श्रीमद्भागवत महापुराण
द्वादशः स्कन्धः – सप्तमोऽध्यायः
सूत उवाच –
अथर्ववित् सुमन्तुश्च शिष्यमध्यापयत् स्वकाम् ।
संहितां सोऽपि पथ्याय वेददर्शाय चोक्तवान् ।।१।।
नेपाली भावानुवादः सूतजी भन्नुहुन्छ– अथर्ववेदका ज्ञाता सुमन्तु मुनिले आफ्ना शिष्यलाई आफ्नी संहिता पढाउनुभयो। ती शिष्यले फेरि पथ्य र वेददर्श नामका मुनिहरूलाई त्यो संहिता पढाउनुभयो ।।१।।
शौक्लायनिर्ब्रह्मबलिर्मोदोषः पिप्पलायनिः ।
वेददर्शस्य शिष्यास्ते पथ्यशिष्यानथो शृणु ।
कुमुदः शुनको ब्रह्मन् जाजलिश्चाप्यथर्ववित् ।।२।।
नेपाली भावानुवादः हे ब्राह्मणहरू१ शौक्लायनि, ब्रह्मबलि, मोदोष र पिप्पलायनि—यी चारजना वेददर्श मुनिका शिष्यहरू हुन्। अब पथ्य मुनिका शिष्यहरूको नाम सुन्नुहोस्स् कुमुद, शुनक र अथर्ववेदका ज्ञाता जाजलि ।।२।।
बभ्रुः शिष्योऽथाङ्गिरसः सैन्धवायन एव च ।
अधीयेतां संहिते द्वे सावर्णाद्यास्तथापरे ।।३।।
नेपाली भावानुवादः अङ्गिरसका शिष्य बभ्रु र सैन्धवायनले पनि दुईवटा संहिताहरूको अध्ययन गरे। त्यसैगरी सावर्णि आदि अन्य मुनिहरूले पनि वेदको अध्ययन अघि बढाए ।।३।।
नक्षत्रकल्पः शान्तिश्च कश्यपाङ्गिरसादयः ।
एते आथर्वणाचार्याः शृणु पौराणिकान् मुने ।।४।।
नेपाली भावानुवादः नक्षत्रकल्प, शान्तिकल्प र कश्यप(अङ्गिरस आदि अथर्ववेदका प्रमुख आचार्यहरू हुन्। हे मुने१ अब पुराणका ज्ञाताहरूको बारेमा सुन्नुहोस् ।।४।।
त्रय्यारुणिः कश्यपश्च सावर्णिरकृतव्रणः ।
वैशंपायनहारीतौ षड् वै पौराणिका इमे ।।५।।
नेपाली भावानुवादः त्रय्यारुणि, कश्यप, सावर्णि, अकृतव्रण, वैशम्पायन र हारीत—यी छ जना पुराणका मुख्य विद्वान्हरू हुन् ।।५।।
अधीयन्त व्यासशिष्यात् संहितां मत्पितुर्मुखात् ।
एकैकामहमेतेषां शिष्यः सर्वाः समध्यगाम् ।।६।।
नेपाली भावानुवादः उहाँहरूले व्यासजीका शिष्य एवं मेरा पिता रोमहर्षणको मुखबाट पुराणको संहिता अध्ययन गर्नुभयो। म यी छ जनाकै शिष्य बनेर ती सबै पुराणहरूको अध्ययन गर्न सफल भएँ ।।६।।
कश्यपोऽहं च सावर्णी रामशिष्योऽकृतव्रणः ।
अधीमहि व्यासशिष्याच्चत्वारो मूलसंहिताः ।।७।।
नेपाली भावानुवादः कश्यप, म ९सूत०, सावर्णि र परशुरामका शिष्य अकृतव्रण—हामी चारजनाले व्यासजीका शिष्यबाट पुराणका मूल संहिताहरूको अध्ययन गर्यौूँ ।।७।।
पुराणलक्षणं ब्रह्मन् ब्रह्मर्षिभिः निरूपितम् । शृणुष्व बुद्धिमाश्रित्य वेदशास्त्रानुसारतः ।।८।।
