श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - षोडशोऽध्यायः
श्रीशुक
उवाच
पित्रोपशिक्षितो
रामस्तथेति कुरुनन्दन ।
संवत्सरं
तीर्थयात्रां चरित्वाऽऽश्रममाव्रजत् ॥ १ ॥
नेपाली
भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ–
हे कुरुनन्दन परीक्षित्! पिताद्वारा उपदेश दिइएका परशुरामले 'हुन्छ' भनी आज्ञा स्वीकार गरे। त्यसपछि उनी एक
वर्षसम्म तीर्थयात्रा गरेर आफ्नो आश्रममा फर्किए ।।१।।
कदाचित्
रेणुका याता गङ्गायां पद्ममालिनम् ।
गन्धर्वराजं
क्रीडन्तमप्सरोभिरपश्यत ॥ २ ॥
नेपाली
भावानुवादः कुनै समय परशुरामकी माता रेणुका गङ्गाको किनारमा गएकी थिइन्। त्यहाँ
उनले अप्सराहरूसँग जलविहार गरिरहेका,
कमलको माला लगाएका गन्धर्वराज चित्ररथलाई देखिन् ।।२।।
विलोकयन्ती
क्रीडन्तमुदकार्थं नदीं गता ।
होमवेलां
न सस्मार किञ्चित् चित्ररथस्पृहा ॥ ३ ॥
नेपाली
भावानुवादः जल लिनका लागि नदीमा गएकी रेणुकाले ती गन्धर्वको जलक्रीडा हेर्न
थालिन्। चित्ररथप्रति अलिकति आशक्ति जागेका कारण उनले आफ्नो पतिको हवनको समय
बितेको कुरा स्मरण गरिनन् ।।३।।
कालात्ययं
तं विलोकय मुनेः शापविशङ्किता ।
आगत्य
कलशं तस्थौ पुरोधाय कृताञ्जलिः ॥ ४ ॥
नेपाली
भावानुवादः हवनको समय बितेको थाहा पाएपछि महर्षि जमदग्निको श्रापले त्रसित भएकी
उनी हतारिँदै आश्रममा आइन् र पानीको घडा अगाडि राखेर हात जोडी उभिइन् ।।४।।
व्यभिचारं
मुनिर्ज्ञात्वा पत्न्याः प्रकुपितोऽब्रवीत् । घ्नतैनां पुत्रकाः पापामित्युक्तास्ते न चक्रिरे ॥ ५ ॥
नेपाली
भावानुवादः मुनि जमदग्निले आफ्नी पत्नीको मानसिक व्यभिचारका बारेमा थाहा पाएर
अत्यन्त क्रोधित हुँदै भन्नुभयो– "हे छोराहरू! यो पापिनीलाई मारिदेओ।" तर आदेश दिँदा पनि छोराहरूले
आमालाई मार्ने आँट गरेनन् ।।५।।
रामः
सञ्चोदितः पित्रा भ्रातॄन् मात्रा सहावधीत् ।
प्रभावज्ञो
मुनेः सम्यक् समाधेस्तपसश्च सः ॥ ६ ॥
नेपाली
भावानुवादः त्यसपछि पिताद्वारा प्रेरित भएका परशुरामले आफ्नी आमा र सबै
दाजुभाइहरूको वध गरिदिए। परशुरामलाई आफ्ना पिताको समाधि र तपस्याको शक्तिको
प्रभावका बारेमा पूर्ण ज्ञान थियो ।।६।।
वरेण
च्छन्दयामास प्रीतः सत्यवतीसुतः ।
वव्रे
हतानां रामोऽपि जीवितं चास्मृतिं वधे ॥ ७ ॥
नेपाली
भावानुवादः पुत्र परशुरामको आज्ञापालनबाट प्रसन्न भई सत्यवतीनन्दन जमदग्निले
"वर माग" भन्नुभयो। परशुरामले मरेका आमा र दाजुभाइहरू जीवित होऊन् र
उनीहरूलाई वधको स्मृति (याद) नरहोस् भन्ने वर मागे ।।७।।
उत्तस्थुस्ते
कुशलिनो निद्रापाय इवाञ्जसा ।
पितुर्विद्वांस्तपोवीर्यं
रामश्चक्रे सुहृद्वधम् ॥ ८ ॥
नेपाली
भावानुवादः परशुरामले वर माग्नेबित्तिकै सबै जना निद्राबाट बिउँझिएझैँ कुशलपूर्वक
उठे। पिताको तपोबलको शक्ति थाहा पाएर नै परशुरामले आफ्ना स्वजनहरूको वध गरेका थिए
।।८।।
येऽर्जुनस्य
सुता राजन् स्मरन्तः स्वपितुर्वधम् ।
