/* पुराना सबै बटनहरू र फुटरका अनावश्यक लिङ्कहरू हटाउन */ #blog-pager, .blog-pager, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3, .newer-posts, .older-posts { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } /* पुराना सबै केरमेर र मेनुलाई पूर्ण रूपमा लुकाउन */ .PageList, .Tabs, .tabs-inner, .widget.PageList, [id^='PageList'] { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; overflow: hidden !important; } -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमः स्कंधः - द्विपञ्चाशत्तमोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः - द्विपञ्चाशत्तमोऽध्यायः


श्रीशुक उवाच–
(अनुष्टुप्)
इत्थं सोऽनगृहीतोऽङ्‌ग कृष्णेनेक्ष्वाकु नन्दनः ।
तं परिक्रम्य सन्नम्य निश्चक्राम गुहामुखात् ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– प्रिय परीक्षित ! भगवान श्रीकृष्णले यसरी अनुग्रह गर्नु भएपछि इक्ष्वाकुनन्दन राजा मुचुकुन्दले वहाँ श्रीकृष्णलाई परिक्रमा गरे र प्रणाम गरे अनि गुफाबाट बाहिर निस्के ।।१।।

संवीक्ष्य क्षुल्लकान् मर्त्यान् पशून् वीरुद्वनस्पतीन् ।
मत्वा कलियुगं प्राप्तं जगाम दिशमुत्तराम् ॥२॥
मुचुकुन्दले बाहिर निस्कँदा मानिस, जनावर, रूख लहरा, र बोटबिरुवाहरू पहिलेभन्दा धेरै सानो आकारमा भएका देखेर अब कलियुग लागेछ भन्ने थाहा पाएर उनी तपस्या गर्न भनि उत्तरतिर लागे ।।२।। 

तपःश्रद्धायुतो धीरो निःसङ्‌गो मुक्तसंशयः ।
समाधाय मनः कृष्णे प्राविशद् गन्धमादनम् ॥ ३ ॥
महाराज मुचुकुन्दले तपस्यामा अत्यन्त भक्ति, धैर्य र श्रध्दा थियो उनी सबै किसिममो शंकबाट मुक्त थिए त्यसैले उनले आफ्नो मन श्रीकृष्णमा लगाउदै गन्धमादन पर्वतमा पुगे ।।३।। 

बदर्याश्रममासाद्य नरनारायणालयम् ।
सर्वद्वन्द्वसहः शान्तस्तपसाराऽऽधयद्धरिम् ॥४॥
भगवान नरनारायणको नित्य निवास बदरिकाश्रममा गएर उनले भगवान् को पूजा गरे त्यसपछि सबै किसिमको द्वन्द्वलाई ठूलो शान्तिका साथ सहन गरेर भगवानको आराधना गर्न थाले ।।४।। 

भगवान् पुनराव्रज्य पुरीं यवनवेष्टिताम् ।
हत्वा म्लेच्छबलं निन्ये तदीयं द्वारकां धनम् ॥५॥
भगवान श्रीकृष्ण पनि मथुरापुरी फर्कनु भयो जहाँ कालयवनको सेनाले घेरेको थियो । त्यहाँ पुगेर वहाँले सबै म्लेक्षहरुलाई मारेर उनीहरुको धनसम्पत्ति लिएर द्वारका तिर लाग्नुभयो ।।५।। 

नीयमाने धने गोभिर्नृभिश्चाच्युतचोदितैः ।
आजगाम जरासन्धस्त्रयोविंशत्यनीकपः ॥६॥
जब भगवान कृष्णको आदेश अनुसार  मानिसहरू र गोरुहरूमा बोकेर त्यहाँ युध्दमा भएका धनसम्पत्ति लिएर जाँदै गरेका बखतमा  मगधराज जरासन्ध आफ्ना तेइस अक्षौहिणी सेना लिएर फेरि (अठारौं पटक) युध्द गर्न भनि त्यहाँ आइपुग्यो ।।६।। 

