १४ ॥
नारदजीलाई देख्ने बित्तिकै धर्मका पालक भगवान् श्रीकृष्ण रुक्मिीणीको पलंगबाट उठ्न्भयो अनि आफ्नो मुकुट फुकालेर भुईमा राख्नुभयो अनि शिर झुकारएर नारदको पाउमा प्रणाम गर्नुभयो । त्यसपछि नारदजीलाई आफ्नै आसनमा बसाउनुभयो ।।१४।। 
तस्यावनिज्य चरणौ तदपः स्वमूर्ध्ना
     बिभ्रज्जगद्‌गुरुतरोऽपि सतां पतिर्हि ।
ब्रह्मण्यदेव इति यद्‌गुणनाम युक्तं
     तस्यैव यच्चरणशौचमशेषतीर्थम् ॥ १५ ॥
भगवान श्रीकृष्ण जगतकाका परम गुरु हुनुहुन्छ वहाँले जल लिएर नारदजीको पाउ धुनुभयो र त्यो जल आफ्नो शिरमा लगाउनुभयो । ब्राह्मणलाइृ आफ्नो आराध्यदेव मान्ने भगवान् श्रीकृष्णको एउटानाम ब्रह्मण्य देव पनि हो । उहाँको नाम उहाँको गुण अनुरूप छ र उपयुक्त छ। त्यसैले वहाँ भगवान्को चरणकमल धोएको जल सम्पूण तीर्थ हो ।।१५।। 
संपूज्य देवऋषिवर्यमृषिः पुराणो
     नारायणो नरसखो विधिनोदितेन ।
वाण्याभिभाष्य मितयामृतमिष्टया तं
     प्राह प्रभो भगवते करवाम हे किम् ॥ १६ ॥
सर्वदर्शी, पुराणपुरुष, नरका साथी भगवान नारायणले बिधि अनुसार देवर्षिहरु मध्देका श्रेष्ठ नारदजीको पूजा, स्वागत सत्कार गरेर अमृतमय बाणीले अब म के सेवा गरौं भनेर सोध्नुभयो ।।१६।।
नारद उवाच (
नैवाद्‌भुतं त्वयि विभोऽखिललोकनाथे
     मैत्री जनेषु सकलेषु दमः खलानाम् ।
निःश्रेयसाय हि जगत्स्थितिरक्षणाभ्यां
     स्वैरावतार उरुगाय विदाम सुष्ठु ॥ १७ ॥
देवर्षि नारदले भन्नुभयो– हे प्रभु ! हजुर सम्पूर्ण लोकको एकमात्र मालिक हुनुहुन्छ । हजुर आफ्ना शरणमा आएका भक्तहरूलाई प्रेम गर्नुहुन्छ र दुष्टहरूलाई दण्ड दिनुहुन्छ । हजुरका लागि यो कुनै  आश्चर्यको कुरा होइन । हे परम कीर्तिशाली भगवान् ! संसारको रक्षा र संरक्षण गरेर सबै प्राणीहरूको कल्याण गर्नको लागि हजुरले स्वेच्छाले अवतार लिनुभएको हो भन्ने हामीले बुझेका छौं ।।१७।। 
दृष्टं तवाङ्घ्रियुगलं जनतापवर्गं
     ब्रह्मादिभिर्हृदि विचिन्त्यमगाधबोधैः ।
संसारकूपपतितोत्तरणावलम्बं
     ध्यायंश्चराम्यनुगृहाण यथा स्मृतिः स्यात् ॥ १८ ॥
हे भगवान् धेरै ज्ञान भएका ब्रह्मा आदि देवता आफ्नो हृदयमा नित्य चिन्तन गर्ने हजुरको चरणको दर्शनले शरण परेकालाई मोक्ष प्रदान गराउछ । आज मलाई हजुरको चरणको दर्शन पाउने अवसर मिल्यो । हामीजस्ता संसाररुपी इनारमा खसेकाहरूलाई बाहिर निस्कनका हजुरको चरण दर्शन एकमात्र आधार हो । अब म सदा यीनै चरणको ध्यान गरेर भ्रमण गर्दछु । यो कृपा मलाई सधैं रहिरहोस् ।।१८।। 