रामवीर्यपराभूता
लेभिरे शर्म न क्वचित् ॥ ९ ॥
नेपाली
भावानुवादः हे राजन्! परशुरामद्वारा पराजित भएका सहस्रार्जुनका छोराहरूले आफ्ना
पिताको वध सम्झिरहन्थे। परशुरामको पराक्रमबाट डराएका उनीहरूले कतै पनि शान्ति पाउन
सकेनन् ।।९।।
एकदाऽऽश्रमतो
रामे सभ्रातरि वनं गते ।
वैरं
सिसाधयिषवो लब्धच्छिद्रा उपागमन् ॥ १० ॥
नेपाली
भावानुवादः एक दिन परशुराम आफ्ना दाजुभाइका साथ वनमा गएको समयमा दाउ हेरिरहेका
सहस्रार्जुनका छोराहरू प्रतिशोध साध्नका लागि आश्रममा आए ।।१०।।
दृष्ट्वाग्न्यगार
आसीनं आवेशितधियं मुनिम् ।
भगवति
उत्तमश्लोके जघ्नुस्ते पापनिश्चयाः ॥ ११ ॥
नेपाली
भावानुवादः यज्ञशालामा बसेर परमेश्वर भगवान्मा चित्त लगाएर ध्यानमग्न रहेका
मुनिलाई देखेर ती पापीहरूले उनको हत्या गरिदिए ।।११।।
याच्यमानाः
कृपणया राममात्रातिदारुणाः ।
प्रसह्य
शिर उत्कृत्य निन्युस्ते क्षत्रबन्धवः ॥ १२ ॥
नेपाली
भावानुवादः परशुरामकी माता रेणुकाले अत्यन्त कातर भई प्रार्थना गर्दागर्दै पनि ती
कठोर क्षत्रियहरूले मुनिको शिर काटेर लिएर गए ।।१२।।
रेणुका
दुःखशोकार्ता निघ्नन्त्यात्मानमात्मना ।
राम
रामेति तातेति विचुक्रोशोच्चकैः सती ॥ १३ ॥
नेपाली
भावानुवादः शोकले व्याकुल भएकी सती रेणुकाले आफ्नो शरीर पिट्दै "हे राम! हे
राम!" भनी ठुलो स्वरले विलाप गर्न थालिन् ।।१३।।
तदुपश्रुत्य
दूरस्थो हा रामेत्यार्तवत्स्वनम् ।
त्वरयाऽऽश्रममासाद्य
ददृशे पितरं हतम् ॥ १४ ॥
नेपाली
भावानुवादः टाढैबाट आमाको त्यो करुण पुकार सुनेर परशुराम हतार-हतार आश्रममा आइपुगे
र पिताको मृत शरीर देखे ।।१४।।
तद्
दुःखरोषामर्षार्तिशोकवेगविमोहिताः ।
हा
तात साधो धर्मिष्ठ त्यक्त्वास्मान् स्वर्गतो भवान् ॥ १५ ॥
नेपाली
भावानुवादः त्यस दृश्यले परशुरामलाई दुःख,
क्रोध र शोकले व्याकुल बनायो। उनी विलाप गर्दै भन्न थाले–
"हा पिता! हे साधो! हे धर्मिष्ठ! हामीलाई छोडेर तपाईं स्वर्ग
जानुभयो" ।।१५।।
विलप्यैवं
पितुर्देहं निधाय भ्रातृषु स्वयम् ।
प्रगृह्य
परशुं रामः क्षत्रान्ताय मनो दधे ॥ १६ ॥
नेपाली
भावानुवादः यसरी विलाप गरिसकेपछि पिताको देह दाजुभाइहरूलाई सुम्पेर, हातमा परशु (बन्चरो) लिएर उनले क्षत्रियहरूको
विनाश गर्ने सङ्कल्प गरे ।।१६।।
गत्वा
माहिष्मतीं रामो ब्रह्मघ्नविहतश्रियम् ।
तेषां
स शीर्षभी राजन् मध्ये चक्रे महागिरिम् ॥ १७ ॥
नेपाली
भावानुवादः हे राजन्! परशुरामले माहिष्मती नगरीमा गएर ब्रह्मघाती ती राजकुमारहरूको
शिर काटेर नगरको बीचमा टाउकाको पहाड नै खडा गरिदिए ।।१७।।
तद्रक्तेन
नदीं घोरामब्रह्मण्यभयावहाम् ।
हेतुं
कृत्वा पितृवधं क्षत्रेऽमङ्गलकारिणि ॥ १८ ॥
त्रिःसप्तकृत्वः
पृथिवीं कृत्वा निःक्षत्रियां प्रभुः ।
समन्तपञ्चके
चक्रे शोणितोदान् ह्रदान् नृप ॥ १९ ॥
नेपाली
भावानुवादः उनीहरूको रगतले ब्राह्मणद्रोहीहरूका लागि भयावह नदी बग्यो। हे नृप!