विलोक्य वेगरभसं रिपुसैन्यस्य माधवौ ।
मनुष्यचेष्टामापन्नौ राजन् दुद्रुवतुर्द्रुतम् ॥७॥
हे राजन परीक्षित ! शत्रु सेनाको ठूलो प्रवल वेगलाई देखेर, भगवान कृष्ण र भगवान बलराम, मानिस जस्तै व्यवहार गर्दै, त्यो युध्दभूमिबाट धेरै छिटा भाग्नुभयो ।।७।। 

विहाय वित्तं प्रचुरमभीतौ भीरुभीतवत् ।
पद्‌भ्यां पलाशाभ्यां चेलतुर्बहुयोजनम् ॥८॥
वास्तवमा उहाँहरुको मनमा कुनै डर थिएन तैपनि, धेरै डराएको जस्तो अभिनय गर्दै, आफ्नो सबै सम्पत्ति छोडेर कमलको पात जस्तै नरम खुट्टाले हिँडेर त्यस युध्दभूमि भन्दा धेरै योजन टाढा पुग्नुभयो ।।८।। 

पलायमानौ तौ दृष्ट्वा मागधः प्रहसन् बली ।
अन्वधावद् रथानीकैरीशयोरप्रमाणवित् ॥९॥
जब शक्तिशाली मगधराजा जरासन्धले श्रीकृष्ण र बलराम डराउदै भागिरहेको देख्यो अनि उ हाँस्दै आफ्नो रथ सेना लिएर उहाँहरुको पछि पछि दौडनथाल्यो ।।९।।
प्रद्रुत्य दूरं संश्रान्तौ तुङ्‌गमारुहतां गिरिम् ।
प्रवर्षणाख्यं भगवान् नित्यदा यत्र वर्षति ॥१०॥
यसरी धेरैबेर दौडँदा दुवै दाजुभाइ अलि थाक्नुभयो र एउटा धेरै अग्लो प्रवर्षण नाम गरेको पर्वत चढ्नुभयो । त्यसठाउँमा पर्जन्यले धेरै वर्षा गराउदथे ।।१०।। 
गिरौ निलीनावाज्ञाय नाधिगम्य पदं नृप ।
ददाह गिरिमेधोभिः समन्तादग्निमुत्सृजन् ॥११॥
हे महाराज परीक्षित ! जरासन्धले ती दुवै श्रीकृष्ण बलरामलाई भेट्टाउन नसकेपछि त्यही पहाडमा लुकेका हुनुपर्छ भन्ने निश्चय गरेर त्यस प्रवर्षण पहाडमा चारैतिरबाट आगो लगाइदियो ।।११।। 

तत उत्पत्य तरसा दह्यमानतटादुभौ ।
दशैकयोजनात्तुङ्‌गान्निपेततुरधो भुवि ॥ १२ ॥
त्यो पहाडको किनार चारैतिरबाट जल्न थालेका देखेर बलराम र श्रीकृष्ण दुवै दाजुभाइ जरासन्धको सेनाको घेरा तोड्दै, त्यो एघार योजना अग्लो पहाडबाट तीव्र गतिमा जमिनमा हाम फाल्नुभयो ।।१२।। 
अलक्ष्यमाणौ रिपुणा सानुगेन यदूत्तमौ ।
स्वपुरं पुनरायातौ समुद्रपरिखां नृप ॥ १३ ॥
हे महाराज ! जरासन्ध र उनका कुनै पनि सिपाहीले थाहै नपाउने गरी दुवै दाजुभाइ त्यहाँबाट निस्किए र समुद्रले घेरिएको आफ्नो शहर द्वारका फर्किनुभयो ।।१३।।
 
सोऽपि दग्धाविति मृषा मन्वानो बलकेशवौ ।
बलमाकृष्य सुमहन्मगधान् मागधो ययौ ॥ १४ ॥
जरासन्धले श्रीकृष्ण र बलरामल आगोमा जलेर मरे भन्ने झूटो विश्वास गर्यो र आफ्नो विशाल सेना फिर्ता गरेर मगधदेशतिर फर्कियो ।।१४।।
 