नेपाली भावानुवादः हे ब्राह्मण१ अब ब्रह्मर्षिहरूले बताएका पुराणका लक्षणहरू सुन्नुहोस्, जुन वेद र शास्त्रको मर्यादा अनुसार निश्चित गरिएका छन् ।।८।।
सर्गोऽस्याथ विसर्गश्च वृत्ति रक्षान्तराणि च ।
वंशो वंशानुचरीतं संस्था हेतुरपाश्रयः ।।९।।
नेपाली भावानुवादः सर्ग, विसर्ग, वृत्ति, रक्षा, मन्वन्तर, वंश, वंशानुचरित, संस्था, हेतु र अपाश्रय—यसरी पुराणका दश लक्षण छन् ।।९।।
दशभिः लक्षणैर्युक्तं पुराणं तद्विदो विदुः । केचिन् पञ्चविधं ब्रह्मन् महदल्पव्यवस्थया ।।१०।।
नेपाली भावानुवादः पुराणका ज्ञाताहरू यसलाई दश लक्षणले युक्त मान्दछन्, तर केही विद्वान्हरूले ठूला र साना पुराणको व्यवस्था अनुसार पाँच लक्षण मात्र पनि बताएका छन् ।।१०।।
अव्याकृतगुणक्षोभान्महतस्त्रिवृतोऽहमः ।
भूतसूक्ष्मेन्द्रियार्थानां संभवः सर्ग उच्यते ।।११।।
नेपाली भावानुवादः प्रकृतिमा गुणहरूको क्षोभ उत्पन्न भएर महत्तत्त्व, अहंकार, पञ्चभूत र इन्द्रियहरूको जुन उत्पत्ति हुन्छ, त्यसलाई ुसर्गु ९सृष्टि० भनिन्छ ।।११।।
पुरुषानुगृहीतानामेतेषां वासनामयः ।
विसर्गोऽयं समाहारो बीजाद् बीजं चराचरम् ।।१२।।
नेपाली भावानुवादः पुरुष ९परमात्मा० को अनुग्रहले ती तत्त्वहरूबाट जीवहरूको जुन वासनामय चराचर सृष्टि हुन्छ, त्यसलाई ुविसर्गु भनिन्छ ।।१२।।
वृत्तिर्भूतानि भूतानां चराणामचराणि च ।
कृता स्वेन नृणां तत्र कामाच्चोदनयापि वा ।।१३।।
नेपाली भावानुवादः जीवहरूको जीवनवृत्तिको व्यवस्था नै ुवृत्तिु हो, जसमा चल्ने जीवका लागि नचल्ने वस्तु आहार बन्छन् ।।१३।।
रक्षाच्युतावतारेहा विश्वस्यानु युगे युगे ।
तिर्यङ्मर्त्यर्षिदेवेषु हन्यन्ते यैस्त्रयीद्विषः ।।१४।।
नेपाली भावानुवादः प्रत्येक युगमा विभिन्न अवतार लिएर भगवान् अच्युतले संसारको रक्षा गर्नु र धर्मविरोधीहरूको नाश गर्नु नै ुरक्षाु हो ।।१४।।
मन्वन्तरं मनुर्देवा मनुपुत्राः सुरेश्वराः ।
ऋषयोंऽशावताराश्च हरेः षड्विधमुच्यते ।।१५।।
नेपाली भावानुवादः मनु, देवता, मनुका छोराहरू, इन्द्र, ऋषिहरू र भगवान्का अंशावतार—यी छ कुराको वर्णनलाई ुमन्वन्तरु भनिन्छ ।।१५।।
राज्ञां ब्रह्मप्रसूतानां वंशस्त्रैकालिकोऽन्वयः ।
वंशानुचरितं तेषां वृत्तं वंशधराश्च ये ।।१६।।
नेपाली भावानुवादः ब्रह्माजीबाट उत्पन्न भएका राजाहरूको वंश परम्परालाई ुवंशु भनिन्छ र ती वंशमा जन्मिएका राजाहरूको चरित्र वर्णनलाई ुवंशानुचरितु भनिन्छ ।।१६।।
नैमित्तिकः प्राकृतिको नित्य आत्यन्तिको लयः ।
संस्थेति कविभिः प्रोक्ता चतुर्धास्य स्वभावतः ।।१७।।