(अनुष्टुप्)
ततोऽन्यदाविशद्‌ गेहं कृष्णपत्न्याः  स नारदः ।
योगेश्वरेश्वरस्याङ्‌ग योगमायाविवित्सया ॥ १९ ॥
हे राजा परीक्षित ! यसपछि, देवर्षि नारदजी योगेश्वर भगवान कृष्णको योगमायाको रहस्य जान्ने इच्छा भएको हुँदा श्रीकृष्णकी अर्की  पत्नीको दरबारमा जानुभयो  ।।१९।। 
दीव्यन्तमक्षैस्तत्रापि प्रियया चोद्धवेन च ।
पूजितः परया भक्त्या प्रत्युत्थानासनादिभिः ॥ २० ॥
त्यहाँ वहाँले भगवान श्रीकृष्ण आफ्नी प्रिय पत्नी तथा उद्धवजीसँग मिलेर जुवा खेलिरहनु भएकोथियो । त्यहाँ पनि भगवानले उठेर नारदजीको स्वागत गर्नुभयो अनि उहाँलाई आसनमा बसाउनुभयो र विभिन्न सामग्रीहरूले ठूलो भक्तिपूर्वक पूजा गर्नुभयो ।।२० ।। 
पृष्टश्चाविदुषेवासौ कदाऽऽयातो भवानिति ।
क्रियते किं नु पूर्णानामपूर्णैरस्मदादिभिः ॥ २१ ॥
यसपछि भगवानले नारदजीलाई केही नजाने जस्तै गरी सोध्नुभयो– हजुर यहाँ कहिले आउनुभयो ? हजुरसबै कामनाले पूर्ण हुनुहुन्छ । अब हामी आफ्ना चाहनाहरु पूर्ण हुन नसकेकाहरुले हजुरको के सेबा गरौं ? भनेर यसरी सोध्नुभयो ।।२१।।
अथापि ब्रूहि नो ब्रह्मन् जन्मैतच्छोभनं कुरु ।
स तु विस्मित उत्थाय तूष्णीमन्यदगाद्‌ गृहम् ॥ २२ ॥
तर पनि हे नारदजी ! हजुर ब्रह्मज्ञानी हुनुहुन्छ, । हजुरले हामीलाई केही आज्ञा दिनुहोस् जसले गर्दा हाम्रो जन्म सफल हुने थियो । भगवान्को यस्तो कुरा सुनेर छक्क परेका नारदजी त्यहाँबाट चुपचाप उठेर अर्को महलमा जानुभयो ।।२२।।
तत्राप्यचष्ट गोविन्दं लालयन्तं सुताञ्छिशून् ।
ततोऽन्यस्मिन्गृहेऽपश्यन्मज्जनाय कृतोद्यमम् ॥ २३ ॥
त्यस दरबारमा पनि देवर्षि नारदले भगवान श्रीकृष्णले आफ्ना साना बालकलाई स्याहार सुसार गरिरहेको देख्नुभयो । यसैगरी त्यहाँबाट अर्को महलमा जाँदा त्यहाँ भगवान् नुहाउनको लागि तयार हनुभएको देख्नुभयो ।।२३।।
जुह्वन्तं च वितानाग्नीन् यजन्तं पञ्चभिर्मखैः ।
भोजयन्तं द्विजान् क्वापि भुञ्जानमवशेषितम् ॥ २४ ॥
यसरी देवर्षि नारदले भगवानलाई विभिन्न महलहरूमा फरक–फरक काम गरिरहेको देख्नुभया । कतै यज्ञकुण्डहरूमा हवन गरिरहनुभएको, कतै देवता पूजा गरिरहनुभएको, कतै वहाँ ब्राह्मणहरूलाई खाना खुवाइरहेको त कतै यज्ञको शेष अन्न भोजन गरिरहनुभएको देख्नुभयो ।।२४।।
क्वापि सन्ध्यामुपासीनं जपन्तं ब्रह्म वाग्यतम् ।
एकत्र चासिचर्मभ्यां चरन्तमसिवर्त्मसु ॥ २५ ॥