आनर्ताधिपतिः श्रीमान् रैवतो रैवतीं सुताम् ।
ब्रह्मणा चोदितः प्रादाद् बलायेति पुरोदितम् ॥ १५ ॥
हे परीक्षित ! आनर्त देशका राजा रैवतले ब्रह्माको आज्ञा अनुसार आफ्नी छोरी रेवतीको विवाह बलरामसँग गराए जुनकुरा मैले पहिले नै (नवौं अध्यायमा) भनिसकेको छु ।।१५।। 

भगवानपि गोविन्द उपयेमे कुरूद्वह ।
वैदर्भीं भीष्मकसुतां श्रियो मात्रां स्वयंवरे ॥ १६ ॥
प्रमथ्य तरसा राज्ञः शाल्वादीन् चैद्यपक्षगान् ।
पश्यतां सर्वलोकानां तार्क्ष्यपुत्रः सुधामिव ॥ १७ ॥
हे महाराज परीक्षित ! भगवान कृष्णले स्वयंवरमा आएका शिशुपाल र उनका समर्थक शाल्व जस्ता वीर राजाहरूलाई पनि सबैको अगाडि युध्दमा हराएर जसरी गरुडले अमृत हरण गरे त्यसरी नै विदर्भ देशकी राजकुमारी भीष्मककी छोरी रुक्मिणीलाई अपहरण गरेर विवाह गर्नभयो रुक्मिणी स्वयं लक्ष्मीको अवतार थिइन् ।।१६–१७।।

राजोवाच
भगवान् भीष्मकसुतां रुक्मिणीं रुचिराननाम् ।
राक्षसेन विधानेन उपयेम इति श्रुतम् ॥ १८ ॥
राजा परीक्षितले सोधे– हे प्रभु ! भगवान श्रीकृष्णले भीष्मककी परम सुन्दरी छोरी रुक्मिणीलाई जबरजस्ती अपहरण गरेर राक्षसी तरिकाले विवाह गरेका थिए भन्ने हामीले सुनेका छौं ।।१८।। 

भगवञ्छ्रोतुमिच्छामि कृष्णस्यामिततेजसः ।
यथा मागधशाल्वादीन् जित्वा कन्यामुपाहरत् ॥ १९ ॥
हे ब्रह्मर्षि ! अब म श्रीकृष्णले जरासन्ध, शाल्व आदि राजाहरूलाई पराजित गरेपछि कसरी रुक्मिणीलाई अपहरण गर्नुभयो ? अब म श्रीकृष्णका यस परमतेजस्वी चरित्रका बारेमा सुन्न चाहान्छु ।।१९।।
 
ब्रह्मन् कृष्णकथाः पुण्या माध्वीर्लोकमलापहाः ।
को नु तृप्येत शृण्वानः श्रुतज्ञो नित्यनूतनाः ॥२०॥
हे ब्रह्मर्षि ! भगवान श्रीकृष्णको कथाले सबै पापलाई पखालेर पवित्र बनाउछ र सुन्दा पनि धेरै मिठासपूर्ण जति सुन्यो उती सुन्न मनलाग्ने छ त्यसैले श्रीकृष्ण चरित्र सुनेर को नै तृप्त होला ? ।। २०।। 

श्रीशुक उवाच–
राजाऽऽसीद् भीष्मको नाम विदर्भाधिपतिर्महान् ।
तस्य पञ्चाभवन् पुत्राः कन्यैका च वरानना ॥२१॥
श्रीशुकदेवले भन्नुभयो– हे परीक्षित ! महाराजा भीष्मक विदर्भ देशका राजा थिए । उनका पाँच छोरा र एक छोरी थिइन् ।।२१।।
 
रुक्म्यग्रजो रुक्मरथो रुक्मबाहुरनन्तरः ।
रुक्मकेशो रुक्ममाली रुक्मिण्येषां स्वसा सती ॥२२॥
जेठो छोराको नाम रुक्मि थियो र अरु चार छोराहरूको नाम क्रमशः रुक्मरथ, रुक्मबाहु, रुक्मकेश र रुक्ममाली थियो । उनीहरुकी बहिनी सति रुक्मिणी थिइन् ।।२२।।
 