पिताको वधलाई निमित्त बनाएर भगवान् परशुरामले २१ पटक पृथ्वीलाई क्षत्रियविहीन
बनाउनुभयो र समन्तपञ्चक (कुरुक्षेत्र) मा रगतका कुण्डहरू बनाउनुभयो ।।१८-१९।।
पितुः
कायेन सन्धाय शिर आदाय बर्हिषि ।
सर्वदेवमयं
देवमात्मानमयजन्मखैः ॥ २० ॥
नेपाली
भावानुवादः परशुरामले पिताको शिरलाई शरीरसँग जोडी यज्ञद्वारा सर्वदेवमय परमात्माको
आराधना गरे ।।२०।।
ददौ
प्राचीं दिशं होत्रे ब्रह्मणे दक्षिणां दिशम् ।
अध्वर्यवे
प्रतीचीं वै उद्गाहत्रे उत्तरां दिशम् ॥ २१ ॥
नेपाली
भावानुवादः उनले पूर्व दिशा होतालाई,
दक्षिण दिशा ब्रह्मालाई, पश्चिम दिशा
अध्वर्युलाई र उत्तर दिशा उद्गातालाई दान दिए ।।२१।।
अन्येभ्योऽवान्तरदिशः
कश्यपाय च मध्यतः ।
आर्यावर्तमुपद्रष्ट्रे
सदस्येभ्यस्ततः परम् ॥ २२ ॥
नेपाली
भावानुवादः त्यसैगरी विदिशा (कुना) हरू अन्य ऋत्विजहरूलाई, मध्य भाग कश्यपलाई, आर्यावर्त
उपद्रष्टालाई र बाँकी भूमि सदस्यहरूलाई प्रदान गरे ।।२२।।
ततश्चावभृथस्नानविधूताशेषकिल्बिषः
।
सरस्वत्यां
महानद्यां रेजे व्यभ्र इवांशुमान् ॥ २३ ॥
नेपाली
भावानुवादः यज्ञको अन्त्यमा सरस्वती नदीमा अवभृथ स्नान गरी पापमुक्त भएका परशुराम
बादलविहीन आकाशको सूर्यझैँ शोभायमान भए ।।२३।।
स्वदेहं
जमदग्निस्तु लब्ध्वा संज्ञानलक्षणम् ।
ऋषीणां
मण्डले सोऽभूत् सप्तमो रामपूजितः ॥ २४ ॥
नेपाली
भावानुवादः परशुरामद्वारा पूजित जमदग्निले स्मृतिसहितको दिव्य देह प्राप्त गरी
सप्तऋषि मण्डलमा सातौँ ऋषिका रूपमा स्थान प्राप्त गर्नुभयो ।।२४।।
जामदग्न्योऽपि
भगवान् रामः कमललोचनः ।
आगामिन्यन्तरे
राजन् वर्तयिष्यति वै बृहत् ॥ २५ ॥
नेपाली
भावानुवादः हे राजन्! कमलनेत्र भगवान् परशुरामले आगामी मन्वन्तरमा सप्तऋषिमध्ये एक
भएर वेदको विस्तार गर्नुहुनेछ ।।२५।।
आस्तेऽद्यापि
महेन्द्राद्रौ न्यस्तदण्डः प्रशान्तधीः ।
उपगीयमानचरितः
सिद्धगन्धर्वचारणैः ॥ २६ ॥
नेपाली
भावानुवादः शस्त्र त्याग गरी शान्त चित्त भएका उनी आज पनि महेन्द्र पर्वतमा निवास
गर्छन्, जहाँ सिद्ध, गन्धर्व र चारणहरू उनको महिमा गाउँछन् ।।२६।।
एवं
भृगुषु विश्वात्मा भगवान् हरिरीश्वरः ।
अवतीर्य
परं भारं भुवोऽहन् बहुशो नृपान् ॥ २७ ॥
नेपाली
भावानुवादः यसरी विश्वात्मा भगवान् श्रीहरिले भृगुवंशमा अवतार लिएर पृथ्वीको भार
बनेका राजाहरूको पटक-पटक संहार गर्नुभयो ।।२७।।
गाधेरभून्महातेजाः
समिद्ध इव पावकः ।
तपसा
क्षात्रमुत्सृज्य यो लेभे ब्रह्मवर्चसम् ॥ २८ ॥
नेपाली
भावानुवादः राजा गाधिका पुत्र विश्वामित्र प्रज्वलित अग्निझैँ तेजस्वी थिए। उनले
तपस्याद्वारा क्षत्रियत्व त्याग गरी ब्रह्मतेज प्राप्त गरेका थिए ।।२८।।
विश्वामित्रस्य
चैवासन् पुत्रा एकशतं नृप ।
मध्यमस्तु मधुच्छन्दा मधुच्छन्दस एव ते ॥ २९ ॥
नेपाली
भावानुवादः हे राजन्! विश्वामित्रका एक सय छोराहरू थिए, जसमध्ये माइला छोरा मधुछन्द थिए। ती सबै
छोराहरू मधुछन्दकै नामले चिनिए ।।२९।।
पुत्रं
कृत्वा शुनःशेपं देवरातं च भार्गवम् ।
आजीगर्तं
सुतानाह ज्येष्ठ एष प्रकल्प्यताम् ॥ ३० ॥
नेपाली
भावानुवादः विश्वामित्रले भृगुवंशी अजीगर्तका पुत्र शुनःशेप (देवरात) लाई
धर्मपुत्रका रूपमा स्वीकार गरे र आफ्ना छोराहरूलाई उनलाई जेठो दाजु मान्न आज्ञा
दिए ।।३०।।
यो
वै हरिश्चन्द्रमखे विक्रीतः पुरुषः पशुः ।
स्तुत्वा
देवान् प्रजेशादीन् मुमुचे पाशबन्धनात् ॥ ३१ ॥
यो
रातो देवयजने देवैर्गाधिषु तापसः ।
देवरात