नरदजीले भगवान् कतै सन्ध्यावादन गर्न लाग्नुभएको, कतै गायत्री जप गरिरहनु भाएको, त कतै हतियार चलाउने अभ्यास गरिरहनु भएको देख्नुभयो ।।२५।। 
अश्वैर्गजै रथैः क्वापि विचरन्तं गदाग्रजम् ।
क्वचिच्छयानं पर्यङ्‌के स्तूयमानं च वन्दिभिः ॥ २६ ॥
नारदजीले कुनै महलमा भगवान श्रीकृष्ण घोडा, हात्ती वा रथमा सवार भएर घुमिरहनुभएको, कतै उहाँ पलंग सुतिरहनुभएको भने कतै उहाँका भक्तहरूले स्तुति पाठ गरेर उहाँको स्तुति गरिरहेका देख्नुभयो ।।२६।।
मंत्रयन्तं च कस्मिंश्चिन्मंत्रिभिश्चोद्धवादिभिः ।
जलक्रीडारतं क्वापि वारमुख्याबलावृतम् ॥ २७ ॥
यसैगरी नारदजीले भगवान श्रीकृष्ण कुनै महलमा भगवान् उद्धव आदि मन्त्रीहरूसँग कुनै गम्भीर विषयमा सरसल्लाह गर्न लागिरहनु भएको देख्नुभयो भने कतै सुन्दरी युवतिसंगै भएर नदीमा जलकृडा गर्न गर्न लाग्नुभएको देख्नुभयो ।।२७।। 
कुत्रचिद् द्विजमुख्येभ्यो ददतं गाः स्वलङ्‌कृताः ।
इतिहासपुराणानि शृण्वन्तं मङ्‌गलानि च ॥ २८ ॥
कतै कतै वहाँ भगवान उत्तम ब्राह्मणहरूलाई लुगा र आभूषणले सजिएका गाईहरू दान गरिरहनुभएको र भने कतै इतिहास र पुराणका शुभ कथाहरू सुनिरहेको देख्नुभयो नारजीले देख्नुभयो ।।२८।। 
हसन्तं हासकथया कदाचित् प्रियया गृहे ।
क्वापि धर्मं सेवमानमर्थकामौ च कुत्रचित् ॥ २९ ॥
कतै आफ्नी पत्नीसंग बसेर हाँस्दै कुराकानी गर्न लाग्नुभएको छ भने कुनै महलमा बसेर धर्मको बारेमा, कुनै महलमा अर्थको बारेमा कुरा गर्न लाग्नुभएको छ भने कतै कामवासनाको उपभोग गर्न लाग्नुभएको अवस्थामा श्रीकृष्णलाई नारदजीले देख्नुभयो ।।२९।। 

ध्यायन्तमेकमासीनं पुरुषं प्रकृतेः परम् ।
शुश्रूषन्तं गुरून् क्वापि कामैर्भोगैः सपर्यया ॥ ३० ॥
कतै एकान्तमा बसेर वहाँ प्रकृतिभन्दा परका परब्रह्मको चिन्तन गरेर बसिरहनुभएको र कतै गुरुका लागि इच्छा अनुसारको खाद्य सामग्रीहरु प्रदान गरेर सेवा गर्नलाग्नुभएका श्रीकृष्णलाई नारदजीले देख्नुभयो ।।३०।। 
कुर्वन्तं विग्रहं कैश्चित् सन्धिं चान्यत्र केशवम् ।
कुत्रापि सह रामेण चिन्तयन्तं सतां शिवम् ॥ ३१ ॥
यसैगरी कुनै महलमा भगवान श्रीकृष्ण कसैसँग युद्धको बारेमा कुरा भएका र कतै चाँही मेलमिलाप सन्धि आदिको बिषयमा कुरा गर्न लाग्नुभएको र कतैचाँही बलरामजीसंग बसेर साधुसन्तहरुको कल्याणको बारेमा कुरा गर्नलाग्नेभएको नारदजीले देख्नुभयो ।।३१।।
पुत्राणां दुहितॄणां च काले विध्युपयापनम् ।
दारैर्वरैस्तत्सदृशैः कल्पयन्तं विभूतिभिः ॥ ३२ ॥