सोपश्रुत्य मुकुन्दस्य रूपवीर्यगुणश्रियः ।
गृहागतैर्गीयमानांस्तं मेने सदृशं पतिम् ॥२३॥
जब रुक्मिणीले आफ्ना घरमा आएका पाहुनहरुद्वारा श्रीकृष्णको सुन्दरता, बहादुरी, सद्गुण पराक्रम र ऐश्वर्यका बोरमा सुनिन् त्यसपछि उनले भगवान् श्रीकृष्णलाई आफुलाई सुहाउने भएकोले मनमनै पति बनाउने निर्णय गरिन् ।।२३।। 
तां बुद्धिलक्षणौदार्यरूपशीलगुणाश्रयाम् ।
कृष्णश्च सदृशीं भार्यां समुद्वोढुं मनो दधे ॥२४॥
भगवान श्रीकृष्णले पनि रुक्मिणीको उदारता, सुन्दरता, विनम्रता र आदि गुणहरु देख्नुभएकोले रुक्मिणी मेरो लागि उपयुक्त पत्नी हुन् भन्ने विचार गरेर रुक्मिणीजीसँग विवाह गर्ने निर्णय गर्नुभयो ।।२४।।

बन्धूनामिच्छतां दातुं कृष्णाय भगिनीं नृप ।
ततो निवार्य कृष्णद्विड् रुक्मी चैद्यममन्यत ॥२५॥
हे परीक्षित रुक्मिणीका दाजुभाइ र आफन्तहरू उनको बिबाह श्रीकृष्णसंग नै होस भन्ने चाहान्थे तर श्रीकृष्णसंग द्वेष गर्ने रुक्मीले यो कुरा नमानेर रुक्मिणीको बिबाह शिषुपालसंग गरिदिने बिचार गर्यो ।।२५।।

तदवेत्यासितापाङ्‌गी वैदर्भी दुर्मना भृशम् ।
विचिन्त्याप्तं द्विजं कञ्चित् कृष्णाय प्राहिणोद् द्रुतम् ॥२६॥
जब आँखा काला भएकी विदर्भदेशकी राजकुमारी रुक्मिणीले यो कुरा थाहा पाएर धेरै चिन्तित भइ उनले यो खवर पुर्याउन एक विश्वासिला ब्राह्मणलाई श्रीकृष्णकहाँ पठाइन् ।।२६।।
 
द्वारकां स समभ्येत्य प्रतीहारैः प्रवेशितः ।
अपश्यदाद्यं पुरुषमासीनं काञ्चनासने ॥२७॥
जब ती ब्राह्मण द्वारकापुरीमा पुगेपछि द्वारपालहरूले उनीहरूलाई दरबार भित्र लिएर गए । त्यहाँ भित्र पुग्दा ती ब्राह्मणले आदिपुरुष भगवान श्रीकृष्णलाई सुनको सिंहासनमा विराजमान हुनुभएको देखे ।।२७।। 

दृष्ट्वा ब्रह्मण्यदेवस्तमवरुह्य निजासनात् ।
उपवेश्यार्हयाञ्चक्रे यथाऽऽत्मानं दिवौकसः ॥२८॥
ब्राह्मणहरूका परम भक्त भगवान कृष्णले ब्राह्मण–देवतालाई देखेर आफ्नो आसनबाट ओर्लनुभयो र उनलाई आफ्नो आसनमा बसाउनुभयो । त्यसपछि वहाँले देवताहरूले आफ्नो पूजा गरे जस्तै गरी उनको पूजा गर्नुभयो ।।२८।।
 