इति ख्यातः शुनःशेपस्तु भार्गवः ॥ ३२ ॥
नेपाली
भावानुवादः यिनै शुनःशेपलाई हरिश्चन्द्रको यज्ञमा बलि दिनका लागि पशुका रूपमा
किनिएको थियो। उनले देवताहरूको स्तुति गरी बन्धनबाट मुक्ति पाएका थिए। यज्ञमा
देवताहरूले विश्वामित्रलाई दिएका हुनाले यी भृगुवंशी शुनःशेप गाधिवंशमा 'देवरात' नामले प्रसिद्ध
भए ।।३१-३२।।
ये
मधुच्छन्दसो ज्येष्ठाः कुशलं मेनिरे न तत् ।
अशपत्
तान्मुनिः क्रुद्धो म्लेच्छा भवत दुर्जनाः ॥ ३३ ॥
नेपाली
भावानुवादः मधुछन्दभन्दा जेठा छोराहरूले शुनःशेपलाई दाजु मान्न अस्वीकार गरे।
यसबाट क्रोधित भई मुनिले उनीहरूलाई "तिमीहरू म्लेच्छ होऊ" भनी श्राप
दिनुभयो ।।३३।।
स
होवाच मधुच्छन्दाः सार्धं पञ्चाशता ततः ।
यन्नो
भवान् संजानीते तस्मिंतिष्ठामहे वयम् ॥ ३४ ॥
नेपाली
भावानुवादः त्यसपछि मधुछन्द र अन्य ५० भाइहरूले भने–
"पिताजी! तपाईंको आज्ञा जे छ, हामी
त्यसैमा रहनेछौँ" ।।३४।।
ज्येष्ठं
मन्त्रदृशं चक्रुस्त्वामन्वञ्चो वयं स्म हि ।
विश्वामित्रः
सुतानाह वीरवन्तो भविष्यथ ।
ये
मानं मेऽनुगृह्णन्तो वीरवन्तमकर्त माम् ॥ ३५ ॥
नेपाली
भावानुवादः उनीहरूले मन्त्रद्रष्टा शुनःशेपलाई जेठो दाजु स्वीकार गरे।
विश्वामित्रले प्रसन्न भई आज्ञाकारी छोराहरूलाई वीर पुत्रहरू प्राप्त हुने
आशिर्वाद दिनुभयो ।।३५।।
एष
वः कुशिका वीरो देवरातस्तमन्वित ।
अन्ये
चाष्टकहारीत जयक्रतुमदादयः ॥ ३६ ॥
नेपाली
भावानुवादः विश्वामित्रले भन्नुभयो–
"हे कुशिकहरू! यो देवरात तिमीहरूकै हो, यसको
अनुसरण गर।" विश्वामित्रका अष्टक, हारीत, जय र क्रतुमान् आदि अन्य छोराहरू पनि थिए ।।३६।।
एवं
कौशिकगोत्रं तु विश्वामित्रैः पृथग्विधम् ।
प्रवरान्तरमापन्नं
तद्धि चैवं प्रकल्पितम् ॥ ३७ ॥
नेपाली
भावानुवादः यसरी विश्वामित्रका पुत्रहरूद्वारा कौशिक गोत्रमा अनेकौँ प्रवर र
भेदहरू उत्पन्न भए ।।३७।।
इति
श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां नवमस्कन्धे षोडशोऽध्यायः ।। १६ ।।🌸
••••••••••
🌸
पित्रोपशिक्षितो रामस्तथेति कुरुनन्दन ।
संवत्सरं तीर्थयात्रां चरित्वाऽऽश्रममाव्रजत् ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छ– हे कुरुनन्दन परीक्षित्! पिताद्वारा उपदेश दिइएका परशुरामले 'हुन्छ' भनी आज्ञा स्वीकार गरे। त्यसपछि उनी एक वर्षसम्म तीर्थयात्रा गरेर आफ्नो आश्रममा फर्किए ।।१।।
कदाचित् रेणुका याता गङ्गायां पद्ममालिनम् ।
गन्धर्वराजं क्रीडन्तमप्सरोभिरपश्यत ॥ २ ॥
नेपाली भावानुवादः कुनै समय परशुरामकी माता रेणुका गङ्गाको किनारमा गएकी थिइन्। त्यहाँ उनले अप्सराहरूसँग जलविहार गरिरहेका, कमलको माला लगाएका गन्धर्वराज चित्ररथलाई देखिन् ।।२।।
विलोकयन्ती क्रीडन्तमुदकार्थं नदीं गता ।
होमवेलां न सस्मार किञ्चित् चित्ररथस्पृहा ॥ ३ ॥
नेपाली भावानुवादः जल लिनका लागि नदीमा गएकी रेणुकाले ती गन्धर्वको जलक्रीडा हेर्न थालिन्। चित्ररथप्रति अलिकति आशक्ति जागेका कारण उनले आफ्नो पतिको हवनको समय बितेको कुरा स्मरण गरिनन् ।।३।।
कालात्ययं तं विलोकय मुनेः शापविशङ्किता ।
आगत्य कलशं तस्थौ पुरोधाय कृताञ्जलिः ॥ ४ ॥
नेपाली भावानुवादः हवनको समय बितेको थाहा पाएपछि महर्षि जमदग्निको श्रापले त्रसित भएकी उनी हतारिँदै आश्रममा आइन् र पानीको घडा अगाडि राखेर हात जोडी उभिइन् ।।४।।
व्यभिचारं मुनिर्ज्ञात्वा पत्न्याः प्रकुपितोऽब्रवीत् । घ्नतैनां पुत्रकाः पापामित्युक्तास्ते न चक्रिरे ॥ ५ ॥