नारदजीले भगवान् श्रीकृष्णलाई कतै उपयुक्त समयमा आफ्ना छोराछोरीहरूको उनीहरूका उमेर मिल्ने कन्या र वरसंग ठूलो धुमधाम र तमाशाका साथ विवाह गरिदिन लाग्नु भएको देख्नुभयो ।।३२।। 
प्रस्थापनोपानयनैरपत्यानां महोत्सवान् ।
वीक्ष्य योगेश्वरेशस्य येषां लोका विसिस्मिरे ॥ ३३ ॥
कतै वहाँ योगेश्वर श्रीकृष्ण आफ्ना छोरीहरूलाई विदाइ गर्न ब्यस्ता हुनुभएको त कतै स्वागत गर्न ब्यस्ता हुनुभएको देख्नुभयो । भगवानको यस्तो महोत्सवलाई देखेर सबैजना छक्क परेका थिए ।।३३।।
यजन्तं सकलान् देवान् क्वापि क्रतुभिरूर्जितैः ।
पूर्तयन्तं क्वचिद् धर्मं कूर्पाराममठादिभिः ॥ ३४ ॥
कतिपय ठाउँमा भगवान् ठुला–ठुला यज्ञहरूको आयोजना गरेर देवताहरूको पूजा गरिरहनुभएको त कतै मठ मन्दिर इनार बगैंचा आदि बनाएर ब्यस्त हुनुभएको नारदजीले देख्नुभयो ।।३४।। 
चरन्तं मृगयां क्वापि हयमारुह्य सैन्धवम् ।
घ्नन्तं तत्र पशून् मेध्यान् परीतं यदुपुङ्‌गवैः ॥ ३५ ॥
कतै, यादवहरूको साथमा बसेर सिन्धु देशका घोडामा चढेर शिकार गरेर यज्ञका लागि आवस्यक पशुको बघ गरिरहनुभएको श्रीकृष्णलाई नारदजीले देख्नुभयो ।।३५।।
अव्यक्तलिङ्‌गं प्रकृतिष्वन्तःपुरगृहादिषु ।
क्वचिच्चरन्तं योगेशं तत्तद्‌भावबुभुत्सया ॥ ३६ ॥
अनि कतै प्रजाको मनशाय बुझ्नाका लागि उनीहरुले नचिन्ने गरी भेष बदलेर हिडिरहनु भएका भगवान्लाई नारदजीले देख्नुभयो ।।३६।।
अथोवाच हृषीकेशं नारदः प्रहसन्निव ।
योगमायोदयं वीक्ष्य मानुषीमीयुषो गतिम् ॥ ३७ ॥
यसरी मानिसले जस्तो कर्म गर्दछन् त्यस्तै लीला गरेर रहनुभएको श्रीकृष्णको माया शक्ति देखेर नारदजीले मुस्कुराउदै भगवान हृषिकेशसंग भन्नुभयो ।।३७।।
विदाम योगमायास्ते दुर्दर्शा अपि मायिनाम् ।
योगेश्वरात्मन् निर्भाता भवत्पादनिषेवया ॥ ३८ ॥
हे योगेश्वर ! हे आत्मदेव ! हजुरको योगशक्तिलाई ठुला मायावीहरुले बडो कष्टसंग मात्र देख्न सक्छन् तर हामी हजुरको चरणको निरन्तर सेवामा लागेकाले सजिलै देख्न सकेकाछौं ।।३८।। 
अनुजानीहि मां देव लोकांस्ते यशसाऽऽप्लुतान् ।
पर्यटामि तवोद्‌गायन् लीला भुवनपावनीम् ॥ ३९ ॥
हे प्रभु ! हजुरको किर्ती पुरै जगतमा फैलिएको छ । अब म हजुरको लीलाहरुको गान गर्दै संसारमा भ्रमण गर्दछु । अब मलाई यहाँबाट जाने आज्ञा दिनुहोस् ।।३९।।
श्रीभगवानुवाच (
ब्रह्मन् धर्मस्य वक्ताहं कर्ता तदनुमोदिता ।