तं भुक्तवन्तं विश्रान्तमुपगम्य सतां गतिः ।
पाणिनाभिमृशन् पादावव्यग्रस्तमपृच्छत ॥२९॥
आतिथ्य सत्कार र स्वास्थ्यलाभको बारेमा सोधपुछ  गरी  भोजन गरिसकेपछि संतहरूको परम गति हुनुभएका भगवान श्रकृष्णलले आफ्नो कोमल हातले ती ब्राह्मणको पाउ मोल्दै  धैर्य पूर्वक सोध्नुभयो ।।२९।।

कच्चिद् द्विजवरश्रेष्ठ धर्मस्ते वृद्धसम्मतः ।
वर्तते नातिकृच्छ्रेण सन्तुष्टमनसः सदा ॥३०॥
हे ब्राह्मण श्रेष्ठ ! आफ्नो कर्मका कारण तपाईंको मन सधैं सन्तुष्ट हुन्छ, आफ्ना पुर्खाहरूले गर्दै आएको धर्म पालना गर्न तपाईंलाई कुनै कठिनाइ त छैन ?।।३०।। 

सन्तुष्टो यर्हि वर्तेत ब्राह्मणो येन केनचित् ।
अहीयमानः स्वाद्धर्मात् स ह्यस्याखिलकामधुक् ॥३१॥
यदि ब्राह्मणले जे पाउँछ त्यसमा सन्तुष्ट भएर आफ्नो धर्मको पालना गर्छ र त्यसबाट विचलित हुँदैन भने, त्यो सन्तुष्टिले नै उसको सबै इच्छाहरू पूरा हुन्छन् ।।३१।। 
असन्तुष्टोऽसकृल्लोकानाप्नोत्यपि सुरेश्वरः ।
अकिञ्चनोऽपि सन्तुष्टः शेते सर्वाङ्‌गविज्वरः ॥३२॥

यदि इन्द्र नै पनि उनी आफ्नो पदबाट सन्तुष्ट भएनन् भने, सुखको खोजीमा उनले बारम्बार एक संसारबाट अर्को संसारमा भौंतारिनुपर्नेछ । उसले कहिलेपनि शान्तिपूर्वक बस्न सक्नेछैन । तर केही कोही नभएको ब्यक्ति पनि यदि सन्तुष्ट छ भने त्यो सबै प्रकारका चिन्ताबाट मुक्त हुन्छ र शान्तिसँग बस्दछ ।।३२।। 

विप्रान् स्वलाभसन्तुष्टान् साधून् भूतसुहृत्तमान् ।
निरहङ्कारिणः शान्तान् नमस्ये शिरसासकृत् ॥ ३३ ॥
म आफुसंग भएको बस्तुमा रमाई स्वभावैले शान्त र सन्तुष्ट रहेने, सम्पूर्ण प्राणीको हित गर्नेे अहंकार रहित ब्राह्मणलाई म शिर झुकाएर बारम्बार नमस्कार गर्दछु ३३ ।।

कच्चिद् वः कुशलं ब्रह्मन् राजतो यस्य हि प्रजाः ।
सुखं वसन्ति विषये पाल्यमानाः स मे प्रियः ॥ ३४ ॥
हे ब्राह्मणदेव ! तपाईहरु सबैले राजाबाट सबै प्रकारका सेवा सुविधाहरू पाउनु भएको छ हैन र? जसको राज्यमा प्रजाको राम्रो हेरचाह गरिन्छ र खुशीसाथ बस्छन्, त्यो राजा मलाई धेरै प्रिय लाग्छ ।।३४।। 

यतस्त्वमागतो दुर्गं निस्तीर्येह यदिच्छया ।
सर्वं नो ब्रूह्यगुह्यं चेत् किं कार्यं करवाम ते ॥ ३५ ॥
हे ब्राह्मणदेव ! हजुर यति कठिन बाटो पार गर्दै कुन इच्छाले यहाँ आउनुभएको छ ? यदि त्यहाँ कुनै विशेष गोप्य कुरा छैन भने हामीलाई भन्नुहोस्, हामी तपाईंको लागि के सेवा गरौं ? ।।३५।। 