नेपाली भावानुवादः मुनि जमदग्निले आफ्नी पत्नीको मानसिक व्यभिचारका बारेमा थाहा पाएर अत्यन्त क्रोधित हुँदै भन्नुभयो– "हे छोराहरू! यो पापिनीलाई मारिदेओ।" तर आदेश दिँदा पनि छोराहरूले आमालाई मार्ने आँट गरेनन् ।।५।।
रामः सञ्चोदितः पित्रा भ्रातॄन् मात्रा सहावधीत् ।
प्रभावज्ञो मुनेः सम्यक् समाधेस्तपसश्च सः ॥ ६ ॥
नेपाली भावानुवादः त्यसपछि पिताद्वारा प्रेरित भएका परशुरामले आफ्नी आमा र सबै दाजुभाइहरूको वध गरिदिए। परशुरामलाई आफ्ना पिताको समाधि र तपस्याको शक्तिको प्रभावका बारेमा पूर्ण ज्ञान थियो ।।६।।
वरेण च्छन्दयामास प्रीतः सत्यवतीसुतः ।
वव्रे हतानां रामोऽपि जीवितं चास्मृतिं वधे ॥ ७ ॥
नेपाली भावानुवादः पुत्र परशुरामको आज्ञापालनबाट प्रसन्न भई सत्यवतीनन्दन जमदग्निले "वर माग" भन्नुभयो। परशुरामले मरेका आमा र दाजुभाइहरू जीवित होऊन् र उनीहरूलाई वधको स्मृति (याद) नरहोस् भन्ने वर मागे ।।७।।
उत्तस्थुस्ते कुशलिनो निद्रापाय इवाञ्जसा ।
पितुर्विद्वांस्तपोवीर्यं रामश्चक्रे सुहृद्वधम् ॥ ८ ॥
नेपाली भावानुवादः परशुरामले वर माग्नेबित्तिकै सबै जना निद्राबाट बिउँझिएझैँ कुशलपूर्वक उठे। पिताको तपोबलको शक्ति थाहा पाएर नै परशुरामले आफ्ना स्वजनहरूको वध गरेका थिए ।।८।।
येऽर्जुनस्य सुता राजन् स्मरन्तः स्वपितुर्वधम् ।
रामवीर्यपराभूता लेभिरे शर्म न क्वचित् ॥ ९ ॥
नेपाली भावानुवादः हे राजन्! परशुरामद्वारा पराजित भएका सहस्रार्जुनका छोराहरूले आफ्ना पिताको वध सम्झिरहन्थे। परशुरामको पराक्रमबाट डराएका उनीहरूले कतै पनि शान्ति पाउन सकेनन् ।।९।।
एकदाऽऽश्रमतो रामे सभ्रातरि वनं गते ।
वैरं सिसाधयिषवो लब्धच्छिद्रा उपागमन् ॥ १० ॥
नेपाली भावानुवादः एक दिन परशुराम आफ्ना दाजुभाइका साथ वनमा गएको समयमा दाउ हेरिरहेका सहस्रार्जुनका छोराहरू प्रतिशोध साध्नका लागि आश्रममा आए ।।१०।।
दृष्ट्वाग्न्यगार आसीनं आवेशितधियं मुनिम् ।
भगवति उत्तमश्लोके जघ्नुस्ते पापनिश्चयाः ॥ ११ ॥
नेपाली भावानुवादः यज्ञशालामा बसेर परमेश्वर भगवान्मा चित्त लगाएर ध्यानमग्न रहेका मुनिलाई देखेर ती पापीहरूले उनको हत्या गरिदिए ।।११।।
याच्यमानाः कृपणया राममात्रातिदारुणाः ।
प्रसह्य शिर उत्कृत्य निन्युस्ते क्षत्रबन्धवः ॥ १२ ॥
नेपाली भावानुवादः परशुरामकी माता रेणुकाले अत्यन्त कातर भई प्रार्थना गर्दागर्दै पनि ती कठोर क्षत्रियहरूले मुनिको शिर काटेर लिएर गए ।।१२।।
रेणुका दुःखशोकार्ता निघ्नन्त्यात्मानमात्मना ।
राम रामेति तातेति विचुक्रोशोच्चकैः सती ॥ १३ ॥
नेपाली भावानुवादः शोकले व्याकुल भएकी सती रेणुकाले आफ्नो शरीर पिट्दै "हे राम! हे राम!" भनी ठुलो स्वरले विलाप गर्न थालिन् ।।१३।।
तदुपश्रुत्य दूरस्थो हा रामेत्यार्तवत्स्वनम् ।
त्वरयाऽऽश्रममासाद्य ददृशे पितरं हतम् ॥ १४ ॥
नेपाली भावानुवादः टाढैबाट आमाको त्यो करुण पुकार सुनेर परशुराम हतार-हतार आश्रममा आइपुगे र पिताको मृत शरीर देखे ।।१४।।
तद् दुःखरोषामर्षार्तिशोकवेगविमोहिताः ।
हा तात साधो धर्मिष्ठ त्यक्त्वास्मान् स्वर्गतो भवान् ॥ १५ ॥
नेपाली भावानुवादः त्यस दृश्यले परशुरामलाई दुःख, क्रोध र शोकले व्याकुल बनायो। उनी विलाप गर्दै भन्न थाले– "हा पिता! हे साधो! हे धर्मिष्ठ! हामीलाई छोडेर तपाईं स्वर्ग जानुभयो" ।।१५।।
विलप्यैवं पितुर्देहं निधाय भ्रातृषु स्वयम् ।
प्रगृह्य परशुं रामः क्षत्रान्ताय मनो दधे ॥ १६ ॥
