श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - षोडशोऽध्यायः
श्रीशुक उवाच
पित्रोपशिक्षितो रामस्तथेति कुरुनन्दन ।
संवत्सरं तीर्थयात्रां चरित्वाऽऽश्रममाव्रजत् ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! पिताको उपदेशलाई भगवान परशुरामल ‘जो आग्या’ भनेर स्वीकार गरे । यसपछि उनी एक वर्षसम्म तीर्थयात्रा गरेर आफ्नो आश्रम फर्किए ।।१।
कदाचित् रेणुका याता गङ्गायां पद्ममालिनम् ।
गन्धर्वराजं क्रीडन्तमप्सरोभिरपश्यत ॥ २ ॥
एक दिन परशुरामजीकी आमा रेणुका गंगाको किनारमा गएकी थिइन् । त्यहाँ उनले गन्धर्व राजा चित्ररथ कमलको माला लगाएर अप्सराहरूसँग विहार गरीरहेको देखिन ।।२।।
विलोकयन्ती क्रीडन्तमुदकार्थं नदीं गता ।
होमवेलां न सस्मार किञ्चित् चित्ररथस्पृहा ॥ ३ ॥
उनी नदिमा आफ्ना पतिको हवनको लागि जल लिन गएकी दिईन तर त्यहाँ गन्धर्वलाई जलक्रीडा गरिरहेको देखेर आफ्ना पतिको हवनको समय बितेको कुरामा उनको होस भएन । उनको मन अलिकति चित्ररथ तर्फ आकर्षित भएको थियो ।।३।।
कालात्ययं तं विलोक्य मुनेः शापविशङ्किता ।
आगत्य कलशं तस्थौ पुरोधाय कृताञ्जलिः ॥ ४ ॥
हवनको समय बितेको थाहा पाएर उनी महर्षि जमदग्निको श्रापले डराए र त्यहाँबाट तुरुन्तै आश्रममा आइन् । त्यहाँ उनले पानीको भाँडो महर्षिको अगाडि राखिन् र हात जोडेर उभिइन् ।।४।।
व्यभिचारं मुनिर्ज्ञात्वा पत्न्याः प्रकुपितोऽब्रवीत् ।
घ्नतैनां पुत्रकाः पापामित्युक्तास्ते न चक्रिरे ॥ ५ ॥
जमदग्नि मुनिले आफ्नी पत्नीको मानसिक व्यभिचारको बारेमा थाहा पाएर रिसाउँदै भने मेरा छोराहरू ! यो पापीलाई मार । तर त्यहाँ उनका कुनै पनि छोराले उनको आदेश मानेनन् ।।५।।
रामः सञ्चोदितः पित्रा भ्रातॄन् मात्रा सहावधीत् ।
प्रभावज्ञो मुनेः सम्यक् समाधेस्तपसश्च सः ॥ ६ ॥
यसपछि बाबुको आदेशमा परशुरामजीले आमासहित सबै दाजुभाइको हत्या गरे । यसरी हत्या गर्नको कारण के थियो भने परशुरामलाई आफ्नो पिताको योग र तपस्याको प्रभावका बारेमा राम्रो ज्ञान थियो ।।६।।
वरेण च्छन्दयामास प्रीतः सत्यवतीसुतः ।
वव्रे हतानां रामोऽपि जीवितं चास्मृतिं वधे ॥ ७ ॥
परशुरामजीको यो कामबाट सत्यवतीनन्दन महर्षि जमदग्नि धेरै प्रसन्न भएर उनले भने– ’छोरा ! अब तिमी चे चाहान्छौ त्यो वर माग । परशुरामजीले भने– पिताजी ! मेरी आमा र मेरा सबै भाइहरू जीवित होउन र उनीहरूलाई मैले मारेको भन्ने भन्ने बारेमा पत्ता नहोस् ।।७।।
