#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – पञ्चदशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – पञ्चदशोऽध्यायः
 


श्रीशुक उवाच– 
भरतस्यात्मजः सुमतिर्नामाभिहितो यमु ह वाव केचित्पाखण्डिन ऋषभपदवीमनुवर्तमानं चानार्या अवेदसमाम्नातां देवतां स्वमनीषया पापीयस्या कलौ कल्पयिष्यन्ति ॥ १ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
राजन ! भरतका सुमति नाम गरेका छोरा थीए, यो पहिले नै भनिसकियो । यिनले ऋषभदेवजीको मार्गको अनुसरण गरे । यसैले कलियुगमा धेरै पाखण्डी अनार्य पुरुष आफ्नो दुष्ट बुध्दिले वेदविरुध्द कल्पना गरेर यिनलाई देवता मान्दछन ।।१।।

तस्माद् वृद्धसेनायां देवताजिन्नाम पुत्रोऽभवत् ॥ २ ॥
 
सुमतिको बृद्धसेना नाम गरेकी पत्नीबाट देवताजित् नामका छोरा भए ।।२।।

अथासुर्यां तत्तनयो देवद्युम्नस्ततो धेनुमत्यां सुतः परमेष्ठी तस्य सुवर्चलायां प्रतीह उपजातः ॥ ३ ॥ 

देवजित्को असुरी नामकी स्त्रीको गर्भबाट देवद्युम्न र देवद्यम्नकी धेनुमतिबाट परमेष्ठी र उसकी सुवर्चलाको गर्भबाट प्रतीह नामको छोरो भयो ।।३।।

य आत्मविद्यामाख्याय स्वयं संशुद्धो महापुरुषमनुसस्मार ॥ ४ ॥ 

प्रतिहले अरुहरूलाई आत्मविद्याको उपदेश दिएर स्वयं शुध्दचित्त भएर परमपुरुष श्री नारायणको साक्षात दर्शन पाएका थिए ।।४।।

प्रतीहात्सुवर्चलायां प्रतिहर्त्रादयस्त्रय आसन्निज्याकोविदाः सूनवः प्रतिहर्तुः स्तुत्याम् अजभूमानावजनिषाताम् ॥ ५ ॥ 

प्रतिहकी भार्या सुवर्चलाको गर्भबाट प्रतिहर्ता, प्रस्तोता, र उद्गाता, नामका तीन छोरा भए । यिनीहरू यज्ञयज्ञादिमा धेरै निपुण थिए । यिनमद्धे प्रतिहर्ताकी पत्नी स्तुति थिइन । उनको गर्भबाट अज र भूमा नामका दुई छोरा भए ।।२५।।                        

भूम्न ऋषिकुल्यायामुद्‌गीथस्ततः प्रस्तावो देवकुल्यायां प्रस्तावान्नियुत्सायां हृदयज आसीद्विभुर्विभो रत्यां च पृथुषेणस्तस्मान्नक्त आकूत्यां जज्ञे नक्ताद् द्रुतिपुत्रो गयो राजर्षिप्रवर उदारश्रवा अजायत साक्षाद्‌भगवतो विष्णो( 
र्जगद्रिरक्षिषया गृहीतसत्त्वस्य कलाऽऽत्मवत्त्वादिलक्षणेन महापुरुषतां प्राप्तः ॥ ६ ॥ 

भूमाकी ऋषिकुल्याबाट उद्गीथ, उद्गीथकी देवकुल्याबाट प्रस्ताव र प्रस्तावको नियुत्साबाट विभु नामका छोरा भयो । विभुकी स्त्री रतिको गर्भबाट पृथुषेण, पृथुषेणकी आकुतिबाट नक्त र नक्तको द्रुतिको गर्भबाट उदारकीर्ति राजर्षिप्रवर गयको जन्म भयो । यी जगतको रक्षाको लागि सत्वगुणको स्वीकार गरने साक्षात भगवान् विष्णुको अंश मानिन्थे । संयमादि अनेकौं लक्षणका कारण उनलाई महापुरुषमा गणना गरिन्छ । ।।६।।