नेपाली भावानुवादः यसरी विलाप गरिसकेपछि पिताको देह दाजुभाइहरूलाई सुम्पेर, हातमा परशु (बन्चरो) लिएर उनले क्षत्रियहरूको विनाश गर्ने सङ्कल्प गरे ।।१६।।
गत्वा माहिष्मतीं रामो ब्रह्मघ्नविहतश्रियम् ।
तेषां स शीर्षभी राजन् मध्ये चक्रे महागिरिम् ॥ १७ ॥
नेपाली भावानुवादः हे राजन्! परशुरामले माहिष्मती नगरीमा गएर ब्रह्मघाती ती राजकुमारहरूको शिर काटेर नगरको बीचमा टाउकाको पहाड नै खडा गरिदिए ।।१७।।
तद्रक्तेन नदीं घोरामब्रह्मण्यभयावहाम् ।
हेतुं कृत्वा पितृवधं क्षत्रेऽमङ्गलकारिणि ॥ १८ ॥
त्रिःसप्तकृत्वः पृथिवीं कृत्वा निःक्षत्रियां प्रभुः ।
समन्तपञ्चके चक्रे शोणितोदान् ह्रदान् नृप ॥ १९ ॥
नेपाली भावानुवादः उनीहरूको रगतले ब्राह्मणद्रोहीहरूका लागि भयावह नदी बग्यो। हे नृप! पिताको वधलाई निमित्त बनाएर भगवान् परशुरामले २१ पटक पृथ्वीलाई क्षत्रियविहीन बनाउनुभयो र समन्तपञ्चक (कुरुक्षेत्र) मा रगतका कुण्डहरू बनाउनुभयो ।।१८-१९।।
पितुः कायेन सन्धाय शिर आदाय बर्हिषि ।
सर्वदेवमयं देवमात्मानमयजन्मखैः ॥ २० ॥
नेपाली भावानुवादः परशुरामले पिताको शिरलाई शरीरसँग जोडी यज्ञद्वारा सर्वदेवमय परमात्माको आराधना गरे ।।२०।।
ददौ प्राचीं दिशं होत्रे ब्रह्मणे दक्षिणां दिशम् ।
अध्वर्यवे प्रतीचीं वै उद्गाहत्रे उत्तरां दिशम् ॥ २१ ॥
नेपाली भावानुवादः उनले पूर्व दिशा होतालाई, दक्षिण दिशा ब्रह्मालाई, पश्चिम दिशा अध्वर्युलाई र उत्तर दिशा उद्गातालाई दान दिए ।।२१।।
अन्येभ्योऽवान्तरदिशः कश्यपाय च मध्यतः ।
आर्यावर्तमुपद्रष्ट्रे सदस्येभ्यस्ततः परम् ॥ २२ ॥
नेपाली भावानुवादः त्यसैगरी विदिशा (कुना) हरू अन्य ऋत्विजहरूलाई, मध्य भाग कश्यपलाई, आर्यावर्त उपद्रष्टालाई र बाँकी भूमि सदस्यहरूलाई प्रदान गरे ।।२२।।
ततश्चावभृथस्नानविधूताशेषकिल्बिषः ।
सरस्वत्यां महानद्यां रेजे व्यभ्र इवांशुमान् ॥ २३ ॥
नेपाली भावानुवादः यज्ञको अन्त्यमा सरस्वती नदीमा अवभृथ स्नान गरी पापमुक्त भएका परशुराम बादलविहीन आकाशको सूर्यझैँ शोभायमान भए ।।२३।।
स्वदेहं जमदग्निस्तु लब्ध्वा संज्ञानलक्षणम् ।
ऋषीणां मण्डले सोऽभूत् सप्तमो रामपूजितः ॥ २४ ॥
नेपाली भावानुवादः परशुरामद्वारा पूजित जमदग्निले स्मृतिसहितको दिव्य देह प्राप्त गरी सप्तऋषि मण्डलमा सातौँ ऋषिका रूपमा स्थान प्राप्त गर्नुभयो ।।२४।।
जामदग्न्योऽपि भगवान् रामः कमललोचनः ।
आगामिन्यन्तरे राजन् वर्तयिष्यति वै बृहत् ॥ २५ ॥
नेपाली भावानुवादः हे राजन्! कमलनेत्र भगवान् परशुरामले आगामी मन्वन्तरमा सप्तऋषिमध्ये एक भएर वेदको विस्तार गर्नुहुनेछ ।।२५।।
आस्तेऽद्यापि महेन्द्राद्रौ न्यस्तदण्डः प्रशान्तधीः ।
उपगीयमानचरितः सिद्धगन्धर्वचारणैः ॥ २६ ॥
नेपाली भावानुवादः शस्त्र त्याग गरी शान्त चित्त भएका उनी आज पनि महेन्द्र पर्वतमा निवास गर्छन्, जहाँ सिद्ध, गन्धर्व र चारणहरू उनको महिमा गाउँछन् ।।२६।।
एवं भृगुषु विश्वात्मा भगवान् हरिरीश्वरः ।
अवतीर्य परं भारं भुवोऽहन् बहुशो नृपान् ॥ २७ ॥
नेपाली भावानुवादः यसरी विश्वात्मा भगवान् श्रीहरिले भृगुवंशमा अवतार लिएर पृथ्वीको भार बनेका राजाहरूको पटक-पटक संहार गर्नुभयो ।।२७।।
गाधेरभून्महातेजाः समिद्ध इव पावकः ।
तपसा क्षात्रमुत्सृज्य यो लेभे ब्रह्मवर्चसम् ॥ २८ ॥
नेपाली भावानुवादः राजा गाधिका पुत्र विश्वामित्र प्रज्वलित अग्निझैँ तेजस्वी थिए। उनले तपस्याद्वारा क्षत्रियत्व त्याग गरी ब्रह्मतेज प्राप्त गरेका थिए ।।२८।।