उत्तस्थुस्ते कुशलिनो निद्रापाय इवाञ्जसा ।
पितुर्विद्वांस्तपोवीर्यं रामश्चक्रे सुहृद्वधम् ॥ ८ ॥
परशुरामजीले यसो भनिने बित्तिकै निद्राबाट कोही ब्यूँझिएझैँ सबैजना पहिलाको अवस्थामा नै देखिए । परशुरामले आफ्ना पिताको तपस्याको शक्ति थाहा पाएर नै आफ्ना माता र दाजुहरुको हत्या गरेका थिए ।।८।।
येऽर्जुनस्य सुता राजन् स्मरन्तः स्वपितुर्वधम् ।
रामवीर्यपराभूता लेभिरे शर्म न क्वचित् ॥ ९ ॥
परीक्षित ! परशुरामजीबाट पराजित भएर भागेका सहस्रबाहु अर्जुनका छोराहरूलाई उनका पिताको वधको बारेमा निरन्तर सम्झना आइरहन्थ्यो जसले गर्दा उनीहरुलाई अलिकता पनि चैन थिएन ।।९।।
एकदाऽऽश्रमतो रामे सभ्रातरि वनं गते ।
वैरं सिसाधयिषवो लब्धच्छिद्रा उपागमन् ॥ १० ॥
एक दिन परशुरामजी आफ्ना भाईहरुका साथमा आश्रमबाट बाहिर निस्कोका अबसर पारेर वैर साध्नका लागि सहस्रबाहुका छोराहरु आश्रममा पुगे ।।१०।।
दृष्ट्वाग्न्यगार आसीनं आवेशितधियं मुनिम् ।
भगवति उत्तमश्लोके जघ्नुस्ते पापनिश्चयाः ॥ ११ ॥
त्यस समयमा महर्षि जमदग्नि अग्निशालामा बसेर आफ्ना साधनाद्वारा पवित्र कीर्ति भगवान्को आराधनामा मग्न रहेका थिए, उनलाई बाहिरको कुरामा कुनै पत्तो थिएन । त्यसै समहमा ती पापीहरुले जमदग्नि ऋषिलाई मारे । उनीहरुले यस्तो शोच पहिले देखिनै बनाइरहेका थिए ।।११।।
याच्यमानाः कृपणया राममात्रातिदारुणाः ।
प्रसह्य शिर उत्कृत्य निन्युस्ते क्षत्रबन्धवः ॥ १२ ॥
परशुरामकी आमा रेणुका दुःखीहुँदै उनीहरुसंग प्रार्थना गरिरहेकी थिइन् तर उनीहरुले उनको कुरालाई सुनेनन् । उनीहरुले निर्दयीपूर्वक जमदग्निको शिर छेदन गरेर लगे । परीक्षित ! वस्तवमा ती क्षत्रियहरु धेरै निर्दयी थिए ।।१२।।
रेणुका दुःखशोकार्ता निघ्नन्त्यात्मानमात्मना ।
राम रामेति तातेति विचुक्रोशोच्चकैः सती ॥ १३ ॥
यो देखेर सती रेणुकालाई धेरै दुःख लाग्यो । उनी छाती पिटि पिट धेरै ठुलो स्वरले रुरुन कराउँदै हे बाबु छोरा ! परशुराम ! तिमी छिटो आउ भन्न लागिन् ।।१३।।
तदुपश्रुत्य दूरस्थो हा रामेत्यार्तवत्स्वनम् ।
त्वरयाऽऽश्रममासाद्य ददृशे पितरं हतम् ॥ १४ ॥
यता परशुरामले टाढैबाट आफ्नी आमा हे राम ! हे राम ! भनेर चिच्याउन लागेको सुनेर चाँढैनै आफ्नो आश्रममा अए । उनले त्यहाँ आफ्ना पिताको हत्या भएको देखे ।।१४।।
तद् दुःखरोषामर्षार्तिशोकवेगविमोहिताः ।