स वै स्वधर्मेण प्रजापालनपोषणप्रीणनोपलालनानुशासनलक्षणेनेज्यादिना च भगवति महापुरुषे परावरे ब्रह्मणि सर्वात्मनार्पितपरमार्थलक्षणेन ब्रह्मविच्चरणानुसेवयाऽऽपादितभगवद्‌भक्तियोगेन चाभीक्ष्णशः परिभावितातिशुद्धमतिरुपरतानात्म्य आत्मनि स्वयमुपलभ्यमानब्रह्मात्मानुभवोऽपि निरभिमान एवावनिमजूगुपत् ॥ ७ ॥ 

महाराज गयले प्रजा पालन पोषण र शासनादि गरेर विभिन्न किसिमका यज्ञको अनुष्ठान गरेर निष्काम भावले केवल भगवत्प्राप्तिका गृहस्थ धर्मको पालना गरे  । यसैले उनले सबै कर्म सर्वश्रेष्ठ परमपुरुष श्रीहरिलाई अर्पण गरेका थिए । यसरी ब्रम्हवेत्ता महापुरुषहरूको सेवाले उनलाई भक्तियोग प्राप्त भयो । त्यसपछि निरन्तर भगवच्चिन्तन गरेर आफ्नो चित्त शुध्द गरे र देहादि अनात्म वस्तुबाट अहमभाव हटाएर आत्मामा ब्रम्हानन्दको अनुभव गर्न लागे । यति हुदा पनि यिनी कुनै अभिमिान नराखि कन पृथ्वीको पालन गरिरहे ।।७।।

तस्येमां गाथां पाण्डवेय पुराविद उपगायन्ति ॥ ८ ॥ 

परीक्षित प्राचीन इतिहासलाई जान्ने महात्माहरूमा राजर्षि गयको विषयमा यो गाथा गाएका छन ।।८।।

गयं नृपः कः प्रतियाति कर्मभि
         र्यज्वाभिमानी बहुविद्धर्मगोप्ता । 
समागतश्रीः सदसस्पतिः सतां 
        सत्सेवकोऽन्यो भगवत्कलामृते ॥ ९ ॥ 

अहो ! आफ्नो कर्मले राजर्षि गय बराबरि त अरु कुन राजाले गर्न सक्छन र ? उनी साक्षात भगवानको कला थिए । उनलाई बाहेक अरु को यसप्रकार यज्ञाको विधिवत अनुष्ठान गर्ने, मनस्वी, बहुज्ञ, धर्मरक्षक, लक्ष्मीका प्रिय, साधुसमाजका शिरोमणि र सत्पुरुषका सच्चा सेवक हुन सक्छन र ? ।।९।।

यमभ्यषिञ्चन् परया मुदा सतीः 
         सत्याशिषोदक्षकन्याः सरिद्‌भिः । 
यस्य प्रजानां दुदुहे धराऽऽशिषो 
         निराशिषो गुणवत्सस्नुतोधाः ॥ १० ॥ 

परमसाध्वी श्रद्धा, मैत्री र दया आदि दक्षकन्याहरूले गंगाआदि नदीको साथमा उनलाई अभिषेक गरेका थिए । गाईले अफ्ना वाच्छाहरूलाई जसरी स्नेहले दूध खुवाउछिन त्यसैगरी उनको इच्छा नहुँदा पनि गाई रूपपृथ्वीले उनका अनेकौ गुणका कारण प्रजालई धन रत्नादि सबै अभिष्ट पदार्थ दएकी थिइन ।।१०।।

छन्दांस्यकामस्य च यस्य कामान् 
         दुदूराजह्रुरथो बलिं नृपाः । 
प्रत्यञ्चिता युधि धर्मेण विप्रा 
         यदाशिषां षष्ठमंशं परेत्य ॥ ११ ॥ 

उनको कुनै कामना थिएन तापनि वेदोक्त कर्मले उनलाई सबैप्रकारको भोग दिए । राजाहरूले युद्धस्थलमा उनलाई अनेक वाणले पूजित भएका राजले अनेक प्रकारका भेट दिए । उनकोे दक्षिणादि धर्मले सन्तुष्ट भएर ब्राम्हणहरूले उनलाई परलोकमा पाइने आफ्नो धर्मको छैटौं भाग अर्पण गर्दथे ।।११।।