विश्वामित्रस्य चैवासन् पुत्रा एकशतं नृप । मध्यमस्तु मधुच्छन्दा मधुच्छन्दस एव ते ॥ २९ ॥
नेपाली भावानुवादः हे राजन्! विश्वामित्रका एक सय छोराहरू थिए, जसमध्ये माइला छोरा मधुछन्द थिए। ती सबै छोराहरू मधुछन्दकै नामले चिनिए ।।२९।।
पुत्रं कृत्वा शुनःशेपं देवरातं च भार्गवम् ।
आजीगर्तं सुतानाह ज्येष्ठ एष प्रकल्प्यताम् ॥ ३० ॥
नेपाली भावानुवादः विश्वामित्रले भृगुवंशी अजीगर्तका पुत्र शुनःशेप (देवरात) लाई धर्मपुत्रका रूपमा स्वीकार गरे र आफ्ना छोराहरूलाई उनलाई जेठो दाजु मान्न आज्ञा दिए ।।३०।।
यो वै हरिश्चन्द्रमखे विक्रीतः पुरुषः पशुः ।
स्तुत्वा देवान् प्रजेशादीन् मुमुचे पाशबन्धनात् ॥ ३१ ॥
यो रातो देवयजने देवैर्गाधिषु तापसः ।
देवरात इति ख्यातः शुनःशेपस्तु भार्गवः ॥ ३२ ॥
नेपाली भावानुवादः यिनै शुनःशेपलाई हरिश्चन्द्रको यज्ञमा बलि दिनका लागि पशुका रूपमा किनिएको थियो। उनले देवताहरूको स्तुति गरी बन्धनबाट मुक्ति पाएका थिए। यज्ञमा देवताहरूले विश्वामित्रलाई दिएका हुनाले यी भृगुवंशी शुनःशेप गाधिवंशमा 'देवरात' नामले प्रसिद्ध भए ।।३१-३२।।
ये मधुच्छन्दसो ज्येष्ठाः कुशलं मेनिरे न तत् ।
अशपत् तान्मुनिः क्रुद्धो म्लेच्छा भवत दुर्जनाः ॥ ३३ ॥
नेपाली भावानुवादः मधुछन्दभन्दा जेठा छोराहरूले शुनःशेपलाई दाजु मान्न अस्वीकार गरे। यसबाट क्रोधित भई मुनिले उनीहरूलाई "तिमीहरू म्लेच्छ होऊ" भनी श्राप दिनुभयो ।।३३।।
स होवाच मधुच्छन्दाः सार्धं पञ्चाशता ततः ।
यन्नो भवान् संजानीते तस्मिंतिष्ठामहे वयम् ॥ ३४ ॥
नेपाली भावानुवादः त्यसपछि मधुछन्द र अन्य ५० भाइहरूले भने– "पिताजी! तपाईंको आज्ञा जे छ, हामी त्यसैमा रहनेछौँ" ।।३४।।
ज्येष्ठं मन्त्रदृशं चक्रुस्त्वामन्वञ्चो वयं स्म हि ।
विश्वामित्रः सुतानाह वीरवन्तो भविष्यथ ।
ये मानं मेऽनुगृह्णन्तो वीरवन्तमकर्त माम् ॥ ३५ ॥
नेपाली भावानुवादः उनीहरूले मन्त्रद्रष्टा शुनःशेपलाई जेठो दाजु स्वीकार गरे। विश्वामित्रले प्रसन्न भई आज्ञाकारी छोराहरूलाई वीर पुत्रहरू प्राप्त हुने आशिर्वाद दिनुभयो ।।३५।।
एष वः कुशिका वीरो देवरातस्तमन्वित ।
अन्ये चाष्टकहारीत जयक्रतुमदादयः ॥ ३६ ॥
नेपाली भावानुवादः विश्वामित्रले भन्नुभयो– "हे कुशिकहरू! यो देवरात तिमीहरूकै हो, यसको अनुसरण गर।" विश्वामित्रका अष्टक, हारीत, जय र क्रतुमान् आदि अन्य छोराहरू पनि थिए ।।३६।।
एवं कौशिकगोत्रं तु विश्वामित्रैः पृथग्विधम् ।
प्रवरान्तरमापन्नं तद्धि चैवं प्रकल्पितम् ॥ ३७ ॥
नेपाली भावानुवादः यसरी विश्वामित्रका पुत्रहरूद्वारा कौशिक गोत्रमा अनेकौँ प्रवर र भेदहरू उत्पन्न भए ।।३७।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
श्रीमद्भागवत महापुराणको नवम स्कन्ध अन्तर्गतको सोह्रौँ अध्यायमा भगवान् परशुरामको चरित्र र विश्वामित्रको वंश परम्पराको वर्णन गरिएको छ। पिता जमदग्निको आज्ञा शिरोधार्य गरी परशुरामले एक वर्षसम्म तीर्थाटन गरेर आश्रम फर्किएको प्रसङ्गबाट कथा सुरु हुन्छ। एक पटक माता रेणुका गङ्गा किनारमा जल लिन जाँदा गन्धर्वराज चित्ररथको जलविहार देखेर मोहित भइन्। यसका कारण उनलाई आश्रम फर्कन ढिला भयो र पतिको हवनको समय घर्कियो। दिव्य दृष्टिले पत्नीको मानसिक विचलन थाहा पाएका जमदग्नि मुनि क्रोधित भए। उनले आफ्ना छोराहरूलाई आमाको वध गर्न आदेश दिए, तर परशुराम बाहेक अरू कसैले मानेनन्। परशुरामले पिताको तपोबलको प्रभाव बुझेर आफ्नी आमा र दाजुभाइहरूको वध गरिदिए। छोराको आज्ञाकारिताबाट प्रसन्न भई जमदग्निले वर माग्न भन्दा परशुरामले सबैको पुनर्जीवन र वधको विस्मृति मागे। ९. पिताको आशीर्वादले सबै जीवित भएपछि परशुरामको महिमा अझ बढ्यो। अर्कोतर्फ, सहस्रार्जुनका छोराहरूले आफ्ना पिताको वधको बदला लिने अवसर पर्खिरहेका थिए। परशुराम आश्रममा नभएको मौका छोपी उनीहरूले ध्यानमग्न जमदग्नि मुनिको हत्या गरे।