हा तात साधो धर्मिष्ठ त्यक्त्वास्मान् स्वर्गतो भवान् ॥ १५ ॥
यो देखेर परशुराम धेरै दुःखी भए । उनी धेरै रिसाए । उनलाई मानसिक पीडा र शोकले धेरै ब्याकुल भएर विलाप गर्नलागे । हे पिताजी ! तपाई त महान तपस्वी हुनुहुन्थयो, धर्मका सच्चा रक्षक हुनुहुन्थ्यो । हामीलाई छोडेर स्वर्ग जानु भयो ।।१५।।
विलप्यैवं पितुर्देहं निधाय भ्रातृषु स्वयम् ।
प्रगृह्य परशुं रामः क्षत्रान्ताय मनो दधे ॥ १६ ॥
यसप्रकार विलाप गरेर पिताको शरीर दाजुहरुलाई जिम्मा लगाएर हातमा बन्चरो उठाएर क्षेत्रीयहरुको संहार गर्ने निश्चय गरे ।।१६।।
गत्वा माहिष्मतीं रामो ब्रह्मघ्नविहतश्रियम् ।
तेषां स शीर्षभी राजन् मध्ये चक्रे महागिरिम् ॥ १७ ॥
परीक्षित ! परशुराजी त्यहाँबाट माहिष्मती नगरमा गएर सहस्रबाहु अर्जुनका छोराहरुको सिर काटेर नगका बिचमा ठुलो पर्वत बनाइदिए । हुनत ती ब्रह्मघाती नीच क्षेत्रियहरुका कारण त्यस नगरको शोभा नष्ट भैसकेको थियो ।।१७।।
तद्रक्तेन नदीं घोरामब्रह्मण्यभयावहाम् ।
हेतुं कृत्वा पितृवधं क्षत्रेऽमङ्गलकारिणि ॥ १८ ॥
त्रिःसप्तकृत्वः पृथिवीं कृत्वा निःक्षत्रियां प्रभुः ।
समन्तपञ्चके चक्रे शोणितोदान् ह्रदान् नृप ॥ १९ ॥
उनीहरुको रगतबाट ठूलो नदी बग्यो, जसलाई देखेर ब्राह्मणद्रोहीको मन डरले काँपने थाल्यो भगवान्ले त्यससमयमा क्षत्रियहरू निकै तानाशाह बनेको देख्नुभयो । हे राजन ! त्यसैले वहाँले पिताको हत्यालाई बहाना बनाएर उनले २१ पटक पृथ्वीलाई क्षत्रिय विहीन बनाउनु भयो र कुरुक्षेत्रको स्यमन्तक पञ्चकमा पाँचवटा पोखरी बनाउनुभये ।।।१८–१९।।
पितुः कायेन सन्धाय शिर आदाय बर्हिषि ।
सर्वदेवमयं देवमात्मानमयजन्मखैः ॥ २० ॥
परशुरामले आफ्ना पिताको सिर ल्याएर शरीरमा जोडेर यज्ञद्वारा सर्वदेवमय आत्मस्वरुप भगवानको पूजा गरे ।।२०।।
ददौ प्राचीं दिशं होत्रे ब्रह्मणे दक्षिणां दिशम् ।
अध्वर्यवे प्रतीचीं वै उद्गाहत्रे उत्तरां दिशम् ॥ २१ ॥
उनले पूर्व दिशा होतालई , दक्षिण दिशा ब्रह्मालाई, पश्चिम दिशा अध्वर्युलाइ र उत्तर दिशा गीत गाउने उदगतालाई दिए ।।२१।।
अन्येभ्योऽवान्तरदिशः कश्यपाय च मध्यतः ।
आर्यावर्तमुपद्रष्ट्रे सदस्येभ्यस्ततः परम् ॥ २२ ॥
यसरी अग्निकोण आदि दिशाहरु ऋत्विजहरूलाई मध्यभूमि कश्यपजीलाई, उपद्रष्टक आर्यवर्तलाई र अन्य सदस्यहरूलाई अन्य दिशाहरु प्रदान गर्नुभयो ॥२२॥
ततश्चावभृथस्नानविधूताशेषकिल्बिषः ।