नेपाली भावानुवादः चार प्रकारका प्रलयलाई ९नैमित्तिक, प्राकृतिक, नित्य र आत्यन्तिक० विद्वान्हरूले ुसंस्थाु ९लय० भनेका छन् ।।१७।।
हेतुर्जीवोऽस्य सर्गादेरविद्याकर्मकारकः ।
यं चानुशायिनं प्राहुरव्याकृतमुतापरे ।।१८।।
नेपाली भावानुवादः अविद्या र कर्मको बन्धनमा परी सृष्टिको कारण बन्ने जीव नै ुहेतुु हो ।।१८।।
व्यतिरेकान्वयो यस्य जाग्रत्स्वप्नसुषुप्तिषु ।
मायामयेषु तद् ब्रह्म जीववृत्तिष्वपाश्रयः ।।१९।।
नेपाली भावानुवादः जाग्रत्, स्वप्न र सुषुप्ति—यी तीन अवस्था र जीवका सबै वृत्तिहरूमा जुन ब्रह्म साक्षी बनेर रहनुहुन्छ, उहाँ नै ुअपाश्रयु हुनुहुन्छ ।।१९।।
पदार्थेषु यथा द्रव्यं सन्मात्रं रूपनामसु ।
बीजादिपञ्चतान्तासु ह्यवस्थासु युतायुतम् ।।२०।।
नेपाली भावानुवादः जसरी विभिन्न गहनामा सुन व्याप्त रहन्छ, त्यसैगरी जन्मदेखि मृत्युसम्मका सबै अवस्थामा जो परमात्मा व्याप्त हुनुहुन्छ, उहाँ नै परम सत्य हुनुहुन्छ ।।२०।।
विरमेत यदा चित्तं हित्वा वृत्तित्रयं स्वयम् ।
योगेन वा तदाऽऽत्मानं वेदेहाया निवर्तते ।।२१।।
नेपाली भावानुवादः जब योगद्वारा मानिसको चित्त सांसारिक अवस्थाहरूबाट मुक्त हुन्छ, तब उसले आत्माको साक्षात्कृत गर्दछ र कर्महरूबाट मुक्त हुन्छ ।।२१।।
एवं लक्षणलक्ष्याणि पुराणानि पुराविदः ।
मुनयोऽष्टादश प्राहुः क्षुल्लकानि महान्ति च ।।२२।। नेपाली भावानुवादः यसरी लक्षणहरूले युक्त अठारवटा पुराणहरू छन् भनेर प्राचीन मुनिहरूले बताएका छन् ।।२२।।
ब्राह्मं पाद्मं वैष्णवं च शैवं लैङ्गं सगारुडम् ।
नारदीयं भागवतमाग्नेयं स्कान्दसंज्ञितम् ।।२३।।
नेपाली भावानुवादः ब्रह्म, पद्म, विष्णु, शिव, लिङ्ग, गरुड, नारद, भागवत, अग्नि र स्कन्द पुराण ।।२३।।
भविष्यं ब्रह्मवैवर्तं मार्कण्डेयय सवामनम् ।
वाराहं मात्स्यं कौर्मं च ब्रह्माण्डाख्यमिति त्रिषट् ।।२४।।
नेपाली भावानुवादः भविष्य, ब्रह्मवैवर्त, मार्कण्डेय, वामन, वाराह, मत्स्य, कुर्म र ब्रह्माण्ड—यी जम्मा अठार पुराण हुन् ।।२४।।
ब्रह्मन्निदं समाख्यातं शाखाप्रणयनं मुनेः ।
शिष्यशिष्यप्रशिष्याणां ब्रह्मतेजोविवर्धनम् ।।२५।।
नेपाली भावानुवादः हे ब्राह्मण१ मुनिहरूले आफ्ना शिष्यहरू मार्फत वेद र पुराणका शाखाहरूको विस्तार गरे, जसले ब्रह्मतेज बढाउने काम गर्दछ ।।२५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
द्वादशस्कन्धे सप्तमोऽध्यायः ॥ ७ ॥
No comments:
Post a Comment