यस्याध्वरे भगवानध्वरात्मा 
         मघोनि माद्यत्युरुसोमपीथे । 
श्रद्धाविशुद्धाचलभक्तियोग 
         समर्पितेज्याफलमाजहार ॥ १२ ॥ 

उनको यज्ञमा धेरै सोमपान गर्नाले इन्द्र उन्मत्त भएका थिए उनले अत्यन्त श्रद्धा तथा विशुद्ध र निश्चल भक्तिभावले अर्पण गरेको यज्ञफललाई भगवान् यज्ञपुरुषले साक्षात प्रकट भएर ग्रहण गर्नुभएको थियो ।।१२।।

यत्प्रीणनाद्‌बर्हिषि देवतिर्यङ् 
         मनुष्यवीरुत्तृणमाविरिञ्चात् । 
प्रीयेत सद्यः स ह विश्वजीवः 
         प्रीतःस्वयं प्रीतिमगाद्‌गयस्य ॥ १३ ॥ 

जसबाट तृप्त भएर व्रम्हाजी देखि लिएर देवता, मनुष्य, पशु, पक्षी, वृक्ष एवं तृण सम्मका सबै जीवहरू तत्कालै तृप्त हुन्छन । वहाँ विश्वात्मा श्रीहरि नित्य तृप्त भएर पनि राजर्षि गयको यज्ञमा तृप्त हुनुभएको थियो । यसैले गय बराबरी अरु कसले गर्न सक्छ ? ।।१३।।

गयाद्‌गयन्त्यां चित्ररथः सुगतिरवरोधन इति त्रयः पुत्रा बभूवुश्चित्ररथादूर्णायां सम्राडजनिष्ट ॥ १४ ॥ 

महाराज गयको गयन्ती रानीको गर्भबाट चित्ररथ सगंति र अवरोधन नामका तीन छोरा भए । ती मद्धे चित्ररथकी पत्नी उर्णाबाट सम्राट नामको छोरा जन्म्यो ।।१४।।


तत उत्कलायां मरीचिर्मरीचेर्बिन्दुमत्यां बिन्दुमानुदपद्यत तस्मात्सरघायां मधुर्नामाभवन्मधोः सुमनसि वीरव्रतस्ततो भोजायां मन्थुप्रमन्थू जज्ञाते मन्थोः सत्यायां भौवनस्ततो दूषणायां त्वष्टाजनिष्ट त्वष्टुर्विरोचनायां विरजो विरजस्य शतजित्प्रवरं पुत्रशतं कन्या च विषूच्यां किल जातम् ॥ १५ ॥ 

सम्राटको मरिचि र मरिचिकी बिन्दुमतीबाट बिन्दुमान नामको छोरा भयो । उसको सरघा नामकी पत्नीबाट मधु, मधुको सुमनाबाट वीरव्रत र वीरव्रतकी भोजावाट मन्थु र प्रमन्थु नामका दुई छोरा भए । उनीहरूमा मन्थुकी सत्याको गर्भबाट भौवन, भौवनकी दूषणाको गर्भबाट त्वस्टा र त्वष्टाकी विरोचनबाट वाट विरज र विरजकी विषूची नामकी पत्नीबाट सतजित आदि एक सय छोरा एक कन्याको जन्म भयो ।।१५।।

तत्रायंश्लोक २– 
प्रैयव्रतं वंशमिमं विरजश्चरमोद्‌भवः । 
अकरोदत्यलं कीर्त्या विष्णुः सुरगणं यथा ॥ १६ ॥ 

विरजको विषयमा यो श्लोक प्रसिद्ध छ,–जस प्रकार भगवान् विष्णु देवताको शोभा बढाउनु हुन्छ त्यसरी नै यस प्रियव्रतवंशमा सबभन्दा पछि जन्म लिएका राजा विरजले आफ्नो सुयशले वंश विभूषित गरेका थिए ।।१६।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे प्रियव्रतवंशानुकीर्तनं नाम पञ्चदशोऽध्यायः ॥ १५ ॥