सरस्वत्यां महानद्यां रेजे व्यभ्र इवांशुमान् ॥ २३ ॥
यसपछि यज्ञान्त स्नान गरेर सबै पापहरूबाट मुक्त भएर ब्रह्मनदी सरस्वतीको किनारमा रहेको बादलरहित सूर्यजस्तै शोभायमान भए ।।२३।।
स्वदेहं जमदग्निस्तु लब्ध्वा संज्ञानलक्षणम् ।
ऋषीणां मण्डले सोऽभूत् सप्तमो रामपूजितः ॥ २४ ॥
परशुरामबाट पूजित र सम्मानित महर्षिले जमदग्निको सम्झना स्वरूप संकल्पमय शरीर प्राप्त गरे । उहाँ सप्तऋषिहरू मद्धेका सातौं ऋषि हुनुभयो ।।२४।।
जामदग्न्योऽपि भगवान् रामः कमललोचनः ।
आगामिन्यन्तरे राजन् वर्तयिष्यति वै बृहत् ॥ २५ ॥
परीक्षित ! कमलोचन जमदग्निनन्दन भगवान परशुरामले आगामी मन्वन्तराम आउँदे मन्वन्तरमा सप्तऋषिको समुहमा रहेर वेदको विस्तार गर्नेछन् ।।२५।।
आस्तेऽद्यापि महेन्द्राद्रौ न्यस्तदण्डः प्रशान्तधीः ।
उपगीयमानचरितः सिद्धगन्धर्वचारणैः ॥ २६ ॥
आज पनि उनी कसैलाई कुनै सजाय नदिई शान्त मनले महेन्द्र पर्वतमा बस्छन् । त्यहाँ सिद्ध, गन्धर्व र चारण मीठो स्वरमा उनको चरित्रको गुणगान गाइरहन्छन् ।।२६।।
एवं भृगुषु विश्वात्मा भगवान् हरिरीश्वरः ।
अवतीर्य परं भारं भुवोऽहन् बहुशो नृपान् ॥ २७ ॥
सर्वशक्तिमान विश्वव्यापी श्रीहरिले यसरी भृगु वंशमा अवतार लिनुभयो र पृथ्वीका भार भएका राजाहरूलाई धेरै पटक मार्नुभयो ।।२७।।
गाधेरभून्महातेजाः समिद्ध इव पावकः ।
तपसा क्षात्रमुत्सृज्य यो लेभे ब्रह्मवर्चसम् ॥ २८ ॥
विश्वामित्रजी महाराज गाधिका पुत्र थिए उनी अग्नि समान परमतेजस्वी थिए । उने आफ्नो तपस्याको शक्तिले उनले क्षत्रियत्व त्यागेर ब्रह्मतेज प्राप्त गरका थिए ।। २८।।
विश्वामित्रस्य चैवासन् पुत्रा एकशतं नृप ।
मध्यमस्तु मधुच्छन्दा मधुच्छन्दस एव ते ॥ २९ ॥
परीक्षित ! विश्वामित्रका सय छोरा थिए । तीमध्ये जेठा छोराको नाम मधुछन्द थियो। त्यसैले सबै छोराहरू ‘मधुछन्द’ नामले प्रख्यात भए ॥२९॥
पुत्रं कृत्वा शुनःशेपं देवरातं च भार्गवम् ।
आजीगर्तं सुतानाह ज्येष्ठ एष प्रकल्प्यताम् ॥ ३० ॥
विश्वामित्रजीले आफ्ना भानिज भृगुवंशी अजिगर्तका छोरा शुनःशेप लाई पुत्रको रुपमा स्वीकार गेका थिए जसको नाम पनि देवरात पनि थियो । विश्वामित्रले आफ्न छोराहरुलाई शुनसेपलाई भाई मान्न अनुरोध गरेका थिए ।।३०।।
यो वै हरिश्चन्द्रमखे विक्रीतः पुरुषः पशुः ।
स्तुत्वा देवान् प्रजेशादीन् मुमुचे पाशबन्धनात् ॥ ३१ ॥
यो रातो देवयजने देवैर्गाधिषु तापसः ।