एवं सम्पृष्टसम्प्रश्नो ब्राह्मणः परमेष्ठिना ।
लीलागृहीतदेहेन तस्मै सर्वमवर्णयत् ॥ ३६ ॥
हे परीक्षित ! लीलाबाट मानव रूप धारण गरेका भगवान कृष्णले ब्राह्मण देवतालाई यसरी सोध्नु भएपछि ती ब्राह्मणले रुक्मिणीको सन्देश भगवानलाई बताए ।।३६।।
  
रुक्मिण्युवाच–
(वसंततिलका)
श्रुत्वा गुणान् भुवनसुन्दर शृण्वतां ते
     निर्विश्य कर्णविवरैर्हरतोऽङ्‌गतापम्
रूपं दृशां दृशिमतामखिलार्थलाभं
     त्वय्यच्युताविशति चित्तमपत्रपं मे ॥ ३७ ॥
रुक्मिणीले भनिन्– हे त्रिभुवनसुन्दर ! हे प्रिय अचूत ! जसले हजुरका गुण सुन्दछ, हजुर उसको कानबाट प्रवेश गरेर तीगुणहरुले श्रवण गर्ने ब्यक्तिको शरीरका सबै तापलाई नष्ट गरिदिन्छ र हजुरको रुपको दर्शनले ब्यक्तिलाई धर्म, अर्थ, काम, मोक्ष आदि सबै पुरुषार्थ दिएर कृतार्थ बनाइदिनुहुन्छ भन्ने कुरा सुनेर मेरो मन निर्धक्कसंग हजुरमा लागेको छ ।।३७।। 

का त्वा मुकुन्द महती कुलशीलरूप–
     विद्यावयोद्रविणधामभिरात्मतुल्यम्
धीरा पतिं कुलवती न वृणीत कन्या
     काले नृसिंह नरलोकमनोऽभिरामम् ॥ ३८ ॥
हे मुकुन्द ! हजुरलाई देख्दा उच्चकुलमा उत्पन्न भएकी उदार स्वभावकी  त्यस्तो कुनचाँही कन्याले रुप, कुल, शील, विद्या र सबैखाले धनसम्पत्तिको प्रभावको आधारमा यस्ता सन्सारमा जतिछन् ती सबैको चित्तलाई आकर्षण गर्ने हजुर जस्तो पतिमा बिबाहमा पतिको रुपमा वरण नगर्ने ? ।।३८।। 

तन्मे भवान् खलु वृतः पतिरङ्गण् जाया– 
     मात्मार्पितश्च भवतोऽत्र विभो विधेहि ।
मा वीरभागमभिमर्शतु चैद्य आराद्
     गोमायुवन्मृगपतेः बलिमम्बुजाक्ष ॥३९॥
त्यसैले हे प्रियतम ! हे अम्बुजाक्ष (कमलनयन) हे विभो (ब्यापक प्रभु) मैले हजुरलाई लाई मेरो पतिको रूपमा रोजेको छु । मैले आफ्नो मन हजुरमा समर्पण गरिसकेकी छु । हजुरं सर्वज्ञ हुनुहुन्छ । कृपया हजुर यहाँ आएर मलाई बिबाह गरी आफ्नी पत्नीको रूपमा स्वीकार गर्नुहोस् । जसरी स्यालले सिंहको शिकारलाई हरण गर्दछ त्यसरी नै शिशुपालले मेरो नजिक आएर मलाई छुन नसकोस् ।।३९।। 

पूर्तेष्टदत्तनियमव्रतदेवविप्र– 
     गुर्वर्चनादिभिरलं भगवान् परेशः ।
आराधितो यदि गदाग्रज एत्य पाणिं
     गृह्णातु मे न दमघोषसुतादयोऽन्ये ॥४०॥
हे भगवन् यदि, जन्मजन्मान्तरमा मैले पूर्त (इनार, सिँढी आदि खन्ने), इष्ट (यज्ञ गर्ने), दान, नियम, उपवास र देवता, ब्राह्मण र गुरुहरूको पूजा आदि शुभकर्म गरेकी छु र यसबाट भगवान् मसँग प्रसन्न हुनुहुन्छ भने, भगवान श्रीकृष्ण आएर मेरो पाणिग्रहण गर्नुहोस । अरु शिशुपाल  आदि आएर मलाई नछुऊन् ।।४०।।