तच्छिक्षयँल्लोकमिममास्थितः पुत्र मा खिदः ॥ ४० ॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे ब्राह्मणदेव नारदजी ! म धर्मको प्रचारक हुँ, यसको अनुयायी हुँ र यसको अनुमोदन गर्ने पनि हुँ त्यसकारण संसारलाई धर्म सिकाउने एकमात्र उद्देश्यले मैले यो लीला गरेको हुँ । हे पृय पुत्र नारद तिमी यो मेरो माया देखेर मोहित नहोउ ।।४०।।
श्रीशुक उवाच–
इत्याचरन्तं सद्धर्मान् पावनान् गृहमेधिनाम् ।
तमेव सर्वगेहेषु सन्तमेकं ददर्श ह ॥ ४१ ॥
श्री शुकदेवजी भन्नुहुन्छ– यसरी भगवान श्रीकृष्णले गृहस्थहरूलाई पवित्र गर्ने सर्वोत्तम धर्मको पालन गर्नुभएको थियो । उहाँ एक हुनुहुन्छ, तैपनि ऋषि नारदले उहाँलाई आफ्ना प्रत्येक पत्नीको दरबारमा छुट्टाछुट्टै महलमा देख्नुभयो ।।४१।। 
कृष्णस्यानन्तवीर्यस्य योगमायामहोदयम् ।
मुहुर्दृष्ट्वाी ऋषिरभूद् विस्मितो जातकौतुकः ॥ ४२ ॥
भगवान श्रीकृष्णको अनन्त लीला जान्ने इच्छाले द्वरका आउनुभएको नारदजी भगवान्कोे योगमायाको प्रभावलाई बारम्बार देखेर आश्चर्यमा पर्नुभयो ।।४२।।
इत्यर्थकामधर्मेषु कृष्णेन श्रद्धितात्मना ।
सम्यक् सभाजितः प्रीतस्तमेवानुस्मरन् ययौ ॥ ४३ ॥
द्वारिकामा भगवान कृष्णले गृहस्थ जस्तै व्यवहार गर्नुभयो । उहाँलाई धर्म, अर्थ र काम र पुरुषार्थमा ठूलो श्रध्दा राख्नुहुन्थ्यो । त्यही भएर वहाँले देवर्षि नारदलाई धेरै श्रध्दापूर्वक स्वागत गर्नुभयो । यसबाट प्रसन्न हुनुभएको नारदजी  भगवानलाई सम्झँदै त्यहाँबाट बिदा हुनुभयो ।।४३।। 
(वसंततिलका)
एवं मनुष्यपदवीमनुवर्तमानो
     नारायणोऽखिलभवाय गृहीतशक्तिः ।
रेमेऽङ्‌ग षोडशसहस्रवराङ्‌गनानां
     सव्रीडसौहृदनिरीक्षणहासजुष्टः ॥ ४४ ॥
हे राजन् ! संसारको कल्याणको लागि, भगवान नारायणले आफ्नो महाशक्तिलाई  स्वीकार गर्नुहुन्छ र यसरी मानिसहरूले जस्तै लीलाहरू गर्नुहुन्छ । वहाँ भगवान् नारायणले द्वारकापुरीमा, सोह्र हजार पत्नीहरुका साथमा आफ्नो लजालु र मायालु हेराई र मन्द मुस्कानले सेवा गरेर उनीहरूसँग रमण गर्नुभयो ।।४४।। 
यानीह विश्वविलयोद्‌भववृत्तिहेतुः
     कर्माण्यनन्यविषयाणि हरीश्चकार
यस्त्वङ्‌ग गायति शृणोत्यनुमोदते वा
     भक्तिर्भवेद्‌भगवति ह्यपवर्गमार्गे ॥ ४५ ॥
हे महाराज परीक्षित ! संसारको सृष्टि, पालन र प्रलयका कारण हुनुभएका श्रीकृष्णले गर्नु भएका यी कर्महरुलाई जसले सुन्छ अथवा सुनाउछ भने निश्चय नै उसले भगवान्मा पे्रमरुप भक्ति प्राप्त गर्दछ ।।४५।।
इति श्रीमद्भाागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
कृष्णगार्हस्थ्यदर्शनं नाम एकोनसप्ततिमोऽध्यायः ॥ ६९ ॥