देवरात इति ख्यातः शुनःशेपस्तु भार्गवः ॥ ३२ ॥
यिनै भृगुवंशी शुनसेप हरिश्चन्द्रको यज्ञमा यज्ञपशुको रूपमा किनिएका थिए । विश्वामित्रले प्रजापति वरुण र अन्य देवताहरूको स्तुति गरेर बन्धनबाट मुक्त गरेका थिए । देवताहरुको यज्ञमा यिनै शुनःशेप विश्वामित्रलाई दिएका थिए; त्यसैले ‘देवैः रातः’यस व्युत्पत्ति अनुसार गादि वंशमा यी तपस्वी देवरात नामले प्रख्यात भए ।।३१–३२।।
ये मधुच्छन्दसो ज्येष्ठाः कुशलं मेनिरे न तत् ।
अशपत् तान्मुनिः क्रुद्धो म्लेच्छा भवत दुर्जनाः ॥ ३३ ॥
विश्वामित्रका जेठा छोरालाई शुनःशेपलाई जेठो दाजु मान्ने कुरा मन परेको थिएन । यो सुनेर विश्वामित्रजी रिसाएर तिमीहरु म्लेच्छ होउ भनेर श्राप दिए ।।३३।।
स होवाच मधुच्छन्दाः सार्धं पञ्चाशता ततः ।
यन्नो भवान् संजानीते तस्मिंतिष्ठामहे वयम् ॥ ३४ ॥
यसरी उनान्चार जना दाजुभाइ म्लेच्छ बनेपछि विश्वामित्रजीका माहिला छोरा मधुछन्द र अरु पचास जना भाइहरू मिलेर भने– हे पिताजी ! तपाईले हामीलाई जे आज्ञा दिनुहुन्छ, हामी त्यसलाई पालन गर्न तयार छौं ।।३४।।
ज्येष्ठं मन्त्रदृशं चक्रुस्त्वामन्वञ्चो वयं स्म हि ।
विश्वामित्रः सुतानाह वीरवन्तो भविष्यथ ।
ये मानं मेऽनुगृह्णन्तो वीरवन्तमकर्त माम् ॥ ३५ ॥
यसो भन्दै मधुछन्दले मन्त्र द्रष्टा शुनःशेपलाई जेठा भाइको रूपमा स्वीकार गर्दै भने, हामी सबै तपाईंका अनुयायी–भाइहरू हौं । तब विश्वामित्रजीले आफ्ना आज्ञाकारी छोराहरूलाई भने– ’तिमीहरूले मेरो आज्ञा पालन गरेका छौ र मेरो इज्जतको रक्षा गरेका छौ, त्यसैले तिमीजस्तो पुत्र पाएकोमा म धन्य छु ॥३५॥
एष वः कुशिका वीरो देवरातस्तमन्वित ।
अन्ये चाष्टकहारीत जयक्रतुमदादयः ॥ ३६ ॥
म तिमीलाई आशीर्वाद दिन्छु कि तिमीलहरुाई पनि सुपुत्र प्राप्त हुनेछन् मेरा प्यारा छोराहरु ! यो देवरात् शुनःशेप पनि तिमीहरुकै गोत्रको हो । तिमीहरू सबै उसको आज्ञामा रहनु । ’ परीक्षित ! विश्वामित्रजीका अष्टक, हारित, जय र क्रतुमान आदि अरुपनि छोरा थिए ।।३६।।
एवं कौशिकगोत्रं तु विश्वामित्रैः पृथग्विधम् ।
प्रवरान्तरमापन्नं तद्धि चैवं प्रकल्पितम् ॥ ३७ ॥
यसरी विश्वामित्रजीका वंशजहरूमा कौशिक गोत्रमा धेरै भेद भयो र देवरातलाई आफ्नो जेठा भाइको रूपमा मानेका कारण उनको प्रवर दोश्रो भयो ।।३७।।
इति श्रीमद्भािगवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे षोडशोऽध्यायः ॥ १६ ॥