उनीहरूले मुनिको शिर नै काटेर लैजाँदा माता रेणुकाले कारुणिक विलाप गरिन्। आमाको पुकार सुनेर आएका परशुरामले पिताको विभत्स हत्या देखेपछि क्रोधको सीमा नाघ्यो। उनले माहिष्मती नगरीमा गएर सबै आततायी क्षत्रियहरूको संहार गरे। परशुरामले अपराधीहरूको टाउकाको पहाड नै खडा गरिदिए। यतिले मात्र उनको क्रोध शान्त भएन र उनले २१ पटक पृथ्वीलाई क्षत्रियविहीन बनाउने सङ्कल्प पूरा गरे। उनले कुरुक्षेत्रको समन्तपञ्चकमा रगतका पाँचवटा कुण्डहरू बनाए। अन्ततः पिताको शिरलाई शरीरसँग जोडेर उनले ठुलो यज्ञ सम्पन्न गरे। यज्ञको प्रभाव र परशुरामको भक्तिले जमदग्नि मुनिले दिव्य देह प्राप्त गरे। जमदग्नि सप्तऋषि मण्डलमा सातौँ ऋषिका रूपमा प्रतिष्ठित हुनुभयो। परशुरामले यज्ञमा प्राप्त सम्पूर्ण भूमि ऋषिहरूलाई दान दिएर आफू निष्काम बने। २यस अध्यायमा परशुरामको भविष्यको भूमिकाबारे पनि चर्चा गरिएको छ। उनी आगामी सावर्णि मन्वन्तरमा सप्तऋषिमध्ये एक हुनेछन्। हाल उनी महेन्द्र पर्वतमा शस्त्र त्यागेर शान्त रूपमा तपस्यारत छन्। कथाको दोस्रो भागमा विश्वामित्रका एक सय छोराहरूको वर्णन छ। विश्वामित्रले शुनःशेप (देवरात) लाई जेठो पुत्रका रूपमा स्वीकार गरेका थिए। आज्ञा नमान्ने आफ्ना ५० जेठा छोराहरूलाई उनले म्लेच्छ हुने श्राप दिए। आज्ञाकारी मधुछन्द र अन्य भाइहरूले देवरातलाई दाजु स्वीकार गरी आशिर्वाद पाए। यसरी विश्वामित्रको वंशबाट कौशिक गोत्रका विभिन्न हाँगाहरू फैलिए। यो अध्यायले पितृभक्ति, तपोबल र अधर्मको नाशको गाथालाई समेटेको छ।
दार्शनिक पक्ष
यस अध्यायले कर्तव्य र नैतिकताको द्वन्द्वमा ईश्वरको विधान सर्वोपरि हुन्छ भन्ने दर्शन प्रस्तुत गर्दछ। परशुरामद्वारा आमाको वध गरिनुले लौकिक सम्बन्धभन्दा सत्य र गुरु/पिताको आज्ञाको महत्त्वलाई दर्शाउँछ। जमदग्निको पुनर्जीवनले तपस्या र योगशक्तिद्वारा मृत्युमाथि पनि विजय पाउन सकिन्छ भन्ने आध्यात्मिक सत्य बोध गराउँछ। क्षत्रियहरूको संहारले समाजमा जब शक्ति मद र अहंकारमा बदलिन्छ, तब ईश्वरले विनाशकारी रूप लिएर सन्तुलन कायम गर्छन् भन्ने बुझाउँछ। परशुरामले पृथ्वी दान गरेर महेन्द्र पर्वतमा जानुले भोगभन्दा त्याग र शान्ति नै जीवनको अन्तिम लक्ष्य हो भन्ने सिकाउँछ। रेणुकाको प्रसङ्गले मनको सूक्ष्म चञ्चलताले पनि साधनामा कस्तो अवरोध पुर्याउँछ भन्ने मनोवैज्ञानिक पक्ष उजागर गर्छ। विश्वामित्रले क्षत्रियबाट ब्राह्मणत्व प्राप्त गर्नुले वर्ण व्यवस्था जन्मले नभई कर्म र तपले निर्धारण हुन्छ भन्ने पुष्टि गर्छ। शुनःशेपको कथाले शरणागतको रक्षा र भक्तिले मृत्युपाशबाट मुक्त गराउँछ भन्ने सन्देश दिन्छ। क्रोधलाई धर्म रक्षाका लागि प्रयोग गरे पनि अन्ततः शान्तिमै विसर्जन हुनुपर्छ भन्ने परशुरामको वर्तमान अवस्थाले सङ्केत गर्छ। समग्रमा यो अध्यायले कर्मको फल र दैवी इच्छाको अपरिहार्यतालाई दार्शनिक रूपमा व्याख्या गरेको छ।
No comments:
Post a Comment