श्वो भाविनि त्वमजितोद्वहने विदर्भान्
     गुप्तः समेत्य पृतनापतिभिः परीतः ।
निर्मथ्य चैद्यमगधेन्द्रबलं प्रसह्य
     मां राक्षसेन विधिनोद्वह वीर्यशुल्काम् ॥४१॥
हे प्रभु ! हजुर अजेय हुनुुहुन्छ । मेरो विवाहको एक दिन अघि नै हजुर गोप्य रूपमा हाम्रो विदर्भ देशमा आउनुहोस् र सेनापतिहरूको बिचमा घेरिएको शिशुपाल र जरासन्धको सेनालाई बलपूर्र्वक जितेर आफ्नो वीरता देखाएर राक्षस विधिले हरण गरेर लगि बिबाह गर्नुहोस् ।।४१।। 

अन्तःपुरान्तरचरीमनिहत्य बन्धूं– 
     स्त्वामुद्वहे कथमिति प्रवदाम्युपायम् ।
पूर्वेद्युरस्ति महती कुलदेवियात्रा
     यस्यां बहिर्नववधूर्गिरिजामुपेयात् ॥४२॥
हजुरले तिमी अन्तःःपुर दरबारमा भित्री कोठाहरूमा आफ्ना महिला साथीहरुसग पहरामा रहेकी हुन्छ्यौ त्यतिबेला ं म तिम्रा भाइहरूलाई नमारी कसरी लैजान सक्छु नभन्नुहोला, त्यसैले म हजुरलाई यसको उपाय पनि बताउँछु । हाम्रो कुलमा एउटा यस्तो परम्परा छ कि विवाहको पहिलो दिन, कुलदेवीको दर्शन गर्न ठूलो जुलुस निकालिन्छ जसमा विवाह हुने केटी दुलही पनि शहर बाहिर गिरिजा देवी पार्वतीको दर्शनको लागि मन्दिर जानुपर्छ त्यहीबेलामा मलाई हरण गर्न सक्नुहुनेछ ।।४२।।

यस्याङ्‌घ्रिपङ्कजरजःस्नपनं महान्तो
     वाञ्छन्त्युमापतिरिवात्मतमोऽपहत्यै ।
यर्ह्यम्बुजाक्ष न लभेय भवत्प्रसादं
     जह्यामसून् व्रतकृशाञ्छतजन्मभिः स्यात् ॥४३॥
कमलनयन! उमापति, भगवान शंकर जस्ता महापुरुषहरू पनि आत्मशुद्धिको लागि तपाईंको चरणको धूलोले स्नान गर्न चाहन्छन् । यदि म त्यो प्रसाद, (हजुरको चरणको धूलो) पाउन असमर्थ भएँ भने, म उपवास बस्नेछु र मेरो शरीर सुकाएर आफ्नो जीवन त्याग्नेछु । यसको लागि मलाई सयौं जन्म लिनु परे पनि केही फरक पर्दैन तर कुनै दिन म हजुरको त्यो चरण अवश्य पाउनेछु ।।४३।। 

ब्राह्मण उवाच–
(अनुष्टुप्)
इत्येते गुह्यसन्देशा यदुदेव मयाऽऽहृताः ।
विमृश्य कर्तुं यच्चात्र क्रियतां तदनन्तरम् ॥४४॥
ब्राह्मणले भने– हे यदुवंशका श्रेष्ठ ! मैले ल्याएको रुक्मिणीका अत्यन्त गोप्य सन्देशहरू हुन्, यस सम्बन्धमा के गर्न आवश्यक छ भन्ने बारे सोचेर तुरुन्तै उचित कार्य गर्नुहोस् ।।४४।।

इति श्रीमद्भोगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे रुक्मिण्युद्‌वाहप्रस्तावे द्विपञ्चाशत्तमोऽध्यायः ॥ ५२ ॥

 

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment